A+ A A-

तराना म्यूजिक सेन्टरद्वारा गायिका स्मृति राई सम्मानित

रुद्र श्रीसमगर

पोखरा - ब्याटल अफ द ब्यान्डद्वारा आयोजित रक सिंगिङ प्रतियोगितामा प्रथम हुन सफल द ड्रिमर्ज ब्यान्डकी सदस्य एवं वेष्ट भोकलिष्ट अवार्ड बिजेता गायिका स्मृति राई सम्मानित भएकी छन् ।

तराना म्यूजिक सेन्टर, पोखराले गायिका राईलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सो अवसरमा वरिष्ठ संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठले गायिका राईलाई सम्मान गर्नुभयो । सम्मानपछि बोल्दै श्रेष्ठले गायिका स्मृतिले सम्पूर्ण पोखरा र पोखरेलीको प्रतिष्ठा बढाएको बताउनुभयो ।

कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक एवं वरिष्ठ संगीतकार नवराज बराललगायतले गायिका स्मृति र उनको ब्यान्डले पोखरेलीको इज्जत एवं प्रतिष्ठा उँचो गराएको बताएका थिए ।

तराना म्यूजिक सेन्टरका प्रबन्ध निर्देशक एवं संगीतकार श्रीमान थुलुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्जुन अधिकारीले गर्नुभएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी