A+ A A-

चन्द्रज्योतिको ‘तिम्रो माया’

मनोज घर्तीमगर
चन्द्रज्योति आलेमगरको आधुनिक गीत ‘तिम्रो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल मगर संघकी केन्द्रीय सदस्य एवं पूर्वी एसिया संयोजक र मगर संघ हङकङकी निवर्तमान अध्यक्ष चन्द्रज्योतिले आफ्नै शब्दमा ‘तिम्रो माया’ लिएर आएकी हुन् । राजकुमार बगरको संगीत र युवराज चौलागाईंको स्वर रहेको गीतको म्यूजिक भिडियोमा पल शाह र आँचल शर्माले अभिनय गरेका छन् ।

राजन ईशानको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोको निर्देशन पल शाह आफैंले गरेका छन् । अनिलकुमार मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन रहेको म्यूजिक भिडियोलाई लाइक माइन्डस्ले निर्माण गरेको हो भने गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।


 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी