A+ A A-

“तिम्रो माया” लिएर आइन्, सामाजिक अभियन्ता चन्द्रज्योति

रूद्र श्रीसमगर

पोखरा, कार्तिक २३ - दुई दशकअघिदेखि सामाजिक क्षेत्रमा क्रियाशील चन्द्रज्योति आलेमगरको आधुनिक गीत “तिम्रो माया”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल मगर संघकी केन्द्रीय सदस्य एवं पूर्वी एसिया संयोजक र मगर संघ हङकङकी निवर्तमान अध्यक्ष चन्द्रज्योतिले आफ्नै शब्दमा “तिम्रो माया” लिएर आउनुभएको हो । लाफा इन्भेष्टमेन्ट प्रालिकी अध्यक्ष समेत रहेकी चन्द्रज्योतिले हङकङमा रहेर पनि नेपालको सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ ।

राजकुमार बगरको संगीत र युवराज चौलागाईंको स्वर रहेको गीतको म्यूजिक भिडियोमा पल शाह र आँचल शर्माले अभिनय गरेका छन् । राजन ईशानको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोको निर्देशन पल शाह आफैंले गरेका छन् ।

अनिलकुमार मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन रहेको म्यूजिक भिडियोलाई लाइक माइन्डस्ले निर्माण गरेको हो भने गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी