A+ A A-

भाषाविद तामाङ भन्छन - गीत ,संगीतमा आफ्नै माटोको सुगन्ध हुन्छ, जातीय पहिचान हुन्छ

 गीत संगीतमा जातिय पहिचान हुने कुरा प्रसिद्द भाषाविद अमृत योन्जनले  फेस्बुक मार्फत


व्यक्त गरेका छन ।

अहिले नेपालमा चर्चामा रहेको फ्रीमेन्तल मेडियाको फ्रेन्चाइजी नेपाल अाईडल बारे यस्तो टिप्पणी गरेका छन । उक्त कार्यक्रम नेपाल अाईडल भने पनि के त्यो कार्यक्रम मा प्रस्तुत हुने गीत संगीतले नेपाली माटो बोकेको छ । भारतीय संगीतमा अभ्यास गरे पछी गीत गाउँनु नै नेपाली पन हो त ?नेपालमा नेपाली मौलिक गीत हरुमा पनि अहिले भारतीय गीत संगीतको सुर ताल नहाली गाउँन नमिल्ने बनाइएको अवस्थामा नेपाली गीत संगीतमा गायन प्रतिभाको खोजी भए पनि इन्दियन अाईडलको खोजी पो हो कि भन्ने यत्रतत्र चर्चा चलीरहदा सुप्रसिद्द भाषाविज्ञले यस्तो धारणा सर्वजनिक गरेका छन ।

उनी लेख्छन --हालैको एक अन्तर्वार्तामा संगीत-अध्येता झुमा लिम्बूले भनेका थिए- "विश्व संगीतको एक भेलामा एक स‌गीतज्ञले 'नेपाली संगीतमा मौलिकता छैन' भनेपछि म मौलिकता खोज्न लिम्बू संगीतको अध्ययन अनुसन्धानमा लागे।" यस्तै केही दसक अगाडि प्राज्ञ वैरागी काइँलाले एउटा अन्तर्राष्टिय सङ्गीत भेलामा सहभागी भएपछिको भेटमा भनेका थिए- "सङ्गीतको आफ्नै माटो र root (जरा) हुन्छ भनेर वहस भयो।" केही महिना अगाडि गायक दीपक बज्राचार्यले पनि विदेशमा एकजना दर्शकले "गीतार, ड्रमसेट त हामीलाई थाहा छ, तपाईहरुको आफ्नो मौलिक सङ्गीत सुनाउनोस्" भनेपछि म जिल्लराम परे अनि नेपाल फर्केर नेपालका बाजाहरु प्रयोग गरेर संगीत भर्ने गरेको छु भनेर एउटा प्रस्तुतिमा भनेका थिए। यी उदाहरणहरुबाट सङ्गीतमा आफ्नै माटोको सुगन्ध हुन्छ, जरा हुन्छ र जातीय पहिचान हुन्छ भन्ने प्रष्ट हुन्छ ।

'डम्फु' वा 'च्याब्रुङ' वा 'ढोल-झ्याम्टा' वा 'खैचडी' वा 'ढोलक' वा 'सन्हाइ' बजेको सुनेपछि यो कुन जाति वा समुदाय विषेशको सङ्गीत हो भनेर हामी सहजै अनुमान लगाउुन सक्छौं। यसको लागि सङ्गीतशास्त्र पढिरहनु पर्दैन। तर नेपाल आइडलका जजहरु सङ्गीत कुनै जाति विशेष, देश वा भूगोलको हुँदैन भनेर फलाकिरहेका हुन्छन्। के उनीहरुको नाकले स‌ङ्गीतको माटो सुँध्न नसकेको हो ? वा उनीहरु मौलिकता गुमाइसकेका मनुवाहरु हुन् वा दर्शकलाई लाटो ठानेर जे भने पनि हुन्छ भनेर आफ्नो शक्ति-नस्लवाद लाद्न खोजेको हो ? 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी