A+ A A-

यामु घर्तीले ल्याए ‘पाण्डवखानी शिरमा रमुवा’

रूद्र श्रीसमगर

पोखरा, भदौ २१ - उदीयमान सर्जक यामु घर्तीले आफ्नो जन्मभूमिको प्रेम दर्शाउने गीत ‘पाण्डवखानी शिरमा रमुवा’ बोलको गीत बजारमा ल्याएका छन् । चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तीमगरले गाएको सो गीतको म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानी, रमुवामै छायाड्ढन गरिएको म्यूजिक भिडियो निर्देशन भने गोविन्द पुनमगरले गरेका हुन् भने दानबहादुर श्रीसमगरले छायाँङ्कन र सम्पादन गरेका हुन् । मिलन गुरुङको कलरिङ र पुनम पुनमगरको मेकअप रहेको म्यूजिक भिडियोमा निशा श्रीसमगरले अभिनय गरेकी छिन् ।

यामु घर्ती आफैंले लय, शब्द रचना गरेको सो गीतको संगीत संयोजन दुर्गा थापाले गरेका हुन् । टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको सो म्यूजिक भिडियो र गीतलाई युट्युबमार्फत् धेरैले मन पराएका छन् । युट्युबमा यस गीतलाई धेरै सकारात्मक प्रतिक्रिया समेत प्राप्त भएको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी