A+ A A-

कथा : एउटा प्रेमको अन्त्य

 Image may contain: 1 person, outdoor, closeup and nature            
साउनको महिना भएकोले झरी निकै परिरहेको थियो।केही सातादेखी गाउलाई बादलले छोपेर राखेको थियो। केहि दिनसम्म घामको नामोनिशान देखिएको थिएन।आकाशबाट खसेको पानी टिनको छानोमा ठोक्किदा घ्वारर घ्वारर आवाज आइरहेको थियो।घरको माथिल्लो कोठामा सानी आफ्नो लोग्नेलाई तातोपानी खुवाउदै थिई।केही महिनादेखि आफ्नो लोग्ने एकाएक थला परेपछि चिन्ताले सानीको समेत ज्यान घट्दै गएको थियो।उसको ज्यान एक्दमै पातलो देखिन्थ्यो।तैपनि आफ्नो लोग्नेको सेवा गर्न भने उसले कुनै कन्जुस्याइँ गरेकी थिइनन। उसले कचौरामा रहेको माडको झोल चम्चाले लोग्नेलाई खुवाउनै लाग्दा  सकि नसकी उठ्यो र उसलाई एकोहोरो हेर्दै भन्यो "सानी मलाई माफ गरिदे,मैले जिन्दगीभर तिमि माथि छल गरिरहे तर बदलामा तिमिले मेरो सेवा गरिरह्यौ।जिवाटर नाङ्के ङाय सेन्दा खुशी याहाके माह्योका,दुख नासेउ है सानी"।

आचनक लोग्नेको मुखबाट फुत्केको यो शब्दले उसको रुद्रघण्टी थिचेजस्तै भयो।उनी केही बोल्न सकिनन।उनी चुपचाप बसिरहिन।उसको अँखाबाट आशु झरिरहेको थियो बाहिर दर्किएको झरीजस्तै ।

"सानी,तिमी साच्चिकै रिसाएकी छ्यौ मसङ्ग?हुन त मैले तिमिलाई खुशी हुने मौका नै कहिले पो दिएको थिए र?अब ङाके बेस्सरी जा गाह्रो छन्मो नुङमोने,सायद ङा छिनिङ जा बित्दिस्न्याङ नाङ्के चेक झ्याउ जा माछनौला सानी" यतिबेला लोग्नेको अँखा निकै रसाएको थियो।लोग्नेकोको मुखबाट निस्किएको यस्तो शब्द सुनेर उसले आफ्नो पतिको मुख थप्प थुनिदिईन।अनि ठकुरी लवजमा रुदै बोल्न थालिन "ए इमानको बाबा,हजुर यस्तो अशुभ अशुभ कुरा नबोलिस्यो न।हजुरले मलाई सक्ने खुशी दिइस्याछ त।कसले भन्यो यस्तो बिनाकामको कुरा।" उसले यति बोल्दासम्म लोग्नेको चेहरामा खुशी प्रष्ट सङ्ग दौडिएको देखिन्थ्यो ।
°°°°

रन्जित हो उसको लोग्नेको नाम।तर गाउमा रने भनेर चिन्थे सबैले उसलाई।पाँच छ बर्ष मात्रै भएको थियो उसको लोग्नेले होटल अनि भट्टी धाउन थालेको।तर भट्टीवालीको नियमित ग्राहक बनेको भने एकदुई बर्ष मात्रै भएको थियो।जेठाछोराबुहारी र कान्छो छोरा रोजगारीको सिलसिलामा मुम्बईमा बस्दै आएका छ्न।जेठो छोराले मुम्बईको एउटा प्रतिष्ठित कम्पनीमा गर्दैछन।आफू दुई दम्पतीलाई पनि उतै लान नखोजेका होइनन।तर यो गाउठाउको माटोलाई छोड्न नसकेर आफू दम्पतीले नजाने जिद्दी गरेका थिए।केहिसमय अगाडिसम्म उसको लोग्नेले ससाना घर,भवन बनाउने जस्ता ठेक्का लिने गर्थे।बिस्तारै उमेरले पाचदशक काटेपछी भने उसले यो पेशाबाट हात धोइसकेका थिए ।

अचेल बिरे जहिल्यै नजिकैको होटलमा जान्थ्यो अनि टन्न नशाले मात्तिएर मात्र घर फर्किन्थ्यो।होटलमा गएर लोकल रक्सी पिउनु अनि घर फर्किनु उसको दैनिकी नै थियो।तर आजसम्म लोग्नेले उसलाई कहिल्यै शारीरिक यातना भने दिएनन।बरु लोग्नेको माया झन झन बढिरहेको आभास गर्थिन उनी।आफ्नो लोग्ने रक्सी पिउने खराब बानीभित्र यस्तै गुण खोजेर उसले आफ्नो चित्त बुझाइरहन्थिन।सायदै त्यही रक्सीले भित्रभित्रै लोग्नेको शरीर खोक्रो पारिसकेको थियो र थला पर्न सुरु भएको थियो उसको लोग्ने ।
°°°°

"सानी,साच्चिकै तिमी कति जाती छ्यौ है,तिमिले जिन्दगीभर मलाई सधै साथ दिईरहयौ।आफ्नो खान्दानी परिवार  छोडेर म जस्तो साधारण ज्यामीसङ्ग भागेर आयौ।तिमिले जिन्दगीमा मेरो लागि धेरै गरेकी छ्यौ।नो इसै गुन अब ङाय सेन्दा तिरिके माह्योक्ले सानी,अब च्यो इसाई जिन्दगी इदिक्न बित्दिस्न्याङ र ङाके हिरा दुख माले।जिन्दगीयाङ ने ङाके धेरै साथ यहाँ तर नो लागि ङाय हि जात्के मह्योका"  उसको लोग्ने फेरि बोल्न थाल्यो।लामो वाक्य बोलेकोले होला उसको स्वासप्रस्वास प्रक्रियामा केही खराबी आए जस्तो देखिन्थ्यो ।

"मेरो लागि पनि त हजुर सबथोक होइसिन्छ नि।हजुरले मलाई गर्ने मायामा कहिल्यै कमि आइसेन क्यारे।सायद यो भन्दा अरु के अपेक्षा गर्छ र कुनै श्रीमतीले आफ्नो श्रीमानबाट।यो हजुरको कुरा गरिसिने समय होइन,खुरुक्क अराम गरिस्यो न हजुरले" लोग्नेको शिरलाई बिस्तारै बिस्तारामा राख्दै उनी बोलिन।
"सानी,खोइ हि छान्नाङ अले ङाके छिनिङ अर्कै जा महसुस छान्मोने।"

रने फेरि सकि नसकि बोल्यो । आज उसको लोग्नेले बिहानै देखि गम्भीर कुरा गरिरहेको थियो।यो कुरा उसले पनि बुझेकी थिइन। "हजुर किन यस्तो कुरा गरिसिन्छ भन्या,हजुरलाई केही पनि हुदैन" उसले सन्तवना दिने प्रयास गर्दै बोलिन । "हजुर सुतिस्यो है,म गोठतिर पुगेर आउछु" माडको झोल खुवाइसकेपछि उनी बिस्ताराबाट उठिन।बिस्ताराबाट उठ्दै गर्दा उसको देब्रे हातमा लोग्नेले जोडले च्याप्प समातेको आभास गरिन।केही समय उनी अकमक्क भैइन।तर बिडम्बना भर्खरैको त्यो तातो स्पर्श निमेषभरमै चिसिदै गएको भान भयो उसलाई।उसले आत्तिदै आफ्नो लोग्नेको मुहारतिर आफ्नो अँखा सोझ्याईन।अनि एक्कसी उसका अँखाबाट आँसुको भेल बग्न थल्यो।भर्खरै मात्र मायासङ्ग कुरा गररिरहेका उसको लोग्ने मस्त निद्रामा सुतिरहेका थिए सधैका लागि।अब कहिल्यै नबिउझाउने गरि अनि नफर्किने गरि। यत्तिबेला उसलाई भनन्न रिंगटा लाएजस्तै भयो।अनि चिर निद्रामा रहेका लोग्नेको छेउमै उनी बङ्लङ्ग उनी  ढलिन।
°°°°

त्यसपछि सानीलाई के भयो केही थाहा भएन।पछि आँखा खोल्दा वरिपरि गाउलेहरु जम्मा भैसकेका थिए।आफ्ना देवरहरु उसको पतिको लासलाई लाने अन्तिम तयारी गर्दै थिए।यत्तिकैमा फेरि उ रुदै चिच्याउन थालिन "ए इमानको बाबा,उठिस्यो न मलाई एक्लै छोडेर नगाइस्यो कि मलाई पनि सङ्गै लाइस्यो।म एक्लै कसरी बाच्ने?" तर आप्सोच अब उसको पतिले कहिल्यै सुन्दैनथ्यो।उनी छाती पिटिपिटि रोइन तर अब आफ्नै बाटो गरेको उसको पति फकेर आउदैनथ्यो।उसको  माष्तिस्कमा  एउटा संवाद ताजा बनेर आइदियो।उनी सधै भन्ने गर्थिन "ए हजुर,यसरी सधै जाडरक्सी नखाइस्यो।यसरी धेरै जाडरक्सी खादा छिटै मृत्युको मुखमा पुगिसिन्छ रे" "सानी,मलाई त तिमिभन्दा पहिले नै मर्नु छ,त्यसैले खाको हो मैले।" उस्को लोग्ने जिस्किन्थ्यो मात्र ।

"किन,यस्तो कुरा गरिस्या हजुरले?" उनी रिसाए जस्तो गर्थिन।"सानी,यदि तिमी नभई म मात्र बाच्नुपर्यो भने मेरो हालत के होला म सोच्न सम्म सक्दिन।बरु नाङ भन्दा पहिले जा ङा बित्दिस्न्याङ बरु ङाय हिरा दुख जा मापाले" उसको लोग्ने भावुक भएर यसरी बोल्दा उसको पनि अँखा ररसाउथ्यो।र आज त्यसरी बोले जसरी नै उसको लोग्नेले छोडेर गएको  थियो उसलाई ।

मुम्बई बस्ने छोराहरुलाई घर बोलाइयो।मगर संस्कार अनुसार बुबाको अन्तिम संस्कार गरियो।तर सानी भने झन झनै बिक्षिप्त हुदै गैरहेकी थिइन।अखिर त्यत्ती दुखी नहोस पनि कसरी उसको यस गाउमा छोराहरु र लोग्नेबाहेक कोहि थिएनन।अझै छोराबुहारी घरमा नभएकोले आफ्नो साहरा या सर्वश्व उनै लोग्ने नै थियो।जसले सधैको लागि उसलाई एक्लो पाएर गयो यस दुनियाबाट ।
°°°°
       बुटवलको एउटा खान्दानी ठकुरी परिवारको कान्छी छोरी थिइन सानी।आफ्नो नाम सानू भएपनी मायाले उसलाई सानी वा मैयाँ भन्थे।खान्दानी परिवारकै चेली भएपनि माया एकदमै सोझी थिइ।उसको यो सोझोपन अनि मिजासिलो व्यबहार देखेर उसकी हजुरामा भन्ने गर्नुहुन्थ्यो "हे,मैयाँ यति सोझी बनेर त जिन्दगी कटाउन धेरै मुस्किल हुन्छ,ख्याल अरेस।जिन्दगीमा कहिलेकाही चलाख अनि बुद्दी समेत लगाउनुपर्छ"।
हजुरामाको यस्तो कुरा सुनेर कक्षा आठमा पढ्दै गरेकी सानी भन्थी "हेरिस्यो हजुरमुमा,म आफ्नो जिन्दगी आफुलाई धेरै माया गर्ने मान्छेसङ्ग बिताईदिन्छु।जसको साथमा भएपछी मलाई केही सोच्नै नपरोस्।सबै उसैले सोचिस्योस मेरो लागि पनि आफ्नो लागि पनि।"

त्योबेला बुटवलमा पनि कमै छोरीचेलीले मात्र पढ्न पाउथे।अझै छोरीचेलीले पढ्न परिपक्व समय पर्खिनुपर्थ्यो।आफ्नो घरबाट स्कुल पुग्न आधा घण्टा समय लाग्थ्यो उसलाई।यसरी स्कुल आउने जाने क्रममा भेट भैरहन्थ्यो रनेसङ्ग।आफ्नो घर पाल्पाको पुर्वी भेगको अर्चले गाउमा भएपनी त्यत्तिबेला बुटवलमै साधारण मजदुरी काम गर्थ्यो रने।त्यो बेला मगर समुदायमा कलिलै उमेरमा विवाह गर्ने प्रचलनमा रहेको थियो।त्यसैको प्रभावमा करिव एक्काइस वर्षको हुदा रने छोराको बाउ बनिसकेको थियो।दुर्भाग्यबस बाईस बर्षको कलिलो उमेरमै विदुर लोग्ने हुन बाध्य भएको थियो रने।आफ्नो पहिलो श्रीमती बितिसकेपछि कलिलो छोरा इमानलाई गाउमै आमासङ्ग छोडेर रने बुटवलतिर मजदुर काम गर्न आएको थियो।सानीको घर रहेको टोलबाट स्कुलसम्म आउने रोडलाई पक्की बनाउने कार्य हुँदै थियो त्योबेला।अनि त्यही काम गर्ने कामदारहरु मध्य पर्थ्यो रनेपनि।स्कुल आउदा जादा सधै हेराहेर हुन्थ्यो दुबैबिच।यसरी दिनदिनै देखादेख भैरहदा कतिखेर रनेसङ्ग उसको माया बस्यो पत्तोसम्म पाइनन सानीले।आफ्नो पारिवारिक अवस्था निकै कडा छ भन्ने थाहा हुदा हुदैपनी उसले नै रनेलाई आफ्नो सपनाको राजकुमार मानिसकेकी थिइन ।

एकदिन,सुकलबाट अलि अबेला फर्किएर उसले रनेलाई सोधिन "तपाई मलाई मन पराइसिन्छ हो" ।रनेले केही जवाफ दिन सकेन उसलाई।फेरि उनी आफै बोलिन "भनिस्यो न,के हजुर मलाई मन पराइसिन्छ?बिहे गर्न चाहिस्याछ म सङ्ग?"
"उम,म तपाईलाई मन पराउछु तर हामी बिच विवाह सम्भव छैन मैया" रनेले उसलाई भन्यो ।
"किन सम्भव छैन,म हजुरलाई मन पराउछु अनि हजुर मलाई।हामी दुई एक भएसी अरु के सम्भव छैन र?" उसले रिसले चुर भएर बोलिन रनेसङ्ग ।
"हेर्नुस,मैयाँ तपाई उच्च कुलघरानाको मान्छे,म एउटा साधारण काम गर्ने मजदुर।फेरि मेरो एउटा सानो छोरापनि छ।म मेरो यस्तो समस्याको बाबजुद कसरी तपाईलाई अपनाउ ?"
"हेरिस्यो,बरु म हजुरसङ्ग जस्तो सुकै दुख गरेर जिन्दगी बिताउन तयार छु।तर त्यो मुमाहरुले रोजिसेको केटासङ्ग बिहे गर्न चाहन्न।बरु हजुरको त्यो छोरालाई म मेरो आफ्नै छोरा जस्तै बनाएर माया दिन्छु तर बिन्ती मलाई टाढा लागिस्यो यस ठाउबाट।"  उसले यसरी बिन्ती गरेपछि रनेले हारेरै अपनाएको थियो उसलाई।स्कुल पढ्दै गर्दा परिवारबाट आफ्नो बिहेको कुरा सुनेपछी त्यसको भोलिपल्टै सधै सधैको लागि रनेसङ्ग भागेकी थिइन सानी।रनेले पनि आफुलाई यसरी बुझ्ने र माया गर्ने जिबनसाथी पाउँदा आफ्नो सारा दुख बिर्सेको थियो।अन्तरजातीय विवाह गरेर आफ्नो लोग्ने रनेसङ्गै गाउँ आएपछी उसले न परिवार खोज्यो न परिवारले नै उसलाई खोज्यो।त्यसपछि बाँचेको थियो उ लोग्नेको मात्र लोग्नेको सहारामा।सानीलाई सुरुसुरुमा यस मगर गाउमा घुलमिल हुन गाह्रो भएपनी पछी बिस्तारै भाषा सिक्दै गैइन।उसले अचेल सबै मगर भाषा बुझ्थी तर बोल्न सक्दैनथि।यद्यपि उसले अझैसम्म बोल्ने लवज भने ठकुरी नै थियो।यसरी यस गाउमा आएपछी आफ्नो लोग्ने बाहेक उसको आफ्नो भन्नू कोहि थिएन।गाउँ आएपछि  बिरे कालीपार तिर यस्तै मजदुर काम गर्न जान्थ्यो भने माया गाउमै छोरा हेरेर बस्थि ।समय बित्दै जादा उसले आफ्नो तर्फबाट एउटा छोरा जन्माईन भिमान।इमान र भिमानमा उसले कहिल्यै भेदभाव गरिनन।दुइटैलाई बराबार माया र सनेह दिइरहिन।बिस्तारै बिरमानले पनि सानोतिनो ठेक्कापट्टा लिदै जादा छोराहरु पनि हुर्किसकेका थिए।
°°°°

सानी आफ्नो यस्तो बिगतले सधै झस्किन्थिन।धेरै समयसम्म पनि उसलाई आफ्नो स्वर्गीय लोग्नेको यादले सताउन छोडेन। उनी  जति आफ्नो बिगत सम्झिन्थिइन उति नै भावविह्वल हुन्थिन।एकदिन आफ्नो बिगतमा डुब्दै हिडिरहेकै बेला उनी सानो भिरबाट खसिन।खासै ज्यानलाई केही भएन तर उसको माष्तिस्कमा गहिरो चोट पर्यो।अब उसले कमै कुराहरु मात्र याद गर्न थाली अनि सबैकुरा सम्झिन सकिनन।आफ्नो बिगतलाई त उसले बिस्तारै भुल्दै गैइन तर दुर्भाग्य उसलाई अपांगको दर्जामा राख्नुपर्ने अवस्था आयो।

                 सानीका दिनहरु यसरी नै बित्न थाले।छोराबुहारीले सङ्गै लान खोजेपनी उनी जान मानिन।भन्थिन "उता गएसी मर्ने बाच्ने के भर,म आफ्नो लोग्ने सङ्गै यहाकै ठाउतिरै मर्छु।म अन्तै मरे भने उसको आत्मा रोइसिनेछ" ।दिनहरु बित्दै गए।क्यालेन्डर फेरिदै गए।बिस्तारै आफ्नो स्वर्गीय लोग्नेको यादहरुबाट मुक्त हुँदै गैइन उनी ।जानेबेला छोराले एउटा मोबाइल छोडेर गएका थिए।यसरी फोनबाटै कुरा गरेर आफ्नो मन भुलाउथिन।जे होस उसलाई कल गरेर ब्यस्त राख्न खोज्थे छोराहरु ।
°°°°

एकदिन उसको मोबाइलमा घण्टी बज्यो।उसले आफ्नो देवरानीलाई कल रिसिभ गर्न पठाईन।उताबाट एउटा परिचित झै आवाज सुनियो ।
"हलो,मैयाँ तिमी हामीलाई बिर्सिन सक्ने भैछस है।यत्तिका दिनसम्म तिमिलाई हाम्रो याद आएन?" यो आवाज उसले पहिले कतै सुनेजस्तो लाग्यो तर थ्याक्कै पहिल्याउन सकिनन।फेरि उताबाट त्यो अपरिचित मान्छे बोलिराहिन "मैया,म मुमा बोल्दैछु।मलाई साच्चिकै बिर्सिन सकिछ्स है मैयाँ" उताबाट रोएजस्तै आवाज आइरह्यो।
"ओहो,मुमा...." उनी केही बोल्न सकिनन सायद रुने पालो उसको थियो ।

संयोगले आज करिब बाईस बर्षपछि यो संवाद हुँदैथियो आमाछोरीबिच।उनी केही समय त बोल्नै सकिनन।
"मैयाँ,मैले अर्कैलाई मन पराउछु भनेको भए भैहाल्थ्यो नि।किन घरै छोडेर हिड्नुपर्थ्यो र?भैगो जे भयो भयो,हामी तिम्रो गाउ आउदैछौ।तिमिलाई लिन।तिमी बुटवल आएर हामीसङ्गै बस्नुपर्छ" "हस मुमा,छिटो आइस्यो है।?मलाई एक्लै बाच्न गाह्रो भैसक्यो।" सायद आज परिवारको अभाव खट्किरहेको थियो उसलाई ।

"हामी भोलि जसरी नि आइपुग्छौ मैयाँ,आफ्नो ख्याल अरेस नि।राख्छु ल" उताबाट रोएरै फोन काटिन उसकी आमाले।यता उनी केही बोल्नै सकिनन।अलि पछि मात्र यो थाहा भयो।केही समय पहिले अपांग परिचयपत्र बनाउनु पर्ने भएको थियो तर उनीसङ्ग जन्मदर्ता थिएन। फिल्डमा आउनुभएको सरले उसको जन्मदर्ता नभेटिएको कारणले गर्दा सोधपुछ गर्दा उनी बुटवलको भन्ने थाहा पाएछन।संयोगले सर पनि बुटवलको र मायाको नजिककै आफन्त पर्ने हुनाले मायाको नम्बर खोजेर कल गर्नुभएछ उसको आमाले।
°°°°

मायाको मुहारमा फेरि एकपटक त्यही हासो देखिन्थ्यो जुन उसको लोग्नेले मात्र ल्याउन सक्थ्यो।आज धेरैदिनपछी उसको मुहारमा एउटा अमूल्य हासो छाएको थियो।उ दिनभरी आफ्नो आमाबाबु आफुलाई लिन आउने कुरा सबैलाई सुनाउदै हिडिरहेकि थिइ।उ आज खुशीले पागल नै भएकी थिइ।सबै गाउलेहरु उसको खुशी फेरि फर्किएकोमा धेरै खुशी थिए।उसले बिहानै देखि आफ्नो सबै सामान मिलाइरहिन।आज पटक्कै चित्त बुझेन उसलाई।उ आफुले बुटवल लाने सामानको पोको पार्दै थिइन तर घरी कुन सामान छुट्थ्यो घरी कुन।बल्ल बल्ल सामानको पोको पारिन।अनि त्यो खुशीको कुरा छोरा बुहारीलाई सम्म सुनाउन भ्याईन।त्यो रात उसलाई पटक्कै निद्रा लाएन।छट्पटी मात्र लागिरह्यो ।

उसले कल्पनामा आफ्नो माइतीघर पुगेको सम्झिन।आफुलाई सानोमा काधमा राखेर बुटवल बजार डुलाउने बाबुसाहेपलाई दर्शन गरिन।सानी भदैनी जो आफू छुटिदा मात्र दुईबर्षकि थिइन उसलाई ठूली भएर भेटेको सम्झिन।आफुले सानोतिनो गल्ती गर्दा आफुलाई बचाई कुटाइखाने  दाइ सम्झिन।आफ्नो कपाल चिटिक्क पारेर बाटिदिने भाउजुलाई सम्झिन।आफुले मायाले पालेको त्यो रानी नामको सुगा र त्यो खैरे कुकुर सम्झिन।जे होस आज नै उसले माइतीपुगेर सबैलाई भेटिसकिन।यसरी कल्पनामा हराउदा हराउदै कतिबेला दुई परेलीको मिलन भएछ पत्तो पाइनन ।

सपनामा पनि अघिकै कल्पना दोहोरियो।उनी बुटवल जाने तयारी गर्दै थिइन।यत्तिकैमा उनै स्वर्गीय लोग्ने आएर भने "माया,तिमी मलाई छोडेर अन्तै जान लाकी छ्यौ हो?" ।
" उम,म भोलि नै मेरो माइती जादैछु।" उ सपनामै बोली ।

"के तिमी मलाई सधैको लागि छोडेर जान लाकी छ्यौ हो" फेरि उसको स्वर्गीय लोग्ने भावुक भएर बोल्यो। "होइन,म मुमालाई भेट्न जानमात्र खोजेकी हु।म फर्केर आइहल्छु नि हजुरसामु नै"  सपनामै सहि।माया बोलिन ।

"माया,मलाई एक्लै छोडेर नजाउ न है।तिमिबिना म कति एक्लै हुन्छु भन्ने कुरा बुझिदेउ न है " उसको स्वर्गीय लोग्ने रुन थाल्यो ।
"हजुर जहिल्यै यस्तै बोलिसिन्छ,नरोस्यो न।म हजुरलाई छोडेर कहि जादिन।भयो अब?" सपनामै मायाले भनिन।अहिले भने स्वर्गीय लोग्नेको मुहार हासिलो देखियो।माया पनि मुसुक्क मुस्कुराइन।यत्तिकैमा स्वर्गीय लोग्नेको चेहरा बिस्तारै बिलाउदै गयो आफ्नो सपनाको आकृतिबाट ।

भोलिपल्ट गाउँभरी एउटा हल्ला फैलियो।सबै गाउलेहरु फेरि दुखी भए।उसको हिजोमात्रै फर्किएको खुशी सधैको लागि बिलिन भएछ।खास कारण के हो कसैलाई थाहा भएन।उसको घरमा गाउलेहरूको ठूलो भिड थियो।भिडबाट कसैले भनिरहेका थिए "ट्वाइलेट टाढा छ।अध्यरोमा ट्वाइलेट जादा बारीको माथिल्लो भागबाट खसेछिन र उठ्न सकिनछिन।रातभरी झरीमै बस्नुपरेकोले चिसोले गर्दा सानी सधैको लागि आफ्नो बाटो लागिछन ।

केशु खण्डलुक मगर
निस्दी गा.पा.-०६,पाल्पा

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी