A+ A A-

ढुड्डेठाँटीमा ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियो छायाङ्कन

रूद्र श्रीसमगर
Image may contain: 16 people, outdoor

पोखरा, साउन २१ - मौलिक दोहोरी गीत ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियोको छायाङ्कन सकिएको छ । सो गीतको म्यूजिक भिडियो स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४, ढुड्डेठाँटीमा शुक्रबार छायाङ्कन गरिएको हो । गीतमा देवी घर्तीमगर र गोविन्द पुनमगरले स्वर दिएका छन् ।

Image may contain: 1 person, smiling, standing and outdoorम्यूजिक भिडियोमा अभिनेत्री पूजना प्रधान र गोविन्द पुनमगरले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिमार्फत् छिट्टै सार्वजनिक हुने सो म्यूजिक भिडियोको निर्देशन गोविन्द आफैंले गरेका हुन् । म्यूजिक भिडियोको छायाङ्कन दानबहादुर श्रीसमगर र मिलन गुरुङले गरेका हुन् ।


 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी