A+ A A-

मगर जातिको विविध विषयहरुमा सेमिनार हुने !

राज्यसत्ता संबादाता,
काठमाडौ ,चैत्र ६ - मगर जातिको विविध विषयहरुमा भैरहेका अध्ययन, अनुसन्धान तथा प्राज्ञिक कार्यहरुबाट प्राप्त नतिजा/कार्यपत्रहरुको प्रस्तुत गरी मिति २०७६ साल बैसाख २०/२१ गते काठमाडौमा “मगर सेमिनार” गरिने भएको छ ।
सो मगर सेमिनारमा मगर जातिको इतिहास, संस्कृति, भाषा, बसाई सराई, सामाजिक–आर्थिक अवस्था, ऐन नियम वा संविधानले मगर समाजमा पारेको प्रभाव, मगर संघसंस्थाको इतिहास, प्राकृति स्रोत र मगर पहुँच, मगर  जातिको रोजगारी, जिविको पार्जन, शिक्षा, स्वास्थ्य, पर्यटन, मगर बौद्ध दर्शन आदि मगरका विविध विषयमा अध्येताहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।
सो सेमिनारको व्यवस्थापन नेपाल मगर बुद्ध सेवा समाज ले गर्ने कुरा संस्थाका अध्यक्ष देउ बहादुर रानामगरले बताउनु भयो । उहाँका अनुसार कार्यपत्रहरुको संकलन तथा प्राज्ञिक कार्यको संयोजन नेपाल मगर  लेखक संघ, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष तथा विद्यावारिधी शोधार्थी विष्णु कुमार सिंजालीमगरले गर्नुहुनेछ र सम्पुर्ण कार्यक्रमको संयोजन संस्थाका उप–महासचिव भिम बहादुर गुरुछान मगरले गर्नुहुनेछ ।
उक्त सेमिनारको लागि प्रस्तोताहरुले आफ्नो कार्यपत्रको सारसंक्षेप (एब्स्ट्रयाक्ट) एकसय पचास देखि तीन सय शब्दभित्र लेखि प्राज्ञिक संयोजक विष्णुकुमार सिंजालीको इ–मेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. र कार्यक्रमका संयोजक भिम बहादुर गुरुछानमगरको इ–मेल This email address is being protected from spambots. You need JavaScript enabled to view it.   मा चैत महिनाको अन्त्यसम्ममा पठाउन सकिने र कार्यपत्र पत्र सेमिनारमा प्रस्तुतीका लागि छानिएको नछानिएको जानकारी सम्बन्धीत प्रस्तोतालाई बैसाखको पहिलो हप्ता दिइने जानकारी विष्णुकुमार सिङ्जालीमगरले दिनु भयो ।
यसै गरी सो सेमिनारमा प्रस्तोताले आफ्नो कार्यपत्र मगर भाषा, नेपाली र अङग्रेजी भाषामा गर्न सकिने जानकारी पनि गराइएको छ । मगर जाति सम्बन्धी गरिने सेमिनारले मगर जाति सम्बन्धी ज्ञान निर्माणमा सहयोग पुग्ने आशा संस्थाका अध्यक्षले गर्नुभयो र यस महान कार्यका लागि सबै पक्षको सरसहयोगको आवस्यकता रहेको पनि जानकारी दिनुभएको छ ।

 

 

Last Updated on Wednesday, 20 March 2019 16:22

Hits: 168

मगर आदिकविको श्रद्धाञ्जली सभा सम्पन्न !

राज्यसत्ता

Image may contain: 8 people, including Kunta Thapa and Ganga Khasu, indoor
काठमाण्डौ , माघ २९ - मगर आदिकविजीतबहादुर सिञ्जाली मगरको ४९ औं दिनको पुण्यतिथिमा नेपाल मगर संघ, केन्द्रीय समितिर जीतबहादुर सिञ्जाली मगर साहित्यप्रतिष्ठानले माघ २६ गतेका दिन संयुक्त रुपमाश्रद्धाञ्जली सभा नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा सम्पन्न गरेको छ ।

आदिकविव्यक्तित्व सम्बन्धमा सञ्जोग लाफा मगरले स्वागतमन्तव्य सहित मगर साहित्यमा गरेको योगदानवारे विचार राखेका थिए । प्रतिष्ठानकापूर्व अध्यक्ष कुन्ताथापा मगरले प्रतिष्ठान स्थापनाउ देश्य र आदिकविजीवित वा मृत्त पत्तालगाउने खोजीकार्य गरेको सम्बन्धीबोलेकाथिए । 

जीतबहादुर सिञ्जाली मगर साहित्यप्रतिष्ठान कोष सहयोगार्थमगर जातिको महानपर्व माघे सकराती–२०७५ को अवसरमासिर्जना कलेज अफफाइन आर्ट, कक्षा १२ माअध्ययनरत विद्यार्थीहरुद्धारा फेश पेन्टीङबाट संकलित रकम रु. १४,५५५/– (चौधहजार पाँचसय पचपन्न रुपैयाँ)प्रतिष्ठानलाई आर्थिक सहयोग गर्नुको कारणवारे संयोजकसुश्री जयसरा मिरिचिङ मगरले मन्तव्य सहित कोषाध्यक्ष पुरन थापा मगरलाईप्रदान गरेका थिए । 

आदिकविको दुःखदनिधनले मगर भाषा साहित्यका धरोहर गुमाएको पीडा, त्यागीव्यक्तित्वभएको मन्तव्य सहितसिर्जना कलेज अफफाइनआर्टकासुश्री जयसरा मिरिचिङ मगर, सुश्री खुश्बु न्हेम्हाफुकी, सुश्री रश्मीश्रेष्ठ, सुश्री नीशिताश्रेष्ठ, सुश्री खुशी राई, सुश्री छीरिङ ग्यायो गुरुङलाई श्रद्धाञ्जली सभाका सभापतितथा नेपाल मगर संघकाउपाध्यक्षगंगाखासु मगरलेप्रशंसापत्रप्रदान गरेका थिए ।

२०७५ पौष ८ गते आइतवार विहान १०:०० बजे घोराहीदाङ बाटबुटवल जानेक्रममा शिवराजनगरपालिका–१, बनकसबासाचनौटा हाइवेरोडमा सडकपार गर्दा लु १ ख ५४९५ नम्बरको टिप्परको ठक्करले सडकदुर्घटनामा परी आदिकविको निधनभएको थियो ।

श्रद्धाञ्जली सभा नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष गंगाखासु मगरको सभापतित्व, अतिथी कुन्ताथापा मगर, नेपाली सेनाका पूर्ब जर्नेल श्यामथापा मगर, हुमथापा मगर, कृष्णथापा मगर, कमलथापा मगर, भीमथापा मगर कार्यक्रम संचालन रक्ष रैका मगरले गरेका थिए ।

जीबसीम नवप्रतिभा पुरस्कार कोष संरक्षक दुतबहादुर गर्बुजा मगर, कोष संरक्षक क्या. वीरबहादुर थापा मगर, थर्क राना मगर र जयबहादुर हितान मगर स्मृति पुरस्कार कोष संरक्षक विजयहितान मगरले कार्यक्रमको लागि आर्थिक सहयोग गरेका थिए । 

 

 

यो पनि पढनुहोस :

मगरभाषी आदिकवि

गाउँकै सामन्तीहरूले कवि जितबहादुरलाई कम्युनिस्ट कार्यकर्ताको छाप लगाइदिए । खस भाषाविरोधी र मगर भाषा प्रचारकको झूटो लाञ्छनामा पुलिस प्रशासन बोलाएर यी कविको घर खानतलास गरिएको थिय
सञ्जोग लाफा मगर
काठमाडौँ — लेन्जा जजा माहाजा जजा पट्ट परढिसाक्के,इस आस टेनिकिङ माछान्ने है भाक्के ।
 

 

छोरा र छोरी दुवैलाई पढाऔं
लिङ्गको आधारमा भेदभाव नगरौं ।
(शिक्षा, मगर भाषाङ् ल्हीङ् ड टूक्का किताब )

जातीय पहिचान, भाषा संस्कृतिको संरक्षण गर्नका लागि थारू, तामाङ र किराँतीहरूले जातीय संगठन स्थापना गरेको थियो । बनारसदेखि पढेर आएको भर्खरको ठिटो पर्शुराम चौधरीसँग जातिको कुरा, इमानसिं चेम्जोङले किराँतीहरूको पुस्तक र शब्दकोश लेखेकाले भेट हुँदा किराँतीहरूको इतिहासबारे छलफल गर्ने गर्थे मगर आदिकवि— जितबहादुर सिञ्जाली मगर । मगर जाति शिक्षामा धेरै पिछडिएको, फजुल खर्च गर्ने स्वाभाव, लाहुरे प्रथाले सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा सहभागी शून्यजस्तै भएकाले २०१२ सालमा सिञ्जाली मगरको पहलमा रक्तकाली, काठमाडौंमा मगर समाज सुधार संघ भीमप्रसाद बुढाथोकीको अध्यक्षतामा गठन गरी संस्थापक कार्यालय सचिव बनेका थिए ।


संस्थाको मगर भाषामा शिक्षा प्रमुख उद्देश्यअनुरूप पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक स्कुलस्कुलमा परिचालनका लागि सिञ्जाली मगरलाई जिम्मेवारी दिइएको थियो । राजनीतिक प्रतिकूल अवस्था र मगरको चेतनाको कमजोरीले केही वर्षपछि संस्था निष्क्रिय भयो । संस्था निष्क्रिय बने पनि व्यक्तिगत पहलमा ‘मगर भाषाङ शुरुवौ किताब’ मगरले पाठ्यपुस्तक प्रकाशन गरेर मगर स्कुल–स्कुलमा लगेर पढाउन प्रेरित गरेका थिए । मगर भाषामा गीत, कविता, उखानटुक्का गाएर, वाचन गरेर भाषाको महत्तालाई साहित्य मार्फत आकर्षित गर्थे ।

स्कुल स्थापना
काठमाडौंमा अध्ययनताका २०१२ सालमा लोक सेवा आयोग पास गरी सरकारी स्कुल त्रिपुरेश्वरमा स्थायी शिक्षक नियुक्ति भएका थिए । २०१६ सालमा विदुर नगरपालिका, माझीटार, नुवाकोटको च्वाडी पब्लिक स्कुल (हाल, च्वाडी उच्च माध्यमिक विद्यालय) स्थापना गरी संस्थापक प्रधानाध्यापक भएका थिए । प्रधानमन्त्री बी.पी. कोइराला पश्चिम भ्रमणमा आउँदा स्कुलको शिलान्यास गराएका थिए । गुरुबारे विद्यार्थी रामप्रसाद जोशी सम्झन्छन्, ‘उहाँको व्यक्तित्व लवाइ, खवाइ, बोलाइ, व्यवहारले नै सबै समुदायलाई शिक्षा प्रवाहित गरिरहेको हुन्थ्यो ।’ २०१७ सालमा बट्टार, नुवाकोटमा प्राथमिक विद्यालय स्कुल


(हाल भीमसेन माध्यमिक विद्यालय) स्थापनासहित अध्यापन गरेका थिए । २०१९ सालमा लामिडाँडा, नुवाकोटमा प्राथमिक विद्यालय स्थापना केही वर्ष अध्यापनपछि राजा महेन्द्रको पश्चिम देश दौडाहा समयमा आफ्नै गाउँ कोटाकोट बेंसीमा कोटाकोट प्राथामिक विद्यालय स्थापना गरे । प्यूठान र अर्घाखाँची जिल्लाको सिमाना असुरकोट खिल्जी प्राथमिक विद्यालयमा शिक्षक भएका थिए । रोल्पा जिल्लाको ओहनाफे प्राथमिक विद्यालयमा दुई वर्ष पढाएका थिए । अठार मगर खाम भाषा सिक्न जाँदा मिरुल, ढाङढुङ रोल्पामा पनि पढाएका थिए । खङरानाका राजापुरमा २०४६ सालमा बालकल्याण निम्न माध्यमिक विद्यालय स्थापना गरी अध्यापन गरेका थिए । उनले स्थापना गरेको स्कुल प्रायश: अहिले उच्च माध्यमिक विद्यालय र क्याम्पस बनिसकेका छन् ।

मगर साहित्य
मगर भाषा साहित्यको इतिहास सन् १९०८ मा जर्ज ए. ग्रिर्यसनले भारतीय भाषाहरूको सर्वेक्षण क्रममा मगर कथा अनुवाद गरिएको साहित्यलाई प्रारम्भिक विन्दु मानिन्छ । मगर भाषा साहित्य लेखनको प्रारम्भ २०४६ साल अघि फाट्टफुट्ट हुन्थ्यो । मगर साहित्यको पहिलो कृति मगर ‘भाषाङ ल्हीङ ड टुक्कावौ किताब’ कवितासंग्रह जितबहाद्र सिञ्जाली मगर र रेखबहादुर थापा मगरले संयुक्त लेखेका थिए । मगर साहित्य कविता, खण्डकाव्य, गजल, कथा, बालकथा, लघु कथा, उपन्यास, लघुनाटक, मुक्तक, हाइकु, निबन्ध, मगर उखानटुक्का तथा गाउँखाने कथा, अनुवाद, गीति विधामा लगभग १६२ जति कृतिहरू लेखिएका छन् । गीति एल्बम, वृत्तचित्र, चलचित्रसमेत निर्माण गरिएको छ ।


मगर भाषालाई मगराँती साहित्यको रूपमा परिचित गराउने श्रेय मगराँती भाषामा गीत तथा टुक्का लेखेर ठूलो योगदान पुऱ्याएकाले लेखकद्वयलाई मगराँती साहित्यको प्रथम तथा प्रसिद्ध कविको उपाधिद्वारा विभूषित गर्नुपर्ने प्रस्ताव आएको थियो । लामो बहस र अन्तक्र्रियापछि मगराँती साहित्यका आदिकवि जितबहादुर सिंजाली र रेखबहादुर थापा (२०४७) पुस्तक आधारमा २०५१ सालमा घोराही, दाङमा सम्पन्न नेपाल मगर संघको पाँचौं राष्ट्रि्रय महाधिवेशनले यी (सिंजाली र थापामगर) लाई मगर भाषाका आदिकवि घोषणा गरियो । आदिकविद्वय नै केही बर्ष सम्पर्कविहीन समेत भए । तर पछि केही वर्षपछि रेखबहादुर थापामगर सम्पर्कमा आए । मगर संघमा सक्रिय अवस्थामा नै २०५९ असार २९ गते मस्तिष्क पक्षाघातले उनको देहान्त भयो ।

चार दशक बेपत्ता
सादा जीवन उच्च विचारका अनुयायी सिञ्जाली मगर कम बोल्ने, अरूलाई पीरमर्का दिन नरुचाउने एकान्तप्रेमी अन्तर्मुखी स्वभावका थिए । कपडाको जुत्ता च्यातिएर खुट्टा हाल्नै नमिल्ने । कपडाको जुत्तामा खुट्टा राखेर रसीले बाँधेर हिंड्थे । उनको कमिज धेरै दिनदेखि नधोएको शरीरमा टाँसिएर झुत्रा भइसकेको एकपल्ट झिकेर फेरि लगाउन नमिल्ने सादगी जीवन थियो । मगर गाउँबस्तीमा मगर भाषाको महत्त्व र कवितालाई तत्कालीन समयको प्रचलित लोकलयमा वाचन गरी हिंड्दा कोलडाँडा पाल्पा, खस्यौली (हाल, बुटवल) बजारमा कविता वाचनसहित पुस्तक बिक्री गरेको आरोपमा पुलिस थानामा तारेख खेपेका थिए ।


पाल्पाको सत्यवती, गोठादीमा मगर भाषाको कविता वाचन गरिहिंड्दा उनको अत्यन्त दयनीय अवस्था देखेर गाउँलेहरूले चोरको आरोपमा पक्राउ गरी प्रहरी चौकीमा लगेको सत्य घटना र अर्घाखाँची असुरकोट, खिल्जी स्कुलमा शिक्षक हुँदा मगर भाषाको गीत हार्मोनियम बजाएर विद्यार्थीलाई गाउन सिकाउँदा पुलिसलाई पोल लगाई पक्राउ गरिएको थियो । गाउँकै सामन्तीहरूले कम्युनिस्ट कार्यकर्ता र खस भाषाविरोधी, मगर भाषा प्रचारकको झूटो लाञ्छनामा पुलिस प्रशासन बोलाएर घर खानतलास गरेका थिए । गाउँका सामन्ती, पुलिस प्रशासनले पक्राउ पुर्जी जारी गरेर दु:ख दिइरहने र आफ्नो जातिको अचेतन, शिक्षाको कमीले गर्दा २०२४ सालदेखि घरपरिवार, समाजदेखि सम्पर्कविहीन भएका थिए ।


घरपरिवारदेखि सम्पर्कविहीन भएपछि २००७ सालमा एक जना गुरुङले ‘कि छोरा चाहियो कि चितवन खोल्नुपर्‍यो’ भनेर माग गरेकाले चितवन खुलेको घटनाले शिक्षण गर्दै जाँदा सुकुम्बासीका लागि नेपालगन्ज, तुलसीपुर, दाङ घुमेका थिए । २०२७ सालमा राजा महेन्द्रले अनुमति दिएपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टले कृषि विभागलाई पातलो कागजमा तोक लगायो । त्यसबेला वन, रानीवन वा बिर्तामा रहन्थ्यो । बिर्ता उन्मूलन भएमा रानीवन हुन्थ्यो । त्यसलाई नै राष्ट्रि्रय वन भनिन्थ्यो ।


मिरुल, ढाङढुङ रोल्पामा पढाउँदा बाह्र्रै महिना हिउँ पर्ने अन्नपात नहुने, खानका लागि भारतको कालापहाड जानुपर्ने दु:ख देखेकाले त्यहींका मान्छेहरू ल्याएर उनको नेतृत्वमा जंगल फँडानी गरी दाङ, देउखुरी जिल्लाको दक्षिणी सिमाना खङरानाकामा सुकुम्बासी बस्ती बसालेका थिए । आफू बसेको खङरानाका मात्र नभई भारतको सिमाना जोडिने २२ वटा नाकाहरू व्यवस्थित गरी दुई हजार सुकुम्बासीलाई बसोबास गराएका थिए । उनलाई स्थानीयले श्रद्धापूर्वक थापा सर, नेताजी भारततिर मास्टरजी भनेर सम्बोधन गरिंदो रहेछ । नेपालतिरको बजार कृष्णनगर, भालुबाङ, लमही, देउखुरी, घोराही, तुल्सीपुर, रिहार, कोहलपुर, नेपालगन्ज भारतको बजार वनकटा, भर्सैया, तुलसीपुरसम्म पुगेर कुचो र बाबियो डोरी (वनकसी) र वन पैदावर सामान बेच्ने प्रमुख पेसा अपनाएकाले त्यस क्षेत्रमा उनी कुचो बाजेको नामले प्रख्यात रहेछन् ।


आफ्ना बाजे खलकका माहिला बाबुका माहिली छोरी काली चेलीबेटीहरूमध्ये आर्थिक रूपले कमजोर थिइन् । धेरै वर्षपछि उनैको हातबाट तिहारको भाइटीका लगाउने र साहै्र दु:ख पाएकी छन् भने आफू बसेको ठाउँ खङरानाका ल्याउने उद्देश्यले बहिनीलाई लिन ठूलो ल्हुम्पेक आएको बेला २०६२ कात्तिक १० गते बिहीबार दिउँसो तीन–चार बजेतिर माओवादी जनयुद्धको चरम उत्कर्षको समय, संकटकाल अवस्थामा झुत्रो मैलो फाटेको सुरुवाल, कमिज लगाएको, जिङ्रिङ्ग कपाल, च्यातिएको चप्पलमा बाबियोको डोरीले बाटेको फित्ता लगाएको दयनीय व्यक्ति घुमेको देख्दा रुकबहादुर राना मगरलाई टीठ लागेछ । गाउँघरमा नौलो मान्छे देख्नेबित्तिकै कि † सोधिहाल्ने वा गाउँलेहरूले निगरानीगर्थे † चासो लागेर सोधेछन् । धेरै सोधखोजबाट सशंकित र झिजिएका वृद्ध सुरुदेखि नै चिया पिएर जान खोजेछन् ठेगाना, नागरिकता हेरेपछि बल्ल चारदशक बेपत्ता भएका मगर आदिकवि पहिचान गरेको थियो ।

बहुभाषा शिक्षा
संघीय व्यवस्था भएपछि संघ, केन्द्र र स्थानीय तहमा मातृभाषा शिक्षा नीति कस्तो हुनुपर्ने ? मातृभाषा, लिपिमा कसरी अध्यापन गर्न सकिन्छ ? निजी (बोर्डिङ) र सामुदायिक विद्यालयमा पाठ्यक्रम कस्तो हुने राय सुझावका लागि स्कुलस्कुलमा गएर लिखित सुझाव संकलन गरिरहेका थिए । त्यसैगरी ५ नम्बर प्रदेशको लागि पाल्पा, माथागढी–३, सराइमा बहुभाषा विश्वविद्यालय स्थापना गर्नका लागि निजी (बोर्डिङ) र सामुदायिक विद्यालयको लिखित राय सुझावसहित हस्ताक्षर संकलन अभियानमा कटिबद्ध थिए । भर्खरै संघीय संसद्बाट शिक्षा ऐन २०७५ पारित भएको छ । ऐनको दफा २६ मा शिक्षणको माध्यम भाषा उपदफा १ अनुसार– विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अङ्ग्रेजी भाषा वा दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा हुन सक्नेछ भनिएको छ । माध्यमिक तहसम्म नि:शुल्क शिक्षा प्राप्त गर्ने अधिकार हुने भनिएको छ ।


आजीवन मातृभाषा शिक्षाको अभियानमा हिंडिरहेको मातृभाषी अभियन्ताको लमहीदेखि बुटवल यात्राक्रममा एक दुर्घटनामा परी गत पुस ८ मा निधन भयो । मगर साहित्यको अग्रज मगर जातिको धरोहर, शिक्षाप्रेमी गुमाउनुपरेको पीडासँगै राष्ट्रले मातृभाषा योद्धा पनि गुमाएको छ ।


प्रकाशित : माघ २६, २०७५ १२:०५

 

Last Updated on Tuesday, 12 February 2019 16:05

Hits: 422

साहित्य को पहाड बोकेर हिंडेका पहारी

- बिजय हितान



'मान्छे हराएको देश' मलाई सुम्पेर आज कृष्ण पहारी म देखी हराउनु भएको छ । उक्त पुस्तकभित्र वाँहाका हस्तलिखित अक्षरहरु- 'मित्र बिजय हितान ज्युमा सप्रेम समिक्षार्त उपहार, २०७४/२/२९' मैले दोहराइ-दोहराइ हेरेको छु त्यस भित्रका कबिताहरु पढ्नेक्रममा । आफ्नो बेलायतको छोटो भ्रमणका बेला बेल्पाली साहित्यकार माझ सद्भावनाका न्याना शब्दहरु बाँडेर आज वाँहा हामीबाट हराउनु भएको छ । साहित्यमा लाग्न अरुलाई पनि प्रोत्साहन गर्दै सहित्त्यिक ज्ञानको पहाड बोकेर हिंडेका पहारी जि आज पोखराथोक, पाल्पाबाट हराउनु भएको छ । समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारी जि को कबिता सङ्रह 'मान्छे हराएको देश' र वाँहाका अन्य कृतिहरु नेपाली साहित्यिक छितिजबाट कहिल्लै हराउने छैनन भन्ने मलाई लागेको छ ।

बेलायत भ्रमण पस्चात नेपाल फर्केको छोटो अवधिमै वाँहाको निधन भएको दु:खद समाचारले बेल्पाली साहित्यको आकाश धमिलो भयो । मेरा आँखाबाट आँसुका बर्षा भए उनिसँग बिताएका दिनहरु सम्झदै । पहारी जि याँहा हुँदा बेलाबेलामा मलाई फोन गर्नुन्थ्यो, मैले वांहालाइ फोन गर्थें र लामो समय हामीहरु साहित्यिक गफमा भुल्थ्यौं । र अन्य केही साहित्यिक कार्यक्रममा पनि भेट हाम्रो भैरह्यो ।      


यो भन्दा अगाडि कहिल्लै भेट नभएका हामी ४ जुन २०१७ का दिन लन्डनमा भेट भयौं । यो कुनै ब्याबसायिक भेट थिएन, यो कुनै राजनैतिक भेट थिएन, यो कुनै सौदाबाजीको भेट थिएन, यो कुनै गाउँले भेट पनि थिएन । थियो त, त्यो हाम्रो स्वाच्छ साहित्यिक भेट थियो ।

हामी बेल्पाली साहित्यकार गत केही बर्ष देखी लन्डनमा बातावरण साहित्य सम्मेलन गर्दै आएका छौं । पृथ्वीको प्राकृतिक बातावरण प्रदुशित हुँदै गएकोले यसलाई जोगाउन पर्छ भने सन्देश दिलाउन मलाई बातावरण साहित्य गर्न मन पर्छ । त्यसैले बेलायतमा सबै साहित्यिक संस्थाहरुलाई आबद्द गर्दै मैले विश्व बातावरण दिवसलाई पारेर यो कार्यक्रम सम्योजन गरेको थिएँ । साहित्य सँगमका सम्योजक बिनोद अधिकारीले पहारीलाई त्यो कार्यक्रममा ल्याएर आउनु भयो । हामीले पहारि जि लाई बिशेष अतिथिको रुपमा सम्मान गर्‍यौं । वाँहाका चोटिला मुक्तक पनि सुन्यौं । कार्यक्रमको अन्त्यमा हाम्रा कृतिहरु साटासाट गरेउँ । मैले मेरा ' बाग्मती ब्लुज' र 'इको उत्सर्जन' दुई कृति उपहार चढाएँ । वाहाँले 'मैले धेरै ल्याएको छैन, दुई चार प्रती मात्रै छन, हजुरलाई मात्र बिशेष मित्रको रुपमा है' भन्दै 'मान्छे हराएको देश' झोलाबाट झिकेर मलाई दिनुभयो । हामीले बातावरण कबिताहरुको सँगालो प्रकाशन गर्ने योजना मा थियौं । 'तपाईंको बेलायत बसाइभित्र एक बातावरण कबिता मलाई दिनुहोला है सङ्कलनमा राख्न' भनेर मैले निबेदन गरेको थिएँ । नेपाल जानु भन्दा अगावै नै 'बगरले पुरिएको फाँट जस्तै जिन्दगी' मलाई दिनुभयो ।
त्यसको एक अंस यस्तो छ-

…..अचेल
यो जिन्दगी
खडेरी ले सुक्दै गएको
तिनाउ खोला जस्तै लागिरहेकोछ
किनारामा थुपारिएको बगरहरु
माटोमा मिसिएका बालुवाहरु
जस्तै जस्तै लागिरहेकोछ
मानौ यो जिन्दगी
माटोमा मिसिएको बालुवा जस्तै हो
किनारामा थुपारिएको बगर जस्तैहो
यो जिन्दगी
खडेरीले झारेको पात जस्तै लागिरहेछ…….

उनका यि शब्दहरुमा केही मात्रामा बातावरणिय भावना पोखिएका भए पनि बढी आफ्नै जिन्दगीदेखी बिरक्तिएको सङ्केत पाईन्छ । सम्भवत यो कबिता वाँहाको जीवनको अन्तिम श्रीजना हुनसक्छ । त्यसो हो भने, यस श्रीजनाले अब प्रकाशन हुँदै गरेको इको कबिताहरुको सँगालो 'स्वाच्छन्द सुसेलिहरु' मा महत्वपूर्ण स्थान रहनेछ भन्ने मलाई लागेको छ ।

हाम्रो भेटको क्रममा 'बाटिका लघु कथामा हामी लाघु कथाहरु प्रकाशन गर्दै छौं, एउटा हजुरको पनि दिनुहोला है, म नजांदै' भन्नुन्थ्यो । अनी त मैले 'गहिरो पहिरो' लघुकथा दिएर पठाएको थिएँ ।

यसरी हामी साहित्यकारहरु अरु उपहार एक आपसलाई के नै दिन सक्छौं र । न त धन दिन सक्छौ, नत सुन चाँदि नै । न त होटेलमा बोलाएर  टन्न भोज खुलाउन सक्छौं; न त खेत जोतेर, बारी खनिदिएर, छाना छाइदिएर, भारी बोकिदिएर श्रमदान दिनसक्छौं । सक्छौं त मात्रै एक आपसमा श्रीजना र कृति साटा-साट गरेर समिप हुन । यिनै साहित्यिक साटा-साटिले मलाई र पहारि जी लाई छोटो समयमा नजिक बनाएको हो । हाम्रो मित्रताको जाले रुमाल यसरी बुनिएको हो । ५५ वोटा श्रीजना बोकेको 'मान्छे हराएको देश' भित्र सामाजिक, राजनितिक, सान्स्कृतिक, आर्थिक बिसंगतिका ज्वारभाटाहरु उर्लेका छन । कुनैमा आफ्नै जिन्दगीका उकाली ओरालीका कथा ब्यथाहरु बनेर खोला जस्तै उर्लेका छन ।
नदी र मन सिर्शक कबितामा पहारी जि को भावना यसरी बगेको छ-
 
…..अचेल म
सुस्ता भएर खुम्चिदै गएको छु
कालापानि भएर मिचिदै गएको छु
फरक यती हो
नदी पहाड बगाएर बगेको छ
म झाडा पखाला भएर
जाजरकोट बगाएको छु…….

…..अचेल म
कोशी भएर फुटेको छु
जलमग्न गराएको छु तराइका फाँटहरु
फरक यत्ती हो
नदी लास बगाएर बगेको छ
म जवर्जस्ती आस बगाएर बगेको छु ………
 
यसरी हामी दुई बिच मित्रताको पुल बन्न सफल उनको यस पुस्तक मेरो किताबहरुको दराजमा महत्वपूर्ण स्थान ओगड्ने छ । तर यो हाम्रो मित्रता दुर्भाग्यबस त्यती लामो टिक्न सकेन । ४ जुन २०१७ मा गाँसिएको हाम्रो मित्रताको माला १६ डिसेम्बर २०१७ मै भौतिक रुपमा टुटेर गयो । वाँहा बाँचेको भए अझै हामी कती साहित्यिक भावनाहरु साटासाट गर्थेउँ भबिश्यमा भनेर आज मलाई पछुतो लागिरहेको छ ।

यसरी स्थानिय क्षेत्रमा धेरै साहित्यिक संस्थाहरुमा आबद्द अनी एक-एक गजल, मुक्तक र कबिता संग्रह प्रकाशित गरिसक्नुभएका बहु-आयामिक साहित्यकार मित्रलाई दैबले हरेर लगेको छ । यस्तो दु:खत घडीमा म ब्यक्तिगत र हाम्रो संस्थाको तर्फबाट स्रदान्जलिका फुलहरु अर्पण गर्न चाहन्छु । अरुलाई साहित्यमा प्रेरणा दिंदादिंदै समय नभएर होला पहारी जि का कथा, उपन्न्यास र अन्य बिधाका ९ कृतिहरु अप्रकासित रहेछन । ति अधुरा सपनालाई वाँहाका परिवारले पुरा गरिदेने छन भन्ने मैले आशा लिएको छु । 
(पहारीजिको प्रथम वार्षिकी पारेर समबेदनाका केही हरफ) 
          

Last Updated on Thursday, 17 January 2019 14:29

Hits: 149

मेरो अठाह्र साल र संस्थाको पिर्का

विजयहितान  Image may contain: 1 person

मेरा लागि सन् २०१८ उँधौली जस्तै बित्यो । रात लम्बिएर दिन छोट्टिँदै गर्दा लेकबाट चौँरीगोठ बेँसीतिर झरेजस्तै । मेरा लागि गत वर्ष नदीजस्तै उँधोतिर बगेको अनुभव भयो । मुहानमा एक्लै उम्रेको पानी झरना अनि खोलाहरू लाई पनि आफूमा समाहित पार्दै, सुकेर होइन फुकेर, सागरतिर झर्दै गरेको नागबेली नदीजस्तै ।

बिष्ट फ्रम द इस्टजस्तो कठाङ्ग्रिँदै बेलायतमा सुरु भएको २०१८ ले मलाई कठङ्ग्र्याउन भने सकेन । मैले गर्दै आएका अभियानहरू- लाहुरे स्रष्टा मास्टर मित्रसेन र प्रथम शहिद लखन थापालाई इतिहासबाट ब्युँताउने काम, वातावरणीय जनचेतना, साहित्यिक सिर्जना, साहित्यिक र सामाजिक संस्थामा नेतृत्व इत्यादिलाई बेलायतको चिसोपनासँग लड्दै अगाडि बढाएँ ।

अनेसास ले आयोजना गर्दै आएका साहित्य तथा सङ्गीतका राष्ट्रिय विभूति- मास्टर मित्रसेन, लैनसिंह वाङ्देल, भूपी शेरचन, र नारायण गोपालका जन्मदिवस कार्यक्रममा सहआयोजकको भूमिका निभाउँदै लन्डन पुगेँ ।प्रथम शहिद लखन थापाको जीवनीमा आधारित रेडियो नाटक ‘शहिदको सपना’ निर्माण गरेँ । शहिद सप्ताहलाई पारेर नेपालका विभिन्न एफएममार्फत प्रसारण गर्न लगाएँ । यस नाटक प्रसारण र पोखरामा लखन थापाको सालिक उखेलिनु संयोग प¥यो ।

पारिवारिक र सामाजिक दावित्व त छँदै थियो । उपभोक्तावादी युगमा एक नागरिकको वातावरणीय दायित्व पनि हुनुपर्छ । वातावरण प्रबन्धन दिनदिनै गर्नु नै मेरो रोजिरोटीको स्रोत हो । यसबाहेक अर्थ आवरको दिन आफन्तसँग एक घण्टा बिजुली बत्ती निभाएर डिनर खाँदै र बिग्रँदो वातावरणलाई सुधार्ने कुराहरूगर्दै बिताएँ ।प्लेकार्ड बोकेर मानवीय हकअधिकारका लागि सडकमा प्रोटेस्ट गर्न हिँड्दिनँ । बरु स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने नागरिकको मौलिक हक हो भनी यसरी घरमै बसेर बत्ती निभाउँदै मौन प्रोटेस्ट गर्दछु ।

अनि बेलायतमा उज्यालो छाउन सुरु ग¥यो । चराका चिरबिर आवाजले वसन्त आएको आभास दिन थाल्यो । उँभौलीको सँघारमै एक साहित्यिक संस्थाको पिर्का हस्तान्तरण गरेँ । २०१६ देखि साहित्यिक मित्रहरू ले लगाइदिनुभएको सम्माननीय फेटा खोलेर अर्कैलाई लगाइदिएँ । त्यो स्यानो पिर्कामा बसेर यति धेरै साहित्यिक गतिविधि गरिएछ कि केन्द्रिय समितिले सबैभन्दा सक्रिय शाखा भनेर सम्मान ग¥यो ।

पिर्कामा बस्ने दुई वर्षे अवधिलाई बढाएर चार पनि गराउन सकिन्थ्यो । नेपाली राजनीतिक पार्टीहरू मा झैँ । नेपाली कांग्रेसको महाधिवेशनजस्तो डेडलाइन काटेन हाम्रो विश्व नेपाली साहित्य महासंघ साउथ युकेको निर्वाचनले । संगठनमा नयाँ पिँढीलाई हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्छ भन्ने मन्डेला मान्यताले त्यो पिर्कामा एक सशक्त महिला स्रष्टालाई बसालेर म बाहिरिएँ । साहित्यिक संस्थामा महिला नेतृत्व नभैरहेको अवस्थामा हाम्रो संस्थालाई महिलाले हाँकेकी छिन् भन्दै घमण्ड गर्न पाएको छु ।

सन् २०१८ मा बेलायतको तापक्रम इन्डियन समरभन्दा कम रहेन । मेरा गतिविधिहरू मा पनि हिटवेभ नै आयो । समर महिनाका लामा दिनहरू को फाइदा लिँदै मेरा सप्तान्तका क्रियाकलाप झनै सक्रिय भए । अत्यधिक गर्मीको कारणले युरोप र अमेरिकामा डढेलो लाग्न सुरु ग¥यो तर मेरा कार्यक्रममा असफलताका डढेलो कतै निभाउनुपरेन ।

अरूले नेपालबाट कलाकारहरू लाई स्पोन्सर गरेर आर्थिक लाभ उठाइदिन्छन् । मलाई लाग्यो, साहित्यकारलाई त्यसो गर्छु । एकजना वरिष्ठ गीतकारको नाम दिमागमा आयो । स्पोन्सर गर्ने प्रक्रियातिर लागियो । दुईतीन दर्जन कागजपत्र यताउता गरियो होला । धन्न तिकागजपत्रमा डढेलो नलाईकनपासपोर्टमा भिसा लाग्यो । कविता गोष्ठी, गीतिलेखन प्रशिक्षण, सेमिनार गरिदियौँ । आर्थिक लाभ त हुन सकेन। तर उच्च सम्मान र सफलताको सगरमाथा चढेरवाहाँ नेपाल फर्किनुभयो रत्यसै भ्रमणमा आधारित दुई कृति प्रकाशन गर्नुभयो ।

राजकुमार ह्यारीको विवाहजस्तै हाम्रो तेस्रो वातावरण साहित्य गोष्ठी सफल भयो । साहित्यिक संगठनहरू को सहयोग, राजदूत तथा वरिष्ठ गीतकारको आतिथ्यले कार्यक्रम लालिगुराँसजस्तै ढकमक्क फुल्न सफल भयो । दुई वर्ष खर्चेर मैले सम्पादन गरेको इको कविता कृति ’स्वच्छन्द सुसेलीहरू ’ पनि कार्यक्रममा विमोचन गरियो ।

यसैबीचमा मैले नेतृत्व गरेको सामाजिक संस्थालाई पनि एम ट्वान्टीमा कार हाँकेजस्तै द्रुत गतिमा हाँकिरहेँ । कहिले शाखाको बैठक र समर भेटघाट, कहिले केन्द्रको एजिएम र ओपन कन्सर्ट गर्दागर्दै मेरा दिनहरूबितेको थाहै पाइनँ । दोहोरो चेपाइमा पर्दा लाग्यो, शाखामा भन्दा केन्द्रमै बसेर काम गर्दा सजिलो । आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै अन्य समाजका च्यारिटी डिनर, अन्तरक्रिया, साङ्गीतिक साँझ इत्यादिमा दौडादौड भयो । आसनग्रहण, खादा, माला, ब्याज, भाषण त्यति मन नपर्नेतर मलाई २०१८ मा त्यस्तै गर्न जुरेको थियो । प्रक्रियाभन्दा पनि परिणाममा बढी केन्द्रित हुने म, तर मलाई दिइएका ती सबै सम्मानहरूसहर्ष स्वीकार गरेँ ।

बेलायत हिटवेभ र विश्वकपको ज्वरोबाट गुज्रिँदै गर्दा विश्व नेपाली साहित्य महासंघले साहित्य सम्मेलन गर्नतिर लाग्यो। वरिष्ठ साहित्यकारहरू लाई नेपालबाट झिकायौँ । प्रमुख संयोजक अध्यक्ष र सचिव रहेपनि सम्मेलनको दिन नआउँदा सम्म मलाई पनि निद्रा लागेन । मैले एक कार्यपत्र पेश गर्नुपर्ने भयो । एक महिनाको अध्ययनपछि जन्मियो ’युद्ध साहित्य र बेल्पाली लाहुरे स्रष्टा’ । मेरो कार्यपत्रको प्रस्तुतिपछि लाहुरेलाई बन्दुक भिरेर अफगानिस्तान तिर दौडेको देखेका व्यक्तिहरू ले कलम पनि समातेर साहित्यको फाँटमा असिनपसिन गर्दै गरेको थाहा पाए ।

समरको घाम तापेर धित नमर्दै बेलायतलाई शिशिर लागेर चिस्सिन हतार भयो । म चिस्सिने कुरा आएन । विगत दुई वर्षदेखि सामाजिक संस्थाको नेतृत्व सम्हालेर पिर्कामा बस्दै आएको थिएँ । सानो संस्था चलाउनुस् या ठूलो, चुनौती त हुन्छन् नै । अधिवेशनको गृहयकार्य सुरु भयो । अन्य समाजको संस्थामा भए कुर्चीमा बसेर पदभार सम्हाल्नेको घुइँचो लाग्छ । विडम्बना, हाम्रो समुदायमा नेतृत्व लिनसक्ने व्यक्तिहरूकमै पाइन्छन् । अन्तत त्यो दिन पनि आयो ।xएकजना अनुभवी पूर्व सैनिक अफिसरलाई मगर संघ युके केन्ट साखाको सानो पिर्का सुम्पेर म नेतृत्वबाट एक्जिट भएँ । मेरो त्यो एक्जिट ब्रेक एक्जिटजस्तो अनिश्चित र विवादित भएन ।

नेपालमा निर्वाचन भएर संघीयता कार्यान्वयनतिर लागिरहेको अवस्थामा, म पनि मेरा दुई संस्थालाई निर्वाचन गराइदिएर तिनका योजनाहरूकुशल कार्यान्वयनको शुभकामना दिँदै २०१८ लाई बाई बाई गर्नतिर लागेँ ।

त्यसपछि पारिवारिक कामले नेपाल हानिएँ । तर सामाजिक र साहित्यिक गतिविधिको वासस्थानमा रम्ने एक लोपोन्मुख प्राणी परियो,कहाँ सुख पाईन्छ र ! बागबजारमा एक इको पोयट्री कार्यक्रम गरेँ । पर्यावरण रेडियोबाट निम्तो आयो । नेपाल वार एसोसियसनले राखेको ‘मानव अधिकार र स्वच्छ वातावरण’ विषयक अन्तरक्रियामा भाग लिएँ । काठमाडौँको वातावरणलाई सुधार्न बेलायतको मोडेललाई अनुकरण गर्न सकिन्छ भन्ने मन्तव्य राखेँ । ‘डस्टमाडौँ’ र ‘प्लास्टिक प्रदूषण’ भन्ने कविताहरूबाचन भए रेडियो उज्यालो नेटवर्कमा । वातावरण विभागका वातावरण निरीक्षकहरूसँग अन्तरक्रिया गरेर नेपालको वातावरण व्यवस्थापनका बारेमा बुझ्ने मौका मिल्यो । बेलायत सरकारसँग कुरा राखेर वातावरण व्यवस्थापन विषयमा तालिम, प्रशिक्षण, कर्मचारी एक्सचेन्ज जस्ता स्किमहरू ल्याउन महानिर्देशकलाई सल्लाह दिएँ ।

छुट्टीको अन्त्यतिर पर्यटक भएर दार्जिलिङ र सिक्किमतिर गइयो । दार्जिलिङमा मास्टर मित्रसेनको सालिक स्थापना गरिँदै गरेको प्रोजेक्टका लागि २५,०००/- रूपैयाँ दान गरेँ । मास्टर मित्रसेनका गीतहरू लाई आफ्नै स्वर दिएर एल्बम प्रकाशन गरेका रहेछन् । सालिक स्थापनार्थ केही सहयोग होओस् भनेर सय थान एल्बम बेलायत ल्याइदिएँ ।

उता सिक्किममा कक्षा ९ सम्म मगर भाषामा पढाइ हुँदो रहेछ । सिक्किम सरकारले बीएमा पनि मगर भाषामा पढाइ अगाडि बढाउनलाई पहल गर्दै रहेछ । मलाई लाग्यो, संघीयताको सफल कार्यान्वयन भएको सिक्न नेपाल सरकार सिक्किम जानुपर्छ । त्यहाँको सुखद् जनजीवन र समावेसी राज्य देखेर मलाई नेपाली नागरिकता त्यागी सिक्किम गएर बस्न मन लाग्यो ।

यसपालिको नेपाल भ्रमणबाट नेपालको लोपोन्मुख एकसिङ्गे गैँडाभन्दा धेरैसङ्ख्यामा साथीहरू कमाए र बेलायत फर्कें ।

यसरी मेरो सन् २०१८ न त उष्ण गर्मीमा बित्यो न त तुसारापातमा बित्यो । न त टेरेसा मेको ब्रेक्जिटजस्तो अनिश्चितकालको सामना गर्दै बित्यो, न त डोनाल्ड ट्रमको मेक्सिको बोर्डर वालको पोलिसी जस्तो विवादित बनेर बित्यो । यति व्यस्त भैएछ कि, थाहै भएन मेरो अठार साल कसरी बित्यो, कसरी ?

(जनवरी २०१९, फोक्स्टोन, केन्ट, युके)

Last Updated on Thursday, 17 January 2019 14:33

Hits: 292

मेरो काठमान्डु अवतरण र प्रदुशित बातावरण

बिजय हितान
जब म काठमान्डु हावाइजहाजबाट अवतरण हुन्छु संबिधान राम्रो बनेन भनेर चिन्ता लाग्दैन । नेताले केही गरेनन भनेर पनि चिन्ता लाग्दैन । मलाई जग्गा र सुनको भाउ, र बैंकमा राखेको पैसाको ब्याजदर घटेछ भनेर चिन्ता लाग्दैन । परिवारका सदस्यहरुको डिमान्ड अनुसारको कोशेली ल्याउन सकिन कि भनेर पनि चिन्ता लाग्दैन ।
Image may contain: 16 people, including Bryan Hitan, people smiling, people standing and suitयि सबैको बारेमा चिन्ता गर्ने त तपाईंहरु जस्ता धेरै हुनुहुन्छ। सबैले गर्ने चिन्ताका बिषयहरुमा म किन चिन्तित भईराख्न पर्‍यो र ! त्यसैले म धेरै कमैले चिन्ता गर्ने बिषयमा चिन्तित छु ।

जैले पनि काठमान्डु अवतरण हुन्छु एउटै कुराले चिन्तित बन्छु । काठमान्डुको प्रदुषित बातावरणले । गत ६ नोभेम्बर २०१८ तारिखमा काठमान्डौ बिमानस्थल ओर्लें । सौचालय प्रयोग गर्न पर्ने भयो । नाक छोप्दै भित्र पसें । मैले गरेको सबै दिसा पिसाब आखिरमा बाग्मतीमा त बगेर जाने हो भनेर दुख्ख लाग्यो । हात धुन धारा खोलें । पहेंलोपहेंलो रङगको पानी आयो । मेलम्ची आउँदैछ भनेर चित्त बुझाएँ ।

ट्याक्सि चढेर घरतिर लागें बाटोमा उडदै गरेको धुलो र धुवाँ पन्छाउँदै । बागम्तीको पुल काट्दा नदिले बगाएर ल्याएको ढल र त्याँहाबाट उत्सर्जित गन्धले ह्वास्सै नाकलाई हान्यो । अगी सौचालय पसेको याद आयो । सडकपेटी छेउँ भएर बग्ने ढल र थुपारिएका फोहोर मैलातिर अनायासै आँखा तेर्सिय । केही अधबैँसे केटाहरु नाङगै हातले प्लस्टिक, कार्डबोर्ड, र सिसालाई छुट्ट्याउँदै मिनी ट्रकमा लोड गर्दैथिए । कवाडिमा लगेर बेच्न हो कि ल्यान्डफिल साइटमा फाल्न हो । उनिहरु प्लास्टिक, मेटल बेच्ने खाते केटाहरु थिए कि नगरपालिकाका फोहर ब्याबस्थापनका कर्मचारी थिए, छुट्ट्यान सकिन । त्यो द्रिश्यले पनि मन दुखित तुल्ल्यायो ।

पछी सुनेँ, उपत्यकाको एक मात्रै फोहोर बिसर्जन स्थल ओखरपौवा ल्यान्डफिल साइटबाट बग्ने लिचेटले जलासय, जलचर र गाउँलेलाई पारेको असर। त्याहाँबाट उत्सर्जित मिथेन ग्यासले वोरिपरिको वायुमन्डलमा झनै कस्तो नकारात्मक प्रभाव पारेको होला भनेर अड्कल काटें । भुइँतिर लत्रिरहेका बिजुली र टेलिफोनका तार, थोत्रा होर्डिङबोर्ड, उद्रिसकेका भित्तेलेखन र पर्चाहरुजस्ता द्रिस्य प्रदुशणहरुप्रती मेरा आँखा फेरी परे । कानै खाने गरी चिच्याउने गाडीका हर्न; रातमा निस्कने गल्लिका कुकुरका निरन्तर हाउँहाउँ;  विवाह, नेताका भाषण, र पूजा जस्ता कार्यक्रमबाट निस्कने माइकका ध्वानी प्रदुशणप्रती पनि मेरा कान ठडिए ।


म काठमाडौं ओर्लेको एक दिन हुन पाएको हुँदैन मेरा शरीरका सबै ज्ञानिन्द्रियहरु सिथिल हुन्छन । अनी त म अती चिन्तित बन्छु यस्ता वातावरणिय प्रदुशणलाई कसरी रोकथाम गर्न सकिन्छ होला भनेर ।      

Image may contain: 3 people, including Bryan Hitan, people smiling, people standing and text
अघिल्ला नेपाल भ्रमणहरुमा निस्कंदा पनि यस्तै अनुभवले चिन्तित तुल्याउँथ्यो । यस पटक पनि खुबै चिन्तित भएँ । तर अैले आएर मेरा चिन्ता अली पर सरेकाछन । कारण मेरा चिन्तालाई अली बिसेक गराइदिनसक्ने मान्छेहरुलाई भेटेर आएको छु । यति भएपछी अब काठमान्डु अनी समग्र नेपालको बातावरण सम्रक्षण, प्रबर्धन, र सुधारमा केही टेवा पुर्याछउन सक्छु भन्ने लागेको छ । बेलायतको एन्भायरोमेन्ट एजेन्सिमा बसेर कमाएको सिप र अनुभवलाई आफ्नो राष्ट्रको सेवामा अर्पिन सक्छु भन्ने ठानेर फर्केको छु । बेलायतको बातावरण ब्याबस्थापनको मोडललाई सर्लक्कै नेपालमा लगेर लागु गराउन सकिन्छ कि र यस कार्यमा सबैको साथ पाईन्छ कि भन्ने आत्मबिश्वास जगाएर म मेरो छुट्टी सिध्याएर कर्मभुमी  फर्केको छु ।

Image may contain: 4 people, including Bryan Hitan, people standing and suit
यसै सिलसिलामा गत अक्टोबर महिनामा बन तथा बातावरण मन्त्री शक्ती बस्नेत ज्युसँग नेपाली राजदुतावास लन्डनमा  भेटवार्ता भयो । आउनुस नेपाल र भेट गरौं भनेर आस्वासन दिनुभयो । काठमान्डु ओर्लेको केही दिनपछी पर्याबरण रेडियोमा अन्तरवार्ता मिलाइदिनु भयो साहित्यकार मित्र बम बानियाले । रेडियोमा भेटभयो कार्यक्रम संचालक नवराज संजाल र डाइरेक्टर ड. अस्तमान महर्जनसँग । एक घण्टा बातावरणकै बिषयमा केन्द्रित रहेर मेरो अन्तरवार्ता भयो ।

पछी बातावरण कानुनबिद तथा बातावरण सम्रक्षणका अभियान्ता अधिवक्ता पदमबहादुर श्रेस्टसँग भेटहुने सौभाग्य मिल्यो । नेपालमा बातावरण कानुन नै छैन होला भनेको त एक सय चार कानुनहरु रहेछन । वाँहाले बातावरणिय समस्याहरुमा उध्योग तथा सरकारलाई मुद्दा हालेर धेरै मुद्दा जितिसक्नु भएको रहेछ । अदालतले धेरै मुद्दालाई जिताइसकेको तर सरकारबाट कार्यनयन हुन नसकेका गुनाशाहरु मलाई पोख्नुभयो । आवश्यक स्रोत र साधन नै छैनन् कसरी अदालतको फैसलालाई कार्यनयन होस त ! बातावरण प्रबन्धनमा बैज्ञानिक ज्ञान, दक्ष्य शिप, र अत्याधुनिक प्रबिधिको आवश्यकता पर्छ । त्यो अवस्था अझै नेपालमा बिकास न भैसकेकोले फैसला कार्यनयन हुन गाहरो छ मैले भने । वाँहाले मनन गर्नुभयो ।

Image may contain: one or more people and outdoor
त्यसपछी पदम जिले बातावरण बिभागका महानिर्देशक झलकराम अधिकारी, शाखा प्रमुख बुद्दीराज घिमिरे, र अन्य दस बातावरण निरिक्षकहरुसँग मेरो भेटघाट कार्यक्रम जुराइदिनुभयो । नेपालको बातावरण कानुन, यसको कार्यनयन, र बातावरण ब्याबस्थापनका बिषयबस्तुमा हाम्रो छलफल भयो । बातावरण निरिक्षकहरुसँग एक छुट्टै अन्तरकृया गरें । बेलायतको मेरो बातावरण ब्याबस्थापनको अनुभव सुनाएँ । उनिहरुको पनि मज्जाले सुनें । चार बर्ष मात्रै भएको रहेछ बातावरण बिभाग स्थापना गरिएको । बिचरा कान्छै रहेछ। तर बातावरणलाई जोगाउन हर प्रयासमा लागेको पाएँ याँहा कर्मचारीहरु । जम्मा १६ जना रहेछन नेपाल अधिराज्य भरिका लागि बातावरण निरिक्षक । यि निरिक्षकहरु सरकारी कर्मचारी छनौट बिधी लोकसेवा उत्तिर्ण भएर यो बिभागमा आउनुहुँदो रहेछ। प्राय सबैको बातावरण बिज्ञानमा मास्टर डिग्री हुँदोरहेछ तर त्यससम्बन्धी कुनै तालिम हुँदो नरहेछ । कामकै सिलसिलामा आफै सिक्दै जानुपर्दो रहेछ । बातावरण बिभागले अनुसन्धान गरेर निकालेको निस्कर्श बातावरण मन्त्रालयमा बुझाईँदो रहेछ । तर तालमेलको कमजोरिले धेरै बिषयहरु कार्यनयन हुन नसकेको गुनासो मलाई अवगत भयो । यो समस्या पनि काठामान्डु धुलाम्य हुनाका कारण र जिम्मेवार निकाय सडक बिभागले खानेपानी र खानेपानीले सडक बिभागलाई लगाए जस्तै हुन सक्ने मलाई लाग्यो 

Image may contain: one or more people, people standing and outdoor
काठमाण्डुमा पानीको समस्या छ तर मेलम्ची आउँदै छ । लोडसेडिङको समस्या थियो, कुलमान घिसिङको कुसल ब्याबस्थापनले समस्या हरण भएको छ । अब काठमान्डुको फोहर ब्याबस्थापनकालागि एक अर्को कुलमान जन्मनु परेकोछ ।

बाटोघाटो र यातायातको समस्या छ, तर जहाज र रेल आउँदैछ । द्रुत मार्ग, सुरुङ, र पहाडी लोक मार्गहरु बन्दैछन । राजनैतिक हक र अधिकारका समस्या थिए, ल्याइयो सङ्घियता । जसले ल्याउँदैछ आर्थिक सम्ब्रिदी पनि । तर बातावरणिय अवस्था छय हुँदै गैरहेको पाएँ । तर मेरो बसाइमा पाउन सकिन यस्तो कुनै परीयोजना जसले बातावरणिय समस्यालाई सुल्झाओस । आर्थिक बिकास र बातावरण सम्रक्षणका कार्यलाई सँगसँगै लगिनपर्छ । अर्थात दिगो बिकास । नेपालमा त्यसो भएको देखिदैन । अर्थिक बिकासको नाममा सडक, भवन, बैंक तथा बित्तिय संस्थाहरु, हावाइजहाज ग्राउन्ड, टेलिकम्युनिकेसनका सम्रचनाहरु धमाधम बन्दैछन ।तर ल्यान्डफिल साइट, ढल र ढल प्रसोधन केन्द्र, फोहरमैला ब्यबस्थापनका सम्रचनाहरु बनेका छैनन । 

Image may contain: outdoor
केही हप्ता पस्चात पदम जि को अगुवाइमा नेपाल बार एसोसियसनको बातावरण कानुन समितीको आयोजनामा एक अन्तरकृया राखियो । कार्यक्रममा प्रदेश ३ का बातावरण मन्त्री, पूर्व बन तथा बातावरण मन्त्री, काठमान्डु महानगरपालिकाका बातावरण बिभाग प्रमुख, अन्य बातावरण कानुन बिद्द, र बातावरण बिग्य जस्ता ब्याक्तिहरुसँग मेरो भेटवार्ता भयो । बिग्रंदो बातावरणसँग सबैजना सचेत, सुधारनुपर्छ भन्ने कुरामा सबैको चाँसो देखें । तर यस सम्बन्धी खासै कुनै ठोंस निती तथा योजना निर्धारीत नभैसको बुझ्दा मन खिन्न भएर आयो । तर सबैको यो भन्दा अगाडिको जनयुद्द र अस्थिर सरकारप्रती दोष, र अैलेको एमाले मावोबादि गठबन्धनको स्थिर सरकारप्रती सबैको आषा भरोषा पलाएको पाउँदा खुशी लाग्यो ।

यसरी यि भेटघाट र अन्तरकृयाहरुमा अरुका बिचराहरु सुनें । मेरा भनाइहरु पनि राखें । मैले भनेको पुग्ला नपुग्ला हेर्दै जाउँला । बेलायतको लागि नेपाली दुतावास, म आँफै काम गर्ने सरकारी बिभाग एन्भाएरोमेन्ट एजेन्सी, बेलायतको अन्तरराष्ट्रिय बिकास बिभाग, एनआरएन बेलायत इत्यादी संघसंस्थाहरुसँग सहकार्य गर्दै बातावरण प्रबन्धनमा चाहिने टेक्नोलोजी नेपाल भित्र्याउन सकिन्छ । जसरी शिक्षा, स्वास्थ्य, साहित्य, र राजनैतिक क्षेत्रमा नेपाल र बेलायतबिच अनुभव साटासाट हुँदैआएको पाईन्छ त्यस्तै बातावरणको क्षेत्रमा पनि बिग्य तथा कर्मचारीहरुको आदानप्रदान र प्रशिक्षण तथा तालिमको ब्याबस्था मिलाउन सकिन्छ ।

हामीले बर्षको दुईतीन सय गोर्खाली सिपाही बेलायतलाई दिंदा दुईतीन जना बातावरण बिग्य देउ न हामीलाई पनि भनेर बेलायती सरकारलाई गुहार्न सकिन्न र ! नेपालकी महिला मन्त्री आएर बेलायतको पार्लियामेन्टमा महिला हकअधिकार र हिन्साको बारेमा बोल्दा बेलायतको बातावरण मन्त्री नेपालको सन्सदमा उब्ब्याएर बागमती प्रदुशण हुन नदिन ढल कसरी प्रसोधन गरिनपर्छ भन्ने बिषयमा प्रबचनको मेसो मिलाउन सकिन्न र ! अन्तरराष्ट्रिय बिकास बिभागले ताप्लेजुङ्कको खोलामा झोलुङे पुल हालिदिंदा काठमान्डुमा उत्पादन हुने महिलालाई डढाएर बिजुली निकाल्ने प्रब्रिधी जडान गरिदिन्छौ की भन्ने कुराको माग राख्न सकिन्छ । मानवअधिकारको सङ्ख फुक्दा बातावरण अधिकारका बिषयमा पनि नेपाली जनतालाई चेतना दिलाइदिन्छौ की भनेर सोधी हेर्नसकिन्छ । यि सबैकुरा सरकारी स्थरमा गरियो भने प्रभावकारी हुनसक्छ । यसैको लागि सर्बप्रथम नेपाली दुतावासलाई मेरा यि कुराहरु राख्न जाने योजना गरेकोछु ।        
मलाई यस्तै यस्तै बिषयले चिन्तित तुल्याउन्छ। तर अन्य धेरै कुराले नेपाल भ्रमण रमाईलो पनि लाग्छ । न्यानो मौसम, मिजासिला मान्छे, स्वादिलो  खाना, सुन्दर प्रक्रिती, स्वर्ग झैं लाग्ने हिमस्रिङ्गखला, स्वाक्ष्य गाउँले परीबेश, समथर मधेस, छङ्छङ् गर्दै बग्ने नदीनाला, मनै लोब्याउने राष्ट्रिय निकुन्ज र हिम्स्रक तर लोपान्मुख बन्यजन्तु मलाई औधी मन पर्ने बिषय हुन ।

अब आशा गर्छु केही दसकपछी नेपालको वातावरणिय समस्याहरुले मेरो मन यसरी कुँडिन्नहोला  । 

 

(लेखक बातावरण बिज्ञानमा स्नाकोत्तर गरेर बेलायतको बातावरण बिभागमा कार्यरत हुनुहुन्छ)

This email address is being protected from spambots. You need JavaScript enabled to view it.
JANAURY
2018

         

Last Updated on Thursday, 17 January 2019 13:57

Hits: 224

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर