A+ A A-

‘गायक भइरहन गाह्रो’/मनसुधन थापा

मनोज घर्तीमगर


Image may contain: 1 person, stripes

तपाईचाँही कस्तो गायक हो ?
म यस्तै गायक हो भन्दिन । स्टेजमा, स्टुडियोमा गीत गाउने गायक हो म । त्यस्तो बिछट्टै फरक टाइपको गायक म होइन । तर, गीत निकालेको आधारमा जति चर्चा हुनुपर्ने थियो, त्यति चर्चा नपाएको गायक हुँ भन्न अप्ठ्यारो लाग्दैन ।
 
जो पनि गायक आजभोली त, गायक बन्न बढो सजिलो छ ?
गायक बन्न त धेरै सजिलो । तर कस्तो गायक बन्ने भन्ने हो । सबै गायक हो आजभोली । घाँस काट्दा गाउने, बाथरुममा गाउने । ट्याक्सी चढ्दा गाउने । बाटोमा हिड्दा गुनगुनाउने । तर, आफू कुन क्याटगोरीको गायक बन्ने भन्ने हो । तपाइले भन्याजस्तो सजिलो चाँही छैन ।

चर्चा नपाएको गायक भन्नु भो, कति निकाल्नु भो र गीत/एल्बम ?
६० वटा जति गीत निकाले । ‘दमौली डुम्रे भन्सार’ ‘जीन्दगी त बग्ने गंगा हो,’ ‘बाडुल्की’ भिसिडि निकालियो । भर्खरै ‘बस्ती पाल्पाको’ निकालियो जुन टेलिभिनमा खुब बजिरहेको छ । दर्शकले असाध्यै मन पराउनु भएको छ । पछिल्लो सयम एल्बम भन्ने चिज हराउन थाल्यो । खाली एउटा गीत निकाल्ने चलन बढ्यो । मैले त्यही अनुसार गीत निकाल्दै आएको छु ।

गायक बन्ने रहर कसरी पलायो ?
गाउँमा सानैदेखी गाउने चलन । कौरा, सालैजो रोदी चल्ने । रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखरामा ‘देउराली’ कार्यक्रम आउँथ्यो जुन, चर्चित गायक पुरुषोत्तम न्यौपानेले चलाउनुहुन्थ्यो । त्यो कार्यक्रम हिट थियो । मैले पनि बेलाबेला त्यही कार्यक्रममा गीत गाउँथे । २०५२ सालमा एसएलसी दिएपछि मैले पनि रहरैमा मगर भाषाको गीत रेकर्ड गराए । यो गीत रेडियोमा बेसरी बज्यो । पछि एफएम आएपछि त्यसमा पनि बज्न थाल्यो । रेडियोमा गीत बजेपछि गाउँमा गायक भनेर जिस्काउन थाले । त्यसपछि गायक बन्ने रस बस्यो । ख्यालख्यालमै गायक भइयो भनौं ।

फिल्मम पनि खेल्नुभाछ, साच्चि तपाइ गायक हो कि नायक ?
व्यवसायिक गायकै हुँ । अभिनयमा रहर भएकाले फिल्म खेले । नायक पनि हो भन्न मिल्छ । प्रतिबिम्बमा नायककै भूमिकामा अभिनय गरेँ । भर्जीन, बिन्दासमा पनि अभिनय गरेँ । गायनमा आम्दानी छैन, लगभग जिरो हो । यसो फिल्म देखाइयो भने दुई चार पैसो आउँथ्यो कि भनेर यता लागेको हो ।

नयाँ योजना के छ त ?
अब पञ्जेबाजाको गीत आउँदैछ । कौंरा, सालैजो गीत पनि आउँदैछन् । फिल्मको पनि तयारी भइरहेको छ ।       

Last Updated on Sunday, 30 April 2017 15:27

Hits: 613

मौलिक लोक सस्कृतिमै रमाउन चाहान्छु : लोक गायक खप्तरी (भिडियो अन्र्तबार्ता सहित)

देव पचभैया मगर


पाल्पा, फागुन १९ - चार बर्ष अघि हेर्ने हुन्न मैले नामक लोकदोहोरी गित निकालेर सागितिक क्षेत्रमा होमिनुभएका प्रसाद खप्तरीमगर अहिले चल्तीका गायक बन्नुभएको छ ।

पुराना मौलिक लोकगितलाई शब्द र लयमा उतार्न खप्पिस खप्तरीको पछिल्लो “खुर्पेटोमा आसी” नामक लोकदोहोरी अहिले खुव चर्कामा छ । गुल्मी लिम्घा ६ काफलडाडा निवासी २८ बर्षिय प्रसादको नौ वटा लोकदोहोरी गित बजारमा आएको छ ।

 

प्रस्तुत छ लोकदोहोरी गायक प्रसाद खप्तरी संगको कुराकानी :

 

आफैनै आमाको स्वरमा साथ लिएर जुनलाई नगने नामक सालैजो गित गाएर थप चर्का पाउनुभएका खप्तरीका यस अघि शिरफुल, शंका, लजाउने माया, फुलबुट्टे साडी, भार्सेली मौलिक लोकगिति संग्रह, दर्शन लगाएतका गित बजारमा आएका छन् ।

गुल्मीको तम्घास बाट सिएम् ए पास भएपछि क्याम्पस पढ्न पाल्पा होमिएको तर दोहोरी साझमा गित गाउने जागिर पाएपछि पोखरा पुग्नुभएका उहा एक बर्ष अघि देखि काठमाण्डौमै बस्दै आउनुभएको छ ।

 

Last Updated on Thursday, 01 June 2017 15:41

Hits: 790

जनजाति महासंघ कतारको छैठौं नवनिर्वाचित अध्यक्ष राई संगको कुराकानी

कृष्ण सारू मगर

दोह-कतार ५ डिसेम्बर नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको छैठौं कार्यकालको नेतृत्वको जिम्मेवारी सम्हाल्न किराँत राई यायोख्खाबाट देव राज राई आई पुगेका छन् l झण्डै एक दशक अगाडि रोजगारीको शिलशिलामा कतार आएका उनि लामीडाँडा- ३ चिउरीवासमा उनको जन्म भएको हो l  महासंघको जिम्मेवारी समाल्नु पुर्व राईले  किराँत राई यायोक्खा (शाखा कतार) को भातृ सस्थामा आवद्ध भई काम गरि सकेका छन् l त्यसै गरी राई संग आदिवासीजनजाति महासंघ कतारमा समेत पाँचौं कार्यकाल प्रथम उपाध्यक्ष पदमा रही कम गरिसेको अनुभव बटुलेका जनजाति महासंघ कतारको छैठौं नेतृत्व पाएका नवनिर्वाचित अध्यक्ष राई संग राज्यसत्ता डटकमका संवाददाता कृष्ण सारू मगरले गरेका कुराकानी ।

१- आदिवासी जनजाति भनेको के हो ?
-आदिवासी र जनजाति दूई अलग अलग शब्दहरु हुन् । जस्को अर्थ पनि अलग अलग लाग्छन् । आदिवासीको सम्वन्ध इतिहास सँग हुन्छ भने जनजातिको सम्वन्ध सामाजिक–सांस्कृतिक बनौट र विशेषता सँग जोडिएको हुन्छ । तर, नेपालको सन्दर्भमा यी दुबै शब्द एक अर्काका पर्यावाचीका रूपमा रहेका छन् । इतिहासको कालखण्डलाई आदिवासीको विशेषता मान्ने नै हो भने नेपालमा परापुर्वकाल देखी नै बसोवास गर्दै आएका मुलवासी समुदाय जनजातिहरु हुन । त्यसैले नेपालको सन्दर्भमा सबेै आदिवासी जनजाति हुन । आदिवासी जनजाति भन्नाले आफ्नो छुुट्टै साझा भुगोल, साझा इतिहास, भाषा, धर्म, संस्कृति, मूल्य र मान्यता, साझा पहिचान बोकेका, अन्तराष्ट्रिय मानव अधिकार तथा श्रम संगठन महासन्धीको ILO १६९, अधिकार सम्बन्धी घोषणा पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएका विशिष्ट अधिकारहरुका हकदार भएका समुदायहरु आदिवासी जनजातिहरुको हुन ।
 
२-नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको पाँचौ कार्यकाल जिम्मेवारीका अनुभति कस्तो रह्यो बताई दिनुस न !
-सबैले आ-आफ्नो जिम्मेवारीको भुमिका निभाउने क्रममा विविध समस्या र चुनौतीपुर्ण रहेता पनि सबै साथीहरू दक्ष, अनुभवी र कर्तब्यनिष्ट रहेकोले पनि खासै त्यस्तो अनुभुती गर्नु परेन समग्रमा राम्रै रह्यो ।

३-नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको नेतृत्व माथीको विभिन्न चुनौति र जिम्मेवारीका वारेमा वताई दिनुस न !
-चुनौतिहरु-महासंघको साख बचाई राख्न पहिलो चुनौती, महासंघमा आवद्ध विभिन्न जातिय संगठनहरुको भावनालाई समेट्नु, कतारका रहेका नेपाली समुदायमा महासंघ प्रतिको जुन आशा र विश्वास छ त्यसलाई अझ मजवुद बनाउन, जिम्मेवार सवैको भावनालाई उच्च सम्मान गर्दै समकाली मुद्धाहरुलाई समेटेर अगाडी बढ्नु नेतृत्वको प्रमुख जिम्मेवारी हो ।

४- नेपाल प्रवासी आदिवासी जनजाति महासंघमा नेतृत्व तपाईको कार्य योजनाहरु के–के छन् ?
-सर्वप्रथम त आदिवसी जनजाति र यसमा हक अधिकारका वारेमा समय-समयमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने सवैमा सचेतना गराउने, महासंघ कतारमा आवद्ध भातृ संस्थाहरुलाई एकिकृत गदै हाम्रो एकतालाई अझ मजवुत गराउने, महासंघ केन्द्र संग संमन्वय गरेर हाम्रा समकालीन मागहरु र अधिकार प्राप्तिका लागी प्रवास बाट सकेको हर किसिमको सहयोग गर्ने ।

५-तपाई जनसंम्पर्क समितीको पूर्व महामन्त्री हुँदा र हाल जनजाति महासंघको नेतृत्वमा के भिन्नता छ ?
-प्रत्येक संगठनका आ-आफ्नो निति तथा निर्देशीका हुन्छन् जसले सवैलाई वाँधेको हुन्छ, हामीले आफ्नो जिम्मेवारीको परिधीमा रहेर सिङ्गो आदिवासी जनजातिको पहिचान, अधिकार र संघियताको मुद्दामा अडिक रहेर काम गर्ने हो त्यस मानेमा फरक केहि नरहला ।

६-जनजातिहरुले विभिन्न अडान सहित सडक र सदनमा आन्दोलनरत छन् । ति मुद्धाहरु के–के हुन् ?
-जारी गरिएको नयाँ संविधानमा आदिवासी  जनजातिहरुका पहिचान सहितको अधिकारको पूर्ण प्रत्याभुतिका लागी संविधान संसोधन नै अहिलेको पेचिलो मुद्धा हो भने वाँकी अन्य मागहरु समय अनुसार तपसिल रहने नै छन् ।

७- जातिय पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको साझा अवधारणलाई केहि वैचारिक संगठनको जनजातिहरु प्रति विखण्डनकारी भन्दै जातिय राजनिति गरेको भन्ने आरोप छ । सामान्य मानिसले बुझ्ने भाषामा प्रष्ट पारि दिनुस न !
-समयको विभिन्न कालखण्ड देखी विभेदमा पारिएका मानिसहरुको समानताको साझा माग हो, यो समानताको मागलाई विखण्डनकारी भन्नु उहाँहरुको गलत वुझाईको दोष हो ।

Last Updated on Monday, 05 December 2016 14:37

Hits: 1420

तमु प्ये ल्हु संघका संरक्षक युद्धजङ संगको कुराकानी

कृष्ण सारू मगर


Image may contain: 1 person, standing and stripes

दोहा-कतार, फेब्रुअरी ७

- स्थाई घर लम्जुङ्ग जिल्लाको, बाग्लुङपानी ५ नजरे गाउँमा १७ असोज २०३२ जन्म भै रोजगारीको सिलसिलामा कतारको दोहामा झण्डै २ दशक कर्मथलो बनाउँदै आएका युद्धजंग प्हच्यु तमु (दुर्गा) ले तमु प्ये ल्हु संघलाई २०१४ मा स्थापित विशुद्ध जातीय संगठका संथापक तथा संरक्षक समेत रहेका बाबा जित ब. तथा आमा कृष्ण कुमारी क्रोम्छ्ये गुरुङकि जेठा छोरा हुन् ।

 राज्यसत्ता: तमु प्ये ल्हु संघले तमु प्येताँ ल्हुताँलाई संरक्षण–प्रवर्द्धनमा लाग्नुको कारण ?

युद्धजङ: वास्तवमा कुनै पनि संघ-सस्था स्थापना हुनुको पछाडी अवश्य पनि त्यसको उद्धेश्य हुन्छ । अर्थात, समाजको हक, हित, अधिकार, उन्नति, चेतना, विकास र समाजिक सेवाभावको लक्ष लिएर स्थापना अर्थात जन्म हुन्छ । त्यसैगरि तमु प्ये ल्हु संघ पनि तमु जातिको हक, हित, अधिकार लगायत समृद्ध समाज निर्माण गरी समुदाय र समाजको उन्नति र विकास गराउने उद्धेश्यले स्थापना भएको विशुद्ध तमु सँस्था हो । जसलाई तमु जातिको मौलिक, धार्मिक तथा साँस्कृतिक एवं सामाजिक सँस्थाको रुपमा चिनिन्छ ।
यहाँले जोड्नु भएको जिज्ञासा जुन तमु प्येताँ ल्हुताँलाई संरक्षण-प्रवर्द्धनका सम्बन्धमा मैले बुझेको कुरा के हो भने, हाम्रा अग्रज बुद्धिजीवीहरुले तमु जातिको मौलिक पहिचान यानेकी "प्येताँ ल्हुताँ" लोपोन्मुख अवस्थामा पुगेको महशुस गरेर नै " तमु प्ये ल्हु संघ" स्थापना गर्नु भएको हो । प्येताँ ल्हुताँलाई तमु जातिको मौखिक ऐतिहासिक वृतान्त भनेर बुझ्नु पर्दछ । प्येताँ ल्हुताँमा तमु जातिको ईतिहास र पहिचानको कुरा मात्र नभएर सारा ब्राम्हाण्ड यानेकी सौर्यमण्डल, तारामण्डल, पृथ्वी, जीव, वनस्पति, जलचर-थलचर सबैको उत्पत्ति लगायत मानव विकासको बारेमा बैज्ञानिक तथ्यसंगत युग-युगान्तर संवन्धित छन् । मानव विकास सभ्यतामा आए पछि विभिन्न अध्ययन, अनुसन्धानले पत्ता लगाउदै आएको कुराहरु हाम्रा पुर्खाहरुले परापूर्वकालमा प्रयोग तथा उपभोग गर्दै आएको तथ्यमा आधारित प्येताँ ल्हुताँमा पाउन सकिन्छ । त्यसैले प्येताँ ल्हुताँलाई प्राथमिकताका साथ संरक्षण, संवर्द्ध- प्रवर्द्धनलाई गर्नु नै तमु जातिको मौलिक पहिचानको संरक्षण गर्नु हो ।

राज्यसत्ता: “रिँ–च्हमी कै पिँवा” सम्पन्न भयो यसको महत्वबारे बताई दिनोस् न ।

युद्धजङ्गः हजुर, भर्खरै केही दिन अगाडी गत ३ फेब्रुअरी सुक्रबारका दिन " तमु प्ये ल्हु संघ " कतारको आयोजनामा “रिँ-च्हमी कै पिँवा” कार्यक्रम सम्पन्न भयो । नेपाली भाषामा अनुवाद गर्दा यसको अर्थ परापूर्वकाल देखि नै तमु जातिले माघ महिनामा आ-आफ्ना चेलीवेटीहरुलाई घरमा बोलाई शुभकामना आदान-प्रदान तथा भोज खुवाउने " चेलीवेटी भोज " प्रचलन लाई निरन्तरता हो । यसलाई महिला दिवसको रुपमा मनाउँदथे तर तत्कालिन जहानिया राणा शासकले सोह्रौँ सताब्दितिर तमु जातिलाई आफ्नो आदिमकाल देखि मान्दै आएको परम्परागत संस्कार, संस्कृति मान्न बन्देज लगाउदै हिन्दु सँस्कृतिलाई मान्न बाध्य बनाए पछि यो " रिँ-च्हमी कै पिँवा " चाड लगायत प्येताँ ल्हुताँमा भएका विभिन्न मौलिक तमु संस्कार, संस्कृति तथा परम्पराहरु ओझेलमा पर्दै लोपोन्मुख हुन पुग्यो । हाल "तमु प्ये ल्हु संघ"ले तमु जातिले आदिमकाल देखि मान्दै आएका ति मौलिक संस्कार, सँस्कृति, परम्परा लगायत आफ्नो भाषा, भेष-भुषा, चाडपर्व र ऐतिहासिक संरचनाहरुलाई पुनस्थापना गर्न लागि परेको  हो ।

प्येताँ ल्हुताँमा अनुसार श्रृष्टी चलाउनको लागि पुरुष (खे) र महिला (माँ) को आवश्यकता रहने नौ महागुरु (खेकु)को कल्पना गरी तपस्या गरेर सातवटा कन्या यानेकी माँङी प्रकट (उत्पत्ति) गराएको हुन्छ । माघे सक्रान्तीको दिन ति माँङीहरु उत्पत्ति भएको एक अध्यनले देखाएको छ । त्यही माङी अप्रभंश भएर माघे वा माघी भएको हो भन्ने अख्यानहरु पनि छन् । खेकुको तपस्याले माङी प्रकट भएको दिनलाई माघे सक्रान्ती तमुहरुले महिला दिवस अर्थात माँङी दिनको रुपमा मनाउदै आएकोछ । तमु जातिले यस दिनलाई महिला दिवसको रुपमा मान्दै आएको छ । तमुहरुले आफ्नो "रिँ-च्हमी"(चेलीवेटी) हरुलाई घरमा आमन्त्रण गरी विभिन्न खनिज पदार्थ लगायत  विविध स्वादिष्ट परिकारले मुख मिठाउँदै मनाउने भएकोले तमु समुदायमा "रिँ-च्हमी कै पिँवा" चाडको आफ्नै महत्व र विशेषता छ ।

राज्यसत्ता: “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु” तमुहरुको मुल मन्त्रलाई सिँह दरबारमा बस्ने राज्य संचालकले साँच्चिकै सम्वोधन गर्लान् त ?

युद्धजङ्गः “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु” भनेको शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए सँस्कृति हराउछ, सँस्कृति हराए मानव अस्तित्व हराउछ भन्ने हो । मानव विकास धेरै बर्ष अगाडी भएको भएता पनि मानव सभ्यता धेरै समयपछिमात्र भएको हो । मानव सभ्यताको कारण अहिले जीवन र जगतको अर्थ र परिभाषा खुलेको छ । अन्य जीव-जन्तुभन्दा फरक भएकोछ । सभ्यताले जीवन दर्शनको विकास गराएकोछ । विभिन्न धर्म र विश्वास बढाएकोछ । मानव विकास क्रममा विभिन्न कालखण्ड, बसाई-सराई र जीवनयापन आदीले मानिसलाई फरक-फरक पहिचान दिएको छ । वर्ण, वर्ग, जात र थर जस्ता पहिचानहरुले अहिलेको मानवलाई समूहगत रुपमा वर्गिकरण गरी चिनाएको छ । र यही समूहगत,  वर्गिय वा जातिय रुपमा विभिन्न धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज लगायत भाषा र भेषभुषाको विकास भएको हो । सोही अन्तर्गत वर्तमान परिपेक्षमा आ-आफ्नो परम्परा, रितिरिवाज, रहन-सहन नै पहिचानको रुपमा विकास भएको मानिन्छ तसर्थ, यही पहिचानले मानव जीवनको सँस्कृति जोगाउने संस्कार, संस्कृति मानवीय सभ्यता जोगाउने शास्त्राको धार्मिक ग्रन्थमा अस्तित्व निर्माण गरेको छ ।

वर्तमान नेपाल बहुजातीय, बहुभाषिक बहुधार्मिक, बहुसाँस्कृृतिक, बहुपहिचान रहेका समुदायले परिचित लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो ।

नेपालको राजनीतिक मुख्य मुद्धाहरु पहिचानको सवालमा उठिरहेको छ ।
नेपालका आदिवासी-जनजातिहरु आफ्नो भाषा, सँस्कृति संरक्षणको लागि जागिरहेका छन् । तसर्थ नेपालको स्वर्णिम पहिचानको लागि सिँह दरबारमा बस्ने राज्य संचालकहरुले यो मुल मन्त्रलाई अन्ततः अवश्य सम्वोधन हुनेछ भन्ने मलाई विश्वास छ ।

राज्यसत्ता: २०६८ को प्रतिवेदनले गुरुङ्ग समुदायको जनसंख्या ५,२२,६४१ छन् । मातृभाषालाई ३,२५,६४२ गुरुङ्गले मात्रै प्रयोगमा ल्याएको तथ्यांकले देखायो । यसबारे तपाँइको धारणा के छ ?

यद्धजङ्गः २०६८ को प्रतिवेदनले देखाएको गुरुङ समुदायको जनसंख्या अधिकांश स्वदेशमा भएकाहरुलाई मात्र समेटेको आँकडा हो । गुरुङ समुदायको बसोवास नेपाल बाहेक विभिन्न मुलुकहरुमा पनि रहेका छन् । अधिकांश गुरुङहरूले प्रवासी जीवन यापन गर्दैछन् । त्यसैले जनगणनामा धेरै छुटेको हुन सक्छ भन्ने मृरो ठहर छ ।

अत: अहिलेको पठन-पाठन तथा अध्ययन-अध्यापनले मातृभाषाहरुलाई सिधै ओझेलमा पारेको छ । हरेक मातृभाषिक बोल्ने समुदायहरू पनि संख्यात्मक रूपमा पनि न्युन रहेको मेरो पनि अनुमान छ । किनभने सोही अनुसार तमु भाषा व्यावहारिक भाषा नभएकोले पनि संख्या घट्दै गएको हो ।

सँस्कृत भाषालाई मात्र औपचारिक रुपमा मान्यता दिएकै कारण अन्य मातृभाषाहरुलाई राज्यले वेवास्त गरिएको कारण अधिकाँस मातृभाषा तथा लिपि लोपोन्मुख अवस्था छन् । प्राथामिक तह सम्म मातृभाषाको पढाई हुने भनिएता पनि उपयुक्त पाठ्य-पुस्तक तयार पार्न नसकिरहेको अवस्था छ । यसलाई स्थानिय तह बाट न त राज्य स्तरबाट नै ध्यान दिएका छन् । त्यसैले राज्यले सबै भाषा, मातृभाषालाई लोप हुनबाट जोगाउन प्रभावकारी रुपमा भाषा संरक्षण अभियान नै चलाउनु पर्दछ । सँस्कृत भाषालाई जस्तो अन्य मातृभाषाहरुलाई पनि राज्यले संरक्षण दिनु पर्छ । पठन-पाठन, प्रशिक्षण तथा सिक्ने-सिकाउने व्यवस्था सरकारले गरिदिनु पर्छ ।

राज्यसत्ता: अन्तराष्ट्रिय मानव अधिकार ऐन संयुक्त राष्ट्रसंघको घोषणापत्र धारा ११ मा उल्लेख भए बमोजिम राज्यले किन सम्वोधन तथा व्यवस्थापन नगरेको होला ?

यद्धजङ्गः सिमित स्वार्थमा लुप्त भै केही राजनीतिक दल, नेता र तिनका झोले भरौटे कार्यकर्ताको कारण आदिवासी जनजातिहरुको हक, हित र अधिकारको पक्षमा विमति र विरोध नै जनाएको देखिएका छन् । वर्तमान नेपाली राजनीतिक माहौलले देश र जनताप्रति कोही चिन्तित छ भन्ने देखाएकै छैन । अस्थिर राजनीतिक मैदानमा नेताहरु देश र जनताको मुद्धा भुलेर कुर्ची र स्वार्थको लागि संसद अवरुद्ध गरेका छन् । यस्तो अवस्थामा अन्तराष्ट्रिय मानव अधिकार ऐन संयुक्त राष्ट्रसंघको घोषणापत्र धारा ११ र ILO १६९ मा उल्लेख भए बमोजिम राज्यले सम्वोधन तथा व्यवस्थापन गर्ने बारेमा राज्यले ध्यान नदिएको पक्कै हो भन्ने लाग्छ । यद्धपी हामी आशावादी छौं र सरकारको ध्यानाकर्षण गर्ने र कार्यन्वयन गर भन्ने जोडदार माग भने गरिरहेका छौँ ।

राज्यसत्ता: लोकतान्त्रिक गणतन्त्र देशमा विभिन्न समुदायहरुको आ-आफ्नो भाषा, संस्कार, सँस्कृति संरक्षण-संवर्द्धनका लागि राज्यले बजेट छुट्टाएको हुन्छ । जस अनतर्गत केही जानकारी ?

युद्धजङ्गः हजुर, नेपालमा पनि विभिन्न समुदायहरुको आ-आफ्नो भाषा संस्कार सँस्कृति संरक्षण-संवर्द्धनका लागि राज्यकोष बाट बजेट छुट्टाएको हुन्छ । तर, समानुपातिक छैन, न्यायोचित र समान पनि छैन । सँस्कृत विश्वविद्यालयको लागि करोडौ बजेट छुट्टाएको हुन्छ तर आदिवासी समुदायको भाषा, संस्कार सँस्कृति संरक्षण-संवर्द्धनका लागि थोरै बजेट छुट्टाउँछन् । त्यही पनि विभिन्न आदिवासी जनजाति, मुस्लिम र पिछडिएका वर्गका समुदायलाई भाग लगाएर दिँदा हामीले पाउने बजेट हात्तीको मुखमा जिरा भने झैँ केही तरो लगाउन मिल्ने बजेट पाउँदैन ।

राज्यसत्ताा: मुख्यगरि जातिय संघ संगठनको मुद्धा राज्यको विभिन्न अंगमा जनसंख्याको आधारमा, समावेशीताको, समानुपातिक, सु–शासन, आधारमा आत्मानिर्णयको अधिकार सहित स्वायत्त प्रदेश, लगायत धेरै छन् । कसरी प्राप्त होला ?

युद्धजंगः यो जातिय संघ संगठनको मुद्धाभन्दा पनि प्रजातान्त्रिक मुल्य र मान्यता अनुसार लोकतान्त्रिक गणतन्त्रमा राज्यको विभिन्न अंगमा विशेषगरि आदिवासी जनजाति, मुस्लिम, महिला, दलित, उत्पिडित र पिछडिएका वर्ग सबैको निष्पक्ष र समान हक, अधिकार र अवसर हुनु पर्छ भन्ने माग हो । यो मुद्धा जातिय संघ संगठनको भन्दा पनि समग्रमा सिङ्गो नेपालीहरूको मुद्धा हो भन्ने मेरो ठहर छ । राज्यको विभिन्न अंगमा जनसंख्याको आधारमा, समावेशीता र समानुपातिक आधारमा सबैलाई स्थान र अवसर दिईनु पर्छ भन्ने माग हो । अर्को कुरा, मेरो बुझाईमा आत्मानिर्णयको अधिकार सहित स्वायत्त प्रदेश भन्ने मुद्धा कुनै पनि जातिय संघ संगठनको नभएर ऐतिहासिक पहिचान र भूगोलको आधारमा समग्र जनताको मुद्धा हो र यसलाई सकरात्मक रुपमा हेर्ने हो भने यस्तो प्रजातान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले निश्चित रुपमा राज्यमा सु-शासन र विकास सजिलै गराउछ । शंका, त्रास र एकाधिकारबाद बाट बाहिर निस्केर  प्रगतिशील विचारले सकारात्मक सोचले सोच्ने हो भने मुद्धा सम्वोधन र माग पुरा नहुने कुरा छैन, सतप्रतिसत प्राप्त हुन्छ ।

 राज्यसत्ता: एकथरी भन्दैछन् जातियताको आधारमा प्रदेश बाँड्यो भने त देशले आर्थिक भार थेग्न सक्तैन ती सबै साम्प्रदायिक विखण्डनकारी हुन् भन्ने आरोप छन् । जात र जाति के हुन् ? समाजले बुझ्ने भाषामा स्पष्ठ पारिदिनोस् न ।

युद्धजङ्गः यो गलत बुझाई हो र जसरी हुन्छ भ्रम फैलाएर जनतालाई भाँड्ने प्रयास हो भन्ने मैले बुझेकोछु । किनभने खसान, थारुवान, तमुवान, मगराँत, लिम्बुवान मिथिला आदी प्रदेश माग जातीयताको आधारमा मागेको प्रदेश होईन । यो त ऐहिासिक पहिचानको आधारमा मागेको प्रदेश हो । अहिलेको अवस्थामा तमुवान प्रदेशमा तमु (गुरुङ्ग) जाति मात्र छैनन् । लिम्बुवान प्रदेशमा लिम्बु जातिमात्र बसोवासरत छैनन् । राज्यले जसरी काठमाण्डौ उपत्यकाका पौराणिक मठ–मन्दिरहरुलाई संरक्षण दिएर प्राचिन संरचनाको संरक्षण गर्न ध्यान दिएको छ त्यस्तै गरि तमुवान नामाकरण गरेर त्यस ठाउँको ऐतिहासिक पृष्टभूमिलाई अस्तित्वमा ल्याउने हो भने नेपाल देशको ऐतिहासिक महत्व बढ्ने निश्चित छ । र देशले आर्थिक भार थेग्न सक्तैन भन्ने, ती सबै साम्प्रदायिक विखण्डनकारी हुन् । भन्ने आरोप पक्का हो । यथार्थमा त्यस्तो हुदैन । तपाँईले संज्ञा दिनु भएको त्यो “एकथरि” वास्तवमै सत्तामा आफ्नो एकाधिकार जमाई राख्न चाहने अधिनायकवादी सोचका गणतन्त्र र प्रजातन्त्र विरोधीहरु हुन् ।

मैले बुझेको-जात भनेको भेदभाव राख्ने अर्थात वर्णभेद जनाउने शब्द हुन् । जाति भनेको भूमिसँग सम्बन्धित यानेकि भूमिपत्र अर्थात आदिवासी वाचक शब्द हो ।

राज्यसत्ता: विभिन्न भाषा विज्ञहरुको भनाईलाई आधार मान्ने हो भने मातृभाषा आफैमा सान्दर्भिक छ, परिभाषित छ भनिन्छ र वैज्ञानिक पनि । गुरुङ्ग भाषा तथा लिपिका पुस्तकहरु खासै बजार पाउन किन कठिन छ ?

यद्धजङ्गः मातृभाषा ईन्डिजिनस् भाषा हो । गुरुङ्ग जातिको पनि आफ्नै मातृभाषा छ तर हाल लिपि नभएको मातृभाषा मध्ये गुरुङ्ग (तमु) भाषा पनि एक हो । राज्य, स्वशासन र स्वाधीनता गुमाउनुको कारण तमु (गुरुङ्ग) भाषाको लिपि र भाषा विकास नभएको हो भन्ने मेरो अनुमान छ । अहिले बजारमा गुरुङ्ग भाषाका पुस्तकहरु एका-दुई भेटिन्छन् । तर, लिपि देवनागरी प्रयोग भएका छन् ।

राज्यसत्ता: विधुतिय प्रविधि विकासको सदुपयोग गरी मातृभाषालाई राज्यले अंग्रेजी वर्णमालामा आधारित अनुवाद गरी वेभसाईटमा सुरक्षित व्यवस्थापन गर्न सकेमा चाहेको बेलामा थप ज्ञान हासिल गर्न सक्थ्यो, तपाँईको यस बारेमा के छ धारणा ?

युद्धजङ्गः अहिलेको आधुनिक युगलाई प्रविधिको युग भनेर पनि बुझ्न सकिन्छ । प्रविधि विकासको सदुपयोग गरी मातृभाषालाई राज्यले अंग्रेजी वर्णमालामा आधारित अनुवाद गरी पुस्तक प्रकाशन तथा वेभसाईटमा सुरक्षित व्यवस्थापन गर्न सकेमा चाहेको बेलामा थप ज्ञान हासिल गर्न पक्कै सकिन्थ्यो । भाषा सिक्न र सिकाउन सकिन्थ्यो । लिपि नभएको पनि भाषा संरक्षण गर्न सकिन्थ्यो । यद्धपी मैले माथी नै भनिसकेको छु कि राज्य र सरकारले यसको लागि पहल गर्ने कुनै पनि सोँच बनाएको छैन झैँ लाग्छ । अहिले विभिन्न जातिय संघ सँस्थाहरु स्थापना गरेर आफ्नो मातृभाषा संरक्षणको लागि केही पहल गर्न खोजेको त छ तर प्रभावकारी र कामकारी हुन पटक्कै सकिरहेको छैन ।

Last Updated on Friday, 10 February 2017 13:35

Hits: 781

कौह्रा नृत्यलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको हो : अध्यक्ष रानामगर !

रुद्र श्रीसमगर

पोखरा, मंसिर १५ - कौह्रा, मगर जातिको प्राचीन एवं मौलिक लोकनृत्य हो । मगर जातिबाटै प्रचलनमा आएको मानिने कौह्रा नृत्य हिजोआज अन्य समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । यही कौह्रा नृत्यलाई जोगाउने उद्देश्यले नेपाल मगर संघ कास्कीले यही मंसिर १८ गते शनिबार पोखरा सभागृहमा ‘अन्तर एकाइ कौह्रा प्रतियोगिता–२०७३’ आयोजना गर्दैछ । यही सेरोफेरोमा रहेर कौह्रा नृत्य प्रतियोगिताको तयारी साथै, कौह्राको मौलिकताका विषयमा पत्रकार रूद्र श्रीसमगरले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :

प्रतियोगिताको तयारी कस्तो छ ?
प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको छ । तैपनि, पूर्णता दिनका लागि अन्तिम दिनसम्म लागिरहनुपर्ने आवश्यकता देख्दछु । हामीले यस कौह्रा प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न करिब तीन महिना अघिदेखि लगातार खटिरहेको अवस्था छ । जुन अवस्थामा हामी आइपुग्दा हामीले कास्की जिल्लामा रहेका नेपाल मगर संघ, कास्कीसँग आबद्ध प्रत्येक एकाइहरूबीच र भ्रातृसंगठनहरूबीच कार्यक्रमलाई सफल पार्न र आइपर्ने समस्याहरूलाई समाधान गर्न विभिन्न चरणमा बैठक बसी त्यसको निराकरण गर्दै, समाधानबाट प्राप्त उपलब्धीहरू हासिल गर्दै अन्तिम तयारीमा हामी सबै जुटिरहेको अवस्था जानकारी गराउन चाहन्छु ।


कौह्रा प्रतियोगिता गर्नुको खास उद्देश्य के हो ?
नेपाल मगर संघले मगर जातिको संस्कृतिलाई संरक्षण, संवद्र्धन साथै, समयानुकूल विकासका लागि जो कार्य गर्दै आइरहेको छ । सो कार्यका लागि टेवा दिन, खासगरी, संस्कृति अन्तर्गत कौह्रा नृत्य जुन नृत्यमध्येको महŒवपूर्ण मौलिक नृत्य हो । जो मगर जातिबाट नै उत्पत्ति भएको यो कौह्रा जसमा मगर समुदायको अत्यन्तै गहिरो सम्बन्ध रहेको छ, जसले मगर समुदायको पहिचान दिएको छ । त्यसैले मगर समुदायभित्र मात्र नभइ अन्य गैरमगरहरूमा पनि कौह्राको महŒव र यसको पहिचान दिन र मगर जातिमा अझै त्यसको महŒव माथि प्रकाश पार्न र यसको प्रचारप्रसारलगायत कौह्रा नृत्यलाई जीवन्त राख्न कौह्रा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


प्रतियोगिताले कौह्रा संरक्षणमा के योगदान गर्छ ?
मुख्य कुरा कौह्रा प्रतियोगिता गर्नु नै कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्नु हो । किनकि, प्रतियोगितामा भाग लिन आउँदा जो सम्बन्धमा सबै कुराको हेक्का राखी पूर्णता दिने गरी सबै खाले आवश्यक पूरा गरी प्रतियोगितामा भाग लिन आउँछन् । जसले गर्दा कौह्रासम्बन्धी धेरै कुरामा अनुभव बटुलिसकेका हुन्छन् । समूहले कतिपय अपूरा भएका, अधुरा रहेका र केही तत् सम्बन्धमा ज्ञान नभएकाहरूले पनि सो सम्बन्धमा चासो राखी सबैखाले कार्य पूरा गरी प्रतियोगितामा भाग लिन आउँछन् । भनाइको तात्पर्य जो जति सम्बन्धित निकायले प्रयास गरे त्यो नै प्रतियोगिताको उपलब्धी साथै, कौह्रा संरक्षणको मुख्य योगदान हो ।


प्रतियोगितामा कस्ता खालका टिम सहभागी हुन्छन् ?
कास्की जिल्लाभित्र रहेका र नेपाल मगर संघ कास्कीसँग आबद्ध एकाइहरूबीच कौह्रा प्रतियोगिता हुने जानकारी गराउँदछु ।

मगर समुदायमा कौह्राको महŒव के छ ?
वास्तवमा कौह्रा नृत्यको उत्पत्ति मगर जातिबाट नै भएको हो । त्यसैले यो कौह्रा नृत्य मगर जातिको मौलिक नृत्य र यसले मगर जातिको पहिचान र अस्तित्व राखेको छ । कौह्रा नृत्यको सुरुवात र अन्तले ऋतुहरूको आगमनलाई परिचित गराएको हुन्छ । मगर समुदायभित्र यस नृत्यले रीतिरिवाज, परम्परा मुख्य रूपमा संस्कृतिको मेरुदण्डको रूपमा यसले स्थान पाएको छ । त्यसैले मगर समुदायभित्र कौह्राको अति नै महŒव रहेको छ ।


कौह्राको मौलिकता हराउँदै जान थालेकोप्रति यहाँको धारणा के छ ?
मेरो विचारमा त हराउँदै गएको हैन कि उदाउँदो अवस्था रहेको देख्दछु । किनकि, पहिला पहिला केवल निश्चित समयमा मात्र यसले स्थान पाएको थियो भने अहिले आएर हरेक उत्सव, हरेक पर्वलगायत मनोरञ्जन क्षेत्रमा जुनसुकै समयमा यसले ठाउँ ओगटेको छ । हाम्रा समुदायहरू सहरीकरण र विदेशिने अवस्था रहेको जुन अवस्थामा कौह्रा नृत्यलाई पनि सँगसँगै लगिरहेको अवस्था कार्यक्रमबाट हामीले पाउन सकिन्छ । हुन सक्छ, ठेट कौह्रा नृत्यको मौलिकतामा कमी आएको महसुस छ । मौलिकतामा कमी आउन नदिन त्यसलाई नेपाल मगर संघले विविध कार्यक्रम अनुसार दिगो राख्ने प्रयास गरिरहेको र त्यसमा उन्नति पनि रहेको हामीले महसुस गरेका छौं ।


अन्त्यमा के भन्नुहुन्छ ?
नेपाल मगर संघ, कास्कीले एकाइस्तरीय कौह्रा प्रतियोगिताको कार्यक्रम गर्न लागिरहेको छ । उक्त कार्यक्रमलाई यहाँहरूबाट सहयोग र सुझावको अपेक्षा पनि राखेको छु । आगामी मंसिर १८ गते पोखराको पोखरा सभागृहमा ठिक १०ः०० बजे कार्यक्रम हुने भएकाले सबै महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछु । साथै, मलाई कार्यक्रमको बारेमा जानकारी दिने अवसर दिएकोमा मगर समुदायको लोकप्रिय पत्रिका लाङ्घाली राष्ट्रिय मासिक परिवारलाई पनि हार्दिक आभार प्रकट गर्दछु । 

Last Updated on Thursday, 01 December 2016 14:45

Hits: 796

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर