A+ A A-

दश मिलियनको मगर स्कोलार्शिप फन्ड घोषणा गर्दैछौ -अध्यक्ष पुन

राज्यसत्ता ,११ नोवेम्बर ,२०१५
विदेशमा स्थापित मगर संघ संस्थाहरु मध्य अत्यन्त सकृय संस्था मगर संघ यु केले छिट्टै नै शैक्षिक क्षेत्रमा मगरहरुको पहुच पुर्याउने खाले योजना मगर छात्रवृत्ति कोष स्थापनाको घोषणा गर्ने जानकारी राज्यसत्तालाई प्राप्त भएको छ ।

मगर संघ बेलायतले यस् अघी बिभिन्न क्षेत्रमा उधाहरनिय काम सफलता पुर्वक सम्पन्न गरी सकेको छ,सो संस्थाले विदेशीभूमिमा पनि आफ्नो भाषा, कला ,धर्म , संस्कृति,परम्पराका साथसाथै सिङ्गो मगरहरुको विकासका लागि थुप्रै कार्यहरु गरिसकेको छ ,नेपाल मगर संघका भु पु अध्यक्ष ,वरिस्ठ समाजसेवी , नेता गोरेबहादुर खपाङीको उपचारमा होस् वा नेपालको भुकम्प पीडितको लागि अग्रनी भूमिका खेलेको छ । स्थापनाकालदेखि नै मगरहरुको हकहितलगायत विभिन्न क्षेत्रमा लाग्दै आएको मगर संघ यूकेले गतबर्ष मगर भवन खरिद गर्न पनि सफल भयो भने हाल मगर बिद्यार्थीलाई लक्षित गरी करिव १ करोड रुपयाको कोष खदा गर्ने लक्ष्य लिएको जानकारी प्राप्त भएको छ । उक्त स्कोलार्शिप स्किमले  नेपालमा रहेका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार मगर बिद्यार्थीलाई पढाईमा केही टेवा पुर्याउने लक्ष्य रहेको अध्यक्ष दुत पुनले जानकारी दिए ।स्नातकोत्तर (एमए) र विद्यावारिधि (पिएचडी) तहमा मगरहरुलाई अध्ययन गर्न प्रोत्साहन मिलोस् भनेर यो छात्रवृत्ति कोष स्थापना गर्न लागिएको जानकारी पाइएकोले मास्टर्स लेवलका बिद्यार्थीलाई नैइ किन ? यसको सत्ता फाउन्डेसन लेवेल्का स्कुले बिद्यार्थीलाई व्यवस्था गर्न सकिन्न ? भन्ने प्रश्नको उत्तरमा अध्यक्ष पुनले यसबारे पनि छलफल भएको तर यो निक्क्कै नै ब्रिहत ,जतिल भएको कारणले अहिलेको अवस्थामा एमए र पिएचडी तहमै छात्रवृत्ति केन्द्रीत गर्ने भन्ने सल्लाह भएको जानकारी दिए । तर यो छात्रवृत्तिको कार्यक्रम मगर संघ युकेको दीर्घकालिन कार्यक्रम भएकाले आगामी दिनमा संघको नेतृत्वले आवश्कयता हेरी निर्णय गरेर कार्यक्षेत्र विस्तार गर्न वा परिवर्तन गर्न सकिने बताए ।कार्यक्रम बारे जानकारी दिदै पुनले भने" मैले मगर संघ युकेमा बसेर काम गरेकै एकदशक भन्दा बढी भयो । यसरी काम गर्दै जाँदा शैक्षिक क्षेत्रमा मगरहरुको सहभागिता अत्यन्तै कम पाइयो । साक्षारता दर निम्न माध्यमिक र माध्यमिक तहमा अरु जातिसरहकै उपस्थिति भए पनि जति जति उच्च तहमा पुग्दै जान्छन सहभागिता कम्ती कम्ती हुँदै गएको पाइयो । स्नातकभन्दा माथि विश्वविद्यालय तहमा पुग्दा त्यो अनुपात अति नै थोरै हुँदै जाने गरेको देखेँ । त्यसैले राज्यको विभिन्न निकायलाई चाहिने दक्ष र शिक्षित जनशक्ति तयार हुन नसकिरहेको पाएँ । त्यसैले स्नातकोत्तर (एमए) र विद्यावारिधि (पिएचडी) तहमा मगरहरुलाई अध्ययन गर्न प्रोत्साहन मिलोस् भनेर यो छात्रवृत्ति कोष स्थापना गर्न लागिएको हो ।

नेपालमा राज्यका हरेक अंगहरुमा मगरहरुको उपस्थिति न्यून रहेकोले त्यस्ता निकायहरुमा संख्यात्मक बृद्धि होस् भन्ने उद्देश्यले हामीले उच्चशिक्षा अध्ययन गर्न चाहने गरीब तथा जेहेन्दार मगरहरुलाई प्रोत्साहनका लागि यो कार्यक्रम अगाडि ल्याएका हौं जसबाट एकातिर नेपालमा उच्चशिक्षा अध्ययन गरेका मगरहरुको संख्यामा बृद्धि हुन जानेछ भने अर्कोतर्फ राज्यको हरेक अंगमा मगरहरुको पनि उपस्थिति बढ्ने अपेक्षा छ । मगरहरु शिक्षित हुनु नै नेपालीहरु शिक्षित हुनु हो । नेपालीहरु शिक्षित हुनु नै नेपालको विकास तथा समृद्धि हुनु हो" ।

आउँदो २१ नोभेम्बरका दिन अल्डोर्शट शहरमा बृहत् च्यारिटी कार्यक्रमको आयोजना गरी उक्त कोषको सुरुवात गर्ने अधक्ष्य पुनले राज्यसत्तालाई जानकारी गराए ।कार्यक्रममा करिब ३ सयजनाभन्दा बढीको उपस्थिति रहने उनको भनाइ थियो ।

Last Updated on Thursday, 12 November 2015 11:22

Hits: 742

इखले बनायो गायक

रमेशबाबु थापा-गायक तथा नायक

आजभोली त जो पनि गायक हैन त ?

त्यति सारो त होइन । कला र गला हुने मान्छे नै गायक हुने हो । तर , पछिल्लो समय प्रविधिले गर्दा पनि धेरै जना सजिलै गायक बन्न खोज्छन् । अर्को कुरा पैसो भएपछि गीत रेकर्डिङ गर्ने संस्था फालाफाल छन् । एक दुई वटा गीत रेकर्ड ग¥यो अनि गायक भयो । साँच्चैको गायक हुन भने सजिलो छैन ।

तपाईचाँही कस्तो गायक हो ?

म लोकदोहोरी गायक भन्न रुचाउँछु । मैले त्यस्तै किसिमका गीत गाएको छु ।

गायक बन्न केले प्रेरणा दियो ?

म सानैदेखी गीत गाउन रुचाउँथे । हाम्रो पारिवारिक वातावरण पनि त्यस्तै थियो । आमा साह्रै मिठो गीत गाउनुहुन्थ्यो । त्यसले प्रेरणा दियो ।

आमाले गाएकै भरमा गायक बन्छु भन्ने अठोट त कसरी आयो होलार ?

पक्का गायक बन्छु भन्ने इख लिएको चाँही एउटा रमाइलो घटना छ । हाम्रो गाउँ स्याङ्जा गुर्जा चिसापानीमा हरेक वर्ष माघेसंक्रान्तिमा मेला लाग्थ्यो । त्यो मेलामा धेरै नव कलाकारले गीत गाउँथे । म पनि गाउन रहर गर्ने । स्वर पनि ठिकै थियो । त्यहि भएर क्लबले मलाई गीत गाउने भनेर फिक्स ग¥यो । २८ दिनसम्म मैले प्रयाक्टिस गरे । माघे सक्रान्ति मेलाको ४ दिन बाँकी हुँदा तेरो स्वर राम्रो छैन भनेर अर्कैलाई गाउन दिए । मेरो मन यति धेरै दुख्यो कि त्यही इखले म गायक बन्छु भनेर कस्सिएर लागे । त्यही भएर अहिलेको स्थानमा आएँ ।

माघे सक्रान्ति मेलामा गाउन नदिनेहरुले आजभोली के भन्छन् नि ?

मेरो घर नजिकै बाँसोरा भन्ने ठाउँ छ । म गायक बन्छु भन्दा धेरैले बाँसोरा कम्पनीले एल्बम निकाल्ने होला है भन्दै गिल्ला गर्थे । देख्ने बित्तिकै उ आयो... आयो... बाँसोरा गायक भन्थे । तर, अहिले साँच्चिकै गायक बनेको देख्दा खिसी गर्नेहरुले नै बधाई दिन्छन् ।

अहिलेसम्म कति वटा एल्बम निकालियो ?

बास्तवमा आजभोली एल्बमा लगानी भनेको बालुवामा पानी हो । तैपनि गायक हुँ भन्नलाई पनि एल्बम निकाल्नै पर्ने बाध्यता छ । त्यही भएर २०६९ मा ‘यदि मलाई माया गछौं भने’ त्यसपछि सालैजो एल्बम निकाले । अस्ति भर्खर पनि एउटा ‘खरैमा काट्यो’ सालैजो गीत गरेको छु । त्यसको छायाङ्कन पनि सकियो ।

आजभोली एल्बम बिक्दैनन् । तैपनि अडियो भिडियोमा खर्च गरिरहनुभाछ कसरी जोहो गर्नुहुन्छ त्यत्रो पैसा ?

दोहोरी साँझमा पनि गाउँदै आएको छु । मेरो नियमित आम्दानी त्यताबाट हुन्छ । फिल्ममा अभिनय गरेर पनि धेरथोर पैसो आउँछ । मैले त्यतिकै अभिनय मात्रै गरेको पनि छैन । परिवारले पनि सपोर्ट गरेकै छन् । इच्छा भएपछि पैसो भन्ने कुरा जसरी पनि जुट्दोरहेछ । बेलाबेला कन्सर्टमा पनि गीत गाउन जान्छु त्यो पनि आम्दानीको स्रोत हो ।

तपाई त फिल्म पनि खेल्नुभाछ, तपाइ गायक हो कि नायक ?

२०६९ मा म्यारमीत, त्यसपछि सालिभेना, मिझारमा नायककै भूमिकामा अभिनय गरेँ । दशैं लगत्तै दुई फिल्म कालीपारे र मार्च नानीको सुटिङ्ग सुरु हुँदैछ । फिल्ममा अभिनय गरे पनि म आफूलाई गायक हुँ भन्न रुचाउँछु तर, दर्शकले गायकभन्दा बढी नायक भनेर चिन्छन् ।

गाउँदागाउँदै किन फेरी फिल्मतिर हाम फालेको ?

यि सब कुरा रुचीमा भर पर्दा रहेछन् । सानैदेखि भिडियोमा देखिने सोख पनि थियो । त्यही सोख पूरा गर्न फिल्ममा खेले । अहिले नसाजस्तो भयो । त्यही भएर पनि फिल्ममा अभिनय गरिराछु ।

नसाको रुपमा मात्रै लिएर फिल्ममा कहिलेसम्म अभिनय गर्ने ?

मगर समुदायमा धेरैजसो नायकहरु उदाउँछन् हराउँछन् । यिनिहरु यस्तै हुन् । एउटा फिल्म बनाउँछन् त्यसपछि हराउँछन् भन्ने गरिन्छ । हुन पनि हो । त्यही भएर नहराउनको लागि पनि म फिल्ममा देखिरहने गरेको हुँ । फिल्मका माध्यमबाट हाम्रो

समुदायको कला, सँस्कृति, भेषभूषामा केही न केही योगदान दिन सकिन्छ भनेर पनि यसलाई नसाको रुपमा लिएको छु ।

भविश्यको योजना के छ त ?

गायक बन्न सजिलो रैछ । तर, गायक भइरहन निकै गाह्रो छ । त्यही भएर चाहे फिल्मा खेलेर होस् वा जागिर गरेर । जसरी पनि पनि गायन क्षेत्रमा टिकिरहने योजना छ । त्यो बाहेक एक दुई वटा राम्रो फिल्म बनाउने रहर पनि छ । त्यस विषयमा छलफल भइरहेको छ ।

प्रस्तुतिः मनोज घर्तीमगर

Last Updated on Friday, 06 November 2015 15:16

Hits: 1161

न्यू जेनेरेशनलाई मगर कला ,सन्स्कृति चिनाउन कलाकारलाई अमेरीकामा ल्याउछौ -रोका मगर

   अमेरीकन मगर संघका निर्बतमान अध्यक्ष क्या.दलबहादुर रोका मगर बृटिश गोरखा अन्तर्गत सेकेन्ड गोर्खा राइफलमा १९६५ साल सुंगगाईपटानी, मलेसीया बोइज कम्पनीमा भर्ति भएका हुन ।

२००६ सालमा अमेरिकामा आवासीय नागरिकता लिएका रोका मगर, मगर संघ अमेरीकाको अध्यक्ष (सेप्टेम्बर २०१३ देखि हाल १६ अगष्ट २०१५ सम्म) हुन । हाल उनी मगर संघ अ‍मेरिकाको सल्लाहकारमा  नियुक्त छन । अध्यक्ष पदबाट बाहिरै गर्दा राज्यसत्ता डटकम संग फोन मार्फत गरिएको बिशेष संबादको सारंस यहाँ प्रस्तुत गरिएको छ ।

१.अमेरीका आएर मगर समाजमा के गर्नु भयो ?

म अमेरीका आएर अध्यक्ष नहुदै यहां ३ पटक सम्म सास्कृतिक कार्यक्रम सन्चालन गरिसकेको ब्यक्ति हुं । म अध्यक्ष भए पछि २०१४ को मांधेसक्रातीको अवसरमा अमेरीकामै बसेर अध्यन गरेका ६ जना मगरहरु मध्ये ३ जना पिएचडी र ३ जना मेडिकल डक्टरहरुलाइ सम्मान गरेका थियौ । त्यस्तै २०१५ सालको मांधेसक्रातीमा पनि डा० चक्रबहादुर बुढाथोकी मगर र माओबादीको पालामा नेपालमा हेलीपाइलट चलाएका एक मगर पाइलटलाई  सम्मान गरिसकेको छौ । यस्को अलवा नेपालका प्रथम शहिद लखन थापा दिवश, मगर दिवश फाल्गुन १५ लगायतका कार्यक्रमहरु गर्दै आइरहेका छौ ।

२. अमेरीकामा कलाकारको व्यापार हुन्छ भनिन्छ नि ?

कलाकारको ब्यापार भन्दा पनि मगरकै कला र सस्कृति बचाउनकै लागी र हाम्रो न्यू जेनेरेशनलाइ हाम्रो अभिभारा सुम्पिनका लागी प्राय मगर कलाकारहरु अमेरीकामा ल्याउने काम गरन्छि । न्यूर्योक लगायत अमेरीकाको बिभीन्न प्रान्तमा हरेक बर्ष  सास्कृतिक कार्यक्रम गरेर नेपाल बाट अमेरीका बसाइ सराइ गरी  आएका हाम्रा नयां पिढीलाई  नेपाल चिनाउने काम गरेका छौ । यसै बर्षको जुलाइमा पनि खड्क गर्बुजा मगर र संगीता थापा मगरको उपस्थितमा न्यूर्योकमा देहोरी सांझ सम्पन्न भईसकेको छ । यसले नेपाली लगायत मगरको भाषा,लीपि, कला र सस्कृति चिन्ने र बुझ्ने मौका पाएका छन । बास्तवमा भन्ने नै हो भने सस्कृति बिकास , प्रबर्दन र संरक्षर्णका लागी हरेक बर्ष मगरका विविध  सास्कृतिक कार्यक्रम सम्पन्न भईसकेको छ भने आगामी दिनमा यसलाई निरन्तरता दिने भएका छौ ।

३. कार्यक्रम न्यूयोर्कमा मात्रै सीमित हुन्छ कि अन्य ठाउंमा पनि हुन्छ ?

कार्यक्रम गर्दा न्यूयोर्कमा मात्रै नगरेर मगरका घनावस्ती भएको ठाउहरु जस्तै न्युजर्सी,मेरीलाण्ड,बाल्टिमोर, र्भिजनीया,क्यालिर्फोनिया लगायत वासिंगटन डिसीमा गर्दै आइरहेका छौ ।

४.अमेरीकामा तपाइहरुको बाहेक अन्य मगर संगठनहरु पनि छन कि ? उनिहरु संग एकताको सम्भावना के छ ?

हजुर,अमेरीकामा मगर समाज गठन हुन पूर्ब नै बोस्टनममा बोस्टन मगर समाज गठन भइसकेको रहेछ, यो स्वतन्त्ररुपमा संचालन हुंदै आइरहेको छ । उहांहरु मगर संघ अमेरीका संग हातेमालो गर्न किन हो हीच्किचाईरहनु भएको छ । आशा  छ भबिश्यमा उहाँ र हामीहरु सहकार्य गरे र अगाडी बढ्ने छौ । त्यस्तै भूटानी मगर समाज संग पनि हातेमालो गर्न हाम्रो हातहरु अगाडी बढाई रहेका छौ । दुर्भाग्यबस, उहाहरुको हालै भएको प्रथम सम्मेलनमा चाँहेर पनि हामीले उपस्थित दिन नसक्दा दुख्ख लागेको छ ।

५.अमेरीकामा बस्नु हुन्छ, मातृ सस्था नेपाल मगर संघ संग कस्तो छ सम्बन्ध ?

नेपाल मगर संघ केन्द्रिय समिति संग सहकार्य गर्नेक्रममा अन्तराष्टि मगर मंच गठन गर्दा हाम्रो पनि ठुलो भूमिका रहेको छ । हाम्रो निबर्तमान महासचिब मान राना मगर ज्यूले मगरको प्रथम अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन जानु भएको हो । मगरको बिकास र समाजको जुनैसकै मुद्यदामा पनि मूलय चुकाउन हामी पछि पर्ने छैनौ । 

६.भूकम्प राहतमा त तपाइहरुको भूमिका कतै देखिएन नि ?

त्यसो हैन , गत बैषाख १२ गते र २९को बिनासकारी महा भूकम्पले गर्दा देशमा ठुलो धनजनको नोक्सान भएकाले हामीले पनि सहयोग संकलन गरिरहेका छौ तर मगर अन्तराष्टिय मंच र बिश्व मगर महासंघ बिच मतैकता समन्वय नभएकोले हामीले समयमा पैसा पठाए र भूकम्प पीडितहरुलाइ सहयोग गर्न सकेनौ ।

हाल यता यूके मगर संघ संग सम्र्पक बढि रहेकोले उहांहरु संग सहकार्य गरे र नेपालका प्रथम शहिद लखन थापा मगरको जन्मथलो गोरखा काउले भंगारमा उहांकै नाममा रहेको स्कुललाइ हालै गएको महाभूकम्पले भत्काइ दिएकोले उपयूक्त नयां ठाउको खोजी हुदै छ । त्यो जग्गा किन्ने र स्कुल बनाउन हामी अगाडी बढि रहेका छौ । यस्को सबै जिम्मा मेजर कृष्णकुमार आले मगर ज्यूलाइ जिम्मा दिएका छौ ।  

७. कति भयो अमेरीकामा मगर संगठन गठन गरेको,के छन तत्काल गर्ने कार्य योजनाहरु ?

यो मगर समाज अमेरीकामा २८ मार्च २००४ सालमा गठन भएको थियो । पहिला समितिको कार्यकाल ३ बर्षको थियो । तर, हालैको महाधिवेशनले २ बर्षे कर्यकाल बनाएको छ । साथै यो सममेलनले ६ महिना भित्र अमेरीकामा बसोबास गर्नै मगरहरुको क्षेत्रगत तथ्यांक निकालि हरेक स्टेटमा मगर संघ अमेरीकाको शाखा खोल्न बिधानमै चढाउन सर्बसहमति बाट सफल भएका छौ ।

सबै शाखा खोलीसके पछि यो समितिले केन्द्रिय समितिको भूमीका निभाउने छ । हरेक शाखा बाट आएका एक-एक जना सदश्यहरु केन्द्रिय सदश्य साथै आआफ्नो शाखाको लिंकमेन अर्थात शाखा प्रमुखको भूमिका निभाउने छन । साथै भबिश्यमा अमेरीकामा पनि बिभिन्न भातृ महिला,युवा ,बिद्यार्थी ,भूपू सैनिक,कलाकार, साहित्यकार र आबश्यक अनुसारको संगठनहरुको पनि निर्माण गरिने छ ।

समचारको लागी यो लिङ्क क्लिक गर्नुहोस:

मगर संघ अमेरीकाको अधिवेशन सम्पन्न,अध्यक्षमा रुद्र आले मगर

 

 

Last Updated on Tuesday, 18 August 2015 22:36

Hits: 972

रत्यौलीजस्तै तीजे गीत – हरिदेवी कोइराला

प्रस्तुति : मनोज घर्तीमगर

तीज मिठो नेपाली पर्व हो । तीज भन्ने बित्तिकै हामी माइती सम्झन्छौं । जन्मेको घर आगन, आमाबुवा, दाजुभाइ, मावली साथीसँगी सबै सम्झन्छौं ।

पराइ घरका पीडा ल्याएर माइत जाने । तीजका बेला घरको काम सारा छाडेरे महिला जसरी पनि माइत जान्थे । तीज नभइदेको भए फुपु र भदाको साइनो अहिलेजस्तो सुमधुर हुने थिएन । यसले पारिवारिक सम्बन्ध पनि जाडेको छ । बाबु आमाको दाजुभाई सम्बन्ध उत्तिकै जोडेको छ । अघिपछि जेजस्तो भए पनि तीजमा मिठो चिज खाने दिन थियो । तिज भनेको अपनत्व हो । माइतिको कुकुर प्यारो भन्छन् त्यस्तै तीजका बेला माइतका सबै प्यारा हुन्थे ।

तीजका धार्मिक पारिवारिक र सांगितक पाटा छन् । सबभन्दा सांगीतक पाटो बलियो छ । म सानो छँदा नाग पञ्चमी आउँदा यो पटक के गीत गाउने हो के विषयवस्तु छान्ने हो भन्ने छलफल चल्थ्यो । सामूहिक रुपमा बेलुका कुन घरमा गाउने भन्ने निर्णय हुन्थ्यो । यो सबै तीज आउनुभन्दा एक हप्ता अघि हो । खासगरी तीजमा यो गीत गाउने भनेर प्रयास गथ्र्यौ । तीज बिशुद्ध महिलाको चाड हो ।

  म बुझ्ने हुँदा पोखराका हालको टेलिकम नजिक, मालेपाटन, रामघाट, बाटुलेचौर लगायतमा ठूला चौर थिए । ती चौरमा बसेर दिदी बहिनीहरुले तीजमा गीत गाउँथे । उनीहरुले छोरी बेचेका, सासूले दुःख दिएका, पराइ घर जाँदा पाएको दुःख, श्रीमानले नपढेका लगायत विषयका गीत तीजे भाकामा गाउँथे । त्यतिबेला पुरुषहरुले हेर्थे । मादल बजाउन सहयोग गर्थे । यस्ता कार्यक्रम विभिन्न टोलटोलमा हुन्थे । सबै जान्थे कति राम्रो हुन्थ्यो । दिदी बहिनीलाई गाउन लगाउन । चिया पकाएर दिन्थे । बाजागाजा बजाउँथे । पिपल चौतारी थियो । त्यहाँ पनि नाँच्थे । तीज समाचारवाहक चाड पनि हो । त्यतिबेला माइतिले तीजे गीत मार्फत छोरीका पीडा, दुःख पाएका, श्रीमानले नपढेको, दुःख पाएको सबै कुरा बाहिर आउँथे । अघिपछि भन्न नपाएका कुरा, बेदनामार्फत तीजे गीतमा निर्धक्क भन्ने अवसर थियो । अझ त्योभन्दा ठूलो महत्व चेली र माइती सम्झने प्रक्रिया हो । त्यतिबेला वर्षमा एक पटक भए सासूसँग विदा मागेर दिदी÷फुपुलाई अघि लाएर लिने चलन थियो । अहिले आएर ठ्याक्कै उल्टो भए । कहिले तीज आउने र मायाप्रिति लाउने । कहाँ घुम्न जाने भन्नेजस्तो भयो । यहि धारमा तीज जाने हो भने भोली तीजको अस्त्वि रहँदैन ।

तीज महिलाको स्वतन्त्र पर्व हो । वर्षभरीका कुरा तीजमा भन्ने हो । बाबुलाई मेरो जोवन जान लाग्यो बिहे गरिदेउ भन्ने कुरा पनि आउँथे । तर, अहिले जसरी बजारमा छाडा गीत आएका छन् ती बिल्कुल गलत हुन् । हरेक पर्वका गीत छन् । तीजमा गाइने भनेको पर्व गीत हो । यसको महत्व धेरै छ । अरु गीत भए जस्ता शब्द गाए पनि हुने हो । तीज पर्वमा धेरै भाकाहरु छन् । मालश्री र देउसीरेसोरठी, रत्यौली जसरी पर्व गीत हुन् तीज पनि ठ्याक्कै त्यस्तै गीत हुन् । अरु पर्व गीत फेरिएनन् । तर, तीजे गीत बढी व्यवसायिक भए । अहिले तीजे गीत यति डामाडोल भए कि छायाङ्कन गरिएका गीतमा रातो साडी राखेकै भरमा तीजे गीत भए ।

तीजमा बरिलै, निराजाले, मिर्मिजालैमा, हम्क्याइलो कठै लगायतका थेगोहरु छन् । तीनले बिशुद्ध नारी भावना समेट्थे । पछिल्लो धारमा गाइएका गीतले तीजलाई खाली मायाप्रिती लाउने चाडको रुपमा विकास भयो । समयसँगै कल्चर परिवर्तन त हुन्छ तर मुल मर्म त मर्न दिनु भएन । चिन्ताको विषय लय विधान तोडियो भन्ने हो । अहिले त रत्यौली टाइपका गीत आयो । रेडियोमा सुन्दा र टिभीमा हेर्दा अहिले बज्ने धेरै तीज गीत हुन् जस्तो लाग्दैन । छायाङ्कन गर्दा रातो सारी लगाएर तीज गीत भन्न थालियो । जस्ता लयमा पनि तीज गीत बने । तीज भनेको हँस्यौली, ठट्यौली चाड होइन । हामी दाजुभाई दिदीबहिनी परिवारमा बसेर हेर्न नमिल्ने गीत आए । त्यसरी गीतको विकास भएकोजस्तो देखिदैन । उन्नतीका नाममा धेरै कुरा फरक भएका छन् ।

जस्ता गीत आए पनि मिडियाले बजाइदिए । दर्शकको काम हेर्ने हो । कलाकारले कलाकारलाई भन्नुभन्दा दर्शकले नै सोधिरहेका छन् । अहिले गलत गीत बढी भए । धेरैले भन्लान् समयको माग हो । जमानाको माग हो भनेर हामी पन्छिन मिल्दैन । हामीले कुन गीत गाएको हो । यसलाई सबैले हेर्नुपर्छ । यसबारे समाजसँग दायित्व छ कालाकारले आफ्नो अनुशासन भुल्नु भएन । समाजलाई के दिनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । कलाकार भनेको एउटा सन्देशबहाक हो । कलाकारिताको धर्म भुल्नु भएन ।

त्यसो त कलाकार पनि बाँच्नुपर्यो । कला पनि बच्नुपर्छ । राज्यले पनि कलाकार बचाउनुपर्छ । तर, व्यापारको नाममा सस्तो व्यापार पनि गर्नु भएन । कलाकारलाई बाध्यता पनि छ बाँच्नलाई । धेरै लहडमा गीत चल्यो । गीतलाई व्यवसाय नै ठाने पनि असल व्यवसायको रुपमा लिनुपर्यो । तीजको मुल मर्ममै मारेर गाउन भएन । पहिला पारिवारिक सम्बन्धबारे दिदीभाइ, दाईभाईका कुरा आउँथे गीतमा । परिवारका दुःख बेदना कहिन्थ्यो । अहिले ट्याक्क छोडेर यो मायामा बदलियो । प्रेमसँग साटियो । तीजका नाममा अश्लिलता भयो । ठट्टा गर्नेखालका गीत आए । राम्राराम्रा गीत पनि आएका छन् तर संख्या थोरै छन् ।

तिजका मर्मलाई मार्न भएन । तीजे गीतका मर्म बचाउनुपर्छ । केही मात्रमा परिमार्जन हुँदै जान्छ पूरानो भयो भनेर त्यसको लय फेर्न त भएन । ठ्याक्कै घाँटी निमाठ्ने खालको गीत ल्याउनु भएन । अर्को कुरा सबै भाकालाई तीजे गीत नभनम् । तीजको उपलक्ष्यमा ल्याइएका गीत । एक दिन अघि खानेलाई मात्रै दर भनम् । बरु पहिल्यै गर्नु छ भने तीजको उपलक्ष्यमा खाइएको दर भनम् । त्यसरी अघि गएर मौलिक भाकाहरु के हुन् भनेर खोजौं । नत्र इतिहास मेटिने काम जारी रहनेछ । अहिले महिलाहरु बढि पढेलखेका भए । व्यस्त भए । त्यसैले महिनौं अघि तीज हुन थाल्यो । यो विकृति हो । मनोरञ्जन गर्नुपर्छ तर भड्किलो रुपमा गर्नु भएन् । रचनात्मक रुपमा लाग्नुपर्छ । अहिलेका तीज गीत विकृत हुनमा संचार माध्यमको योगदान पनि धेरै छ । तीनले सँस्कृति बुझेनन् । गाउनलाई पहिलेजस्तो स्वर परिक्षा गरिदैन । सेन्सर बोर्ड भएन । पहिले एउटै गीत कति मेहनत गर्नुपथ्र्यो । रेडियो नेपालमा गीत रेकर्ड गर्न पाइन्थेन । अहिले त एउटाले यस्तो गर्यो होडबाजी पनि भयो । उहिले रेडियो नेपाल, रत्न रेकर्डिङ, म्यूजिक नेपालमा गएर रेकर्ड गर्दा लय, शब्द सबै हेर्थे । अनि बल्ल गीत गाउन पाइन्थ्यो । आजभोली प्रविधिले गर्दा जहाँ पनि गीत रेकर्ड गर्न पुगे । क्षमतालेभन्दा रहरले गायकगायिका भए । आधा गीत प्रविधिले गाइदिन्छ । कलाकार भइसकेपछि आफ्नो धर्म सम्झेर आउनुपर्छ । निर्देशक, संकलक, रचनाकारले पनि विचार गर्नुपर्छ । जे पायो त्यहि सुन्नेले पनि कलाकारलाई औंला ठड्याउनुपर्यो । हरिदेवी कोइराला संग मनोज घर्तीमगरले गरेको कुराकानीमा आधारितको अंस ।
तस्वीर : छवि मगर

Last Updated on Friday, 11 September 2015 22:15

Hits: 702

जर्जियाको पहिलो महाधिवेशनले मगर समाजको छाता संगठन पनि तय गर्ने छ : पुवाँर मगर

अमेरिकामा बसोबास गरिरहनु भएका राज पुवाँर मगर भूटानी मगर हुनुहुन्छ । अहिले नेपालमा प्रदर्शन भईरहेको मगर चलचित्र रैंयाँ पुवाँरले पनि अमेरिकामा प्रर्दशन गर्न लागिरहनु भएको छ । यसै बिषयवस्तुमा रहेर राज्यसत्ता डटकमको तर्फबाट गरिएको कुराकानीको सारंश :

 

अमेरिका कहिले जानु भयो ?

- करिब ७ वर्ष हुन लाग्यो । २००८ को दिसम्बर महिनामा म सपरिवार अमेरिका आएको हुँ ।

भुटानको मगरको स्थिति भुटानमा हुँदा कस्तो थियो ?

-भूटानको मगरहरू आफ्नै परम्परा,रिती-थिती,धर्म-संस्कृतिमा आवद्ध थिए र हालमा पनि छन् ।

अमेरिकामा भुटानको मगरहरुको अवस्था कस्तो छ ?

- नेपाल या त भनौँ भूटानमा जस्तै नै अमेरिकामा पनि भूटानी मगरहरू आफ्नो संस्कृति,परम्परा आदिको जगेर्णा गर्नको निमित्त लागि परिरहेका छन् । मगरहरुको संख्या धेरै-थोरै जे जस्तो भए पनि आफ्नो-आफ्नो स्टेटबाट विभिन्न संस्थाहरूको स्थापना गरेर मगरहरू आफ्नै परम्परा,संस्कार आदिको संरक्षण एवं जगेर्णामा जुटीरहेका छन् ।

र साथै अमेरिकाको जर्जिया स्टेटमा भूटानी मगरहरूको पहिलो महाधिवेशन सम्पन्न हुन गइरहेको छ । जसले सम्पूर्ण भूटानी मगरहरूलाई समेट्दै मगर समाजको छाता संगठनको पनि तय गर्ने भएको छ ।

भुटान र नेपालको मगरहरुको छलफल, भेटघाट भएका छन ?

- अनौपचारिक रूपमा पक्कै भएको छ । तर संस्थागत रूपमा भने हालसम्म भएको छैन ।

अमेरिकामा बसोबास गरिरहनु भएको छ तर रैंयाँ प्रदर्शन गर्दै हुनुहुन्छ, किन ?

 

- के भूटान ? के नेपाल ? के अमेरिका? मलाई लाग्छ 'रैँया' चलचित्र सम्पूर्ण मगरहरूको परम्परा,संस्कृति,भेष-भूषा आदि प्रति केन्द्रित चलचित्र हो । अनि यस चलचित्रको प्रदर्शनीले अमेरिकी बासी सम्पूर्ण मगरहरूले धेरै कुराहरूको ज्ञान लिनसक्नुहुनेछ ।

भुटानका मगर र नेपालका अमेरिकामा बसोबास गरिरहनु भएको मगरलाई के भन्नु हुन्छ ?

- आफ्नो संस्कार,परम्परा आदिलाई नविर्सौँ ।  मगर हुनूमा गर्व गरौँ ।।

रैंयाँ कस्तो होला जस्तो लागिरहेको छ ?

- नेपालमा मगर जातीका अलवा अन्य विभिन्न जात-जातिहरूले पनि मन पराइएको चलचित्र हुनाले अमेरिकामा पनि मगरमात्रै नभएर अन्य नेपाली भाषीहरूले पनि मन पराएर एक पटक हेरेर 'रैँया' चलचित्रलाई माया गर्नुहुनेछ भन्ने कुरामा विस्वास्त छु म ।

 

 

Last Updated on Wednesday, 22 July 2015 20:23

Hits: 1214

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर