A+ A A-

म सम्पूर्ण मगरहरुको साझा उम्मेदवार हुँ : नवीन रोकामगर

लामो समयदेखि मगर समुदायको सामाजिक, सांस्कृतिक, भाषिक, राजनीतिक उत्थान र विकासमा लागिरहेका व्यक्तिको नाम हो नवीन रोकामगर

म सम्पूर्ण मगरहरुको साझा उम्मेदवार हुँ : नवीन रोकामगर

समुदायको अधिकार र पहिचान लडेरै मात्र प्राप्त हुने विचार राख्दै आएका रोका नेपाल मगर विद्यार्थी संघको आर.आर. क्याम्पस काठमाडौंमा सदस्य हुँदै सामाजिक संस्थामा प्रवेश गरेका थिए । रोल्पाको उवा—५ स्थायी घर भएको रोका रोल्पा–काठमाठौं सम्पर्क मञ्चको अध्यक्ष भएर दुई कार्याकाल काम गरे । नेपाल मगर सांस्कृतिक कलाकार संघको केन्द्रीय सचिव, नेपाल मगर संघको केन्द्रीय उपाध्यक्ष हुँदै हाल महासचिव छन् ।

मगर समुदायको साझा संस्थाको रुपमा रहेको नेपाल मगर संघको यही बैशाख १८ देखि २२ गतेसम्म चितवनमा ११औं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका नवीन रोकामगरसँग महाधिवेशन र उम्मेदवारीबारे esamata का लागि अर्जुन जम्नेलीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ :


 

 

अधिवेशन तयारी कस्तो भइरहेको छ <

अन्तिम अवस्थामा पुगेको छ ।

सम्मेलनमा प्रतिनिधि कति, कहाँकहाँबाट आउँछन्  उद्घाटनमा को को आउँछन् ?

नेपालको ६८ जिल्ला, ६ वटा भातृ संगठन र १२ वटा विदेश शाखाबाट पाँच पाँच जनाको दरले प्रतिनिधि आउने निश्चित भएको छ । आजीवन सदस्यहरुबाट पनि प्रतिनिधिहरु आउँछन् । १८ गते सभामुख ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यमा विशाल जनसभासहित उद्घाटन हुँदैछ ।

कुनै पनि बेला हिजो खोसिएका राज्य फिर्ता गर्न सक्छन् भन्ने षड्यन्त्रको साथ मगरहरुलाई एकै ठाउँ बस्न दिनु हुँदैन भनेर मगरात भूमिलाई तीन खण्डमा विभाजित गरेको हामीले बुझेका छौं । विभाजन गर्नु भनेको शासकहरु डराउनु हो ।

महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभयो । तपाईंंको उम्मेदवारी केका लागि <

मगर संघ पहिला भाषिक, सांस्कृतिक, धार्मिक मुद्दामा सीमित थियो । अहिले मगरात स्वायत्त राज्यको माग उठिरहेको छ । घोषित ‘जाली’ संविधानले समेत मगरलगायत उत्पीडित आदिवासी जनजाति, क्षेत्र र महिलाहरुको अधिकार सुनिश्चित नगरेको अवस्था हो । त्यसमाथि पनि मगर समुदायको ऐतिहासिक मगरात भूमिलाई तीन चिरामा छिन्नभिन्न बनाएको छ । त्यसमा हाम्रो विल्कुल असहमति छ । हाम्रो भूमिलाई तीन चिरा पार्नु भनेको मगरलाई सिद्ध्याउनु हो । मगरका भाषिक, सांस्कृतिक, धार्मिक र राजनीतिक ऐतिहासिक पहिचानलाई मेटाउनु हो । त्यो भनेको इतिहास नामेट पार्नु हो । त्यसकारण तीन चिरा पारेको मगरात भूमिलाई एकीकृत मगरातको लागि लड्ने मेरो एउटा मुद्दा हो । हिजोदेखि आजसम्म मगरातको लागि अग्रपंक्तिमा लाग्ने मान्छेहरुमध्ये एउटा नवीन रोका पनि हो ।

दोस्रो मगर समुदायलाई आर्थिक, राजनीतिक समृद्धी र रुपान्तरणको लागि हो । तेस्रो कुरा, मान्छे स्वभावैले चेतनाले विकास हुने गर्छ । चेतनाले रुपान्तरण गर्छ । चेतनाको श्रोत भनेको शिक्षा हो । मातृभाषाका शिक्षाको व्यवस्था नभएको कारण शिक्षा लिनबाट ओझेलमा पर्दै आएको छ मगर समुदाय । शैक्षिक विकासको लागि पनि, भाषिक, सांस्कृतिक विकास र अधिकारको लागि पनि, मगरहरुलाई राज्यको हरेक अंगहरुमा समानुपातिक सहभागिता र मगरात राज्य प्राप्तिको आन्दोलन माथि उठाउनको लागि मेरो उम्मेदवारी हो ।

अध्यक्ष पदका उम्मेदवारहरुबीच आर्थिक चलखेल भइरहेको भन्ने आइरहेको छ । हो <

राज्य, समाज नै त्यसैमा चलिरहेको छ । जनताको चेतना जुन ढंगले उठाइदिनुपर्ने हो त्यो भएन । जब मान्छेको चेतना कमजोर हुन्छ तब बस्तुले मान्छेलाई किन्ने, बस्तुले मान्छेलाई बिगार्ने हुन्छ । मगर संघ महाधिवेशनको बारेमा पनि आर्थिक चलखेल भइरहेको भन्ने कता—कता सुन्नमा आएको छ ।

मजस्ता पहिचानवादी उम्मेदवारको विरुद्धमा पहिचानविरोधीहरुले साम, दाम, दण्ड, भेद प्रयोग गर्ने क्रममा ठूलो आर्थिक चलखेल हुँदैछ है भन्ने मैले पनि सुनेको छु । तर, मलाई के लाग्छ भने अहिलेको ११औं महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षकहरु हिजोको भन्दा फरक चेतनाका छन् । हिजोको भन्दा परक स्तरका छन् । त्यसकारण उनीहरुले मुद्दालाई हेर्नेछन् । विचारलाई हेर्नेछन् । र उम्मेदवारको इमान्दारीता, क्षमता, इतिहास र योगदानलाई हेर्नेछन् । सही मान्छेलाई भोट दिनेछन् । त्यो सही मान्छे नवीन रोकमगर नै हुनेछ भन्नेमा ढुक्क छु ।

तपाईंले चाहिँ कति खर्च गर्दै हुनुहुन्छ <

मेरो त खर्च गर्ने पैसाको हुँदैन । मेरो खर्च विचार, मुद्दा र बलिदानको हुन्छ । पैसाले प्रतिनिधि किन्ने कुरामा म विल्कुल सहमत छैन ।

एकापट्टि मगरात आन्दोलन र अर्कोपटि सिङ्गो पहिचानवादी आन्दोलन अगाडि बढाउने छौं । त्यहाँभित्रको राजनीतिक, सामाजिक, व्यवसायी सवैसँग मिलेर आन्दोलन चल्छ । मुद्दा मिल्ने सवैसँग मिलेर राष्ट्रव्यापी रुपमा संयुक्त आन्दोलन गर्छौं ।

एघारौं महाधिवेशनको मुख्य एजेन्डा के के हुनेछ <

यो अधिवेशनको खासगरी दुई वटा ऐजेन्डाहरु छन् । अहिलेको संविधानले तीन टुक्रामा पारेको मगरात भूमिलाई अधिकारसहितको एकीकृत स्वायत्त मगरात निर्माणमा लाग्ने हो । दोस्रो, सामाजिक रुपान्तरण र आर्थिक समृद्धि हुनेछ । राजनीतिक अधिकारसँगसँगै सामाजिक रुपान्तरण हुनुपर्छ । सामाजिक र राजनीतिक परिवर्तन भयो भने पनि आर्थिक समृद्धिको पनि उत्तिकै आवश्यक छ । त्यसकारण दुईवटा मुद्दालाई मुख्य एजेन्डा बनाएका हौं ।

मगरात आन्दोलन अब कसरी अघि बढ्छ <

शासकहरु वा सिंहदरबारका मालिकहरुले मागेर अधिकार दिने छैनन् । संसारमा मागेर जनताले अधिकार कसैले पाएका इतिहास भेटेको छैन । जनताको न्यायपूर्ण अधिकारको लागि डलेर हारेको इतिहास पनि पाइएको छैन । त्यसो भएको कारणले ११औं महाधिवेशनपश्चात् माटोको लागि लड्ने छौं । संविधानले हाम्रो माटोलाई चिरेको छ । त्यसलाई सच्याउनको लागि लडिनेछ । दोस्रो कुरा, वर्तमान संविधानले भाषिक, सांस्कृतिक, सामाजिक रुपले सहभागिता गराउन सक्दैन । एकापट्टि मगरात आन्दोलन र अर्कोपटि सिङ्गो पहिचानवादी आन्दोलन अगाडि बढाउने छौं । त्यहाँभित्रको राजनीतिक, सामाजिक, व्यवसायी सवैसँग मिलेर आन्दोलन चल्छ । मुद्दा मिल्ने सवैसँग मिलेर राष्ट्रव्यापी रुपमा संयुक्त आन्दोलन गर्छौं ।

मगरात त नयाँ कुरा हो नि, माओवादी जनयुद्धपछि उठेको होइन र ? इतिहासलाई हेर्ने हो भने नेपाल भन्ने देशको प्राचीन नाम मगरात हो । भारत, तिब्बत मगरातभित्र पर्थ्यो । पछि नेपालमा रुपान्तरण भएको पाइन्छ । नेपाल भन्ने वर्तमान देशको अभ्यास मगरातबाट सुरु भएको हो । वर्तमान शासक जातिहरुले पहिले मगरातबाट सत्ता हत्याएका हुन् । राज्य खोसेका हुन् । पृथ्वीनारायण शाहदेखि अहिलेसम्म किन मगर र मगरातलाई लगातार प्रहार भइरहेको छ । कुनै पनि बेला हिजो खोसिएका राज्य फिर्ता गर्न सक्छन् भन्ने षड्यन्त्रको साथ मगरहरुलाई एकै ठाउँ बस्न दिनु हुँदैन भनेर मगरात भूमिलाई तीन खण्डमा विभाजित गरेको हामीले बुझेका छौं । विभाजन गर्नु भनेको शासकहरु डराउनु हो ।

जनयुद्धमा लडेर पछि किन माओवादी छाड्नुभयो <

राजतन्त्रलाई परास्त गरेर गणतन्त्र स्थापित गरेको माओवादी युद्धले नै हो । जनयुद्धको जगमा टेकेर भएको १९ दिने जनआन्दोलनले गणतन्त्र ल्यायो । माओवादी आन्दोलनकै छालले जनतामा पहिचानको आन्दोलन गर्ने चेतनाको विकास भएको हो ।

पहिचानको मुद्दा माओवादीले नै उठाएको हो । तर, उठाउनु मात्र ठूलो कुरा होइन इमान, जमानको साथ सही ठाउमा पुर्‍याउनु ठूलो कुरा हो । पछिल्लो समयमा माओवादीका नेताहरु र पार्टी मुद्दाबाट विचलनमा आयो । त्यहाँ विचलन आएपछि हामीले पार्टी छाडेका हौं ।

पहिचानको मुद्दा माओवादीले नै उठाएको हो । तर, उठाउनु मात्र ठूलो कुरा होइन इमान, जमानको साथ सही ठाउमा पुर्‍याउनु ठूलो कुरा हो । पछिल्लो समयमा माओवादीका नेताहरु र पार्टी मुद्दाबाट विचलनमा आयो । त्याहा विचलन आएपछि हामीले पार्टी छाडेका हौं । मुद्दा रहेसम्म बसियो । त्यो पार्टीमा मुद्दाले बिदा लिएपछि हामीले पनि पार्टीबाट बिदा लिएका हौं ।

ढोरपाटन शिकार आरक्षमा सेना राख्ने सरकारी निर्णयको स्थानीय जनताबाट विरोध भइरहको छ । यहाँले जित्नुभयो भने यो विषय कसरी अघि बढ्नुहुन्छ <

मैले जिते पनि नजिते पनि ढोरपाटन मगरातभित्रको भूमि हो । सारा मिडियाबाट भन्दै आएको छु कि सत्ताधारीहरुले मगरात भूमिलाई तीन चिरा पारेर नपुगेर अझ भूमि कब्जा गरिरहन सेनाको ब्यारेक पठाउने निर्णय गरेका हुन् । सेना लगेर मगर लगायतका जनतालाई उठिबास गर्ने काम भइरहेको छ । त्यहाँ जनताले विरोध जनाइरहेका छन् । सरकार जवरजस्ति गरिरहेको छ । यो नेपालको लागि राम्रो संकेत होइन ।

यो विषयलाई सरकारले गम्भीर रुपमा नलिने र जनताको मागलाई सम्बोधन नगर्ने हो भने शक्तिको बलमा जवरजस्त सेना पठाएर थिचोमिचो र भूमि हडप्ने काम नछोड्ने हो, भने जनताले साधारणदेखि फौजी आन्दोलनसम्मको विकास गर्न सक्छ । किनकी मगरात आन्दोलन अझै पनि फौजी आन्दोलनको रापतापमा बाँचिरहेको छ ।

पहिचानको आन्दोलन अघि बढिरहेको बेला सरकारले आगोमा घ्यू थप्ने काम गरिरहेको छ । सरकारले गम्भीर रुपमा लिएर मागको सम्बोधन गरेन भने यो आन्दोलनको नेतृत्व लिन अघि सर्छु ।

अन्तमा केही छ <

मगर संघको अध्यक्ष पदको प्रतिस्पर्धा कुनै व्यक्तिलाई जिताउने र हराउने प्रतिस्पर्धा होइन । यो राज्यद्वारा अधिकार, पहिचान खोसिएका मान्छेहरु र शासकबीचको लडाइँ हो । म पहिचान र अधिकारको पक्षमा लड्ने प्रतिनिधिको रुपमा अघि बढेको छु । हाम्रो संघर्ष व्यक्ति र जाति विशेषसँग होइन ।

साभार : इसमता डट कम

Last Updated on Thursday, 28 April 2016 16:08

Hits: 1750

मगर संघको नेतृत्वमा आउने ब्याक्तिले पार्टीको विचार त्यागेर आउनु पर्दछ : अध्यक्ष थापा

राज्यसत्ता व्यूरो   

   नेपाल मगर संघ हङ्कङ्गका सस्थापक सल्लाहकार तथा भूपू अध्यक्ष,आदिवासि जनजाति महासंघ हङ्कङ्गका संस्थापक अध्यक्ष हुम बहादुर थापा (पचभैया )मगर, बेलायती सेनामा भर्ती हुनु अघि नै समाज सेवामा परिचित हुनुहुन्थ्यो । १५ बर्से जागिर पछि स्वदेशमै रहेर सामाजिक क्षेत्रमा सक्रिय थापा गएको फागून २२ गते चितवनमा सम्पन्न नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघको केन्द्रिय अध्यक्षमा निर्बाचित हुनुभयो । गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष समेत रहनुभएका थापा, बिगत १० बर्ष अघि देखि नै राज्यसत्ता डट,कम नामक डिजिटल अनलाईन पत्रिकाको निर्देशक भई पत्रकारीतामा समेत सक्रिय हुनुहुन्छ । ठिमुरे,धोर्लीखरक पाल्पा निवासी थापा हाल काठमाण्डौमा बस्नुहुन्छ । अन्याय अत्याचार बिरुद्ध खरो उत्रिने थापाले आगामी बैशाख १८ देखि २२ गते सम्म चितवनमा हुन लागेको नेपाल मगर संघको महाधिवेशनलाई सहमतिका आधारमा सक्षम नेतृत्व चयनका लागी जोड दिदै आउनुभएको छ ।

प्रस्तुत छ मगर संघको महाधिबेशनलाई केन्द्रित गर्दे उहा संग मगर मिडिया डट कम का सम्पादक देब पचभैयाले गर्नुभएको कुराकानीको केही अंशहरु…

प्रश्न: भुपु सैनिक संघको बारेमा केही जानकारी गराईदिनुस न ?

धन्यबाद देब जी, मगर समाजमा भूपू सैनिकहरुको संलग्नता र योगदान बिर्सनै नसकिने लगानीे छ । मगर संघको विधानको धारा ५ उपधारा १७ (च) मा भूपूका बारेमा व्यवस्था भएपनि लामो समय सम्म आवद्धता पाएका थिएनौ भुपुहरुले । तर, उहाहरु संग लामै कस्साकस्सी परे पछि यही गएको चैत्र २९ गते चितवनको केन्द्रिय समिति बैठकमा हाम्रो समितिले ज्ञापनपत्र बुझायौ , आपसी छलफल र बहस गर्र्यो अनि हामीलाइ संघमा भातृ सस्थाका रुपमा स्वीकार गरिएको हो । भूपू सैनिक तथा प्रहरीहरुको सस्था २०६६ साल पुष १५ गते बुटवलका भूपूहरुले सुरु गरेका हुन् । २०६८ सालमा भूतपूर्व संघको चितवन अधिवेशनले मन बहादुर पुलामी मगर लाई अध्यक्षमा चयन गरेको थियो । २०७२ साल फागून २२ गतेको तेस्रो महाधिवेशनले मलाई नेतृत्व प्रदान गरेको छ ।

प्रश्न: भूपू र मगर संघ बिचको एकता वा सामिप्यता कस्तो छनि ? मगर संघलाई भूपूहरुले के कसरी सहयोग गरेका छन् ?

बीचमा केहि असहजता देखिए पनि अहिले विस्तारै सम्वन्ध सुधारिएको छ । नेपाल मगर संघलाई स्थापनाकाल देखिनै हरेक क्षेत्र र समयमा जुनसुकै सहयोग गर्न पछि परेका छैनौ । वास्तवमा भन्नेनै हो भने अहिलेको मगर संघको केन्द्रीय कार्यालय कलङ्कीमा रहेको भवनमा ९५ प्रतिशत भूपू सैनिक तथा प्रहरीहरु र तिनका आश्रित परिवारहरुबाट लगानी भएको छ ।

प्रश्न: धेरै बर्ष देखि मगर संघको भातृसंगठन हुन नसकेको भुपुलाई तपाई अध्यक्ष भएदेखि नै कसरी भातृसस्थाको मान्यता मिल्न पुगेको नि ?

विगतका अध्यक्ष ज्यूहरु काठमाण्डौ केन्द्रित नभएकोले मगर संघ सँग सामिप्यता हुन सकेको पनि हुन सक्छ । म यहि बस्ने र मगर संघका पदाधिकारी संग बढी मात्रामा उठबस भएकाले पनि हुन सक्छ । तर मेन कुरा के हो भने हामीहरु एक आपसमा घनिभुत छलफल र अन्र्तक्रिया गर्र्यो, एक आपसका मनका तिक्तmताहरु घुलित गर्र्यो, आपसका कमीकमजोरी स्वीकार गर्र्यो र सबै मिलेर मगर हितका कामा गर्ने हो भन्ने भएर संगै अघि बढ्ने गरी भातृ सस्थाको मान्यता पाएका हौ ।

प्रश्न: मगर संघको महाधिवेशनमा भुपुहरुको सहभागीता र पदाधिकारीमा कसरी प्रतिनिधित्व गर्दे हुनुहुन्छ ?

यो महाधिवेशन लाई प्रभावकारी बनाउन धेरै भन्दा धेरै जिल्लाहरुबाट भूपू,प्रहरी तथा सैनिकहरुलाई सहभागी बनाउदै छौ । मेरै नेतृत्वमा ३ जना प्रतिनिधि र २ जना पर्यवेक्षक गरी ५ जनाले महाधिबेशनमा भाग लिदै छौ ।

प्रश्न: मगर संघको महाधिबेशनमा अधिकांश भूपूहरु जिल्ला जिल्लाबाट प्रतिनिधि भएर आउदैछन्, उनीहरुले जसलाई सहयोग गर्छन् उनैले जित्छन् भन्नेहरु पनि छन् । भनेपछि भूपूहरु आफै नेतृत्व गर्न अघि सर्ने हो कि अरु कुनै पदमा बार्गेनिङ्ग गर्ने ?

अहिलेको मगर संघको विधानलाई मैले अध्यन गर्दा अलिक तानशाही जस्तो देखिन्छ,अर्थात सीन्डिकेट छ । भूपू मात्र नभएर राम्रो मान्छे मगर संघको नेतृत्वमा पुग्न लाई करीव १६ वर्ष कुर्नु पर्छ । अहिले बुद्धिजिवि मगरहरु राजधानीमा दिनहुँ विधानलाई खुकुलो बनाउने बारेमा बहस चलाईरहेका छन् । विधानलाइ यो महाधिबेशन बाट संशोधन गरेमा निश्चय पनि भूपूहरु नेतृत्वमा जान सक्नेछन् र सक्षम पनि छन् । कारण विगतका इतिहासले पनि भूपूहरुको नेतृत्वले मगर संघ यहाँ सम्म आइपुगेको प्रमाणित गर्दछ । विधानले बाधा दिएता पनि बार्गेनिङ होइन हाम्रो मगरलाई भन्दा पनि राम्रो मगरलाई हाम्रो सहयोग रहनेछ ।

प्रश्न: महाधिबेशनमा पुरै मोर्चा बन्दी र राजनैतिक गुटका आधारमा निर्बाचन हुन लागेको भन्ने हल्ला चलिरहेका बारेमा भुपु हरुले समाउने हागो कता होला ?

हो यो कुरा मैले पनि सुनेको छु , वास्तवमा यदि यो सत्य हो भने हाम्रो समाजको लागि घातक हो । मगर संघको नेतृत्वमा आउनको लागि कुनै पनि राजनितिक पार्टीको विचार बोकेर आउनु हुदैन । जो आएपनि चार वर्षका लागि विचार त्यागेर मगरको लागि केहि गर्छु भनेर आयो भने मगरको विकास र भलो हुन सक्दछ । अनि महाधिबेशनका प्रतिनिधिहरुले पनि यस बिषयमा ख्याल गर्नुुहुन्छ भन्ने मलाई लाग्छ । किनभने हामीले सक्षम नेतृत्वलाई मगर संघमा योगदान गरेका, मगर हकहितका लागी निरन्तर आवाज उठाएकालाई बढी प्राथमिकता दिनुपर्छ । जहा सम्म भूपूहरुले समाउने हागो कता होला ? भन्ने बारेमा भूपूहरु केही गर्न आफै सक्षम छन्, कसैको हागा समात्न आवश्यक देख्दिन । बरु नेतृत्वको अवसर पाएको खण्डमा मगर र मगर संघलाई धेरै उचाईमा लान सक्छन् भन्ने विगतका चार जना भूपू सैनिकका अध्यक्षहरु बाट पनि नमुना प्रस्तुत भइसकेको छ ।

प्रश्न: खास गरी भूपू सैनिकको संघलाई फराकिलो हुन सकेन, एउटा मात्रै दलको भातृसस्था जस्तो भयो, पुर्ब मेची देखि पश्चिम महाकाली सम्मका भूपूहरु अटाउन सकेनन् भन्ने बिगत देखि नै आरोप छ नि ?

यो गलत प्रचार हो, मगर संघले यस बिषयमा कुनै कुरा भनेको छैन। यदि यस्तो भएको थियो भने संघले कुनै प्रतिक्रिया वा सुझाब सल्लाह दिईहाल्नुपर्ने हो । तर साचो कुरा चाही के हो भने विगतमा नेपाल मगर संघले नै भूपू सैनिक तथा प्रहरीहरु लाई विधानको धारा ५ उपधारा १७ (च) मा व्यवस्था भएपनि आवद्धता दिएका थिएनन् । लामो संघर्ष पछि अहिले गएको चैत, २९ गतेको नेपाल मगर संघको चितवन केन्द्रिय समितिको बैठकको बहुमत सदस्यबाट हामीलाई नेपाल मगर संघमा आबद्धता दिईएको हो । नेपाल मगर संघको यो निणर्यलाई स्वागत गर्दै मगर संघलाई धन्यवाद सहित आभार प्रकट पनि गर्दछु । अव संगठन विस्तारको लागि मगर संघकै सल्लाह र सहयोगमा हामी देश दौडाहा निश्किसकेका छौ ।

प्रश्न: तपाईको ब्यतिmगत कुरा गर्दा लामो समय देखि सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ, मगर संघको महाधिबेशन पनि नजिकिदै छ । के हामीले तपाईलाई मगर संघको केन्द्रिय समितिमा देख्न सक्छौ ?

हाहाहा…., संगै बसी काम गरौ भनेर धेरै साथीहरुले त बोलाइरहनु भएको छ तर, मैले जाने वा नजाने निर्णय गरेको छैन । त्यसको जिम्मा भूपू साथीहरुको नै हो । किन भने मैले मात्रै डिसिजन गरेर हुदैन । सबै भूपूहरु संग यस बिषयमा छलफल गर्नु आवश्यक छ । जे हुन्छ , सामुहिक निर्णय बाटै हुन्छ ।

प्रश्न: अव अलिकति फरक कुरा गरौ , मगरहरु लाहुरे भएरै पनि मगर हरु पछि परेका हुन् भनेर भन्नेहरुलाई तपाई के भन्नुहुन्छ ?

म यस कुरामा सहमत छैन । मगरहरु लाहुरे भएरनै शिक्षा,सामाजिक,आर्थिक र राजनितिक चेतना आएको हो । यदि मगरहरु लाहुरे नभईदिएको भए अरुले भने जस्तै भारी बोकेर जीविकोपार्जन गर्ने अवस्था आउथ्यो । अहिलेका जतिपनि डा.,प्रध्यापक,इन्जिनियर,वकिल,पत्रकार लगायत मगर नेताहरु जन्मेकाछन् भूपूकै छोरा भाई , ज्वाई चेलाहरु छन् । भनौन प्रथम शहिद लखन थापा,मास्टर मित्रसेन,बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता कुलवीर थापा मगर, कर्ण राना मगर, लालबहादुर थापा मगर,नेत्र बहादु थापा मगर शेरबहादुर थापा मगर र तुलबहादुर मगर गरी ६ जनाले भिक्टोरिया क्रस प्राप्त गर्न सफल भएका थिए । त्यस्तै अन्य महावीर पुन,रामबहादुर थापा बादल,गोरेबहादुर खपांगी,एम.एस.थापा,पूर्व आईजिपि कुवेर सिं राना,प्रा.डा.केशरजंग बराल मगर लगायतका व्याक्तिहरु लाहुरेहरुका सन्तान हुन् । उनीहरु त केहि उदाहरणका पात्र मात्रै हुन् । यसमा लाहुरेकै योगदान पक्कै बढी छ ।

प्रश्न: तपाई लामो समय देखि नै मिडिया चलाएर बस्नुभएको पनि छ । आखिर मिडियाको किन आवश्यकता हुने रैछनि ?

मिडिया राष्ट्रको चौथो अंग मानीन्छ । र मगरहरुलाई जनचेतना जगाउन पनि मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । मगरको मिडिया नभएकै कारण मगरहरु राज्यका हरेक निकायमा पछि परेका हुन् । मगरहरुले मिडियाको महत्व नवुझ्नाले मगरहरु राज्यको मुलधारमा आउन नसकेको मेरो बुझाई रहेको छ । नेपालीमा उखान छनि जसको जोत उसैको पोत भनेझै २९ प्रतिशत जनसंख्या हुनेहरुले मिडियामा पक्कड जमाएका छन् , राज्य सत्ताको मुलधारमा उनीहरुकोनै हालीमूहाली छ ।

प्रश्न: त्यसो भए मगर हरुले किन मिडिया चलाउनु पर्ने रैछनि ?

ठीक प्रश्न गर्नु भो , मगर ब्यक्तिmत्वहरुको कार्यक्रममा मैले धरै सहभागीता जनाई सकेको छु । राष्ट्रका मर्यादा क्रममा दोस्रो र तेस्रो स्थानमा रहेका उपराष्ट्रपति नन्दकिशोर पुन र व्यास्थापिका संसदका सभामुख ओनसरी घर्ती, मगर भएकै कारणले नेपालको मूलधारका संचार माध्यममा उहाहरुको समाचार बन्न सकिरहेको छैन ।

प्रश्न: तपाई भुपु सैनिक संघको अध्यक्ष हुनुहुन्छ, भुपु वा लाहुरेहरुको पैसाको खासै सदुपयोग हुन सकेन, उनीहरु घर घडेरी जोड्ने मात्रैमा सिमित भए, लाहुरेहरुको रकम त औधोगिक क्षेत्रमा लगानी गर्नु पर्ने भन्ने सुझाब निकै छ नि ?

त्यसो होइन, लाहुरेहरुले औधोगिक क्षेत्रमा पनि लगानी नगरेका होइनन्,लाहुरेहरु इमान्दार र सोझो भएको फाइदा उठाउदै यहांका चण्डाल र टाठा बाठा भनौदाहरुले लाहुरेहरुको लगानी डुबाइदिएका धेरै नुमना छन् । बुटवल औधोगिक धागो कारखाना,पोखरा बाट सञ्चालित पश्चिमाञ्चल भूपू सैनिक बस सेवा,अधिकांश इगिलिस बोर्डिङ स्कूल तथा निजि स्तरमा खुलेका अस्पताल लगायतका अन्य विकासक्षेत्रमा लाहुरेहरुको लगानीमा खोलिएका उधोग धन्दा बन्द भएका छन् । तर, अहिलेका लाहुरेहरु केहि सचेत भएका छन् । जस्तै काठमाण्डौमा मगरहरुले एकता फाईनान्स कोओपरेटिप सफल्ताका साथ सन्चालन गर्दै आएका छन भने देशका अन्य भागमा पनि आफैहरु अगाडी सरेर उधोग धन्दा स्थापना र संचालन गर्दै आई रहेका छन् । भूपू सैनिक तथा प्रहरीहरु शिक्षाका ज्योती हुन भन्ने प्रमाण नेपाल मगर संघ यूकेमा रहेका लाहुरेहरुको अहिले सम्मको सवैभन्दा ठुलो राशि एक करोड रुपैयाको लगानीमा स्नाकोत्तर र विधावारिधि गर्ने गरीब तथा जेहेन्दार मगर विधार्थीहरुलाई अक्षय कोष खडा गरेका छन् । त्यस्तै अर्का संस्था क्या.कुल प्रसाद पुन मगर र मनिराज पुन मगर लगायत अन्य भूपू मगरहरुको लगानीमा मगर विधार्थी उत्थान समाजको स्थापना गरी नर्सरी देखि स्नातक सम्मको अध्यनको लागि छात्रवृत्ति कोष खडा गरेका छन् । र देशको अन्य भागमा पनि भूपू सैनिक तथा प्रहरीको लगानीमा बिभिन्न बिकाशको काममा लगानी भैरहेको छ । तर यसको लागी पनि राज्यले बिशेष ब्यवस्था गर्नुपर्छ ।

प्रश्न: मगर सघलाई बलियो बनाउन भुपुको तर्फ बाट कुनै सुझाब वा योजनाहरु छन् कि ?

मगरहरुले बिभिन्न पार्टीमा आस्था राख्नु उनिहरुको नैसर्गीक अधिकारको कुरा हो,तर आस्थाकै भरमा सिंगो मगर समाजलाई ड्यामेज गर्ने गरी मगर संघमा कुण्डली मारेर बस्नु समाजको लागी घातक हो र मगर समाज बलियो हुदैन भन्ने कुरो नेतृत्वले बुझ्न जरुरी छ । माथीनै भनिसके मगर समाजको लागी आउने नेतृत्वले पार्टीको झोला जो कसैलाई सुम्पेर आएमा समाजले उनिबाट फाईदा लिन सक्दछ अर्थात समाज माथी पुग्न सक्दछ । नेपाल मगर संघले भूपू सैनिक तथा प्रहरीहरुको योगदानलाई कदर गर्न सके भूपूहरुको सहयोग पनि उपायोग गर्न सकिन्छ । बल्ल सबै मगर समाजको बिकास हुनेमा दुईमत देखिदैन ।

प्रश्न: अन्त्यमा के भन्न चाहानुहुन्छ ?

सर्वप्रथमत भूपू र नेपाल मगर संघ बीचको सम्बन्ध अझ सुमधुर हुनुपर्छ । लाहुरेहरुलाई संघले हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु पर्यो । लाहुरेहरुले पल्टनमा सिकेका ज्ञान र सिपलाई मगर संघले ग्रहण गरेमा मगरलाई मात्र नभई सिंगो नेपाललाईनै धेरै ठुलो फाईदा हुने देखेको छु । विदेशमा गएका मगरहरुको आफ्नो देश र मगरको लागी नसा नसामा मगरत्वको रगत बगेकाले मगरको नाममा संगठन खोलेर संगठित भईरहेका मगरहरुलाई मगर संधले सहयोग र हौसला दिनु पर्दछ । उनिहरुको रगत र पसिनाको कदर गर्न समाज पछि पर्नु हुन्न । बिदेश बाट मगरहरुले पठाएको रेमीट्यान्सलाई मगरीकरण गरी मगर समाजको बिकाशमा लगाउन संघ पछि पर्नु हुदैन । अन्त्यमा मगर मिडिया डट,कमले मलाई मेरो बिचार राख्ने मौका दिनु भएकोमा धन्यबाद सहित मगर मिडिया डट,कमको उत्तोरत्तर प्रगतीको कामना गर्दछु ।

 

 

Last Updated on Monday, 18 April 2016 16:04

Hits: 767

म संग धेरै अनुभव छ,सिकेको ज्ञानलाई अरुलाई सिकाउने छु : अध्यक्षका उमेद्वार नेम थापा मगर

समाज सेवीको रुपमा परिचित नेम थापा , अहिले मगर संघ युकेको उपाध्यक्ष हुनुहुन्छ । १० बर्ष बहराईनमा रहदा शयौ नेपालीको सहयोगमा दिनरात खटिनुभयो । मगर संघ बहराईन र नेपाली कलबको समेत उहाले स्थापना गर्नुभयो । झण्डै ११ बर्ष देखि बेलायतमा बस्दै आउनुभएका थापा २००६ साल देखि नै युके मगर संघको केन्द्रिय समितिमा आबद्ध हुनुहन्छ । अहिले हुन लागेको मगर संघ युकेको अधिबेशनमा आफुले अध्यक्षको जिम्मेवारी पाए पहिचान र अधिकार प्राप्तीको लागी थप शतरुपमा होमिने उहाको भनाई छ । एकता नै बल हो भन्ने मान्यतालाई आत्मसात गर्दे अघि बढ्नुभएका थापाले ब्यतिगत फाईदा भन्दा सबैको हित सम्झिएर अघि बढे सफलता प्राप्ती हुनेमा विस्वस्त हुनुहुन्छ ।

प्रस्तुत छ, राज्यसत्ता डट, कमले उहा संग गरेको यो छोटो कुराकानी ।

तपाईंको परिचय ?  

जन्म स्थल तनहुँ जिल्ला केशवटार  गा. बि. स  वडा न  २ नया गाउँ, माध्यमिक स्तर (US High School Diploma)।  फार्नबोरो यु. के. मा बस्छु, एक छोरी, एक छोरा सहित चार जनाको परिवार छ ।  

नेम थापा को हो जस्तो लाग्छ ?

म एक साधारण व्यक्ति, बितेका करिब दुइ दसक समाज सेवामा लागे तेसैले धेरैले समाज सेविको रुपले चिन्ने गर्छन जस्तो लग्छ ।  

तपाईं कुन कुन सामाजिक संस्थाहरुमा आबद्ध हुनु हुन्छ ? सामाजिक संस्थाहरुमा आबद्ध हुने कोबाट प्रेरणा  पाउनु भयो र किन यसरि सामाजिक संस्थाहरुमा लाग्नु भयो ? 

मगर संघ यु के, ग्रेटर रशमुर नेपाली कममुनिटी, तनहुँ जिल्ला समाज यु. के, र नया युवामा यु. के. आउनु भन्दा पहिला (US High School Diploma) कम्पनी मा करिब दस वर्ष बिताए जहाँ मेरो (US High School Diploma)मात्र नभएर social life को पनि केहि अनुभब गर्ने मौका पाए । तेती खेर अनुमानित १० हजार नेपाली रहेको देश Bahrain मा नेपाली दुताबास को त कुरै नगरौ  कुनै सस्थागत नेपाली समाज पनि थिएन । धेरै दुख पाएको दाजु भाई अनि दिदि बहिनी  हरुलाई सकेको सहयोग गर्दै जादा बिस्तारै समाज सेविको रुपमा चिनिन पुगेछु । Bahrain Human Rights Groupमा १३ वटा देश बाट ३५ जनाको सदस्यमा नेपाली भएकोले विश्वास गरेर होला Treasurer को जिम्मा निभाउने मौका पाए जति खेर अन्य देशहरुको बारेमा र Bahrain  को कानुन को बारेमा पनि केहि अनुभब गर्ने अबसर मिल्यो फलस्वरूप मगर संघ Bahrain खडा गर्ने देखि लिएर नेपाली क्लब को अध्यक्ष पदमा सम्म सेवा गर्ने मौका पाए ।

२००६ मा यु. के. आए देखि मगर संघ यु. के. को केन्द्रिय समितिमा प्रवेश गरे देखि अहिले सम्म निरन्तर लागेको छु भने २०१० मा रसमुर बोरों काउन्सिलमा कम्मुनिटी सपोर्ट अफिसर पोस्टमा रही समाजलाई drug & alcohol बारेमा educate गर्दै आएको छु ।  कुनै पनि परिवारलाई होस् या संस्थालाई परेको समस्या समाधान गर्न पछि नहट्ने बानीले नै निरन्तर दिएको हो जस्तो लाग्छ ।  

मगर संघ युकेको उपाध्यक्षको कार्यक्षेत्रको बारेमा तथा तपाईलाई दिएको जिम्मेवारिहरुको बारेमा केहि बताइदिनु होस् न ? तथा अनुभब कस्तो रह्यो ?

कति कामहरु त केन्द्रमा पसे देखि निरन्तर गरि नै राखेको छु भने बिसेष उपाध्यक्षको भूमिका भने Foreign PR & Youth Coordinator गर्ने मौका पाए र धेरै ज्ञानहरु संगाल्ने मौका पनि पाए ।  

मगर संघ युके चौथो कार्यसमितिले सफल गरेका कार्यक्रमहरु तथा तपाई सन्तुष्टि भएको कार्यहरु मध्ये एक, दुइ, तिन गरि बताइदिनु हुन्छकी ?

१) नेपालमा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर मोटर साइकल दुर्घटनामा पर्नु भयो उहाको उपचारको निम्ति ठुलो खर्च जुटाउनु पर्यो सहयोग संकलन हुदै गर्दा सिंगापुरमा ओपेरेशनको लागि एक मुस्ट पैसा तत्काल पठाउनु पर्ने भयो तेती खेर मगर संघ केन्द्र बाट दस हजार पौण्ड ऋण लिएर पैसा पठाऊन सकेउ । त्यो ऋण तिर्न सकिन्न कि भन्ने पिर थियो तर ऋण तिरेर पनि अझै चार लाख रुपैया थप उपाचारको लागि पठाउन सकेउ भने जम्मा पच्चीस हजार पौण्ड भन्दा बढी रकम उठाउने सफल भयो ।

गोरे ब.खपांगी राम्रो सँग निको हुनु भएको छैन तर अहिले सम्म उहालाई बचाँउन सकेकोमा खुसि लागेको छ ।

२) तेस पश्चात गत साल नेपालमा गएको ठुलो भूकम्पले देशै रुवायो अन्य संघ संस्थाहरु जस्तै मगर संघ यु के ले पनि सहयोग जुटाउने तिर लाग्यौँ  अन्य देशमा रहेका मगर संघहरु संग सम्पर्क गरि नेपाल मगर संघ मार्फत भुकम्प पिडित ठाउँ हरुमा सहयोग गर्नेमा केहि भूमिका निभाउने गरे ।

३) Magarat Campaign जहाँ पनि media ले ठुलो भूमिका खेल्छ त्यो चाहे सकारात्मक होस वा नकारात्मक । नयाँ नेपाल निर्माणको लागि सबै नेपालीहरु लागि परेको अवस्थामा हामी बिदेशमा रहेता पनि आफ्नो देश प्रतिको चासो हरेक नेपालीमा हुनु स्वाभाविकै हो तर monopoly media ले नकारात्मक समाचार मात्र फैलाए । जनतालाई भ्रममा पारी देश टुक्र्याउने र जातीय लडाई हो भन्ने जस्ता नकारात्मक खबर मात्र दिएको पाइन्छ तेसैले media को fight media ले नै गर्नु पर्छ भनि नेपालमा विभिन्न जिल्लामा रहेको मगर पत्रकार हरुलाई पहल गरियो फलस्वरूप हाल सम्म २५ वटा जिल्लामा मगर आमसंचार कर्मीहरु खडा गरियो भने गएको फाल्गुन १७ गते काठमाडौँ मा Magar Journalists Mass Meeting सम्पन्न गरियो । एक सय भन्दा बढी मगर पत्रकारहरुको भेला ले केन्द्रिय समिति चयन गरि हाल वहाहरुले www.magarmedia.com वेबसाइट संचालन गर्दै भबिस्यमा powerful magar media बनाउने लक्ष्य लिएको छ ।

तपाइ एउटा लोकल काउन्सिलको निजामति कर्मचारी र मगर संघ युकेको उपाध्यक्ष जस्तो गरिमामय पोस्टमा रहेर काम गर्दा कस्तो अनुभब रह्यो बताइदिनु हुन्छ कि ?  

लोकल काउन्सिल को कर्मचारीमा  drug & alcohol education को काम गर्ने हो तर त्यो मात्र नभएर अन्य कुनै पनि समाजमा आइ परेका कामहरुमा पनि उत्तिकै मदत दिदै आएको छु भने मगर संघ केन्द्रमा रहेको हुनाले मेरो लोकल काउन्सिल मात्र नभएर अनन्य ठाउमा पनि मदत दिन मगर संघ बाट मौका पाएको छु  ।  

मगर संघ युकेको महाधिवेशन नजिकिदै गर्दा तपाई भबिस्यमा मगर संघ युकेको नयाँ कार्यसमितिमा बसेर काम गर्ने योजना छ कि छैन बताइदिनु होस् न  ?  

२००६ बाट मगर संघ यु. के. को केन्द्रिय समितिमा विभिन्न पदमा रही काम गरियो धेरै अनुभन बटुलेको छु तेसैले अब यी सिकेको ज्ञानलाई अरुलाई सिकाउने समय भएको महसुस गरेको छु तेसैले अबको कार्यसमितिमा नेतृत्व गर्ने निर्णय लिएको छु ।  

यदि मगर संघ युकेको अध्यक्ष पदमा नियुक्ति हुनु भयो भने  के गर्नु पाए हुन्थ्यो जस्तो लाग्छ ? एक, दुइ, तिन गरेर बताइदिनु सक्नु हुन्छ कि ?  

यदि मैले मगर संघ यु. के. को नेतृत्व गर्ने मौका पाएमा गर्दै आएको काम लाई निरन्तरता दिनुत छदैछ त्यो माथि यी निम्न काम हरु गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

Internally: 

१) Support to branches: ११ वटा साखाहरु मध्धे कति साखाहरु inactive अवस्थामा छन् ति साखाहरु लाई active बनाउने पहल गर्ने थिए ।

२) Membership drive: कति मगर हरु साखा नभएको town हरुमा छन् उहाहरुलाई कुनै एउटा नजिक को साखामा आबद्ध बनाउने र केन्द्रको आजीवन सदस्या बनाउनेमा जोड दिने थिए ।

३) Interaction programme: साखा बाहेक कति मगरहरु अनन्य नामकरणले पनि देखा परेको  स्थिति छ ति group हरु संग interaction गर्ने बेवास्था मिलाउने थिए साथै बुद्धि जिबिहरुसंग छल फल गर्ने बेवास्था मिलाई उहाहरुको सुझाबनुसर मगर संघ लाई अगाडी बढाउने थिए ।

४) Youth Generation gap: मगर हरुको मात्र नभएर यु.के. मा सबै नेपाली संघ संस्थाहरुले यो महसुस गरेको कुरा हो कि Youth Generation संग gap छ ।  बिगत तिन वर्षमा मैले ४ र ५ वटा Youth workshop गरि अनुभब बटुलेको छु । आउने कार्यसमितिमा ३ जना active युवा नानीहरुनै केन्द्रीय समितीमा पस्ने मिलाएको छु जसको सहायताले भाबी कार्यक्रम हरुमा युवा सक्ति पस्ने छन् ।

५) Sports: बिगतमा वर्ष दिनमा एक पटक लखन थापा कप आयोजना गर्दै आएता पनि लखन थापा लाई  प्रथम सहिद घोसनाको माग बाहेक खासै sports मा मगर संघ ये.के. चिनिदैन तेसैले मगर खेलकुद टिम खडा गर्ने मन लागेको छ ।

६) Promote MAUK to other fellow organisations: यु. के.मा रहेका अन्य संघ संस्था हरुसंग मगर हरुलाई चिनाउने । 

Externally:

१) बिगत केहि वर्ष यता अन्तरास्ट्रिय मगर हरुको नेटवर्क सुरु गरि मगर संघ ये. के. लाई संयोजक दिए तापनि केहि प्रबिधि को कारणले अगाडी बढ्न नसकेको अवस्था छ यस लाई ससक्त रुपमा अगाडी बधाई अबको २ वर्ष भित्र कुनै एउटा देशमा अन्तरास्ट्रिय मगर कन्फेरेन्स  गर्ने विचार छ ।

२) अन्य देशका मगर संघहरु संग मिलि Global Magar Development प्रोजेक्ट हरु ल्याउने जस्तै मगर बिस्व बिद्यालय खोल्ने ।

३) Magarat Campaign लाई support गर्नु ।

४) Magar Media लाई support नेपाल मा मात्र नभएर एसले global service दिन सक्ने बनाउने विचार छ ।

 

संसार भरि छरिएर बसेका मगर तथा नेपालीहरुलाई  केहि संदेश छ कि ?  

संसार परिबर्तान्सिल हो परिबतन हुन्छ तर पलायन हुनु हुदैन हामी जहाँ गए पनि आफ्नो पहिचान र संस्कार छोड्नु भुल्नु हुदैन भन्न चाहन्छु ।  

अन्त्यमा जिन्दकी के हो जस्तो लाग्छ ?

जिन्दकी एक अनौठो उपाहार हो जहिले तहिले सुखको खोजि गरेको हुन्छ तर दुखले पछ्याएको हुन्छ जस्तो लाग्छ ।   धन्यवाद

 

Last Updated on Monday, 21 March 2016 17:32

Hits: 787

सबै गोर्खाहरु एउटै मालामा उनीनु पर्छ बम थापा मगर

देव पचभैया

  चैत,१८ - बम थापा (सूर्यवंशी) मगर संघ युकेको महासचिव एबं पाल्पाली समाज युकेको अध्यक्ष हुनुहुन्छ । बेलायतको विरानो ठाउँमा आई पर्ने सुखदुःखमा हातेमालो गर्दै जातिय अधिकार प्राप्ती र सस्कृतिको संरक्षणका लागी सामाजिक सेवामा लागेको उहाको भनाई छ ।  सबै गोर्खाहरु एक हुनु पर्नेमा जोड दिदै आउनुभएका सूर्यबंशीले राज्य सत्ता डट,कम संगको कुराकानीमा एकआपसमा खुट्टा तान्ने काम बन्द गरी सबै एक भएर अघि बढे सबै कुराको संभब भएको बताउनुभएको छ । प्रस्तुत छ राज्य सत्ता डट,कमले उहा संग गर्नुभएको यो कुराकानी ।

१. तपाईं आफ्ना बारेमा कसरी सम्झनुहुन्छ ?

म नेपालको पाल्पा जिल्लामा जन्मे । तर भारत देहरादुनमा हुर्के अनि त्यतै पढेँ । मेरो बाबा भारतको केन्द्रीय रिजर्भ पुलिस फोर्समा इन्स्पेक्टर हुनुहुन्थ्यो । मलाई पनि वहाँजस्तै पुलिसमा भर्ती गराएर इन्स्पेक्टर बनाउने उहाँको चाहना हुँदाहुँदै पनि म साथीहरूको लहलहैमा ब्रिटिश गोर्खातिरको भर्तीमा लागे । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको जागिर खाएँ । त्यसपछि ब्रुनाईका सुल्तान हास्नल बोल्कियाको जागिर गरेर म हालमा सपरिवार लण्डनमा छु ।

२. तपाईं कुन कुन सामाजिक संस्थाहरूमा आबद्ध हुनुहुन्छ ? सामाजिक संस्थाहरूमा आबद्ध हुने प्रेरणा कोबाट पाउनुभयो र किन यसरी सामाजिक संस्थाहरूमा लाग्नुभयो ?

 म अहिले मगर संघ युके केन्द्रीय समितिको महासचिव, पाल्पाली समाज ‘पाल्पाली भाञ्ज्याङ युके’को अध्यक्ष र मगर बुद्धिस्ट सोसाइटीको सल्लाहकारमा आबद्ध रहेको छु । टाढा धेरै टाढा समुन्द्रपारि अर्काको देशलाई आफ्नो भनी बस्नुपरेको छ । नयाँ ठाउँ नयाँ परिवेशमा जीवन यापन गर्न सजिलो छैन, विशेष गरी पेन्सन क्रेडिट खान आउनुभएका हाम्रा नेपाली बाबाआमा (बुढाबुढी) हरूलाई । हामीलाई सुखदुःखमा एकअर्काको सहयोगको अति नै खाँचो छ । बेलायतको विरानो ठाउँमा हामीलाई पर्ने सुखदुःखमा सँगसँगै हातेमालो गर्ने उद्देश्य लिएर म संघ संस्थाहरूमा लागेको छु ।

 

३.हालमा अति विकसित देश बेलायतमा हुनुहुन्छ, मगर समुदायको पहिचान, भाषा, संस्कृति र परम्परालाई मगर संघ युकेले कसरी जोगाइराख्न सक्छ, अथवा यसका लागि संघको मुख्य दायित्व के हो जस्तो लाग्छ ?

 नेपाल आदिवासी जनजाति समुदायकै सबैभन्दा ठूलो जनसङ्ख्या ओगटेको मगर समुदायको अन्य समुदायको भन्दा फरक भाषा, संस्कृति र परम्परा रहेकाले मगर समुदायको छुट्टै पहिचान छ । विगतमा विभिन्न कारणले आफ्ना भाषा, संकृति र परम्पराबाट टाढिन पुगेको मगर समुदायले अहिले आएर पहिचानबारे महत्व बुझ्न थालेको छ । बसाईं सराइ, एक भाषा एक धर्म लागू गर्ने तत्कालीन तानाशाही सामन्ती राज्यव्यवस्था आदिका कारण नेपालमा मगर भाषा बोल्नेहरूले भाषा बोल्न छाडेका, संस्कृति र परम्परा विर्सन बाध्य पारिएका भए तापनि आजको समयमा मगरहरू पहिचान र अधिकार खोज्न सक्ने भएका छन् ।

बेलायतको सन्दर्भमा यहाँका आधुनिकता, संस्कृति, भाषा र परम्परा आदिको प्रभावका कारण नेपाली संस्कृति गुम्दै जान सक्छ । यो अति नै चिन्ताको विषय हो । संस्कृति र परम्परा भनेका आफ्ना पहिचान हुन् र पुर्खाले मान्दै आएका कारण यिनीहरूको संरक्षण गर्नलाई युवाहरू नै लाग्नुपर्छ । मगर संघ युकेले राखेका विभिन्न कार्यक्रमहरूको अवसरमा भए पनि मगरको भेषभूषा प्रयोग गरिन्छ र मगर भाषा बोल्ने गरिन्छ । यो अति नै सकारात्मक कार्य हो । यहाँ धेरैले भन्ने गर्छन् एक दिन मगर पहिरनमा सजिएर हिँड्दैमा मगरको परम्परा, संस्कृति, भेषभूषा र रीतिरिवाजहरूको संरक्षण हुन्छ ? अवश्य नै हुन्छ, किन कि बेलायतजस्तो मुलुकमा आफ्नो जातिको विकाससँगसँगै बेलायतको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सबै क्षेत्रमा अगाडि बढ्नु छ । त्यसर्थ मगर संघ युकेले राखेका कार्यक्रमहरूमा सहभागी भएर एक दिन भए पनि मगर पहिरनमा सजिएर मगरका भेषभूषा, भाषा र रीतिरिवाजको संरक्षण युवा वर्गले नै गर्नुपर्छ ।

५. मगर संघ युकेले सफल गरेका कार्यहरू तथा तपाईंलार्ई सन्तुष्टि भएका कार्यहरूमध्ये एक, दुई, तीन गरी बताइदिनुहुन्छ कि ?

 मगर संघ युकेको चौथो कार्यसमिति संस्थाको जिम्मेवारी वहन गर्दै र आफ्ना दायित्व एवम् कर्तव्यहरूलाई सफल बनाउँदै अगाडि बढिरहेको छ । मगर संघ युकेले आफ्नो यात्राका क्रममा अप्ठ्यारा घुम्ती र पाटाहरूलाई चिर्दै थुप्रै उपलब्धिहरू हासिल गरेको सर्वविदितै छ । यस चौथो कार्यसमितिले सफल गरेका कार्यहरूमध्ये देहायका कार्यहरूमा म अत्यन्त सन्तुष्ट छु ।

 १. पूर्व मन्त्री एवम् नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगरलाई सहयोग

पूर्व मन्त्री, नेपाल मगर संघका पूर्व अध्यक्ष एवम् नेपाली आदिवासी जनजाति समुदायका अग्रज व्यक्तित्व श्री गोरेबहादुर खपाङ्गी मगर एक मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकोमा मगर संघ युकेको ध्यानाकर्षण भएको हुँदा मगर संघ युकेले प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाडौँ नेपालले पाउने गरी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेमार्फत् ज्ञापनपत्र बुझाएको थियो ।

श्री गोरेबहादुर खपाङ्गी मगरको स्वास्थ्योपचार नेपालमा सम्भव छैन भने अविलम्ब सुविधासम्पन्न विदेशी अस्पतालमा लैजान र उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्छ भन्ने मगर संघ युकेले जोडदार माग राखे तापनि नेपाल सरकारले नहेरेको हुँदा मगर संघ युके घ् २५,७५०.०६ सङ्कलन गरेर सहयोग गर्न सफल भएको थियो ।

त्यस्तैगरी यस संस्थाले अन्य स्रष्टा र सर्जकहरूको स्वास्थ्योपचारका लागि धेरै सहयोग गरेको छ । तारा थापा दिदी र कविता आले दिदीको स्वास्थ्य उपचारमा मगर मगर संघ युकेले गरेको सहयोगलाई उदाहरण मान्न सकिन्छ ।

 २. एकता र गौरवको प्रतीक मगर संघ युकेको आफ्नै मगर भवन

बेलायतमा रहेका मगरहरूलाई एकीकृत तथा सङ्गठित गर्दै अघि बढिरहेको संस्था मगर संघ युके चौथो कार्य समितिले बेलायत अधिराज्यभरि छरिएर रहनुभएका मगर समुदायमाझमा साझा भावनाको विकास गर्दै मगर संघ युकेको आफ्नो कार्यालय सञ्चालन गर्नका लागि आफ्नै घर बेलायतका मगरहरूको ‘साझा घर’ खरिद गर्न सफल भएको छ । यसलाई मैले मगर संघ युकेको ऐतिहासिक सफलता मानेको छु ।

 ३. नेपाली मेला एम्बासडर कप विजेता

नेपाली मेला २०१५ को ‘एम्बासडर कप’ विजेता मगर संघ युके भएको छ । यो एम्बासडर कप बेलायतस्थित नेपाली राजदूतावासले प्रदान गरेको हो । यो एम्बासडर कप प्रदान गर्नुको मुख्य कारण बेलायतमा रहेका नेपालीको पहिचान र अस्तित्वलाई संरक्षण गर्दै आपसी सद्भाव र सहकार्यका माध्यमबाट नेपालीहरूको कला, संस्कृति र भाषाको जगेर्ना गर्नुका साथै बेयायतबासी सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँध्नु पनि हो । हरेक ठाउँमा अन्य जातजातिसँग सुमधुर सम्बन्ध गाँसेर बस्न सक्नु मगर जातिको अति नै बहुमूल्य विशेषता भएको हुनाले बेलायतमा तमुधीँ युकेले आइतबार, ३० अगस्तको दिनमा आयोजना गरेको नेपाली मेला २०१५ मा मगर संघ युकेको भव्य सहभागिता रहेको थियो । सो मेलामा बेलायतका मगरहरूको उत्कृष्ट झाँकीको प्रदर्शन र सांस्कृतिक नाचको प्रस्तुतिले नेपाली मेला २०१५ मा मगर संघ युके प्रथम स्थानमा आएर एम्बासडर कप जित्न सफल भएको हो ।

नेपालभरि र नेपालबाहिरसमेत छरिएर बस्दै आएका र बसाईंको भौगोलिक कारणले मगरहरू बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पक्षबाट अत्यन्त धनी मानिन्छन् । यस नेपाली मेलामा मगरहरू आफ्नाआफ्ना मौलिक र रङ्गीन भेषभूषामा सजिएर भेला भएका थिए । मगरका पुर्खाहरूले १२ र १८ राज्यमा शासन गरेको इतिहास साक्षी छ । यो मेलाको अवसरमा १२ र १८ मगरात सबै मिलेर एकताको हातेमालो गर्दै लगभग ३०० भन्दा धेरै मगरहरू आफ्नै भेषभूषामा पूर्खाले चलाउने धनुषवाण, दैनिक जिविकोपार्जनमा उपयोग गरिने सामग्रीहरू कुटो, कोदालो, हलो, जुवा, खुकुरी, बन्चरो, डोको, स्याँखु (झरीमा ओढ्ने), मगर संघ युकेको लोगोसहितका व्यानरहरू, मगरको झन्डा, नेपालको झन्डा, बुद्धको झन्डा र ग्रेटब्रिटेनको झन्डा बोकेर झाँकीमा सहभागी भएका थिए । बेलायतको इतिहासमा अन्य संघसंस्थासँग हातेमालो गर्दै धेरै सङ्ख्यामा मगरहरूको सहभागिता रहेको यो पहिलोपल्ट नै भएको हुँदा मगर संघ युकेले सफल गरेका कार्यहरूमध्ये यो अति नै सन्तोषजनक कार्यहरूमध्ये एक हो ।

 ३. नेपालमा गएको भूकम्प पिडितलाई सहयोग

मगर संघ युकेले भूकम्प पिडित सहयोगार्थ विभिन्न शाखाबाट घ्१८३५६ उठाउन सफल भएको थियो । मगर संघ युके केन्द्रीय समिति र शाखाका अध्यक्षहरूको बैठकपश्चात् सङ्कलित रकम संघका नेपाल कनेक्सन एवम् सल्लाहकार मेजर के.के. आलेमगरमार्फत नेपाल मगर संघको सहयोगमा भूकम्प पिडितसामु पठाएका छौँ । हामीले गरेको सहयोगबाट शोक र पीडामा डुबेका भूकम्प पीडितको जीवनमा केही उत्साह र ऊर्जा थपिएको हामीले विश्वास लिएका छाँै ।

 ४. एक करोडको अक्षय कोष स्थापना

नेपालको जनसङ्ख्याको तथ्याङ्क (मिथ्याङ्क) अनुसार पनि मगर नेपालको तेस्रो र जनजातिमा पहिलो जाति भएको सबैलाई वितिदै छ । साक्षारतामा राम्रो भए तापनि मगर जातिको उच्च शिक्षामा एकदमै न्यून् योग्यता भएको कारणले राज्यको हरेक निकायमा मगरहरूको उपस्थिति एकदमै कम छ । त्यसकारण मास्टर अथवा पीएचडीको अक्षय कोष खडा गरेर नेपालका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूलाई मद्दत पु¥याउने उद्देश्य लिएर मगर संघ युके केन्द्रीय समितिले नेपाली एक करोड रुपैयाँको अक्षय कोष खडा गर्न लागेको छ । अहिलेसम्म लगभग ५० लाख सङ्कलन भइसकेको अवस्था छ । यो एउटा उदाहरणीय कार्य हो ।

 ५. पाँचवटा एक–एक लाखको अक्षय कोष स्थापना

१. लखन थापा प्रतिष्ठान, २. अरुण थापा प्रतिष्ठान, ३. मास्टर मित्रसेन प्रतिष्ठान, ४. जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान, ५. मगर स्टडी गरी पाँच वटा एक–एक लाखको अक्षय कोषहरू मगर संघ युकेले स्थापना गरेको छ ।

 ६. मगर दिवस

आजभन्दा ठिक ३४ वर्ष पहिले श्री हेमबहादुर पुनमगरको नेतृत्वमा प्रथम महाधिवेशन २०३९ फागुन १५—१६ मा तनहूँको दमौलीमा भएको थियो । यही कारण फागुन १५ गते अर्थात् नेपाल मगर संघको विधिवत रूपमा स्थापना भएको दिन नेपाल मगर संघको स्थापना दिवस हो । विश्वभरि छरिएर बसेका मगरहरूले विभिन्न मुलुकमा हरेक वर्ष यस दिनलाई मगर एकता दिवसको रूपमा भव्यताका साथ मनाउने गरेका छन् । बेलायतमा पहिले एउटा शाखाले मात्र कार्यक्रम राख्ने गरेको थियो भने चौथो कार्यसमितिले केन्द्रीयस्तरमा नै मगर दिवस मनाएर मगर दिवसलाई हामीले थप नयाँ उचाई दिएका छाँै । नेपालमा मगरहरूको बसाईंको भौगोलिक कारणले गर्दा हामी बहुभाषिक, बहुभेषभूषाका धनी छौँ । मगर दिवसको अवसरमा अठार मगरात र बाह्र मगरातका सबै मगरहरू एक भएर आफ्ना–आफ्ना मौलिक भेषभूषामा सजिएर आउँछन् भने विशेष गरी मगरहरूको मौलिक संस्कृति झल्किने सालैजो, कौरा, हुर्रा, सोरठी र झ्याउरेको वेजोड प्रस्तुति रहेको हुन्छ । मगर संघ युकेका ११ वटा शाखाले भाग लिने यस समारोहमा बहुसंस्कृतिको प्रदर्शन हुने हुँदा मगर दिवस मगरहरूको साझा चौतारी र एकताको प्रतीक भएको छ । यो मगरहरूको एकताको गतिलो उपलब्धि नै हो ।

 ७) केही बर्ष अघि स्थापना भई निस्कृय जस्तै रहेको मगर आम संचारकर्मी समाजको राष्ट्रिय भेला गरी देशै भरी रहेका मगर पत्रकारहरुलाई एक ठाउमा ल्याउनको लागी मगर संघ बेलायतले आर्थिक सहयोग गरेको छ । जसको उपलब्धी मगर संघका पदाधिकारी, मगर संघको आधिकारिक धारणा र मगर पत्रकार बिचको सम्बन्ध नजिक बनाउनको लागी अन्र्तक्रियात्मक कार्यक्रम समेत भएको थियो । मगर आम संचार कर्मी समाजको गत फागुन २१ गते भएको राष्ट्रिय भेलाले नया कार्यसमितिको चयन गरेको  छ भने देशैभरका मगर पत्रकारहरुाको सहभागीतामा डिजिटल अनलाईन पत्रिका मगर मिडिया डट,कमको शुरुवाट भएको् छ । जुन निकै ठुलो उपलब्धीको रुपमा हामीले लिएका छौ ।

८ )  नेपालका प्रथम सहिद लखन थापामगरको सम्मान

नेपाल सरकार मन्त्रीपरिषद्ले प्रथम सहिद लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुमा मगर संघ युकेको पनि ठूलो योगदान रहेको छ । निरङ्कुश राणा शासनका संस्थापक जङ्गबहादुर राणाको निरङ्कुशताका विरुद्ध पहिलोचोटि आवाज उठाउने लखन थापामगर नेपालका पहिलो सहिद हुनुपर्छ भनी मगर संघ युकेले प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाडौँ नेपालले पाउनेगरी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेमार्फत् ज्ञापनपत्र बुझाएको थियो भने नेपालका प्रथम सहिद लखन थापामगरको योगदानलाई जिवित राख्न उहाको स्मृतिमा फुटबल प्रतियोगिता आयोजन गर्ने गरेको छ, जुन बेलायतका नेपालीमाझ चर्चित मानिन्छ ।

सहिदहरू कुनै एक समूह र वर्गको मात्र नभई समस्त मुलुकबासीका साझा लक्ष्यका परिपूरक र गौरवमय महासागरजस्तै इतिहास बोकेको धरोहर हुन् । यही कुरालाई मनन सुरुदेखि नै मगर संघ युकेले प्रथम सहिद लखन थापामगरको स्मृति दिवस मनाउँदै आए तापनि २०१३ सालबाट आदिवासी जनजाति महासंघ बेलायतले भव्य रूपमा सम्पन्न गर्दै आएको छ । १३९ औँ स्मृति दिवस आदिवासी जनजाति महासंघ युकेको आयोजना र मगर संघ युकेको प्रायोजनमा हामी सबै नेपालीहरूको साझा थलो दूतावासमामा सम्प्पन गरिएको छ । १३९ औँ स्मृति दिवसको कार्यक्रममा मगर संघ युकेका तर्फबाट बेलायतका लागि नेपालका कार्यवाहक राजदूत महामहिम तेजबहादुर क्षेत्रीलाई दूतावास भवनमा सजाउनका लागि सहिद लखन थापाको तस्बिर उपहार बुझाइएको छ । कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले मगर संघ युकेले उपहार दिएको नेपालका प्रथम सहिद लखन थापामगरको तस्बिरलाई दूतावासको भित्तामा स्थान दिने बचन दिनुभएको छ

नेपालभरि र नेपालबाहिरसमेत छरिएर बस्दै आएका र बसाईंको भौगोलिक कारणले मगरहरू बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पक्षबाट अत्यन्त धनी मानिन्छन् । सबैको जगेर्ना गर्नका लागि मगर संघ युकेले हरेक वर्ष बेलायतका नेपालीहरूबीच सर्वाधिक चर्चामा रहेको बुद्ध नेपाली ओपन कन्सर्ट, बुद्ध पूर्णिमा र मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड ‘मगर–माघेसकराती’११ वटा शाखाहरूले धुमधामसँग मनाउँदै आएका छन् ।

 ९. मगर संघ युकेको महाधिवेशनमा नेतृत्व प्राप्तीका लागी केही प्रतिस्पर्धीहरु सक्रिय छन् । अहिलेको मगर संघ युकेको कार्यसमितिले थुप्रै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । अब आउने कार्यसमिति कस्तो भए हुन्थ्यो जस्तो लाग्छ ?

मगरका पुर्खाहरूले बाह्र र अठाह्र राज्यमा शासन गरेको इतिहास साक्षी छ । बाह्र र अठाह्र मगरात सबै मिलेर एकताको हातेमालो गर्दै संस्थालाई अझै बलियो बनाउनुपर्छ । नेपालको संविधानले समानताको हक दिएको छ । नेपालको संविधानमा धर्मनिरपेक्ष लेखिएको र धर्म, वर्ण, जात जाति, लिङ्ग शारीरिक अपाङ्गता, स्वास्थ्यस्थिति, बैवाहिकस्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुरामा भेदभाव गरिने छैन भनेर नेपालको संविधानमा लेखिएको छ । त्यसकारण मगर संघ युकेले पनि सबै मगरहरूलाई समान व्यवहार गर्दै पाँचौँ कार्य समितिमा आउनका लागि आह्वान गर्नुपर्छ । मगर संघ युके कुनै राजनीतिक पार्टीसँग सम्बन्ध नभई यो एउटा मगर जातिको मात्र जातीय संस्था हो । मगरहरूको जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै अन्य समुदायसँग हार्दिक सम्बन्ध, सुमधुर अन्तरक्रिया र समझदारीको माध्यमबाट मगर जातिको चौतर्फी विकास गर्ने भावनाबाट ओतप्रोत भई त्यसका निम्ति गैरनाफामुलक संस्थाको स्थापना भएको छ । साधारण मगरहरूसँग पैसा उठाएर पार्टी र भोज खाने यो संस्था हुँदै होइन । त्यसर्थ मगर संघ युकेको पाँचौँ कार्यसमितिमा आउनुभन्दा पहिले मगर संघ युकेको उद्देश्य र के काम गर्छ भन्ने विषयमा खुलेर जानकारी लिनुपर्छ । यस जातीय संस्थामा आउनुभन्दा पहिले राजनीतिको खोल संस्थाको ढोका बाहिर खोली सच्चा मगर भएर प्रवेश गर्नुपर्छ । गुटबन्दी र पक्षविपक्षबाट टाढा बसेर मगरको हितका लागि असल सोच अनि योजनालाई केन्द्र बिन्दु बनाएर संघमा आउनुपर्छ, तब मात्र मगर संघ युके विश्वसामु एउटा उदाहरण बन्ने छ ।

१०. तपाईं पाल्पाली समाज युकेको अध्यक्ष पनि हुनुहुन्छ । यो संस्थाको भावना, मर्म र उद्देश्य के के हुन्, बताइदिनसक्नु हुन्छ कि ?

 नेपालको लुम्बिनी अन्चल, पाल्पा जिल्ला पहाडकी रानी अति रमणीय स्थल पुख्र्यौली घर भई हाल युकेमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका पाल्पालीहरूको साझा घर नै ‘पाल्पाली भाञ्ज्याङ युके’ रहेको छ । युकेमा बसोबास गर्ने सम्पूर्ण पाल्पालीहरू एकजुट हुनुपर्छ भन्ने भावनाको प्रथम प्रयासस्वरूप सम्पूर्ण पाल्पालीबासीहरूलाई एकजुट गराउने र हामीलाई पर्ने सुखदुःखमा सँगसँगै हातेमालो गर्ने उद्देश्यले सन् २००८ मा पाल्पाली समाजबाट पाल्पाली भान्ज्याङ युकेको जन्म भएको छ । म यस संस्थामा स्थापना कालदेखि नै आबद्ध छु । २००८ देखि २०१३ सालसम्म महासचिव, २०१३ देखि २०१६ सम्म संस्थाको उपाध्यक्ष, त्यसपछि हालमा पाल्पाली समाजको अध्यक्ष रहेको छु । यस संस्थालाई अझ बृहत् रूपमा विस्तार गरेर दुःखमा परेका पाल्पालीहरूलाई सहयोग गर्दै बेलायतदेखि नेपालको पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी सम्म सम्पर्क गरेर आफ्नो जन्मभूमिको सहयोग गर्ने उद्देश्य रहेको छ ।

११. अन्त्यमा तपार्इं एउटा गोर्खा भएको नाताले तमाम गोर्खाका बारेमा के भन्नुहुन्छ ?

वीर गोर्खाली भनेर संसारमा चिनिने हामी सबै गोर्खा एक हौँ । गोर्खाको संस्था एउटा मात्र हुनुपर्छ । विडम्बना, हामी गोर्खाहरू आफैँमा लडिरहेका छौँ । साना र टुक्राटुक्रामा विभाजित भएका हुनाले हामी धेरै अवसरबाट टाढा भएका छौँ । हामीले एकअर्काको खुट्टा तान्ने भत्काउने र तानातान नगरीकन हामी आफूभित्र रहेका नराम्रा सोचलाई हटाएर एक गोर्खाले अर्को गोर्खालाई सम्मान गरौँ । हामी गोर्खा एक हौँ । ‘आयो गोर्खाली’को आवाज एउटा भएमा गोर्खाले राखेको माग पूरा हुने छ ।

 

Last Updated on Thursday, 31 March 2016 15:06

Hits: 567

पार्टीले मलाई जहाँ आबश्यक ठान्छ म त्यही काम गर्छु

  यही मङसीर १२ गते शनिबार संघीय गणतान्त्रिक जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आठौ जिल्ला अधिवेसन हुँदै छ । यस अबधीमा जिल्लाको नेतृत्व कुशलतापुर्वक पुरा गरेर पार्टी र जनताका लागि एउटा महत्वपुर्ण अध्याय पुरा गर्नुभएका पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गसंग समग्रमा उहाँको कार्यकाल कस्तो रह्यो यस विषयमा समिक्षात्मक रुपमा संवाद गरेका थियौँ ।

उहाँको यस कार्यकालमा देशको समग्र अबस्था महत्वपुर्ण तथा अत्यधिक चुनौतीपुर्ण पनि रह्यो । महत्वपुर्ण तर विषम परिस्थितीमा पनि रुपन्देहीमा पार्टीका तर्फबाट अभिभावकको रुपमा गुरुङ्गले अन्य पार्टी , स्थानिय सरकारी निकाय , संघसंस्था , सञ्चार माध्यम , पार्टी नेता तथा कार्यकर्ताहरुसंगको सम्बन्ध र समन्वय अरु थप उचाईमा पुर्याउन सफल हुनु भएको छ ।

पार्टीको सांगठनिक साथसाथै पार्टी संरचना ब्यबस्थापनमा पनि उहाँको योगदान महत्वपुर्ण रह्यो । र उहाँ स्वयं चाहे जति उच्च योगदान र काम सम्पादन गर्न समय अपर्याप्तता भएता पनि  नराम्रो चाँही केही पनि नगरेको कुरा पनि उपलब्धी मान्नु हुन्छ । प्रस्तुत छ अध्यक्ष झमबहादुर गुरुङसंग राज्यसत्ताको तर्फबाट सनु थापा मगरले गर्नुभएको संवादको संक्षिप्त अंश ।

– तपाइको कार्यकालमा भएका सम्झन योग्य उपलब्धीका कामहरु के –के हुन् ?

सबैभन्दा पहिला त गत बैशाखको भूकम्पमा क्षती भएका विभिन्न ठाउँहरुमा पार्टीको तर्फबाट धेरै – थोरै राहत संकलन र वितरण गर्ने काम गर्यौं ।

यसबाहेक जनताहरुको अधिकार र मुक्तिका लागि पछिल्ला समयमा भएका आन्दोलनहरुमा महत्वपुर्ण भुमिका निर्बाह गरेका छौं । जनतालाई सचेत गराउने प्रयास गर्यौ रुपन्देहीको ७ ओटै निर्बाचन क्षेत्रमा रहेका जनताहरुलाई जागृत गर्ने काम पनि हामिले गर्यौ । सरकारले गरेका विभिन्न गल्तिहरुमा खबरदारी संगसंगै झकझक्याउने काम पनि  गर्यौं ।  जनतालाई सत्तामा रहेका पार्टीहरुले भ्रममा पार्ने काम पटक – पटक भयो र भईरहेको छ यस सन्दर्भमा पनि  शासकहरुलाई खबरदारी र जनतालाई शुसासनका बारेमा बताईरहेका छौं ।  पार्टीको आफ्नै जिल्ला भवन निर्माण कार्य पनि अघि बढिरहेको छ  ।

– यो समितिमा काम गर्न कतिको सजिलो भयो ?

      आन्तरिक रुपमा समिति भित्र कुनै पनि  विवाद नरहेकाले यसमा खासै असहयोग भन्ने रहेन । सबै समितिका साथीहरुका कारणले गर्दा नै आज रुपन्देहीमा पार्टीले राम्रो गर्न सकिरहेको छ ब्यापक जनसमर्थन संगै उचाई लिईरहेको छ । यसकै फलस्वरुप  पछिल्लो निर्बाचनमा  जनताको अत्यधिक माया पाउन सफल भयौं । जसको उदाहरणको रुपमा म स्वयंलाई जनताहरुले त्यती धेरै भोट दिएर सहयोग गर्नु भएकै हो यसमा म पराजित भए पनि  खुसी छु । यसैले गर्दा समग्रमा समिति भित्र काम गर्न त्यस्तो कुनै अप्ठेरो भएन र छैन ।

– तपाईको कार्यकालमा गर्न अधुरा काम के – के रहे ?

         म र समितिका सम्पुर्ण साथीहरु आफ्नो बलबुताले भ्याएसम्मको काम गर्नका लागि खटिरहने क्रममा कहीँ कतै कामहरु पुरा गर्न अझै बाँकी नै छन् । आन्तरिक रुपमा भन्नु पर्दा आफ्नै जिल्ला भवन निर्माण कार्यको बाँकी काम पुरा हुन बाँकी छ ।  जनताको हिसाबमा भन्नु पर्दा जनताको मुक्तिका लागि पहिचान सहितको संघीय संविधान भनेका थियौं त्यो लडाँइ जारी नै छ । यसबाहेक आन्तरिक रुपमा पार्टी सुदृढीकरण र संगठन बिस्तार गर्ने काम अझै बाँकी नै छ । कुनै– कुनै ठाउँमा जनताको मन जित्न सकिएको छैन ति ठाउँहरुमा अझै मेहनतको जरुरी छ । तर जिल्लाको नेतृत्वमा पुनः रहे वा नरहे पनि नयाँ तथा अधुरा कामहरु पुरा गर्नका लागि खटीरहने छु ।

– पार्टीको शिर्ष तहबाट सहयोग कस्तो रह्यो ?

             हाम्रो जिल्ला भित्रको आन्तरिक मामिलामा त्यस्तो अप्रिय खालको कुनै पनि केन्द्रको हस्तक्षेप चाँही रहेन । माथीको सर्कुलर हामीले पालना पनि गरेका छौं । एक वर्ष अगाडी पौष १६ गते “लुम्विनी प्रदेशमा स्वागत छ ” लेखिएका बोर्ड प्रस्तावित लुम्बिनी प्रदेशको चार वटा नाकामा राख्ने क्रममा केही विवादहरु सरकार संग भयो । यस विषयमा हामीले केन्द्रसंग कुनै समन्वय गरेका पनि थिएनौ । तर, पनि माथीबाट त्यस्तो कुनै किसीमको असहयोग रहेन । केन्द्रिय समितिका साथीहरुबाट राम्रो सहयोग रहेको छ ।

– जिल्लामा मसिना गुटबन्दीको बिस्तार भएको देखन्छ नि ?

           राष्ट्रिय पार्टी भएको नाताले  अन्य पार्टी तथा क्षेत्रबाट साथीहरु पार्टीमा आउने क्रम जारी छ जस्ले गर्दा पार्टी फराकिलो भाको छ । यस सन्दर्भमा नयाँ साथिहरुलाई यड्जस्ट हुन गाह्रो हुन सक्छ अन्यथा अरु त्यस्तो केही पनि छैन ।

– आफ्नो कार्यवधीलाई कसरी समिक्षा गर्नुहुन्छ ?

         मैले २०६८ साल  बैशाख १९ गते देखी जिल्लाको नेतृत्व सम्हालेको हुँ । करीब ४ वर्ष ७ महिना काम गरि सकेको छु । अलिकती ईटा थप्ने काम गरेको छु जस्तो लाग्छ । जिल्लामा प्रशिक्षण पनि सञ्चालन गर्ने काम गरे । जनताहरुलाई पार्टीको तर्फबाट सुसुचित गर्ने काम पनि भयो । कुनै – कुनै निर्बाचन क्षेत्रमा पार्टीको उपस्थिती भने जस्तो गरी गर्न सकिएन होला । दोश्रो संविधान सभाको चुनाब पनि भएको कारणले गर्दा पार्टीले गर्नु पर्ने होमवर्क थुप्रै रहे त्यसमा हामीले सक्दो प्रयास गर्यौ। पार्टी भवन बनाउने काम ७० प्रतिशत सम्पन्न गर्यौ । सांगठनिक मजबुतीलाई पनि बिस्तार र सवल बनाउने प्रयास भयो ।  मानवीय नाताले हुने गल्ति र कमीकमजोरीहरु रहे होलान । राम्रो धेरै गर्न नसके पनि नराम्रो चाँही केही पनि गरिएन ।

– मुख्य चुनौतीहरु के– के रहे ?

             राज्यका तहबाट  विभेदमा पारिएकाहरुलाई उठाउन अझै सकिएन । उठाउने अधिक्तम प्रयत्न रह्यो तर चाहे जती उठाउन सकिएन । केही मात्रामा दलित समुदायलाई सचेत बनाउन सक्यौ । आदिवासी , जनजाति , मधेसी , मुस्लिम विभेदमा परेका वर्ग ,क्षेत्र ङ्गि , र समुदायका हक र अधिकारलाई स्थापित गर्ने लडाँई सकिएको छैन ।

 पार्टीले अब कस्तो दिशा र नीति लिनु पर्छ ?

         पार्टीले अझसम्म ईमान्दारिता ब्यबहार देखायो । आफ्नो माग र मुद्दाहरु निकै शालिन ढङ्गले राख्यो । तर अब जनताको अधिकार स्थापितका लागि , विकासका लागि , जनताका हितका लागि पार्टी ठोक्किनु पनि पर्छ ।  पार्टी अब हरेक कुरामा आक्रामक , एग्रेसिभ ढङ्गबाट अगाडी बढ्नु पर्छ । अझ सम्म गाडी फुटालेको छैन , रास्ट्रिय सम्पत्ति वर्वाद गरेको छैन तर पार्टी अब ठोक्किनु पनि पर्छ भन्ने मेरो मान्यता छ । 

– भू.पू.हरुले चलाएको पार्टी भन्छन् , सम्भव छ ?

             भू.पू.हरु जनतासंग परिचित नभएको हुनसक्छ । तर भू.पू.हरु सहनशिल , अनुशासित ,जुझारु , अनुभवी र खारिएका ब्यक्तिहरु हुन् । भू. पू. को  पार्टी भन्न मिल्दैन किनकी भू.पू. पनि जनता नै हुन् । कुनै पनि जनताले पार्टीमा रहेर काम गर्छ भने भू.पू.को अथवा एबीसीडीको मात्र पार्टी भन्न मिल्दैन । भू.पू.हरु  जहिले पनि सत्य र ईमान्दारिताको पक्षमा लड्ने ब्यक्तिहरु हुन् न्यायका पक्षधर हुन् । यसले गर्दा संघीय गणतान्त्रिक जनमुक्ति पार्टी पनि यस्तो पार्टी हो जो जनताको मुक्ति र हितका लागि मात्र काम गर्छ यसले गर्दा उनीहरुको भावना बढी मेल खाने भएको नाताले यो पार्टीमा रहेर काम गरेका हुन् र उनीहरुले काम गर्दैमा लाहुरेको पार्टी भन्न मिल्दैन । केही कुरामा कमीकमजोरी हुन सक्छ तर सुधार गरेर लान सक्नु पर्छ ।

– अधिवेसनबाट जिल्लाको फेरी नेतृत्व लिनु हुन्छ ?

         यसमा मेरो केही पनि सोँचाई बनेको छैन । मलाई चाहाना पनि छैन  कि नेतृत्वमा फेरी निरन्तरता नै दिउ भन्ने तर काम चाँही गरिनै रहन्छु । यस सन्दर्भमा कुनै पनि  निर्णय भएको छैन ।  देश संघीयतामा प्रवेश गरेको हुनाले  पार्टीले  मलाई जहाँ आबश्यक ठान्छ म त्यही काम गर्छु ।

– अधिवेशनको तयारी कस्तो छ ?

            पार्टीको आठौं जिल्ला अधिवेशनका लागि तयारी तिब्र गतिमा अगाडी बढीरहेको छ । करीब २ सय प्रतिनीधि , पर्यवेक्षक रहने पक्का भएको छ । खुला सत्र , बन्द सत्र सम्पन्न गर्नका लागि छुट्टाछुट्टै उपसमितिहरु बनाएर  तयारी गरिरहेका छौं । अत्यधिक सफल र भब्य बनाउनका लागि उपसमितिका जिम्मेवारी पाएका साथिहरु पुर्ण मेहनतका साथ खटिरहनु भएको छ ।  

–  अन्त्यमा , अरु भन्न ईच्छा लागेका  विषयहरु ?

        वर्तमान परिवेशमा देश अत्यन्त जिर्ण अबस्थामा छ । यथास्थितीवाद लाद्ने प्रयत्न  हुँदैछ । भ्रष्ट चरित्र भएका ६/६ जना उपप्रधानमन्त्री बनाएर राज्यको ढुकुटीलाई दुरुपयोग गदै छन् नेताहरु यस्तो अबस्थामा जनताहरुले  पनि बुझ्न जरुरी भएको छ । जनता सचेत हुन जरुरी छ । ठुलो पार्टी भन्दै पछि नलागेर जनताका पक्षमा लड्ने नेता  तथा पार्टीलाई देश सुम्पिनु पर्दछ । अहिले जुन समस्या देखिएको छ यो सबै जनताहरुको गलत रोजाईले  गर्दा नै भएको हो । त्यसैले  अब जनता स्वयं सचेत र जागरुक हुन जरुरी छ ।

र जनतालाई शास्ति नदिन र वर्तमान समस्यालाई सही ढङ्गले हल गर्न नेताहरुले प्रयत्न गरुन । यो संगै संघीय गणतान्त्रीक जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आठौं अधिवेसन भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि पार्टी नेता तथा कार्यकर्ता , सम्पुर्ण बुद्धिजीवी , राजनीतिज्ञ ,ब्यापारी , उद्योगी , किसान , मजदुर , सञ्चारकर्मी सबैलाई  अर्थपुर्ण उपस्थितीका लागि आग्रह गर्दछु ।

 

Last Updated on Friday, 27 November 2015 17:26

Hits: 1168

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी