A+ A A-

जनजाति समस्या समाधानका लागि जनजातिहरूको साझा राजनीतिक मञ्चको आवश्यकता छ : खपाँगी !

१२ असोज २०६० मा प्रकाशित भएको  इन्डिजिनियस् भ्वाइस् राष्ट्रिय साप्ताहिकमा गोरेबहादुर खपाङ्गी मगर संग आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा वर्तमान पत्रकार महासंका केन्द्रिय सदस्य  मोहनसिंह लामाले गरेका बातचित ।

Old is gold भनेझैं यो लेखको सर्न्दभ अहिले को समकालिन रूपमा रहेको आदिवासी जनजातिको मुद्धा र आन्दोलन संग सम्वन्धित भएको र यसले आदिवासी जनजातिको राजनैतिक चेतना लार्इ बढावा दिने भएकोले यो बातचित लार्इ राज्यसत्तामा  प्रकाशित गरीएको छ ।

 

श्रावण,३२-गोरेबहादुर खपाङ्गी जातजाति आन्दोलनको क्षेत्रमा एउटा विचारकको रुपमा परिचित हुनुहुन्छ । शुरुमा सरकारी नोकरी, शिक्षण पेशा, शैक्षिक राजनीति हुँदै बामपन्थी राजनीतिक क्षेत्रमा क्रियाशील हुनुभएका खपाङ्गी २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना भएदेखि जनमुक्ति पार्टिमा आबद्ध हुनुहुन्छ । प्रतिनिधिसभाको विघटनपछि शाही घोषणामार्फत गठन भएको तत्कालीन लोकेन्द्रबहादुर चन्द मन्त्रीमण्डलमा प्रभावशाली मन्त्रीको रुपमा मनोनीत भएपछि खपाङ्गी राजनीतिक जीवन थप उचाई हासिल गरेको छ । त्यसो त गोरेबहादुर खपाङ्गी मन्त्री भएसकेपछि मात्र मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित हुनुभएको भने पक्कै पनि हैन ।

 

उहाँको व्यक्तिगत जीवनलाई मात्रै सरसर्ती हेर्ने हो भने पनि मुलुकको राजनीतिक र सामाजिक जीवनमा उहाँको ठुलो अनुभव भएको हामी पाउ“छौ । २०२३ सालतिरै विराटनगरको जुट विकास कम्पनीमा अधिकृतको जागिर खाइसकेका खपाङ्गीले जागिरे जीवनलाई पटक्कै रुचाउनुभएन र त्यहाँवाट फर्किनुभयो । जनकपुर आएर पुनः सुर्ति विकास कम्पनीमा जागिर शुरु गर्नुभएका खपाङ्गीलाई जागिर जीवनको हाकिम र कर्मचारी भूमरीमा कहिले पनि रम्न सकेन र रामेछाप जिल्लामा आएर एक विधालयको प्रधानध्यापक वन्नुभयो । जनकपुरको (रामस्वरुप रामसागर) क्याम्पसवाट स्नातकोत्तर शिक्षा हासिल गर्नुभएको खपाङ्गी शिक्ष्ँण पेशामा लाग्दा लाग्दै राजनीतिप्रति पनि क्रमशः झुकाव बढ्दै गयो ।

२०३६ सालको जनमतसंग्रह ताका नेपाल राष्ट्रिय शिक्षक संगठन स्थापना हुँदा त्यसको संस्थापक सदस्य पनि बन्नुभयो उहाँ । जनमतसंग्रहपछि उहाँलाई विधालयबाट निकालियो पनि र विभिन्न समयमा गरी १४ महिना जेल पनि माले सँग आबद्ध रहेर राजनीतिक जीवन शुरु गर्नुभएका खपाङ्गी पछिल्लो समयमा आएर पार्टीले आन्तरिक कारवाही गरेपछि २०४६ सालमा प्रजातन्त्रको स्थापना लगतै नेकपा माले परित्याग गरी जनमुक्ति पार्टीमा प्रवेश गर्नुभयो । हाल उहाँ सो पार्टीको महासचिव पनि हुनुहुन्छ । राजनीतिक जीवनको साथसाथै उहाँ जातीय आन्दोलनमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । ३० को दशकतिर नेपाल मगर संघको स्थापना भएदेखि नै उहाँले संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । सरल भाषामा खरो तर्क दिन निपुण खपाङ्गी नेपालको आदिवासी जनजाति आन्दोलन र समसामयिक विश्लेषकको रुपमा समेत परिचित हुनुहुन्छ ।

भ्वाइस्ः आदिवासी जनजातिको विकासका लागि राज्यसत्ता मुख्य रुपले वाधक ठहर्याउँदै आइरहेको बेला जनजाति आन्दोलन एकजना नेताका हिसाबले यहाँ छोटो समयका लागि भए पनि सरकारमा पुग्नुभयो, यहाँ स्वय सरकारमा सहभागी भएको बेलाचाहि जनजातिहरुप्रति राज्यको दृष्टिकोण कस्तो पाउनुभयो ?

खपाङ्गीः यो स्पष्टै कुरा छ की राज्यसत्ताको कुण्डलीमा जो बसेका छन् उनीहरु जनजातिप्रति आन्तरिक हृदयबाट कहिले पनि सकारात्मक रहेका छैनन् । मलाई लाग्छ, उनीहरु भेलि पनि हुँदैनन् । दिलैदेखि उनीहरु जनजातिको समस्याहरुप्रति सकारात्मक कहिल्यै हुन सक्दैनन् पनि । कहिलेकाही करेले अथवा व्यक्तिगत चिनाजानीको आधारमा हुनु भनेको फरक कुरा हो । जस्तै, म मन्त्री भएको बेलामा देवीप्रसाद ओझा पनि शिक्षा मन्त्री हुनुहुन्थ्यो । उहाँ सँग  मेरो पहिला शिक्ष्ँक हुँदा खेरिदेखि नै राम्रो चिनजान भएकोले मैले उनलाई भने शिक्षा मन्त्रालयको कार्यक्रममा अनिवार्य संस्कृतको प्रावधान हटाउनु पर्छ है । उनले सहजरुपमा स्वीकार गरेर मन्त्रिमण्डलमा पनि कुनै विवाद नै नभइकन निर्णय भयो ।संस्कृत अनिवार्य खारेज गर्नको लागि ठूलो ठूलो आन्दोलन सफल भएको थिएन । मेरै पालामा भयो । यो व्याक्तिगत चिनजान नजिक भएको आधारमा मात्र भएको हो । राज्य सकारात्मक भएर भएको हैन । यद्यपि, म सत्तामा पूगे पनि निर्णायक भूमिका भने थिएन । यद्यपि, म जस्तो जनजाति आन्दोलन लागेको व्यक्तिको उपस्थितिले केही फरक भने हुने रहेछ ।

भ्वाइस् : यहाँ सरकारमा रहेको बेला जनजातिको विषयमा के के कुरा उठाउनुभयो त ?

खपाङ्गी :हुन त मेरो उपस्थित निर्णायक त थिएन । तैपनि संस्कृत खारेजी बाहेक प्राविधिक बिषयहरुमा जनजातिलाई निश्चित कोटा आरक्ष्ँण गरिनुपर्ने कुराको पनि निर्णाय भएको थियो । जुन कुरा यसपालिदेखि शिक्षा हिसाबले भन्दा मन्त्रीमण्डलका अरु सदस्यहरुले मेरो कुरा स्वीकार गरिएको थियो । तर, एउटा कुरामा चाहीं मतभिन्नता आयो । निजामति सेवामा पनि यस्ता आरक्ष्ँणको व्यवस्था हुनुपर्दछ भन्ने कुरा गरेको थिए त्यसमा सचिवहरु विपक्ष्ँमा देखिन्थे । कसै कसैले समर्थन पनि गरेको थियो । उपलब्धीहरु जे जस्तो भएपनि मेरो उपस्थितिले के कुरा उद्घाटन गरिदियो भने पहिलोपल्ट जनजाति, आदिवासी दलितको कुरा ठाडै उठाउने मन्त्री पनि सचिवहरुले देख्यो ।

भ्वाइस् : जनजाति आन्दोलनको अहिलेसम्मको उपलब्धीहरुलाई हेर्ने हो भने अब यो आन्दोलन र अहिलेको आन्दोलनमा केही भिन्नता आएको छ कि छैन ?

ख्पाङ्गी  :जनजातिहरुको आन्दोलनको अहिले पनि सामाजिकरण भित्रै छ । कुनैपनि जातिले जातिय मुक्तिको लागि तीनवटा क्रान्ति भएर गुज्रिनुपर्छ । पहिले उसले सामाजिक क्रान्तिबाट गुज्रिनुपर्छ । त्यसपछि राजनीतिक क्रान्तिबाट गुज्रिनुपर्छ र त्यसपछि आर्थिक क्रान्तिका निम्ति अघि बढ्नुपर्छ । समाजलाई परिवर्तनका लागि र क्रान्तिका पनि क्रमबद्ध नियमहरु हुन्छन् । हामीले हिजोदेखि जुन कुरा उठाउँदै आएको हो त्यो सामाजिक क्रान्तिभित्रै रहेका छन् । अब यो चरण कहिलेसम्म रहने त भन्ने प्रश्न भन्ने कुरामा भने हामी अल्झिनुहुँदैन । हामीले भनेका सामाजिक परिवर्तनहरु राजनीतिक रुपले मात्र समाधान गर्नसक्ने भएकोले सामाजिकीकरणको आन्दोलनसंगै राजनीतिक आन्दोलन पनि शुरु गर्नुपर्दछ । यसका लागि जनजातिहरु मत्तचमा आउन आवश्यक छ । विभिन्न राजनीतिक पार्टीबाट निर्वाचित भएका जनजाति नेताहरुले जनजाति समस्यलाई सुल्झाउन सक्दैन त्यसैले जनजातिहरुको एउटा साझा राजनीतिक मञ्चको निर्माण गरी चुनावी प्रतिस्पर्धामा जानुपर्दछ । त्यस्तो मञ्च निर्माण गरेर जनजाति सवाललाई राम्रोसंग बुझाएर चुनावमा जाने हो भने जनजाति पार्टी दुई तिहाई मत नल्याउला भन्न सकिन्न । यदि त्यो हुने सक्तैन भने पनि समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न लगाएर जनजातिको ३५ प्रतिशत जनसंख्याको आधारमा भएपनि विधायिकामा प्रतिनिधित्व गराउनै पर्दछ । 

भ्वाइस् : अहिले जनजातिको उत्थानका निम्ति भनेर केही सुधारका कार्यक्रमहरु ल्याएको देखिन्छन् । यी कार्यहरु जनजाति आन्दोलनका उपज हुन् कि स्वभाविक रुपमा आएका हुन् ? यी उपलब्धीहरु आन्दोलनको तुलनामा कतिको सफलता हो ?

खपाङ्गी : पककै पनि अहिले जे जति उपलब्धी हासिल गरेका छन् , तिनीहरु आन्दोलनकै उपलब्धीहरु हुन् । जनजातिहरुले सत्तामा बस्नेहरुलाई आन्दोलनमार्फत नबिउँझाएको भए ती उपलब्धीहरु हासिल हुने नै थिएन । म एउटा के कुरा भन्न चाहान्छु भने सरकारले जे जति कुराहरु दिए त्यो व्यवहारिकतामा ठिक छ तर सैद्धान्तिक हिसाबले ठिक छैन । किनभने हामी जनजातिहरु बहुमतमा रहेका छौ । बहुमतमा रहेकाहरुले अल्पमतको लागि छुट्याइने कुराहरु लिनुपरेको छ । हामी त सत्तामा पुग्ने हो बहुमतमा रहेकाहरु त ।हामी सत्तामा पुगे पछि हामीले पनि अल्पमतमा रहेकाहरु लाई दिने हो । तर हामी अल्पमतको शासनमा शासित भइरहेको छौं ।

भ्वाइस् : यहाँ राजनीतिक दलमा पनि सक्रिय रहनुभएकोले एउटा राजनीतिक कार्यकर्ताको हैसियतले नेपालको जनजाति  समस्या कस्तो खालको हो ?

खपाङ्गी :  जनजातिको अनेकौ समस्याहरु छन् । सबै समस्यालाई सूचीकृत गर्ने हो भने एउटा फेहरिस्त तयार हुन्छ । शैक्षिक सामाजिक रुपले पछाडि छ । यो समाजमा मूसाले छूएको भात खाइन्छ तर जनजातिहरुले छुएको भात नखाने चलन छ । त्यस्तै राजनीतिक प्रतिनिधित्व गर्न सकेको छैन । आर्थिकरुपले आज जनजातिहरु जर्जर अवस्थामा छ । एक किसिमले भन्नुपर्दा जनजातिको  अवस्था संक्रमण अवस्थामा छ । जुन पक्ष्ँले जे भनेपनि ठीकै जस्तो लागिरहेको हुन्छ । त्यसैले यी कुराहरुको समाधान गर्नका लागि साझा राजनीतिक मञ्चको स्थापना हुनु जरुरी छ ।

भ्वाइस् :जनजातिहरुको छुटै राजनीतिक दलको कुरा गर्दाखेरी यस बारेमा जनजाति आन्दोलन कार्यकर्ताहरु बुद्धिजिवीहरुको मत ऐक्यबद्धता रहेको पाइदैन । कसैले जनजातिको छुटै राजनीतिक दलको आवश्यकता छ भनिन्छ भने कसैले राजनीतिक पार्टीको अस्तित्वलाई नकारेको पाइन्छ । किन यस्तो हुन पुगेको ?

खपाङ्गी : यहाँका जातीय उत्थानमा लागेका व्यक्तिहरुको भनो या जनजाति बुद्धिविवीको भनौं उनीहरुको विचार अधुरो छ ।अर्को राजनीतिक दलबाट पनि हामी उठ्न सक्छ भन्नु त उनीहरुमा जातीय भावना नहुनु हो । त्यो अल्पसंख्यक जातीयको मान्छेले बोल्ने कुरा हो । जसको नेपाली राजनीतिकमा निर्णायक हुने जनसंख्या छैन भने उसले बोल्ने कुरा हो । तर, आफ्नो जातीयलाई उठाउन अरु जातिको पनर्टीबाट पनि सम्भव छ । हाम्रो कल्याण हुन्छ रक्षा हुन्छ भनेर सोच्नु भनेको आफ्नो अस्तित्वलाई विर्सनु हो । उसले आफूलाई यो देशको भूमि पूत्र हूँ भन्ने कूरालाई बिर्सिएको हो । त्यसैले अब जुन राजनीतिक पार्टीमा आदिवासी जनजाति नेतृत्वमा छैन त्यो पार्टीबाट जनजातिको मुक्तिको बाटो देख्नु मेरो विचारमा उपयुक्त छैन । त्यसमा त व्याक्तिलाई मात्र फाइदा हुन्छ,समुदायलाई हैन ।

भ्वाइस् : विशेष गरी जनजातिहरुकै मुक्तिका लागि भनेर खोलिएको जनमुक्ति पार्टीले नै जनजातिहरुको विश्वास जित्न नसकेकोले छुटै पार्टी स्थापना बारे सहमत हुन नसकेको हो की ?

ख्पाङ्गी :समस्या के हो भने म जनजाति हुँ भनेर समाजमा चिनाउन डराएका कारण उनीहरु इस्तो पार्टी स्थापना गर्न डराएको हुनुपर्छ । हाम्रा बुद्धिजिवीहरु आफ्नो लाज ढाक्न चाहन्छन् । उनी हेर यो जनजाति पार्टीमा पो गएछ भन्दाखेरी लाज मान्छन् । हिजो गोरेबहादुर खपाङ्गी पनि नेकपा माले छाडेरै यो पार्टीमा आउँदा  त्यसैगरी भन्थे तर उसले लाजले मुख छोपेन । जनजाति नेताहरुले व्यक्तिगत अप्ठ्याराहरुलाई बलिदान दिने हो भने यस्तो पार्टी स्थापना हुन पनि सक्छ । उनीहरु जनमुक्ति पार्टीमा पनि उदाउन सक्छन् ।तर , अब यस्तो बुद्धिजिवीहरु पनि जन्मदै छन् । दिल खोलेर राजनीतिक पार्टी खोल्ने मान्छेहरु पनि आउँछन् । यो त दृष्टिकोणको कुरो हो । त्यसैले जनजातिहरुको पार्टी नखोलेसम्म हुँदैन । एउटा कुरा के हो भने व्यक्तिमा विचार धारण नमिले पनि उद्देश्य मिल्न सक्छ । हुन सक्छ,भोलि पचासौं वटा यस्ता दलहरु खुल्न सक्छन् । उनीहरुबीच पनि उद्देश्यहरुमा एकस्पता आयो भने सत्तामा जाने कुरामा कुनै अप्ठ्यारो पर्दैन । त्यसैको लागि मैले साझा राजनीतिक मञ्चको अवधारणा अघि सारेको हो ।

भ्वाइस् : यहाँले भन्नुभएको राजनीतिक मञ्च कस्तो स्वरुपको भन्न खोज्नुभएको छ ? 

खपाङ्गी : कम्तीमा राजनीतिक रुपले साझा सवाललाई चिन्न सक्यो भने हामी साझा मञ्चमा आउन सक्छ । जसरी जातीय रुपमा साझा सवाललाई चिनेका छौ त्यैसगरी राजनीतिक रुपले पनि साझ सवाललाई निक्र्यौल गर्ने हो भने साझा मञ्च स्थापना भइहाल्छ । त्यो साझा सवाल के हो भने विधायिका क्याप्चर गर्ने । त्यसका लागि समानुपातिक प्रतिनिधित्व हुन आवश्यक छ ।

भ्वाइस् : अहिलेको जनजाति आन्दोलनलाई नेतृत्व दिने प्रमुख सघं संस्था वा साझा संस्थाको रुपमा जनजाति महासंघ देखिएको छ । महासंघको कार्यलाई यहाले यसरी हेरिरहनु भएको छ ?

खपाङ्गी : जनजाति महासंघले अहिले आन्दोलन कार्यक्रमहरु अगाडि बढाइरहेकै छ । यो सकरात्मक कुरा पनि हो । तर, मलाई एउटा के कुरा लागिरहेको छ भने महासंघ जातिय संस्थाहरुको नेतृत्वदायी संस्था हैन । यसले त समन्वय मात्र गर्ने हो । संगठन यसको सदस्य भएकोले यस्को स्वरुप राष्द्र संघीय हुनुपर्छ । संयुक्त राष्द्रसंघ महासचिव कोफी अन्नान नेपालको नेता होइन, अमेरिकाको नेता होइन । यहा त जनजाति महासंघले कस्तो भूमिका खेल्ने त्यो कुरा स्पष्ट हुनै सकेन । यसको स्वरुप र बनोटको आधारमा जनजाति संस्थाको नेतृत्व यसले लिने होइन । यसले समन्वय मात्र गर्ने हो । तर, यहात महासंघले निर्णय गर्ने र सदस्य संगठनहरुलाई लागू गर भनेर निर्देशन दिने कार्य भो । यसले गर्दा नै महासंघको आन्दोलन कार्यक्रमहरु सफल हुन सकिरहेको छैन । महासंघले नेतृत्वकारी हैन समन्वयकारी भूमिका खेल्नुपर्दछ ।

भ्वाइस्  :त्यसो त जनजाति महासंघ स्थापनाकालको उद्देश्य विचलित भएको हो त

खपाङ्गी : पक्कै पनि यो स्थापनाकालको उद्देश्यबाट विचलित भएकै हो । शुरुमा यसले समन्वयकारी भूमिका गर्ने भन्ने थियो । तर, त्यो भइरहेको छैन । त्यसैले महासंघको आन्दोलन सफल भइरहेको पनि छैन । महासंघको महासचिव त कुनैपनि जातिय संख्याको नेता नै छैन । त्यसैले अब महासंघको भूमिका स्पष्ट नभउसम्म महासंघको गतिविधि अघि बढ्नै सक्दैन । मेरो भनाई के हो भने महासंघले के को लागि आन्दोलन गर्ने भन्ने बारेमा सबै जातीय संगठनहरु प्रति सपष्ट पारिनुपर्छ ।

भ्वाइस् : अहिले आदिवासि जनजाति आन्दोलनकै क्रममा अथवा मागहरु मध्ये भूमिमाथिको अधिकार प्राप्त गर्नको लागि जातिय स्वयत्तता, आत्मनिर्यायको अधिकारको कुराहरु उठिरहेको छ । यसबारे यहा“को धारणा के छ ?

खपाङ्गी : आत्मनिर्णयको अधिकार र जातीय क्षेत्रीय स्वशासनको अवधारणा अहिले नेपालको सन्दर्भमा स्पष्ट पारिएको छैन । हामीले त सिमित भूमिको मालिकको कुरा हैन, राष्ट्रको मालिक हुने कुरा सोचिनुपर्दछ । ताप्लेजुङ्गको लिम्बु नेपालको प्रधानमन्त्री हुन छाडेर ताप्लेजुङ्गको मालीक भएर बस्ने ? भुमिपुत्रले त यो देशको नीति निर्माता बन्नको लागि सत्तामा जानुपर्दछ । हामी एउटा खोल्साको माछा बनेर हैन मेचीदेखि महाकालीसम्मको मालिक भएर बस्न सक्नुपर्दछ । हामी त यहा“ बहुसंख्यकमा छौं तर हामीले अल्पसंख्यकको मागहरु गरिरहने ?

भ्वाइस् :यहाँ जनजाति आन्दोलन लामो समयदेखि लागेको व्यक्तित्व हुनुहुन्छ ? ब्राम्हणवादी सोचले लादिएको चाडपर्वहरुलाई क्रमश परित्याग गर्दै जानुपर्ने भन्ने मान्यता बोकेको व्यक्ति पनि हुनुहुन्छ । तर, यहा“ सरकारमा सामेल हु“दाखेरि एउटा विषयले ठुलो चर्चा पायो । त्यो के हो भने दशैं परित्याग तर्नुपर्छ भन्ने कट्टर मान्छे दरबारमा गएर राजाको हातबाट टिका ग्रहण गर्यो । हुन त यसबारेमा यहा“ले धेरै पटक स्पष्ट पारि सक्नुभएको पनि छ । यसलाई अझै सपष्ट पार्ने क्रममा यहाँ के भन्नुहुन्छ ।

खपाङ्गी : कुनैपनि विषयमा सबैलाई एकैचोटी चित्त बुझाउन सक्दैन । त्यो दुर्घटना हो, दुर्घटनामा कसै न कसैले फस्नै पर्दछ । चक्रव्यूहको निर्माण महाभारतमा नहुञ्जेलसम्ममा कोही फसेको थिएन । तर , निर्माण भएपछि कसै न कसैले बलिदान दिनै प¥यो । अर्जुनको छोरको बलिदान होस् भनेर कसैले सोचेको थिउन होला तर चक्रव्यूह निर्माण भएपछि कसै न कसैले बलिदान दिनप¥यो । त्यस्तै गोरेबहादुरसंग रिसाउनु भन्ने मनसाय कसैको थिएन होला तर टिकाको घटनाले त्यो मान्छे रिसायो । तर, मेरो भनाइ के हो भने म त राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधित्व गरेको हो ।

जुन पार्टीको घोषणा पत्रमा कसैको धर्मलाई विरोध गरेको छैन, सम्मान गरेको छ । यदि मगर संघबाट गोरेबहादुर मन्त्री भएको भए उसले टिका नलगाउन पनि सक्थ्यो । व्यक्तिगत रुपमा भन्ने हो भने बर्षौदेखि साम्प्रदायिक भन्ने आरोप मलाई लगाउने गर्दथ्यो त्यत्तिनै बेला सरकारमा सहभागी भएर यसले पनि राष्ट्रको बारेमा पनि कुरा गर्दछ है भन्ने विश्वास सबैमा दिलायो । जातिको कुरा उठाउनु पनि राष्ट्रियताकै लागि हो भन्ने विश्वास गरेर जस्ले मलाई त्यो ठाउँमा पुर्यायो, उसले मान्ने गरेको संस्कृतिहरुमा एउटालाई मैले स्वीकार गरे । किनभने त्यो गर्नु एउटा सभ्यता पनि हो भन्ने ठानेर त्यो गरेको हो । यदि मैले व्यक्तिगत रुपमा मान्ने भए त मैले दशैंको सारा विधिहरु गर्थे नि त । मलाई पहिले सम्मान गर्यो त्यसको बदलामा मैले पनि टिका लाएँ त्यो त सभ्यता पनि हो नि । हामी अहिले जो जो दशैं मान्नेहरुको बिरोध गरेको छैन नी । हामीले बुझ्नुपर्ने त्यो हो ।

टार्इपिष्ट सहयोगि संजय सिंजाली मगर

 

  

 

Last Updated on Wednesday, 17 August 2016 03:42

Hits: 1091

बहुचर्चित लोक गायक प्रसाद खप्तरी मगर भन्छन्- “प्रगतीका लागी अझै परिश्रम गर्न बाकी छ”

राज्यसत्ता


प्रसाद खप्तरी मगर पछिल्लो समयका चल्तीका लोक गायक हुन् । छोटो समयमै लोकप्रिय बन्न सफल खप्तरी स्वदेश मात्रै होइन बिदेशमा पनि आफ्नो प्रतिभा देखाउन पुगेका छन । बिशेष गरी मगरी सस्कृतिमा आधारित सालै जो, सोरठी, ठुलोनाच, झ्याउरे लगाएतका गितमा स्वर भरेका गुल्मेली गायक खप्तरी मगर नेपालका प्राय सबै स्थानमा गित गाउन पुगेका छन । राज्यसत्ता डट कम संगको संक्षिप्त कुराकानीमा लोक गायक प्रसाद खस्तरीले अगाडि बढ्न अझै धेरै मिहिनेत बाकी रहेको बताएका छन ।

को हो प्रसाद खप्तरी मगर ?

गुल्मीको लिम्घा वडानं ६ काफलडाँडामा बाबा प्र.अ. तिलक खप्तरी मगर आमा पूर्णकला खप्तरी मगरको जेष्ठ सुपुत्रको रुपमा जन्मलिई त्यहाँको संस्कृतिमय समुदाय भिरपाखामा सुस्केरा हाल्दै हुर्किएर हाल बाबा आमाको सपनालाई वेवास्ता गर्दै आफ्नै सपना बोकी मौलिक गीत संगीतलाई आधार मान्दै सफल गायक बन्ने धुनमा लागेको एउटा गीत संगीतको विद्यार्थी हुँ ।

पढाई ?

एसएलसि सम्म लिम्घामै अध्ययन गरी बाबाआमाको इच्छा अनुरुप राम्रो स्वास्थ्यकर्मी बन्नको निम्ती तम्घासमा सिएमए कोर्स पासगरी केही समय बिरामीको सेवामा मेडिकलमा बिताई उच्च शिक्षा ११,१२ तानसेन पाल्पामा पासगरि स्नातक तह पोखरामा सकाए ।

कसरी लोक गीत संगीतमा आईयो ?

सायद जन्मदै त्यो गुण लिएर आएर पनि होला । मेरो घर परिवार, समाज नै संगीतमय छ गाउँमा मेला, पर्व, विवाह भोज भटेरमा बुढापाका देखी बच्चा सम्मका सबै आफन्तहरुसंग गाउने, नाच्ने संस्कारले पनी त्यो गीत संगीतको नशा विस्तारै लाग्यो र त्यो क्रम भैरहेकै छ । त्यहाँबाट पनि धेरै प्रेरणा मिलेको छ । स्कुल अनि क्लबमा रहँदा पनि प्रतियोगिताहरुमा भाग लिई राख्थे । पछि क्याम्पस लेवलमा आउँदा झन् म भएको ठाउँमा सांगीकि माहौल बनिहाल्थ्यो । विस्तारै धेरैको हौसलाले मलाई झनै उत्साहीत बनाउथ्यो ।
तानसेनको बसाई सकेपछि मेरो संगीत प्रतिको उत्साहीत मनलाई तृष्णा मेटाउन चाहन्थे केहीगर्न चाहन्थे संगीतमा, तर कहाँ कसरी भन्ने अन्यौल भयो त्यही समयमा पोखरामा रहनुहुने आदरणीय शिव थापा मगर दाईको सल्लाह र सुझावले मलाई पढ्ने निहुमा गीत गाउने सपनाले पोखरा ल्यायो । दाईसंगै बसी पोखरा संग र पोखराको सांगीतिक माहौलमा घुलमील हुन लागे । केही समयपछि २०६९ सालमा जिवन गुरुङ दाईको सहयोगमा व्यावसायिक कलाकार हुने प्रयास गर्न गाउँशहर दोहोरी साँझबाट औपचारिक गायन शुरु गरे र गायक तथा नायक मनसुधन थापा दाई लगायत थुप्रै अग्रजहरुको साथ, स्रोताहरुको माया घर परिवार, गाउँको, आफन्तहरुको माया र सहयोगले यहाँ सम्म ल्याएको छ । यो माया सदैव पाईराखुँ ।

कुनकुन एल्बम आए र आउँदैछन् ?

१. हेर्नै हुन्न मैले पहिलो गीत– स्वर– प्रसाद खप्तरीमगर, देवी घर्तीमगर लय संग्रह– सञ्जय पुनमगर ।

२. शिरफुल– सालैजो, सोरठी र दोहोरी गीति संग्रह सत्यवती सोरठी सांस्कृतिक समुह लिम्घा ६ गुल्मीको प्रस्तुुतीमा स्वर– प्रसाद खप्तरी मगर, जुना श्रीस मगर लगायत साथीहरुको आवाजमा ।

३. शंका– अन्तमाया बाँचुन्जेल लाउदीन स्वर– प्रसाद खप्तरी मगर, विष्णु माझी, लय शब्द– राज कुमार ‘बगर’ ।

४. तिज गीत- फुलबुट्टे सारी– प्रसाद खप्तरी मगर, देवी घर्तीमगर, सन्जु थापा मगर ।

५. अरुबेला लजाउने माया– प्रसाद खप्तरी मगर, सन्जु थापा मगर
लय शब्द– प्रसाद खप्तरी मगर ।

तिज लगतै चर्चित सर्जक बसन्त थापाको लय शब्दमा देवि घर्ति र मेरो आवाजमा । ‘खुरपेटोमा आंसी’, गुल्मी भार्सेको मौलिक गीतहरुको संग्रह, मेरो आफ्नै आमासंग गाएको २ वटा मौलिक सालैजो लगायत करिब १ दर्जन बढी गीतहरु आउने तयारीमा । आधादर्जन जति अरुको गीतमा पनि आवाज भर्ने अवसर पाईसकेको छु ।

कहाँ–कहाँ पुगियो गाउन ?

हङकङ, यूके लगायतका देशहरुमा सफल सांगितीक प्रस्तुती गरी सकेको र नेपालका मेला महोत्सवहरुमा विस्तारै व्यस्त हुँदै गएको हुँ ।

भविष्य कस्तो छ ?

हुनत नेपालको हरेक क्षेत्रको भविष्य त्यस्तै छ र (केही बाहेक) संगसंगै आफ्नो क्षमताले भ्याए सम्मको फलको आस गर्ने हो क्यारे केही पाउनको लागि जुन क्षेत्रमा पनि संघर्ष निरन्तर गर्नै पर्छ, त्यो निरन्तर गर्दै छु । शायद यो क्षेत्रबाट पनि भविष्यमा सबैकुराको साथ राम्रो भए राम्रै हुन्छ जस्तो लाग्छ । जेहोस सबैको माया पाएको छु । सन्तुष्टी छु, अहिले सम्म । घरपरिवार खुशी छन् बस् ।

Last Updated on Friday, 29 July 2016 21:38

Hits: 3110

उदाउदै छिन रुपा जि एम !

२२ मे २०१६,
जापान

बुवा इन्द्र बहादुर घर्ती मगर र आमा दिलकुमारी घर्ती मगरको कोखबाट गुल्मी हाडहाडेमा जन्मिएकी रुपा जि एम सानै उमेर देखी कार्यक्रम प्रस्तोता बन्ने सपना सजाएकी थिईन । रुपाले त्यो सपना साकार पार्न धेरै कुर्न परेन बिक्रम संवत २०६६ मा तिनाउ एफ़एमले उनको चाह पुरा गरिदियो । अडियो एफ़एममा काम गर्दै जाँदा आफुलाइ आफ्नो काम प्रति निखारेको अनुभूति हुँदै गर्दा २०६८ साल तिर अर्को ज़िम्मेवारी थपियो त्यो थियो लुम्बिनी टेलीभिजनमा प्रोस्तोता गर्ने सुनौलो अवसर मिल्यो ।

गुल्मीबाट बुटवल झरेकी जि एम बिक्रम सम्बत २०७० देखी मेला महोत्सवमा आफ्नो प्रस्तुतीकरण प्रस्तु गर्दै हिंडेकी जि एम प्रस्तोता मात्र हैन भगवानले सुरीलो स्वर पनी दिएको हुँदा मंचमा आाफ्नो सुरीलो स्वरले श्रोताको मन पनि उत्तिकै तान्ने गरेकी छिन । लोक दोहरी गाउदै जाँदा दोहरी गायिका सम्म हुन पुगेकी रुपा हाल सम्म दर्जन गितहरु गाइ सकेको अनुभव हामी सँगको भलाकुसारीमा बताइन ।

त्यस्तै २०७२१ मा लुम्बिनी उत्कृष्ट प्रोस्तोताले सम्मानित हुँदा आफुमा थप ज़िम्मेवार थपेको भान भएको बताउछिन रुपा । त्यसपस्चात उनको महत्व झन बड्दै गएको महसुस गरिन । बिभिन्न महोत्सवमा प्रोस्तोताको लागी अुरोधहरु आउन थाले । ठुलठुला महोत्सव देखी सुदुर पच्चीम अंचल ,पश्चिमाञ्चल लगायत बिभिन्न जिल्लाको महोत्सव सम्मको लागी डिमाण्डमा कमी भएन, आफ्नो मिहेनतको फल काम गर्दै जाँदा इण्डियाको बिभिन्न ठाउ सम्म पुगेर आाफ्नो कलालाइ प्रस्तुत गर्न पाउदा म भाग्यशाली रहेछु जस्तो लागेको उनले सुनाइन । नभन्दै २०७३ सालमा त झन मेरो लागी गोल्डेन अपरचुनिटी जुर्यो, नेपाल मगर संघ जापानको गोल्डेनवीक रमझम कार्यक्रममा बोलाइ म जस्तो हुर्कीदै गरेको कलाकारलाइ सम्मान गरिदिुनु भयो ।आयोजक नेपाल मगर संघ जापनलाइ मुरी मुरी धन्यवाद टक्राउदछु ।जिवनमा तपाइहरुको सम्मानलाइ सिरमा राखेर हिड्ने छु ,उनले वाचा गरिन ।प्रस्तुत छ प्रतिभावना गायिका रुपा जि सम्म जापान बाट दिलिप राना मगरले गरेको संवाद ।

जापान कस्तो लाग्यो १० दिनको बसाइ संछिप्तमा बताइ दिनुस न ?
# सोचे भन्दा धेरै रमाइलो म एक महिला अनी अरु पुरुष कलाकारको बिचमा संस्थाका धेरै दाजीहरु सँग जापनको रमणिय ठाउहरु घुम्न पाँए यो नै मेरो अविस्मरणीय क्षण हुनेछ ।




तपाइ त मंचमा गीत मात्र हैन बोलीले पनी उतिकै प्रभाव पार्नु भएको थियो नि धेरै दर्शकलाइ ९९% नअकमकाइ बोल्नु हुँदो रहेछ सायद रेडियो टेलिविजनमा काम गर्नु भएकोले हो कि ?जापानमा पहीलो चोटी देखें मैले पनी तपाइको बोल्ने जादुमय कला ?
# हाहा होर दाजी आभार प्रकट गर्दछु सायद म धेरै महोत्सवमा कार्यक्रम चलाउने भएर होला फेरी पनी आदर्णिय दर्शकहरुमा मुरी मुरी धन्यवाद ब्यक्त गर्दछु ।

तपाइको जन्म अनी कस्तो परिवारमा हुर्किनु भएको हो ?
# म जन्मेको गुल्मी ,हुर्के , बढे ,पढेको चाँही बुटवलमा , मेरो परीवार साधरण लाहुरे परिवारमा हुर्केको हुँ," जस्ट नर्मल"नेपाली परिवारको मान्छे म ।

तपाइको बजारमा आएको गितहरु भन्दिनु हुन्छ ?
# घात गर्ने साथी हुदैन , कम्मरै भाचम्की , फस्ट हुनेले , कति रुम्लार म , जय शिबजी शंकर , रातो रातो गाला, अनी भरखरै रिलीज़ गरेको सालैजो लगायत अरु निस्किने लाइनमा छ ।

तपाइको पढाइ ?
# ब्याचलर पास समय मिलेमा पढने चाहना अझै बाँकी छ ।

तपाइको स्वभाव बारे भन्दिनु हुन्छ की ?
# म मान्छे हरुलाइ छिटो बिस्वास गर्छु सुधार्नु पर्ने छ ।

तपाइको अबको सपना ?
# अबको भबिश्य दर्शक श्रोताहरुमा पर्छ, संघर्ष मेरो भरपुर रहने छ दर्शक माँझ नयाँ गिती कोसेलीहरु ल्याइ मेरो स्वरमा झुमाउने हरप्रयास गर्नेछु। र बिभिन्न देश गइ आाफ्नो कला र गलाको सदुपयोग गर्ने छु ।

उमेर त सानै देखिन्छ बिवाह कहीले सम्म गर्ने सोंच गर्नु भएको छनी ?
# हाहा दाजी पनी यस्तो कुरा नगर्नुस क खैर अझै 4/5वर्ष आाफ्नो भबिश्य बनाउने हो त्यस पछी सोचौला हैन रररर ...

अन्तमा संसारमा छरिएर बस्नु हुने नेपाली श्रोता, दर्शक अझ तपाईंका फ्यान शुभचिन्तक हरुलाई केही सन्देश छ की ?
# सबैमा हार्दिक नमस्कार ! नेपाली संस्कार र संस्कृतिकलाइ माया गरी हामी जस्तो कलाकारहरुलाइ सदा संझीदिन हुन बिनम्र अनुरोध गर्दछु, ताकी नेपाली सांस्कृतिलाइ बचाइ राख्नमा तपाइ हाम्रो साझा सद्भाव मलजल गोडमेल बनीराखोस भन्ने कामना गर्दछु । र मेरो बिचारहरुलाइ दर्शक माझ पुर्याउन महत्वोपूर्ण भूमिका खेल्नु हुने आदर्णिय दाजी दिलीप राना मगर प्रति सदा आभारी रहनेछु ।

प्रस्तुती :दिलिप राना मगर ,जापान 

Last Updated on Monday, 23 May 2016 16:59

Hits: 614

इखले राजनीतिमा लागेँ : बिन्दादेवी आलेराना –सभासद् नेपाली कांग्रेस

कत्तिको व्यस्त हुनुहुन्छ ?

 

ठिकै छ । भेटघाट सदनको काम । पार्टीको काम । कार्यकर्तासँग भेटघाट । घर व्यवहार यस्तैछ ।

सामाजिक सञ्जालमा कत्तिको व्यस्त भइन्छ ?

समय पाउँदा फेसबुक चलाउँछु । समय मिलाउन अलि गाह्रो पर्छ ।

राजनीतिमा किन लागेको ?

म जन्मेको दिनमा बाबा प्रअ हुनुभो । बाबा शिक्षक अनि कांग्रेस हुनुहुन्थ्यो । पञ्चायतकालमा कांग्रेस हुनु भनेको खतरा रैछ । बाबा कांग्रेस भएकै कारण हाम्रो धान खोसियो । धानबारी वरपर भएका रुख बिरुवा काटियो । सानो छँदा देखेको यो घटनाले मन पोल्यो  । बाबालाई सोध्दा म कांग्रेस भएकाले मण्डलेले दुःख दिएका हुन् भनेपछि, मैले सानैमा ‘लौ तिमीहरुलाई म कांग्रेस भएर देखाउँछु भनेरै’ राजनीतिमा लागेको हो । वास्तवमा इखले राजनीतिमा लागेको हो । राम्रो भयो ।

त्यसो भए राजनीतिमा लागेर के पाइयो ?

सबैभन्दा पहिलो कुरो आत्मसन्तुष्टि । त्यसपछि देश र जनताको सेवा गर्न पाएको छु । पार्टीले चुनाव लड्न टिकट दियो । असफल भए पनि फेरी पार्टीले पत्याएर अहिले सांसद भएको छु ।

कुन नेताबाट प्रभावित हुनुहुन्छ ?

गिरीजाप्रसाद कोइरालाबाट । उहाँले कार्यकर्तालाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँको राजनीतिक अडान शैलीबाट म निकै प्रभावित छु । संगठन बनाउने, नेत्तृत्व लिने क्षमता र उहाँको स्मरण शक्ति बेजोड थियो । साना देखी ठूला कार्यकर्तासँग सल्लाह पनि लिने कार्यान्वयन पनि गराउन खोज्ने उहाँको तरिका म सँधै सम्झिरहन्छु ।

चिटिक्क परेर हिडेको देखिन्छ, फेशनप्रेमी हुनुहुन्छ है ?

पहिला पहिला फेशन मनले चाहे अनुसरा गरिन्थ्यो । अहिले पनि फेशनमा कन्सस छु । फेशन गर्ने भन्दैमा हाइफाइ गर्दिन । ठाउँ अनुसार फेशन गर्छु । जनताले कुन फेशन गरेको मलाई मन पराउँछन् । बुझेर त्यस्तै फेशन गर्ने प्रयास गर्छु । 

मनोरञ्जन लिन के गर्नुहुन्छ ?

मनोरन्जनतिर मेरो खासै रुची छैन । कहिलेकाँही फिल्म हेर्छु समय पाएमा ।  

पछिल्लो पटक हेरेको पहिलो फिल्म कुन हो ?

नेपाली कुसुमे रुमाल र हिन्दी फिल्म साजन ।

कुनै नेपाली फिल्म दोहोर्याएर हेर्नुभा’छ ?

‘साजन’ दोहोर्याएर हेरेको छु ।

फिल्म हेर्दाका रमाइला घटना केही छन् ?

खासै त्यस्ता केही छैनन् ।

कस्ता फिल्म मन पर्छन् ?

केटीहरुको प्रमुख भूमिका भएको, फिल्ममा केटीले प्रतिवाद गरेको र केटीको हिरोइजम शो हुने गरि बनाइएका फिल्म मन पर्छन् ।

कहिल्यै हिरोइन बन्न मन लागेन ?  

सानैमा बिहे भयो । त्यतातिर सोच्नै पाइएन । त्यसपछि राजनीतिमा होमिए हिरोइन बन्ने सपन कतिबेला देख्नु ?

कुन हिरोइन/ हिरो मन पर्छ ?

गौरी मल्ल र भुवन केसी ।

गीत संगीत कत्तिको सुन्नुहुन्छ ?

भ्याएसम्म सुन्छु । उहिले रेडियो नेपाल मात्रै थियो गीत बजाउने । अहिले धेरै छन् । तर गीत सुन्ने फुर्सद हुँदैन । समाचार सुन्नुपर्छ । भेटघाट हुन्छ । पत्रपत्रिका दोहोर्याएर टिभी हेर्नुपर्यो । दैनिक घटनाबाट अपडेट हुन समाचार हेर्दा सुन्दा गीत सुन्न भ्याइँदैन ।

मन पर्ने गायक गायिका ?

नारायण गोपाल र लोचन भट्टराई ।

किताब कत्तिको पढ्नुहुन्छ ?

पढ्छु । भ्याएसम्म पढ्छु । ‘प्रयोगशाला’ पढेर सकाएँ, भर्तीको फन्दा पढ्दैछु, आधा बाँकी छ ।

किताब किन पढ्नुहुन्छ ?

इतिहास जान्न र सकेसम्म धेरै ज्ञान लिनको लागि किताब पढ्छु । किताबले धेरै कुरा सिकाउँछ र अपडेट हुन सहयोग गर्छ ।  

तपाइलाई कुन खेल मन पर्छ ?

भलिबल मन पर्छ । म भलिबल खेलाडी पनि हुँ ।

प्रस्तुति : मनोज घर्तीमगर

Last Updated on Wednesday, 29 June 2016 02:48

Hits: 1496

रोल्पा रोगले सशस्त्र द्वोन्दले सर्वसाधारण जनतामा पारेको प्रभाव बारे बोलेको छ :जनक घर्ति मगर

 राज्यसत्ता ,११ मे २०१६ 

  गत बैशाख २४ गते देखी देश भर प्रदर्शन गरिएको नेपाली कथानाक चलचित्र रोल्पा रोग अहिले चर्चाको शिखरमा छ । बिशेष गरी माओवादीको सशस्त्र युद्दको कथावस्तु समेटेर बनाइएको चलचित्र भन्ने हल्ला छ । दर्शकहरु अहिले रोल्पा रोग हेर्न तछाडमछाड गरीरहेका छन । माओवादी जनयुद्दको उद्द्गम थलो रोल्पा र रोल्पालीसँग सम्बन्धित बिषयमा तयार पारीएको चलचित्रबारे यस् फिल्मका रोल्पाली नायक जनक घर्ति मगरसँग हामीले रोल्पा रोग के हो ?कसरी निर्माण भयो आदी इत्यादी बारे जिज्ञासा राखेका थियौ, पढ्नुहोस् बिस्त्रितमा  .................


रोल्पा रोगबारे छोटकरिमा जानकारी दिनुहोस् न ?कस्तो फिल्म हो रोल्पा रोग ?

जनक : रोल्पा रोग बिसुद्द नेपाली कथा वस्तु बोकेको चलचित्र हो ,यसमा १० बर्से जनयुद्धले स्थानिय रोल्पावासी माथि पारेको प्रभाव बारेको  कथा वस्तु समेटेको छ ।हिन्सात्मक द्वोन्द सुरु हुँदा एउटा सामान्य दैनिक जीवन बिताई रहेका रोल्पाली जनतालाई त्यो समयमा मानसिक ,सामाजिक कस्तो असर परेको थियो , अनि त्यस्पचात कसरी त्यहाका स्थानिय वासिन्दाहरु इन्डिया लगायतका बिभिन्न देश तिर पलायन भए , किन बन्दुक बोक्न वाध्य भए साधारण जनता ,रोल्पाली जनताले के कस्ता सास्ती खेप्नु परेको थियो भन्ने बिषयलाई उठान गरेको छ ।

तपाईंको यस् फिल्ममा कस्तो खाले भूमिका छ ?

जनक : यो फिल्ममा मेरो भुमिकाबारे भन्नु पर्दा एउटा शाहसी युवकको रुपमा प्रस्तुत भएको छु । सुरुमा एउता मास्टरको छोरा पढाई बिचमै छोडेको बरालिएर हिंड्ने जाड , रक्सी, तास लडाईं झगडा गर्दै हिंड्ने केटी हरु प्रती अलि बढी झुकाव राख्ने खालको भुमीका छ भने पछी समयको अन्तरालमा परिस्थिती र बाध्यताको भुमरी सँगै जनमुक्ती सेनामा लागि गरिब निमुखा जनताको हक अधिकारको लड्ने एउटा शाहसी विर योद्धाको रुप्मा प्रस्तुत भएको छु ।

यो फिल कुन ठाउमा ,कहा कहाँ छायाङ्कान गरिएको हो ?
जनक :यो फिल्म रोल्पाका केही स्थान हरु र पश्चिम दाङमा सुटिङ गरिएको हो ।

यो मुभिमा अभिनय गर्दाका केही अनुभवहरु बताईदिनुहोस् न , रमाईला तथा तिता अनुभव केही छ कि ?

जनक : यो मुभी गर्दा दु:खद भन्दा पनि रमाइलो नै भाको थियो । अझ बिर्सने नसक्ने रोचक घटना चाँही जब मैले भिलेन सुसिल पोख्रेललाई गोली हानी मार्ने अभिनय गर्दै थिए ठीक त्यसैबेला अचानक अन्दाजी ४०/५० बर्सकी महिला अाइ "नमार बा नमार भन्दै मेरो हातको बन्दुक ४/५ पटक खोस्न आउनु भएको थियो जस्का करण केहि समय सम्म सुटिङ नै रोक्नु परेको थियो पछि बुझेने क्रम्मा उहा अर्ध पगल हुनुहुदोरैछ।शायद जनयुद्द्कै प्रभाबले हो कि ?

यो मुभिमा कसरी अवसर पाउनु भो ?कस्तो आशा राख्नु  भएको छ ?

जनक : यो मुभिको निर्देशक दिपक ओलीले पनि ओस्कार कलेजमा पढ्नु हुन्थ्यो र म पनि त्यही भर्खर दोश्रो बर्षमा अध्ययनरत थिए । उहाको जनयुद्दको बिषय बस्तु माथि फिल्म बनाउने सोच रहेछ त्यही क्रममा मेरो साथी मार्फत दिपक ज्यु सँग परिचय भयो र चिन्जान पस्चात यस् मुभिको बारे कुराकानी हुँदै जादा मलाई अभिनय गर्ने मौका मिलेको हो ।

मलाइ लाग्छ यो मुभीको कथा रोल्पाली जनताको भोगाइ मात्र नभई आम नेपालीको जनताको भोगाइलाइ फिल्ममा उतार्ने कोसिस गरेका छौ ।त्यस्कारण सबैको मन छुन्छ जस्तो लाग्दछ ।

अभिनय यात्रा कहिले देखी सुरु गर्नु भो ? सिनेमाको हिरो बन्ने रहर वा एक्तिङ गर्ने रहर कहिले देखी पलायो ?कोही प्रेरणाको श्रोत हुनु हुन्छ कि ?

जनक : मेरो अभिनय यात्राको कुरा गर्दा ४ बर्ष अगाडि तितोसत्य हास्य टेली श्रिखला बाट सुरु भएको हो । मेरो अभिनय गर्ने इच्छा भनौ वा प्रेरणा चाँही जब म सानो छदा नेपालका सुप्रसिद्द अभिनेता राजेश हमालको अर्जुन फिल्म हेरे त्यही देखि नै आफ्सेआफ म भित्र फिल्ममा अभिनय गर्ने रहर पलाएर आयो ।

अहिले सम्म कती जती फिल्म्मा अभिनय गरी सक्नु भएको छ ?

जनक :त्यती धेरै फिल्म गर्ने मौका पाएको छैन , रोल्पा रोग संग गरी ३ वटा पुग्यो , मिस्टेक , यो कथा हो तिम्रो मेरो तर रोल्पा रोग बाहेक अन्यमा साना साना रोल मात्र हो ।

अक्टिङ बारे औपचारिक ट्रेनिङ ,पढाई केही गर्नु भएको छकी ?

जनक : मैले एक्तिङमा ब्याचलर लेवेल पढ्दै छु ।अन्य कुनै औपचारिक छुट्तै ट्रेनिङ लिएको छैन । अहिले ब्याचलर लेवेल तेस्रो वर्षमा अध्ययनरत छु ओस्कार कालेज काठमाडौंमा , नेपालको एक मात्र फिल्म सम्बन्धि अध्ययन हुने कलेज ।

नयाँ कलाकार लाई यो पेशामा आउन गार्हो वा सजिलो के छ ?

जनक : नयाँ कलाकारलाइ यो पेशामा आउन एकदमै गार्हो छ मेरो अनुभवमा ।

नयाँ कलाकारहरुलाई सिनियर कलाकारहरुबाट सह्योग छैन ?

जनक: मौका मिलेको छैन ,मेरो त्यती अन्य पुराना कलाकारहरु सँग चिनजान नभएर पनि होला त्यस्तो सह्योग पाएको छैन आशा छ भविस्यमा अवस्य पाउने छु ।

रोल्पा रोग मा एक्टिङ गर्नु को केही कारण छ कि यसको कुन पक्ष राम्रो लाग्यो ?

जनक: रोल्पा रोगमा अभिनय गर्नुको कारण भन्नु पर्दा वा राम्रो पक्ष बारे बोल्नु पर्दा यस् फिल्मको बिषय बस्तु जुन छ जनयुद्दको प्रभावबारे त्यो म सानो छदा थोरै सुन्ने देख्ने मौका पाएको थिए र केही आँफैले भोगे पनि र आफ्नै जिल्ल्ला बासिले भोगेको कुरा फिल्ममा अभिनय गर्न पाउदा म आफुलाई गौरव मह्सुस भएको छु । 

भविस्यमा कस्तो फिल्ममा काम गर्ने चाह छ ?
जनक : स्क्रिप्ट राम्रो भएको खन्डमा जस्तो सुकै भूमिका पनि निर्वहाँ गर्ने छु । 

रोल्पा रोग हेर्न इक्छुक दर्शकहरुको लागि केही कुरा छ कि ?
जनक :म आम दर्शकहरुलाई हार्दिक रुपले के अनुरोध गर्न चाहन्छु भने कृपया एक चोटी रोल्पा रोग फिल्म हेरिदिनुहोस र त्यसमा कथा अनुसार मेरो अभिनयको मुल्यांकन गरी दिनुहोस् । मलाई लाग्छ कथा बस्तु अनुसार मैले मेरो अभिनयमा कुनै कसर बाकि राखेको छैन । तर कला भन्ने चिज कुन कोण बाट हेर्ने भन्ने हो भन्नेमा भर पर्छ तसर्थ मेरो अभिनयमा कुनै त्रुटी भेट्नु भो र सुझाब दिनु भो भने म ति सुझाबलाई सहर्ष स्वीकार ग्रहण गर्छु र अर्को पटक अझ राम्रो गर्ने कोशीश गर्नेछु ।

Last Updated on Friday, 13 May 2016 16:07

Hits: 903

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी