A+ A A-

समाजसेवी लिलाम्बर चिदी मगर संग राज्यसत्ताका संवाददाता कृष्ण सारु मगरको संवाद ।

कृष्ण सारू मगर

कतार, नोभेम्बर २८ - राज्यसत्ता डट तपाईंलाई हार्दिक स्वागत छ । धन्यवाद कृष्ण सारु मगर ज्यु तथा राज्यसत्ता डट कम परिवार। 

- तपाईंको पुरा परिचय ?
जिल्ला पाल्पा चिर्तुङ्ग धारा ४ खोरबारीका पुजनिय बाबा स्व. बाबा भिम बहादुर चिदी तथा आमा भुमीसरा चिदी मगरकी साँहिला छोरा म लिलाम्बर चिदी मगर हो ।  

  

- भर्खरै तपाईंको गृह जिल्ला पाल्पामा हेक्लाङ्गकी २४ वर्षिय बिनु पुलामी मगरको रहस्यमय घटना घट्यो । यस बारेमा तपाईंको के छ धारणा ?
-वास्तबमा यो घटनाले हामी पाल्पावासी मात्रै नभै सिङ्गो नेपाली समाज र महिलाहरू माथि भएको अपमानित घटना हो । मलाई लाग्छ कुनै जाति र पार्टीको संरक्षण नगरी यो घटनालाई निष्पक्ष छानविन गरि दोषीलाई कडा भन्दा कडा सजायको भागिदार हुन पर्छ ।


- रोजगारीको शिलशिलामा कतारको बसाई कति भयो नी ?
- म रोजगारीको शिलशिलामा कतार आएको झण्डै दुई दशक देखी दोहा-कतारमा श्रमिकको रुपमा काम गर्दैछु।
  
- लिलम चिदी मगर को हो जस्तो लाग्छ ?
- बिशेष गरेर आफ्नो जिविको पार्जन संगै सुनौलो भविश्यको कल्पना बोकेर साधारण श्रमिकले आफ्नो परिवारलाई सम्पन्न बनाउने लक्षले दोहा आएको थिए । अन्तत: झन्डै १ दशक देखी समाजिक सं-सस्थामा आवद्ध हुने वातावरण जु¥यो । वर्तमानको  परिपेक्षलाई नियाल्दा समाजको म सिपाही जस्तो ठान्दछु ।
           
- कुन-कुन सामाजिक संस्थाहरुमा आवद्ध हुनु हुन्छ ?
- सर्ब प्रथम म नेपाल मगर संघ शाखा कतारको सदस्यता ग्रहण गरे । तत् पश्चात् संघमा आवद्ध आदरणीय अग्रजहरूले मेरो मेहनत ईमानदारीतालाई मुल्यांकन गरि दुई कार्यकाल कोषाध्यक्ष हुँदै हाल द्धितिय उपाध्यक्ष पदमा बहाल छु । भने पाल्पाली सेवा समाज कतारको अध्यक्ष, समाज सेवा अभियान रुपन्देहीको सल्हाकार सदस्य, पहिलो संघिय परिषद कार्यकाल पछि दोस्रोपटक पनि पुन: बहाल सदस्य रहनुका साथै, नेपाल प्रबासी आदिवासीजनजाति महासंघ कतारको द्धितिय उपाध्यक्ष छु ।
     
- सामाजिक संस्थाहरुमा आवद्ध हुने प्रेरणा को बाट पाउनु भयो र किन यसरि सामाजिक संस्थाहरुमा लाग्नु भयो ?
- आफू निम्न परिवारमा हुर्केकोले पनि दीन, दु:खीको सेवा सह्योग गर्ने मन देखि नै ईक्षा शक्ति उत्पन्न हुने रहेछ । अत: मेरा पुजनिय पिता स्व. भिम बहादुर चिदी मगरले भन्ने गर्नु हुन्थ्यो की, हामी सबै यही देशका नागरिक हौँ । आदिवासीजनजाति समुदायका नागरिकलाई शासन शक्ति र राज्यसत्ताको नेतृत्व लिएका एकात्मक नितिले दोस्रो दर्जाको रूपमा हेर्ने कुनियतले पनि तल परेका हुन् । तसर्थ, हाम्रो यो उथलपुथल समाजमा राज्यसत्ताको निरंकुशताको अतिवादी नितिले गरेको विभेदपुर्ण ब्यावहार देखेर गाउँ, समाजमा राजनैतिक ज्ञान शिक्षा, जनचेतनाका अभावले राज्यको हरेक तहमा समानुपातिक प्रतिनिधित्व हुनुका लागि स्वं सक्षम  हुनु जरुरी पर्छ भन्ने मुल्य र मान्यतालाई आत्मसात गरी बैचारिक संस्थामा आवद्ध हुनु हुन्थ्यो । वँहाको सामाजिक कार्यमा रहेको अग्रसरता देखेर पनि मलाई थप प्रेरणा मिलेको महशुस गर्छु।  
  
-जागिरको अलावा बाँकी समय समाजसेवामा समय कसरी संभव छ ?
- विशेष त दैनिकी हरेक श्रमिकले ८ देखी १२ घण्टा सम्म श्रम गरेको पाईन्छ । तर अन्तर मन देखि नै सकारात्मक  ईक्षा शक्ति चाहना भए सम्भब हुने रहेछ   

  
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको द्धितिय उपाध्यक्षको कार्यक्षेत्रमा रहेर आफ्नो जिम्मेवारिका अनुभव कस्तो रह्यो ? केहि बताई दिनुहोस् न !
- यस नेपाल प्रवासी आदिवासीजनजाति महासंघ कतारको केन्द्रिय समिति र सचिवालयका सम्पूर्ण पद्धेन पदाधिकारी टिम दक्ष, अनुभवी र कर्तब्यनिष्ट छन् ।


- महासंघले गरेका कार्यक्रमहरुमा मध्ये तपाई सन्तुष्टि भएको सफल कार्य एक, दुई, तीन गरि बताईदिनु हुन्छ की ?
- १ सर्ब प्रथम त यस हाम्रो कार्य समितिले महासंघको निर्णय अनुसार गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्बय परिषद कतारको २०१५-१७ को लागि नेतृत्व देखि विभिन्न उच्च तह सम्म पुर्‍याउन सफल भयौं ।
- २ डा. अोम गुरुङ ज्युलाई निमन्त्रणा गरी आदिवासीजनजातिहरुको पहिचान, संघियता लगायत विविध विषयमा प्रशिक्षण दिई कतारमा रहेका महासंघमा आवद्ध रहेका विभिन्न मातृ संस्था तथा अन्य आदिवासीजनजातिहरुलाई सचेतना मुलक कार्यक्रम संपन्न गराउन सफल भयौं ।
- ३ गए वैशाख १२ र २९ २०७२ को महाबिनासकारी भुकम्प बाट क्षति भै आपत विपतमा परेका भुकम्प पिडितका लागि मातृ संस्थाहरुको समन्वयमा महासंघले सह्योग जुटाई संवन्धित पिडितका लागि सह्योग पुर्‍याउन सफल भयौं । 
                  
- नेपाल प्रवासी आदिवासीजनजाति महासंघको आगामी चुनौतीको समस्या समाधान र विकल्पका बारेमा प्रष्टाई दिनुस् न !
- विभिन्न चुनौती र समस्याहरु पक्कै आउछन् । विकल्प खोज्नु पर्छ जस्तो सुकै समस्याको समाधान हुन्छ । कर्तव्य पालना संगै संघको विधि, विधान, मापदण्डलाई ध्यानमा राख्नुका साथै, आफु गम्भिर हुनुका साथै विभिन्न सल्लाह, सुझावका मनसाय बुझी प्रत्येक मातृ संस्थाहरु सँग समन्वय गरी आपसी सद्भाव, सदाश्चयता राख्नु पर्ने अत्यन्त महत्त्व रहन्छ । भन्ने बारेमा पनि हेक्का हुनुपर्दछ । तसर्थ, संस्थाको जिम्मेवारी पाएको पदाधिकारीले आफ्नो जिम्मेवारी बाट पन्छिनु सरासर गलत हो ।
  
-महाधिवेशन नजिकिदै गर्दा तपाईले भविष्यमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघ कतारको नयाँ कार्यसमितिमा बसेर काम गर्ने योजना छ कि छैन बताई दिनुहोस् न  ?
- यति बेला नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको नयाँ नेतृत्व कस्ले गर्ला ? कस्को नेतृत्वले आगामी दिनमा महासंघको संवन्ध अझ फराकिलो भन्ने बिषय बहस चलिरहेको छ । मेरो बिषयको कुरा गर्ने हो भने, मैले महासंघको परिषद सदस्य देखी दुई कार्यकाल सम्म द्धितिय उपाध्यक्ष सफल रुपमा मैले मेरो जिम्मेवारी बहन गरेको छु ।

-  विगत देखि वर्तमान सम्म मैले संघको विधि, विधान, मापदण्डलाई आत्मसात गरि निभाएको अहम भुमिका प्रति संस्था प्रमुख, सचिवालयका पद्धेन पदाधिकारी, तथा परिषद सदस्य, एवं सल्लाहकार समितिका सदस्यहरू ज्यू लगायत संस्थापक ज्यूहरुले मेरो कर्तव्यनिष्ट भुमिकालाई मुल्यांकन गरी नेतृत्वका लागि वातावरण बन्छ भने पक्कै पनि मैले अध्यक्ष पदका लागि दावेदार उमेदवारी दिने छु ।                 

- यदि नेपाल प्रवासी आदिवासीजनजाति महासंघको अध्यक्ष पदमा नियुक्ति हुनु भयो भने के गर्नु पाए हुन्थ्यो जस्तो लाग्छ ? एक, दुइ, तिन गरेर बताई दिनु सक्नु हुन्छ कि ?
- नेपाली भुमिपुत्र आदिवासीजनजाति समुदायलाई एकात्मक राज्यसत्ताले गरेको विभेदकारी नीति विधानलाई संसोधन गरी । संयुक्त राष्ट्र संघको घोषित ILO, १६९ मा उल्लेखित अन्तराष्ट्रिय निर्देशिका बमोजिम ब्यावहारमा कार्यनयनका लागि राज्यलाई दवाव दिन नेपाल सरकार समक्ष पहल गर्ने छु ।
१. आदिवासीजनजाति लगायत पिछडिएका वर्ग र समुदायले राज्यसत्ताको हरेक तह र तप्कामा समानुपातिक प्रतिनिधित्व गर्ने वातावरण  श्रृजना गराउनुका साथै, हरेक आदिवासीजनजातिले आ-आफ्नो ईतिहास, भाषा, धर्म संस्कृति, पहिचान र अस्तित्वको संरक्षण-प्रवर्द्धनमा टेवा दिने छु ।
२. अन्तर मातृ संस्था विच भाषा तथ लिपिमा प्रशिक्षण गराई कविता, गीत, गजल प्रतियोगिता गराई पुरस्कारको ब्यावस्थापन गरि प्रवर्द्धनमा टेवा दिने छु ।

३. कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनहरू संग समन्वय, सहकार्यमा, हातेमालो गर्दै, आपसी सद्भाव, सदाश्चयताको साथै महासंघ संगको भातृत्व संवन्धलाई अझ फराकिलो बनाउने छु । 

Last Updated on Thursday, 01 December 2016 14:59

Hits: 487

कतारमा आएकी मोडल तथा लोक गायिका अनुसंगको छोटो कुराकानी !

कृष्ण सारू मगर


कतार, नोभेम्बर २० 

राज्यसत्ता-यहाँलाई कृष्ण सारू मगर र संपादन सह्योगी बिजय कुमार मगरको ब्याक्तिगत तथा राज्यसत्ता डटकमको तर्फ देखी हार्दिक स्वागत गर्दछौं  ।

अनु:- सर्वप्रथम राज्यसत्ता डटकमलाई सम्झन चाहान्छु ।
मलाई यस्तो अवसर जुटाई दिनु हुने दुवैजनालाई विशेष धन्यवाद छ ।


राज्यसत्ता - कृपया तपाईंको पूरा परिचय दिनुस न ।

अनु:-स्थाई जन्म घर दिब्रुङ्ग -९ गुल्मी स्व. बाबा प्रेम बहादुर तथा स्व.आमा हरि माया गुरुङको कोखबाट जन्मेकी म अनु गुरुङ (जुना) हो ।


राज्यसत्ता - कस्को प्रेरणाले यस कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको ?

अन:- मेरा अग्रज गायक, गायिका, आदरणीय दाजु-दिदी र संङ्गी साथीहरू कै प्रेरणाले तथा मेरो लोक गीत संगीतमा बढी रुचिको कारणले गर्दा यस क्षेत्रमा
प्रवेश गरेकि हुँ ।


राज्यसत्ता -लोक गीतलाई नै बढी प्रथामिकता दिनु भएको कारण के-के हुन् ?
अनु:- मैले लोक दोहोरी बाहेक अन्य गीतहरू पनि सुन्ने गर्दछु । तसर्थ, हाम्रा अग्रज गायक, गायिकाहरूको गीत, संगीतलाई पनि राम्ररी अध्यन गर्ने गरेकी छु । जस बाट मैले अधिक साँगितिक ज्ञान, हासिल गरेको महशुल हुन्छु ।
किन कि हाम्रो ग्रामिण भेग अन्तर्गत पर्ने समाजमा हिजो, आज हुने प्राय विभिन्न कार्यक्रमहरूमा अधिकाँस लोक दोहोरी गीत संगीत नै गुन्जिने गर्दछ ।
जस्ले गर्दा मलाई ती गीत संगीतले मानमा आन्नद लाग्थ्यो,अनि बुझ्दै गर्दा पनि लोक दोहोरी भनेको हाम्रो लेकवेशी वनपाखा, मेलापातमा लगायत मौलिकता संस्कृति बोकेको राष्ट्रियताको भाव पाएर हो ।


राज्यसत्ता - राष्ट्रिय लोक तथा दोहरी गायिका परिचय दिई रहँदा आफुलाई कस्तो महशुस गर्नु हुन्छ ?
अनु:- कोहि कसैले सस्तो लोकप्रियता पाउनका लागि गलत ढंग बाट प्रस्तुत गर्दछन् । त्यसैले गर्व गर्ने ठाउँ अझै सुरक्षित बनेको छैन ।
म स्वतन्त्र नेपाली हुँ त्यसैले पनि आफ्नो मौलिकता झल्किने साँगितिक प्रस्तुतिमा निरन्तरता दिई रहेकी छु । साथै, म स्वं नेपाली आदिवासीजनजातिकि छोरी, चेली भएकोमा पनि मलाई हाम्रो लोक गीत संगीतको निखार पनमा खुसीयालीको आभाष हुन्छु ।


राज्यसत्ता - कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ? सबै भन्दा दर्शक तथा श्रोताहरूले सर्वाधिक मनपराएका कुन-कुन हुन् । तपाईंलाई मन पर्ने चाहिँ ?
अनु:- मेरो आफ्नै एल्बमहरू झन्डै डेढ दर्जनको हाराहारीमा सर्वत्र बजारमा ल्याई सकेकी छु । तसर्थ, मेरा आदरणीय दर्शक, श्रोता एवं शुभेच्छुकहरूको प्रेरणाले नै यहाँ सम्म आउन सफल भएकी हुँ । ती श्रृजना मध्ये "बजाई देउ ताली" तीज गीत,
हाईलाईट नेपाल प्रा.लि तथा आशिष म्यूजिक प्रा.लिले उत्पादित "बरको डाली चील" र विन्धवासीनी प्रा.लिले उत्पादन गरेको सुनैको बाला चाहिँदैन गीतको बोल रहेको हो । जसमा म स्वयंले मोडल अभिनयको भुमिका निर्वाह गर्दै म्यूजिक भिडियोमा साथ दिएकीले पनि प्राय सबै जस्तो आफुलाई मन पर्दछ ।
साथै, अर्को एल्बमको तैयारीमा जुट्दै छु । सायद आशा गरौ अब छिट्टै यही मिडियाको सह्योग बाट नै मैले सार्वजनिक गर्ने प्रयत्न छु ।


राज्यसत्ता - लोक तथा दोहरी कलाकारको भविष्य कस्तो छ ?
अनु:- आज कै यहि चाल हो भने खासै भबिस्य मैले देखेकी छुईन ।
तर, संवन्धित निकाय र राज्यले प्रतिभाशाली कलाकार उत्पादन संगै संरक्षणमा विशेष टेवा पुर्‍याउन सकेको खण्डमा कलाकारको वर्तमान र भविष्य सुनिश्चित छ ।


राज्यसत्ता -तपाईंलाई सबै भन्दा मन पर्ने गायिका ?
अनु:- स्वरकी धनी गायिका आदरणीय दिदी बिमाकुमारी दुरा ।


राज्यसत्ता - तपाईं विवाहित कि अविवाहित  ?
अनु :-यस वारेमा अझै सोचेकी छैन ,अविवाहित नै छु ।


राज्यसत्ता -प्रेम के हो ?
अनु:- वास्तवमा प्रेम विभिन्न किसिमले परिभाषित हुन्छन् ।
हरेक उतार चढाव संग सामना गर्दै संघर्षरत दुई पलको जिन्दगीमा साथ रहोस् । जस मध्ये मानवीयताको मायाँ, स्नेह, सद्भाव, सहिष्णुता र प्रेरणाको आधार हुन् । प्रेम मेरो बुझाईमा !


राज्यसत्ता -गरिब तथा जेहेन्दार मगर विधार्थीका लागि समाजिक कार्य "अक्षकोष स्थापनार्थ" दीपावली साँझ कार्यक्रममा सहभागी भै रहँदा आफुलाई कस्तो महसुस गर्नु भएको छ ।

अनु:- यस्तो समाजिक कार्यको लागि सहभागी हुन पाउँदा आत्मा देखि आफुलाई भग्यमानी महशुस गरेकी छु । सदैव दीन दु:खीहरूको मद्धतका लागि सबैले जुट्न विश्व शान्तिका दुत बुद्धले यस्तो समाजिक उत्साह, हौसला र प्रेरणा जागृत होस् । भन्न चाहन्छु ।


राज्यसत्ता - तपाईं आदिवासीजनजातीको चेली हुनु हुन्छ । आदिवासी समुदायका आफ्नै मौलिक भेषभुषा, भाषा तथा कला संस्कृति रहेका छन् । यसको संरक्षण र प्रवर्द्धन गर्न के गर्नु पर्छ र यस्मा लोक दोहोरी गायिका भएकोले तपाईंको भुमिका कस्तो रहेको छ ? छोटकरीमा बताई दिनुस न !
अनु:- हाम्रो मौलिकता पन रहने खालको गीतलाई मैले सके जति कोसिस गरि रहेकि छु । र निरन्तरता दिई रहने छु । साथै हाम्रो पहिचानको परम्परागत भेष-भुषामा कला, संस्कृति रितिरिवाजको विकृति विसंगतिलाई भित्रिन नदिन आफ्नो कला क्षेत्र बाट पनि सदैव पहल रहि रहने छ ।


राज्यसत्ता -दोहामा झण्डै एक हप्ताको बसाईमा तपाईंले के अनुभव पाउनु भयो ? साथै, कतारबासी आम श्रोता तथा दर्शक शुभेच्छुक उहाँहरूमा केही भन्नू छ ?

अनु:- सर्वप्रथम त समाजिक अभियानको अभिन्न अंग बनेर आफ्नो मौलिक नेपाली लोक तथा कला प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हुने नेपाल मगर संघ शाखाको मातहतमा रहेको कला तथा साँस्कृतिक विभाग आयोजक परिवारलाई धेरै-धेरै सम्झिन चाहेँ ।  किन कि आयोजक टिमका परिवारहरू नै साँस्कृतिक विभाग भएकोले पनि म लगायत हामी सम्पुर्ण कलाकार टिमलाई कुनै अप्ठ्यारो भएको महशुस गर्न परेन । कतारको विभिन्न रमणीय स्थलहरूको अवलोकन गराई आनन्दित बनाउनु भयो ।

आदरणीय मेरा नेपाली श्रोता तथा दर्शक शुभेच्छुक ज्यूहरूको मायाँले नै आज देश, विदेमा आफ्नो कला र प्रतिभा देखाउने अवसर मिलेको छ । तसर्थ, उक्त कार्यक्रममा प्रतक्ष सहभागी भै सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउनु मद्धत गर्नु हुने एवं मेरो प्रस्तुतिमा निकै उत्साहजनक साथ जनाउनु हुने कतारबासी समस्त गीत संगीत पारखी कलाप्रेमीहरूमा हार्दिक आभार प्रकट गर्दछु ।


राज्यसत्ता - व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनु भएकोमा यहाँलाई धन्यवाद छ !

अनु:- तपाईं र तपाईंको राज्यसत्ता डटकमले पनि मेरा मनका भावनात्मक विचारलाई राख्ने जुन अवसर दिनुभयो, यहाँहरू प्रति धेरै आभारी छु साथै धन्यबाद दिन पनि चाहान्छु ।

Last Updated on Tuesday, 22 November 2016 13:24

Hits: 1175

बिदेशमा नेपाली बाजाको स्वाद पस्केका छौ -धौलागिरी नौमती बाजा यु केका अध्यक्ष अमृत गर्बुजा

समाजसेवी ,बहुमुखी प्रतिभाका धनी ,धौलागिरी नौमती बाजा यु केका अध्यक्ष अमृत गर्बुजा सँग चिम्खोले काइलाको अन्तरङ् कुराकानी । 

- चिम्खोले काईला

तपाईंको परिचय ? (जन्म थलो, शिक्षा, कर्मथलो र परिवार)

मेरो जन्मथलो म्याग्दी जिल्ला,चिमखोला,कान्छी गाउँ हो | शिक्षा-कक्षा आठसम्मको अध्ययन जन्मथलो मै भयो | हाई स्कूल पढ्न २०३९ सालमा रुपन्देही जिल्ला,तिकुलिगढ़ गाविस,सुपौली भन्ने गाउँमा झरेर तिकुलीगढ़ मा.बि.बाट एस.एल.सी.सम्मको अध्ययन गरें | त्यसपछि २०४२/२०४६ सालमा पृथ्वी नारायण क्याम्पस,पोखराबाट बी.एड.सम्मको शिक्षा हासिल गरें | २०४६ साल मै आफ्नो जन्मथलो कै अमर मा. बि.मा नियुक्ति भएर ६ महिना अध्यापन गर्ने मौका पनि पाएँ | कर्मथलो भनेको-२०४७ सालमा मास्टर जागिर छोडेर जापानतिर हानिएँ | जापानको ९ बर्षे एकल बसाई पश्चात बिबाह गर्ने उद्देश्यले २०५५ सालको अन्त्यतिर नेपाल फर्किएँ | केटी खोज्ने क्रममा हालको मेरी श्रीमती मिना पुन हंगकंगको आईडी होल्डरसंग मेरो कर्म जुर्यो | त्यसपछि १९९८ जुलाईमा हंगकंग गयौं |संगै जिउंने,नोकरी गर्ने क्रममा दुई सन्तान पनि हात पार्यौं | २०१० सम्म हंगकंगलाई कर्मथलो बनायौं |त्यसपछि २०१० को अप्रिलमा बेलायत आए पछि परिवार सहित बेलायतलाई नै कर्मथलो बनाएको छुँ |

अमृत गर्बुजा कस्तो खालको व्यक्ति हो जस्तो लाग्छ ?

म एकदमै सरल र साधारण व्यक्ति हुँ |कुनै व्यक्ति वा समाजमा परेको दु:ख र समस्यामा आफ्नो क्षमतानुसार सहयोगको भावना राख्ने | साधारणतया: रोमान्टिक खालको जस्तै:- गाउने,बजाउने,नाँच्ने,जोक गर्ने,हाँस्ने/हसाउने, स्वालम्वी,दयालु,अरुलाई पीर नपार्ने र अन्याय-अत्याचार नसहने खालको व्यक्ति हो जस्तो लाग्छ |

तपाईं धौलागिरी नौमती बाजा युकेको अध्यक्ष पदबाट भर्खर मात्रै निबर्तमान हुनु भएको छ | | धौलागिरी नौमती बाजा युकेमा स्थापना गर्नको मुख्य उद्देश्य, मर्म र भावना के हो ? छोटकरीमा केहि बताइदिनु हुन्छ कि ?

राम्रो प्रश्न राख्नु भयो,स्वागत छ तपाईलाई | धौलागिरी नौमती बाजा,यूके स्थापना गर्नुको मूख्य उद्देश्य भनेको-यूके लगायत यूरोपमा नेपालीहरुको चाप बढ्दो छ,नेपालीहरु बिदेशमा बसोबास गरेता पनि आफ्नै मौलिक संस्कार,संस्कृति र परम्परामा रमाउन चाहन्छन |जस्तै:-बिबाह,ब्रतबन्ध,भात खुलाई,विभिन्न भेटघाट कार्यक्रमहरु,नेपाली चांड-पर्वहरु लगायत विभिन्न च्यारिटी प्रोग्रामहरुमा नौमती बाजाको परिपूर्ति र पहिचान गर्नु हो | अर्को मर्म र भावना भनेको-नौमती बाजा नेपालको एउटा लोकप्रिय बाजा हो | यो बिस्तारै लोपोन्मुख हुन
लागेको अवस्था हो,यसको जगेर्ना गेने,लोप हुनबाट जोगाउन कोशिस गर्ने,संरक्षण र सम्बर्द्धन गर्ने मर्म र भावना रहेको छ |

धौलागिरी नौमती बाजा,यूकेका चुनौतीहरु के के छन् ? छोटकरीमा बताई दिन हुन्छ कि ?

चुनौतीहरु छन्,अवश्य | बुँदागतरुपमा भन्नु पर्दा-

१-कुनै कुनै व्यक्तिहरु र समाजहरुले यसलाई पचाउन सकेका छैनन् | नेपालीको बाजा भन्नु पर्नेमा दमाई जातिको बाजा भन्ने संकुचित भावना बोकेकाहरुसंग सामना गर्नु परेको छ | हाम्रो बाजा होइन रे !!! सीप र कला छ भने जुन जातिले बजाए पनि फरक पर्दैन | त्यसो त गितार पनि हाम्रो बाजा होईन | गितार बजाउने ठूलो जाति रे नौमती बाजा बजाउने सानो जाति रे, यो कस्तो दरिद्र सोचाई हो ? यसलाई हामीहरु चिर्दै अगाडी बढ्नु छ |

२-आफ्नो रोजीरोटीको लागि नोकरी पनि गर्नै पर्यो,यूके र यूरोपको नौमति बाजाको मागलाई पनि मध्यनजर राख्दै सबै चाँजो पाजो मिलाउनै पर्यो,पासपोर्ट र भिसा सम्बन्धि यावत समस्याहरु छन | यूरोपतिर जाँदा खर्च महँगो पर्न जान्छ |

३-अर्को मूख्य चुनौती भनेको यो नौमती बाजालाई भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ कि सकिन्न ? भन्ने चिन्ता हो | हाम्रो पुस्ताले मात्रै बजाउने वा प्रयोगमा ल्याउने तर भावी पुस्तालाई सुम्पन/सिकाउन सकेनौं भने गैर जिम्मेवारी हुन आउछ जस्तो लाग्छ मलाई | अन्य सामान्य चुनौतीहरु त धेरै नै छन |

तपाईंको कार्यकालमा के कस्ता कार्यहरु सम्पन्न गर्नु भयो एक दुइ तिन गरेर बताइदिनु होस् न ?

मेरो भन्दा पनि हाम्रो कार्यकालमा निम्नलिखित सामाजिक तथा परोपकारी कार्यहरु भएका छन:-

समूह ( क )
पूर्व मन्त्रि गोरेबहादुर खपाङ्गी बचाऊ अभियान, अनिश खालिङ बचाऊ अभियान, ओमकुमारी (शान्ति) बचाऊ अभियान, भूकम्प पीडित बि. स. क्यान्सर पीडित गौमाया खोर्जा, पर्बत सालीजा मृगौला पीडित, चिज कुमारी पुन पाखापानी म्याग्दी, मृगौला पीडित , नौमती पुन, शिख म्याग्दी मृगौला पीडित, लक्ष्मन पुन, डाँडाकटेरी पर्बत टाउकोको समस्या, जयराम पुर्जा ओखरेनी पर्बत मुटुको समस्या, बत्ति गुरुङ, काफलचौर पर्बत अपाङ्ग , कृष्ण पुर्जा, काफलडाँडा म्याग्दी प्यारालाइज, हिरा बहादुर गर्बुजा,म्याग्दी, बेगखोला मृगौला पीडित, दिल माया गर्बुजा,पर्बत, सालीजा मृगौला पीडित उदय फगामी, म्याग्दी, बेगखोला हाल बुटवल मृगौला पीडित सम्मर बहादुर मल्ल, रुपन्देही, तिलोक्तमा नगर पालीका मृगौला पीडित टक बहादुर पुन, पर्बत, लेखफाँट, बन्बरे गरेर जम्मा £800 सहयोग गर्न सफल भएका छौँ /

समूह ( ख )
MONA युके एम्बुलेन्स प्रोजेक्ट म्याग्दी, गलेश्वर वृदाश्रम, मगर संघ युकेको हाउजिङ प्रोजेक्ट, प्रतिभा साँझ च्यारिटी बेगखोला कल्याणकारी च्यारिटी दाना सेरोफेरो च्यारिटी NRNA UK को आयोजनामा आयोजित १०४औँ नारी दिवस म्याग्दी जिल्ला FREE WIFI अभियानको लागी MONA PORTUGAL को कार्यक्रममा सहयोग गरेर जम्मा £1443 ( एक हजार चार सय तिर्चालिस पाउण्ड ) सहयोग गर्न सफेका छौँ /

समूह ( ग )
मोना युकेको एम्बुलेन्स प्रोजेक्ट, मृगौला पीडित काजीमान गर्बुजाको लागी दोगनम मेडियालाई आर्थिक सहयोग संकलन अभियान, मृगौला पीडित, टेक प्रसाद रोका, दर्बाङ्ग,म्याग्दी आर्थिक सहयोग संकलन अभियान, मृगौला पीडित, महेन्द्र गर्बुजा, म्याग्दी मराङ आर्थिक सहयोग संकलन अभियान एकै घरको ४ जना अपाङ्ग दिदि बहिनि हरुको लागी बल बहादुर परियार, रानी पानी गा . बि . स . पर्बत आर्थिक सहयोग संकलन अभियान मृगौला पीडित सतीका पुन, पर्बत, हलहले आर्थिक सहयोग संकलन अभियान गरेर जम्मा नेपाली रुपिया ४८३,९१८ सहयोग गर्न सफल भएका छौँ /

धौलागिरि नौमती बाजा बाहेक कुन कुन सामाजिक संस्था तथा राजनीतिक पार्टीहरुमा आबद्ध हुनु हुन्छ ?

१-मगर संघ,यूकेको हाउजिङ्ग ट्रष्टी मेम्बर,

२-म्याग्दी प्रवासी नेपाली,संघ (मोना) को आजीवन सदस्य,

३-पुन मगर समाज,यूकेको आजीवन सदस्य,

४-म्याग्दी राहुघाट खोला सेरोफेरो,यूकेको आजीवन सदस्य र

५-चिमखोले समाज,यूकेको आजीवन सदस्यमा आबद्ध छुँ |

भने राजनीतिक आस्था जता झुकाव भए पनि हालमा कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको अवस्था हो | राजनीतिक नै गर्ने हो र देशको लागि केहि गर्ने हो भने स्वदेश मै फर्केर गर्नु पर्छ | विदेश बसेर राजनीतिक गर्छुं भनेको मध्यरातको अध्याँरोमा जंगलको बीचमा फ्याउरो कराए सरह हो जस्तो मलाई लाग्दछ |

सामाजिक संस्था तथा राजनीतिक पार्टीहरुमा आबद्ध हुने कोबाट प्रेरणा पाउनु भयो ?
अनि यसको मुख्य उद्देश्य ?

सामाजिक काम गर्ने प्रेरणा स्थान,समय,परिस्थिति र उमेरले दिँदो रहेछ | विदेशको बसाईमा नेपालीहरुको दु:ख र समस्याहरुलाई ट्वाल ट्वाल हेरी रहन सकिन्न | त्यसकारण स्वत: स्फुर्तरुपमा सामाजिक भावनाले प्रेरित गर्छ त्यसमा पनि जब उमेर ढल्किदै गए पछि मान्छे परिपक्क हुदै जान्छ र सामाजिक भावनाहरु जागरक हुन्छन | पारिवारिक हिसावले भन्ने हो भने यूकेमा सामाजिक भावनाको प्रेरणा मेरै सहोदर दाई दुत पुन,मगर(चिमखोले काईला) हुन् |

राजनीतिक प्रेरक पनि कुनै एउटा व्यक्ति हुदैन,क्याम्पसमा अध्ययन गर्ने क्रममा सयौं बिद्यार्थी नेताहरुको भाषण र कुरा सुन्न पाईन्थ्यो | तिनीहरुको भाषणले खूब प्रभाव पार्दथ्यो | रगत उम्लेर जाला जस्तो भान हुन्थ्यो | ती बिद्यार्थीकालका नेताहरु नै मेरा प्रेरक थिए | राज्यको लागि राजनीतिक गतिबिधि सहि दिशामा अवलम्वन हुन सकेन भने देशको बिकास हुन सक्दैन |

अमृत गर्बुजा एउटा मगर तथा शिक्षित व्यक्तिको हैसियतले भन्न पर्दा मगरहरु पछाडी पार्नको मुख्य कारणहरु एक, दुइ, तिन गरेर बताइदिनु हुन्थ्यो कि ?

मगरहरु पछाडी पर्नु र पार्नुको मूख्य कारणहरु निम्न लिखित हुनु पर्छ:-

१-हाम्रो इतिहाँस नै गलत दिशाबाट शुरु भएको छ |गोर्खा भर्ति केन्द्र खोलिनु र विदेश जानु |

२-राज्यले मगरहरुलाई गोर्खा भर्तीमा पठाउनु |

३-मगरहरु लाहुर नगैकन शिक्षा क्षेत्रमा जोड र देश मै संघर्ष गरेको भए यत्तिका पछाडी पर्ने थिएनौं कि जस्तो लाग्छ |

४-शिक्षित नहुनु,शिक्षित भए पनि नेपालको सरकारी जागिरप्रति आकर्षित नहुनु |निजामति प्रशासन,पुलिस प्रशासन र आर्मी प्रशासनतर्फ मगर जातिको बाहुल्यता नहुनु अति न्यून हुनु |

५-राज्यले जनजातीलाई सरकारी जागिरमा पक्षपात गर्नु | जागिर नपाउनु |

६-नेपाल मै संघर्ष गर्न नजान्नु | बिदेशै ताक्नु |

७-व्यापार तथा व्यवसायमा नलाग्नु |पूरानै बाउ/बाजेको पेशा अंगाल्नु |

८-देशमा बसेर राजनीतिक नगर्नु | जनचेतनाको बिकास नगर्नु |आदी/ईत्यादी कारणहरु छन |

९-खुट्टा तान्ने काम | एकता नहुनु | विभाजित हुदै जानु |

मगर संघ युके जस्तो अत्यन्तै शक्तिशाली संस्था स्थापित हुँदा हुदै पनि स-साना झुण्डहरुमा मगर संस्थाहरु युकेमा बिस्तार हुदै छन / यी स-साना झुण्डमा बिस्तार हुँदै गरेका मगर संस्थाहरुले मगर संघ युकेलाईनै चुनौती दिदै छन जस्तो भान भैरहेको छ यस्तो अबस्थामा मगर संघ युकेले के भूमिका खेल्नु पर्छ जस्तो लाग्छ ?

यसमा मगर संघ,यूके हदैसम्मको लचिलो हुनु आवस्यक छ | एकताको लागि वार्ताहरु जारी राख्नु पर्छ | अन्तरक्रिया भै राख्नु पर्छ | वहाँहरुको संवेदनशील मागहरु छन भने नेपाल मगर संघको केन्द्रबाटै पहल गरिनु पर्छ | फुट्ने नै मानसिकताबाट झुण्डहरु जन्मिएका हुन् भने त कसैको केहि लाग्दैन | मगर संघ,यूकेले गरेर हुने सम्मको सबै एकताको कसरत गर्नै पर्छ जस्तो लाग्छ | कन्जुस्याई गर्न हुदैन |

यसमा कसको बढी गैर जिम्मेवारी छ जस्तो लाग्छ ? बताइदिनु हुन्छ कि ?

यसमा बढी गैर जिम्मेवार झुण्डहरुको नै हो जस्तो लाग्छ मलाई | मगर संघ,यूके हुँदा हुँदै पनि विभिन्न झुण्डहरुको स्थापना नगर्नु पर्ने | आफ्नो अलि पृथक किसिमको

संस्कार,संस्कृति,रितिरिवाज र परम्पराको जगेर्ना र संरक्षण गर्ने हेतुले स्थापना गरेको भए पनि मगर संघ,यूकेको छातामूनि रहेर एकताको मालामा उनिनु पर्ने जस्तो मलाई लाग्दछ |

संसार भरि छरिएर बसेका मगर तथा गैर मगरहरुलाई केहि संदेश छ कि ?

संसार भरि छरिएर बसेका मगर तथा गैर मगरहरुलाई मेरो हार्दिक नमस्कार साथै अभिवादन !!! संसारको जुनै ठाउँमा बस्नु भएको भए पनि सम्पूर्ण नेपालीहरुको सु-स्वास्थ्य र दीर्घायूको कामना गर्दछुं | जातिय उत्थान हुनु आवस्यक छ तर जातिय द्वन्द र लडाई नहोस भन्न चाहन्छुं | जाति-पाटि भन्दा पनि सबै नेपालीहरु एक भएर बाँचौं भन्न चाहन्छुं | सबैमा नेपालीत्वको भावना होस् भन्न चाहन्छुं |

अमृत गर्बुजालाई मैले बहुप्रतिभा भएको व्यक्तिमा चिन्दछु | जस्तै: हाँस्यव्यंग नृत्य, कमेडी, सामाजिक, राजनीतिक, पत्रकारिता र साहित्यमा पनि बिशेष रुचि भएको ठान्दछु ? यी उक्त बहुप्रतिभाशाली हुनमा को बाट प्रेरेना पाउनु भयो ? बताइदिनु हुन्छ कि ?

हाँस्यव्यंग नृत्य र कमेडी भन्ने कुरा सबै व्यक्तिमा हुदैन,यो अलि अलि प्राकृतिक पनि हो कि जस्तो लाग्छ | यसलाई मेक अप गर्ने भूमिका आफ्नो पनि हुन्छ नै | तर म राष्ट्रिय स्तरको कलाकार चाँही होईन | कुनै पनि कुरामा रुचि र लविङ्ग गर्न सकियो भने सफल पनि भईन्छ जस्तो लाग्छ |प्रेरणा गाउँ कै अग्रजहरुबाट मिल्यो होला |

सामाजिक र राजनीतिक प्रेरणाको बिषयमा माथि नै उल्लेख गरि सकेको छुँ | पत्रकारिता र साहित्यमा मेरो अभिरुचि छ तर बिदेशमा नोकरीलाई पहिलो प्राथमिकता दिनै पर्छ | बचे खुसेका समयलाई त्यसमा खर्च गर्नु पर्ने हो तर जति गर्नु पर्ने हो त्यो बिषयमा गर्न सकिएको छैन भन्दा पनि हुन्छ | यसको मुख्य प्रेरक चिमखोले काईला नै हुन् जस्तो लाग्छ | किनकि वहाँले बिगतका दिनहरुमा कविता,गीत,लेख,मुक्तक आदी बिषयमा रचना गर्दै जानु पर्छ भनि घच्घच्याउनु हुन्थ्यो |

अन्त्यमा जिन्दकी के हो जस्तो लाग्छ ?

जिन्दगी एउटा दर्शन हो | यसलाई अध्ययन गर्न सक्नु पर्छ | केलाउन सक्नु पर्छ | आफ्नो जिन्दगीलाई चिन्न र केलाउन सकेनौ भने कसैको जिन्दगी बेअर्थमा बाँची राखेको पनि हुन सक्छ | जिन्दगीलाई सहि ढंगले केलाउन र अध्ययन गर्न सक्नेले जिन्दगीलाई सगरमाथाको चुचुरोमा पुर्याएको पनि देख्न सक्छौं | सामान्य भाषामा जिन्दगीको परिभाषा भनेको-दु:ख-सुख,हाँसो-रोदन,खुशी-बेखुशी,सन्चो-बिसन्चो,हर्ष-बिष्मात आदी कुराहरुको सम्मिश्रण नै जिन्दगी हो जस्तो लाग्छ |

एभरेष्ट टाइम्स यु केका लागि चिम्खोले काइलाले लिएको अन्तर्वाता । 

--

Last Updated on Wednesday, 21 September 2016 15:33

Hits: 572

हाँस्य बिधामा दर्शकको मन जिती राख्न चुनौती पूर्ण छ -कलाकार नीर आले मगर ।

कृष्ण सारू मगर

-कलाकार निर आले मगर अहिलेका जल्दा बल्दा कलाकारको रुपमा गनिन्छन ,बिशेष गरी हास्य बिधामा उनको क्रेज बढी छ । मल्याङकोट स्याङ्जाका निर, आमा मन कुमारी आले र बाबु बोम बहादुर आलेको माहिला सन्तान हुन । उनका बाबु भारतीय सेनाका अवकास प्राप्त सुबेदार हुन । 

उनले हाल सम्म दर्जनौं म्युजिक भिडियो , नेपाली कथानक चलचित्र "प्रतिबिम्ब" ,देश बिदेशमा आयोजित बिभिन्न कार्यक्रम्म हरुमा आफ्नो अभिनय तथा निर्त्य माध्यम्बाट दर्शकको मन जिती सकेका छन ।
उनै बहु प्रतिभाका धनी निर आले मगर संग राज्यसत्ताका बहराईन संवाददाता कृष्ण सारु मगरको कुराकानी ।



तपाँई एक कुशल नृत्य तथा सफल हाँस्य कलाकार हुनु हुन्छ । यस कलाकारिता क्षेत्रमा प्रवेश गरेको कति भयो नी तपाईंले ?

 निर- झण्डै एक दशक पूरा हुँदैछ भयो ।

 हाँस्य कलाकारले दर्शक तथा शुभेच्छुकको मन जित्न कत्तिको कठिन छ ? साथै, आफ्नो कलाको प्रतिभा बाँड्दै हाल सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?


निर - सहि प्रसंग उठाउनु भयो तपाईंले, विभिन्न विधाका कलाकारले विविध समस्या संग सामना गर्दै, संघर्षका बावजुद पनि आफ्नो कला र प्रतिभाको उचित स्थान, नपाएर कति कलाकारहरू ओझेलमा परेका थुप्रै उधारणहरू छन् । वर्तमानको समसामयिक विषय वस्तुमा ढालेर प्रस्तुति दिन भने सोचे जस्तो सहज हुँदैन ।
किन कि, आदरणीय पूर्व अग्रज कलाकारले बजार ब्यावस्थापन पश्चात् सोही, शब्द तथा लय श्रृजनालाई हाँस्य कलाकारले ब्यङ्ग्यात्मक सैलिमा ढालेर अभिनय गरी आदरणीय श्रोता तथा दर्शकलाई सन्तुस्ति दिलाउन निकै चुनौतीपुर्ण र धेरै कठिन पनि छ ।
मेरो कुशल कला र प्रतिभाको मुल्यांकन गरी आदरणीय दर्शक तथा शुभेच्छुकहरूको माया, सद्भाव, प्रेरणाले आज यो स्थान सम्म आउन सफल भएको छु । 

हाल सम्म हङकङमा दुईपटक, दुबई, भारत र जापान पुगेको छु । भने, यहि आउँदो ११ नोभेम्बर २०१६ सुक्रबारका दिन कतारको प्रतिष्ठित शहर दोहामा आउँदै छु ।
अत: हाम्रा अग्रज आदरणीय बुद्धिजीवी तथा शुभेच्छुक ज्यूहरूको सुझाब, सल्लाह, निरन्तर साथ पाएको खण्डमा आगामी दिनमा अझ राम्रा-राम्रा प्रस्तुतिले मनमोहक बनाउने विश्वास दिलाउन चाहन्छु । 


पछिल्लो समयमा श्रोता तथा दर्शक एवं शुभेच्छुकहरूमा हाँस्य कलाकारको माग ह्वात्तै बढ्दै गएको पाईन्छ । वास्तविकता के हो बताई दिनुस न ? 

निर - वास्तवमा भन्नु पर्दा हामीलाई विभिन्न परिकार मध्ये दाल, तरकारी, मासु आदि, ईत्यादिको भोजनका रूपमा ग्रहण गरिन्छ, त्यसमा थप अचार भै दियो भने झन् मीठो र स्वादिष्ट बन्छ । तसर्थ, हाँस्य कलाकार पनि त्यही अचार हो भन्न रुचाउँदछु । 

कलाकार के हो जस्तो लाग्छ ? 

निर-विभिन्न विधाका कुनै पनि कलाकार राष्ट्रका गौरव हुन् । अमुल्य सम्पत्ति हुन् । किन कि हाम्रो देश भौगोलिक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुपहिचान र मौलिक परम्परा, संस्कार, संस्कृतिका धनी छौँ ।

 सोही बमोजिम विभिन्न उद्धेश्यले कलाकारले, संरक्षण, प्रवर्द्धनमा उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह रहेको छ । भने समाजिक कार्यमा पनि योगदान पुर्‍याउँदै आएका छन् । तर, सम्बन्धित निकाय र मन्त्रालयले कलाकारहरूलाई उचित ब्यावस्थापन गराउन नसक्दा दु:ख लाग्छ । तसर्थ, अब संशोधन हुने संविधानले हरेक कलाकारलाई विशेष स्थान र राज्यले उचित ब्यावस्थापन सहित जिविको पार्जनका नीति, निर्माणको तहमा गम्भीर ध्यानाकर्षण रहोस् भन्न चाहन्छु । 

भर्खरै धुर्मुस सुन्तली नामक फौन्डेशनले विभिन्न देशमा रहेका नेपालीहरूको सह्योगले सिन्धुपाल्चोकको गिजनचौर स्थित एकीकृत नमुना बस्ती बनाई भुकम्प पिडितलाई हस्तान्तरण गरेको छ । हाँस्य कलाकारले नै देशमा एउटा नौलो र उधारणीय काम गरेको छ । उक्त समाचारका बारेमा समाजिक संजाल तथा विभिन्न मिडिया साथै, संचारले देश विदेशमा व्यापक भाईरल नै बन्यो । सबै एक जुट भै देशको बिकाशमा लागेको खण्डमा त सफल हुने रहेछौ नी समृद्ध राष्ट्र र नयाँ नेपालको परिकल्पना बोकेका हाम्रा देशका नेता तथा राज्यसत्ता संचालक प्रति के छ तपाईंको धारणा ?

 निर- आदरणीय सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) ले आफ्नो ब्यक्तित्वलाई मात्र होईन सारा नेपालीको शिर उच्च बनाएको छ । उहाँले गर्दा नै सिङ्गो हामी कलाकारको मान प्रतिष्ठा बढेको छ । उक्त अभियान सफल बनाउन सबै क्षेत्र बाट आर्थिक, भौतिक, नैतिक वैचारिक साथ, सह्योगले (धुर्मुस-सुन्तली) फौण्डेशन सफल भएको हो । (धुर्मुस-सुन्तली) दम्पतीलाई हार्दिक बधाई दिन चाहन्छु । 

असंभब केही छैन भन्ने यही एकीकृत नमुना बस्तीको उधारण बाट हाम्रा देशका नेताहरूले उहाँको पाठ सिकुन् ।

 विगतमा गरेका आफ्ना गल्ती कमी, कमजोरीको आत्मा समीक्षा गरी सिमित स्वार्थलाई त्यागेर देश विकाश र समाजसेवा प्रति उत्तरदायी भै सकारात्मक ईक्षा शक्तिको बिकास हुनु पर्‍यो भन्न चाहन्छु ।

 

यहि आउँदो ११ नोभेम्बर २०१६ सुक्रबारका दिन दोहाको होटल प्याराडाईज स्थित नेपाल मगर संघ शाखा कतारको साँस्कृतिक विभाग द्वारा आयोजित नेपालका गरिब तथा जेहेन्दार मगर विधार्थीको अक्षकोष स्थापनार्थमा प्रतक्ष सह्योग पुर्‍याउने हेतुले देउसी भैलो कार्यक्रमको निमन्त्रणालाई स्विकार्दै तपाईं लगायत विभिन्न विधाका राष्ट्रिय कलाकारहरूले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउनका लागि आउँदै हुनु हुन्छन् कतारवासी तपाईंका समस्त श्रोता तथा दर्शक एवं शुभेच्छुकहरूलाई हाम्रो डिजिटल मिडिया राज्यसत्ता डटकम मार्फत केही सन्देश छन् ? 

निर- सर्बप्रथम त म लगायत विभिन्न विधाका अन्य प्रतिष्ठित राष्ट्रिय कलाकारलाई समाजिक सेवाभावको उद्धेश्यले ११ नोभेम्बरका दिन हुने विशेष देउसी भैलो कार्यक्रम २०१६ को निमन्त्रणा दिनु भएकोमा नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको कला तथा सास्कृतिक बिभाग आयोजक परिवार प्रति विशेष आभार प्रकट गर्दछु ।तसर्थ,
जीवन एक पलको हो । आउनुहोस् हामी संगै गाउौं, नाचौँ, रामाउौं कतारमा रहनु हुने समस्त हाम्रा आदरणीय गीत संगीत पारखी तथा कला प्रेमी एवं शुभेच्छुक ज्यूहरूमा यसै राज्यसत्ता डटकम मिडिया मार्फत गरिमामय उपस्थितिका लागि सबै पक्षमा विनम्र अनुरोध गर्दछु ।

Last Updated on Monday, 07 November 2016 14:20

Hits: 2652

कतार आएकी राष्ट्रिय कलाकार रुपा घर्ती मगर संगको भलाकुसारी !

कृष्ण सारू मगर

दोहा-कतार ,४ सेप्टेम्बर ,  

   

 को हुन त रूपा ?

-बुवा इन्द्र बहादुर घर्ती तथा स्व. आमा दिल कुमारी घर्ती मगरको कोखबाट हाडहाडे -६ गुल्मीमा जन्मिएकी रुपा घर्ती मगर, परिवारकी सबै भन्दा कान्छी सदस्य हुन् ।उनले मानविकी संकायमा स्नातकसम्मको अध्ययन  गरेकी छिन् । हाल बुटवल उप-महानगरपालिका -१५ बेलबास स्थाई बसोबास रहेको छ । २०६६ देखी तिनाउ एफएममा कार्यरत मगरले २०६८ साल तिर लुम्बिनी टेलीभिजनमा प्रस्तोताको अर्को थप ज़िम्मेवारी संगै २०७० देखी विभिन्न, मेला महोत्सवमा कुशल प्रोस्तोताको परिचय पनि बनाएकी छिन । सुमधुर आवाज कि धनी रुपा मंचमा स्रोता तथा दर्शकको मन जित्न उत्तिकै सफल छिन भने राष्ट्रिय लोक दोहरी गायिकाको रुपमा पनि स्थापित उनी अहिले सर्वाधिक चर्चामा छिन् ।

राज्यसत्ता डटकम गल्फ ब्यूरोका  कृष्ण सारू मगर सँगको भलाकुसारी !

यहाँलाई मेरो ब्यक्तिगत तथा राज्यसत्ता डटकम मिडियको तर्फबाट हार्दिक नमन गर्दछु ।

रुपा -धन्यवाद

कृपया तपाईंको पूरा परिचय दिनुस न ।

रुपा-मेरो शुभ नाम रुपा घर्ती मगर जन्म घर हाडहाडे -६ गुल्मी हाल बुटवल उपमहानगरपालिका १५ बेलबास स्थाई बसोबास छ ।

कस्को प्रेरणाले यस कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको ?

रुपा-सानै उमेर बाट गीत, संगीतमा रूचि राख्दथे स्थानिय रेडियो, टेलिभिजनले प्रसारण लोक दोहोरी बाल्यकाल देखि गुनगुनाउँदै गरेको साथीहरू मन पराउथे घर, परिवारको सह्योग र प्रेरणा बाटै भयो भनौं ।

तपाईं राष्ट्रिय लोक तथा दोहरी गायिका परिचय दिई रहँदा आफुलाई कस्तो महशुस गर्नु हुन्छ ? साथै, प्रतिष्ठित उद्धघोषिकाको रूपमा परिचित संगै, अन्य मिडिया क्षेत्रमा पनि हुनु हुन्छ ?

रुपा- साङ्गितिक यात्रा सुरु हुदैछ सम्पुर्ण श्रोता तथा दर्शकको सहजै मन जित्न कठिन छ । सायदै म संग राम्रो कला, प्रतिभाको मुल्यांकन भएरै होला लोक दोहोरी गायिका भनेर स्थापित भएकी छु । सानो देखि मेला महोत्सव साथै, बिदेशमा हुने कार्यक्रम सन्चालिका अनुभव लिएको छु । हाल तिनाउ एफ एम र लुम्बिनी टेलिभिजनमा कार्यरत छु ।

कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ? सबै भन्दा दर्शक तथा श्रोताहरूले मनपराएको ती गीत संगीतका कृतिहरु केके छन ? श्रृजना गरेको मध्ये आफुलाई मन परेको चाँही ?

रुपा- मैले तिज, सालैजो, लोक दोहोरी गरि करिब दर्जनको वरिपरि गीति एल्बम बजारमा ल्याई सकेकी छु र श्रोताहरूले मनपराएको फस्ट हुनेले, सालैजो लगाएत मलाई मेरा सबै गीतहरु उत्तिकै मन पर्छ ।

 गायनकै शिलशिलामा अहिले सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?

रुपा-मित्र राष्ट्र भारतको दिल्लीबाट शुभारम्भ हुँदै मुम्बई, जापान, कतार अब युएई स्थित रूपन्देही सेवा समाजको निमन्त्रणामा यहि आउँदो ९ सेप्टेम्बर लगाएतै अन्य देशमा पनि जाँदै छु ।

 तपाईंलाई सबै भन्दा मन पर्ने कलाकार ?

रुपा- सबैजना मन पर्छ । बिमा कुमारी दुराको फ्यान थिएँ र हुँ ।

 प्रेम के हो ?

रुपा- प्रेम एकले अर्कालाई गर्ने सद्भभाव हो । जुन सबैको महत्त्वमा पर्दछ ।

 राजनिती के हो जस्तो लाग्छ ?

रुपा- राजनिती राज्यको नीति निर्माण गर्नु र नागरिक बाट चुनिएका प्रतिनिधिले शासन चलाउनु र राज्यको नेतृत्व गर्नु हो कानुन लेखिएको भएता पनि कार्यन्यन भएको छैन ।

पछिल्लो समयमा हाम्राे समाजको परिवेश भन्दा कलाकारहरू केही उत्श्रृखल रूपमा प्रस्तुत भएको भनेर बजारमा व्यापक हल्ला छ वास्तविकता को हो ?

रुपा- सबै कलाकारलाई यसरी तौलन नमिल्ला सस्तो लोकप्रियताको लागि छन् १/२ जना । तर, लामो समय थेग्न सक्तैनन् ।

कलाकार राष्ट्रको गौरव हुन् अमुल्य सम्पत्ति हुन् । तर, राज्यले ब्यावहारमा कुनै सेवा सुविधा नदिएको आरोप छ कहाँ सम्म सत्य हो ?

रुपा- गीत, संङ्गितको कलामा नरमाउने सायद विरलै होलान् ।

तसर्थ, राज्यको संवन्धित निकायले उचित ब्यावस्थापन बनाओस कलाकारहरूको हक हितका लागि बाच्ने आधारको संभावना सतप्रतिशत पक्कै छ ।

भनिन्छ विभिन्न विधाका कलाकारको कुनै धर्म र जात हुँदैनन् यस बारे तपाईंको धारणा ?

रुपा- पक्कै पनि हाम्राे देश, बहु- जातीय, बहु-भाषिक, बहु धार्मिक, बहु साँस्कृतिक, बहु पहिचान र भौगोलिक विविधताले धनि सार्वभौम राष्ट्रमा हरेक समुदायको आ-आफ्नै परम्परा संस्कार संस्कृतिको जगेर्ना संरक्षण-प्रवर्द्धनमा विशेष टेवा दिई रहेका छन् । बालक, युवा, बृद्ध सम्मका मानिसलाई गीत संगीतले मनमोहक बनाउँछ । त्यसैले गीत संगीतलाई कलाकारको जात, धर्म संग तुलना लिनै मिल्दैन । विभिन्न विधाका कलाकारले आ-आफ्नै कला प्रतिभाको प्रस्तुति दिने गर्दछन् ।

लोक तथा दोहरी कलाकारको भविष्य कस्तो छ ?

रुपा- स्वदेश तथा बिदेशमा हुने कार्यक्रमले बचाएको छ कलाकारलाई, राज्यको साँस्कृतिक विभागले प्रतक्ष निगरानीमा राम्रा प्रतिभाशाली कलाकार उत्पादन संगै संरक्षणमा विशेष टेवा पाएमा कलाकारको वर्तमान र भविष्य राम्रो हुने थियो ।

मगर समुदायको आफ्नै मौलिक परम्परा साँस्कृतिक पहिचानको धनी, नेपाल मगर संघमा आवद्ध हुनु भएकोले संरक्षण-संवर्द्धनका लागि तपाईं कलाकारको भुमिका कस्तो रहन्छ ?

झ्याउरे, सालैजो कौडा घातु, हुर्रा, भुम्या नाच सस्कृती झल्काउने गीत तथा नृत्य मगर बाट सुरुवात भएको म पनि मगर परिवारको छोरी हाम्रो संस्कार सस्कृति भेष-भुषा जोगाउनु पर्छ भन्ने बिचार संग नजिक छु ।

भर्खरै स्थाई घर सोलुखुम्बु हाल रत्ननगर-४ चितवनमा बस्ने जीवन थापा मगर र नेपाली बुहारी जोया संगै ती अबोध नाबालकलाई उद्धारको नाउँमा देश निकाला गरिएको छ । जहाँ अन्तराष्ट्रिय मानव अधिकार ऐन अन्तर्गत महिला र बाल अधिकार हनन् भएको प्रतक्ष देखिन्छ । तपाईं स्वंम एक शिक्षित युवा महिला भएकोले यसको बारेमा तपाईं के भन्नू हुन्छ ?

रुपा- जोया र जिबन को घटनाले लाखौं नेपालीलाई स्तब्ध बनायो भने सिङ्गो नेपाल र नेपालीहरूको मान, प्रतिष्ठा ईज्जतलाई तहस,नहन गरेको छ ।

त्यसैले सत्य तत्य घटना छानवीन गरि दोषी उपर कार्यवाही होस् ।

तपाईंको जीवनमा विभिन्न उतार चढावका क्रममा भुल्ने नसकिने त्यस्तो कुनै अविस्मरणीय घटनाको क्षण छन् ?

रुपा-गएको ३० जेष्ठ २०७२मा अकल्पनीय घटना घट्यो मेरी ममतामयी आमालाई गुमाउनु पर्‍यो सबै भन्दा ठूलो क्षति भएको छ जुन मेरो लागि भो ।

नेपाली महिला समाजको निमन्त्रणामा मध्ये पुर्वीय राष्ट्र कतार आउनु भयो अन्य देशको तुलनामा अनुभव के पाउनु भयो ?

रुपा सर्व प्रथमतः नेपाली महिला समाज कतार परिवार प्रति धेरै आभारी छु ।

उहाँको निमन्त्रणामा तीज विशेष कार्यक्रममा सहभागीता जनाउदै गर्दा यहाँ बस्नु हुने समस्त  आदरणीय नेपाली दिदी-बहिनी तथा दाजु-भाईको अटल मायाँले आफुलाई नेपालमै भए जस्तो अनुभुति पाएकी थिएँ साथै, नेपाली महिला समाज, गुल्मी सेवा समाज र नेपाल मगर संघ शाखा कतारको विशेष सम्मानले आफुलाई अझै अगाडी बढ्ने हौसला र प्रेरणा थपिएको छ ।

 यसै डिजिटल मिडिया राज्यसत्ता डटकम मार्फत तपाईंका श्रोता तथा दर्शक एवं शुभेच्छुक वर्गमा तपाईंले अनुरोध गर्न सक्नु हुन्छ ।

रुपा- आदरणीय दर्शक तथा श्रोताहरुले मैले बजारमा पस्किएका गीतहरु सुनिदिनुहोस नेपाली गीत संगीतलाई मायाँ गरिदिनुहोस, यदि कहीं-कतै ट्रुटी छन् भने, तपाईहरुको मायाँ, सुझाव सल्लाहको सहयोग नै मेरो लागि थप हौसला र प्रेरणाको श्रोत हुनेछ भन्न चाहान्छु । साथै, rajyasatta.com डिजिटल मिडियाको नियामित पाठकहरुलाई पनि सम्झन चाहान्छु ।

प्रस्तुती कृष्ण सारु मगर ,दोहा 

Last Updated on Friday, 09 September 2016 15:37

Hits: 4473

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर