A+ A A-

मंगोल नेशनल अर्गनाईजेशनका प्रेसिडेन्ट गोपाल गुरुङ्गसँगको ताजा अन्र्तवार्ता

पहिचानको राजनीति गर्नेहरुमा मंगोल नेशनल अर्गनाईजेसनका प्रेसिडेन्ट गोपाल गुरुङ्ग अपरिचित नाम होइन । आयतकार आकारभित्र दुई विपरीत दिशामा फैलिएका एउटा निलो र अर्को रातो रंगको त्रिभुज तथा त्यसभित्र तारा र खुकुरी अंकित झण्डा उठाउँदै आएका गुरुङ्गलाई विरोधीहरु अतिवादी जनजाति नेता भन्छन् । तर गुरुङ्ग जातीय संघीयताको पक्षधर भने होइन रहेछ । अरु त अरु उनी आदिवासी जनजाति भन्ने शब्द नै सुन्न चाँहदैनन् ।


झण्डामै खुकुरी बोकेर हिँडेका गुरुङ्गले राज्यसत्ता डटकमसँगको कुराकानी भने शान्तिपूर्ण संघर्षबाट मात्रै राजनीतिक उपलब्धि हासिल गर्न सकिने बताए ।  उमेरले सात दशक पार गरिसकेका गुरुङ्गले पहिचानको राजनीतिमा किन जोड दिए र उनको जीवनका बाँकी अवयवहरु के के थिए र छन् भन्ने विषयको सेरोफेरोमा रहेका गरिएको वार्तालापको मुख्याँश यस्तो छ ।
तस्विरहरु:-www.rajyasatta.com


गोपाल गुरुङ्गलाई आदिवासी जनजाति नेता भन्दा हुन्छ  ?
यो आदिवासी र जनजाति शब्दको प्रयोग गर्दै नर्गनुस् । हामी मुलबासी हौं । मुलबासी भईसकेपछि के को आदिवासी के को जनजाति । मुलबासीको नेता भन्दा चाहिँ फरक पर्दैन ।

राजनीतिमा आउने पृष्ठभूमि कसरी बन्यो ?

मेरो जन्म भारतको दार्जलिङ्ग जिल्लाको महानदी भन्ने ठाउँमा भएको हो । म १९९६ मंसिर २२ गते विहिवार जन्मेको हुँ । र राजनीतिक वातावरणमै हुर्किने मौका पाएँ । मेरो बुबा तेजबहादुर टिबी गुरुङ्ग दोस्रो विश्वयुद्ध सकिएपछि सैनिक जीवन त्यागेर राजनीतिमा होमिनु भयो । यसको धेरै थोरै प्रभाव ममा नपर्ने कुरै भएन । त्यो भन्दा महत्वपूर्ण कुरा नेपालमा भईरहेको जातीय असमानताले मलाई राजनीतिमा लाग्न बाध्य पार् यो ।
सम्पूर्ण मंगोललाई रणबहादुर शाहको पालामा १७१६ मा मतावली बनाइएको हो । द्रव्य शाहले लमजुङ्गका घले राजाको टाउको ठुन्काएकोदेखि जवरजस्त लादिएको र सम्पूर्ण मूलवासीको दुर्दिन शुरु भएको रहेछ भन्ने थाहा पाएपछि हेपाई र पेलाईबाट बच्न राजनीतिमा लाग्ने र आजीवन यसैमा रहने अठोट गरें ।

कुनै त्यस्तो घट्ना छ जसलाई तँपाईकै भाषामा पेलाई भन्न सकिन्छ ?
कति छन् कति । अहिले यो छोटो बसाईमा सबै भनेर पनि भ्याँइदैन । २०१७ देखि म झापाको गौरीगन्ज हाईस्कूलमा सहायक प्राधानाध्यपक थिएँ । त्यसताका गोरीगन्जको एउटा पुजारीले शिवको मन्दिरको नाममा दिनहुँ गाडामा दाउरा भारतमा लगेर बेचेको थाहा पाएँ । त्यसको विषयमा मैले वन मन्त्रायलमा चिठी लेखेर पठाएपछि ति काठतस्कर पुजारीसँग मेरो टक्कर पर् यो । अनि मलाई हिन्दु धर्मको विरोधी नास्तिक र कि्रश्चियन भएको आरोप लगाए ।  मुलवासीले राम्रो काम गर्दा सजाय पाइदो रहेछ भन्ने पाठ भयो त्यो घट्ना मेरा लागि । १६ १७ वर्षको छँदै मलाई कम्युनिष्ट भएको आरोप लगाइए । जति बेला राज्यले मलाई कम्युनिष्ट भएको आरोप लगायो त्यति बेला कम्युनिष्ट भनेकै थाहा थिएन ।

अर्को महत्वपूर्ण घट्ना हिजो भर्खर आएका क्षेत्री वाहुनले यो गोपाल गुरुङ्गलाई प्रवासी भन्यो । क्षेत्री वाहुनले भनेपछि हाम्रा मान्छेले पनि भने ।

शिक्षण वाहेक अन्य पेशा पनि थियो ?
चित्रकला पत्रकारिता र साहित्य लेखनमा पनि संलग्न लागियो । न्यू लाइट र थण्डर वोल्ट साप्ताहिकको सम्पादक भएँ । नव प्रेरणा हिमालचुली  र मंगोलभिजन पनि सम्पादन गरे । शेष-यात्रा(उपन्यास), शेष-प्रश्न र शेष-प्राण (कथा संग्रह), शेष-कविता(कविता संग्रह) प्रकाशित छन् ।

राजनीतिक पुस्तक ?
२०४२ मा मैले 'नेपाली राजनीतिमा अदेखा सच्चाई' लेखे । २०४४ मा यसको दोस्रो संस्करण निस्कपछि मलाई पक्राउ गरे । 'हिडन फ्याक्टस् इन नेपलीज पोलिटिक्स १९९४', 'नेपाल र सिक्किमको राजनीतिमा नौलो अछुत जनजाति (फिरिँगे) समुदाय सृजना], १९९८ आदि पुस्तक प्रकाशित छन् ।  

पक्राउ नै गुर्नपर्ने कारण के रहेछ  ?  
२०३६ देखि म राजा र हिन्दुवादी वाहुन क्षेत्रीको विरोधमा खुलेरै  लाग्न थालेको थिएँ । नेपाली राजनीतिमा अदेखा सच्चाई पुस्तककै निहुमा मलाई राजगद्दी ताकेको र साम्प्रदायिकता फैलायो भन्ने दुई आरोप लगाए ।



भनेपछि गोपाल गुरुङ्गको जेल यात्रा राजनीतिकर्मी भन्दा पनि लेखकको रुपमा भयो ?
म शुरुमा पुस्तक लेखेकै कारण जेलमा पुँगे । मैले जेलमै बसेर मंगोल नेशनल अर्गनाईजेसनको घोषणापत्र बनाए र जेलमै संगठन घोषणा गरें ।

मंगोल नेशनल अर्गनाईजेसन निर्वाच्न आयोगमा संविधानसभाको चुनावको बेलामा मात्रै दर्ता भयो होइन ?

मैले पार्टी दर्ता गर्न १८ वर्ष कुर्नु पर् यो । हिन्दु नामसँग जोडिएका धेरै साम्प्रदायिक पार्टी दर्ता भए तर यो मूलवासीको मंगोल नेशनल अर्गनाईजेसन दर्ता गरिएन ।

यो पार्टीको माग के हो जसले गर्दा शुरुमा निर्वाचन आयोग पनि दर्ता गर्न तयार भएन ?

क्षेत्री वाहुन यहाँका मूलवासी होइनन् । यो देशको शासन गर्नका लागि यहाँका मूलवासी शासक हुनुपर्दछ भन्ने मेरो माग हो । राजालाई हटाएर राष्ट्रपतिको व्यवस्था हुनुपर्दछ भन्ने पनि हाम्रो माग छ ।

निर्वाचन परिणामले मंगोल नेशनल अर्गनाइजेशनप्रति जनसर्मथन नरहेको देखियो होइन  ?

जनसर्मथन नभएको होइन । पढेलेखेका जनजातिहरु क्षेत्री वाहुनसँग डराउँछन् । नपढेकाहरु मात्रै तातेर पनि पुग्दैन । तर अवस्था अब फेरिदैछ । मैले पार्टीका लागि धेरै कार्यकर्ता तयार पारिसकेको छु ।   

पटक-पटक राजाहरुलाई भेटेको मान्छेलाई राष्ट्रपतीय शासनको पक्षधर भनेर पत्याउने आधार के छ  ?

मैले महेन्द्रलाई दुई पटक र वीरेन्द्रलाई एक पटक भेटे । पहिलो भेटमा महेन्द्रसँग ४५ मिनेट कुराकानी भयो । राजाको सट्टा तँपाई आफै राष्ट्रपति बन्नुस् भने । त्यतिबेला महेन्द्रले चुरोट खाँदै मेरौ कुरा ध्यान मग्न भएर सुनेका थिए । मैले वीरेन्द्रलाई पनि भेटेर त्यहि कुरा भने । उनीहरु बाउछोरा दुबै मेरो कुरा प्रति नकारात्मक थिएनन् । तर उनीहरुका रानी भने सकारात्मक थिएन । आखिर राणाको सन्तान न परे जनताको कुरा किन सुन्थे ।



ज्ञानेन्द्र शाहसँग भेट भएन  ?
मैले भेटिन् । तर २०५८ साउन १२ गते आजीवन राष्ट्रपति भएर बस्ने र नेपाललाई धर्म निरपेक्ष प्रान्तीय सरकार घोषणा गर्ने अनुरोध गरेर पत्र लेखे । यस्तै पत्र २०५२ मंसिर २९ गते वीरेन्द्रलाई पनि पठाएको थिएँ ।

पार्टीको झण्डामै खुकुरी छ । हतियारबद्ध संघर्षबाट मात्रै सत्ता प्राप्त हुन्छ भन्ने मान्यता हो  ?

विल्कुल होइन । लाप्पा खेलेर एकछिन तसा्रउन सकिन्छ । तर सत्ता आउँदैन । सत्ता ल्याउनका लागि जनतासम्म चेतना पुर् याउनै पर्दछ । यसका लागि शिक्षा पनि आवश्यक रहेछ भन्ने मेरो अनुभव छ ।

जातीय अधिकारका कुरा गर्ने अन्य पार्टीहरु पनि छन् । तर सहकार्य भएको देखिदैन नि ?

सबैसँग मिल्नुपर्दछ भन्ने कुरा कल्पना मात्रै सम्भव छ । राजनीतिमा सबैले सबैको चित्त बुझाउन कहिल्यै पनि सक्दैन ।

संविधानसभामा पिछड्याइएका आदिवासी\जनजाति, दलित, मधेशी, महिलाको प्रतिनिधित्व भएको छ । उनीहरुले आफ्ना समुदायगत मुद्दालाई समाधान गर्न सक्लान्  ?

असम्भव । कोही मान्छेको अनुहार मात्रै मुलबासी भएर पुग्दैन । उसको मुटु मुलवासीको हुनुपर्दछ । संविधानसभामा पुगेर पनि वाहुन र क्षेत्रीको निर्देशन चल्नेहरुको विषयमा के कुरा गर्नु ।


एमाओवादीमा त जनजाति नेताहरु पनि छन् नि  ?

एमाओवादी वा अन्य वाहुन क्षेत्री नेतृत्वको पार्टीबाट नेता हुनुको कुनै अर्थ छैन । उनीहरु राष्ट्र प्रमुख नै भएपनि अर्काको इसारामा चल्ने हो । नेपालको हित हुनका लागि मूलवासीकै पार्टीबाट सत्तामा पुग्नु पर्दछ ।


क्षेत्री वाहुनसँगै मिलेर सत्तामा पुग्दा के फरक पर्छ र  ?

यसका लागि इतिहास हेरे पुग्छ । मगरलाई वाहुन र राजाले पटक पटक धोका दिएको छ । तर मगरले न त वाहुनलाई धोका दियो न राजालाई । यो इतिहासमा मात्रै होइन वर्तमान र भविष्यमा समेत हुने यथार्थता हो ।

राज्य पुर्नसंरचना समितिले तयार पारेको राज्य पुर्नसंरचनासम्बन्धी अवधारणा कस्तो लाग्यो  ?

यसमा मेरो खास सहमति र खास असहमति छैन । तर प्रदेश बनाउँदा जातीको आधारमा बनाउनु हुँदैन । गुरुङ्गको प्रदेश मगरको प्रदेश बनाउनु हुँदैन ।

जातीय संघीयताको यत्रो विरोध किन ?

मगरात लिम्बुवान खम्बुवान बनाउने कुरा राजनीतिक विषय नै होइन । गुरुङ्ग मगर राई लिम्बु आदिको नाममा मात्रै प्रदेश बनाउने हो भने यो देश उनीहरुको जस्तो मात्रै देखिन्छ । अन्य जातीले अपनत्व महशुस गर्न सक्दैनन् ।

राज्य पुर्नसंरचना के को आधारमा गर्नुपर्ला  ?

नदी नाला पहाड आदिको नाममा राख्न सकिन्छ ।

दशैंको तयारी कस्तो छ  ?

कुन दशैं । ए, यो हिन्दु वाहुन क्षेत्रीको दशैं । त्यो मान्न छोडेको जुग भईसक्यो । मैले यसको वहिस्कार गर्न आव्हान गरेपछि धेरै मूलवासीले यसलाई अनुसरण गरे । गोपाल गुरुङ्गले मात्रै होइन भोलिकॊ पुस्ताले हिन्दुको पर्व मनाउने छैन ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर