A+ A A-

एकता नै बल हो भन्ने कुरा बिर्सनु हुँदैन: चन्द्रज्योति आलेमगर, अध्यक्ष, मगर संघ हङकङ

रुद्र श्रीसमगर
Image may contain: 1 person, closeup
मगर संघ हङकङ सन् १९९७ मा स्थापना भएको हो । मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योति आलेमगर विगत १७ वर्षदेखि मगर संघ हङकङका विभिन्न पदमा रही क्रियाशील हुनुहन्छ । एउटा कलाकारका रुपमा समेत परिचय बनाउनुभएकी उहाँले सन् २०११ देखि २०१७ सम्म दुई कार्यकाल मगर संघ हङकङको अध्यक्ष रहेर नेतृत्व गरिरहनुभएको छ । दुई कार्यकालसम्म मगर संघ हङकङको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकी उहाँको कार्यकाल निकै लोकप्रिय रह्यो । मगर संघ हङकङलाई आजको उचाइमा पुर्याउन उहाँ सफल हुनुभएको छ । आगामी अगष्ट २० तारिखमा मगर संघ हङकङको नवौं महाधिवेशन हुँदैछ । सोको तयारी र उहाँको कार्यकालको सेरोफेरोमा रहेर उहाँसँग राज्यसत्ता डटकमका लागि रूद्रबहादुर श्रीसमगरले गरेको कुराकानी:

आजभोली के गर्दै हुनुहुन्छ ?
अधिवेशनको लागि तयारीमा व्यस्त छु ।

महाधिवेशनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
अगष्ट १० मा हुनुपर्ने हलको समस्याले गर्दा अगष्ट २० मा हुँदैछ ।

नेतृत्व चयनमा सर्वसम्मत होला ?
२०११ देखि सर्वसम्मत हुँदै आएको छ । यसपटक पनि हामीले कोशिस गर्दैछौं । यसबारेमा छलफल हुँदैछ ।
 
मगर संघ हङकङमा तपाईको दुई कार्यकालको अनुभव कस्तो रह्यो ?
संघको अग्रजदेखि लिएर अन्य समुदायको साथी भाइहरूबाट साथ र सहयोग पाए त्यसैले मगर संघ हङकङले जातीय सस्थाहरूमा अग्रता लिएको महसुस गरेकी छु ।

तपाईको कार्यकालको खास उपलब्धी के–के हुन् ?
हाम्रो कार्यकालमा संघको भवन खरिद गर्न सफल भयौं, मिस मगर हङकङ कार्यक्रम सम्पन्न गर्न सकियो, विनाशकारी भूकम्प आएको बेला २० लाख नगद र १० लाख बराबर राहत लिएर डा. राजेन्द्र पुनमगरसहित ४ जनाको टिम नेपाल जान सफल भयौं, नेपाल मगर संघ केन्द्रीय समितिको एघारौं महाधिवेशनमा पूर्वी एसियाको संयोजक निर्विरोध चयन भए, मगरहरूको मुख्य पर्व माघे संक्रान्तिमा विभिन्न राष्ट्रबाट प्रतिनिधि निमन्त्रणा गरेर भव्य रुपमा मनाइयो, हङकङका सम्पूर्ण संघ संस्थासँग समन्ध सुमधुर रह्यो ।

मगर संघको अबको नीति कस्तो हुनुपर्छ ?
भाषा, संस्कृतिमा अनेकता र विविधता छ । तर, त्यसलाई विवादित नगरी एकत्रित रूपमा मिलाएर लैजानुपर्छ ।

विश्वभरिका मगरहरू किन संगठित हुने ?
एकता नै बल हो भन्ने कुरालाई बिर्सनु हुँदैन । हामी एक भयौं भने जुनै पनि काम सजिलै सम्पन्न गर्न सक्छौं । तसर्थ, हामी संगठित हुनु आवश्यक छ ।

विदेशका अन्य मगर संघसँग मगर संघ हङकङको सम्बन्ध कस्तो छ ?
विश्वभरिकै मगर संघसित हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ ।

आफ्नो नियमित काम र सामाजिक कामका लागि समय कसरी व्यवस्थापन गर्नुभएको छ ?
जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै आफ्नो इच्छा अनुसार कुनै पनि काम गर्छु भनेर लागेपछि समय मिलाउन त्यति समस्या हुँदैन । मगर संघ हङकङमा आबद्ध भएको १७ वर्ष भइसक्यो तर कुनै दिन समयको अभाव भएन ।

मगर जातिको पहिचान संकटमा छ ? यसबारेमा के भन्नुहुन्छ ?
मगरात प्रदेशको कुरा त छँदै छ । त्यस बाहेक सिमाङ्कन हेरफेर गर्दा कतिपय स्थानमा जातीय क्लष्टर नै छुट्याइएको हुनाले भोलि गएर हाम्रो भाषा, संस्कृति नै लोप भएर जान सक्ने सम्भावना देखिन्छ, त्यसैले जातीय क्लष्टर नछुटियोस् भन्ने मेरो भनाइ छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?
मलाई केही कुरा राख्ने मौका दिनुभएकोमा यहालाई साथै सम्पूर्ण मिडियालाई धन्यवाद दिन चाहन्छु ।

 

Last Updated on Wednesday, 09 August 2017 16:34

Hits: 360

मगरहरू पनि अब व्यवसायिक बन्न जरुरी छ: नरबहादुर पुनमगर, निवर्तमान अध्यक्ष, नेपाल मगर संघ मलेसिया

रुद्र श्रीसमगर

Image may contain: 1 person, suit and closeup

बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४, तंग्राममा जन्मनुभएका नरबहादुर पुनमगर वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया जानुभएदेखि नै सामाजिक कार्यमा क्रियाशील हुनुभयो । नेपाल मगर संघ मलेसियाका निवर्तमान अध्यक्ष रहनुभएका पुनमगरले भर्खरै मात्र आफ्नो कार्यकाल सफल रुपमा सम्पन्न गरी नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ । व्यवसायिक क्षेत्रमा समेत अघि बढ्नुभएका पुनमगरसँग हालै सम्पन्न सातौं महाधिवेशनको सेरोफेरोमा रहेर पत्रकार रूद्रबहादुर श्रीसमगरले गर्नुभएको संक्षिप्त कुराकानी :

आजभोली के गर्दै हुनुहुन्छ ?
हालै मात्र नेपाल मगर संघ मलेसियाको सातौं महाधिवेशन सम्पन्न भएको छ । मैले नेतृत्व हस्तान्तरण गर्न सफल भएको छु । महाधिवेशन सकेर म आफ्नै कार्यक्षेत्रमा व्यस्त छु ।

समग्रमा तपाईको कार्यकाल कस्तो रÞयो र कसरी मूल्याड्ढन गर्नुहुन्छ ?
समग्रमा भन्नुपर्दा राम्रै रÞयो । मैले मेरो नेतृत्वको कार्यकाललाई सन्तोषजनक ठानेको छु । मेरो कार्यकालमा टिमका सबै साथीहरूको साथ नपाएपनि एक हदसम्म म सफल भएको छु । मेरै नेतृत्वमा सांस्कृतिक कार्यक्रम गर्न सफल भइयो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, वैज्ञानिक डा. महावीर पुनमगरलाई थोरै भएपनि सहयोग गर्न सक्यौं । सुन्दर आलेमगर र राजेन्द्र रानामगरदेखिको प्रयास सफल भएको छ । मगरहरूलाई बचत गर्नेतर्फ उन्मुख बनाउन सहकारीको अवधारणा अनुसार अघि बढेका छौं ।

मगर संघ मलेसियाको अन्य विदेश शाखाहरूसँगको सम्बन्ध कस्तो छ ?
हामी सुरुमा प्रवासी मगर संघ मलेसियाका नामले क्रियाशील थियौं । दुई वर्ष अघिदेखि अहिले नेपाल मगर संघ, मलेसिया बनेको छ । विदेशका अन्य शाखाहरूसँग समन्वय गर्ने अन्तर्राष्ट्रिय निकाय थिएन । मेरै कार्यकालमा अन्तर्राष्ट्रिय मगर मञ्च बनेको छ । यसमार्फत् अन्य देशका मगर संघसँग सम्बन्ध जोड्ने एउटा गतिलो माध्यम बनेको छ । मगर संघ हङकङले आयोजना गरेको माघे संक्रान्ति विशेष कार्यक्रममा पनि हङकङको निम्तो स्वीकार्दै मेरै व्यक्तिगत खर्चमा हङकङ पुगेर पनि आएँ । यसले पनि दुई देशका मगर संघबीचको सम्बन्ध थप प्रगाढ बनेको अनुभूति भएको छ । त्यति मात्र नभएर नेपाल मगर संघको महाधिवेशनमा मलेसियाका तर्फबाट अहिलेसम्म प्रतिनिधित्व भएको थिएन । मेरै कार्यकालमा चितवनमा भएको ११ औं राष्ट्रिय महाधिवेशनमा मलेसियाका तर्फबाट प्रतिनिधित्व पनि जनायौं । यस हिसाबले अन्य देशका मगर संघसँग पनि हाम्रो सम्बन्ध विस्तार हुँदै गएको छ । यसलाई ठूलो उपलब्धी मानेका छौं ।

नेपाल मगर संघले लिएको नीतिप्रति के भन्नुहुन्छ ?
वास्तवमा नेपाल मगर संघ भनेको नेपालका १८ लाख ८७ हजार मगरहरूको छाता संगठन हो । नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय मगरको भाषा, धर्म, संस्कृति, भेषभूषा एवं ऐतिहासिक थातथलोको संरक्षण र विकासका लागि मगर संघले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ । हिजोको र आजको अवस्था फरक छ । मगर समुदायको अझै पूरा मुक्ति भइसकेको छैन । केही अधिकार त पाएका छौं तर, त्यो पूर्ण छैन । लडाइँ अझै बाँकी छ । अहिले केही सकारात्मक संकेत देखिएका छन् । खुशी हुने ठाउँ नभएको होइन, तर, पूरा ढुक्क भइहाल्ने अवस्था भने छैन । तसर्थ, आम मगरको हकहितका लागि मगर संघले विशेष योजना बनाएर अघि बढ्नु आवश्यक छ । सुन्दर आलेमगरकै पालादेखि नेपाल मगर संघसँग हामीले सम्बन्ध गाँसेका हौं । पछि आएर राजेन्द्र रानामगरको पालामा सम्बन्ध विकास भएको छ । हामीले पनि यहाँ मगर सहकारी राम्ररी चलाएका छौं । नेपालमा पनि लगानी गरेका छौं । हाम्रो पूर्व अध्यक्ष राजेन्द्र रानामगर नेपाल फर्किनुभएपछि कम्पनीको व्यवस्थापनलगायत नेपाल मगर संघसँगको सम्बन्ध थप प्रगाढ बनेको छ ।

नयाँ नेतृत्वलाई सुझाव दिनुपर्दा के भन्नुहुन्छ ?
मेरो अनुभव के छ भने एक्लै काम गर्न निकै गाह्रो हुने रहेछ । टिम मिल्यो भने काम गर्न सजिलो हुन्छ । सिंगो टिम मिलेर अघि बढ्नुस् । वैदेशिक रोजगारीका शिलशिलामा मलेसियामा कार्यरत तथा मलेसियामा विभिन्न व्यवसाय गरेर बस्नुभएका सम्पूर्ण मगरहरूलाई एकताबद्ध बनाउनु आवश्यक छ । त्यति मात्रै नभएर मगर जातिको हकहित, भाषा, संस्कृति, भेषभूषा संरक्षणका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
अब मगर समुदायलाई अघि बढाउन आर्थिक क्षेत्रमा त्रियाशील हुनु आवश्यक छ । व्यवसायिक क्षेत्रमा लगानी गरेर उत्पादनमा जोड दिनु आजको आवश्यकता हो । राजनैतिक, सामाजिक र व्यवसायिक रुपमा मगरहरूले नेतृत्व गर्नुपर्दछ । यो समयको माग पनि हो । अन्त्यमा, मलाई मेरा व्यक्तिगत र संघका तर्फबाट केही अनुभूति एवं विचार राख्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु ।

 

Last Updated on Sunday, 16 July 2017 16:17

Hits: 1133

भाषाको समस्याले युके पुगेको बुढाबुढीले दुख पाएका छन्: सुर्यबंशी(भिडियो अन्र्तबार्ता सहित)

देव पचभैया

Image may contain: 1 person, sitting, glasses and indoor

पाल्पा, जेठ १८ - मगर संघ यूकेका उपाध्यक्ष बम सुर्यबंशीले भाषाको समस्याले यूकेमा रहेका नेपालीले दुख पाएको बताउनुभएको छ । युवाले भन्दा पनि उमेर पुगेका बुढाबुढीले बाटो देखि अस्पताल लगाएतका स्थानमा भाषाको ज्ञान नहुदा समस्या भएको उहाको भनाई छ । पत्रकार देव पचभैया संगको कुराकानीमा मगर संघ यूकेका बैदेशिक विभाग प्रमुख समेत रहनुभएका सुर्यबंशीले युकेमा रहेका सबै नेपालीले देश र जनताको भलो चाहिरहने बताउनुभयो ।

(हेरौ भिडियो अन्र्तबार्ता )

 

Last Updated on Sunday, 11 June 2017 09:34

Hits: 237

मिडिया र संस्थाबीच आत्मीय सम्बन्ध हुनु जरुरी छ अध्यक्ष: नेम थापामगर, मगर संघ युके

रूद्र श्रीसमगर
Image may contain: 1 person, suit and closeup
संयुक्त अधिराज्य (युके)मा बसोबास गर्ने मगरहरूको छाता संगठन मगर संघ युकेले हरेक वर्ष चर्चित सांगीतिक कार्यक्रम गर्दै आएको छ । खासगरी, बुद्ध जयन्ती अर्थात् चण्डी पूर्णिमाको सन्दर्भ पारेर आयोजना हुने कार्यक्रमको नाम विगतमा ‘बुद्ध पूर्णिमा ओपन कन्सर्ट’ थियो । तर, यसपालीदेखि भने ‘नेपाली ओपन कन्सर्ट’का नाममा गत जुन ३ तारिखमा कार्यक्रम भव्य रुपमा सम्पन्न भइसकेको छ । मगर संघ युकेका अध्यक्ष नेम थापामगरसँग मगर समुदाय र मगर संघ युकेका गतिविधिका बारेमा पत्रकार रूद्र श्रीसमगरले गर्नुभएको कुराकानी:

आजभोली के गर्दै हुनुहुन्छ ?

सर्वप्रथम त, धन्यवाद यहाँलाई । केही समय अघि मात्र हामी जुन ३ तारिखमा ‘नेपाली ओपन कन्सर्ट’ भव्यतापूर्वक सम्पन्न गरेका छौं ।हामीले कार्यक्रमबारे समीक्षा पनि गरिसक्यौं । कार्यक्रम निकै राम्रो र सफल भएको निष्कर्ष निकालेका छौं । अन्य दैनन्दिन व्यक्तिगत काममा पनि निरन्तर व्यस्त छु ।

नेपाली ओपन कन्सर्टको खास महत्व के छ ?

यो चाहिँ खास युके मगर संघ स्थापनाकालदेखि युकेमा वर्षमा समरको बेलामा भेटघाट गर्ने कार्यक्रमबाट सुरुवात भएको हो । वार्षिक भेलामा भोज खाने, बाट सुरु भएको छ । सन् २००७ मा आएर भेटघाट मात्र गर्न भन्दा कन्सर्ट जस्तो गरौं भनेर कलाकार ल्याएर सन् २००७ बाट सुरु भयो । बुद्ध पूर्णिमा ओपन कन्सर्टबाट ‘बुद्ध नेपाली ओपन कन्सर्ट’ । अहिले चाहिँ नेपाली ओपन कन्सर्ट । हामी बुद्ध पूर्णिमा मनाउँछौं, छुट्टै गर्ने भएको हुनाले म्यूजिकको रुपमा मात्रै । धेरै भन्दा धेरै मगरहरू, ओपन कन्सर्टमा ल्याएर राख्ने भन्ने हुँदाहुँदै धेरै प्रकारका संस्कारहरू छन् । एकै कलरको बन्न नमिल्ने हुनाले यसलाई विशुद्ध म्यूजिकको मनोरञ्जनका रुपमा मनाउने सोंचेका छौं । बुद्ध नेपाली ओपन कन्सर्टलाई पनि पुनर्विचार गरेर नेपाली ओपन कन्सर्ट राख्यौं । युकेका नागरिकलाई पनि मनोरञ्जन गराउने हाम्रो उद्देश्य हो । कहिले मनाउने र किन मनाउने भन्दा मगर संस्था भएकाले देशप्रतिको नागरिक पनि हो, हाम्रो पनि केही कर्तव्य छ । नेपाली भएर नेपाली ओपन कन्सर्टमार्फत् बुद्ध वाज बर्न इन नेपाल भन्ने कुरालाई संसारभरि सन्देश दिन चाहन्छौं । बुद्ध र सगरमाथाको देश नेपाललाई चिनाउन चाहन्छौं । म्यूजिकमार्फत् युवा पुस्तालाई सन्देश पुर्याउने र मनोरञ्जन पनि दिने हाम्रो लक्ष्य हो ।यस अनुसार हामीले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएका छौं ।

मगर संघ युकेको तर्फबाट विश्वभरिका मगरहरूलाई के अपिल गर्न चाहनुहुन्छ ?

हाम्रो संस्कार, भाषा, भेषभूषाको जागरण र राजनीतिमा समेत मगरहरूलाई बढायो, मगर संघले । ३५ औं वर्षसम्म आइपुग्दा ३५ देशभन्दा बढीमा संस्था खुलिसक्यो । भाषा जागरुक गर्नुपर्ने छ, मगरातलाई अभियानकै रुपमा लानुपर्ने छ । एउटा कदम मगरहरूलाई कल्चरको रुपमा अपनाएर आएको गाउँमा केही चिजमा पछ्याइरहेको छ । बाध्यताले गाउँमै बाँधिइराखेको छ । आर्थिक क्रान्तितर्फ लाग्न जरुरी छ । अब मगरहरूलाई समृद्धिमा प्रोत्साहन गर्ने व्यवसायतिर लगाउनेतिर ध्यान दिनुपर्दछ । आर्थिक उत्पादनतिर लाग्ने वातावरण बनाउनेमा ध्यान दिनु जरुरी छ । धेरै जनसंख्या भएकोले हामी भाग्यमानी छौं । सानो सानो रकमबाट ठूलो लगानी गर्न सकिन्छ । सामूहिक लगानीमा गयौं भने संस्थालाई नै मदत गर्छ । जोखिम र अवसर दुवै हुन्छन्, तर, सामूहिक लगानीमा जोखिम कम र अवसर धेरै छ । जिम्मेवार व्यक्तिहरूले सामूहिक लगानीतिर लैजान सक्छौं । युके, हङकङ लगायतका विभिन्न देशका मगर संघले एकले अर्कोको देखेर सिक्न सकिन्छ । स्वास्थ्य, हाउजिङ, पावरसम्बन्धी, प्रविधि विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी छ । आर्थिकस्तर अभिवृद्धि गर्नका लागि सबैले आÞवान गरौं । एकले अर्कोको सिक्न पाउनुपर्यो । ३५ वर्ष अगाडि यदि नेपाल मगर संघले लगानी गरेको भए एक दुई वटा जिल्ला किनिसक्थ्यो । तर, हामी व्यवसायिक सोंच पलाउन सकेन । आर्थिकस्तर माथि उठाउनका लागि पनि यसले ठूलो सहयोग पुर्याउछ । अब यसतर्फ सबैको ध्यान जाओस् भन्न चाहन्छु ।

मगर जातिको मुक्ति र समृद्धिका लागि अबको बाटो के हो ?

म के भन्न चाहन्छु भने सबै मगरलाई सन्देश फैलाउनका लागि ग्लोबल कन्फरेन्स गर्नु जरुरी छ । एकपटक मात्रै होइन, हरेक चार चार वर्षमा गर्ने लक्ष्य हुनुपर्यो । अबको १५/२० वर्षपछि मगरहरूलाई कहाँ पुर्याउने भन्ने बारेमा सोंच्न आवश्यक छ । एक अर्कामा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्न जरुरी छ । हामीमा पहिलेभन्दा धेरै चेतना आएको छ । अब नयाँ तरिकाले युगानुसार हाम्रो समाजलाई अघि बढाउन सोंच्नुपर्ने भएको छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

अन्त्यमा, खासमा विश्वभरिका मगरहरूलाई जागरुक गराउन मिडियाको आवश्यक छ । मिडियालाई सहयोग गरे, पो संस्थालाई मिडियाले सहयोग गर्दछ । मिडिया र संस्थाबीच आत्मीय सम्बन्ध हुनु आवश्यक छ ।

Last Updated on Friday, 07 July 2017 13:25

Hits: 626

‘गायक भइरहन गाह्रो’/मनसुधन थापा

मनोज घर्तीमगर


Image may contain: 1 person, stripes

तपाईचाँही कस्तो गायक हो ?
म यस्तै गायक हो भन्दिन । स्टेजमा, स्टुडियोमा गीत गाउने गायक हो म । त्यस्तो बिछट्टै फरक टाइपको गायक म होइन । तर, गीत निकालेको आधारमा जति चर्चा हुनुपर्ने थियो, त्यति चर्चा नपाएको गायक हुँ भन्न अप्ठ्यारो लाग्दैन ।
 
जो पनि गायक आजभोली त, गायक बन्न बढो सजिलो छ ?
गायक बन्न त धेरै सजिलो । तर कस्तो गायक बन्ने भन्ने हो । सबै गायक हो आजभोली । घाँस काट्दा गाउने, बाथरुममा गाउने । ट्याक्सी चढ्दा गाउने । बाटोमा हिड्दा गुनगुनाउने । तर, आफू कुन क्याटगोरीको गायक बन्ने भन्ने हो । तपाइले भन्याजस्तो सजिलो चाँही छैन ।

चर्चा नपाएको गायक भन्नु भो, कति निकाल्नु भो र गीत/एल्बम ?
६० वटा जति गीत निकाले । ‘दमौली डुम्रे भन्सार’ ‘जीन्दगी त बग्ने गंगा हो,’ ‘बाडुल्की’ भिसिडि निकालियो । भर्खरै ‘बस्ती पाल्पाको’ निकालियो जुन टेलिभिनमा खुब बजिरहेको छ । दर्शकले असाध्यै मन पराउनु भएको छ । पछिल्लो सयम एल्बम भन्ने चिज हराउन थाल्यो । खाली एउटा गीत निकाल्ने चलन बढ्यो । मैले त्यही अनुसार गीत निकाल्दै आएको छु ।

गायक बन्ने रहर कसरी पलायो ?
गाउँमा सानैदेखी गाउने चलन । कौरा, सालैजो रोदी चल्ने । रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखरामा ‘देउराली’ कार्यक्रम आउँथ्यो जुन, चर्चित गायक पुरुषोत्तम न्यौपानेले चलाउनुहुन्थ्यो । त्यो कार्यक्रम हिट थियो । मैले पनि बेलाबेला त्यही कार्यक्रममा गीत गाउँथे । २०५२ सालमा एसएलसी दिएपछि मैले पनि रहरैमा मगर भाषाको गीत रेकर्ड गराए । यो गीत रेडियोमा बेसरी बज्यो । पछि एफएम आएपछि त्यसमा पनि बज्न थाल्यो । रेडियोमा गीत बजेपछि गाउँमा गायक भनेर जिस्काउन थाले । त्यसपछि गायक बन्ने रस बस्यो । ख्यालख्यालमै गायक भइयो भनौं ।

फिल्मम पनि खेल्नुभाछ, साच्चि तपाइ गायक हो कि नायक ?
व्यवसायिक गायकै हुँ । अभिनयमा रहर भएकाले फिल्म खेले । नायक पनि हो भन्न मिल्छ । प्रतिबिम्बमा नायककै भूमिकामा अभिनय गरेँ । भर्जीन, बिन्दासमा पनि अभिनय गरेँ । गायनमा आम्दानी छैन, लगभग जिरो हो । यसो फिल्म देखाइयो भने दुई चार पैसो आउँथ्यो कि भनेर यता लागेको हो ।

नयाँ योजना के छ त ?
अब पञ्जेबाजाको गीत आउँदैछ । कौंरा, सालैजो गीत पनि आउँदैछन् । फिल्मको पनि तयारी भइरहेको छ ।       

Last Updated on Sunday, 30 April 2017 15:27

Hits: 375

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी