A+ A A-

मगरलाई अगाडि बढ भन्यो भने पछाडि हट्छ तर बाहुनलाई पछाडि हट भन्यो भने पनि अगाडि बढ्छ : खपांगी मगर

 जुन ३ यू के, बुद्ध पूर्णिमा कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै सम्बोधनको क्रममा मगरहरुलाई अगाडि बढ भन्यो भने पछाडि हट्छ । तर बाहुनलाई पछाडि हट भन्यो भने पनि अगाडि बढ्छ भन्दै अब मगरहरु पछाडि होइन अगाडि बढेर आÏनो अधिकारको लागि लडनु पर्ने, मगर संघ यू के को निमन्त्रणामा आउनु भएका नेपाल मगर संघका पर्व केन्द्रिय अध्यक्ष गोरे बहादुर खपांगीले बताए ।
फानब्रोरो स्थित अक्सफाम कम्यूनिटी हलमा भएको उक्त कार्यक्रम अध्यक्ष कुल बहादुर थापा मगरको अध्यक्षता सम्पन्न भएको थियो । अतिथिहरुमा नेपाल मगर संघका पूर्व केद्रिय अध्यक्ष यम बहादुर बुढाथोकी मगर, कविता आले मगर, दुर्गा गुरुङ, रीता थापा मगर र अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यू के मगर संघको ११ वटा शाखा समिति लगायत भेष भुषामा सजिएका मगरहरुको भब्य उपस्थिति रहेको थियो । बम सुर्यबंशी लगायत अन्य मगर कर्मकाण्डका वाप्पाहरुलाई पनि सम्मान गरीएको थियो । सांस्कृतिक सचिब विशान थापा मगरले सांस्कृतिक कार्यक्रम विशेष तरीकाले सञ्चालन गरेको हुनाले एकदमै रोचक र मनोरञ्जनपूर्ण भएको थियो । कार्यक्रममा घाँटु, कौरा, Σयाउरे लगायत रीता थापा मगरको दोहोरी प्रस्तुत गरीएको थियो । 

अनिता राना मगर, यू के

Last Updated on Wednesday, 06 June 2012 08:13

Hits: 1179

अस्ट्रेलियामा २५५६ औं बुद्ध जयन्ति मनाईयो

बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ  ।
अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त  रुपमा यहि ६ मे बुद्ध जयन्तिको दिन बुद्ध पुजा अर्चना , बिपस्यना ध्यान , लुम्बिनी भ्रमण  बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने सामाग्रीहरुको प्रदर्शन ,फोटो प्रदर्शनी , शान्ति र्याली , रक्तदान कार्यक्रम ,बुद्ध कप सकर प्रतियोगिता , बुद्धकप भलिबल प्रतियोगिताका साथै छेलो हान्ने रोमान्चकारी प्रतियोगिता सहित सो कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमका बिशेष अतिथी लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समितीको बिश्व समितीका सल्लाहकार डा कविता राम श्रेष्ठले  शान्तिका  अग्रदूत भगवान गौतम बुद्धले दिएको शान्तिको सन्देशलाई बिश्व सामु फैलाउने प्रमुख दायित्व हाम्रै हो भन्दै , गौतम बुद्ध जन्मेको पवित्र भुमी लुम्बिनीको जगेर्ना गर्ने कर्तब्य  पनि हामी नेपालीहरुको  नै भएको बताउदै सबै नेपालीहरुलाई जागरुक हुन आव्हान गर्नु भयो । नेपाल सरकारले मनाइ रहेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्दै हामी प्रबासी नेपाली हरुले पनि देश बिकासमा सके जति सहभागी हुन् श्रेष्ठले अपिल गरे ।
कार्यक्रमका प्रमुख अतिथी ,न्यु साउथ वेल्स अस्ट्रेलियाका लागि महाबाणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति  , अहिंसा , प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै लुम्बिनी कपिलबस्तु दिवस भियानले आफूलाई लुम्बिनी प्रबर्द्धनको लागि घच्घच्याएको बताए ।
सोहि कार्यक्रमका अर्का बिशेष अतिथि नेपाल बुद्धिस्ट काउन्सिलका अध्यक्ष्य मनिश्वर बज्राचार्यले बुद्ध धर्मको उत्पति , यसको वैज्ञानिकता र यो धर्मका बिशेषताको  परिचर्चा गर्दै गौतम बुद्ध जन्मिएको देशमा जन्मिन पाएकोमा गौरब लागेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै  अर्का बिशेष अतिथि लुम्बिनी कपिल बस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक राम कुमार श्रेष्ठले यो अभियानको  उत्पति , विकास, औचित्य आदिमाथि प्रकाश पार्नु भएको थियो । नेपाललाई माया  गर्ने हरेक नेपालीले आफ्नो रास्ट्रियता र पहिचान गाँसिएको गौतम बुद्ध , उहाँ  दिनु भएको उपदेशलाई आत्मसात गर्नु साथै उहाँ जन्मिनु भएको जन्मस्थलको प्रबर्द्धन गर्नु कर्तब्य भएको बताए ।
स्मरण रहोस् अहिले नेपालमा र बिश्वका अधिकांश मुलुकहरुमा यो अभियानले उचाई लिईरहेको छ र यसै अभियान मार्फत् भारत सरकारले बनाइ रहेको नक्कली लुम्बिनीको पनि भण्डाफोर  गर्ने कार्य भैरहेको छ ।
सोहि कार्यक्रममा बुद्धको जीवनीमा आधारित पहिलो नेपाली उपन्यास " महाभिनिस्क्रिमणका अस्वीकृत पाइला " लेखेर  बुद्धको जीवनीलाई आम मानसमा सजिलोसंग पुर्याई दिनुभए बापत बुद्ध दर्शन समिती अस्ट्रेलियाले लेखक प्राध्यापक डा कविताराम श्रेष्ठलाई सम्मान गरेको थियो ।महामहिम दीपक खड्काले अभिनन्दन पत्र र बुद्ध दर्शन समिती अस्ट्रेलियाका अध्यक्ष निमा ग्याल्जे शेरपा गोपर्मा  खादा ओढाई लेखक श्रेष्ठलाई बधाई सहित अभिनन्दन गर्नु भएको  थियो ।

त्यस्तै नेपाल बुद्धिस्ट काउन्सिलका अध्यक्ष्य मनिश्वर बज्राचार्यलाई उहाँले बुद्ध धर्मको प्रबर्धनमा पुर्याउनु भएको योगदानको कदर गर्दै सोहि समारोहमा बुद्ध दर्शन समिती अस्ट्रेलियाले अभिनन्दन गरेको थियो  ।

तमु समाज सिड्नी , बुद्ध दर्शन समिती अस्ट्रेलिया , लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समिती अस्ट्रेलिया , गुठि अस्ट्रेलिया , छन्त्याल परिवार  अस्ट्रेलिया र तामांग सोसाइटी अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमको अध्यक्ष्यता तमु समाज सिड्नीका अध्यक्ष इन्द्र तामंगले गर्नु भएको थियो । सहभागी र सहयोगीहरुलाई धन्यबाद दिदै संयोजक इन्द्र राइले सिड्नीमा पहिलो पटक यति धेरै संस्थाहरु मिलेर संयुक्त रुपमा मनाइएको यो समारोहले एकता र शान्तिको सन्देश दिएको बताए ।
आयोजक समितीका सदस्य भीमसेन सापकोटाले बिपस्यना ध्यानको संक्षिप्त परिचय सहित सो को प्रयोग समेत गराउनु भएको थियो  ।कार्यक्रममा बुद्ध दर्शन समिती अस्ट्रेलियाका उपाध्यक्ष्य सुदिप गौचनले स्वागत मन्तब्य गर्नु भएको थियो भने लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान बिश्व समितीका अस्ट्रेलिया प्रतिनिधि सानु घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।

सिड्नीको मनोरम र बिशाल टेम्पे पार्कमा बिहान देखि साँझ सम्म समपन्न भएको २५५६ औं बुद्ध जयन्ति समारोहमा एन आर एन आइ सिसि का सल्लाहकार समाजसेवी इन्द्र बन , गोर्खा नेप्लिज कम्युनिटी अस्ट्रेलियाका अध्यक्ष्य दा नरय्हं प्रधान , एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष्य प्रेम सापकोटा , एन आर एन अस्ट्रेलियाका पुर्व अध्यक्ष मन खत्री , नेपाल आदिवासी जनजाती मंच अस्ट्रेलियाका अध्यक्ष्य गणेश तामांग , नेपाल लोकतान्त्रिक मंच अस्ट्रेलियाका संयोजक हरि लामिछाने , नारी निकुन अस्ट्रेलियाकी उपाध्यक्ष्य सुमित्रा बिस्ट , एन आर एन अस्ट्रेलियाका सल्लाहकार रामजी बिस्ट , गुठि अस्ट्रेलियाकी पुर्ब अध्यक्ष्य निलम प्रधानांग लगायत संचारकर्मी हरु एवम सर्बसाधारणको व्यापक उपस्थिती रहेको थियो ।
औपचारिक कार्यक्र पछी सहभगी हरु मिलेर शान्ति र्यालीको समेत आयोजना गरिएको थियो ।
सोहि दिन सोहि स्थलमा बिहान १० बजे तमु सामज सिड्नीका अध्यक्ष्य इन्द्र गुरुंग ले  बुद्ध कप २०१२ को उद्घाटन गर्नु भएको थियो । यस बर्षको बुद्ध कप सकरको उपाधि भने फ्रेन्ड्स युनाइटेडले लगेको छ भने सगरमाथा एफ सी ले दोश्रो स्थान हात पारेको छ ।
उता बुद्ध दर्शन समिती अस्ट्रेलिया र छन्त्याल परिबार अस्ट्रेलियाले संयुक्त रुपमा सोहि दिन सोहि स्थानमा आयोजना गरेको भलिवल प्रतियोगितामा भने छन्त्याल परिबार अस्ट्रेलियाले बुद्धकप भलिबल हात पारेको छ भने पोखरा समाजले दोश्रो स्थान हासिल गरेको छ ।
बिजेता र दोश्रो स्थान प्राप्त गर्ने टिमहरुलाई बुद्ध कप र पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरि सोहि अबसरमा आयोजना गरिएको छेलो हान्ने खेलतर्फ भने डिल्लीराम गुरुंगले प्रथम स्थान हात पारेर मेडल तथा पुरस्कार जित्नु भएको थियो । मे  ५ का दिन बिभिन्न क्षेत्रहरुमा बुद्ध जयन्ति आयोजक समितीकै आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ ।

सानु घिमिरे

सचिब : बुद्ध दर्शन समिति, अस्ट्रेलिया
सदस्य : २५५६ औ बुद्ध जयन्ति आयोजक समिती, अस्ट्रेलिया

Last Updated on Friday, 11 May 2012 14:33

Hits: 1060

संघिय राज्य प्रणालीमा" बिस्वमा रहेका नेपाल आदिबासी जनजाति महासंघको साझा अबधारणा पत्र: सभाध्यक्षदेखि नेतासम्म

Mr Rajkumar Lekhi

President,

Nepal Federation of Indigenous Nationalities,

Central Committee,

Kathmandu Nepal

 

Thru: Mr Prithviman Gurung

President,

Youth Federation of Indigenous Nationalites, Nepal (YFIN Nepal)

 

Subject: A Common Memorandum of World Nepalese Indigenous Group

 

Further to our telephonic conversation with Mr Prithviman Gurung (President of YFIN, Nepal) little while ago with regards to subject mentioned above, we hereby wish to request your kind support and assistance in submitting the attached "hard copy" of the Common Memorandum to the addressees on behalf of the World Nepalese Indigenous Group within day or two.

 

At the same time, we prefer some copies of photographs while the "Common Memorandum" is submitted to the addressees for our future references.

 

We all are sorry for your valuable time in this regard.

 

Yours Sincerely,

 

HUM SUNARI MAGAR

Co-ordinator,

World Nepalese Indigenous Group 

And all the Presidents of Nepal Federation of Indigenous Nationalities


__________________________________________________________________________________


 

मितिः मे २०१२

सम्माननिय सभाध्यक्ष सुवास नेम्वाङज्यू

काठमाण्डो, नेपाल

तथा

श्रीमान अध्यक्षज्यूहरू,

कमरेड पुष्पकमल दाहाल प्रचन्डअध्यक्ष-एनेकपा (माओवादी)

कमरेड झलनाथ खनाल, अध्यक्ष-नेकपा (एमाले)

श्री शुशिल कोइराला, सभापति-नेपाली कांग्रेस

श्री विजय कुमार गच्छेदार, अध्यक्ष- मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)

अन्य दलहरु

 

बिषय: "संघिय राज्य प्रणालीमा" प्रवासी नेपाल आदिवासी जनजाति महासंघको साझा अबधारणा पत्र

ऐतिहासिक संबिधान सभाको निर्वाचन मार्फत नेपाली जनताले दिएको म्यान्डेटलाई कुल्चिएर बर्षको समय सिमाना घेर सरकार बनाउने, ढलाउने फोहरी खेलमै बर्ष बितेको ०६२/६३ को महान दोस्रो जन आन्दोलन त्यसै सफल भएको होइन । नेपालका आदिवासी जनजातिहरू बिगत २४० बर्ष देखिको बिभिन्न एकात्मक राज्य ब्यबस्थाहरुबाट शोसित,पीडित बनेका,आ-आफ्ना भाषा, धर्म र संस्कृती हुँदाहुँदै एउटै भाषा र एउटै धर्म मान्न विवस हामी आदिवासी जनजातिहरू अब हिजोको जस्तो पुरातनबादी प्रबृती भएको एकात्मक शासन पद्धतीलाई सधैंको लागि निमिट्यान्न पारेर मुलुकभरि बसोबास गर्ने सबै बर्ग, जाति र धर्मावलम्बीहरू बिच कुनै बिभेद नहुने प्रकारको, सबैको अधिकार सु-निश्चित हुने खालको र कसैको करकापमा नपरिकन हामी आदिवासी जनजातिहरू स्वेच्छाले बस्न र जिउन पाउने गरि आत्म निर्णय सहितको स्वायत्त तथा पूर्ण रुपमा पहिचान सहितको एउटा "संघिय राज्य प्रणाली" खोजेका छौ र त्यसैको सुनिश्चितताको लागि मुलुकको सबै भन्दा बढी जनसंख्या भएको हामी आदिवासी जनजातिहरूको ०६२/६३ को दोश्रो महान जनआन्दोलनमा प्रत्यक्ष सहभागिता थियो । ऐतिहासिक संबिधान सभाबाट मुलुकको एकतन्त्रिय शाह वंशको शासन ब्यबस्थालाई सधैंको लागि बिदा गराउनमा हामी आदिवासी जनजातिहरूको प्रत्यक्ष,अप्रत्यक्ष भूमिका रहेको थियो ।

हामी आदिवासी जनजातिहरूले आफ्नो खोसिएको अधिकारलाई पुनर्बहाली गरि पाऊँ, हिजोका एउटै समूह र समुदायले एकलौटी सैयौंबर्ष देखि रजाइ गरिरहेको अवस्था र ब्यबस्थालाई बदलेर हामी सबै नेपालीहरूलाई समान अधिकार दिलाई पाऊँ र सबै नेपाली जनताहरूले कुनै बिभेद बिना जिउनु पाऊँ भनि जायज माग उठाउदा मुलुक बिखन्डनकारीको बिल्ला भिराउन खोजिएको छ । वास्तविक प्रजातन्त्रको मुल्य र मान्यता नबुझिकन फेरि पनि हिजो कै जस्तो एकात्मक शासन पद्धतीलाई निरन्तरता दिन खोजिएको छ र सदियौं देखि पछाडि पारिएका बर्गहरू र जातिहरूलाई समान अधिकार पाउनबाट बंचित गराउन खोजिएको आभाष हामी बिभिन्न राष्ट्रहरुमा बैदेशिक रोजगारीको रुपमा अथवा स्थाइ रुपमा बसोबास गर्ने लाखौं नेपाली आदिवासी जनजातिहरूले तितो महशुस गरेका छौ ।

विश्वको बिभिन्न बिकसित मुलुकहरूमा बसोबास गर्ने शिलशिलामा हामीले पनि आफू रहेको मुलुकको शासन पद्धती हेरेका छौ, भोगेका छौ र प्रत्यक्ष देखेका पनि छौ । बिकसित राष्ट्रहरुका संघिय ब्यबस्थामा त्यहाँको सबै नागरिकहरूलाई समान अधिकार र सम्मान पूर्वक बाँच्न र जिउन पाउने अधिकार,संघिय ब्यबस्थाको अनुभवगरेकाछौ तर बहुजाति, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक बिशेषताले भरिपूर्ण नेपाल हुँदाहुँदै पनि यहाजस्तो सदियौं देखि एकात्मक बिभेदकारी राज्य ब्यबस्था भएको कहि पनि देखेका छैनौ । त्यसैले यो हिजोको पुरातनबादी सोच र ब्यबस्थालाई समान अधिकार प्राप्त हुने खालको राज्य ब्यबस्थामा मुलुकलाई बदल्नु आवश्यक छ

नयाँ संबिधानमा गम्भिर देखिएको "राज्य पुन:संरचना" को बिषयमा बिगत एक बर्ष भन्दा अगाडि देखि नै सहमतीको नजिक पुगिएको भन्ने समाचार बाहिर आए पनि आजसम्म एउटा अन्तिम निर्णयमा पुग्न नसक्नुलाई हामीले गम्भीर रुपमा लिएका छौ । राज्य पुन:संरचना हिजो कै जस्तो एउटै समूह र बर्ग हाबीहुने खालको गर्ने दुस्प्रयास हुदैछ भन्ने आशंका बढेको छ। कतै तपाईं नेताहरूले राज्य पुन:संरचनामा एउटै बर्ग र समूहलाई प्रोत्साहित गर्ने खालको एउटा सहमती गरि सकेर आगामी जेठ १४ भन्दा अगाडि सार्वजनिक गर्न नखोज्नु भएको त होईन ? हामी यो खबरदारी दिदैछौ र गर्दैछौ की मुलुकको सबै भन्दा धेरै जनसंख्या ओगटी बसेको आदिवासी जनजातिहरूको अहितमा यदि तपाईं नेताहरूले संबिधान जारी गर्नुभयो भने हामी आदिवासी जनजातिहरू हाम्रो खोसिएको अधिकार प्राप्तीको लागि, समान अधिकार र सम्मान पूर्वक बाँच्न पाउने अधिकारको लागि जस्तोसुकै किसिमको संघर्ष गर्नबाँध्य हुनेछौ ।

जनताबाट चुनिएर जानु भएका मान्य सभासदज्यूहरुको 'राज्यपूर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले १४ प्रदेश २२ स्वायत्तक्षेत्रको सिफारिस गरिसकेको अवस्था साथै राज्यपूर्नसंरचना आयोगले ११ प्रदेशको सुझाव दिइसकेको अवस्था मा हामीसंग दुइवटा मात्र विकल्पहरु छन् । यी सुझावका संख्या भन्दा तल प्रदेश छुटाउने कार्य षडयन्त्र हुन भन्ने जनताले बुझिसकेका छन् । जननिर्वाचित संविधान सभाको सम्मान गरौ १४ प्रदेशनै रोजौ उच्च नेतृत्वले जुनै निर्णय गरे पनि यी प्रदेशहरु आन्दोलनबाट आफै स्थापित हुने पनि स्पष्ट

नयाँ संविधानमा सुनिश्चित गरिनु पर्ने आदिवासी जनजातिहरुका न्यूनत्म मुद्दाहरु:

१.       जाति, भाषा, पहिचानका आधारमा आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलोमा आत्मनिर्णय, राजनीतिक अग्राधिकार, स्वशासन, स्वायत्त राज्यसहितको राज्यपुन संरचना हुनुपर्ने ।

२.      धर्मनिरिपेक्ष, संघीयता, लोकतान्त्रिक गणतन्त्र नयाँ संविधानमा सुनिश्चित गर्नु पर्ने ।

३.      आदिवासी जनजातिको भूक्षेत्र, प्राकृतिक स्रोत तथा पम्परगत ज्ञान, प्रविधि र उपयोग वा उपयोगबाट प्राप्त लाभमाथि अग्राधिकार र पूर्व तथा सुसूचित सहमतिको अधिकारकोग्यारेन्टी हुनुपर्ने ।

४.     रक्षा, परराष्ट्र र मुद्रावाहेक अन्य सम्पूर्ण अधिकार र कुनै पनि सूचीमा नपरेका अवशिष्ट राजनैतिक तथा आर्थिक अधिकार राज्य, प्रदेश, क्षेत्र तहमा सुनिश्चित हुनुपर्ने ।

५.     विभिन्न मितिमा नेपाल सरकार र आदिवासी जनजाति संघसंस्था/दलहरुबीच भएको संझौताहरुको कार्यन्वयन गरिनुपर्ने ।

६.      भाषिक समानता तथा बहुभाषिक नीतिअन्तर्गत केन्द्रीय स्तरमा राज्य भाषाहरुको पनि समान प्रयोगको सुनिश्चितता र मातृभाषाको माध्यमबाट उच्चतहसम्म निःशुल्क शिक्षाकोअधिकार हुनुपर्ने ।

७.     समावेशी,जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिकतथा मिश्रीत निर्वाचन प्रणाली हुनुपर्ने ।

८.      प्रथाजन्य परम्परागत न्यायिक प्रणालीको संवैधानिक ग्यारेण्टी हुनुपर्ने ।

९.      अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजाति अभिसन्धी १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणा-पत्र कार्यन्वयन हुनुपर्ने ।

१०.   समग्र महिलाको कोटामा आदिवासी जनजाति महिलाको पहिचानसहित पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने ।

यहि बिषयमा केन्द्रित रहेर विश्वभरका विभिन्न मुलुकहरुमा स्थापित नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षहरूको सहभागितामा हामीले गत ६ मे २०१२, आईतवारको दिन एउटा भिडियो वेब कन्फेरेन्सको आयोजना गरि ब्यापक छलफल गर्दा हामी यो निचोडमा पुगेका छौ की "राज्य पुन:संरचना" पहिचान कै आधारमा कायम गरिनु पर्ने र संबिधान सभाको राज्य पुन:संरचना समितिले पेश गरेको १४ प्रदेश २२स्वायत्तक्षेत्र सहितको "राज्य पुन:संरचना" ले नै वास्तबिक नेपाली जनतालाई सम्बोधन गर्ने र यसैलाई नै बिना सर्त कार्यन्वयन गरिनुपर्ने हामी तपशिलमा उल्लेखित विश्वभरका आदिवासी जनजाति महासंघका जिम्मेवार अध्यक्षहरूले सामुहिक साझा अबधारणा बनाई यसैलाई नै अबिलम्ब कार्यन्वयनको लागि अनुरोध गर्दछौ ।

१) श्री हुम सुनारी मगर, अध्यक्ष - नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबिया

२) श्री थर्क रानामगर, अध्यक्ष - नेपाल आदिवासी जनजाति महासंघ, बेलायत

 ३) श्री शिव राई, अध्यक्ष - नेपाल जनजाति महासंघ अमेरिका

४) श्रीमती सङगिनी रानामगर, अध्यक्ष, नेपाल आदिवासी जनजाति महिला महासंघ, अमेरिका

५) श्री पर्शुराम राई, अध्यक्ष: नेपाली जनजाति समाज, क्यानाडा

६) श्री सेक राज सुनुवार, अध्यक्ष - नेपाल जनजाति समाज,जर्मनी

७) श्री रेशम राज घले अध्यक्ष - नेपाली आदिवासी जनजाती एकता समाज, अष्ट्रीया

८) श्री ध्रुव भट्टचन, अध्यक्ष- नेपाल आदिबासी जनजाति महासंघ जापान

९) श्री पासाङ शेर्पा, महासचिब - नेपाल आदिबासी जनजाति महासंघ जापान

१०) श्री मान बहादुर साँवा लिम्बू, अध्यक्ष - नेपाल आदिवासी जनजाति महासंघ, कतार

११) श्री गिरमान थापामगर,अध्यक्ष - नेपाल आदिवासी जनजाति महासंघ, युएइ

१२) श्री एम बी (दर्लामी)थापामगर,अध्यक्ष - नेपाल आदिवासी जनजाति महासंघ, हङकङ

१३) श्री गणेश तामाङ्, अध्यक्ष: नेपाल आदिवासी जनजाति महासंघ, अष्ट्रेलिया

१४) श्री तेन्जिङ शेर्पा, अध्यक्ष: नेपाल आदिवासी जनजाति महासंघ, कोरिया

१५)श्री विश्वासदीप तिगेला, अध्यक्ष: प्रवासीनेपालीसाहित्यसमाज, ब्रुनाई तथा तथा संविधान विषयक   
     
पुस्तक निष्पक्ष संविधानः समृद्ध राष्ट्र पुस्तकका लेखक, ब्रुनाईबाट

हुम सुनारी मगर

संयोजक, प्रवासी नेपाली आदिवासी जनजाति महासंघ

 

बोधार्थ:
श्री राजकुमार लेखी, अध्यक्ष: नेपाल
आदीवासीजनजातिमहासंघ, केन्द्रियकार्यालय , काठमाडौं

पृथ्वीमान गुरुङ, अध्यक्ष:नेपाल आदिवासी जनजाति युवा महासंघ, काठमाडौं

 

 

Last Updated on Thursday, 10 May 2012 11:19

Hits: 1520

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी