A+ A A-

हङकङमा जोडतोडले तमु एकताको सत्प्रयास


तमु समाजका केहि चिन्तनशील ब्यक्तिहरुको अगुवाईमा यसपालि हङकङमा नजिकिदै गरेको प्रमुख पर्व ल्होछार/ल्होसार कसरी संगै मनाउन सकिन्छ भन्दै आक्रामक अभियान थालिएकोछ । केहि बर्ष अघि सम्म एकै ठाँउमा आयोजना गरिने यो पर्व केहि बर्ष यता भिन्नाभिन्नै रुपमा आयोजना हुने गरेकोछ ।

फोटो गुर्खाली भाईको फेसबुकबाट
तमु प्हे लु संघ र तमु ट्यो ह्युलले छुट्टटाछुट्टै रुपमा पुष १५ मनाउने गरेकोमा घले समाज लगायतका तमुवान मुक्ति मोर्चा इतरका संस्थाहरुले पनि आ-आफ्नै किसिमले मनाउन थालेकाछन् । गत साल ६ वटा संस्थाले भिन्नाभिन्नै स्थलमा ल्होछार/ल्होसार मनाएकाथिए । यसले तमु अगुवाहरुलाई चिन्तित बनाएकोथियो । यद्यपि तेस्रो पक्षले भने सधैं एकै ठाँउमा कसरी मनाउन सकिन्छ भन्दै प्रयास जारी राखिरहेकोछ । गत साल पनि ब्रिटिश भूतपूर्व संघका अध्यक्ष हेमप्रताप गुरुङ र भारतीय भूतपूर्व संघका तत्कालिन अध्यक्ष जंगबहादुर गुरुङले यस्तो प्रयासमा सबैभन्दा सक्रिय रोल देखाएकाथिए । तर अर्काे साल गरौंला भन्दै गत साल पुरानै तरिकाले मनाइएकोथियो ।
 प्रमुख दुई संस्था प्हे लु र ट्यो ह्युलबीच समझदारी हुन सकेमा अन्य संस्थाहरु पनि सहमति आउने बताईन्छ । यसैका निम्ति यस बर्ष पनि हेम र जंग आफ्ना केहि सहकर्मीहरुसंग मिली यस अभियानमा जुटिरहेकाछन ।
तिनले संयुक्त तमु ल्होसार ल्होछार समन्वय समिति बनाई यसलाई संस्थागत रुपमा लगेकाछन । यो समितिले आँउदो ८ सेप्टेम्बरका दिन याउमातेई कम्युनिटी हलमा बृहत तमु भेला गराई यसलाई कसरी मुर्त रुप दिने भनि छलफलको आयोजना गर्ने भएकाछन । यसै भेलामा हस्ताक्षर अभियान समेत थालिने समितिका सक्रिय सदस्यद्धय हेम र जंग सुनाउँछन । ति भन्छन, हामी यहि साल सफल नहौंला तर यो अभियान शुरु गरेपछि यसले भविष्यमा अवश्य सफलता प्राप्त गर्ने नै छ । ’
हङकङबाट तमु एकताको अभियान थालनी गरि विश्वका तमुहरुलाई एकताको मालामा गाँस्ने सन्देश दिन थालेका यि अभियन्ताका ढिलो चाँडो अभियान सफल हुनेमा यी ढुक्क देखिन्छन ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी