A+ A A-

इजरायलमा बुद्ध जयन्ती मनाउने तयारी

माया घले मगर

नेपाल आदिवासी जनजाती महासंघ इजरायल मुल आयोजक तथा इजरायलमा रहेका विभिन्न सामाजिक, धार्मिक संघसंस्थाहरुको सकृयतामा शान्तिका दुत अहिँसाका प्रतिक भगवान बुद्धको २५६०औ बुद्ध जयन्ति विगतका वर्षहरूमा झै एकसाथ मनाउने गरी आयोजना भएको छ ।
इजरायलमा यसवर्षको वुद्धजयन्ति मनाउने तिथी निधो भईसकेपनि स्थानको भने टुङ्गो नलागेको र इजरायलमा रहेका विभिन्न संघसंस्था, वुद्धिजिवी, पत्रकार लगायतका नेपालीहरूसंगको छलफल तथा सहकार्य पश्चात कार्यक्रम तय गरिने प्रमुख आयोजक संस्थाले जनाएको छ । आयोजक संस्थाले इजरायलमा रहेका सम्पुर्ण संघसंस्थाहरुलाई सहआयोजकमा वस्न तथा समस्त इजरायलवासी नेपालीहरूलाई नेपालको राष्ट्रिय गौरवको रूपमा रहेका वुद्धविशेष कार्यक्रममा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ ।
जव-जव विश्वमा हिंसा वढ्दै जान्छ तव वुद्धले बिश्वलाई शान्तिको मार्गमा हिड्न प्रेरित गरेका ज्ञानहरू सर्वमान्य हुदै संसारभर फैलिईरहेको देखिन्छ । नेपाली हुनुमा गर्व गर्ने हामी नेपालीहरूले आफ्नै देशको लुम्विनीमा जन्मिएका भगवान वुद्धको वाटोमा हिड्ने हो भने कहिल्यै हत्या हिंसा र अराजकताको स्थिती सामना गर्नुपर्दैन ।
स्मरण रहोस्, वैदेशिक रोजगारीको क्रममा इजरायलमा रहेका नेपालीहरूले विगत केही वर्षदेखी वुद्धजयन्ति भव्य रूपमा मनाउदै आईरहेका छन् ।

Last Updated on Sunday, 24 April 2016 02:19

Hits: 617

बहराईनमा निस्शुल्क स्वास्थ्य परीक्षण शिविर हुँदै

राज्यसत्ता ब्यूरो

२१ अप्रैल
स्वस्थ्य जीवन, ईश्वरको बरदान भन्ने अभिप्रायका साथ यहि आउँदो २२ अप्रैल २०१६ सुक्रबारका दिन रोजगारीको शीलशीलामा बहराईन स्थित रहनु हुने मजदुर, विभिन्न पेशा तथा व्यावसायमा आवद्ध समस्त आदरणीय नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको स्वास्थ्य प्रति विशेष ध्यान राख्दै नेपाली क्लब र गैर आवासीय नेपाली संघको संयुक्त पहलमा आस्टर मेडिकल सेन्टर प्राली संग समन्वय गरि यो निस्शुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना हुन लागेको हो ।

आफ्नो स्वास्थ्यलाई निस्शुल्क चेक, जाँच गरि स्वस्थ र स्फुर्तका रहन विभिन्न समस्याको बारेमा संवन्धित डाक्टर संग आवश्यक परामर्श, सेवा, सुविधा लिन ब्यानरमा उल्लेखित निर्धारित मिति र समय तालिका अनुसार सहभागी हुन संवन्धित सबैमा यो सार्वजनिक सूचना जारी गरिएको छ ।

नोटः
निस्शुल्क स्वास्थ्य परिक्षणका लागि अनिवार्यः
१-ड्राइभिङ लाईसेन्स वा सिपिआर परिचय खुल्ने
२-खाली पेटमा हुनु पर्ने ।

Last Updated on Thursday, 21 April 2016 12:36

Hits: 670

तेरिया मगरको उपस्थितीमा आयोजना हुदै गरेको नयाँ बर्ष सांगितिक साँझमा उपहारै उपहारको वहार,

माया घले मगर
  इजरायल चैत, १८- नयाँ बर्ष २०७३को अवसर पारेर भारतिय टेलिभिजन च्यानल जीटिभीबाट प्रसारण हुदै आइरहेको चर्चित रियालिटी सो डान्स इन्डिया डान्स लिटिल च्याम्प्स तेस्रो संस्करणकी विजेता नेपाली चेली तेरिया मगरको विषेष आकर्षणमा चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेल र नबोदित गायिका मेलिना राईको जोडदार प्रस्तुति रहने गरी एनआरएनए एनसिसी इजरायलको आयोजनामा आगामी  १५ अप्रिल २०१६ शुक्रवारको लागि तय गरिएको नयाँ बर्ष शुभकामना सांगितिक साँझ २०७३ को  पूर्व निर्धारित स्थान परिवर्तन भएको आयोजकले जनाएका छन् । यससँगै कार्यक्रम  प्रायजसो नेपाली समुदायले कार्यक्रमहरु गर्दै आइरहेको हाहगना मार्ग १३५ स्थित वेतवारवर हलमा हुने भएको छ ।
 त्यस्तै आयोजकले कार्य़क्रममा उपस्थित दर्शकको सुविधालाई मध्यनजर गर्दै कार्यक्रममा भाग्योदय चिठ्टा उपहार योजना पनि थप गरेको छ । एनआरएनए एनसिसी इजरायलको गत शुक्रवार बसेको बैठक पश्चात कार्यक्रममा उपस्थितहरुलाई सोही टिकटबाटै नेपालको टू वे टिकट लगायतका उपहार सहितको भाग्यसाली उपहार सहितको सुविधाहरु थप गरेको हो । आयोजकले नेपाल टुर्स् एण्ड ट्राभल्सको प्रायोजनमा प्रथम् पुरुस्कार १ जनालाई नेपालको टू वे  हवाई टिकट, द्वितिय पुरस्कार १ जनालाई आईप्याड, तृतिय  पुरस्कार एक जनालाई डेड सीमा Four Star होटेलमा सम्पूर्णँ सुविधा सहित २ रात बस्ने  ब्यवस्था , चौथो पुरस्कार – हाइफा सिटीमा Four star  होटेलमा २ रात वस्ने ब्यबस्था  र पाँचौ पुरस्कार – १००$ नगद पुरस्कार दिने निर्णय गरेको एनआरएनए एनसिसी इजरायलका महासचिव तेन्जिङ शेर्पाले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभयो । उहाँले यस पटकको कार्यक्रम साँढे ८ बजेको निर्धारित समयमै शुरु भइसक्ने बताउदै कार्यक्रमको अन्त्यमा लक्की ड्र मार्फत उपहार खोलिने जानकारी दिनुभयो ।
इजरायली मेन पावर एजेन्सी याद वेयाद लगायत इजरायलमा रहेका विभिन्न १० वटा संघ संस्थाहरु हिन्दु जागरण नेपाल अभियान इजरायल, हेल्पिङ हर्ट्स इन इजरायल, नेपाल मगर संघ इजरायल, रुपन्देही सेवा समाज इजरायल, नारीकालागि नारी रु १ करोड १ अभियान, , किरात राई यायोख्खा नेपाल इजरायल, झापाली सेवा समाज इजरायल, श्री सत्य साई सेन्टर इजरायल र नेवा खल इजरायलको सह आयोजनामा आयोजना गरिदै गरेको उक्त वहुप्रतिक्षित कार्यक्रमबाट संकलन हुने च्यारेटी रकम असहाय  दिनदुखी तथा प्रकृतिक प्रकोपबाट घरबार विहिन भएकाहरुको लागि सहयोग गरिने आयोजकले बताएका छन् ।
 
कार्यक्रम हलको क्षमता न्यून रहेको र दर्शकहरुको उत्साहपूर्ण सहभागिता रहने अनुमान लगाइएकोले आयोजकले सिट संख्या सिमित रहेकाले यथासिघ्र टिकट बुकिङ गरिसक्न हुन इच्छुकहरुलाई अनुरोध गरेका छन् ।
 
त्यस्तै आयोजकले परोपकारी कार्यकोलागि च्यारेटी संकलनार्थ आयोजना गरिन लागेको उक्त कार्यक्रममा सहभागिताकोलागि इजरायलमा रहेका सम्पूर्ण संघ संस्था तथा इजरायलवासी नेपालीहरुलाई  हार्दिक अनुरोध गरेका छन् ।
 
त्यस्तै आयोजकले तेलअभिवको लेवन्सकी पार्कदेखि कार्यक्रम स्थलसम्म नि:शुल्क यातयात सुविधाको  समेत ब्यबस्था रहेको जानकारी गराएका छन् ।

Last Updated on Wednesday, 20 April 2016 11:49

Hits: 545

इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७३ भव्य रुपमा सम्पन्न

माया मगर

नयाँ बर्षको अवसर पारी इजरायलमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिलाउने उद्देश्यले गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद इजरायलको आयोजनामा विभिन्न ११ वटा संघ संस्थाहरुको सह आयोजना तथा इजरायली मेनपावर एजेन्सी याद वेयाद मेन पावर एजेन्सीको प्रमुख प्रायोजकत्वमा नेपालका चर्चित कलाकारहरुको जोडदार सांगितक प्रस्तुतीका विच इजरायलको तेलअभिवमा नयाँ बर्ष सांगितिक साँझ २०७३ सम्पन्न भएको छ ।
असहाय, दीन-दुःखी तथा घरवार विहिनहरुको सहयोगकोलागि च्यारेटी संकलनार्थ भारतिय टेलिभिजन जीटिभीबाट प्रसारण हुने चर्चित रियालिटी सो डान्स इन्डिया डान्स लिटिल च्याम्प्स तेस्रो संस्करणकी विजेता नेपाली चेली तेरिया मगर, चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेल तथा नबोदित गायिका मेलिना राईको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम पूर्व निर्धारित समयमै शुरु भएता पनि अत्याधिक दर्शकको चाप र हाहागना हल व्यवस्थापकको अनुचित ब्यबस्थापन, लापरवाही तथा निन्दनिय व्यवहारका कारण टिकट काटेका सिमित दर्शकहरुलाई समेत हलभित्र प्रवेश नदिदा केहि वेर कार्यक्रममा अवरोध उत्पन्न भएको थियो ।
आयोजकको केही समयको अथक प्रयास र इजरायली सुरक्षाकर्मीको सहयोगमा दर्शकहरुलाई कार्यक्रम हलमा प्रवेश गराइएको थियो । आयोजकले केही साता अघिदेखि नै अग्रिम टिकट वुकिङ गर्न गरेको अपिलका वावजुद पनि अत्याधिक टिकट वुकिङ गर्न नसकेका दर्शकहरु कार्यक्रम हल प्रवेशबाट बञ्चित भई फर्किन वाध्य भएका थिए भने कतिपय टिकट लिएका दर्शक पनि आक्रोशित भई फर्किएका थिए । आयोजकले आफ्नो मातृभूमीबाट आएका कलाकारहरुको प्रस्तुति हेर्ने ठूलो आशा बोकेर व्यस्त समयका वावजुद पनि कार्यक्रम हलसम्म आएर पनि फर्किन बाध्य दर्शकमा पर्न गएको असुविधाप्रति गहिरो दुःख प्रकट गर्दै क्षमा याचना गरेको छ ।
एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीको सभापतित्व नेपाली राजदुताबासका नव नियुक्त काउन्सिलर तथा उपनियोग प्रमुख रामेश्वर पौडेलको प्रमुख आथित्यता साथमा उहाँकी धर्म पत्नी, श्रम विभागका निर्देशक जनक घिमिरे, नेपाली राजदूतावास इजरायलका अटाचे कमल कोइराला, एनआरएनए आइसीसी सदस्य सुवास खरेल, याद वेयाद मेन पावर एजेन्सीकी लेवाना र नेपाल टूर्स एण्ड ट्राभल्सका कन्सल्टेन्ट नारायण थापाको विशेष आतिथ्यता, इजरायलमा रहेका विभिन्न सामाजिक, धार्मिक तथा जातीय तथा संघसंस्थाका प्रतिनिधिहरु, अनलाइन बेव मिडियाका पत्रकारहरुको आथित्यता रहेको उक्त कार्यक्रममा इजरायलबासी नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि रामेश्वर पौडेलले इजरायल आगमनसंगै राष्ट्रिय कलाकारहरु उपस्थित कार्यक्रममा सहभागी हुन पाउनुमा गर्व महसुस गरेका थिए । विभिन्न शिलशिलामा प्रवासमा छरिएऱ रहेका नेपालीहरुमा एकता कायम राख्दै नेपाली भाषा, साहित्य, कलाको संरक्षणकोलागि यस्ता किसिमका कार्यक्रमहरु भइरहनु पर्ने धारणा व्यक्त गरेका थिए ।
त्यसै कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै इजरायल भ्रमणमा रहनुभएका श्रम विभागका निर्देशक जनक घिमिरेले कार्यक्रममा आफूलाई पनि आमन्त्रण गरी केही बोल्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गरेका थिए । घिमिरेले इजरायलमा नेपालीहरुले गरिरहेको सेवाको कामले आफूहरुले विश्व समुदायमा नाक ठाडो पार्न सफल भएको बताए । आफ्नो लगनशिलता र मिहनेतले विदेशीहरु माझ नेपाल र गौरव वढाउने कार्य गर्दै आएको बताउदै आउदा दिनमा अझ राम्रो गर्न शुभकामना दिएका थिए ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै एनआरएनए एनसिसी इजरायलका बरिष्ठ उपाध्यक्ष विशाल ज्ञलालीले व्यस्त समयका वावजुद पनि कार्यक्रममा उपस्थिती जनाइदिएकोमा प्रमुख अतिथि नेपाली राजदूतावासका काउन्सिलर रामेश्वर पौडेल लगायत दूतावास परिवार, श्रमका निर्देशक जनक घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, मिडियाकर्मीहरु, लगायत उपस्थित सम्पूर्णमा नयाँ बर्षको शुभकामना सहित हार्दिक स्वागत गरेका थिए ।
त्यस्तै औपचारिक कार्यक्रमको समापन गर्नुहुदै सभापति दिपक प्रसाद ओलीले इजरायलवासी नेपालीहरुले आफूहरुसँग निकै नै आशा राखेको बताउदै चुनावको बेला आफुहरुले गरेका प्रतिवद्दताहरुमा अधिकांश प्रतिवद्दताहरु पुरा गरिसकेको जिकिर गरेका थिए । ओलीले कुनै वेला एनआरएन अर्धचेत अवस्थामा रहेको आशय व्यक्त गर्दै अहिलेको अवस्थामा इजरायलमा रहेका नेपालीहरुलाई समस्या पर्दा एनआरएन कहाँ छ भनेर खोज्नुपर्ने अवस्था नरहेको बताए । ओलीले एनआरएनए इजरायलले इजरायलवासी नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै दुई वटा वकिलको व्यवस्था गरिसकिएकोले अव आफूलाई परेको समस्याको समाधानकोलागि एनआरएनए इजरायलको सचिवालयमा सम्पर्क गर्न सकिने बताए । ओलीले कार्यक्रम सम्पन्न गर्न अहोरात्र खटिनुहुने कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, सहआयोजक संघ संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, मिडियाकर्मीहरु, कार्यक्रमको प्रमुख प्रायोजक याद वेयाद, उपहार प्रायोजक नेपाल टूर्, एण्ड ट्राभल्स लगायत उपस्थित सम्पूर्ण दर्शक दिर्घाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए इजरायलका कोषाध्यक्ष तारा काउचा मगरले परिषद्को बार्षिक कुल ५९ हजार ९ सय ६ शेकेल इजरायली मुद्रा आम्दानी तथा १७ हजार ६ सय ६४ शेकेल खर्च सहितको आर्थिक आय ब्यायको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमका दौरान एनआरएनए एनसिसी इजरायलको आधिकारीक वेबसाइट सार्वजनिक गरिएको थियो । www.nrnaisrael.org domain रहेको उक्त वेबसाइट मार्फत इजरायलवासी एनआरएनहरुले एनआरएनए इजरायल लगायत विश्वका अन्य मुलुकहरु तथा मातृभुमी नेपालमा एनआरएनएले गर्ने गरेका गतिविधिहरुको बारेमा आधिकारिक रुपमा जानकारी पाउनुका साथै इजरायल वासी नेपालीहरुका आफ्ना समस्याहरु पनि अनलाइनबाटै राख्न सकिने व्यवस्था गरिएको प्रवक्ता संगिता वलीले नेपाल इजरायल डट नेटलाई जानकारी दिएका थिए ।
स्थानीय कलाकारहरुको शुन्य सहभागिता रहेको सो कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको धमाकेदार प्रस्तुतिले भरपुर मनोरंजन दिलाएका थिए । उक्त मनोरञ्जनात्मक कार्यक्रममा चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेलको हास्य व्यंग्यात्मक गीतहरुले दर्शकलाई खुवै मनोरञ्जन दिलाउन सफल भए भने नबोदित गायिका मेलिना राइले आफ्ना सुरिला गीतको प्रस्तुति तथा कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेकी चर्चित डान्सर तेरिया मगरको नृत्यले दर्शकहरुलाई खुवै झुमाएको थियो ।

Last Updated on Wednesday, 20 April 2016 11:55

Hits: 540

कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न


प्रदेशि भुमि कतारमा मगर भाषा तथा लिपिको बारेमा प्रशिक्षण दिईएको छ।

बिजय कुमार मगर

दोहा कतार, चैत्र १५

नेपाल मगर संघ, कतार शाखाको मातहतमा रहेको भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान बिभागका उपसंयोजक अभिमत पुनको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । गएको शुक्रबार सनैया १५ स्थित टेष्टी प्यालेश रेष्टुरेष्टमा भएको प्रशिक्षण कार्यक्रममा मगर एबं गैरमगरको सहभागीता थियो ।

नेपाल मगर संघ कतार शाखाका अध्यक्ष महेन्द्र थापाको अध्यक्षता र प्रमुख सल्लाहकार भिम तरामुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाह्र मगरातमा बोलिने मगर ढुट भाषा र अठार मगरातमा बोलिने खाम भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा प्रशिक्षण दिईएको थियो ।

अठार मगरातमा बोलिने (बिशेष गरी राप्ती अंचलतिर) मगर खाम भाषाको बारेमा नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय सदस्य एबं भाषा तथा लिपिका उपसंयोजक अभिमत पुन र बाह्र मगरात क्षेत्रमा बोलिने ढुट भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका बर्तमान सल्लाहकार सदस्यहरु नारायण राना, मीन लाल सारु, जनक थापा, खिम बहादुर राना, पुर्ब सल्लाहकार केशव राना, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर रोका, द्धितिय उपाध्यक्ष तथा अनुशासन बिभागका संयोजक लिलम्बर चिदि, केन्द्रिय समितिका महिला बिभाग संयोजक इसोरा थापा, दोहा एरिया समितिका अध्यक्ष उद्धब सारु, सनैया ए एरिया समितिका कार्यबाहक अध्यक्ष अम्बर थापा सनैया बि एरिया समितिका अध्यक्ष धन बहादुर सारु, वक्रम एरिया समितिका कोषाध्यक्ष श्याम पुलामी, एन, आर,एन, ए (एन,सि,सि) कतारका सदस्य भिम थापा लगाएतका पाहुनाहरुको सहभागीता थियो । प्रमुख अतिथि र अतिथिहरुबाट दिप प्रज्वलन र ब्यानर अनावरण पछि शुरु भएको कार्यक्रममा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रथम सहिद क्याप्टेन लखन थापा मगर तथा अन्य ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर बहादुर रोकाले कार्यक्रममा सहभागी पाहुनाहरुलाई स्वागत गरेका थिए भने द्धितिय उपाध्यक्ष लिलम्बर चिदिले समग्र कार्यक्रमको बारेमा जानकारी दिएका थिए । केन्द्रिय समितिका महासचिब बिजय कुमार मगरले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रम सफल बनाउन द्धितिय उपाध्यक्ष लिलम्बर चिदिले आवश्यक डायरी पेन्सिल र केन्द्रिय सचिब रबिन थापाले ब्यानर सहयोग गर्नुभएको थियो । कार्यक्रमका सभापति महेन्द्र थापाले प्रवासमा रहेर पनि मगर भाषा र लिपिको संरक्षण गर्ने मनशायले दोश्रो पटक भाषा र लिपि संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका थिए ।

Last Updated on Monday, 28 March 2016 17:58

Hits: 589

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६