A+ A A-

नेपाल मगर संघ शाखा कतार सनैया बि एरिया समितिको भेला

बिजय कुमार मगर

दोहा कता- २७ मे २०१६ शुक्रबार नेपाल मगर संघ, शाखा कतार सनैया “बि” एरिया समितिको पाँचौ भेला सनैया “बि” एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगरको अध्यक्षतामा र नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सनैया “बि” एरिया समितिका सचिव फरियोज थापा मगर को संचालनमा सनैया ४४ लेफ्टमा अनबीव क्याम्पको भलिबल ग्राउन्डमा सम्पन्न भयो ।

उक्त एरिया भेलामा नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका महासचिव बिजय मगर, सचिव रबिन मगर, संगठनिक सचिव विवेक पुलामी मगर, सह कोषाध्यक्ष केशव घर्ती मगर सनैया “ए“ एरिया समितिका सहसचिव कर्ण थापा मगर र अलखोर एरिया समितिका अध्यक्ष मन कुमार रोकीम मगरको उपस्तिथि रहेको थियो ।

भेलामा बक्ताहरुले बोल्दै बक्ताहरुले संगठन के हो, यस को महत्व, नेपाल देखि कतार तथा अन्य प्रवासमा स्थापित भएको मगर संघहरुको भुमिका, यसको दायित्वको वारेमा जानकारी दिंदै सनैया “बि” एरिया समितिको पाँचौ भेलाको सफलताको शुभकामना दिएका थिए भने सनैया “बि” एरिया समितिका सचिव फरियोज थापा मगरबाट समितिको संगठानिक प्रतिबेदन र कोषाध्यक्ष बाट आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपस्तिथ सम्पुर्ण सदस्यहरूले सामान्य संशोधन गरी उक्त संगठनिक र आर्थिक प्रतिबेदनलाई ताली मारेर पारित गरिएको थियो । साथै सनैया “बि” एरिया समितिका उपाध्यक्ष नरेन्द्र ल्हायो मगर को सनैया बाट सरुवा भएर साहानिया जानू भएकोले उक्त पद हरी दर्लामी मगरलाई र अन्य रिक्त सदस्य पदहरुमा प्रेम पुन मगर र देउ बहादुर लुंगेली मगरलाई सर्वसहमतले चयन गरिएको थियोे ।

नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले नेपाल मगर संघ, शाखा कतारले गर्दै आएका कामहरु र संस्थाले भाबी दिनमा गर्ने कार्ययोजना बारेमा जानकारी गराउनुका साथै सम्पुर्ण मगरहरुको एकताको आवश्यकता रहेको जानकारी दिएका थिए । पदपूर्ति भएका नयाँ सदस्यहरुलाई नेपाल मगर संघ, शाखा कतारमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

अन्त्यमा सनैया “बि” एरिया समितिका अध्यक्ष धन सारु मगरले उपस्थित सम्पुर्णलाई धन्यवाद दिनुहुदै सनैया “बि” एरिया समितिले आउदो दिनहरुमा केन्द्र संग हातमा हात मिलाइ अघि बढदै जाने प्रतिबद्ध गर्दै कार्यक्रम लाई समापन गरेका थिए ।

Last Updated on Monday, 30 May 2016 07:22

Hits: 474

नेपाल मगर संघ शाखा कतार वक्रा एरिया समितिको भेला सम्पन्न

बिजय कुमार मगर

दोहा कतार-२६ मे २०१६मा नेपाल मगर संघ शाखा कतार वक्रा एरिया समितिको भेला वक्रा एरिया समितिका अध्यक्ष अमृत थापा मगरको अध्यक्षता र नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा संघको केन्द्रिय समितिका महासचिव बिजय मगर र केन्द्रिय सदस्य अभिमत पुन मगरको उपस्थितीमा वक्राको फेमिली पार्कमा वक्रा एरिया समितिका पदाधिकारी र अन्य मगरहरुको वाक्लो उपस्थितिमा सम्पन्न भएको छ ।

उक्त भेलामा वक्रा एरिया समितिका सचिव दिपक मगरले अहिले सम्मका समितिले भए गरेका सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम पुलामी मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसहमतले पारित गरेको थियो । उक्त भेलावाट समितिमा रिक्त रहेको सदस्य पदमा क्रमश दिल मस्राङी मगर, सञ्जय पिठाकोठे मगर र विनोद सेर्पुजा मगरलाई पदपूर्ति गरेका छन ।

उक्त वक्रा एरिया समितिको कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले पदपूर्ति भएका नयाँ सदस्यहरुलाई नेपाल मगर संघ शाखा कतारमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुका साथै संस्थाको बारेमा जानकारी र सदस्यहरुको संस्था प्रतिको जिम्मेवारीका बारेमा बताएका थिए । अन्त्य मा नेपाल मगर संघ शाखा कतार वक्रा एरिया समिति अध्यक्षले उपस्तिथ सम्पुर्णलाई धन्यवाद दिदै एरिया भेला लाई समापन गरेका थिए ।

Last Updated on Monday, 30 May 2016 07:16

Hits: 492

पर्वत सेवा समाज इजरायलद्वारा घाइते गुरुङको उपचार सहयोगार्थ आर्थिक सहयोग

माया घले मगर

 जेठ,१- ‘सम्पूर्ण पर्बतेलीको  एउटै छ नारा जन्मभूमी बिकास गर्ने हाम्रो अभिभारा’ भन्ने मूल नाराका साथ स्वदेश तथा प्रदेशमा अध्ययन, व्यवसायी, रोजगारीका सिलसिलामा  रहेका प्रवासीहरुलाई संगठित गर्दै मातृभूमीको  सम्मुनत बिकाश  र मातृभुमीमा रहेका दिनदुखी, असहाय एवम् दैवी प्रकोप पिडितहरुको लागि सहयोग पुर्याउने उद्देश्यले नव(स्थापित संस्था पर्बत सेवा समाज नेपालले आफ्नो  स्थापना संगै आर्थिक सहयोग  छ ।

पर्वत सेवा समाज नेपालको पहलमा समाजकी आजिबन सदस्य हिमाली गुरुङको बिषेश सक्रियतामा  आगो निभाउन जादा घाइते भएका रबिन गुरुङको उपचार सहयोगार्थ लागि आर्थिक सहयोग गरेको हो ।

पर्बतको पन्चासेमा लागेको आगो नियन्त्रण गर्न जाँदा घाईते भएका आर्थर डाँडाखर्क ६ घर भई राम्जा देउराली ४ बस्दै आएका रबिन गुरुङ आफ्नो उपचारकोलागि लाग्ने खर्च जुटाउन नसक्दा समस्यामा परेका  थिए । आगो निभाउन जादा भिरबाट खसेको ढुंगाले लागेर गम्भिर घाइते भएका गुरुङ्ग पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको लागि आर्थिक समस्या भए पछि घाइते गुरुङ परिवारले सहयोगको लागि अपिल गरेको हो ।

घाइते गुरुङलाई पर्बत सेवा समाज नेपाल शाखा इजरायलमा रहेका  आजिबन सदस्य एवम् इजरायलमा रहेका सहयोगी ब्याक्तिहरुद्वारा संकलित ७६ हजार ६ सय रुपैयाँ पर्बतको राम्जा रापू ४ निवासी सन्तोष गुरुङ द्वारा पिडित रबिन गुरुङलाई हस्तान्तरण गरिएको छ ।

विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्य का साथ गत २०७२  फागुन महिनामा मुना भुसालको अध्यक्षतामा आधिकारिक मान्यता सहित ‘पर्बत सेवा समाज नेपाल’ गठन गरिएको थियो । तत्पश्चात सो संस्थाले ब्यापक रुपमा आजीवन सदस्यता वितरण गर्दै आइरहेको जनाएको छ  ।

घाइते गुरुङलाई सहयोग गर्ने सहयोगीहरुको नामवाली :

१।  हिमाली गुरुङ २०० सेकल

२।  शिमा गुरुङ २०० सेकल

३।  उजेली कुमारी गुरुङ २०० सेकल

४। डिक कुमार गुरुङ १२० सेकल

५।  इश्वोरी खड्का १०० सेकल

६।  मनिता लिम्बु १०० सेकल

७।  निर्मला भटराई १०० सेकल

८।  दिपिका भुसाल १०० सेकल

९।  माया घले १०० सेकल

१०।  सावित्रा गौतम १०० सेकल

११।  तारा गुरुङ ५० सेकल

१२।  चन्द्र पुन १०० सेकल

१३।  ओबी भुसाल १०० सेकल

१४। टंकराज पौडेल १०० सेकल

१५। कबिता गुरुङ १०० सेकल

१६। देबी शर्मा १०० सेकल

१७। भोज राज छेत्री २०० सेकल

१८। दिल कुमारी गुरुङ १०० सेकल

१९। सावित्रा भुसाल ५० सेकल

२०। कल्पना गुरुङ १०० सेकल

२१। सारा गुरुङ १०० सेकल

Last Updated on Saturday, 14 May 2016 01:41

Hits: 527

नेपाल तामाङ घेदुङ इजरायलको दोश्रो अधिवेशन सम्पन्न

माया मगर

 मे,२५-नेपाल तामाङ घेदुङ ,इजरायलको ऐतिहासिक दोश्रो अधिवेशन २० मे  २०१६ (शुक्रबार)का दिन तेलअविवमा सम्पन भएको छ । अधिवेशन द्वारा २७ जनाको  नव कार्यसमिति गठन भएको छ । अध्यक्षमा कल्पना मोक्तान तामाङ निर्बिरोध निर्वाचित हुनु भएको छ ।

यसै गरी अन्य पदहरुमा क्रमशस्वरिष्ठ  उपाध्यक्ष – दिप्मा  तामाङ ,प्रथम उपाध्यक्ष(नानीमाया योन्जन तामाङ,द्धितीय उपाध्यक्ष(अनिता तामाङ,तृतीय उपाध्यक्ष(छिरिङ् डोल्मा तामाङ,महासचिव –शरिन ख्युङ्बा तामाङ,सचिव –सिता घिसिङ तामाङ,सचिव – सुकु स्याङ्बो तामाङ , कोषाध्यक्ष(विमला मोक्तान तामाङ,सह(कोषाध्यक्ष(रोजी मोक्तान तामाङ,कार्यकारिणी सदस्यहरुमा लाक्पा तामाङ,फानु तामाङ,सरस्वती (सारा) तामाङ,दिनेश मोक्तान तामाङ, पेमा लामा पाख्रिन,माला योन्जन तामाङ ,उतम तितुङ् तामाङ,एलिजा दोङ तामाङ, छत्र गोले तामाङ,अनिता स्याङ्तन तामाङ,पवित्र तामाङ,हिरामाया लामा तामाङ, सोनी योन्जन तामाङ,चित्रकुमारी तामाङ,पुस्कल घिसिङ तामाङ,धन कुमारी तामाङ र संखमाया तामाङ निर्वाचित भएका छन् ।

यसै गरी संस्थालाईअघि बढाउनको लागि कार्य जिम्मेवारी सहित विभागीय प्रमुख र उपप्रमुखहरु समेत चयन गरेको छ । जस अनुसार महिला विभाग प्रमुख (फानु तामाङ,उप(प्रमुख –माला योन्जन तामाङ ,सांस्कृतिक विभाग प्रमुख –सरस्वती (सारा) तामाङ, उप(प्रमुख – पेमा लामा पाख्रिन तामाङ र यूवा विभाग प्रमुख – दिनेश मोक्तान तामाङ ,उप(प्रमुख(उतम तितुङ् तामाङलाई चयन गरेको  छ ।

संस्थाको अध्यक्ष बी बी लामा तामाङको सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका महासचिव निर्मला गुरुङ , बिशेष अतिथिहरुमा संस्थाका प्रमुख संरक्षक सुन्दर सिंह लामा तामाङ,संरक्षक चन्द्रमाया बम्जन तामाङ ,प्रमुख सल्लाहकार उर्मिला पाख्रिन तामाङ र अतिथिहरुमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,संस्थाका सल्लाहकारहरु र अनलाइन मिडियाका प्रतिनिधिहरु रहेका थिए ।

अधिवेशनमा सहभागी सबै जनालाई स्वागत गर्दै संस्थाका सहअध्यक्ष कल्पना मोक्तान  तामाङले स्वागत मन्तव्य राखेकी थिईन् भने  प्रमुख अतिथि निर्मला गुरुङ , बिशेष अतिथिहरु संरक्षक सुन्दर सिंह लामा तामाङ,संरक्षक चन्द्रमाया बम्जन तामाङ ,प्रमुख सल्लाहकार उर्मिला पाख्रिन तामाङ ,अतिथि शेर्पा संघ इजरायलका अध्यक्ष दावा छिरिङ शेर्पा , नेवा खल इजरायलका सल्लाहकार नरेश श्रेष्ठ,ह्योल्मो समाज इजरायलका सल्लाहकार फुर्वा ह्योल्मो ,नेपाली  आदिवासी जनजाती महासंघ इजरायलका कोषध्यक्ष शरिन ख्युङबा तामाङ लगायतले दोश्रो अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । यसै गरी नेपाल तामाङ घेदुङ केन्द्रबाट दोश्रो  अधिवेशन सफलताको लागि पठाउनु भएको शुभकामना संदेश संस्थाका उपमहासचिव एवं घेदुङका केन्द्रिय सदस्य लक्ष्मी योन्जन तामाङले वाचन गरी सुनाएकी थिईन् । कार्यसमितिका जिम्मेवारी पद रहेर कर्तव्य पुरा गरेका  पदाधिकारीहरु र सल्लाहकारलाई प्रशंशा पत्र ,कदर पत्र र सम्मान पत्र द्वारा सम्मानित गरेका थिए ।

संस्थाको संगठनिक प्रतिवेदन महासचिव दिप्मा तामाङ र  आर्थिक प्रतिवेदन कोषाध्यक्ष नानीमाया योन्जन तामाङले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष तथा दोश्रो अधिवेशनका सभापति  बी बी लामा तामाङले आफ्नो कार्यकालमा सहयोग पुर्याउनु भएका कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु लगायत देशविदेशबाट सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव हरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै नवनिर्वाचित कार्यसमितिलाई आफुले सक्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

पाँच सदस्यीय निर्वाचन समिति समक्ष कुनै पनि पदको लागि  दोहोरो उम्मेदार नपरेकोले सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका थिए । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक सुन्दर सिंह लामा तामाङले तामाङ भाषामा सपथ (ग्रान)खुवाउनु भएको थियो ।माया घले मगर

Last Updated on Wednesday, 25 May 2016 14:23

Hits: 728

मगर सँघको ११ औं महाधिवेशनलाई खुला पत्र

माया घले मगर

 वैशाख,१६-यहि वैशाख १८ देखि २२ सम्म चितवन जिल्लास्थित नारायणगढमा मगर संघको ११ औं महाधिवेशन हुन् गैरहेको केन्द्रय स्तर हुदै ५ वटै विकास क्षेत्रबाट १४ वटै अञ्चलस्तर र ७५ वटै जिल्लामा नयाँ कार्य समिति चयन हुनु हुने सम्पूर्ण पदाधिकारी ज्यु हरुलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

सार्वभौम नयाँ प्रतिनिधिहरुले ,नया जोस,नयाँ जागर,नयाँ उमंग बोकेर १४ अंचल ७५ ओटै जिल्ला तथा विदेशमा सुतेर बसेर हाम्रो मगर समुदायका आमा,बुवा,दाजुभाइ,दीदीबहिनिहरुलाई पक्कै पनि ब्यूझ्याई दिनु हुन्छ भन्ने हामीलाई आशा छौ र  इतिहासमा समेट्न बिर्सिएको मगरहरुको पनि समेट्न निम्ति टेवादिनु हुनेछ र बिश्वभरि छरीएर रहेको सम्पूर्ण मगर,महिला,पुरुष,बालबालिकाहरुको हक र अधिकार धर्म,भाषा,सस्कृति,र पहिचानको केन्दीय स्तरदेखि जिल्ला,गाउ,टोल,सम्म उजागर गर्दै जनचेतना जगाउदै देश विदेशमा रहेको सम्पूर्ण मगरहरुलाई फुटेर होइन १ जुटेर एक हौ १ एक मगरले अर्को मगरको बिरोध होइन साथमा साथ काधमा काध मिलाएर अगाडी बढौ अनि मात्रै हामी बिश्व भरका मगरहरु ,आफ्नो पहिचान, भाषा,धर्म,सस्कृति,राजनीतिक, शिक्षा, रोजगार र आर्थिक रुपमा सम्पन्न हुदै अग्रसरता हुनेछ यसरी सचेत गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

 

Last Updated on Thursday, 28 April 2016 14:22

Hits: 1998

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६