A+ A A-

कतारमा सुतेकै अवस्थामा एक नेपालीको निधन

कृष्ण सारू मगर

दोहा कतार- २६ जुन, स्थाई घर ठुलो लुम्पेक ४, गुल्मीका दिल बहादुर पुलामी मगरको गत २२ जुन २०१६ बुधबारका दिन बिहान ४:३० बजेको समयमा सुतेकै अवस्थामा अल्पायूमै दु:खद निधन भएको छ।हमाद अस्पालको पोष्टमार्टम रिपोर्ट अनुसार मगरलाई हृदयाघात भई मृत्‍यु भएको अस्पतालले पुष्टि गरेको छ ।

गुल्मीका पुलामी स्व. बुबा बम बहादुर तथा आमा तिल कुमारी पुलामी मगरको कोखबाट तीन दिदी-बहिनी मध्ये एक भाई छोरा स्व.दिल बहादुर पुलामी मगरको जन्म भएको हो ।

वर्ष ३२का स्व मगरका एक वालक शिशु सहित तीन छोरी र एक धर्मपत्नी घरमा छन् । रोजगारीको शिलशिलामा कतार स्थित रिलायन्स कम्पनीमा पहिलो छुट्टी काटेर पुन: सोही कंपनीमा कार्यरत उनि नेपाल मगर संघ शाखा कतारका साधारण सदस्य समेत रहेका थिए ।

हाल उनको शबलाई सरकारी अस्पतालमा  सुरक्षित राखिएको छ 

श्रोतका अनुसार शब नेपाल पठाउन कंपनीबाट पाउने हिसाब किताब तथा आवश्यक कागजपत्र तयारी भै रहेकोले ती सबै प्रकृया तयार हुना साथ तुरून्त शब पठाइने नेपाली दुतावासले जनाएको कुरा नेपाल मगर संघ शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन ।

Last Updated on Monday, 27 June 2016 13:08

Hits: 725

महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग घोषणा

सनु घिमीरे

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गरेका छन । 
अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार एबं लुल्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले यो जानकारी सार्वजनिक गर्दै लेखेका छन, "विस्वको जुनसुकै कुनामा गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई बिर्सन सक्तैनन र यस्लाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यस्लाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व पनि छ यही पुस्तामा । तीब्र गतिमा परिबर्तित र खुला विस्व परिबेशका कारण आफ्नै देशमा कतिपय हाम्रा कला, संस्कृति, रीति, रिवाज आदि लोपोन्मुख अवस्थामा छ भने बिदेशमा यस्ता कुराहरुलाई कायम राख्दै भावी पुस्तामा निरन्तरता दिने कार्य आँफैमा ठूलो चुनौति हो र पनि सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशको सूचिमा पर्ने हाम्रो सांस्कृतिक बैभबका आधारभूत कुराहरुलाई जे जस्तो किसिमबाट भने स्थापित गर्न सकियो भने यो अनेकतामा एकता, सामाजिक सदभाव, नेपाल प्रबर्द्धन, सांस्कृतिक निरन्तरता, प्रबर्द्धन र संरक्षण आदि उद्धेस्य प्राप्ती कार्यमा सहायकसिद्ध हुनेछ ।"
 
श्रेष्ठ अगाडि लेख्छन, "ठूलो उद्धेस्य प्राप्ती कार्यको लागि फराकिलो सोंच पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ । संकीर्ण सोंच जहिले पनि र जहाँँ पनि समस्याको कारकतत्व बन्छ । पछिल्लो बिज्ञानको रुपमा देखा परेको Neuro-linguistic programming ले सुझाब दिने खुशी र सुखी हुन अधिकाधिक बिकल्पको अपरिहार्यता हाम्रै पूर्बीय दर्शनकै जगमा आधारित छ र यो ठूला र महत्वपूर्ण उद्धेस्य प्राप्ती कार्यमा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । उपर्युक्त उद्धेस्य प्राप्ती कार्यमा केन्द्रित भएर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा मात्रै गर्नु भएन, कथंकदाचित यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्न सकिने संभावना रहेको उद्घोष गर्नु भयो । संभबत नेपाली समुदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामुदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो । यो उदघोषसंगै Australian Nepalese Multicultural Center ले भिक्टोरियामा बनाउने लक्ष लिएको सामुदायिक केन्द्रको परिकल्पनाले साकार रुप लिन सक्ने आशा पलाएको छ र यस्का लागि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र लक्ष्मी भाउजुप्रति Australian Nepalese Multicultural Center को सल्लाहकारको हैसियतमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।"
 
यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरी उक्त कार्यक्रम मार्फत एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन गरिएको थियो । सो कार्यक्रममा स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । 
 
उक्त कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घले मेलबर्न बाहिर रहनु भएकाले अनुपास्थितिलाई इंगित गर्दै कुटनीतिक भाषामा श्रेष्ठ लेख्छन, "मेलबर्नबासीले यस्तै ठूलो परिमाणको सहयोगको अर्को घोषणा पनि निकट भबिस्यमा सुन्न पाउने अडकलबाजीले समेत सार्थक रुप लेवस - हार्दिक शुभ-कामना!!!"

Last Updated on Sunday, 26 June 2016 05:32

Hits: 565

नेपाल तामाङ घेदुङ इजरायल द्वारा सहयोग हस्तान्तरण

माया मगर

  काठमाडौं,जेठ २७ - नेपाल तामाङ घेदुङ,इजरायल द्वारा नेपाल तामाङ घेदुङ (केन्द्र) को कार्यालयलाई आवश्यक भौतिक सामग्री खरिद गर्नको  लागि  केन्द्रिय घेदुङको  कार्यालय पुतलीसडक काठमाडौंमा ८ जुन २०१६ (बुधबार) का दिन घेदुङको अध्यक्ष  मोहन गोले तामाङलाई  इजरायल घेदुङको तर्फबाट संस्थाको निबर्तमान संरक्षक जीवन लामा तामाङ मार्फत  नेपाली रुपियाँ  ५०,००० (अक्षेरुपी रू पचास हजार) नगद सहयोग हस्तान्तरण गरेको छ ।

देशको लोड सेडिंग (विधुत)बाट कार्यालयको काममा बाधा पुग्न गएको समस्यालाई मध्य नजर गर्दै  सौजन्य स्वरूप Inverter (इन्भेर्टर) र अन्य आवश्यक भौतिक सामग्री खरिद गर्नको निम्ति सहयोग गरेको नेपाल  तामाङ घेदुङ,इजरायलकी महासचिव गोमा तामाङ (शरिन)ले जानकारी  दिनु भएको छ ।

Last Updated on Thursday, 09 June 2016 14:43

Hits: 611

इजरायलमा आयोजित ‘एभरेष्ट कारोओके आइडिएल’ को उपाधी रोसन राईलाई

-माया मगर
 
इजरायलमा रहेका नेपाली तथा नेपाली भाषी भारतियहरुको समेत सहभागिता रहने गरी एभरेष्ट क्लव तेलअभिवको आयोजना तथा  Mobile Home Center को प्रायोजनमा आयोजना गरिएको उक्त कारोओके प्रतियोगितामा सहभागी १३ जना कलाकारहरुको वीचमा रोसन राईले पहिलो स्थान हासिल गरेका थिए भने लामो समय देखि इजरायलमा आयोजना हुने अधिकांश कार्यक्रममा आफ्नो उत्कृष्ट कला प्रस्तुत गर्दै आइरहेकी लक्ष्मी गड्तौलाले दोस्रो स्थान हासिल गरेकी छिन् । त्यस्तै  विवेक लामाले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएका छन् भने दिकिला शेर्पाले चौथो स्थान प्राप्त गरेकी छिन् ।
इजरायलमा रहेका नयाँ तथा लुकेका प्रतिभालाई हौसला तथा उत्साह प्रदान गर्दै इजरायलका नेपालीहरु माझ स्थापना गरिएको एक मात्र नेपाली डिस्को एभरेष्ट क्लवका ग्राहकहरुलाई छुट्टै किसिमको मनोरञ्जन दिलाउने उद्देश्यले आयोजना गरिएको एभरेष्ट कारोओके आइडिएल नाम दिइएको उक्त प्रतियोगितामा पहिलो नेपाली शेर्पा पप गायक छोङ्वा शेर्पा, संगितकार युग योमन, दि राइजिङ व्यान्डका गितारिष्ट तथा व्यान्डकार प्रनेश पाख्रिन जुरी रहेका थिए ।
 
जुरीले पहिलो राउन्डमा प्रत्येक प्रतियोगिलाई १/१ वटा कारोओकेमा गीत प्रस्तुत गर्न समय दिएका थिए रातको करिव साढे ९ बजे सम्ममा पहिलो राउन्डवाट उत्कृष्ट ५ प्रतियोगिलाई चयन गरिएको थियो भने त्यस रातको करिव साढे २ बजे भएको अन्तिम राउन्डबाट जुरीले उत्कृष्ट ४ गायकको चयन गरेका थिए ।
 
वृहत प्रचार प्रसार नगरी आयोजना गरिएको भएपनि करिव ४०० जना भन्दा वढिको उत्साहपूर्ण उपस्थिती रहेको उक्त प्रतियोगितामा उत्कृष्टता हासिल गर्नेहरुलाई ट्रफी, मेंडल तथा मोबाइल टेलिफोन लगायतका विभिन्न उपहारहरु प्रदान गरिएको कार्यक्रम आयोजक एभरेष्ट क्लवका विपिन तामाङले जानकारी दिए । विजेताहरुलाई प्रायोजक Mobile Homeका Abedले ट्रफी, मेडल तथा उपहारहरु प्रदान गरेका थिए ।
 
पहिलो पटक आयोजना गरिएको उक्त कोराओके प्रतियोगितामा भाग लिएका सम्पूर्ण प्रतियोगीहरु तथा उत्साहजनक उपस्थिती जनाउने सम्पूर्ण अतिथिहरू तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई कार्यक्रम आयोजक एभरेष्ट कल्वले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

Last Updated on Wednesday, 22 June 2016 02:23

Hits: 597

नेपाल मगर संघ शाखा कतार सहानियां एरिया समितिको पुनर्गठन

बिजय कुमार मगर

दोहा कता-नेपाल मगर संघ शाखा कतार साहानिया एरिया समितिले २७ मे २०१६ शुक्रबारका दिन पदम थापामगरको सभापतित्व तथा कुल बहादुर लुंगेलीमगरको सञ्चालनमा केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको प्रमुख आतिथ्यमा, केन्द्रिय सदस्य हिम बहादुर थापामगरको बिशेष आतिथ्यमा बसेको बैठकले नेपाल मगर संघ, शाखा कतार साहानिया एरिया समितिको ९ सदस्यिय समितिको पुनर्गठन गरेको छ ।

उक्त नव गठित समितिमा पदम थापामगर (पाल्पा)को अध्यक्षतामा ९ सदस्यिय समितिको गठन गरेको हो । जस मध्य उपाध्यक्षमा नरेन्द्र ल्हायो मगर (सिन्धुली), सचिवमा कुल बहादुर लुंगेलीमगर (खोटाङ), सहसचिवमा श्याम वहादुर थापा मगर, कोषाध्यक्षमा याम वहादुर थापा मगर र सदस्यहरुमा खुम वहादुर सारुमगर (पाल्पा), गम वहादुर खाम्चा मगर (पाल्पा) रहेका छन । अरू बाकि रिक्त पदमा आगामी बैठकमा पूर्ति गरिने भएको छ ।

कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त कार्यक्रममा मन्तब्यको क्रममा बक्ताहरुले मगर र मगर संघको बारेमा चर्चा गदै साहनिया एरिया समिति शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी तथा प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था, मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्डाैवाट बैदेशिक शाखाको मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिएका थिए । अन्तमा कार्यक्रमका सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गरेका थिए ।

Last Updated on Monday, 30 May 2016 07:27

Hits: 504

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६