A+ A A-

एनआरएनए इजरायलद्वारा “हरितालिका तीज सांगितिक उत्सव २०७३” को आयोजना

मायाँ मगर

इजरायलमा रहेका विरामीहरुलाई सहयोग गर्ने
इजरायलमा रहेका नेपाली दिदी वहिनीहरुले यस बर्षको हरितालिका तीज गएका बर्षहरुमा जस्तै यो बर्ष पनि चर्चित कलाकारहरुको उपस्थितीमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।
रोजगारीका लागि परदेशिएका नेपालीहरु बर्ष दिनमा आउने चाडबाड मनाउन घरदेश जान असहज हुने हुदा कर्म भुमीमै आफ्ना लोकप्रिय कलाकारहरुलाई आमन्त्रण गरी उनीहरुसँग रम्दै चाडबाट मनाउने क्रममा यस बर्ष गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसिसी इजरायलको आयोजना, तथा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा चर्चित कलाकारहरुको उपस्थितीमा भव्य कार्यक्रमको आयोजना गरी हरितालिका तीज मनाउन लागिएको हो ।
‘हरितालिका तीज सांगितिक उत्सव २०७३’ नाम दिइएको उक्त कार्यक्रममा चर्चित लोक गायिका मुना थापा मगर, ख्यातिप्राप्त लोक गायक अमृत खाती, भर्सलटाइल गायिका जुना प्रसाई र लोकप्रिय नेपाली टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनबाट प्रत्येक साता प्रसारण हुदै आइरहेको समसामयिक विषयवस्तुहरुमा आधारित हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता तथा व्यंग्य कलाकार सन्दिप क्षेत्रीको वेजो़ड मनोरञ्जनात्मक प्रस्तुतीका साथमा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
इजरायलमा आयोजना हुने प्रायजसो कार्यक्रमहरु महिनाको दोस्रो साता १० तारिख भन्दा पछि आयोजना गरिने भएपनि यस पटकको तीज पर्वको तिथी त्यस अघि नै परेकाले आगामी २ सेप्टेम्वर शुक्रवारको लागि तय गरिएको हो ।
इजरायली मेनपावर एजेन्सी याद बेयादको प्रयोजन रहने उक्त कार्यक्रममा इजरायलका विभिन्न संघ संस्थाहरु नेपाल मगर संघ इजरायल, रुपन्देही समाज इजरायल, अन्तराष्ट्रिय कलाकार मञ्च शाखा इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, बिश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, किरात राई यायोक्खा नेपाल इजरायल, नारीका लागि नारी अक्षयकोष, श्री सत्य साइ केन्द्र इजरायल, झापाली सामाज इजरायल, सोसाईटी अफ हेल्पिंग हर्ट्स इन इजरायल, श्री कृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल, चितवन समाज इजरायल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल सह आयोजकका रुपमा रहेका छन् भने इजरायलबाट संचालित पहिलो नेपाली अनलाइन मिडिया नेपाल इजरायल डट नेट संचार साझेदारको रुपमा रहेको छ ।
तेलअभिवको नजिकै रहेको तेलअभिव युनिभर्सिटी एक्युरिएमको सानदार हलमा बेलुकी ठिक ८ बजेदेखि आयोजना गरिने उक्त कार्यक्रम रोजगारीको शिलशिलामा इजरायलमा रही विभिन्न जघन्य रोगहरुको शिकार भई अस्वस्थ वन्न पुगेका नेपालीहरुको सहयोगको लागि आयोजिना गरिदै गरेको आयोजक एनआरएनए एनसिसी इजरायलकी प्रवक्ता संगिता ओलीले बताइन । प्रवक्ता ओलीले इजरायलको तनावपूर्ण कामको क्रममा अधिंकाश नेपालीहरु विभिन्न किसिमका रोगहरुबाट पिडित भई रोजगार विहिन अवस्थामा अस्पताल र अपार्टमेन्टहरुमा बस्नुपर्दा आर्थिक अभावका कारण झेल्नु परेको पिडालाई एनआरएनले नजिकबाट महसुस गरिरहेको बताउनुहुदै उनीहरुको उपचारमा सहजता ल्याउन गएको केही महिनादेखि एनआरएनए इजरायलले पहल गरिरहेको बताउनुहुदै आगामी दिनमा कुनै पनि नेपालीलाई त्यस किसिमको पिडा झेल्नु नपरोस् भन्ने उद्देश्ययले एनआरएनएको कोषलाई मजवुत वनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।
स्मरण रहोस् एनआरएनए इजरायलले संस्थाको कोषबाट गत मार्चदेखि रोजगारीकालागि इजरायलमा रहेकी क्यान्सर रोगबाट पिडित हिरा तामाङलाई मासिक ५०० शेकेल उपलव्ध गराउदै आइरहेको छ ।

Last Updated on Monday, 08 August 2016 09:43

Hits: 26752

मगर सँघ इजरायलको बार्षिक उत्सब तेलअभिबमा मनाइयो

माया घले मगर

इजरायल,जुलार्इ २१-गत हप्ता जुलाई १५ तारिख शुक्रबारको दिन तेलअभिबको रमणीयस्थल ''सी''को नजिकै पार्कमा गत सालको भन्दा भिन्दै किसिमले बार्षिक उत्सब गरिएको थियो ।
कार्यक्रमको सभापतित्व संघको अध्यक्ष बसन्त रासकोटी मगरले गर्नु भएको थियो,भने कार्यक्रम संचालन द्वय संघको महासचिब राम थापा र सल्हाकार केशब रानाले गर्नुभएको थियो ।
कार्यक्रमको संयोजक संघको प्रथम उपाध्यक्ष बिष्णु पुनले गर्नु भएको थियो । त्यसैगरि संघको तृतीय उपाध्यक्ष लता पुनले स्वागत मन्तब्य दिदै कार्यक्रममा हुनु भएको सम्पूर्ण दाजुभाइ/दिदीबहिनीहरु लाई धन्यबाद दिदै बिश्वका जुन सुकै ठाउँमा बसोबास गरेता पनि हामीले हाम्रो मगरको पहिचान जगेर्ना गरौ भन्दै आग्रह गरिन् ।
संघको सल्हाकार नन्द राना मगरले मगरहरुको भाषा र संस्कृति भनेको नंग र मासुको सम्बन्ध हो भन्दै मन्तब्य व्यक्त गर्नु भएको थियो र संघको मन्तब्य दिनेमा संघको भूपू महासचिब माया घले मगर र दितीय उपाध्यक्ष लिला थापाले आ-आफ्नो धारणा व्यक्त गरिन् ।
प्रथम उपाध्यक्ष बिष्णु पुनले पनि बिश्वमा रहेको मगरहरु फुटेर होइन
जुटेर अगाडी बढ्नु पर्छ अनि मात्रै हाम्रो मगर समुदायको धर्म,भाषा,संस्कृति र पहिचानलाई जगेर्ना गर सकिन्छ भन्दै मन्तब्य व्यक्त गर्नु भएकि थिइन ।
 कार्यक्रममा दर्शकहरुलाई उत्सुकता झल्किने मगर गितको बोल ''सालै ज्यु'' मा
पुर्णिमा पुन,चित्र सिंजाली,अनिल पुन,मन कुमारी पुन,जय पुन,कमला पुन, पुनम पुन,हरुले साह्रै राम्रो डान्स प्रस्तुति गर्नु भएको थियो ।
 
संघको बार्षिक उत्सब कार्यक्रममा उपस्थित भएको मगर दाजुभाइ/दिदीबहिनी साथै गैह्र मगरहरुको लागि स्वादिस्ट नेपाली खानाको व्यवस्था गर्नु हुनेहरु:बिष्णु पुन,तारा गर्बुजा ,सुमित्रा राना ,बिष्णु गर्बुजा ,लक्ष्मी थापा,लिला थापा,रिया पुर्जा,तारा काउछा,धनु काउछा, हरुले ब्यबस्थित गर्नु भएको थियो ।
 
संघको कोषाध्यक्ष जय पुन मगरले बार्षिकआय व्यय प्रस्तुत गर्नु भै अन्त्यमा संघको अध्यक्ष साथै कार्यक्रमको सभापति बसन्त रास्कोटी मगरबाट सम्पूर्ण कार्यक्रममा उपस्थित मगर,गैह्र मगर महानुभावहरुलाई धन्यबाद दिदै पूर्वको मेची देखि पश्चिमको महाकाली सम्म हामी मगरहरु सार्बभौम भै फैलीएका छौ आदिबासी जनजातिका जनसंख्या मध्य पहिलो जनसंख्या ओगट्ने हामी मगरहरु हौ भनी लगभग १९ लाख मगरहरुको जनसंख्या पुगी सकेका छौ तर भाषा ,धर्म,र संस्कृतिमा पछाडी परिरहेको छौ त्येसैले हाम्रो मगर समुदायको पहिचानको लागि एक बद् भै अगाडी बढ्न आग्रह गर्नु हुदै कार्यक्रम सम्पन्न गर्नु भयो ।

Last Updated on Friday, 16 September 2016 16:14

Hits: 2345

पाल्पाली समाजले सहकोषाध्यक्षलाई विदाई गरे

कृष्ण सारू मगर

दोहा, जुलाई २ मुम्ताजा गार्डेनमा समाजका अध्यक्ष लिलाम्वर चिदी मगरको अध्यक्षतामा खानीगाउँ-८ झाँक्रीस्थानका कृष्ण बहादुर चौहान मगरलाई सम्मान तथा बिदाई कार्यक्रम संपन्न गरेको छ ।

संघलाई निश्वार्थ भावनाका साथ विगत २००८ देखि समाजलाई नियामित तन, मन, वचन र कर्मले साधरण सदस्य हुँदै चौथौँ महादिवेशनबाट सहकोषाध्यक्ष पदमा रहेर सहयोग दिएकोमा उच्च मुल्यांकन गर्दै चौहानलाई समाजका प्रमुख सल्लाहकार भुपराज दुवाडीले समृद्ध भविष्य तथा सफल यात्राको कामना गर्दै शुभ कामना सहित बिदाई गरेको हो ।

खेलकुद सचिव पृथ्वी कनौजे थापा मगरले मायाको चिनो उपहार दिँदै समाजका अध्यक्ष लिलाम्वर चिदी मगरले ससम्मान कदर पत्र प्रदान गरेको थियो भने, प्रमुख सल्लाहकार भुपराज दुवाडीले पवित्र खादा ओढाएर सम्मान गरेका हुन् ।

यसै गरी समाजका अन्य दर्जनौं पदेन सदस्यहरूको बृहत उपस्थिति रहेको कार्यक्रममा क्रमश: सबैले पवित्र खादा ओढाउँदै ससम्मान विदाई गरेको छ ।

विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्थित रहेको सम्मान तथा विदाई कार्यक्रमलाई संवोधन गर्दै आफू भौगोलिक दुरिले टाढा रहेता पनि समाजले दिएको माया र सद्भाव कहिल्यै पनि नविर्सने प्रण गर्दै सहकोषाध्यक्ष मगरले समय अनुकुल मातृभुमीमा रहेर पनि आफ्नो समाजलाई सदैव सहयोग रहने वचन दिएका छन् ।

Last Updated on Saturday, 02 July 2016 07:18

Hits: 667

नेपाली संघीय समाज इजरायलको दोश्रो अधिवेशन

माया मगर

माननीय सांसद अशोक राईको प्रमुख अतिथ्यमा वरिष्ठ केन्द्रिय सदस्य तथा ताम्सालिङ प्रदेशका ईन्चार्ज एवं जापानका लागि पुर्व महामहिम राजदूत डा.गणेश योन्जन तामाङको विशिष्ट अतिथ्यमा नेपाली संङघीय समाज इजरायलको दोस्रो अधिवेशन हुँदै छ ।
 
नेपालको राजनीतिक ईतिहासमा राष्ट्रिय  तथा अन्तराष्ट्रिय रुपमा एक पृथक पहिचान बनाउन सफल नेपाली जनताको एक मात्र गौरवशालि पार्टी संङघीय समाजवादी फोरम, नेपालको प्रवास संगठन समिति “नेपाली संङघीय समाज, इजरायलको” ऐतिहासिक दोस्रो अधिवेशन पार्टीका केन्द्रिय वरिष्ठ नेता तथा पुर्व मन्त्री एवं वर्तमान व्यवस्थापिका सदस्य माननीय सांसद अशोक राईको प्रमुख अतिथ्यमा वरिष्ठ केन्द्रिय सदस्य तथा ताम्सालिङ प्रदेशका ईन्चार्ज एवं जापानका लागि पुर्व महामहिम राजदूत डा.गणेश योन्जन तामाङको विशिष्ट अतिथ्यमा नेपाली संङघीय समाज, इजरायलको “ऐतिहासिक दोस्रो अधिवेशन भव्यताका साथ सफल पारौं ! पहिचान सहितको अधिकार सम्पन्न १०+१ स्वायत्त प्रदेशहरु स्थापना गरौ !!” भन्ने मूल नाराका साथ आउँदो १२ अगस्ट २०१६ (शुक्रबार) दिनको ठिक ४:०० बजे देखि बेलुका ७:३० बजेसम्म लेवेन्सकी स्टेट घर नं.९९ न्यु विल्डिङको ८ औ तल्लामा रहेको हलमा नि:शुल्क प्रवेशका साथ हुन गईरहेको नेपाली संङघीय समाज, इजरायलका सचिब पासाङ शेर्पाले जानकारी दिएका छन | 
 
इजरायलवासी नेपाली महिला दिदीबहिनी तथा दाजुभाईहरु, विभिन्न सामजिक, धार्मिक तथा राजनीतिक संघ संस्था र संङगठनका अगुवाईहरु, नागरिक समाजका बुद्धिजीबीहरु, इजरायलबाट संचालित अनलाईन मिडियाका संचारकर्मी बन्धुहरु, पार्टीका क्रियाशील सदस्यहरु लगायत शुभचिन्तक, समर्थक र सहयोगी सम्पूर्ण नेपाली महानुभावहरुलाई ऐतिहासिक उदघाटन समारोहमा उपस्थितिको निमित नेपाली संङघीय समाज, इजरायल द्वारा हार्दिक विनम्र अनुरोध गरिएको छ |

Last Updated on Thursday, 21 July 2016 02:45

Hits: 1030

आदिबासी जनजाती महासंघ इजरायललाइ खबरदारी पत्र

माया मगर,

 असार,१५-बहुजाती बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुपहिचान, बोकेको सार्वभौम राष्ट्र नेपाल चितपरिचित छ, जस मध्य उत्पीडित र थिचोमिचोमा पर्दै आएको हामी आदिबासी ,जनजाती महिलाहरु नै हौ त्यसैको बिरुद्धमा बिश्वभर छरीएर रहेको आदिबासी जनजाती महिलाहरु एक भै राज्य बिरुद्ध लड्नु बाहेक अरु औचित्य देखिदैन।

अधिकार भनेको कसैको पेवा सम्पति होइन खल्तीबाट दिनु पर्दैन राज्यको हरेक १,कार्यपालिका २, न्यायपालिका ३,व्यबस्थापिका क्षेत्रमा आदिबासी जनजाती,महिलाहरुको पहुच समान अधिकारको प्राप्तिको लागि आदिबासी जनजातीहरुको यहि आवाज हो।

अधिकार भनेको मागेर पाउने चिज होइन लडेर पाउने हो यसैको लागि बिश्व भरमा छरीएर रहेको आदिबासी जनजातीहरु साथमा साथ काधमा काध मिलाएर अगाडी बढ्नु पर्ने हो,तर गत महिना आदिबासी जनजाती महासंघ इजरायको अधिबेशन चलिरहेको बेला नेपाल मगर संघ इजरायल भने आदिबासी जनजाती महासंघ संग असन्तुष्ट जनाउदै महासंघबाट विभेद गरियो,दुर्ब्यबहार गरियो भनेर बाहिरियो त्यो मिडियामा निकै चर्चा भयो कतिले त स्याबासी पनि दिए होला धेरैले दुख व्यक्त पनि गरे सार्वभौम राष्ट्रको चौध अंचल, पचहत्तर जिल्ला, सात प्रदेशमा विभाजीत रहेको सार्वभौम राष्ट्र नेपाल २०६८ जनगणनाको तथ्याङ्क अनुसार कुलस्( २,८१,७४७१४ जनसंख्या मध्य आदिबासी जनजातीको पहिलो स्थानमा मगर समुदायको बढी बाहुल्यता रहेको छ । 

संस्कृतिको धनि मानिन्छ मगरहरु यसलाई पनि पहिलो प्राथमिकता दिनु पर्ने आदिबासी जनजाती महासंघ इजरायलले ? म एउटी आदिबासी जनजातीको चेली,मगरको चेली ,मगर संघ इजरायलको भूपू महासचिबको एक हैषियतले म के भन्न चाहन्छु भने महासंघले एउटा स्वच्छ छबी बोकेर हिड्नु पर्ने हुन्छ जहाँ सितल पाउनको निम्ति आदिबासी जनजातीहरु चौतारीको ठुलो छहारीमा धाउने गरिन्छ त्यहाँ सितल नै पाउदैन भने त्यहाँ धाउनुको कुनै औचित्य हुदैन l

राज + नीति जोडेर राजनीतिक हुने हो राज स् भनेको सत्तामा मोज गर्नु ,नीति स् भनेको नीति नियम लाई उलंगन गर्नु हो त्यसैले प्राय जसोले भन्ने गरिन्छ Politics is a dirty game त्यसैले महासंघ जस्तो ठाउमा बसेर आफ्नो व्यक्तिगत स्वार्थ कुर्शीको निम्ति फोहोरी राजनीति नगर्नु भन्दै आदिबासी जनजाती महासंघ इजरायललाई मेरो बिनम्र अनुरोध  गर्दछु l  (लेखिका माया घले मगर राज्य सत्ता डट कम इजरायका सम्पादक हुन्)

 

Last Updated on Wednesday, 29 June 2016 14:26

Hits: 2892

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६