A+ A A-

ईजरायलमा महिला हिँसा सम्बन्धि बिषेश अन्तक्रियात्म कार्यक्रम हुदै !

माया मगर

ईजरायल, श्रावण ३१ - तेलअभिव ईजरायल सत्यसाइ केन्द्र इजरायल, तेलअभिव र नेपाली नारी आवाज, इजरायलको आयोजनामा यहि आउने शनिबार तेलअभिवमा मानव बेचबिखन बिरूद्द बिषेश जानकारी मुलक अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।


इजरायल कै हाइफामा सञ्चालन भै रहेको महिला हिँसा बिरूद्द अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन करिव २ हप्ता अगाडी इजरायल आइ पुग्नु भएकी शक्ती समुहकी कार्यकारी निर्देशक सुनिता दनुवारले उक्त अन्तक्रियात्म कार्यक्रममा सहजिकरण गर्ने सत्य साइ केन्द्रकी अध्यक्ष नेहा गुरूङले जानकारी दिनु भएको छ ।

गुरूङका अनुसार हाइफामा सञ्चालन भै रहेको उक्त सम्मेलनमा १९ देशका मानवअधिकार कर्मीहरूको सहभागिता रहेको छ । सोही कार्यक्रमबाट केही समय निकालेर मानव अधिकार कर्मी सुनिता दनुवारले इजरायलमा कार्यरत नेपाली माझ अन्र्तक्रियात्म कार्यक्रममा सहभागिता जनाउने गुरूङले जानकारी दिनु भयो ।

बिहान ११ बजेबाट शुरूहुने उक्त अन्तक्रियात्मक कार्यक्रममा सहभागिताको लागी इजरायलमा स्थापित सँघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगाएत महिला दिदी बैनी तथा दाजुभाइहरूमा उपस्थितिकोलागि आयोजकले अनुरोध गरेको छ । कार्यक्रम हार्चियोनमा रहेको सत्यसार्य केन्द्र रहेको भवन मा हुनेछ ।

Last Updated on Wednesday, 17 August 2016 14:03

Hits: 784

इजरायलबाट बाढिपिडितहरुलाई सहयोग वितरण !

माया मगर  

इजरायल, श्रावण ३१ - इजरायलमा कार्यरत सहयोगी मनहरुको सामाजिक संस्था सहयोगी मनहरुको समाज द्वारा बाढि पिडितहरुलाई सहयोग वितरण गरेको छ।

केहि दिनको लगातार बर्षाले मोरंग हसन्दह गाबिस बडा नं.३ र ५ मा बक्राहा खोलामा बाढि आएपछि गाउँ र धानवालीमा पसेर नदि किनारमा टहरा बनाइ बस्दै आएका मुसहर तथा सतार जातिका घर बगाइदिनुका साथै वरपरका हजारौ बिघा जग्गामा लगाइएको धानवाली नष्ट पारिनुका साथै उक्त बालीमा करीव २, ३ फीटसम्म अग्लो हुनेगरि बालुवा भरिएको छ।

बक्राहा खोलाले विस्थापित भएका मध्ये अति बिपन्न र पछाडिएको समुदायका मुसहर, सतार लगायतका ७० घर परिवारहरुका लागि समाजले प्रति घर परिवार १-१ भुइमा बिछ्याउने म्याट १-१ झुल बितरण लगाएत स्वस्थ्य चौकी को रोबरमा केहि अति आवासक औषधिहरु स्थानीय प्रसासन गा.वि.स , प्रहरी स्थानीय अमर सिंग उच्च मा.वि.,निजि बिद्यालय डनबोक्स, रेडक्रस लगाएत बुद्धिजिबी र राजनितिक दलहरुको रोहबरमा वितरण गरेको हो।

Last Updated on Monday, 15 August 2016 14:23

Hits: 609

अशोककुमार राई र डा.गणेश योन्जन तामाङ इजरायलमा

माया घले मगर
इजरायल, श्रावण २८ - नेपाल इजरायल  आदिबासी  जनजाती महासंघको संयुक्त सहयोगमा नेपाल बाट आमन्त्रित् पहिचान र संङ्घीयवादी आदिवासी जनजाती अग्रज 

 हस्ती दोय पूर्वमन्त्री तथा माननीय अशोककुमार राई ज्यु,र तामाङ समुदायको प्रथम जापानका लागी पुर्वमहामहिम राजदूत डा.गणेश योन्जन तामाङ ज्यु नेपाल आदिबासी  जनजाती  महासंघको आयोजनमा भोलि हुन् गैरहेको २२ औं विश्व आदिवासी दिवस कार्यक्रम २०१६ मा सरिक हुन नेपाल बाट इजरायल आईपुग्नु भएकोछ ।

साभार :कल्पना तामांगको फेसबुकबाट ।

Last Updated on Saturday, 13 August 2016 04:36

Hits: 686

कृषि प्रविधि सिक्न किसानकी छोरी इजरायलतिर

माया घले मगर

काभ्रेपलाञ्चोक,साउन २९ - शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ ।

कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक प्रतिष्ठानमा सीप सिक्ने अवसर पाउँदा उहाँ निकै उत्साहित हुनुहुन्छ । किसानकी छोरी थापाको इजरायली कृषि प्राविधिक सिक्ने र पैसा पनि कमाउने धोको छ ।

काठमाडौँ विश्व विद्यालयमा तीन साताको तालिम सकेकी थापाले रासससँग भन्नुभयो, “इजरायल कृषि प्रविधि सिक्ने अवसर पाउँदा धेरै खुसी र उत्साहित छु त्यहाँको सीप आफ्नै गाउँघरमा उपयोग गर्छु ।”

सुरुमा गोलाप्रथामा र त्यसपछि २७५ जनाबाट इजरायली टोलीले लिएको अन्तरवार्ता छनोट भई उहाँले इजरायल जाने अवसर पाउनुभएको हो ।

त्यस्तै बिबिएस दोस्रो वर्षमा अध्ययनरत कैलालीकी बबिता सिंह आधुनिक कृषि प्रविधि सिक्न इजरायल जान लागेको बताउनुहुन्छ । इजरायल रहरमै जान लागेको हो की भन्ने प्रश्नमा उहाँले भन्नुभयो–“परिवारनै कृषिमा भएकाले म पनि फर्केर यसै क्षेत्रमा केही गर्ने योजना छ ।”

पष्कबलकेयुको तीन हप्ताको तालिम सकेर इजरायल जाने तयारी गरेका १९० विद्यार्थी निकै उत्साहित देखिन्थे । उनीहरुका मुहारमा केही कौतुलहलता र बढी उत्साह झल्किन्थ्यो । यो समूहका सबै असोजभित्र इजरायल पुग्नेछन् ।

इजरायल पुग्न केयुलाई तालिमबापत तिर्ने रु २१ हजार र टिकटबापतको रकम रु ६२ हजार ५०० तथा व्यक्तिगत खर्च गरी जम्मा रु दुई लाख खर्च हुने बताइएको छ ।

आधुनिक कृषि प्रणालीमा विश्वमै कहलिएको इजरायल थोरै रकममा पुग्न र सीप सिक्न पाउँदा सायदै कम खुसी होलान् । जसको आकर्षणले त्यहाँ पुग्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।

पढेलेखेका युवा इजरायल गई आधुनिक कृषिको तालिम लिई नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै नेपाली युवाले इजरायल पुगी सीप सिक्ने अवसर पाएका हुन् ।

नेपालको परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्ने सोचाइका साथ पोखराका सुमन केसी इजरायल जान लाग्नुभएको छ । “पोखराको मौसम अनुसार स्ट्रबेरीको खेती गर्ने योजनाका साथ इजरायल जाँदैछु, त्यहाँको सीपलाई नेपालको कृषितन्त्रमा भरपुर उपयोग गर्छु,”– केसीले भन्नुभयो ।

पेसाले शिक्षकसँगै कृषिमा आबद्ध कञ्चनपुरका विजय विकको इजरायलमा कृषिसम्बन्धी नयाँ कुरा सिकेर आफ्नै गाउँमा कृषि व्यवसाय गर्ने योजना छ । केयुमा कृषि, कम्प्युटर र सञ्चार सीपको आधारभूत तालिम लिएका धादिङका नविन विकले पनि उत्साहित हुँदै भन्नुभयो, “विदेश गएर नफर्कने प्रवृत्ति छ, तर हामी स्वाभिमान गिराउन चाहन्नौँ ।”

ती युवाले अतिन्यून शुल्कमा इजरायल गई दश महिनाको तालिमकै क्रममा मासिक रु डेढ लाखसम्म कमाउने छन् ।

बैंकको ‘सिकाइ र कमाइ’ कार्यक्रमअन्तर्गत सन् २०१३ बाट सुरु भएयता हालसम्म एक हजार १२५ जना इजरायल गई सीप सिकेर फर्किएका छन् । चार जना भने उतै बेपत्ता छन् ।

सन् २०१६ मा ९ पछि थपिएका २०० गरी जम्मा ४५० जना पठाउने तयारी भइरहेको छ । यीमध्ये आधाले केयुको तालिम लिइसके । जुलाइको अन्तिमदेखि अक्टोबरको पहिलो साताभित्र इजरायज गइसक्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले कम लागतमा गुणस्तरीय सीप सिक्ने अवसरले पढेलेखेका युवाको इजरायली कृषिमा आकर्षण बढेको बताउनुभयो ।

इजरायलमा कृषिको सीप सिक्न युवाको आकर्षण बढेसँगै मापदण्ड पनि कडा बनाउन थालिएको छ । इजरायलले यसैवर्षदेखि सीप सिक्न जाने विद्यार्थीले अनिवार्य विश्वविद्यालयको कृषिसम्बन्धी कोर्ष गर्नुपर्ने मापदण्ड ल्याएको सिइओ शर्माले बताउनुभयो । त्यसै अनुरुप बैंकले केयुसँग सम्झौता गरी तालिम लिएको हो ।

क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले थोरै जग्गामा गरेको आधुनिक कृषि प्रणाली विश्वमै चर्चित मानिन्छ ।

बैंकका कामु प्रमुख व्यवस्थापक झलेन्द्र भट्टराईका अनुसार इजरायल जानका लागि साना किसान सहकारी संस्थामा आबद्ध भएका दश जोड दुई ९प्लस २० गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले आवेदन दिन पाउँछन् । निष्पक्ष रुपमा छनोट भएका इजरायल जान पाउँछन् । तरपनि मन्त्रीदेखि उच्च अधिकारीले आफ्नो मान्छे पठाउन दबाब दिने गरेका छन् ।

इजरायल जाने विद्यार्थीको छनोट प्रणाली राम्रो बनाउन नसक्दा चुनौती बढेको प्रमुख व्यवस्थापक भट्टराईले बताउनुभयो । साना किसान बैंकको ६७ जिल्लामा पहुँछ छ, जहाँ ५५० संस्था आबद्ध छन् यो पटक ५५ जिल्लाबाट आवेदन परेको र ४४ जिल्लाका अन्तिम छनोट भएको बैंकले जनाएको छ ।

रासस बाट

Last Updated on Sunday, 14 August 2016 14:24

Hits: 1063

इजरायल सरकारद्वारा केयरगिभर क्षेत्रमा नयाँ नियम नोभेम्बर १ देखि लागु हुने !

माया मगर

इजरायल, साउन २४ - इजरायल सरकारद्वारा केयरगिभर क्षेत्र काम गरिरहेका कामदारहरुले बितवाख मार्फत पाउने पेन्सन र सेभरेन्स रकम अब आउदो नोबेम्बर १ देखि राष्ट्रीयकोष बनाइ नियमअनुसार कर कट्टा गरेपछि मात्र बितरण गरिने भएको छ ।

इजरायलमा रहेका विदेशी कामदारहरुको हक हित र अधिकारका लागि समर्पित संस्था “काभला ओभेद" ले एक सुचना मार्फत जानकारी गराए अनुसार इजरायलमा कार्यरत केयरगिभरहरु जस्ले बितुआख एजेन्सी र रोजगारदाता दुबैबाट आफ्नो तलब भत्ता लिदै आउनु भएको छ, यो नियम उहाँहरुलाइ मात्र लागु हुने कुरा पनि जनाइएको छ ।

 वितुआख मार्फत आंशिक तलब प्राप्त नगरी सम्पूर्ण तलब रोजगारदातामार्फत बुझ्दै आएका केयरगिभरको हकमा यो नियम लागु हुदैन ।आउदो नोभेम्बर एक देखि सुरु हुनेगरी आएको यो नया नियममा केयरगिभरले आफ्नो बसाइको अन्तिम काम पछि घर फर्कने समयमा मात्र सो रकम प्राप्त गर्नेछन ।

अहिले सम्म सो रकम वितुआख मार्फत दिइदै आएकोमा अब नोभेम्बर एक उपरान्त इजरायली सरकारको निरीक्षणमा राष्ट्रीय कोष मार्फत दिइने र सो रकम पाउन अन्तिम काम गरेको साठी दिन भित्र इजरायल छोडेको हुनुपर्ने समेत जानकारी गराइएको छ ।

यदी दुई महिनाको सो अवधि काटेर ओभर स्टे भएमा पाउने रकम मा १५५ देखि १००५ सम्म जरिवाना कर लगाइने नियम बनाइएको छ । यो नियम नोभेम्बर एक २०१६ पछि मात्र लागु हुने हुँदा त्यसबेला (अक्टोबर ३१ २०१६) सम्म इम्प्लोयर मरेका वा पेन्सन र सेभरेन्स रकम प्राप्त गर्नु पर्ने अवस्थामा रहेका केयरगिभर हरुले साविक बमोजिम सम्पुर्ण पाउनु पर्ने रकम कामदारले पाउनु हुनेछ ।

Last Updated on Wednesday, 10 August 2016 06:43

Hits: 805

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६