A+ A A-

नेपाल तामाङ घेदुङ इजरायल द्वारा क्यान्सर पीडित अंकित तामाङलाई आर्थिक सहयोग

माया मगर 
 
नेपाल तामाङ घेदुङ इजरायल द्वारा उदयपुर जिल्ला तावाश्री ४, का  घाँटीको क्यान्सर पीडित ८ बर्सिय अंकित तामाङलाई  उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
 
इजरायलमा बवोवास गर्ने  सहयोग मनका धनि सहयोग दाताहरु र संस्थाको आफ्नै कोषको रकम नेपाली रुपियाँ ८२,६४० (अक्षेरुपि बयासी हजार छ सय चालिस) उनको डेरा (कोठामै) पुगेर घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङ, सचिव राम कृष्ण तामाङ, भाषा, लिपि तथा साहित्य बिभाग प्रमुख काजीमान थिङ घेदुङका पुर्ब सल्लाहकार सिताराम तामाङ र स्थानीय रत्न जोशी समेतको सहभागितामा आमा छोरालाई हस्तान्तरण गरेको हो ।
 
सहयोगदाताहरु मार्फत संकलन भएको ६२,६४०(बैसठ्ठी हजार छ सय चालीस) र संस्थाको २०,००० (बिस हजार) गरी जम्मा ८२,६४०(बयासी हजार छ सय चालीस) नेपाल पठाएको संस्थाकी महासचिब गोमा ख्युङबा  तामाङ (शरिन) ले जानकारी दिएक छन |
 
संस्था द्वारा सम्पूर्ण सहयोगदाता र रकम हस्तान्तरण गर्ने कार्यमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुको साथै घाँटीको क्यान्सर पीडित ८ बर्षिय अंकित तामाङको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । 
 
सहयोगदाता महानुभावहरुको नामावली निम्न बमोजिम रहेका छन । 
 
१, जुना घिसिङ तामाङ -१०० |-निश
२, सानु लोप्चन तामाङ -२९|- निश
३, कान्छी घिसिङ् तामङ्-५५|-निश
४, विमला मोक्तान तामाङ् -५५|- निश
५, ईशा लावती लिम्बु -५०|- निश
६, सुन्दरसिहं लामा तामाङ् -५१|-निश
७, पवित्र मोक्तान तामाङ -५१|- निश
८, अनिला मोक्तान तामाङ -२५|-निश
९, नानीमाया योन्जन तामाङ -५१|-
१०, लक्ष्मि योन्जन तामाङ – ५१|-निश
११, चन्द्रमाया बोम्जन तामाङ – ५५ |- निश
१२, माला योन्जन तामाङ् – ५५|-निश
१३, थुप्तेन योन्जन तामाङ -५१|-निश
१४, उर्मिला लामा तामाङ -५१|-निश
१५, एलिजा दोङ तामाङ -५१|-निश
१६, बि बि लामा तामाङ ५१|-निश
१७, हिरामाया योन्जन तामाङ् -५१|-निश
१८, मिश्री योन्जन तामाङ -५१|-निश
१९, चित्र कुमारी तामाङ -५०|-निश
२०, रोजी मोक्तान तामाङ- १०१|-निश
२१, फानु बल तामाङ -५१|-निश
२२, मेनुका दाहाल थापा, ktm २०५|- निस
२३, गंगा ताजपुरिया, झापा गौरादह १०१|- निस
२४, जानुका तामाङ, सिन्धुपाल्चोक १००|- निस
२५, निमा शेर्पा, सिन्धुपाल्चोक १००|- निस
२६, रिता खत्री ,झापा बिर्तामोड ५१|- निस
२७, माया शेर्पा ,सिन्धुपाल्चोक ५१|- निस
२८, दिप्मा तामाङ ५१|-निस
२९, अनिता तामाङ ,ktm ५५|- निस
३०, कल्पना मोक्तान तामाङ ५१|-निश
३१, छिरिङ डोल्मा रुम्बा तामाङ ५१|-निश
३२, शरिन ख्युङ्वा तामाङ ५५|-निश
३३, उरि अधिकारी मच्छागाउ काठमाडौं – ५१|- निश
३४, माया लामा हेटौंडा- ५१|- निश
३५, उमा शर्मा हेटौंडा- ५१|- निश
३६, सरिता वाइबा तामाङ- ५१|- निश

Last Updated on Wednesday, 31 August 2016 16:56

Hits: 650

बहराईनमा तीज कार्यक्रम भब्य सम्पन्न !

कृष्ण सारू मगर

बहराईन, अगष्ट २८ - अन्तराष्ट्रिय नेपाली कलाकार समाजले २६ अगष्ट सुक्रबारका दिन कर्नाटक सोसियल क्लबको सभाहलमा नेपाली दुतावासका महामहिम का.बा राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्यमा समाजकी अध्यक्ष पवित्रा राईको सभापतित्वमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।


विशेष अतिथि आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष लाल प्रसाद पुन मगर, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, समाजसेवी गम ब.गुरूङ, दिपक गुरूङ लगायत विभिन्न संघ, संस्था, संगठनका प्रतिनिधि, उधोग ब्यावसायी, विशिष्ट ब्याक्तित्व, स्थानिय संचारकर्मीहरूलाई अतिथि ग्रहण गराएको थियो ।

कार्यममा सहभागी समस्त आगन्तुक पाहुनागणमा अन्तराष्ट्रिय कलाकार समाजका सदस्य राष्ट्रिय लोक तथा दोहरी गायीका सरिता दर्लामी, नानीमायाँ परियार, दया भट्टराई र विश्व विनोदको सामुहिक स्वागत गीत प्रस्तुत रहेको थियो ।

प्रमुख आतिथि, दुतावासका महामहिम का.बा. राजदुत पाण्डे, विशेष अतिथि गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष पुन मगर, नेपाली क्लबका अध्यक्ष श्रेष्ठ, गम ब.तमु गुरूङ, दिपक तमु गुरूङ लगायत अन्य समाजसेवी वक्ताहरूले हरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा समाजले विभिन्न कलाकारहरूको तीज गीत तथा नृत्यको प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।

विगतका वर्षहरूमा झै यसपटक पनि खुल्ला नृत्यमा अनेकस आयोजकले पुरस्कारको ब्यावस्था गरेको थियो । प्रथम मन्जु सुनार, द्धितिय, विष्णु मायाँ थापा र तृतीय मुना पनेरू बस्नेतलाई क्रमश: समाजका सल्लाहकार नारायण रपाल विश्वकर्मा, तिलक सापकोटा र हिमलाल पाण्डेले उक्त पुरस्कारलाई प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा प्रमुख आतिथि, विशेष अतिथि सभापतिले सामुहिक रूपमा गीतकार जानुका पौडेलको पहिलो प्रस्तुति शिव दर्शन डिजिटल प्रालि द्वारा उत्पादित पञ्चेबाजामा रहेको साह्रै जोस उठायो गीति एल्बमलाई लोकार्पण गरेको थियो ।

प्रमुख अतिथि, नेपाली दुतावासका महामहिम का.बा. राजदुत पाण्डे, वरिष्ठ समाजेवी गम ब.तमु गुरूङको सह्योगमा समाजकी अध्यक्ष सभापति राईले समाजसेवी मायाँ गुरूङलाई सम्मान पत्र प्रदान गरेको छ ।

साँस्कृतिक कार्यक्रमलाई विश्व विनोद र नितु बस्नेतले संयुक्त रूपमा संचालन गरेको तीज विशेष कार्यक्रम अशिम महतको संचालनमा सम्पन्न भएको छ ।

Last Updated on Sunday, 28 August 2016 13:49

Hits: 1296

इजरायलमा पुर्वमन्त्री अशोक राई र पुर्व राजदुत डा. गणेश योन्जन तामाङ सम्मानित !

माया घले मगर

इजरायल, भदौं ७ -  नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २२ औं विश्व आदिवासी जनजाती दिवस “नयाँ संविधान पुनर्लेखन द्वारा  पहिचान सहितको अधिकार सुनिश्चित गरौ !” भन्ने मुल नाराका साथ तेलअविव स्थित लेभान्डा ३२ मा रहेको  हलमा भव्यताका साथ सम्पन्न भएको छ |

विश्व आदिवासी जनजाती दिवसको अवसर पारी पुर्व मन्त्री अशोक राई र पुर्व महामहिम राजदुत डा. गणेश योन्जन तामाङलाई कार्यक्रमका सभापति तथा बिशिष्ट अतिथी नेपाली राजदुतावासका कावा महामहिम राजदुत रामेश्वर पौडेलको हातबाट खादा र सम्मान पत्र प्रदान गरेका थियो भने  किराँत राई यायोख्खा ,इजरायल र नेपाल तामाङ घेदुङ, इजरायलको तर्फबाट  संस्थाका अध्यक्ष बाल कुमार राई र कल्पना मोक्तान तामाङले  फेटा ,घलेक/दोसल्ला र खादा  लगाई सम्मान पत्र सहित  सम्मानित गरिएको थियो |

महासंघकी अध्यक्ष निर्मला गुरुङको सभापतिमा संचालन भएको  कार्यक्रममा प्रमुख अतिथी नेपालबाट आमन्त्रित संघिय समाज फोरमका वरिष्ठ नेता तथा पुर्व माननीय मन्त्री अशोक राई, विशिष्ट अतिथीहरुमा नेपालबाटै आमन्त्रित जापानका लागी पुर्व महामहिम डा. गणेश योन्जन, नेपाली राजदुतावासका कावा महामहिम राजदुत रामेश्वर पौडेल रहनु भएको थियो |

अतिथिहरुमा महासंघका संस्थापक अध्यक्ष, संस्थापक महासचिव, एनआरएनएका अध्यक्ष, महासंघमा आवाद्ध सात वटा जातिय संस्थाका अध्यक्षहरु साथै बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको साथमा अनलाइन मिडियाकर्मीहरु रहेका थिए | महासंघकी तृतीय उपाध्यक्ष  लक्ष्मी योन्जन तामाङको  संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन सभापति,प्रमुख अतिथी साथै बिशिष्ट अतिथीहरुबाट गरेका थिए भने स्वागत  मन्तव्य  संस्थाका  कार्यकारी सदस्य  नरेश श्रेष्ठले  राख्नु भएको थियो |

कार्यक्रममा  प्रमुख अतिथी बिशिष्ट अतिथीहरु र कार्यक्रम संयोजकले बिश्व आदिवासी  दिवसको शुभकामना सहित आ-आफ्नो मन्तव्य राख्नु भएको थियो | महासंघमा आवाद्ध जातिय संस्थाबाट आ-आफ्नो जातिय पहिचान झल्कने साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थियो | महासंघको संस्थापक महासचिव सुन्दर सिंह लामा तामाङको शब्द रचना भएको जातिय पहिचान झल्कने तामाङ भाषाको गीति एल्बम “ज़्यावाडान्वा” को बिमोचन समेत गरिएको थियो |

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तेन्जिङ शेर्पा, संस्थापक सदस्य बालकुमार राई र पुर्व अध्यक्ष डोमा शेर्पालाई संस्थालाई पुर्याउनु भएको योगदानको उच्च मुल्यान्कन गर्दै सम्मान पत्र  द्वारा सम्मान गरिएको थियो |
अन्तमा कार्यक्रमका सभापति निर्मला गुरुङले २२ औ बिश्व आदिवासी दिवस सफल पार्न उपस्थित सम्पूर्ण  महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन भएको घोषण गरेकी थिईन् |

कार्यक्रम संस्थाका  महासचिव  र सचिव द्वारा  कुशलतापुर्वक उद्घोषण गरी संचालन गरिएको थियो |

Last Updated on Tuesday, 23 August 2016 14:15

Hits: 620

बहराईनमा २२ औँ विश्व आदिवासी दिवस सम्पन्न !

कृष्ण सारू मगर

बहराईन, अगष्ट  २८ -  “आदिवासी जनजातिको अभियान’ ‘पहिचान, संघीयता र पूर्णसमानुपातिक समावेशी प्रतिनिधीत्वको लागि नयाँ संविधान” भन्ने मूल नाराका साथ २६ अगष्ट सुक्रबारका दिन सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ बहराईनले विभिन्न पाँच जातिय संस्थाहरुको सहकार्यमा नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्यतामा महासंघका अध्यक्ष बुद्धिराज राईको सभापतित्वमा २२औँ आदिवासी दिवस सम्पन्न गरेको छ ।

नेपाली क्लवका मानार्थ समेत रहनु भएका समाजसेवी, गम बहादुर गुरुङ विशेष अतिथि रहेको थियो । अन्य विभिन्न पाँच वटा जातिय संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, तथा उधोग ब्यावसायी एवं विशिष्ट ब्याक्तित्व साथै, स्थानीय पत्रकारहरूलाई अमृता नाल्बो लिम्बूले स्वागत अभिनन्दन गराएकी थिईन ।

संघका उपाध्यक्ष ज्ञान बहादुर गुरुङको स्वागत तथा महासचिव प्रल्हाद लिङ्देनको सञ्चालन कार्यक्रम सम्पन्न भएको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले भन्नू भयो "नेपाल आदिवासीजनजाति महासंघ द्वारा संवन्धन प्राप्त  “Indigenous Peoples’Right to Education” भन्ने अन्तराष्ट्रिय नारालाई अनुशरण गरी स्थापित महासंघले विभिन्न समाजिक अवधारणा बोकी स्थापित संघ, संस्था, संगठन संग एकता, समन्वय, सहकार्य आपसी सद्भाव बाँड्दै आएकोमा उत्साहित भएको बताउँदै भने, वर्तमान परिपेक्षमा आदिवासी जनजातिका विभिन्न मुद्दाको भ्रम फैलाई रहेकोले जनचेतनामूलक, अन्तरक्रिया, कार्यक्रम आवश्यकताको महसुल भएको बताए ।

अन्तराष्ट्रिय मानवअधिकार ऐन कानुन संबन्धित दस्तावेज ILO -१६९ तथा संयुक्त राष्ट्र संघीय घोषणा पत्रका बारेमा प्रष्टायाउँदै २२ औं आदिवासी दिवसले सम्पुर्ण मानव जगतमा प्रति शान्ति समृद्धि सु-स्वास्थ्य तथा दिर्घायूको कामना गर्दै स्वागत तथा शुभकामना दिए ।

मन्तव्यकै क्रममा वक्ताहरूले आ-आफ्नो धारणा राख्दै नेपाली आदिवासीजनजातिको सवालमा कुनै पनि धर्म वा राजनैनिक आस्थावान रहेता पनि संघियता, पहिचान न्याय, अधिकार, भौगोलिक विविधताको मुद्दामा स्वाधीनताको लागि सबै एकजुट हुनु पर्ने धारणा राख्दै, महासंघको भावी कार्ययोजना प्रति सदैव साथ, सह्योग, समर्थन रहने प्रतिबद्धता गरेका छन् ।

शुभकामना मन्तव्यको क्रममा विशेष अतिथि गुरुङले भन्नू भयो विगतमा भए गरेका घट्नाको समिक्षा गर्दै, कम्जोर पक्षलाई केलाउदै अघि बढे मात्र लक्ष्यमा पुगिने बताउनु भयो ।

शासन, शक्ति र राज्यसत्तालाई मुट्ठीमा राख्ने एकात्मक व्यवस्था विरुद्ध हाम्रो यो मुक्तिको अन्तिम लडाई लड्नु पर्ने धारणा राख्दै सभाध्यक्ष राईले भन्नू भयो आदिवासीजनजातिको मामिला हेर्ने कार्यदलको पहिलो बैठक ९ अगष्ट १९९४ देखि औपचारिकता पाएको जानकारी गराउँदै विविध विषयमा बताउनु भएका उहाँले २२औँ विश्व आदिवासी दिवस कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन उपस्थित सम्पुर्णमा आफ्नो ब्याक्तिगत तर्फबाट एवं महासंघको तर्फ विशेष धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दै सम्पन्न गरेको छ ।

Last Updated on Sunday, 28 August 2016 04:45

Hits: 1131

२२ औ विश्व आदिवासी दिवसलाई सफल बनाउनु हुने अतिथीहरूलार्इ धन्यवाद !

माया घलेमगर

इजरायल, भदौं ३ - २२ औ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्नको निमित्त महासंघको निमन्त्रणालाई  स्वीकार गरि आफ्नो अमुल्य समयलाई थाती राखी नेपालबाट आमन्त्रित हुनुभएका प्रमुख अतिथि संघिय समाजबादी फोरमका बरिस्ठ नेता  अशोक राइ र विशिष्ट अतिथि जापानका लागी भुतपुर्व महामहिम राजदुत तथा पहिचानवादी बक्ता डा.गणेश योञ्जन तामांग लाई  महासंघको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक आभार सहित धन्यबाद ज्ञापन गर्दछु । यहाहरुले आदिवासी जनजातिहरुको पहिचान ,हक अधिकार प्राप्तिको लागि जुन उदेश्यहरु लिएर र हिडिरहनु भएको छ सोहि उदेश्य प्राप्तिको लागि हाम्रो साथ र सहयोग सधै रहिरहनेछ । वहाँहरुको आवतजावत हवाई टिकटको व्यवस्था किराँत राई यायोक्खा नेपाल इजरायल र नेपाल तामाङ घेदुङ इजरायलको तर्फबाट व्यवस्था गर्नु भएको हुदा दुवै संस्थाहरुलाई  पनि महासंघको तर्फबाट हार्दिक हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।

नेपालबाट आमन्त्रित दुवै अतिथि ज्युहरुको लागि आवश्यक कागजातहरुको व्यवस्था गरिदिनु भएकोमा र नेपालबाट पाल्नु भएका अतिथिहरुलाई  यातायातको निमित्त गाडीको गाडीको व्यवस्था गरिदिनु भएकोमा साथै हाम्रो निमन्त्रणालाई  स्वीकार गरि यहाँसम्म उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनु भएकोमा नेपाली राजदुतावास इजरायलका कावा महामहिम राजदुत रामेश्वर पौड्याल र  राजदुतावास परिवारलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।

कार्यक्रमलाई प्रचार प्रसार गर्न ,ब्यवस्थापन गर्न ,सरल ,सहज र सौहार्दपूर्ण वातवरण सिर्जना गर्नको लागि हरघडी खटिरहनु भएका ,कार्यक्रम संयोजक  ,सांस्कृतिक  कार्यक्रमका संयोजक  ,आर्थिक संयोजक , महिला तथा पुरुष स्वयं सेवक, सम्पूर्ण सहयोगी स्वयंसेवकहरुलाई पनि हार्दिक हार्दिक धन्यबाद व्यक्त गर्दछु् ।

 जातीय संघ संस्थाहरुबाट आ-आफ्नो समुदायको भाषा, भेषभुषा, संस्कृति, कला र पहिचान झल्काउने नृत्यहरु प्रदर्शन गरेर कार्यक्रमलाई मनोरंजनात्मंक र सन्देशमुलक बनाइदिनु भएकोमा सम्पूर्ण कलाकार मित्रहरुलाई पनि हार्दिक धन्यबाद व्यक्त गर्दछु । ने.आ.ज महासंघको हरेक क्रियाकलापहरुलाई मिडिया मार्फत सूचना मार्फत ,समाचार मार्फत प्रचार प्रसार गर्नको लागि अहोरात्र खटिरहनु अनलाइन मिडियाहरुका सम्पादकहरु तथा मिडियाकर्मीहरुलाई पनि हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

२२ औ विश्व आदिवासी दिवसलाई सफल पार्नको निमित्त आ-आफ्नो ठाउँबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्दै आउनु भएका संस्थापकहरु, संरक्षक ,प्रमुख सल्लाहकार ,सल्लाहकारहरु ,महासंघका भू.पु तथा वर्तमान पदाधिकारीहरु र महासंघ आवद्द जातीय संघ संस्थाका अध्यक्षहरु सम्पूर्णलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु रोजगारीको शिलशिलामा यहाको नीतिनियम र बिदाको समय अनुकुल मिलाएर आजको यस कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्ण इजरायलबासी दाजुभाई तथा दिदीबहिनीहरुलाइ नेपाल आदिबासी जनजाती महासंघ इजरायलको तर्फबाट हार्दिक धन्यबाद सहित आभार ब्यक्त गर्दछौ ।

अन्त्यमा २२ औ विश्व आदिवासी दिवस कार्यक्रमलाई अनुशासित भएर सुचारुरुपमा संचालन गरिदिनु भएकोमा कार्यक्रम संचालिका बबिना राई र कार्यक्रम संचालक नयन इम्सोंग लिम्बु ज्युहलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु । कार्यक्रममा कुनै भुल गल्ति हुन गएमा महासंघ क्षमा माग्दै यहाँहरुको साथ सल्लाह र सुझाबको सधै अपेक्षा गर्दछ र न्यानो अभिबादन ।

निर्मला गुरुङ (अध्यक्ष) नेपाल आदिवासी जनजाती महासंघ इजरायल

Last Updated on Friday, 19 August 2016 16:04

Hits: 669

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६