A+ A A-

नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी इजरायल प्रस्थान हुने !

माया घले मगर
 

इजरायल, सेप्टेम्वर ६ - इजरायल अवस्थित नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलको आयोजनामा प्रवासी भुमि इजरायलमा प्रथम पटक बिशुद्ध राजनैतिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ |

यहि सेप्टेम्बर २३ शुक्रबार साँझ तेलअविव स्थित लेवेन्सकी स्ट्रिट–९९ नयाँ बिल्डिंग आठौं तल्ला कार्यक्रम हलमा हुने यस कार्यक्रममा देशको राजनीति संग सुपरिचित व्यक्तित्व, नयाँ शक्ति नेपालकी वरिष्ठ नेतृ, विदेश बिभाग संयोजक तथा पुर्ब मन्त्रि हिसिला यमीको उपस्थिति हुनेछ |

तसर्थ अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले सो कार्यक्रममा इजरायल अवस्थित बिभिन्न पार्टीका प्रवास संगठन प्रतिनिधिहरु, सामाजिक, जातीय तथा धार्मिक संघसंस्थाका प्रतिनिधिहरु, मिडीयाकर्मिहरु र सम्पूर्ण इजरायलवासी नेपालीहरुमा उपस्थितिको लागि अनुरोध गरेको छ |

उपस्थित भई आफुमा भएको देश प्रतिको चिन्तन/गुनासा, कौतुहलता नेतृ यमी संग राख्न सकिने भएकोले अहिलेको समयमा हामीमा हुनै पर्ने राजनैतिक सचेतनाका लागि कार्यक्रम फलदायी हुनेछ |

तसर्थ यस कार्यक्रममा उपस्थित हुनु भई राजनैतिक लाभ लिनबाट नचुक्न सम्पूर्ण राष्ट्रवादी इजरायलवासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ |

मनोरंजन/रमाइलो कार्यक्रम प्राय:भई रहने तर यस्ता कार्यक्रम बिरलै र महत्वपूर्ण हुने भएकोले आजै सो दिन लेबिनेसकी-९९ नयाँ बिल्डिंग आठौं तल्ला कार्यक्रम हलमा कार्यक्रममा हुने अन्तरक्रियाका लागि समय(छुट्टि) मिलाउन प्रवासी भुमि इजरायलमा रोजगारी ब्यावसाय,अध्ययन तथा विभिन्न कार्यको शिलसिलामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नयाँ शक्ति नेपाल इजरायल प्रवास संगठन अन्तर्राष्ट्रिय नपाली समाज इजरायलले आग्रह गरेको छ | भनिएको छ राष्ट्रको  चिन्तन हुने यस कार्यक्रमलाई सफल बनाइदिन अ.ने.स.इ. सम्पूर्ण  नेपालीमा अनुरोध गर्दछ |

 

 

 

Last Updated on Tuesday, 06 September 2016 15:01

Hits: 509

बहराईनमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारले साँगीतिक मनोरञ्जन गराउने !

कृष्ण सारू मगर

बहराईन, सेप्टेम्बर ६ - मुस्लिम धर्मालम्बी हरुको महान पर्वको अवसरमा आयोजित हुन गैरहेको बृहत् साँस्कृतिक कार्यक्रम यहि आउँदो सेप्टेम्बर २०१६मा (Eid Al Adha) को पहिलो दिन नेपाल मगर संघ शाखा बहराइनले मनामा स्थित गोल्ड सिटीको ठीक अगाडि रहेको डेल्मन ईन्टरनेसनल होटेलमा रहने उक्त सांगीतिक कार्यक्रमलाई सफलताका साथ सम्पन्न बनाउन नेपाल देखी विभिन्न विधाका चर्चित कलाकारहरुको आगमनमा हुने भएको छ ।

यो साँस्कृतिक कार्यक्रम मगर संघको तेस्रो प्रस्तुति हो ।
कार्यक्रमलाई सफल बनाउन बहराईन स्थित विभिन्न संघ, संस्था, संघ संगठन, उधोग, व्यावसायी, स्थानिय संचारकर्मी तथा पत्रकार एवं समस्त गीत संगीत पारखी कलाप्रेमी नेपाली दाजु भाई तथा दिदी बहिनीमा गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरको छ ।

कलाकारहरु: पप तथा आधुनिक गायक सुगम पोखरेल, लोक दोहोरी तथा पप गायिका एवं बेली नृत्यङगना प्रिती आले मगर, नृत्यकार याम गुरुङ, राष्ट्रिय लोक दोहोरी गायिका निता पुन मगरको साथमा स्थानिय कलकारहरूको वेजोड प्रस्तुति रहने भएकोले समस्त बहराईनवासी नेपालीहरूमा गरिमामय उपस्थितिका लागि नेपाल आदिवासीजनजाति महासंघ बहराईनका कोषाध्यक्ष समेत रहेका संघका कोषाध्यक्ष रेशम पुर्जा मगरले राज्यसत्ता डटकमका गल्फ ब्यूरो कृष्ण सारू मगरलाई जानकारी दिनु भएको छ ।

Last Updated on Wednesday, 07 September 2016 14:08

Hits: 1304

‘हरितालिका तीज सांगीतिक उत्सव २०७३’ कार्यक्रम भव्य रुपमा सम्पन्न

माया घले मगर

 इजरायल,भदौं १८ -गैर–आवासीय नेपाली संघ, इजरायल (एनआरएनए,इजरायल) ले ‘हरितालिका तीज सांगीतिक उत्सव २०७३’ दुइ कार्यक्रम को प्रतिष्पर्धाका बीच पनि भव्य रुपमा सम्पन्न भएको छ ।अभिवको नजिकै रहेको तेलअभिव युनिभर्सिटी एक्युरिएमको सानदार हलमा बेलुकी ठिक ८ बजेदेखि शुरु भएको थियो ।

 कार्यक्रमको पहिलो चरणमा ८०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनी हरुलाई आयोजक एवं सह(आयोजक संस्थाहरुले दर खुवाउने कार्यक्रम रहेको थियो। दर खुवाई कार्यक्रम सकिय लगत्तै नेपाल बाट आएका कलाकारहरुको साथमा सांगीतिक एवं मनोरन्जनात्मक कार्यक्रम शुरु भएको थियो । जहाँ चर्चित लोकगायिका मुना थापा मगर, ख्यातिप्राप्त लोक गायक अमृत खाती, भर्सटाइल गायिका जुना प्रसाई र लोकप्रिय नेपाली टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनबाट प्रत्येक साता प्रसारण हुदै आइरहेको समसामयिक विषयवस्तुहरुमा आधारित हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता तथा व्यंग्य कलाकार सन्दिप क्षेत्रीको वेजोड मनोरञ्जनात्मक प्रस्तुतिका साथमा स्थानीय कलाकारहरुको आफ्नो कलाबाट उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए ।

आयोजक एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक ओलीको सभापतित्व एवम् नेपाली राजदुतावास इजरायलका कार्यवाहक महामहिम राजदुत रामेश्वर पौडेल को प्रमुख आतिथ्यतामा औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरिएको थियो ।कार्यक्रममा उपस्थित लाइ स्वागत गर्दै एनआरएन इजरायलका उपाध्यक्ष बिशाल ज्ञावालीले स्वागत मन्त्यब्य राख्नु भएको थियो कार्यक्रममा उल्लेखीय सख्यामा उपस्थित दर्शकहरु नेपालदेखि आएका कलाकार संग रमाई रहदा लाइटनेपाल डटकमसँग कुरा गर्दै कार्यक्रम आयोजक एन आर एन ए इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले कार्यक्रम एकदमै भव्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । ‘इजरायलमा रहेका नेपाली दिदि–वहिनीहरुले यस बर्षको हरितालिका तीज गएका बर्षहरुमा भन्दा पनि थप भव्य रुपमा चर्चित कलाकारहरुको उपस्थितिमा विशेष रुपमा मनाए’, ओलीले भने ।

कार्यक्रम गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए एनसिसी० इजरायलको आयोजना, तथा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा भएको थियो । कार्यक्रमलाई एन आर एन इजरायलका महासचिब तेन्जिन शेर्पा, चितवन समाजका महासचिब नयन सापकोटा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलका प्रेम शर्माले सयुक्त रुपमा यस कार्यक्रमलाई संचालन गरेका । इजरायलमा आयोजना हुने प्रायजसो कार्यक्रमहरु महिनाको दोस्रो साता ९१० तारिख भन्दा पछि० आयोजना गरिने भएपनि यस पटकको तीज पर्वको तिथि त्यसअघि नै परेकाले सेप्टेम्बर २ तारिक शुक्रवारको लागि तय गरिएको थियो आयोजकले कार्यक्रमबाट रोजगारीका लागि परदेशिएका नेपालीहरु, जो बर्ष दिनमा आउने चाडबाड मनाउन देश फर्कन असम्भव हुन्छ, उनीहरुकै लागि कर्मभूमिमै आफ्ना लोकप्रिय कलाकारहरुलाई आमन्त्रण गरी उनीहरुसँग रम्दै चाडबाँड मनाउने अवसरका रुपमा गरिएको बताए । ‘यो कार्यक्रम यस्तै अवसरको निरन्तरता हो,’ आयोजकले बताए । कार्यक्रममा इजरायली मेनपावर एजेन्सी याद–बेयादको प्रायोजन रहेको थियो भने उक्त कार्यक्रममा इजरायलका विभिन्न संघ–संस्थाहरु नेपाल मगर संघ इजरायल, रुपन्देही समाज इजरायल, अन्तराष्ट्रिय कलाकार मञ्च शाखा इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, बिश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, किरात राई यायोक्खा नेपाल इजरायल, नारीका लागि नारी अक्षयकोष, श्री सत्य साइ केन्द्र इजरायल, झापाली सामाज इजरायल, सोसाईटी अफ हेल्पिंग हर्ट्स इन इजरायल, श्री कृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल, चितवन समाज इजरायल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल सह–आयोजकका रुपमा रहेका थिए ।

कार्यक्रम रोजगारीको शिलशिलामा इजरायलमा रही विभिन्न जघन्य रोगहरुको शिकार भई अस्वस्थ वन्न पुगेका नेपालीहरुको सहयोगको लागि आयोजना गरिएको पनि आयोजक एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक ओलीले जानकारी दिए । अध्यक्ष ओलीले इजरायलको तनावपूर्ण कामको क्रममा अधिंकाश नेपालीहरु विभिन्न किसिमका रोगहरुबाट पिडित भई रोजगारविहिन अवस्थामा अस्पताल र अपार्टमेन्टहरुमा बस्नुपर्दा आर्थिक अभावका कारण झेल्नु परेको पिडालाई एनआरएनले नजिकबाट महसुस गरिरहेको र उनीहरुको उपचारमा सहजता ल्याउन एनआरएनए इजरायलले पहल गरिरहेको बताउँदै आगामी दिनमा कुनै पनि नेपालीलाई त्यस किसिमको पीडा झेल्नु नपरोस् भन्ने उद्देश्ययले एनआरएनएको कोषलाई मजवुत वनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

‘एकता नै बल हो’ भन्ने प्रमाणित भएको यस कार्यक्रम पछी आगामी दिनहरुमा पनि इजरायलमा भएका सम्पूर्ण संघ(संस्था यसरी नै एक भएर कार्यक्रम गर्न एन आर एन एनसिसि इजरायल हमेशा तयार रहेको पनि अध्यक्ष ओलीले बताएका छन् । एनआरएनए इजरायलले संस्थाको कोषबाट गत मार्चदेखि रोजगारीकालागि इजरायलमा रहेकी क्यान्सर रोगबाट पीडित हिरा तामाङलाई मासिक ५०० शेकेल उपलव्ध गराउदै आइरहेको छ । आयोजकले कार्यक्रम सफल भएको भन्दैं यस्तो कार्यक्रमलाई आगामी समयमा पनि निरन्तरता दिने बताएको छ । कार्यक्रममा लाइट नेपाल डटकम मिडिया पार्टनरको रुपमा रहेको थियो । कार्यक्रमको सुरु देखि अन्त्य सम्म प्राबिधिक तर्फ बिपिन तामाङ्ग र प्रनेस पाख्रिनले साथ दिएका थिए ।

Last Updated on Saturday, 03 September 2016 15:14

Hits: 32278

इजरायलले नेपाली कामदारको कोटा बढाउने

माया मगर
इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो ।
इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा प्रकाश शरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ ।
इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए । सन् २००९ देखि नेपाली केअर गिभर इजरायल जान पाएका छैनन् ।
बीचमा एक सय नेपालीलाई भारतबाट श्रम स्वीकृति गराएर लगिएको थियो । तीन महिना अघिदेखि नेपालबाट पुन: इजरायल कामदार जान आरम्भ भएको हो । हाल इजरायलमा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमा ५९ नेपाली केअर गिभरका रूपमा कार्यरत छन् ।
पछिल्लो समय सरकारी स्तरबाट जीटूजी मार्फत नेपालीहरू इजरायल जान थालेका हुन् । अहिले ५९ नेपालीहरू त्यसरी पुगेको पनि जनाइएको छ । नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा इजरायलीहरू सहयोगी बन्दै आएको प्रसंग पनि राजदूतले प्रस्तुत गरेका थिए । आजको कान्तिपुर दैनिकबाट

Last Updated on Sunday, 04 September 2016 03:10

Hits: 502

एनआरएन इजरायल द्वारा आयोजित तीज कार्यक्रमको लागि चर्चित मुना थापा मगर सहित ४ कलाकारको सहभागि रहने !

माया घले मगर

इजरायल, सेप्टेम्बर २ - नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय, इजरायलको मुख्य आयोजनामा भोलि बेलुका ८ बजे देखि तेलअविव युनिभर्सिटीको आर्कुरियम हलमा  शुरु हुने हारितालिका तीज साँगितिक उत्सब-२०७३ कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकारहरु नेपालका ख्याती प्राप्त कलाकार मुना थापा मगर, अमृत खाती, जुना प्रसाई र सन्दिप छेत्री इजरायल आई पुगेका छन् इजरायल को अन्तराष्ट्रिय एर्पोर्ट बेन्गुरुयन तेलअभिबमा प्रस्थान गरिए ।

तीज हुने-२०७३ इजरायलमा भव्यताको साथ मनाउने भएको छ | दुई भिन्न भिन्न स्थानमा आयोजना गरिएको कार्यक्रमको लागि नेपालबाट ७ जना चर्चित कलाकारहरु इजरायल आउने भएका छन् । दुवै कार्यक्रमहरु एकै दिन २ सेप्टेम्बर २०१६ (शुक्रबार) साँझ आयोजन गरिएको छ |

गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय, इजरायल”को मुख्य आयोजना र इजरायलमा रहेका संघसंस्थाहरु विश्व साहित्य महासंघ इजरायल, हेल्पिङ हर्टस् इन इजरायल, हिन्दु जागरण अभिनय नेपाल इजरायल, नेपाल मगर संघ इजरायल, नारीको लागि नारी १ करोड, चितवन समाज इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार मन्च इजरायल, रुपन्देही समाज इजरायल, श्रीकृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल, अन्तराष्ट्रिय कलाकार समाज इजरायल, श्री सत्य साई केन्द्र इजरायल, किराँत राई यायोख्खा नेपाल इजरायल, झापाली समाज जरायल र प्रवासी नेपाली नागरिक समाज इजरायल सहआयोजक रहेको एनआरएनए इजरायलले जनाएका छ ।

कार्यक्रम तेलअविव युनिभर्सिटी हलमा हुने भएको छ । लेवेन्सकी पार्क देखि कार्यक्रम स्थल सम्म नि:शुल्क यातायातको सुविधा रहेको आयोजक द्वारा जानकारी दिएको छ । दुवै कार्यक्रमको प्रवेश शुल्क १०० सेकेल रहेको छ ।

Last Updated on Friday, 02 September 2016 08:40

Hits: 662

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६