A+ A A-

कोरियाबाट राष्ट्रिय आविस्कार केन्द्र र एकिकृत सिर्जनशील समाज नेपाललाई सहयोग !

मगर संचार

काठमाडौ, असोज १६ - डा. महाविर पुन मगरले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्र र जुनु पुन मगरले सञ्चालन गरेको एकिकृत सिर्जनशील समाज नेपाललाई जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियाले रु.१,००,०००/–रु( एक लाख) आर्थिक सहयोग प्रदान गरेको छ ।

राष्ट्रिय आविस्कार केन्द्र, पुन मगरले नेपालीहरुबाट नै आर्थिक संकलन गरि स्थापना गर्न खोजेको नेपालको ज्यादै महत्वपुर्ण र महत्वकांक्षी योजना हो भने एकिकृत सिर्जनशील समाज नेपाल द्धन्द पिडित बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको संस्था हो ।



जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियामा शुभद्रा पालुङ्गवा लिम्बुको संयोजकत्वमा संकलन गरिएको उक्त रकम हिजो असोज १५ गते यी दुई संस्थालाई हस्तान्तरण गरिएको हो । सन् २००९ मा कोरिया पुग्नु भएकी पालुङ्गवा लिम्बु जेजु मल्टी कल्चर फेमिली सेन्टर, जेजु मानव संसाधन बिकास बोर्डमा नेपाली भाषा अनुवादक र काउन्सिलिङ्गको काम गर्दै जेजु इमिग्रेसनमा नेपालीको प्रतिनिधित्व गर्नुहुन्छ ।

नेपाल र नेपालीको हितमा काम गर्ने उद्देश्य राखि स्थापित जेजु नेपाल कम्युनिटीका संस्थापक तथा सञ्चालिका शुभद्राको भाई सुरेन्द्र पालुङ्गवा मार्फत यी दुई संस्थालाई रु.५०,०००/–(रु.पचास हजार) को दरमा मगर्स क्रियशनरमगर मिडियाको समन्वयमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कोरियामा स्थापित उक्त संस्थाले हाल सम्म धेरै ठाउँमा सहयोग गरेको छ । गत साल भुकम्प पिडित स्कुल सिन्धुपाल्चोकमा पनि सहयोग गरेको थियो भने संस्थाले कोरियाको जेजुमा बस्ने नेपालीहरुको हितमा पनि विभिन्न काम गर्दै आएको छ ।

Last Updated on Monday, 03 October 2016 15:54

Hits: 948

रास्ट्रिय जनमुक्ति पार्टी इजरायलमा खोल्ने तयारी !

माया घले मगर


इजरायल, सेप्टेम्बर ३० - राष्द्रिय जनमुक्ति पार्टी इजरायलमा खोल्ने तयारी बहुजाती लोकतन्त्र समाजबाद्को मुलनारा सहित राष्द्रिय जनमुक्ति पार्टी अगाडि लम्किरहेको साथै आफ्नो यात्रामा चाडै इजरायलमा जनमुक्ति मन्च इजरायलको तयारी भैरहेको जानकारी गराउदै।

हिजो के भयो होइन अब के गर्छ जनमुक्ति र जनमुक्तिमा आवद्द योद्दाहरुले भन्ने कुरामा हामी संबेदनसिल हुँदै देश र जनताहरुको आस्थालाई नै सर्बोच्च ठानी भोलिको जनमुक्ति नै मुक्तिको मार्गदर्शक बनाउने बन्नेछ भन्ने पुर्ण बिश्वस्तताका साथ बिश्वभर छरिएर रहेका पहिचानबादी मुक्ती प्रेमी नेपाली जनताहरु एक हौ भन्दै रास्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय सदस्य शरिन ख्युङ्वा तामाङ ज्यु बाट अभिव्यक्त दिनु भए |

Last Updated on Friday, 30 September 2016 13:45

Hits: 795

ईजरायलमा शेर्पा संघको अधिवेशन हुदै !

माया घले मगर




     
ईजरायल, सेप्टेम्बर १६ - ईजरायल प्रवास भुमीमा रहेर पनि नितान्त ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक कार्यमा अग्रसर भएर शेर्पा जातीको पहिचान कला, भाषा , भेषभुसा र संस्कृति को संरक्षण र संम्वर्द्दन गर्ने मुख्य उद्देश्यका इजरायलमा स्थापना भएको शेर्पा समुदायको जातिय संस्था शेर्पा संघ इजरायलको तेस्रो अधिवेशन यहि १७ सेप्टेम्बार २०१६ (शनिवार) का दिन “सम्पूर्ण शेर्पाहरुको एउटै चाहाना, शेर्पा स्वायत्त प्रदेशको स्थापना”मूल नारा सहित तेलअविवमा हुने भएको छ |
इजरायलवासी सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदि बहिनीहरुमा संस्थाको हितको लागि आ-आफ्नो स्थानबाट अग्रसरता जनाउनको लागि हार्दिक आव्हान गरेको छ |
संस्थामा रहेर काम गर्ने इच्छा भएका तर कहाँ र कसरी भन्ने कुराबाट अनभिज्ञ हुनुहुन्छ भने केही कुरा सिक्ने र सिकाउने अवसर प्राप्त गर्न पुरानो अनुहारहरुको साथमा रहेर नयाँ अनुहारहरु सँगको समिश्रणमा एउटा सवल सक्षम कार्यसमितिको निर्माण लागि सबैलाई आव्हान गरेको छ |
 
बिस्तृत जानकारीको लागि सम्पर्क
दावाछिरिङ शेर्पा 053-2433123
आङछिरिङ शेर्पा 054-9397130
छिरिङ डोल्मा शेर्पा 053-2575642
आङमाया शेर्पा 054-3445348
डोमा शेर्पा 0549794308

Last Updated on Friday, 16 September 2016 16:12

Hits: 535

मृगौला पिडित रत्न ब्रज थोकर(लामा) लाई इजरायलबाट आर्थिक सहयोग !

 

माया घले मगर






इजरायल, असोज ६ - विश्व शान्ति दिवसको अवसर पारेर मृगौला पिडित बर्ष २७ को जिल्ला, सर्लाही ढुङ्रेखोला निवासी हाल भक्तपुर अस्पतालमा उपचार गराइरहेका रत्नब्रज थोकर (लामा) लाई इजरायलमा कार्यरत तामाङ संघ इजरायलका महासचिब,तथा जनमुक्ति पार्टीको केन्द्रिय सदस्य साथै समाज सेवी मनकी धनी शरिन ख्युङ्वा तामाङ ज्यु को पहलमा उठाइएको १,१०००० (एक लाख,दश हजार ) नेपाली रुपैया, संकलन गरी नेपाल तामाङ घेदुङको केन्द्रिय अध्यक्ष श्री मोहन गोले तामाङ ज्यु लाई समाज सेवी जुनु पुन र जस्मिन घोटाङे गुरुङबाट सहयोग रकमलाई हस्तान्तरण गरि केन्द्रीय तामांग घेदुङको अध्यक्ष् मार्फत मृगौला पिडितको बुवा लाई सोही रकम हस्तान्तरण गरिए ''सेवा नै धर्म हुन्'' तन र मन का धनी सहयोगी मनहरुलाई ।

शान्ति मिलोस फलोस कमलको फुल झैँ फुलोस यहि छ शान्ति दिवसको उपलक्ष्यमा राज्यसत्ता डट कम को तर्फबाट हार्दिक शुभ-कामना  ।

 

Last Updated on Thursday, 22 September 2016 16:25

Hits: 1611

कोरिया र इजरायल जाने कामदारलाई निस्शुल्क पठाउन आइएलओ’को प्रस्ताब

माया घले मगर

 काठमाण्डु, भदौ २४ -दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)  ले गरेको छ ।स्विजरल्यान्डको जेनेभामा गत भदौ २० देखि २२ गतेसम्म बसेको कामदारको स्वच्छ भर्ती प्रक्रियाको सिद्धान्त र सञ्चालन निर्देशिकासम्बन्धी विशेषज्ञहरुको त्रिपक्षीय बैठकमा आइएलओले सरकार र निजी क्षेत्र दुवैले रोजगारीका लागि कामदार विदेश जाँदा निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेको हो ।

बैठकमा ६ महादेशबाट दुई देशका दरले १२ देशका प्रतिनिधि, विभिन्न देशमा क्रियाशील कामदार सङ्गठन र रोजगारदाता कम्पनीहरुको सहभागिता रहेको थियो ।आइएलओको दक्षिण एसियाका लागि प्राविधिक सल्लाहकार इगोर बोस्कले सरकारले पठाउने कामदारको हकमा पनि कामदार लिने मुलुकले निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरिनुपर्ने प्रस्ताव आफूहरुले गरेको जानकारी दिए ।सेवा शुल्कको नाममा समेत कामदारबाट कुनै रकम लिन नपाउने प्रस्ताव मस्यौदामा उल्लेख गरिएको उनले बताए ।सो प्रस्तावअनुसार हाल नेपालका मेनपावरहरुले सेवा शुल्कका नाममा कामदारबाट उठाउँदै आएको १० हजारसमेत उठाउन पाउने छैनन् ।

सेवा शुल्कको रकम १० हजारबाट बढाएर कामदारको पहिलो एक महिनाको तलब बराबर बनाउने तयारी भइरहेको चर्चा चलिरहँदा आइएलओको हालको सेवा शुल्कसमेत लिन नपाउने प्रस्ताव गरेको हो ।प्रस्तावित मस्यौदामा आइएलओका सदस्य राष्ट्रबीच सहमति भए आगामी वर्षको जुनमा जेनेभामा हुने आइएलओको अन्तर्राष्ट्रिय सम्मेलनमा अभिसन्धिको रुपमा आउन सक्नेछ । नेपालबाट अहिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया र नमुना कार्यक्रमअन्तर्गत इजरायलमा जाने नेपाली कामदारले हवाई टिकट र प्रवेशाज्ञाको रकम तिर्नु परिरहेको छ ।

यो प्रावधान पारित भएमा रोजगारीका लागि कोरिया र इजरायल जाने नेपाली कामदारले कुनै रकम तिर्नुपर्ने छैन । उनीहरुको रकम रोजगारदाता ती मुलुक वा सम्बन्धित कम्पनीले तिर्नुपर्नेछ ।नेपालमा गत वर्ष असार २१ गतेदेखि लागू हुनेगरी निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरिए पनि विश्वका धेरै मुलुकमा अझै सो प्रणाली लागू भएको छैन । नयाँ प्रस्तावले कामदार पठाउने र कामदार लिने सबै किसिमका आइएलओका सदस्य राष्ट्रहरुले कामदारको प्रवेशाज्ञा, टिकटलगायतको रकम रोजगारदातले नै तिर्नुपर्ने व्यवस्थाका लागि नैतिक दबाब सिर्जना गर्नेछ ।

यसअघि आइएलओको १८१ अभिसन्धिअनुसार कुनै पनि श्रमिकसँग रोजगारीका लागि निजी क्षेत्रले कुनै रकम लिन नपाइने उल्लेख भए पनि सरकारीको विषयमा कुनै उल्लेख थिएन ।उपयुक्त कानुन र नीति बनाई कामदारको भर्ना प्रक्रियाका लागि लाग्ने सबै रकम रोजगारदाताले व्यहोर्नु पर्ने, कामदारको सम्मान, मानवअधिकारको रक्षा र कामदारको अन्तर्राष्ट्रिय मापदण्ड तथा आधारभूत स्वतन्त्रता हुनुपर्ने प्रस्तावित सिद्धान्तमा उल्लेख छ ।सामूहिक सौदाबाजीको हक, जबर्जस्ती श्रमको अन्त्य, कामदारको तस्करी नियन्त्रण, घुमफिरको स्वतन्त्रताजस्ता विषयसमेत सिद्धान्तमा उल्लेख छ ।

Last Updated on Saturday, 10 September 2016 14:25

Hits: 663

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६