A+ A A-

मगर संघ इजरायलले महिला पुरुष दुबै टिम खेलमा प्रथम स्थान हासिल गरर्यो

माया घले मगर 

एनआरएन इजरायलले आयोजना गरेको महिला पुरुष भलिबल खेलमा नेपाल मगर संघ इजरायलले महिला पुरुष दुबै टिम मा प्रथम स्थान हासिल गर्न सफल भएका छन । शुक्रबार साझ ४ बजे देखि सुरु भएको सो प्रतियोगितामापुरुष तर्फ भलिबलमा मगर संघ इजरायलले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने द्वितीय र तृतीय स्थान क्रमशः इजरायलमा रहेका सर्वसाधारण नेपालीहरुविचबाट छानिएर वनाइएको टिम मिलिजुलीले द्वितिय स्थान हात पार्न सफल भएको थियो ।

त्यसै गरि महिला तर्फ भलिबलमा पनि नेपाल मगर संघ इजरायलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । कायापलट एफसी, झापाली समाज इजरायल, केवाईसी, एनआरएनए एनसिसी इजरायल, मगर समाज इजरायल, शेर्पा संघ इजरायल गरी ५ वटा टोलीको सहभागिता रहेको फुटवल खेलमा उपविजेती झापाली समाज इजरायलमा स्ट्राइकर सुन्दर नेपालले सार्वाधिक ५ गोल गरेका थिए त्यस्तै झापाली समाजका मिलन शिवाकोटी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए भने कायापलट एफसीका आशिष दाहाल वेस्ट प्लेयर चयन भए ।

फुटबल खेलमा पहिलो स्थान गर्ने कायापलट एफसीलाई २००० सेकेल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता झापाली समाज इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।यसैगरी भलिवल पुरुषतर्फ प्रथम स्थान हांसिल गर्ने मगर संघ इजरायलले १५०० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला भलिबलतर्फ पनि प्रथम स्थान हासिल गर्ने मगर संघ इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।मगर संघ इजरायलका खेलाडी बिजय पुनमगरलाई म्यान अफ द म्याच घोषणा गरि सम्मान गरिएको गरिए । साथै, बिजयीहरुलाई नेपाली राजदुतावास इजरायलका कार्यबाहक महामहिम राजदुत रामेश्वर पौडेल र एनआरएन इजरायलका अध्यक्ष दिपक वली द्दारा नगद, मेडल, ट्रफी र प्रमाण पत्र बितरण गरेका थिए ।

एनआरएन इजरायलका कोषाध्यक्ष एबं मगर संघ इजरायलका संरक्षक श्री तारा काउछा मगरले जानकारी गराएका थिए । अन्तमा एनआरएन इजरायलका अध्यक्ष दिपक ओलीले आगामी नयाँ बर्षमा एनआरएनए आइसिसीका अध्यक्ष शेष घले, बरिष्ठ उपाध्यक्ष कुमार पन्त र उपाध्यक्ष ववन भट्टलाई ल्याइ कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

Last Updated on Tuesday, 18 October 2016 16:16

Hits: 8967

रास्ट्रिय जनमुक्ति मंच इजरायल गठन

माया घले मगर ,इजरायल

१४ अक्टुबर ,२०१६ शुक्रबार का दिन माया घले मगरको अध्यक्षतामा राष्ट्रिय जनमुक्ती मन्च ,इजरायल गठन गरिएको छ ।


मगर संघ इजारायलका अध्यक्ष तथा जनमुक्ती मन्चका सन्योजक ,सल्लाहकार वसन्त रास्कोती मगर ,रास्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य शरिन ख्युङ्वा तामाङको बिषेस उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम्मा ५० जना भन्दा बढीले जनमुक्ती मन्च इजरायलको सदस्यता ग्रहण गरेका छन ।
नव निर्वाचित पदाधिकारीहरुको नामावोली यस प्रकार रहेको छ ।

१ अध्यक्ष - माया घले मगर
२ प्रथम उपाध्यक्ष - सर्मिला लामा
३ द्वितीय उपाध्यक्ष -बिना बुढाथोकी
४ महासचिव - चन्द्र पुलामी मगर
५ सचिब - जमुना थापा
६ कोष अध्यक्ष - किस्टिना गुरुङ

सदस्यहरुमा -
७ सीता पुर्जा
८ गोमा मगर
९ किम पुन
१० सुमित्रा राना मगर
११ लक्ष्मी थापा
१२ देब कुमारी मगर
१३ पुजा पुन मगर
१४ रोजि पुन मगर
१५ रस्मिता काउछ
१६ गिता छन्तेल
१७ सीता घिसिङ तामाङ

सल्लाहकार -
१ बसन्त रासकोटी मगर
२ सरिता गुरुङ 
३ केसब राना मगर 
४ दिपक राना मगत
५ मन राना मगर 
६ दिल पुन मगर
७ नारायण पुन मगर 
८ लता पुन मगर
९ राम थापा मगर र
१० नन्द राना मगर सल्लाहकारमा चयन हुनु भएको छ ।


Last Updated on Monday, 17 October 2016 17:52

Hits: 968

इजरायलमा बौद्धधर्मलम्विहरुले सयुक्त रुपमा मणि जप (पूजा) गर्ने तयारीमा

 माया घले मगर/इजरायल      

नेपाल तामाङ घेदुङ इजरायल ,र शेर्पा संघ इजरायल र ह्योल्मो समाज इजरायलको  सयुक्त आयोजनमा यहि आउँदो  १५  अक्टोबर २०१६ (शनिबार)का दिन मणि जप पूजा कार्यक्रम  आयोजन  गर्ने  भएको छ ।

तेलअविव  स्थित सलामी स्ट्रीट – १२८ नम्बर (च्याट सेन्टर) नजिकै रहेको भवनमा बिहान ८:१५ बजे देखि  धर्मगुरु लामा थुप्तेन तामाङबाट बौद्धधार्मिक विधिअनुसार पूजाको सुभारम्भ हुने नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष कल्पना मोक्तान तामाङले जानकारी दिनु भएको छ ।

भक्तालुजनहरु द्वारा  सामुहिक रुपमा बढी भन्दा बढी (दश हजार ,दश लाख …) जति सकिन्छ  मणि जप  गर्न  सकेमा पुण्य  प्राप्त  हुने धर्म गुरु थुप्तेन लामा तामाङले बताउनु भएको छ ।  दशैँ  तिहार  लगायत अन्य पर्वहरु वा जुनसुकै प्रकारले  पशुपन्क्षि/जीवहरुको काटमार , हत्या  र  हिंशामा मारिएका  सबैको चिरआत्मा शान्तिको लागि  मणि जप गर्दा  पुन्य प्राप्त हुने भन्नेमा बौद्धधर्मलम्विहरु पूर्ण रुपमा विश्वास राख्दछन् ।

तामाङ अनलाइन  इजरायलबाट

Last Updated on Sunday, 09 October 2016 15:51

Hits: 606

अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैं टीका

सानु धिमीरे

१५ अक्टोबर, जिलोङ अस्ट्रेलिया: अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा तेश्रो पटक जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ दसैं कार्यक्रम मनाएको छ ।

कार्यक्रममा सांसद कोजेन्सले आफूले पनि दसैंको टीका ग्रहण गरिन भने बिभिन्न ब्यक्तिहरुलाई टीका लगाइदिइन पनि । कार्यक्रममा उपस्थित बिभिन्न देशका सहभागीहरुले पनि दसैंको टीका ग्रहण गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कोजेन्सले आफू संधै नेपाली समुदायसंग नजिक रहेर काम गर्न इच्छुक रहेको बताउँदै दसैंको शुभ-कामना दिइन ।  शुभ-कामना मन्तब्य ब्यक्त गर्नेहरुमा एनआरएन भिक्टोरियाका संयोजक एबं एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशब कंडेल, साउथ अस्ट्रेलियन कम्युनिटी लिंक ग्रुपका महासचिब डा सोनिया सिंह, अजी एक्सन अब्रोडका प्रबन्ध निर्देशक ग्राहेम केण्ट, बेटर कम्युनिटी कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, मिस श्रीलंकाका आयोजक समितिका सदस्य एबं मिस्टर एबं मिस नेपाल अस्ट्रेलिया २०१६ का एक जज साभ पेरेरा, फ्रेण्डस अफ टिम ज्याकका स्टेभ रिचार्ड, बारवोन हेड्स कम्युनिटीका बर्नाड नेप्थाइन र सन्तोष पराजुली थिए ।

कार्यक्रममा ग्रेटर जिलोङ काउन्सिलका सामुदायिक बिकास अधिकृत भिमा मुनियापाह, प्रबासी नेपाली मन्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने, जनसंपर्क समिती भिक्टोरिया भिक्टोरियाका अध्यक्ष गौतम लामिछाने, मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाह, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपमध्वज किरण आदिको उपस्थिति थियो ।

कार्यक्रममा रेखा श्रेष्ठ, बिना भण्डारी कुँवर, मोहन चैसिंह चैसिर, मोक्षदा सापकोटा, रुबी न्यौपाने, परिभाषा श्रेष्ठ र श्रेस्टी श्रेष्ठले नाँच प्रस्तुत गर्नु भएको थियो भने सम्भब भट्टराईले गीत गाउनु भएको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागीहरु, स्वयं सेवक, तीज कार्यक्रम मूल आयोजक समितिका सदस्यहरु, तीज कार्यक्रमका स्पोन्सर ग्रेस इण्टरनेशनल र गत भूकम्प पीडितको लागि सहयोग गर्नेहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

बाँकी फोटा हेर्न लिङक थिच्नुहोस ।

Rajyasatta added 9 new photos to the album: अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैं टीका.

 

Last Updated on Monday, 17 October 2016 16:20

Hits: 618

ओमनमा अन्तर संस्था फुटबल प्रतियोगिताको जनप्रगतिशील मंच !

कृष्ण सारू मगर

ओमन, अक्टोबर ३ - गत शुक्रबारका दिन नेपाल मगर संघ ओमन द्वारा आयोजित "प्रथम अन्तर नेपाली खुल्ला फुटबल" प्रतियोगिताको सहभागीता जनाउँदै ओमनमा स्थापित विभिन्न क्रियाशिल संघ, संस्था, संगठनका खेलकुद विभाग समुहले ७ टिम दर्ता भएको संघका केन्द्रीय संयोजक  सुक बहादुर थापा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

उक्त फुटबल प्रतियोगिताको संघका अध्यक्ष सुर्य बहादुर थापा मगरले उद्घाटन गरिएको थियो ।

फाईनलमा पुगेका सगरमाथा समुहका टिमलाई लगाउँदै जनप्रगतिशील मंचका खेलाडीको उत्कृष्ट  प्रदर्शन गर्दै मैदानमा उत्रिएका अन्ततः पहिलो गोल नै निर्णायक गोल हुन पुग्यो भने, प्रतिस्पर्धामा उत्रिएका सगरमाथा समुहका खेलाडीले पनि निकै उत्साहजनक प्रतिस्प्रधात्मक मैदानमा उत्रिएता पनि गोल रहित उप-बिजेतामै चित्त बुझायो ।

प्रथम हुने टिमलाई ५० ओमनी रियल पुरस्कार सिल्ड कप तथा प्रमाणपत्र र द्धितिय टिमलाई ४० ओमनी रियल पुरस्कार सिल्ड कप सहित प्रमाणपत्र संघले प्रदान गरेको हो ।

सभापतित्व संघका अध्यक्ष थापा मगरले गरेका थिए । उपाध्यक्ष गोम बहादुर सारू मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Last Updated on Monday, 03 October 2016 15:02

Hits: 1000

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६