A+ A A-

जनमुक्ति मञ्च मलेसीयाको अध्यक्षमा पदम राना मगर !

राम अस्लामी

क्वालालम्पुर- मलेसिया, नोभेम्बर ६- राष्ट्रिय जनमुक्ति पार्टीको प्रबास समिती क्वालालम्पुर- मलेसियामा भएको दोष्रो अधिवेसनले अध्यक्षमा पदम राना मगरलार्इ चयन गरेको छ ।  
 
प्रबासमा हाम्रो चाहना, पुर्ण संघियता र जातिय एबं क्षेत्रीय समानुपातिक प्रतिनिधित्व प्रतिको प्रतिबद्धता ! भ्रस्टाचार मुक्त मार्तुभुमी निर्माण गर्न जनमुक्ती संग आबद्दता !! भन्ने मुल नाराका साथ रास्ट्रीय जनमुक्ति पार्टी बिदेश शाखा मलेसियाले दोश्रो अधिबेशन सम्पन्न गरेको हो ।

साथै सदियौँ देखिको जातिय , क्षेत्रिय र लैङ्गिक बिभेद , दमन, शोषण र उत्पीडन जस्ता बिभेदहरु साथै भ्रष्टाचारलाई अन्त्य गरी सामाजिक न्यायसहितको समतामूलक नेपाल निर्माणका लागि यस समितीले पार्टीलाई एउटा मेरुडण्डको रुपमा सहयोग गर्ने छ । 
  मोहन रानाको संयोजकत्वमा बनेको समितिले पदम रानालार्इ अध्यक्षमा निर्बाचित गर्दै  १५ सदस्यीयको समिति चयन भएको राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय समितीका उपाध्यक्ष तथा प्रबास बिभाग प्रमुख कमला थापाले राज्यसत्तालार्इ जानकारी गराउनु भयो ।

मञ्चको बरिस्ठ उपाध्यक्षमा चक्र तामाङ ,उपाध्यक्षमा डि बी लाफा मगर , महासचिबमा गणेश बिरकट्टा मगर , कोषाध्यक्षमा बिना थापा मगर , सचिबमा सागर राना मगर,प्रचार बिभाग प्रमुखमा रुपेन आले र महिला प्रमुखमा रेष्मी राना मगर र निर्बाचित हुनुभएको छ ।

अन्य सदस्यहरुमा अमृत बि क, सन्त थापा, पुर्ण बहादुर खवास, पबित्रा थापा, धन बहादुर चौधरी रहेका छन ।

 

 

 

Last Updated on Sunday, 06 November 2016 17:48

Hits: 1166

इजरायलमा नेपाली महिलाहरुले बुढाबुढीको सेवा गरेर नाम र दाम दुवै कमाइरहेका छन् !

 माया घले मगर


इजरायल, नोभेम्बर ६ - वैदेशिक रोजगारीका हिसाबले एउटा सुरक्षित गन्तव्य मानिने इजरायलमा नेपाली महिलाहरुले बुढाबुढीको सेवा गरेर नाम र दाम दुवै कमाइरहेका छन्।

(फोटो: एक इजरायली ९५ बर्षिय महिलाको स्याहारमा खटिएकी ओखलढुंगा कि जिनिता गुरुङ) भन्छिन कमाइ पनि महिनाको डेढ/दुइ लाख हुने कानुन पनि ओर्कर राइटस भएको र महिलाहरुको लागि सुरक्षित गन्तब्य देश हो इजरायल हाल पाच देखि छ हजार नेपाली कामदार रहेको अनुमान गरिन्छ २०६१/६२ बाट नेपाली कामदार आउनु शुरु भएको हो इजरायलमा |

नेपालीहरुले नेपालमा भूकम्प
पिडित ,बाढी पिडित ,आगलागी,मृगौला पिडित ,मुटु पिडित जस्ता सामाजिक सेवाहरु पनि गर्दै आइरहेको छ | नेपाल र इजरायलको दयत्य सम्बन्ध ५६ बर्ष भन्दा पुरानो रहेको छ |

 

Last Updated on Sunday, 06 November 2016 17:21

Hits: 1445

बहराईनमा जनजाति महासंघले प्रथम महादिवेशन गर्दै !

कृष्ण सारू मगर

बहराईन, नोभेम्बर ३ -  नेपाल आदिवासीजनजाती महासंघ बहराईनले यही ४ नोभेम्बर तारिक सुक्रबारका दिन बहराईनको राजधानी मानमा स्थित अवाल होटलको सभा हलमा प्रथम अधिवेशनको गर्ने संघका सुचना तथा संचार प्रमुख अमर जंग गुरूङले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।

बहराईनमा स्थापित विभिन्न संघ, संस्था संगठन संग समाजिक कार्यमा समन्वय सहकार्य एकतामा हातेमालो गर्दै नेपाली आदिबासी जनजातिहरूको संस्कार, संस्कृति जगेर्नाका लागि कटिबद्ध भै अस्तित्व न्याय, हक, अधिकार, पहिचान लगाएतका मुद्दाको आत्मासाथ गरि बहराईनमा स्थापित विभिन्न जातिय संस्थाहरु  मगर संघ, तमु समाज, किराँत याक्थुङ चुम्लुङ, तामाङ् सेवा समाज र किराँत राई यायोक्खा सहित महासंघमा ५ विशुद्ध जातिय संस्था आवद्ध रहेका छन ।

उक्त प्रथम महादिवेशनलाई भब्य र सभ्यताका साथ सफल बनाउन बहराईनमा स्थापित विभिन्न संघ सस्था संगठनमा आवद्ध, समाजसेवी, विशिष्ट ब्याक्तित्व तथा विभिन्न पेशा-ब्याबसायी, तथा स्थानिय पत्रकार एवंम आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा महासंघ आयोजक सचिवालयले प्रथम महादिवेशनको शोभा बढाई दिनुहुन सबै पक्षमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

महासंघमा आवद्ध विभिन्न पाँचै जातिय संस्थाको मातहतमा रहेको कला तथा  साँस्कृतिक विभागले आ-आफ्नै मौलिक जातीय पहिचान झल्किने साँस्कृतिक झाँकी सहित स्थानिय कलाकारको बेजोडको प्रस्तुतिले भरपुर मनोरञ्जन गराउने राज्यसत्ता डटकमका संवाददाता कृष्ण सारू मगरलाई उदृद्ध गर्दै जानकारी दिएको छ ।

Last Updated on Thursday, 03 November 2016 15:25

Hits: 718

इजरायलमा देउसे भैलो घरदैलो कार्यक्रम सम्पन्न ।

 

माया घले मगर

इजरायल, नोभेम्बर ५ - लुम्बिनी कपिल बस्तु दिवश (प्रबर्दन) अभियान इजरायलले भैलो देउसीको अवसर पारी घर दैलो कार्यक्रम गरियो |

भैली खेल्ने कार्यक्रमको सुरु सुरज प्रताप मादेनको अपार्टमेन्ट बाट सुरु गरिएको थियो भने अन्त्य सिमा तामांगको घर बाट गरिएको थियो |

उक्त कार्यक्रम लुम्बिनी कपिल बस्तु अभियान मिना बान्तवा राईको संयोजकतामा भएको छ | भैलो खेल्न जाने बीच लिबिनिसकी पार्कमा भेटघाट भेला भै आ-आफ्नो बिषय बस्तुमा भाग लिई पूर्णता तरिकाले टोलि हिडेका थिए उक्त भैलो देउसी टोलिमा सहक्रिय मिना बान्तवा राई, भीमा नेम्हांग मुना सिवाकोटी, कविता सुरुवर, सावित्रा  सुनुवार राई, लमु सेर्पा, अस्मिता बनिया, हुनु हुन्थ्यो लगायत...साथमा अरु मित्रहरु..पनि.. सहभागिता मा रहेको थियो |

लुम्बिनी कपिलबस्तु दिवश अभियान नेपालको आफ्नो रास्ट्रियता अन्तरास्ट्रिय जगत सम्मको हेर्दा नपत्याउँदो प्राय त्यत्ति थाहा नभएको हुन् सक्ने, नसुनेको हुन् सक्ने, बुझ्ने लाई मात्र चासो भएको कारण झन्डै ३० ओटा राष्ट्रमा स्थापना भै सक्दै धेरै गहन कामहरु गरी सकेको र न्यून न्युतम स्तरमा रही उच्च जो देशले पनि सोच्नु नसकेको काम गरिरहेको छ, यो यौटा संघ सस्था र पार्टी नभई बुद्द जन्म स्थानको बुद्द महामानवको मानव अधिकारलाई फिर्ता ल्याउनुको लागि बुद्दको जन्म घर जन्म भूमिको स्थानको संरक्षणको लागि बुद्ध भूमी चिनाउनुको लागि बिस्वोमा २००९ सालमा खडा भई अगाडी बढेको अभियान मात्र रहेको हो |

त्यसै गरी कोहि आउनु नसक्ने, समय दिनु नसक्ने, छुट्टि नभएको सदस्य र पधाधिकारीहरुले उक्त देउसीमा सम्मिलित हुन् नपाउनुको कारण आफ्नै कारण आर्थिकले कमजोरी घस्री रहेको अवस्था र इजरायलमा बेग्लई खालको कार्यक्रम गर्दै आएको अभियानलाई दयामायाले आफ्नो सो इच्छाले देउसी भैलो कार्यक्रमको आफ्नो देउसी भैली भाग लुम्बिनी अभियानलाई सहयोग रकमहरु दिने निधो गर्नु भएको छ |

अभियानले आफ्ना कमिटीमा बसेका पधाधिकारी पद सम्भालेर बस्नु भएकाहरुलाई देउसी खेल्न आउनु अनिवार्य गराएको थिएन विदेसी भूमिमा आफ्नो काम भन्दा ठुलो अरुकुरा नभएको कारण जसले चाहिं भियाउनु हुन्छ, समय दिनु सक्नु हुन्छ, जसको छुट्टि छ उहाँहरु मात्र भैलो खेल्न आउने भनि आफ्ना अभियानका पधाधिकारीहरुलाई बाहिरी सूचना दिएको थियो |

त्यसै अनुसार भियाउने र समय दिनु सक्ने मेम्बरहरु मात्र आउनु भएको हुदा समुह सानै भय पनि कार्यक्रम पूर्ण बिधि पुर्वक र रमाईलो भएको थियो |
देउसे भैले नेपाली सस्कृति कल्चरको सम्मानको लागि तत्पर नेपाली सस्कृति झल्किने पोशाकमा सज्जित थिए उहाँहरु जो सबेरै तेलाभी आएर सजिनुमा केहि समय लागेको थियो |

अपार्टमेन्टमा बस्ने अपार्टमेन्टका नेपालीहरु समेत खुसियाली माने आफुलै गर्वंसली माने आफ्नो गाउँघरको झाझाल्को सम्झनु र उक्त भैलो देउसे नेपाली कलाले गाउँघर पखेरा बिर्साई देको थियो घर घरका दाजुभाई दीदीबहिनीहरुले साथ साथै नाचेर खुसि हुदै अत्ति रमाइलो मानेका थिए |

अर्को रोमान्टिकमा ढिलो दक्षिना आएमा घरमुलीलाई गीतैले घुर्क्याउने काम समेत भएको थियो | उत्तिखेर साचिकै सबैलाई नेपालकै गौन्घर्मा भएको महासुह हुन्थ्यो | अन्तिममा दक्षिन दिदा देउसे भैलेलाई कदर गर्दै नांगलोमा सेलरोटी थालमा चामल करुवा कलसमा पानी र फुल राखेर दियो बत्ति बलि त्यसको ओरिपरि भेटि फूल आदिले सजि सजाऊं बीच प्रागणमा देउसे भैलेको अगाडी राखीदिनु भएको हुन्थ्यो  |

अन्तिममा आशिष दियारै मात्र त्यो घर छाडेर जाने चलन रह्यो | आशिषमा बिधिबिधान अनुसार मजेत्रो अथवा ढाकाको मजेत्रोमा देउसे भएहरु बाट घर मुलीलाई आशिष थप्नु लगाई टीको लगाई पानी वा अरु कुनै चिज सानो चोखो ग्लास मा पिउनु दिएका थिए |

यक प्रकारले नेपालमा पनि सबै ठाउँमा त्यस्तो चलन नहुन सक्छ र आशिष दिने मुलीमा कविता सुनुवार सावित्रा राई हुनुहुन्थ्यो भने उक्त भैलो देउसी कार्यक्रममा सावित्रा सुनुवारको नाच्ने भाग नाच्ने कलाले सबैलाई चकित बनाको थियो उहाँको नाच सबैले मनपराई बारबार नाच्नु भनि अफ्फ़र भएको थियो उहाँहरुले पुर्बेली पक्षिमेलि दुवै खाले गितहरुमा मैदान तताउनु भएको थियो |

 

Last Updated on Saturday, 05 November 2016 14:34

Hits: 2919

इजरायलमा न्हु दँया भिंतुना तथा म्ह: पुजा मनाउने तयारी !

माया घले मगर

इजरायल
, कात्तिक १४ - इजरायलमा बसोवास गर्ने नेवार समुदायहरुको साझा संस्था नेवा: खल इजरायल द्वारा “नेवारी भाषा, लिपि, धर्म र संस्कृतिको संरक्षण तथा सम्वर्धन गरौ” भन्ने मुला नाराको साथमा नेपाल सम्बत् “न्हु दँया भिंतुना ११३७ तथा म्ह: पुजा” भव्यताको साथ मनाउने भएको  छ |

कार्यक्रम आगामी ४ नोभेम्वर २०१६ (शुक्रवार) का दिन तेलअविव शहर स्थित केन्द्रिय बसपार्क (तखाना मर्काजित) को तेश्रो तल्लामा रहेको एभेरेस्ट डिस्को क्लबमा बेलुका ६ बजे देखि शुरु हुने संस्थाले जानकारी दिएको  छ |

साभर : तामांग अनलाइनबाट

Last Updated on Thursday, 03 November 2016 15:25

Hits: 711

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६