A+ A A-

इजरायलमा ह्योल्मो सोनाम ल्होसर भव्य रुपमा मनाउने तयारी !

 माया घले मगर
 
इजरायल, डिसेम्बर ३ - बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत ह्योल्मो समुदायको साझा संस्था ह्योल्मो समाज इजरायलले ह्योल्मोहरुको साँस्कृतिक पर्व २१४४ औ च्या ल्हो (चरा बर्ष) ह्योल्मो सोनाम ल्होसर आउँदो २७ जनवरी २०१७ (शुक्रबार) बेलुका तेलअविव शहर स्थित किबुज ग्लयोत स्ट्रिट -४६ मा रहेको स्टोपा (STOPA)पार्टी हलमा भव्यताको साथ मनाउने भएको छ |

स्थापना कालदेखि नै सक्रिय रुपमा ह्योल्मो जातिको भाषा,भेषभुषा ,धर्म,कला संस्कृति र संस्कारलाई जगेर्ना गर्दै इजरायलमा अवस्थित नेपाली समुदायको  संघसंस्थाहरु संग  हातेमालोका गर्नुका साथै विभिन्न सामाजिक कार्यहरुमा सहयोगी भूमिका निर्वाह गर्दै र सहकारी गर्दै अघि बढी रहेको ह्योल्मो समाज इजरायलले बिगतको बर्षहरु झैँ ह्योल्मो सोनाम ल्होसर मनाउन लागेको  जानकारी दिएको छ |

धार्मिक पूजापाठको साथ नेपालबाट कलाकार ल्याई विविध साँस्कृतिक मनोरन्जनात्मक प्रस्तुति रहने कार्यक्रममा इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितको लागि ह्योल्मो समाज इजरायल द्वारा हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ | साभार: तामांगअनलाइन बाट

 

Last Updated on Saturday, 03 December 2016 16:13

Hits: 525

इजरायलमा कार्यरत नेपाली चेली सिमा काउचा मगरको दुर्घटनामा परी गम्भिर घाइते भइन !

माया घले मगर

इजरायल, नोभेम्बर २० - बैदैशिक रोजगारीका लागि करिब  साढे २ बर्ष अघि इजरायल प्रबेश गरेकी सिमा काउचा मगर नाम गरेकी नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते भएकी छिन् ।

इजरायलको उत्तरी भेगमा रहेको नजरेथ क्षेत्रमा कार्यरत सिमा काउचा गत  १४  नोभेम्वर  सोमबार सपिङ जाने क्रममा चालक अनुमति पत्र नभएका एक १६ बर्षिय किशोरले चलाएको निजी कारको ठक्करबाट सख्त घाइते भएकी हुन् ।

पूर्वी नेपालको धरान  माइती घर भई भारतको कुर्सेङ स्थायी घर भएकी १ सन्तानकी आमा  काउचा मगरलाई गाडीले ठक्कर दिएपछि सडक छेउमा हिड्दै गइरहेका विद्यार्थीले प्रहरीलाई खवर गरेपछि इजरायली प्रहरीको सहयोगमा उनलाई अचेत अवस्थामा आफूल्लास्थित एमेग अस्पतालमा पुर्याइएको थियो ।

अस्पातल पु्र्याएको करिव २ दिन पश्चात मात्र होसमा आएकी घाइते काउचा मगरको  शरिरको दाहिने भागमा गम्भिर चोट उनको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै बताइएको छ । त्यस्तै उनको दाहिने हात र दाँत भाचिएको बताइएको छ । उनी अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा भएपनि उठेर हिडडुल गर्ने अवस्थामा नरहेको बताइएको छ ।

यसैविच घाइते सिमा काउचा मगरको दुर्घटना भएको करिव ५ दिनपछि घाइते काउचा मगरको चिनजानका एक विपि शाहले घाइतेको अनुरोधमा   नेपाल मगर संघ इजरायललाई खवर गरेपश्चात संघका प्रतिनिधिहरु शनिवार आफूल्ला स्थित एमेग अस्पताल पुगी उपचाररत घाइते काउचालाई भेटघाट गरेका छन् । 

मगर संघ इजरायलकी प्रथम उपाध्यक्ष बिष्णु पुन मगर, संरक्षक तारा काउचा मगर र सदस्य मन राना मगर सहितको टोली शनिवार विहान अस्पताल पुगी उनको अवस्था बारे विस्तृत जानकारी लिएका थिए । टोलीले तत्कालकोलागि घाइतेलाई अस्पतालमा कुरुवाको समस्या परेको बताएका छन् । उनीहरुले आफूल्ला क्षेत्र तथा एमेग अस्पतालको नजिकै कार्यरत कोही नेपालीहरु भए थोरै समय पिडित सिमा काउचा मगरकोलागि दिए आफुहरु अनुग्रहित हुने बताएका छन् । त्यसकोलागि मगर संघ इजरायलको सम्पर्क 0546839265 मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हाल गाडि चालक किशोर इजरायली प्रहरीको निगरानीमा रहेको बताइएको छ भने  यस विषयमा कानूनी प्रक्रिया अगाडि बढेको बताइएको छ । कानूनी परामर्शको क्रममा वकिलले चालक अनुमति पत्र नभएको र गाडी व्याक गरेर ठक्कर दिएको केश भएकाले केश ठूलो हुन सक्ने बताउदै उनलाई कुनै पनि कागजातमा तत्कालको लागि हस्ताक्षर नगर्न सुझाएको वकिललाई उदृत गर्दै नेपाल मगर संघ इजरायलकी प्रथम उपाध्यक्ष विष्णु पुन मगर साथै मन राना मगरले जानकारी गराई दिनु भयो

 

Last Updated on Sunday, 20 November 2016 15:20

Hits: 548

साइप्रसमा जनमुक्तिको अधिवेशन सम्पन्न, अध्यक्षमा तारा राई ।

राज्यसत्ता

सार्इप्रस, नोभेम्बर १५ - राष्ट्रिय जनमुक्ति पार्टी प्रबास समिति जनमुक्ति मन्च सार्इप्रसमा तारा चाम्लिङ राई निर्बिरोध अध्यक्षमा निर्बाचित हुनुभएको छ ।

"पहिचान सहितको संघियता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिस्चित भ्रष्ट्रचारको अन्त्य र समृद्धि नेपालको निर्माण प्रतिबद्धता" भन्ने मूल नाराका साथ सार्इप्रसको प्रर्यटकिय शहर लिमासोलको सन्डे पार्क रेस्टुरेन्टमा भब्यरुपमा सप्पन्न भएको छ । सार्इप्रसमा राहेका नेपाली दिदीबहिनी दाजुभाईहरूको अधिबेशनमा उल्लेखनिय उपस्थितिमा रहेको थियो ।






निर्बाचित समितिको नामावली यस प्रकार रहेको छ ।

अध्यक्ष - तारा चाम्लिङ राई
उपाध्यक्ष - लिला कोइराला
महासचिव - सृजना राई
सचिब -  गुडिया गुरुङ थापा
सह-सचिव - मन्जु थापा
कोषाध्यक्ष - सम्झना गोतामे
सह-कोषाध्यक्षमा - चन्द्र थापा चयन हुनुभएको  ।

(समितिको सदस्यहरुमा क्रमश)

१) आसि खड्का
२) सम्झना सुनार
३) अनिता गुरुङ
४) तारा राइ
५) चुमन जोसि
६) लक्षिमी चपगाइ
७) चिनी माया  तामाङ
८) माया पाखृङ तामाङ
९) रत्न धिमाल
१०) आएन के.सी.
११) अमिती श्रेष्ठ
१२) लक्ष्मी लिम्बू
१३) मन्जु थापा मगर
१४) पुस्मिता राई
१५) शरु श्रेष्ठ
१६) सुनिता सारी
१७) लिला गुरुङ
१८) जया अरियाल
१९) उर्मिला खातिवडा
२०) सर्मिला गुरुङ
२१) निर्मला श्रेष्ठ
२२) अम्बिका लामिछाने
२३) डोल्मा शेर्पा
२४) मिहु राई
२५) डोल्मा छिरिङ शेर्पा
२६) रेनु गुरुङ
२७) जोया राई
२८) बिमला राई
२९) तारा लिम्बू
३०) टिना राई
३१) कुसुम थापा
३२) पार्बती राई
३३) मुना तामाङ
३४) सानू बम्जन चयन भएकान छन ।

उक्त निर्बाचित सदस्यहरुलाई नव निर्बाचित अध्यक्ष तारा चाम्लिङ राईले सार्इप्रसमा पाटीलाई ससक्त रुपमा अगाडि बढाउन अनुरोध गर्दै सम्पुर्णलाई बधाई तथा सुभकामना दिनु भएको थियो । साथै उक्त अधिबेशनले बरिस्ठ सल्लाहकारहरुमा कतारबाट राज खम्बु (खालिङ) राई र बेलायतबाट थर्क राना मगरलाई चयन गरेको छ  ।

Last Updated on Tuesday, 15 November 2016 13:41

Hits: 720

लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियान" ८ औं स्थापना दिवश मनाउने तयारी !

माया घले मगर


इजरायल, नोभेम्बर १६ - लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायलमा ८ औं स्थापना दिवश मनाउदै गरिरहेको हुदा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई हार्दिक निमंत्रणा  गर्दै बिश्व भरी फैलिएर रहेको नेपालीहरुको साझा यो झल्किने गरि बुद्ध जन्मेको नेपालमा हो  भारतमा होइन भन्ने बिश्वलाई संदेश पुर्याउन अनुरोध गर्दै "लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियानले' ८औ दिबस डिसेम्बर महिनाको १० तारिख  सनिबारको दिन  १२:३० बजे स्थान:  लिबिनिस्की स्टिट ९९ मा मनाउने भएको हुदा उक्त कार्यक्रममा सहभागी भै कार्यक्रमलाई सफल बनाई दिनु हुन् सम्पूर्ण नेपाली दाजुभाइ/दिदीबहिनीहरुलाई " लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन अभियान इजरायल परीवारले हार्दिक  अनुरोध को साथै साथै निमन्त्रणा गरिएको छ |

संयोजक
" लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन अभियान इजरायल परीवार "

 

Last Updated on Wednesday, 16 November 2016 14:50

Hits: 812

नेपाल तामाङ घेदुङ,इजरायलको स्थापना दिवस मनाउदै !

माया घले मगर



नोभेम्बर १५ -
महासंघ इजरायलमा अधिकारिक रुपमा आबद्द सस्था नेपाल तामाङ घेदुङ,इजरायलको स्थापना दिवस नेपाल तामांग घेदुङ परिवारले काम र परिस्थितिलाई मध्यनजर गर्दै यहि आउदो १८ नोभेम्बेर २०१६ शुक्रबार साँझ दोस्रो बार्षिक उत्सव भव्यताका साथ मनाउने भएको छ आदिवासी जनजाती महासंघ इजरायलका जातीय संघ संस्थाहरुलाई यसै सूचना मार्फत निमन्त्रणा गरिएको छ |

Last Updated on Tuesday, 15 November 2016 13:17

Hits: 579

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६