A+ A A-

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्द्रीय भवन निर्माणार्थ सहयोगको निम्ती संस्थाले इजरायलको उत्तरी सिमाना खेर्मोन भ्रमणको आयोजना !

माया घले मगर


Image may contain: sky, mountain, nature and outdoor

ईजरायल, डिसेम्बर २१ - यही २०१७ जनवरी १४ तारीख सनिवार बिहाननमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्द्रीय भवन निर्माणार्थ सहयोगको निम्ती संस्थाले इजरायलको उत्तरी सिमाना खेर्मोन भ्रमणको आयोजना गरेको छ, चिशोको समय इजरायलको बिभिन्न कठिन काम एकदिन भए पनि रमाइलो गरौ आउनुस् सिरिया संग जोडिएको इजरायलको उत्तरी सिमाना खेर्मोन हिउ खेल्नको लागि जाउ !

उक्त स्थान जान इच्छुक मित्रहरुले सम्पर्क राख्नु होला सम्पर्क व्यक्तिहरु !

नाम/फोन नं.

रामसरण बानिया = ०५३-२८४६४२२
डक्म सिटौला = ०५४३९३०५०५
सिशिर खनाल = ०५८६६६१७७१,
आफ्नो सिट सुरक्षीत गर्नु हुन हार्दीक अनुरोध गर्दछौ/ धन्यवाद
प्रस्थान मिती:- १४ जनवरी सनिबार२०१७
फर्कने समय:- बिहान ३  बजे
तेलअभिब आईपुग्ने समय:-५बजे साँझ

Last Updated on Wednesday, 21 December 2016 13:00

Hits: 635

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली राजदुताबास इजरायल मार्फत मगर संघ इजरायलले ज्ञापन पत्र बुझायो |

माया घले मगर


Image may contain: 5 people, people sitting and indoor

ईजरायल, डिसेम्बर २१ - मगर संघ इजरायलका अध्यक्ष् बसन्त रसकोटी मगर,प्रमुख सल्लाहकार केशव राना मगर , निबर्त्तमान संरक्षण बिष्नु गर्बुजा मगर , निबर्त्तमान संस्कृति संयोजक प्रमुख खीमा पुन मगरको टोलीले नेपाली राजदुताबास इजरायल मार्फत सम्मानीय प्रधानमंत्री पुष्पकमल दहाल ज्यूँ लाई ज्ञापन पत्र बुझाइएको छ ?

ऐतिहासिक भुमि मगरातलाई तीन टुक्रा पारेर बिभाजन गरी ल्याएको ७ प्रदेश सहित जारी गरिएको संबिधान २०७२ लाई संसोधनका लागि नेपाल सरकारले २०७३ मंसीर १४ गते संसदमा दर्ता गरेको संसोधन प्रस्ताबका सवालमा मगर समुदायको साझा सामाजिक अधिकार माथि रास्ट्रिय संगठन नेपाल मगर संघ इजरायलले नेपाली राजदूताबास इजरायल मार्फत सम्मामीय प्रधानमन्त्री ज्यु लाई यसै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउदै निम्न मागहरु सम्बोधन गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ |
* राज्यको पुनसंरचना सन्दर्भमा प्रदेश न.५ मा रहेको केहि जिल्लाहरु प्रदेश न. ४ का जिल्लाहरु का भू-भागहरुलाई समेटी ऐतिहासिक पहिचानको आधारमा सम्पन्न एकिकृत मगररात स्वायत प्रदेश स्थापना गर्न जोडदार माग गर्दछौ |

* हालको ७ प्रदेश सिमांकन बरिबर्तन लागि न. ५ प्रदेशको पहाडी जिल्लाहरुलाई न. ४ प्रदेशमा समाहित गर्ने गरी १७ वटा जिल्लाहरुको न. ४ प्रदेशमा प्रस्ताब गराउने मगरहरुको संघन बस्तिको क्लस्टरलाई केहि हद सम्म सम्बोधन गर्ने भएको हुनाले संसदबाट उक्त संसोधन प्रस्ताब पारित गराउन हुन् को लागि जोडदार माग गर्दछौ |

* मगरात कलस्टर गर्दा कति पय राजनीतिक नेताहरुले बिरोध गरेकोमा गम्भीर आपत्ति जनाउदै मगरात भुमि फेरी पनि चिरा पार्ने गरी जनतालाई भ्रम पर्ने आन्दोलनको नाटक गरि राख्ने हो भने बाध्य भएर मगरात बासी र सारा मगर समुदाय सडकमा आउनुको साथै मगरात भूमि अथवा मगरात पहिचान बिरोधीहरुलाई कारबाही गर्न र सामुहिक रुपमा वहिष्कार गर्न बाध्य हुनेछौ त्यसबाट हुने जुनसुकै परिमाणको जिम्मेवार स्वयं राज्य र प्रमुख राजनीतिक पार्टीहरु हुनेछन भने यसै ज्ञापन पत्र मार्फत जानकारी गराउन चाहन्छौ जय मगरात |

Image may contain: 4 people, people sitting, suit and indoor

Last Updated on Wednesday, 21 December 2016 12:53

Hits: 1505

प्रबास साइप्रस जनमुक्ति मन्चको पहिलो बैठक सम्पन्न !

माया घले मगर



साइप्रस
, डिसेम्बर ६ - राष्ट्रिय जनमुक्ति पार्टी प्रबास साइप्रस जनमुक्ति मन्चको पहिलो बैठक सफलता पूर्वक सम्पन्न भएको छ ।








साइप्रसको पर्यटकिय स्थाल लिमासोलको सन्डेपर्कामा बसेको उक्त बैठकले विभिन्न विषयहरुमा महत्त्वपूर्ण छलफल भोएका छन र उक्त छलफलले अबो जनमुक्ति मञ्च साइप्रस लाई सस्क्तरुपले अगाडि लैजाने र साइप्रसमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एउटै छाता मुनि राखेर अगाडी बडने निर्णय गरेका छन ।

तारा चाम्लिङ राई
अध्यक्ष
सृजना राई
महासचिव

 

Last Updated on Tuesday, 06 December 2016 17:47

Hits: 839

लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियान इजरायलको ८ औँ बार्षिक उत्सव सम्पन्न !

माया घले मगर

इजरायल, डिसेम्बर ११ - लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियान इजरायल समितिले  ८ औँ बार्षिक उत्सव कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियानको आयोजकनामा गत २ माहिना सम्म उध्घोषण तालीम र एडभन्स ८ हप्ते तालिम गरिसकेको हुँदा दोस्रो तालिमको प्रमाण पत्र तयारी नभएका कारण पहिलो तालिमको प्रमाण पत्र प्रशिक्षार्थीहरु लाई बितरण गरिएको थियो।

सोही तालीमका प्रशिक्षार्थीहरु बाट कार्यक्रम सन्चालन गरेका थिए। बुद्धको स्थान सजावटको लागि कादंबरी श्रेष्ठ र रमन अधिकारी हुनुहुन्थ्यो बुद्धको मुर्तीमा फूल, धुप दिप प्रज्जलन प्रमुख अतिथि नेपाली राज दूताबासका कार्यवाहक सचिब र सोही अभीयांनकी अध्यक्ष मीना बान्तावा राई ज्यूको तर्फबाट भयो । त्यस्तै केक कार्यक्रमकी सभापति रार्इ ज्यू कै तर्फबाट काटने काम  भएको थियो।
 
लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियान इजरायलको तर्फबाट प्रशिक्षक पुष्प श्रेष्ठ ज्यूलाई मायाको चीनों उपहार हस्तान्तरण गरियो । उक्त कार्यक्रममा सहभागी इजरायलमा रहेका संघ संस्थाहरुका कार्यकर्ताहरु साथै अन्तराष्ट्रिय कलाकार मञ्चबाट उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सोही अभियानकी भीमा माया नेम्वाङ र मुना सिवाकोटीले गर्नु भएको थियो भने स्वागत भाषण तथा महत्वको बारेमा महासचिब गीतकार दाना कादम्बरी श्रेस्ठ ज्युले गर्नुभएको थियो।
 
उक्त कार्यक्रममा प्रमुख अतिथिले भन्नुभयो हामीले बुद्धलाई महत्व दिन नसक्नु हाम्रो कमजोर हो हामीले धर्म अभियान सहित बुद्ध जन्म भूमीलाई पनि सुधार गर्नको लागि महत्व दिनुपर्ने बेला आएको बताउनु भयो।

श्री सत्य साई केन्द्रकी नेहा गुरुङ र अभियानकी सलाहकारले  पनि हामीले नेपालमा जन्मेको बुद्धको महत्व बुझेका छैनौँ बुझ्नु आवस्यक छ र इजरायलमा यो अभियान छ हाम्रो नेपाली सबैको हो भन्नु भयो। त्यस्तै लुम्बिनी अभियानकी सदस्य रुपन्देही समाजकी अध्यक्ष तारा पोखरेलले बुद्ध र बुद्धत्व के हो भन्ने बारेमा बताउनुभयो।
 
कार्यक्रममा कबिता वाचन समेत भएको  थियो कबिता बाचनमा अभियानकी सदस्य समेत रहनुभएकी गीतकार नूतन भुसालले बुद्धत्वको बारेमा मिठो कबिता बाचन गर्नुभएको थियो । अर्का अभियानकी सदस्य कबिता सुनुवार, मूना सिवाकोटी, भीम माया नेमहंग साथै अभियानका सलाहकार नेपाली जनसम्पर्क समिति इज्रायलका  अध्य्क्ष  दीपेंद्र थापा ज्यू ले आफ्ना छोटो भनाइ सहित बुद्धको कबिता वाचन गर्नुभएको थियो।

अभियानकी सदस्य तथा प्रशिक्षार्थी लामू शेरपाले उद्घोषण शिक्षाको बारे छोटो अनुभव बोल्नु भई अभियानले गरेको सरहानीय कामको प्रसंसा गर्नुभएको थियो। कलाकार मंचबाट प्रतिनिधि संगीतकार रियाज शिवकोटि ज्यूले  उदय सोताङ्गको गीत नवराज खड्काको रचना रहेको फर्क बुध्द नामक गीत गाउनु भएको थियो। त्यस्तै रमन अधिकारी अभियानको सदस्य समेत रही राष्ट्रिय कलाकार मंचका अध्य्क्ष ज्यू अभियानमा कार्यक्रम सहयोगी, प्राविधिक पूर्ण सहयोग गर्नु भएको थियो।

लुम्बिनी कपिल बस्तु प्रबर्द्नन इजरायल परिवार ब्यक्त गर्दछकी जो ज्ञात अज्ञात तन मन धन ले इजरायल मा स्थापना काल देखि  आज सम्म सहयोग गर्दै आउनुहुने र गरी रहनु भएका यहां हरु को सहयोग सराहनीय छ र आगामी दिनमा पनि पाई रहनेछौ। यहाँ हरु लाई धेरै  धन्यबाद भन्दै हामी धेरै आभारी छौ भन्नुभयो । अन्त्यमा सभापतिबाट विसर्जन सबैलाई धन्यबाद दिनुहुँदै कार्यक्रम सकिएको घोषणा गर्नु भएको थियो।लुम्बिनी कपिल बस्तु प्रबर्द्नन इजरायलका अध्यक्ष् मिना बान्तवाले बताउनु भयो

Last Updated on Sunday, 11 December 2016 16:21

Hits: 618

लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियानले'८औ स्थापना मनाउने !

माया घले मगर




इजरायल, डिसेम्बर ५ - लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियानले'८औ स्थापना दिबश डिसेम्बर महिनाको- १० तारिख  शनिबारको दिन  ठिक दिउसो १२:३० बजे स्थान:  लिबिनिस्की स्टिट, ९९ तेल अभिबमा मनाउन लागि रहेको हुदा सोहि अबसरमा बिश्वको उच्च स्थानमा रहेको सगरमाथा र भगवान गौतम बुद्ध हाम्रो नेपालको मुख्य गहना हुन् |बुद्ध जन्मेको नेपालमा हो भारतमा होइन भन्ने बिश्वलाई संदेश पुर्याउनको लागि आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ/दिदीबहिनीहरु लाई यहि सोसियल मिडिया मार्फत आग्रह गर्दै कार्यक्रम सफलताकोलागि  हार्दिक मंगलमय शुभ-कामना  व्यक्त गर्दछौ |

_____________________
(रास्ट्रिय जनमुक्ति पार्टी इजरायल)

Last Updated on Monday, 05 December 2016 15:26

Hits: 549

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६