A+ A A-

तामांग घेदुङ इजरायल द्वारा सोनाम ल्होछार कार्यक्रम मनाउदै !

माया घले मगर



इजरायल - तामांग घेदुङ इजरायल द्वारा आयोजित ३ फेब्रवरी २०१७ सुक्रबार साझं ७ बजे ऐतिहासिक सोनाम ल्होछार कार्यक्रम मनाउदै !

विश्वका सम्पूर्ण बुद्ध मार्गी समुदायहरुको धार्मिक तथा सांस्कृतिक आफ्नो विशेष राष्ट्रिय पहिचान बोकेको मन्जुश्री सम्बत् २८५३ नामे (ज्या ल्हो) चरा वर्ग राष्ट्रिय महान पर्व सोनाम ल्होछारको पावान अवसरमा देश तथा विदेशमा रहनुभएका तामाङ ज्योज्यो, आले, नाना, आङहरु, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख,शान्ति, सम्बृद्धि, सु-स्वास्थ्य, दिर्घायुको साथै उत्तर-उत्तर उन्नति र प्रगतीको निमित्त नेपाल तामाङ घेदुङ,इजरायल परिवार हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ ।

हाम्रो गौरवमय संस्था नेपाल तामाङ घेदुङ, इजरायल द्वारा आयोजित ३ फेब्रवरी २०१७ सुक्रबार साझं ७ बजे ऐतिहासिक सोनाम ल्होछार कार्यक्रम नेपाली राजदूतवासका कावा महामहिम राजदूत श्री रामेश्वर पौडेल ज्युको प्रमुख अतिथ्यमा सु-सम्पन्न हुन गैरहेकोले इजरायलमा स्थापित सम्पूर्ण सामाजिक, धार्मिक, राजनीतिक संघ, संस्था र संगठनका सम्पूर्ण बुद्धिजीबी, समाजसेवी ज्युहरु अनलाईन मेडियाका संचार कर्मी कर्मी ज्युहरु, इजरायलमा कार्यरत सम्पूर्ण तामाङ ज्योज्यो, आले, नाना, आङहरु साथै सम्पूर्ण ल्होछार प्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।

थुजेछे (धन्यवाद) साभारः तामांग  घेदुङ इजरायलको अध्यक्ष कल्पना मोक्तान तामांगको फेसबुकबाट !

Last Updated on Tuesday, 14 February 2017 15:01

Hits: 1198

मगर संघ इजरायलको अध्यक्ष लामो समय बसाईपछि स्वदेश फिर्ता भए !

माया घते मगर


Image may contain: 35 people, people smiling, people standing
ईजरायल -
नेपाल  मगर संघ, प्रबास शाखा इजरायलको  सस्थापक अध्यक्ष तथा  जनमुक्ति पार्टी इजरायलको  संरक्षक तथा प्रमुख साल्हाकार बसन्त रास्कोटी मगर ज्यु १० बर्ष पहिला रोजगारीको शिलसिलामा इजरायल प्रस्थान गर्नु भए थियो, लामो समय बसाईपछी उहा "कर्मभुमि" इजरायलबाट ‘’जन्मभुमि’’ नेपाल स्थाई घर पाल्पा जिल्ला  फिर्ता हुनु भएको छ |



Image may contain: 3 people, people standing

उहाँले सस्थाको जिम्मेवारी पुर्ण अध्यक्ष जस्तो गरिमामय पदमा रहेर मगर समुदायको भाषा, सस्कृती, भेषभुषा, पहिचान र परम्पराको संरक्षण र सम्बर्द्धनका लागि मगरहरुको हक, हित, अधिकार र पहिचानको सुनिश्चितताको लागी सम्पुर्ण इजरायलबासी मगर दाजुभाइ/दिदीबहिनीहरलाई पुर्ब देखि पश्चिमसम्म महिला/पुरुष सबैलाई एकजुट गराउदै लैजाने क्रममा पूर्ण रुपमा निरन्तर लागी परिरहनु भयो, अझ पहिलो प्राथमिकता महिलाहरु लाई अगाडी बढ्नको निम्ति उहाले प्रोत्साहन निरन्तरताको साथले लागि पर्नु भयो । मगर संघ इजरायलको स्थापना उहाकै ठुलो भूमिका र सहयोगबाट २०१३ जुलाई १३ तारिखमा स्थापना भएको हो |


 Image may contain: 4 people, people standing

अब विदेशमा सिकेको शिप, ज्ञान र बिबेकलाई स्वदेशमै सदुपयोग गर्ने उद्यश्यले उहाकै पहिलो भूमिकामा १ करोढको लगानीमा कृषि फर्म संचालन गर्ने गरि संस्थाको स्थापना समेत गरिसक्नु भएको छ | जनमुक्ति पार्टी स्थापना इजरायलमा ३ महिना अगाडी उहाकै पूर्ण सहयोग र सल्लाहामा पार्टी गठन गरिएको हो | एक हप्ता अहिले मिति जनवरी २१ तारिखको दिन "विशेष कार्यक्रमको साथ सम्पूर्ण इजरायलबासी मगर समुदायहरु बाट उहालाई बिधाइ गरियो  ।






Image may contain: 2 people, people standing

मगर संघ इजरायलको प्रथम उपाध्यक्ष् सुश्री : बिष्णु पुन मगरलाई कार्यबाहक अध्यक्ष पद हस्तान्तरण गरिदिनु भइ उहा अब ‘’कर्मभुमी’’ बाट प्राप्त गरेको शिप र ज्ञान, अनि प्रेरणादायी उपलब्धिले उहाको अबको ‘’जन्मभुमि’’नेपालमा बसाई सधै सबल, सफल र उज्ज्वल रहोस उहाले समाज परिबर्तनको लागि पक्कै पनि अबको दिनमा अझ पूर्ण रुपमा योगदान दिनुनै हुनेछ भन्ने हामी बिस्वस्थ छौ |


उहाँको यात्रा सफल रहोस् |
उत्तरौ-उत्तर प्रगतिशीलको लागि हार्दिक शुभकामना |

Last Updated on Friday, 27 January 2017 14:44

Hits: 2045

रास्ट्रिय जन्मुक्ती मंच इजरायलमा पार्टी स्थापना दिबस सपन्न

माया घले मगर

गत शनिबार जनवरी १४ तारिख तेल अभिब मगर संघको अपार्टमेन्टमा चियापान कार्यक्रम गरि मंचको पदाधिकारीहरुको उपस्थितिमा प्रत्येक बर्ष माघ ६ गते पार्टीको स्थापना दिबश मनाउदै आइरहेको हुनाले हाम्रो चाहना पूर्ण संघीयता सहितको जातीय एबम क्षेत्रिय समानुपातिक प्रतिनिधित्वको प्रतिबद्ताको साथ भ्रष्टचार मुक्त देश नेपाल निर्माण गर्न रास्ट्रिय जनमुक्ति पार्टी मंच इजरायलमा स्थापना दिबस सपन्न गरियो । प्रत्येक बर्ष माघ ६ गते पार्टीको स्थापना दिबस मनाउदै जाने भोलि आफ्नो देशमा गएर समाजमा आ-आफ्नो ठाउबाट सबैले जिम्मेवारीको साथले रास्ट्रिय जनमुक्ति पार्टीलाई सक्दो सहयोग गर्ने बाचाको साथले इजरायलमा पार्टी गठन भएको भर्खरै जन्मियएको बच्चा जस्तै ३ महिना मात्र भएले पार्टीको अबधारणा र बिधानको पनि अध्यायन गर्नुपर्ने भएको हुदा पार्टी कार्यालयलाई चाहिने बिबिध समानको अत्यन्तै जरुरत पनि छ ।

त्यसलाई पनि पूर्ति गर्दै जाने कठिबद्धताको साथले सबै सहभागी जनप्रतिनिधि ज्युहरु बाट धारणा व्यक्त गर्दै पार्टीलाई बृहत र सबै समुदायमा पुग्ने खालको पार्टीले गर्ने निर्णय भए हुदा प्रत्येक बर्ष इजरायलमा पनि अझ ससक्त ढंगले राम्रो गर्दै जाने भन्दै सबै पदाधिकारी ज्युहरु बाट धारणा व्यक्त गरि सम्पन्न गरियो ।

Last Updated on Thursday, 19 January 2017 16:12

Hits: 556

इजरायलमा मगर संघले माघेसंक्रान्ति रास्ट्रिय पर्ब भब्यताका साथले मनाए !

माया घले मगर


Image may contain: 11 people, people standing

इजरायल - नेपाल मगर संघ इजरायलले आयोजना गरेको माघे सक्रान्ति बिशेष कार्यक्रम भव्यरुपले सम्पन्न भयो |तेल-अभिवको याद खरुचिम -१५ स्थिति EVE रेस्टुरेन्टमा शुक्रबार १३ जनवरी राती अबेरसम्म मनोरंजन को साथले कार्यक्रम सम्पन्न भएको थियो |

कार्यक्रम मगर समाज इजरायलका अध्यक्ष श्री बसन्त राजकोटी मगरको सभापतित्वमा कार्यक्रम भएको थियो |कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका प्रथम सचिव श्री हरिहर कान्त पौडेल, बिशेस अतिथि एनआर.एन.ए (एन.सी.सी)इजरायलका अध्यक्ष श्री दिपक ओली,तमु प्ये ल्हु संघ इजरायलका अध्यक्ष उमा गुरुङ साथै जनमुक्ति पार्टीको अध्यक्ष माया घले मगर सहित कार्यक्रममा उपस्थिति रहेको थियो |

Image may contain: one or more people and people standing

युवा साथै अँनलाइन मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो | प्रमुख अतिथि र बिशेस अतिथिबाट दिप प्रज्वलन गरि सुरुभएको सो कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बिष्णु कुमारी पुन मगरले सुभकामना मन्तब्य दिनु हुँदै इजरायलमा स्थापित् जातीय सस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित नभएकोमा दुख ब्यक्त गर्नुभएको थियो, भने प्रमुख अतिथि श्री नेपाली राजदुताबासका प्रथम सचिव श्री हरिहर कान्त पौडेल ज्युले विदेशमा भएको हुँदा सबै नेपाली मिलिजुली बस्नु पर्ने र माघे सक्रान्ति जस्ता मौलिक पर्बले आपसी सद्भाव, मित्रता कायम गर्न मद्दत मिल्नेमा आफु बिस्वस्त रहेको अवगत गराउदै माघे सक्रान्तिको सुभकामना दिनु भएको थियो|

सुभकामना मन्तब्य दिनु हुँदै, बिशेस अतिथि एनआर.एन.ए (एन.सी.सी)इजरायलका अध्यक्ष श्री दिपक ओलीले एनअर एन ए (एन.सी.सी)नेपालीहरुको बिशुद्द साझा सस्था भएकोले हामी सबै नेपाली एकता, सौहार्द र मेलमिलाप गरि बस्नु पर्ने, आदिबासी जनजाती महासंघ इजरायल भित्रको केहि व्यक्तिहरुले आज मगर समुदाय जस्तो प्राचिन पहिचान बोकेको समुदायको सस्थालाई एक्लो बनाएर आदिबासी जनजातिको उद्देश्य पुरा नहुने यसका लागि सबै जनजाती एक हुनु पर्ने र भबिस्यमा यस्तो नदोहोरिनेमा आफु बिस्वस्त रहेको बताए |

यस्तै गरि मन्तब्य र सुभकामना दिंदै संघको तर्फ़बाट निबर्तमान सल्लाहकार मन राना मगरले मगर भाषामा र संघका सचिव चन्द्र पुलामी मगरले माघे सक्रान्तिको बारेमा प्रस्ट्याएका थिए कार्यक्रममा मगर पोशाकमा सजिएका स्थानीय मगर कलाकारहरुको पहिचान झल्काउने खालको बेजोड नृत्य/ गायन प्रस्तुति छुट्टै मनोरंजन दिएको थियो, भने कार्यक्रममा सेलरोटी, तरुल, बारा(बटुक ), गोर्खे चट्नी संगै विभिन्न परिकारको व्यवस्था गरिएको थियो |

कार्यक्रममा आफ्नो पोशाकमा सजिएको मगर समुदाय लगायत, गैरमगर नेपाली दाजुभाइहरुको पनि बाक्लै उपस्थिति रहेको थियो | संघको संरक्षण, काउचा मगर संयोजक रहेको सो कार्यक्रम राम थापा मगर र काली पुन मगरले संचालन गरेका थिए | संघका अध्यक्ष बसन्त राजकोटी मगरबाट कार्यक्रम समापन भएको घोषण गरे लगतै दोहोरि, पन्चे बाजाका मिठो धून, कायापलटको राष्ट्रियभावले भरिएको मिठो गितको साथै एनअर.एन.ए (एन.सी.सी)इजरायलको अध्यक्ष र मगर संघको प्रमुख सल्हाकार, दिपक राना मगरको गीतले कार्यक्रममा सुनमा सुगन्ध थपिएको थियो |

मगर संघ इजरायलको स्थापना २०१३ जुलाई १३ तारिख भएको थियो स्थापना कालदेखि संघले मगरहरु को रास्ट्रिय पर्ब माघेसंक्रान्ति लाई मनाउदै आइरहेको छ |

 

Last Updated on Sunday, 22 January 2017 10:35

Hits: 1097

इजरायलमा कार्यरत केयारगिभरहरू को तलब बढ्यो,अब कति पाइन्छ महिनाको ?

दिपक क्षेत्री


Image may contain: 2 people, people smiling, people sitting

इजरायल, जनवारी ७ – केयरगिभरको बारेमा सम्पूर्ण जानकारी दिने isavta.co.il का अनुसार, Kav Laoved ले आज प्रकाशित गरेको सूचनाद्वारा इजरायलमा कार्यरत सम्पूर्ण केयरगिभरको तलब तथा सुविधामा केही मात्रामा वृद्धि भएको जानकारी गराएको छ । न्युनतम तलबमान सम्बन्धी यो नियम यही जनवरी एक देखि लागु भएको हो । प्राप्त सूचना यस प्रकार रहेको छ ।

नयाँ नियम अनुसार प्रत्येक केयरगिभरको मासिक तलव ( बिना कटौती ) ५००० सेकेल हुनेछ । तदनुसार दैनिक २०० NIS अनि प्रत्येक घण्टाको २६.८८ सेकेल पाइनेछ । औसतमा न्युनतम (कटौती पछि) ४१३० सेकेल हुनेछ, जसमा साप्ताहिक भत्ता ( Weekly Alloawnce)पनि जोडिएको छ ।

 

कटौती भन्नाले मुख्य सेलरीबाट काटिने (खाना बापत ५०० NIS,आवासको १२० – २२० NIS, मेडिकल इन्सुरेन्स १२४.७० NIS र विविध ७८ NIS) लाई बुझिन्छ ।

बार्षिक बिदा \ एनुअल भ्याकेसनको प्रतिदिन २०० NIS को हिसाबले पाइनेछ । साप्ताहिक बिदा / विक्ली डे अफको ३४० पाउने सूचना छ । पिचिम या पेन्सन फन्ड ०.२५% देखि १२.५%सम्म बढाइएको छ ।

र अन्तमा बार्षिक बिदामा एक दिन अरु थप गरिएको छ ! (पहिलो चार वर्षको बार्षिक पेड भ्याकेसन १४ दिनको हुनेछ) ।  लाइट नेपाल डटकम

 

Last Updated on Saturday, 07 January 2017 15:52

Hits: 667

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६