A+ A A-

इजरायल पठाउन आवेदन खुला

माया घले मगर


Image may contain: sky and outdoor

इजरायलमा ६० नेपाली केअरगिभर लान प्रक्रिया अघि बढेको छ। करिब ९ वर्ष रोकिएर केहीअघि मात्र ‘केअरगिभर’ लान थालिएको इजरायलमा दोस्रो समूह लान आवेदन खुला गरिएको छ। यसअघि असोजमा ६० नेपाली केअरगिभर इजरायल गएका थिए। वार्षिक १ हजारभन्दा बढी नेपालीलाई केअरगिभरका रूपमा रोजगारी दिने इजरायलले बताउँदै आएको छ । हाल त्यहाँ ६ हजार नेपाली केअरगिभरका रूपमा कार्यरत छन् । यी मध्ये ८० प्रतिशत महिला छन् । कान्तिपुर दैनिकमा खबर छ।

म्यानपावर कम्पनीहरूले निकै बढी शुल्क लिएको भन्दै इजरायल सरकारले सरकारी स्तरबाटै कामदार लैजाने बताउँदै आएको थियो । म्यानपावर कम्पनीले यसलाई रोक्न राजनीतिक नेतृत्वलाई दबाब दिएका कारण यो रोकिएको थियो ।  गत वर्ष कोरियाझं  इजरायलमा पनि परीक्षणका लागि भन्दै सरकारीस्तरमै कामदार लैजाने सहमति भएपछि पहिलो समूह गएको थियो । नौ वर्षबीचमा जम्मा डेढ सय नेपाली मात्र केअरगिभरका रूपमा इजरायल गएका छन् । कैयौं नेपाली भारतीय बनेरसमेत पुगे ।  गत वर्ष पाइलट प्रोजेक्टमा सहमति भएर दुई वर्षभित्र तीन सय नेपाली लैजाने सहमति भएको थियो । यो प्रोजेक्ट सफल भए यही मोडलबाट इजरायलमा नेपाली नियमित जान पाउने नेपालका लागि इजरायलका राजदूत यारोन मायरले बताएका छन्। उनले नेपालीहरू इजरायलीको रोजाइमा रहेको पनि बताउने गरेका छन् ।

इजरायलमा भारत, फिलिपिन्स, थाइल्यान्ड, पूर्वी युरोपका कामदारहरू छन् । नेपाली र फिलिपिनो इजरायलीको पहिलो रोजाइमा पर्दै आएका छन् । केअरगिभरका रूपमा जान आवश्यक न्यूनतम योग्यता पूरा भएकामध्येबाट छनोट हुनेहरूले भाषा परीक्षा पनि पास गर्नुपर्ने छ । केयरगिभरको अन्तिम छनोट वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीए (जनसंख्या तथा अध्यागमन निकायले) गर्नेछन् । छनोट भएका आवेदकले इजरायलमा वृद्ध, अपांग तथा अशक्तको स्याहारसुसार गर्नुपर्छ। यस्तो काममा एक लाखदेखि दुई लाखसम्म पारिश्रमिक पाइने बताइन्छ ।

 

Last Updated on Tuesday, 07 March 2017 12:48

Hits: 1568

इजरायलमा ३५ औ मगर स्थापना दिवस भब्य रुपले मनाए

दिपक राना  मगर


Image may contain: 1 person, sitting and standing


इजरायल, फेब्रुवरी २६ - प्रत्यके बर्ष स्वदेश तथा विदेशमा मनाउने गरिएको मगर दिवसलाई यस पटक पनि नेपाल मगर संघ इजरायलले ३५ औ मगर स्थापना दिवस तेलअभिव स्थित मगर अपार्टमेन्टमा धुमधाम पुर्वका साथ सम्पन्न गरेको छ |

कार्यक्रम मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन र सस्थापक सल्लाहकार केशब राना मगरले केक काटेर उद्घाटन गरेका थिए | अधिकांस मगर र मगर्नीहरु मगर पहिचान झल्किने भेषभुषामा सजिएर उपस्थित रहे |


Image may contain: text

साझ ८ बजे देखि राती अबेर सम्म चलेको कार्यक्रममा सेलरोटी बटुक र बंगुरको मासुको परिकारको स्वाद लिदै सबैले आफ्नो गाउ ठाउको झल्को आएको ब्यक्त गरेका थिए | कार्यक्रममा सास्कृतिक कोशेलीको रुपमा चित्र जुग्जाली र कमला पुर्जाको कौडा नृत्य र संघका तृतीय उपाध्यक्ष लता पुनको मगरकी छोरी हु म भन्ने एकल नृत्यमा प्रस्तुत गरिएको हो | कार्यक्रममा मगर संघ इजरायलका सस्थापक सल्लाहकार केशब राना मगरले मगर जातिको इतिहास जोगाउन पुर्बजहरुको अतुलनीय योगदान रहेको हुदा उनीहरुलाई सधै सम्मान र उनीहरुले दिशा निर्देश गरेको बाटोलाई आत्मसात गरेर जानु पर्ने कुरामा जोड दिए |

मन्तब्य दिने क्रममा मगर संघ इजरायलका कोषाध्यक्ष जय पुनले मगर स्थापना दिवस र सस्थापक अध्यक्ष हेम बहादुर पुनको योगदान बारे चर्चा गरे भने मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरले मगरहरु जुन ठाउँ र परिवेशमा भए पनि मगर जातिको उत्थानमा सबै अग्रसर हुनु पर्ने बताए |

संरक्षक तारा काउचा मगरले संचालन गरेको उक्त कार्यक्रम मन राना मगरको स्वागत मन्तब्य र सभापतित्व मगर संघ इजरायलका कार्यबाहक अध्यक्ष बिष्णु पुन मगरले गरेका थिए |

Last Updated on Monday, 27 February 2017 04:07

Hits: 2243

बेल्जियममा २५६० औ बुद्ध जयन्ती भब्य रूपमा सम्पन्न

जित लामा/राम लामा


बेल्जियम - यहि २१ मे २०१६ शनिबारको दिन बेल्जियम स्थित हुई गुम्बामा शेर्पा किदुग बेल्जियम, तमु समाज, तामाङ समाज, विश्व मगर संघ, सिकलेस पार्चे कल्याण कोष  संयुक्त किरात समाज र थकाली समाजको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती लामा गुरुहरूको बाहुलिबाट बौद्धधर्म बिधि र कर्म अनुरुप पुजापाठ गरि सम्पन्न गरेको छ ।

उक्त पुजापाठ कार्यक्रममा लामा गुरू शेरप दोर्जे रेम्बोछेले बिश्वमा शान्ति कायम भै मानव लगायत सम्पूर्ण प्राणी जगतले सुख शान्ति प्राप्त गर्नको लागि बुद्धको मार्गमा अग्रसर भै रिस-राग, हिँसा, अज्ञानता, डाह र मोह आदिलाई त्यागेर स्वच्छ मन बचन र कर्मले शान्तिपूर्ण जीवन यापन गर्न बुद्धले दिनु भएको बाणी र उपदेशलाई पालन गर्दै अगाडि बढ्न सकेमा सबैको कल्याण हुने भन्दै लुङदुर ठढाएर १०८ दीप(छ्युमी) प्रज्वलन गरि शान्तिको कामना गरियो। हुई गुम्बा सम्म लुंडदुर एनआरएन आईसीसी सँरक्षक दिल गुरूंगले लगेका थिए ।

पाच सय भन्दा बढी श्रद्धालुहरु उपस्थित रहेको उक्त पुजा कार्यक्रममा औष्टेन्डे नेपाली समाज, एभरेष्ट नेपाली समाज ब्रुगे, ईन्द्र धनुष ल्कब, हिमालयन सोसाईटीको बिषेश सहभागीता र बेल्जियममा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत बुद्ध धर्म प्रति आश्थावान नेपाली र बिदेशीको समेत बाक्लै उपस्थिति रहेको थियो।

साथै सहभागीहरूलाई खाना र पेय पदार्थ ब्यबस्था गर्न प्रायोजन तथा सहयोग गर्ने सम्पुर्ण महानुभाव लगायत संघ संस्थाहरू प्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु हुने सम्पुर्ण बेल्जियमबासी नेपाली दाजुभाई तथा दिदिबहिनीमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गरेको छ ।

Last Updated on Friday, 17 February 2017 15:38

Hits: 1225

जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा 'नेपाली एसोशिएशन' को स्थापना

योगेन्द्रमिलन छन्त्याल


Image may contain: 13 people, people sitting and indoor

पोर्तुगल, फेब्रुअरी १८ - जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा रहेका नेपालीहरुले 'नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन' को स्थापना गरेका छन् । जाम्बुजेइरा दु मारमा आज सम्पन्न भेलाले एशोशिएशनको स्थापना गरेको हो ।

भेलामा सहभागीहरुले पोर्तुगलमा रहेका संघ संस्थाहरु नेपाली मरेपछि लाश बुझ्ने, फोटो खिचेर फेसबुकमा ट्याग गर्ने, राजनीति गर्ने, हजारौ गुनासा हुँदा पनि एउटै समस्याको निकास दिननसक्ने गरेको तीतो याथार्थ औल्याए । 

छलफलपछि सामाजिक तथा साँस्कृतिक क्रियाकलाप संचालन गर्ने, नेपालीहरुबीच सहयोग समन्वय र सद्भाव वृद्धि गर्ने, नेपाली र पोर्तुगीस समुदायबीच सेतुको काम गर्ने, नवागन्तुक नेपालीका लागि क्षमता अभिवृद्धि गर्नेलगायतका उद्देश्य राखेर एशोशियशन दर्ता गर्ने निर्णय गरिएको छ ।


Image may contain: 4 people, people sitting and indoor

एशोशियनका लागि २४ सदस्सीय कार्यसमितिको निर्विरोध चयन भएको छ । अध्यक्षमा भुपेन्द्र बस्नेत, उपाध्यक्ष वृहस्पति कँडेल, सचिव मधुसुदन सापकोटा, सह सचिव प्रकाश पौडेल, कोषाध्यक्ष पेम्छिरी शेर्पा र सह कोषाध्यक्षमा सुनिता कुँवर रहेका छन् । सदस्यहरुमा रुपेश शाह, सूर्य शर्मा, पुनम बानियाँ, नन्दलाल कँडेल (रामु), राजकुमार उप्रेती, बासु सत्याल, ङ्वाङ्ग दावा शेर्पा, लक्ष्मण शर्मा, दुर्गा मल्ल, जीवन थापा, प्रवीण गिरी, राजन गुरुङ, विश्व घिमिरे, दावा शेर्पा, विनोद मरासिनी, डम्मर खत्री, बमबहादुर जीसी र निलकण्ठ घिमिरे रहेका छन् ।     

संस्थाको विधान तयार गर्न प्रवीण गिरीको संयोजकत्वमा ४ सदस्सीय विधान मस्यौदा समिति बनाइएको छ । मस्यौदा समितिमा रुपेश शाह, सूर्य शर्मा र राजकुमार उप्रेती सदस्य रहेका छन् । संस्थाका लागि आर्थिक संकलन उपसमितिमा पेमछिरी शेर्पा संयोजक, दुर्गा मल्ल, नन्दलाल कँडेल, ङ्वाङ्ग दावा शेर्पा,  रोशन तामाङ, विनोद मरासीनी र लक्ष्मण शर्मा सदस्य रहेका छन् ।

भेलाले राजन गुरुङ संयोजक र काजीमान गुरुङ उपसंयोजक रहेको खेलकूद उपसमिति र लक्ष्मण शर्मा संयोजक र दीपकराज गुरुङ उपसंयोजक रहेको साँस्कृतिक उपसमिति पनि गठन गरेको छ ।

भेलामा भुपेन्द्र बस्नेत, योगेन्द्रमिलन छन्त्याल, वृहस्पति कँडेल, प्रभास चौलागाईं, रुपेश शाह र प्रकाश पौडेल लगायतले आ-आफ्नो धारणा राखेका थिए । बासु सत्यालले कार्यक्रमको संचालन गरेका थिए । 

Last Updated on Sunday, 19 February 2017 16:39

Hits: 1244

प्रजातान्त्रका सच्चा योद्धा प्रथम सहिद क्या. लखन थापा मगरलाइ सबै नेपालीले कदर गर्नु पर्छ - भट्टराई

दिल प्रसाद थापा

 

 Image may contain: 4 people, people sitting

 न्यु योर्क, फेब्रुअरी १३ - नेपाल को प्रथम सहिद लखन थापा मगर को १४० औ स्मृति दिवस को उपलक्ष्यमा नेपाल सरकार, नेपाल वाणिज्य दूतावास न्युयोर्क र नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको सहआयोजना भएको कार्यक्रम वाणिज्य दूतावासका वाणिज्य दुत पुष्पराज भट्टराई को अध्यक्षता मा न्युयोर्कको दूतावास कार्यलयमा अमेरिकामा रहेको विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

वाणिज्यदुत भट्टराईले क्या. लखन थापा मगर नेपालकै प्रथम सहिद भएकोले उहाँलाई सबै नेपालीले बिशेष सम्मान र योगदान दिनु पर्ने औचित्य रहेको बताए । लखन थापा मगर दिवस कुनै जाति विशेषको नभइ सबै नेपालीको भएको हुनाले प्रजातान्त्र दिएको योगदान बाट प्रेरणा लिनु पर्ने बताए ।


Image may contain: 26 people

कार्यक्रममा आदिबासी जनजाती महासंघ अमेरिका का उपाध्यक्ष मंगल दास श्रेष्ठ को स्वागत मन्तब्य रहेको थियो । कार्यक्रम मा युएस अनलाइनका प्रमुख सम्पादक प्रदिप परियार थापा मगरले प्रथम सहिद लखन थापा मगरको जिवनी प्रकाश पार्दै, प्रजातान्त्रको लागि लडेको साहस र बलिदान आजको दिनमा विशेष महत्त्वपुर्ण र सान्दर्भिक रहेको बताए । अमेरिकामा पनि सोही समयमा अब्राहम लिङ्कन समानताको लागि आन्दोलन गरि हालको समय सम्म आउँदा बिस्वकै सक्तिशाली राष्ट्र भएको तर नेपाल पनि लखन थापाले समानताको लाडाइ लडेर पनि विभिन्न काल खण्डमा थुप्रै आन्दोलन भएता पनि कुनै प्रगति नहुनु दुखेसो पोखे ।

आदिवासी जनजाति महासंघ अमेरिका का संघीय परिषद सभाध्यक्ष  बिनोद पेमोले लखन स्मृति दिवस लगायत राज्यका विभिन्न लुकिएका बिभुतीहरु लाई पनि सम्मान गरिनु पर्ने बताएका थिए  । जनसम्पर्क मञ्च अमेरिका का महासचिव मुलेन्द्र नेवाङ ले १४० बर्ष अगाडि लखन थापा मगर स्वतन्त्र र मुक्तिको, प्रजातान्त्र को लागि लडेको योगदान को कदर गर्नु पर्ने बताए । मगर संघ अमेरिका का महासचिव मान बहादुर राना मगरले लखन थापा मगर नेपालको प्रथम सहिद हुँदा हुँदै पनि हिजोका दिनमा मगर संघले मात्र लखन दिवस मनाउन पर्दा को दुखेसो पोख्दै आज नेपाल सरकार वाणिज्य दुतको आयोजनामा सो दिवस मनाउन उक्त कार्यक्रम आयोजना गरेको मा दूतावास लाई धन्यवाद दिएका थिए ।

प्रथम सहिद लखन थापा मगरलाई नेपाल सरकार ले २०१५ सेप्टेम्बर २० तारिख आधिकारिक रुपमा मान्यता दियेको थियो ।  प्रथम सहिद क्या. लखन थापा मगर दिवस,  मगर संघ अमेरिका ले मनाउदै आयोको थियो भने केही बर्ष येता, दूतावास र नेपाल आदिबासी महासंघ अमेरिका सयुक्त रुपमा गर्दै आयेको छ । सो कार्यक्रम नेपाल आदिबाट जनजाति महासंघ अमेरिका मा महासचिव प्रेम गुरुङले संचालक गरेका थिए ।

 

Last Updated on Tuesday, 14 February 2017 17:09

Hits: 1274

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६