A+ A A-

“नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको इजरायलमा नया नेतृत्व घोषणा”

माया घले मगर

 


 Image may contain: 2 people, people standing and outdoor
इजरायल, मार्च १७ - “मनोरञ्जन, परोपकार र लगानी क्षेत्र पहीचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान” भन्ने मुल नारा लिई बिगत ४ बर्ष देखी सामाजिक क्षेत्रमा क्रियासिल संस्था नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको यही १५ अप्रील२०१७ मा आयॊजित भेला सम्पन्न भएको छ उक्त भेलामा प्रमुख अतिथी गैर आवसिय नेपाली समन्वय परीषद इजरायलका अध्यक्ष दिपक प्रसाद ओली ज्युले गर्न भयको थियो !

कार्यक्रमको समुघाटन गर्दै प्रमुख अतिथी दिपक प्रसाद ओली ज्युले कार्यक्रम सफलताको शुभकामना सहित आफुले ब्यक्तीगत र एन. आर. ए. एन. को तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयॊग गर्ने र आफु नमस्ते नेपालको अजिवन सदस्यको नाताले सदैव संस्थाको राम्रो कामको प्रसंसा गर्ने बताउनु भयॊ भने संस्थाले ल्याएको लगानिको क्षेत्रमा आफु तयार रहेको बताउनु भयॊ। यस्तै गरी कलाकारको तर्फबाट शुभकामना मंतब्य राख्दै कमेडी किड्ग मनोज गजुरेलले आफु नमस्तेको हरेक पक्षबाट अत्यान्त प्रभावित रहेको र यस संस्थालाई आवस्यक सहयॊग गर्ने कुरा बताउनु भयॊ। पहीलो चरणको कार्यक्रम इजरायल शाखाका निबर्तमान अध्यक्ष एंवम् बैकल्पिक केन्द्रीय सदस्य गणेश गिरी ज्यूको सभापतीत्वमा र शाखा कि सचिव एंवम् केन्द्रीय सदस्य माया खनाल र शाखाका सह-सचिव सुर्य राणाले संचालन गर्नु भएको थियो भने संस्थाकी केन्द्रीय सदस्य ईन्द्रीरा केसीले उपस्थित सबैलाई स्वागत गर्नु भयको थियॊ !

 
उक्त भेलामा बिसेष अतिथी संस्थाका केन्द्रीय अध्यक्ष रामसरण बानिया, अतिथीहरु संस्था सल्लाहकार द्धय नवराज खड्का, बिशाल ज्ञावाली, प्रबासी नेपाली मंन्च इजायलका अध्यक्ष तिर्थ गौतम, नयां शक्ती पार्टी नेपालका प्रबास संगठनका बरिष्ट उपाध्यक्ष कुमार पौडेल, झापाली समाज इजरायलका संरक्षक जय ओडारी र सोही संस्थाका अध्यक्ष गणेश गौतम, कलाकारहरु मनोज गजुरेल, प्रकाश कटुवाल, रेजिना रिमाल र मविन्द्र राई, यस्तै अतिथीमा राष्ट्रीय मानव अधिकार कर्मी मान बहादुर थापा र बिभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु, पत्रकारहरु लगायत नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका आजिवन सदस्यहरुको बाक्लो उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियॊ!
 
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका  सभापती गणेस गिरीले बिधिवत शाखा बिघटन गर्दै बिगतमा केही कमि कमजोरी रहेता पनि इजरायलमा संस्थाले राम्रो काम गरीरहेको र संस्थामा आई पर्ने हरेक चुनौतिको सामाना गर्न आफु लागी पर्ने प्रतिबध्दता गर्दै नयां समिती चयनको लागी तिन सदस्य निर्बाचन समिती घोषाणा गर्नु भयको थियो। उक्त निर्वाचन समितीले उपस्थित आजिवन सदस्यहरुको छलफलबाट ९  सदस्य “इजरायल समन्वय समिती” निर्विरोध निर्वाचित भयकॊ घोषणा निर्वाचन समितीको तर्फबाट अतिथी एंवम् संस्थाका सल्लाहकार नवराज खड्काले निर्वचित समन्वय समितीको नामावली घोषणा सहीत कार्यकाल सफलताको शुभकामना दिनु भएको थियॊ! निर्वाचित हरु संयॊजक – डकम सिटौलासचिव — सकुन्तला (सानु) खतिवडा, कोषाध्यक्ष- कृष्णामाया सापकोटा,  सदस्यहरु  चिनु सुबेदी, रमेश रिजाल, निरु महर्जन, साबित्राखड्का, मिरा थापामगर, निर्मला राय,रहनु भएको छ कार्यक्रममा नवनिर्बाचित समन्वय समितीकी संयॊजक डकम सिटौलाले सबैको सहयॊगको अपेक्षा राख्दै संस्थाले दिएको जिम्मेवरी कुसलता पुर्वक निर्बाह गर्ने आफ्नो प्रतिबध्ता सहित बिस्वास दिलाउनु भयॊ भने निबर्तामान सचिव माया खनालले संस्थाको हरेक काममा आफ्नो सहभागिता रहने कुरा जानकारी गराउनु भयॊ।

यस्तै गरी कार्यक्रमको दोश्रो चरणमा संस्थाको महत्वपुर्ण उदेश्य “लगानि क्षेत्र पहीचान” माथि बृहत अन्तरकृयां राखिएको थियो! ” आफै मालिक आफै कामदार ज्यला र मुनाफाको हकदार” भन्ने उदघोषलाई कसरी ब्यावहारमा लागु गर्न सकिन्छ भन्ने बिषयमा सबैले आफ्नो अभिमत राख्ने क्रममा संस्थाका सल्लाकार बिशाल ज्ञवालीले सुरक्षीत लगानि कसरी गर्न सकिन्छ भन्ने बिषयमा र अर्का सल्लाकार नवराज खड्काले सामुहीक लगानिलाई कसरी प्रर्बधन गरी नेपालमा संकलित पुंजीलाई आर्थिक उन्नतीमा लाग्न सकिन्छ भन्ने बिषयमा आफ्नो बिचार दिनु भयको थियॊ। यस्तै संस्थाका आजिवन सदस्य एंवम् जन संम्पर्क मंन्च इजरायलका अध्यक्ष तिर्थ गौतमले सामुहीक लगानिबाट नै देश र आफ्नो आर्थिक उन्नती र बिकास हुने कुरामा जोड दिदै सबैले अहिले पुंजी सुरक्षीत हुने तर्फ लगानी अभिबृद्धी हुनु पर्ने कुरा बताउनु भयो। कार्यक्रममा मानवअधिकार कर्मी मान बाहादुर थापाले नमस्ते नेपालले यॊ अभियान अत्यन्त राम्रो भयकोले यसकॊ लागी आफ्नो तर्फबाट पनि सक्दो सहयॊग गर्ने बचन दिनु भयको थियॊ। कार्यक्रमलाई संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियांले बिगत ४  बर्ष देखी संस्थाले ल्याएको तिन ओटै एेजेन्डा अत्यन्त महत्वपुर्ण रहेको र यॊ क्रमिक रुपमा सफल हुदै गई रहेको प्रती खुसी ब्यक्त गर्दै अब नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले सबै आजिवन सदस्यहरुलाई एउटै मालामा गसी राष्ट्र निर्माण र आफ्नो आर्थिक अन्नती प्रगतीको लागी सामुहिक लगानिमा अग्रसर हुन सबैमा अपिल गर्दै बिदेशी भुमीलाई मात्र रोज्न नहुने कुरा गर्नु भयॊ। उठेका बिषय बस्तु माथी प्रकास पार्दै “नमस्ते नेपाल मल्टीप्रपोज इन्भेष्टमेन्ट कम्पनि” स्थापना भई सकेको र अब छिट्टै कम्पनिले कानुनि प्रमाण-पत्र पाउने जानकारी दिलाउनु हुदै २५ जनाको कम्पनि संस्थापक र ११  जना संचालक बोर्ड रहने गरी संचालक बोर्डको प्रमुख एंवम् बोर्ड अफ डाइरेक्टरमा बिशाल ज्ञवाली र सदस्य सचिव एंवम् म्यनेजीड्ग डाईरेक्टरमा हिक्मत बहादुर बस्नेत चयन हुनु भएकोमा बधाई ज्ञापन गर्दै कंम्पनि कुसलता पुर्वक अगाडी बढ्ने कुरामा बिस्वास ब्यक्त गर्नु भयॊ साथै छिट्टै सियर सदस्यहरुको आम भेला राखिने कुरा पनि जानकारी गराउनु भयो।

यस्तै संस्थाले  राखेको बृहत बनभोजमा सबैले सामुहीक रुपमा बिभिन्न परीकार खादै आत्मियता र आगमी दिनमा अझै राम्रो कार्यको थालनी सहीत एक आपसमा नेपाली नयां सालको शुभकामना आदन प्रदान गरी गरी तेस्रो चरणको कार्यक्रम समापन गरीएको थियॊ।

यस्तै गरी १४  तारीख गैर आबसिय नेपाली समन्वय परीषद इजरायलको मुल आयॊजना र नमस्ते नेपाल हातेमालो सामाजिक संस्था लगायत १४  बटा संघ संस्था संममिलित “संगीतिक सांझ” भब्य र सब्य रहेको जनाएकोकुरा  आयोजकले जानकारी दीएको छ !!

Last Updated on Monday, 17 April 2017 15:44

Hits: 655

तामाङ घेदुङ इजरायलको तेश्रो अधिवेशन मे महिनामा हुदै

माया घले मगर

 

No automatic alt text available.
 
नेपाल तामाङ घेदुङ, इजरायलको तेस्रो ऐतिहासिक अधिबेशन आउँदो १२ मे  २०१७ (शुक्रवार) साँझ तेलअविव स्थित बसपार्क पछाडी रहेको सानो पार्कमा ६:३० बजे देखि शुरु हुने भएको छ |

इजरायलबासी सम्पुर्ण तामाङ ज्योज्यो, आले, नाना, आङाहरुलाई उपस्थित भइ अधिबेशनलाई भब्यताका साथ सफ़ल पारीदिनु हुन नेपाल तामाङ घेदुङ परिवार हार्दिक अनुरोध गरेको छ | संस्थाको नयाँ सदस्यता लिनु बाँकी रहेकाहरुले सदस्यता लिन र पुरानो सदस्यताहरुलाई अनिवार्य रुपमा नविकरण गर्ने समय अधिवेशनको दिन बेलुका ६ बजे भित्र गरि सक्नु पर्ने संस्थाले जनाएको छ |

तेस्रो अधिवेशनमा सम्पूर्ण तामाङहरुले आफ्नु अधिकार सहित सहभागिता हुना घेदुङले सबैलाई अपिल रहेकोछ | सदस्यताबारे थप जानकारी लिनु परेमा संस्थाका पदाधिकारीहरु समक्ष सम्पर्क राख्न समेत अनुरोध गरेको छ | साभार तामांग अनलाइनबाट

Last Updated on Sunday, 09 April 2017 16:15

Hits: 556

इजरायलमा नेपाली नयाँ बर्ष भव्यताको साथ मनाउने तयारी

माया घले मगर


No automatic alt text available.

तेलअविव – नयाँ बर्ष २०७४ को पवन अबसर पारेर अन्तराष्ट्रिय कलाकार मन्च इजरायल (शाखाले) बैशाख १ यानी (अप्रिल १४ तारिक) शुक्रबार नेपालका राष्ट्रिय कलाकारका साथमा  कलाकार मन्च इजरायलका  कलाकारहरुको बेजोड प्रतुतिको साथमा नयाँ बर्ष धमाका साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको  जानकारी दिएको छ | नेपालबाट आउने कलाकार र र कार्यक्रम स्थल छिटै तय गरिने बताएको छ |

सो कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि इजरायलमा रहेका सामाजिक, धार्मिक, राजनैतिक् र अन्य जातिय संस्थाहरुलाई बैशाक १ अप्रिल १४ शुक्रबारका दिन कुनै कार्यक्रम नराखी दिनुहुन अन्तराट्रिय कलाकार मन्च इजरायल शाखा परिवार द्वारा बिनम्रपुर्वक  हार्दिक अनुरोध समेत गरेका छन् | सभार:तामांग अनलाइन

Last Updated on Monday, 03 April 2017 15:10

Hits: 653

इजरायलमा किराँत राई साकेल सिली भव्यताको साथ मनाउने तयारी


 

Image may contain: 4 people, text


तेलअविव – किराँत राई यायोख्खा इजरायल द्वारा आउँदो १२ मे २०१७ (शुक्रबार) तेलअविव स्थित यारुचिम –१५ मा रहेको इभा पार्टी हलमा किराँत राई साकेला सिली २०१७ भव्यताको साथ मनाउने भएको छ | कार्यक्रमको लागि नेपालबाट बिशेष अतिथि गायक तथा संगीतकार जितेन राई आउनु हुने भएको छ |

रात्रिभोज सहितको कार्यक्रममा इजरायलमा बसोवास गर्नु हुने किराँत राई लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि संस्थाले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |

source:tamangonline

Last Updated on Wednesday, 05 April 2017 06:35

Hits: 727

दिदीबहिनी समाज भिक्टोरियाको फरक ढंगको नारी दिवस

प्रभा श्रेष्ठ

मार्च, ग्लेनरोइ, मेलबर्न: मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले "परिवर्तनका लागि साहसी बन" नाराका साथ यस्ले १०७ औं अन्तराष्ट्रिय नारी दिवस पनि फरक ढंगले मनाएको छ ।    
 
कार्यक्रममा नाच गान, प्रमाणपत्र बितरण र मन्तब्य ब्यक्त गर्ने मात्रै काम भएन, त्यस्का साथमा योगा र ध्यानका बारेमा जानकारी गराउने र अभ्यास गराउने काम समेत भए । कार्यक्रममा बोल्दै भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले संस्थाको शुरुवातदेखि नै आफू यस्का गतिबिधिसंग जानकार रहंदै आएको र यस्का हरेक गतिबिधिमा आफ्नो सहयोग रहने बताए । मोरल्याण्ड सिटी काउन्सिलका मेयर हेलेन डाभिडसनले दिदीबहिनी समाज भिक्टोरियाका गतिबिधिबाट आफू प्रभाबित भएको र मोरल्याण्ड सिटी काउन्सिलले यस्का लागि सक्दो सहयोग गर्ने बताए । 
 
आध्यात्मिक गुरुमा सिस्टर राएवोन सिम्सनले योगा र ध्यानको महत्वमाथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई ध्यानमा सहभागी गराइन भने काजल किरणले केही सरल योगाहरुलाई अभ्यास गराएकी थिइन । संस्थाकी संस्थापक अध्यक्ष एबं बर्तमान सचिब जमुना पराजुलीले सहभागीहरुलाई स्वागत गर्दै संस्था के कस्तो अवस्थाबाट बर्तमान अवस्थामा आइपुगेको भन्ने फेहरिस्त प्रस्तुत गरेकी थिइन । 
 
संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरुको चर्चा गर्दै उनीहरुको सहयोग बिना संस्था यस ठाउँमा हुन नसक्ने भएकोले आगामी दिनहरुमा उहाँहरुको सहयोगले निरन्तरता पाउने अपेक्षाले मूर्त रुप पाउने आशा ब्यक्त गरेकी थिइन । कार्यक्रमको सन्चालन अन्जना नेपालले गरेकी थिइन । 

Last Updated on Thursday, 16 March 2017 13:54

Hits: 1281

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६