A+ A A-

लण्डनमा वातावरण साहित्य सम्मेलन हुँदै

 बिजय हितान मगर

Image may contain: text

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

लन्डन । विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको बिषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएका छन् ।

बिज्ञान जस्तै साहित्यमा पनि प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता आज टड़कारो बनेको छ । यसैलाई लक्षित गर्दै बेलायतस्थित प्राय: सबै साहित्यिक संस्थाहरुको संयुक्त सम्योजनमा यस्तो सम्मेलन गर्न लागिएको संयोजक विजय हितानले बताए । सम्मेलन आगामी जून 4 मा लण्डनको चार्ल्टनमा सम्पन्न हुनेछ । सम्मेलनका पूर्व तयारीहरु- हल बुकिङ, साधनहरुको जोरजाम, खानपनि तथा अतिथि निमन्त्रणा जस्ता ब्याबस्थापन कार्य भैसकेको अर्का सम्योजक सुमल कुमार गुरुङले बताए ।
सम्मेलनमा बेलायतका लागि नेपाली राजादुत दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्य, र मिस युके नेपाल २०१६ टेनिशा रानाको पनि बिशेष उपस्थिती रहनेछ ।
 
स्वस्थ जीवन र समृद्ध पृथिवीका निम्ति वातावरणको स्वस्थता अनिवार्य रहेको छ । विश्वव्यापी रूपमा वातावरणमा आएको ह्रासले गर्दा जीवनको गुणस्तर ओरालो लागेको प्रति चिन्ता गर्दै साहित्यलाई वातावरणमुखी र जीवनमैत्री बनाउन यस्तो साहित्यिक प्रयास बहुमूल्य हुने जनचेतना गत बर्षको पहिलो बातावरण साहित्य सम्मेलनले दिसकेको छ । यो बर्षको बातावरण दिवस ५ जुनमा पर्दछ, जसलाई विश्वभर मनाउन संयुक्त राष्ट्रसंघको बातावरण बिभागले नेत्रुत्व गर्दछ । प्रतेक बर्ष यसको आफ्नै नारा हुन्छ । यसबर्ष 'मानिसलाई प्रकृतिसँग नजदिक्याउनु' (connecting people to nature) यसको नारा  रहेको छ ।   

सम्मेलनमा एघारवटा साहित्यिक सङ्घसंस्था आबद्द हुँदैछन् । सम्मेलनमा एनआरएन युकेको भाषासाहित्य विभाग, विश्व नेपाली साहित्य महासङ्घ युके, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके, अन्तरराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान, समकालीन साहित्य प्रतिष्ठान, साहित्य चौतारी, साहित्य सङ्गम, प्रबासी नेपाली साहित्य समाज, साहित्य सँगालो डट कमको संयुक्त सहभागिता रहनेछ । विश्वकै जल्दोबल्दो विषयमा सघन चेतनामूलक कार्यक्रम आयोजना हुनु र त्यसमा सबै साहित्यिक सङ्घसंस्थाहरू गोलबद्ध हुनु आफैमा प्रसंसनीय रहेको गत बर्षको कार्यक्रमपछिको सबैको प्रतिकृया थियो ।

ऐतिहासिक रूपमा वातावरण केन्द्रित साहित्य सम्मेलनको सफलताका निम्ति बेलायतस्थित सबै मिडियाहरूले पनि सहयोग गर्दै छन् । आफ्ना उत्कृष्ट वातावरणमैत्री रचनाका साथ उपस्थित हुन सबै भाषासाहित्यप्रेमीमा अपील गरिएकोछ ।

Last Updated on Saturday, 27 May 2017 06:43

Hits: 575

नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य बेलायतमा

सुरेन्द्र ईङनाम 

Image may contain: 11 people, people smiling, people standing, shoes and indoor

 केन्ट, बेलायत - २२ मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य बेलायत आई पुगेका हुन ।

फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडी राजुकाजी शाक्यले सन १९८१ सालबाट शुरु गरेर सन १९९७ सम्म खेलाडीको रुपमा नेपालकै ईतिहासमा सबै भन्दा लामो समय सम्म खेल्नु भयो । वहाले राष्ट्रिय टिममा खेल्न थाले लगत्तै सन १९८४ मा पहिलो साफ गेम जितेको थियो, सन १९९३ मा वहाको टिम क्याप्टेनमा दोस्रो साफ गेम जितेको हो । पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय फुटबल टिमको कोच गर्दै आएका राजुकाजी शाक्य एक कुशल कोचको रुपमा पनि चिनिन्छन, जुन ज्यलन्त उदाहरण सन २०१६ मा भएको भएको साफ गेमको उपाधि नेपालले हात पारेको हो ।
 
बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यता बाट उत्साह पुर्बक बडिरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले २ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । यसैलाई अवसर पारेर बेलायतको नेपाली समुदाय बिचको फुटबल खेललाई अवलोकन गर्न साथै नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य लाई सम्मानार्थ र “एफ सी केन्ट भेटेरेन, बेलायत” को प्रोमोसनको लागी राजुकाजी शाक्यलाई “एफ सी केन्ट भेटेरेन, बेलायत” ले स्पोन्सर गरि बेलायत ल्याएको हो । बेलायतको भिषा मिलाउन ज्यादै झन्झटिलो र धेरै प्रावधानलाई बिचार गर्नुपर्ने भएकोले यस कार्यलाई टिमका सहायक मेनेजर भास्कर राई र सचिव छबिन्द्र चोङ्बाङलाई केहि जिम्मेवारी दिईएको थियो । यस्का अलवा नेपाल तथा बेलायतका मेडियाहरुसँग सम्पर्कका लागी पनि भास्कर राईलाई क्लबले जिम्मा दिए अनुसार बि एफ बि एस नेपाल काठमाण्डौमा फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडीको छोटो अन्तरर्वाताको लागी समय माग्दा वहाको अन्तर्वाता प्रसारण गर्न नमिल्ने भनिए पछि गुनासो मान्दै राष्ट्रलाई प्रतिनिधित्व गर्ने, एक मात्र राष्ट्रको गहनाको अन्तर्वाता नलिई गायक र गायिकाको अन्तर्वाता लिएर प्रसारण गरिएको भनि गुनासो पनि पोख्नु भयो ।

राजुकाजी शाक्यको बेलायतको भिषा ६ महिनाको भएपनि समयको अभावले छोटो समय मात्र लिएर आउनु भएको कुरा टिम मेनेजर बुद्धी कुमार सुनुवारले जनाउनु भयो । लन्डन हिथ्रो एयरपोर्ट बाट फोक्स्टनको लेमन लिफ रेष्टुरा आएर साँझको रात्रि भोजमा बोल्ने क्रममा राजु काजी शाक्यज्यूले “वहाले धेरै ठाउहरुमा सम्मान पाई सकेको तर “एफ सी केन्ट भेटेरेन, बेलायत”ले बेलायत बोलाएर सम्मान दिनु भएको यो अहिले सम्मकै सबैभन्दा ठुलो सम्मान हो” भनि वहाले बताउनु भयो । एयरपोर्टमा स्वागत गर्न आउनु भएको गोर्खा कप कोर्डिनेटर पिताम्बर गुरुङले यहि आउदो आइतवार हुन गईरहेको बेलायतको सबैभन्दा ठुलो खेल गोर्खा कपमा वहालाई विषेश अतिथिमा आसन गराउन “एफ सी केन्ट भेटेरेन, बेलायत”लाई स्विकृति लिदै राजु काजी शाक्यलाइ जानकारी दिनु भएको छ ।

 

Last Updated on Tuesday, 23 May 2017 03:20

Hits: 591

इजरायलमा २५६१ औं बुद्द जन्म जयन्ती भब्यताका साथ मनाइने तयारी

माया घले मगर


Image may contain: 1 person














ईजरायल - शान्तिका अग्रदुत भगवान गौतम बुद्दको २५६१ औं जन्म जयन्ति भब्य रूपमा मनाउने तैयारी शुरू गरिएकेा छ । नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा यहि मे १३ तारिख शनिबारका दिन तेलअभिवमा मनाउन लागिएको भगवान गौतम बुद्दको २५६१ औं जन्म जयन्तिलार्इ भव्य रूपमा मनाउन र्इजरायलमा रहेका बिभिन्न सामाजिक संघ-सस्था, राजनैतिक दल, साहित्यिक संघ-सस्था, धार्मिक संघ सस्था, तथा अनलाइन मिडियाहरुलार्इ सह-आयोजकका लागी नेपाल आदिबासी जनजाती महासंघ इजरायलले सामाजिक सञ्जाल मार्फत एक सुचना प्रकाशित गर्दे सहभागिताका लागी आग्रह गरेको छ ।

 

हार्दिक निमन्त्रणा !हार्दिक निमन्त्रणा !!हार्दिक निमन्त्रणा !!!

इजरायलको तेलअभिव स्थित लेभिन्सकी पार्कमा आगामी मिति २०१७ मे १३ तारिख शनिबारको दिन बिहान ८.०० बजे देखि नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजना तथा इजरायलमा स्थापना भएका बिभिन्न सामाजिक ,राजनैतिक, साहित्यिक, धार्मिक, संघ-संस्थाहरुको सहआयोजनामा शान्तिका अग्रदुत भगवान गौतम बुद्दको २५६१ औं जन्म जयन्ति कार्यक्रम भव्यताका साथ् सम्पन्न गर्ने तयारी भैरहेको हुँदा उक्त कार्यक्रममा सहभागी भएर प्रशाद ग्रहण गर्नको निमित्त इजरायलबासी सम्पूर्ण महानुभाबहरु तथा सम्पूर्ण दाजुभाई तथा दिदी/बहिनीहरुमा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ! उक्त कार्यक्रमबाट भेटि स्वरुप संकलन भएको रकम राष्ट्रको शैक्षिक बिकासका लागि डा.महाबिर पुनद्वारा स्थापना भएको “राष्ट्रिय आविष्कार केन्द्र “लाइ प्रदान गर्ने भनि महासंघको १४ औं बैठकले निर्णय गरेको हुंदा कार्यक्रममा उपस्थित भक्तजनहरुमा अग्रिम जानकारी पनि गराउन चाहन्छौ धन्यबाद !

Last Updated on Wednesday, 26 April 2017 03:29

Hits: 585

ईजरायलमा नेपालको पर्यटकीय क्षेत्रबारे व्यापक प्रचार प्रसार कार्यकम सहित र्याली भव्यताका साथ सम्पन्न

माया घले मगर


Image may contain: 6 people, crowd, sky and outdoor












 इजरायल  - इजरायलको लागि प्रर्यटन तथा सांस्कृतिक सद्भावना दुत भगवती बस्नेतको संयोजकत्वमा इजरायल स्थित नेपाली राजदुतावासको सहयोग तथा आर एन इजरायलको आइसीसी सदस्य सुवास खरेलज्यूको व्यवस्थापनमा मिति २३ अप्रिल २०१७ मा इजरायलको पर्यटकीय शहर हाइफामा बृहत सास्कृतिक तथा पर्यटन प्रवर्धन प्रचार-प्रसार र्याली कार्यकम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम दुई  भागमा विभाजित थियो । पहिलो छोटो औपचारिक कार्यकम थियो भने दोस्रो कार्यक्रममा र्याली गरिएको थियो ।

दिउसो २ बजेबाट शुरु भएको कार्यक्रम इजरायलका लागि पर्यटन तथा सांकृतिक सद्भावना दुत भगवती बस्नेतको सभापतित्वमा अगाडी बढेको थीयो | कार्यक्रममा प्रमुख अतिथि इजरायल स्थित नेपाली राजदुतावासबाट भोज कुमार भट्टराई,बिशेष अतिथिमा एन आर एनका आइसीसी सदस्य सुवास खरेल, अतिथिहरुमा झापाली समाज इजरायलका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ इजरायलका उपाध्यक्ष गणेश गौतम “सागर”,जन सम्पर्क समितिका उपाध्यक्ष राजेन्द्र खनाल, अन्तराष्ट्रिय नेपाली साहित्य इजरायलकि सचिव दिया चापागाईं र कलाकार मंचको सदस्य नुतन भुसाल हुनुहुन्थ्यो । यस औपचारिक कार्यकममा स्वागत भाषण दिया चापागाईंले गर्नु भएको थियो भने कार्यक्रमको उद्घाटन राष्ट्रिय गीत गाएर शुरु गरिएको थियो । कार्यकमको प्रमुख अतिथि सहचारी भोज कुमार  भट्टराईले आफ्नो मन्तब्यको क्रममा हामीले आफ्नो देश कला संस्कृतिलाई विदेशमा पनि चिनाउनु पर्छ भनेर आफ्नो भेषभुषामा यसरी उपस्थित हुनु भएकोमा मैले गौरवान्वित महसुस गरेको छु भन्नु भयो । हाम्रो देश धेरै सुन्दर र धेरै सम्भावना हुँदा हुँदै पनि हामीले प्रयाप्त मात्रमा पर्यटन भित्र्याउन सकेका छैनौ । इजरायलको हाइफामा अहिले आफ्नो देशलाई चिनाउनुको साथै पर्यटन प्रवर्धन कार्यक्रम इजरायलका अन्य क्षेत्रमा पनि आयोजना  गर्नु पर्नेमा जोड दिनु भएको थीयो । केहि समय अगाडी हाम्रो झन्डा विश्वको १० झन्डा मध्येमा परेको थियो ।

थोरै मात्रमा भए पनि हामीले बिदेशी भूमिमा हाम्रो झण्डा फर्फराउनु पर्छ । यसरी हामीले कार्यकम गर्दै जाँदा पक्कै पनि अहिले गईरहेको पर्यटकको अनुपातमा अर्को बर्ष पक्कै पनि  धेरै पर्यटन भित्र्याउन सक्छौ । नेपालीहरुको कला, संस्कृति नेपाली पहिचान गर्ने कामहरुमा सधै नेपाल दुताबासको सदैब  सहयोग रहने बताउनु भयो । हाम्रो झण्डालाई यसरी विदेशी भुमीमा फर्फराउन सक्नु  अत्यन्त गौरबको कुरा हो भन्नु भो । झापाली समाज इजरायलका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ शाखा  इजरायलका उपाध्यक्ष गणेश गौतम ‘सागर’ ले आफ्नो मन्तब्यको क्रममा सबैलाई प्रवासको बशाईमा पनि हाम्रो देशलाई चिनाउन जस्तो सुकै कामको बाबजुद पनि हामी यहाँ उपस्थित भएका छौ । पर्यटन प्रबर्धनको लागि बहाई गार्डेन छान्नुको उदेश्य बहाई गार्डेन बिश्वमा चर्चित पर्यटकीय क्षेत्र हो । बिदेशी पर्यटक आउने केन्द्रबिन्दु भएकोले यस क्षेत्रमा नेपालको पर्यटक प्रवर्धन कार्यकम गर्नु अत्यन्त राम्रो कुरा हो भन्दै यस बहाई गार्डेन नजिकको स्थान छान्नु भएकोमा आयोजक प्रति आभार व्यक्त गर्नु भएको थियो ।  अन्तमा कार्यकमको सभापति भगवती बस्नेतले नेपाल पर्यटन बोर्डले २०१७ भ्रमण बर्ष मनाई रहदा बिभिन्न देशहरुबाट नेपालमा  पर्यटक भित्र्याउने उदेश्यले आफ्ना प्रतिनिधिहरु चयन गरिरहदा इजरायलका लागि यो अवसर प्रदान गरेकोमा पर्यटन बोर्ड प्रति आभार व्यक्त गर्नु भएको थीयो ।

नेपाल कला,संकृति,प्राकृतिक सुन्दरता, जलश्रोत, पर्यटन कृषिको अथाह सम्भावना भएको कुरा सबैलाई बिदितै छ, अझ पर्यटनबाट धेरै थोरै समयमा धेरै मुनाफा कमाउन सकिने क्षेत्र हो | नेपालमा एउटा बिदेशी पर्यटक भित्रिदा एयरलाइन्स,चारतारे होटललाई मात्र मुनाफा नभएर फुटपाथका ब्यबसायी देखि टुरिष्ट गाइड भरिया र गाउँ गाउँमा होम स्ट्रे खोलेर बस्नेहरु समेत लाभान्वित हुने कुरा बताउनु भयो । अहिले सम्म नेपाल सरकारले  बिदेशी पर्यटक भित्र्याउने काम मात्र गरेको छ तर नेपालमा प्रबेश गरे पछि कसरी रारा,मुगु,मुस्तांग दैलेख जस्ता बिकट तर पर्यटकीय हिसाबले मनोरम क्षेत्रमा पर्यटक पुर्याउने भन्ने मा नेपाल सरकारको ध्यान जान जरुरि छ भन्नु भयो । जस्तै दैलेखमा २४ सै घण्टा बलिरहने ज्वाला छ , मुस्तांगमा ढुगाले बनेको गुफाहरु छन् । इजिप्टमा बनेको पर्खाल हेर्न लाखौ पर्यटन पुग्छन् भने हाम्रो मुस्तांगको गुफा हेर्न किन पर्यटक पुर्याउन सकिदैन भन्ने कुरामा नेपाल सरकारले सोच्नु जरुरी रहेको कुरामा जोढ दिनुभयो । हाम्रो नेपाली कला संस्कृति नै हामी नेपालीहरुको पहिचान हो । यसलाई विश्व सामु चिनाउन आआफ्नो ठाउँबाट निरन्तर आफूले सक्ने हरदम प्रयास गरिरहनुपर्छ । सबै भन्दा ठुलो प्रचार भनेको  words to mouth हो , हामीले एक जनाले ५ जनालाई मात्र नेपालको बारेमा जानकारी दियौ भने हामी इजरायलमा भएका ५ हजारले नेपालीले ५० हजार इजरायली नेपाल भित्र्याउन सक्छौ , १० जनालाई भन्यौ भने लाखौको संख्यामा नेपाली भित्याउन मदत मिल्छ भन्नु भयो ।

उहाँले  आफ्ना भावी योजनाहरु इजरायल स्थित सम्पूर्ण संघ संस्था नेपाली राजदुतावास, मिलेर बृहत प्रदर्शनी गर्ने योजना रहेको जानकारी गराउनु भएको थीयो । इजरायलका  ट्राभल  एजेन्सीहरुमा नेपाल पर्यटन बोर्डका पम्पेल्टहरु राख्ने,पर्यटन सम्बन्धि सर्ट मुभी बनाउने बताउदै हाम्रो देशको सांस्कृतिक सम्पदालाई विश्वव्यापीकरण गर्नको हाम्रो राष्ट्र लाई चिनाउने, हाम्रो देशमा पर्यटन भित्र्याउने यो ऐतिहासिक कार्यक्रममा यसरी आ आफ्नो जातीय भेषभुषामा उपस्थित भएकोमा  सम्पूर्ण  उपस्थित महानुभावहरु सबैलाई धन्यवाद दिएर  औपचारिक कार्यकम समापन गर्नु भएको थीयो | पहिलो चरणको  कार्यक्रम संचालन सावित्रा लुइँटेल घिमिरेले गर्नु भएको थियो ।

पहिलो चरणको कार्यक्रम लगत्तै र्याली शुरु गरिएको थियो ।  र्यालीमा please visit Nepal सहित नेपालका सगरमाथा , बुद्ध,लुम्बिनी बिभिन्न पर्यटकीय क्षेत्र पहिचान हुने ब्यानर , नेपालको झण्डा फर्फराउदै , बिभिन्न  स्लोगनहरु :

Last Updated on Wednesday, 17 May 2017 15:15

Hits: 781

किराँत याक्थुङ चुम्लुङ इजरायलको चौथो बार्षिकोत्सव साथै नयाँ कार्यसमिति गठन सम्पन्न

माया घले मगर
 

Image may contain: 17 people, people standing


अप्रिल १४/२०१७ शुक्रबार , किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा चौथो बार्षिकोत्सव साथै साधारण सभा लेबेण्डा ३२ (हल)तेलअविवमा, बिगतका वर्षहरुमा जस्तै बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ  ।

किराँत याक्थुङ चुम्लुङ इजरायल  तत्कालिन अध्यक्ष श्री जीवन थक्लुङ ज्युले अध्यक्षता गर्नु भएको उक्त  कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका द्वितिय सचिव श्रीमती आस्था सुब्बा  राई  विशेष अतिथि आदीबासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्रीमति निर्मला गुरुङ  विभिन्न संघ सस्थाका अध्यक्ष, सल्लाकार, प्रतिनिधी, ज्युहरु र अनलाईन मीडियाका पत्रकार मित्रहरु लगायत इजरायल बासी दाजुभाई तथा दीदीबहीनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।किराँत याक्थुङ चुम्लुङ इजरायलका तत्कालिन अध्यक्ष, प्रमुख अतिथि र बिशेष अतिथि ज्युहरुले दीप प्रज्वलन गरि कार्यक्रमलाई औपचारिक उद्द्घाटन गर्नु भएको थियो।

आगन्तुक पाहुनाहरु लगायत उपस्थित सम्पुर्णलाई स्वागतम साथै धन्यवाद दिदै वर्तमान उपाध्यक्ष श्रीमति माया वनेम ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको समयवधिभर   किराँत याक्थुङ चुम्लुङ साथै गैरयाक्थुङ कलाकारहरुले मिश्रित रुपमा चरणबद्ध तवरले धान नाच, च्याब्रुङ नाच, लगायत बिभिन्न मनोरञ्जन साथै याक्थुङ पहिचानका गितहरु गाएर कार्यक्रमलाई अझ आकर्षक बनाउनु भएको थियो। तत्कालिन महासचिव गिता तुम्बाहाङ्फे ज्युले कियाचु इजरायलको वर्ष भरिको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो। कियाचु इजरायलका वर्तमान अर्थसचिव श्री आईन्द्र योङया ज्युले आर्थिक प्रतिवेदन प्रष्ट संगले प्रस्तुत गर्नु भएको थियो ।शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि श्रीमति आस्था सुब्बा राई र बिषेश अतिथि श्रीमति निर्मला गुरुङ ज्युले कियाचु इजरायलले याक्थुङ पहिचानका निमित्त गर्ने गरेको प्रयासहरुका अलावा पनि यो संस्थाले नेपाल र नेपालीहरुका लागि आफ्नो क्षेत्रबाट थोरै भए पनि गरिरहेका सामाजिक सेवा प्रति प्रसंसा गर्नु भएको थियो।

चौथो बार्षिकोत्सबलाई समापन गर्ने क्रममा कियाचु इजरायलका तत्कालिन अध्यक्ष श्री जीवन थक्लुङ ज्युले वहाँको कार्यकालमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो।र इजरायलमा कियाचु इजरायलको महत्वको बारेमा चर्चा गर्नुका साथै नयाँ कार्यसमितिलाई स्वागत गर्दै सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिनु भएको थियो।केही समय अवधि लागी चलेको साधारण सभामा निर्वाचन समितिका संयोजक एवं संस्थापक अध्यक्ष श्री प्रताप मादेन लगायतका सदस्यहरुले,उपस्थित जनसमुदायहरुसंग प्रयाप्त छलफल र परामर्स गरि राय सल्लाह बमोजिम बहुमतले निर्विरोध नयाँ कार्यसमिति छनौट गरेका नामावलीहरुलाई पुर्व अध्यक्ष श्री नयन इम्सङले रोष्टमबाट औपचारिक घोषणा गर्नु भएको थियो।


उपस्थित जनसमुदायहरुले अनुमोदन गरे संगै नव निर्वाचित कार्यसमितिले बैधानिक्ता प्राप्त गरेको ठहर गर्दै घोसण भएका कार्यसमितिले पद तथा गोपनियताको सफथग्रहण लिएको थियो। इजरायलका निवर्तमान महासचिव श्रीमती गिता तुम्बाहाङ्फे र निवर्तमान सचिव श्री कुमार आङदेम्बे अबि ज्युले कार्यक्रमलाई कुसलता पुर्बक संचालन गर्नु भएको साथै उक्त कार्यक्रममा  उपस्थित सम्पूर्ण महानुभावहरुमा मा आयोजक  संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले धन्यवाद  प्रकट गरेको छ !

Last Updated on Monday, 17 April 2017 15:43

Hits: 765

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६