A+ A A-

अस्ट्रेलियामा सामाजिक अगुवा बिमला नेपालद्धारा बच्चामाथि दुर्व्यबहार

 जिलोङ नेप्लिज एसोशियसनकी उपाध्यक्ष/ सचिब बिमला नेपालले जिलोङको बारवनहेडको स्कूलमा पढ्ने बर्ष ११ को म्याक्स लामालाई अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सब मानिने पाको फेस्टामा सहभागी भएर अगाडि लहरमा बस्न जान लाग्दा ५-६ पटकसम्म कठालो र हातमा समात्दै पछाडि पठाउने गरेको जानकारीमा आएको छ ।

यस्ले म्याक्सको व्यबहारमा केही परिवर्तन आएको कुरा उन्को स्कूल र अभिभावकद्धारा जानकारी गराइएको छ । अभिभावकको अनुसार जिलोङमा नेपाली समुदाय बढ्दो रुपमा भए तापनि तामाङ् समुदायको एक्लो प्रतिनिधि भएकोले अल्पसंख्यक जाती भएको कारण पहिलादेखि नै हेप्ने गरेको अनुभब गरिराखेका थिए ।

यसरी समुदायमा एक्लो भए तापनि अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सबमा आफ्नो समुदायको प्रतिनिधित्व गर्ने अभिप्रायले प्रयास गरिरहेका थिए, तर यसरी प्रयास गरिरहेको बेलामा संस्थाको जिम्मेवार ब्यक्तिद्धारा नाबालकमाथि दुर्व्यबहार गरियो ।

अस्ट्रेलियाको नियमानुसार यसरी बच्चालाई दुर्व्यबहार गर्नु र जातिबादका आधारमा भेदभाव गर्नु दुबै अत्यन्तै ठुलो अपराधको रुपमा लिने गरिन्छ । जिलोङ नेप्लिज एसोशियसनको कार्य समितिका सदस्य प्रमोद पटेललाई पाको फेस्टामा सेफ्टी वार्डेनको जिम्मेवारी दिएको थियो । तर जिम्मेवारी प्राप्त गरेका पटेलले समेत परेडस्थलमा घटित यो घटनाबारे जानकारी गराएनन । यस्ले परेडमा सहभागीहरुलाई केही भएको खण्डमा सुरक्षाको प्रश्नमा सम्बन्धित समुदायको आयोजक जिम्मेवार ठहरिन्छ ।

अस्ट्रेलिया जस्तो देशमा जनसाधारणको सुरक्षाको प्रश्नलाई अत्यन्तै महत्व दिने गरिन्छ र अत्यन्तै संबेदनशील बिषय मानिन्छ । र जिलोङ समुदायका बीच पठाइएको इमेलमा समेत सेफ्टी वार्डेनको जिम्मा लिएका पटेलले समेत कुनै प्रतिकृया दिएनन भने अध्यक्षले समेत समयमा नै समस्या समाधान गर्ने किसिमले प्रयास गरेको पाइएन ।

नोट: थप जानकारी आबस्यक परेमा (+६१)०४०२५१५६२९ जोन योन्जन, सल्लाहकार जिलोङ नेप्लिज एसोशियसन

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर