A+ A A-

मगर संघ इजरायलले महिला पुरुष दुबै टिम खेलमा प्रथम स्थान हासिल गरर्यो

माया घले मगर 

एनआरएन इजरायलले आयोजना गरेको महिला पुरुष भलिबल खेलमा नेपाल मगर संघ इजरायलले महिला पुरुष दुबै टिम मा प्रथम स्थान हासिल गर्न सफल भएका छन । शुक्रबार साझ ४ बजे देखि सुरु भएको सो प्रतियोगितामापुरुष तर्फ भलिबलमा मगर संघ इजरायलले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने द्वितीय र तृतीय स्थान क्रमशः इजरायलमा रहेका सर्वसाधारण नेपालीहरुविचबाट छानिएर वनाइएको टिम मिलिजुलीले द्वितिय स्थान हात पार्न सफल भएको थियो ।

त्यसै गरि महिला तर्फ भलिबलमा पनि नेपाल मगर संघ इजरायलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । कायापलट एफसी, झापाली समाज इजरायल, केवाईसी, एनआरएनए एनसिसी इजरायल, मगर समाज इजरायल, शेर्पा संघ इजरायल गरी ५ वटा टोलीको सहभागिता रहेको फुटवल खेलमा उपविजेती झापाली समाज इजरायलमा स्ट्राइकर सुन्दर नेपालले सार्वाधिक ५ गोल गरेका थिए त्यस्तै झापाली समाजका मिलन शिवाकोटी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए भने कायापलट एफसीका आशिष दाहाल वेस्ट प्लेयर चयन भए ।

फुटबल खेलमा पहिलो स्थान गर्ने कायापलट एफसीलाई २००० सेकेल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता झापाली समाज इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।यसैगरी भलिवल पुरुषतर्फ प्रथम स्थान हांसिल गर्ने मगर संघ इजरायलले १५०० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला भलिबलतर्फ पनि प्रथम स्थान हासिल गर्ने मगर संघ इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।मगर संघ इजरायलका खेलाडी बिजय पुनमगरलाई म्यान अफ द म्याच घोषणा गरि सम्मान गरिएको गरिए । साथै, बिजयीहरुलाई नेपाली राजदुतावास इजरायलका कार्यबाहक महामहिम राजदुत रामेश्वर पौडेल र एनआरएन इजरायलका अध्यक्ष दिपक वली द्दारा नगद, मेडल, ट्रफी र प्रमाण पत्र बितरण गरेका थिए ।

एनआरएन इजरायलका कोषाध्यक्ष एबं मगर संघ इजरायलका संरक्षक श्री तारा काउछा मगरले जानकारी गराएका थिए । अन्तमा एनआरएन इजरायलका अध्यक्ष दिपक ओलीले आगामी नयाँ बर्षमा एनआरएनए आइसिसीका अध्यक्ष शेष घले, बरिष्ठ उपाध्यक्ष कुमार पन्त र उपाध्यक्ष ववन भट्टलाई ल्याइ कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६