A+ A A-

कोरियाबाट राष्ट्रिय आविस्कार केन्द्र र एकिकृत सिर्जनशील समाज नेपाललाई सहयोग !

मगर संचार

काठमाडौ, असोज १६ - डा. महाविर पुन मगरले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्र र जुनु पुन मगरले सञ्चालन गरेको एकिकृत सिर्जनशील समाज नेपाललाई जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियाले रु.१,००,०००/–रु( एक लाख) आर्थिक सहयोग प्रदान गरेको छ ।

राष्ट्रिय आविस्कार केन्द्र, पुन मगरले नेपालीहरुबाट नै आर्थिक संकलन गरि स्थापना गर्न खोजेको नेपालको ज्यादै महत्वपुर्ण र महत्वकांक्षी योजना हो भने एकिकृत सिर्जनशील समाज नेपाल द्धन्द पिडित बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको संस्था हो ।



जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियामा शुभद्रा पालुङ्गवा लिम्बुको संयोजकत्वमा संकलन गरिएको उक्त रकम हिजो असोज १५ गते यी दुई संस्थालाई हस्तान्तरण गरिएको हो । सन् २००९ मा कोरिया पुग्नु भएकी पालुङ्गवा लिम्बु जेजु मल्टी कल्चर फेमिली सेन्टर, जेजु मानव संसाधन बिकास बोर्डमा नेपाली भाषा अनुवादक र काउन्सिलिङ्गको काम गर्दै जेजु इमिग्रेसनमा नेपालीको प्रतिनिधित्व गर्नुहुन्छ ।

नेपाल र नेपालीको हितमा काम गर्ने उद्देश्य राखि स्थापित जेजु नेपाल कम्युनिटीका संस्थापक तथा सञ्चालिका शुभद्राको भाई सुरेन्द्र पालुङ्गवा मार्फत यी दुई संस्थालाई रु.५०,०००/–(रु.पचास हजार) को दरमा मगर्स क्रियशनरमगर मिडियाको समन्वयमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कोरियामा स्थापित उक्त संस्थाले हाल सम्म धेरै ठाउँमा सहयोग गरेको छ । गत साल भुकम्प पिडित स्कुल सिन्धुपाल्चोकमा पनि सहयोग गरेको थियो भने संस्थाले कोरियाको जेजुमा बस्ने नेपालीहरुको हितमा पनि विभिन्न काम गर्दै आएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६