A+ A A-

इनासको मेलबर्नमा भिक्टोरिया राज्य समिति गठन

प्रभा श्रेष्ठ

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को इनास भिक्टोरिया राज्य समितिको गठन गरेको छ । इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो ।

भेलाले २०१९-२०२१ का लागि सर्बसम्मंत रुपमा गठित समितिमा गौतम लामिछाने (अध्यक्ष), पार्बती पहारी (उपाध्यक्ष), बिराज थापा (उपाध्यक्ष), उज्ज्वल अधिकारी (सचिव), अनु पाण्डे (कोषाध्यक्ष) र मनोज पौडेल (प्रबक्ता) चयन गरिएको छ भने सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन । ओसेनिया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहनु भएको उक्त कमिटीको अब बस्ने पहिलो बैठकले आबस्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी कमिटीका अध्यक्ष गौतम लामिछानेले बताउनु भएको थियो ।

उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई  इनासका ओसेनिया को-ओर्डीनेटर सुशील चालिसेले शपथ ग्रहण गराउनु भएको थियो । चालिसेद्धारा सम्पूर्ण कार्य समितिका पधाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना सहित प्रमाणपत्र वितरण गर्दै बिधिबत रुपमा ईनास भिक्टोरियाको कार्यभारको जिम्मेवारी सुम्पिएको थियो ।

बिश्वभर छरिएर रहेका नेपाली कलाकर्मी तथा साहित्यकर्मी र नेपाली कला, साहित्य र संस्कृतिलाई माया गर्ने गैर नेपाली कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई संस्थागत रूपमा एकत्रित गरी नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने (International Nepalese Artist Society, INAS) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको मुख्य उदेश्यलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता कार्यसमिति पदाधिकारीहरुबाट व्यक्त भएका थिए ।

उक्त भेलालाइ भिडियो मेसेजबाट इनास अष्ट्रेलियाका नेसनल प्रेसिडेन्ट बिकास शर्मा पोख्रेल तथा इनास ग्लोबल कमिटीका सिनियर उपाध्यक्ष राम चन्द्र थापाबाट स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।

नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने उद्धेस्यका साथ वरिष्ठ कलाकारद्धय नीर शाह र मीरा राणा ग्लोबल संरक्षकत्वमा कृयाशिल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ७३ भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाइराखेकोमा डिसेम्बर ८ मा मेलबर्नमा भएको भेला मार्फत २०१९-२०२१ का लागि सर्बसम्मंत रुपमा चयन भएकोमा ईनास भिक्टोरिया कार्य समितिका संपूर्ण पदाधिकारीहरुलाई इनास ग्लोबल सल्लाहकारको हैसियतमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले हार्दिक बधाई ज्ञापन गर्दै उल्लेख्य उपलब्धीका साथ आफ्नो कार्यकाल सम्पन्न होस भन्ने शुभकामना ब्यक्त गरेका छन । 

Last Updated on Wednesday, 11 December 2019 11:23

Hits: 6

अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न

प्रभा श्रेष्ठ

सन् २००९ देखि अस्ट्रेलियाको ब्रिसबनमा हरेक दुई वर्षमा आयोजना गरिने अस्ट्रेलियाव्यापी नेपाली नृत्य सम्पन्न भएको छ । जस्मा एकल, जोडी र समूहगत नृत्य गरिएका थिए । पाँचौं पटक गरिएको नृत्य प्रतियोगितामा विभिन्न राज्यहरूबाट ६२ जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायक नेपालबाट आएकी सुविना श्रेष्ठ थिइन् ।

नेप्लिज एसोसिएसन अफ क्युन्सल्यान्ड (एनएक्यू) र एनआरएनए अस्ट्रेलियाले गरेको प्रतियोगितामा एकलतर्फको उपाधि सुमन गुरुङले हात पारे भने जेनी गुरुङ दोस्रो र सुनीता लामा तेस्रो भइन् । यसैगरी जोडी नृत्यतर्फ वर्षा पुन र सुमन गुरुङ पहिलो, किरण थापा मगर र कामना पौडेल दोस्रो र प्रकृति पाण्डे र समीक्षा श्रेष्ठ तेस्रो भएका थिए । समूहगत नृत्यतर्फ अमित काफ्ले, अस्मिता थापा, अमित थापा, रोजिना ठकुरीले पहिलो स्थान उपाधि जितेका थिए भने सिमोन श्रीपाली, सरिना सैंजू, सुकृति आचार्य र रिभिका खरेलले दोस्रो र उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र प्रभिसा श्रेष्ठले तेस्रो स्थान हात पारेका थिए ।

दुई दिनसम्म चलेको यस प्रतियोगिताको मुख्य उद्धेस्य दोस्रो पुस्ताका बालबालिकालाई नेपाली नृत्य, गीत संगीत र कलासंस्कृति सँग नजिक गराउनु रहेको कार्यक्रम संयोजक केशव शर्माले बताए । शर्माले हरेक दुई वर्षमा आयोजना गरिने यस प्रतियोगिताले यहाँ हुर्कंदै गरेको बालबालिकालाई नेपाली कलासंस्कृतिबारे जानकारी दिने मात्र नभएर उनीहरू बीच सम्बन्ध स्थापना गर्न समेत सहयोग पुर्‍याएको बताए ।

प्रतियोगिताको विजयीलाई नगदका साथै ट्रफीसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा एकलतर्फका विजेताले ५ सय डलर, जोडी नृत्यका विजेताले ७ सय डलर र समूहगत नृत्यका विजेतालाई ९ सय डलर पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दोस्रो स्थानका प्रतियोगीलाई क्रमशः ३ सय, ४ सय र ५ सय डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।

अष्ट्रेलिया न्युजिल्याण्डस्तरिय नेपाली लोक नृत्य प्रतियोगिताको समुहगत विधामा ब्रिजवेन प्रथम भएको थियो । दुइ दिनसम्म चलेको प्रतियोगितामा विभिन्न राज्यका १० टोलीलाई पछि पार्दै व्रिजवेनको डि नाइनटिन समुहले प्रथम स्थान हासिल गरेको हो । अमृत काफ्ले, अश्मिता थापा, अमित थापा र रोजिना ठकुरी सहभागी यो समुहले झ्याउरे नृत्य प्रस्तुत गरेका थिए ।

समुहगत विधामा सिड्नी दोस्रो हुन सफल भएको छ । नेपलिज अष्ट्रेलियन एशोसियसन एनएएको तर्फ न्यु साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै यो समुहले कौरा नृत्यु प्रस्तुत गरेका थिए । समुहमा सिमोन श्रीपाली, सरिना सैंजु, शुकृति आचार्या र रिभिका खरेल सहभागी थिए ।

त्यस्तै समुहगत विधाको तेस्रो स्थान भने मेलवर्न हासिल गरेको छ । भिक्टोरिया राज्यको प्रतिनिधी द एभरेष्ट क्रुले तेस्रो स्थान हासिल गरेको हो । यो समुहमा उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र परिभाषा श्रेष्ठले नृत्य गरेका थिए ।

त्यस्तै, जोडी लोक नृत्यतर्फ मेलवर्नका वर्षा पुन र सुमन गुरुङ प्रथम, व्रिजवेनका किरण थापा र कामना पौडेल दोस्रो र तेस्रो स्थान पनि व्रिजवेनकै प्रकृति पाण्डे र समिक्षा श्रेष्ठले जितेका छन् ।एकल नृत्यतर्फ मेलवर्न कै सुमन गुरुङ प्रथम भएका छन् भने दोस्रो स्थान पनि मेलवर्नकै जेनी गुरुङ सुरक्षित गरेकी छिन् । तेस्रो स्थानमा पर्थकी सुनिता तामाङ विजयी भएकी छिन् ।

प्रतियोगिताका लागि १० समुह, ९ जोडी र १७ वटा एकल नृत्य छनोटमा परेको थियो । जसमध्ये न्युजिल्याण्डबाट दुइ समुह थिए । अष्ट्रेलियाको तास्मानिया बाहेक सबै राज्यबाट कम्तिमा एउटा समुह छनोटमा परेका थिए ।

सुशिल चालिसे, सविना कुँवर र अनिशा ढुंगानाद्धारा सन्चालन गरिएको उक्त कार्यक्रममा क्विन्सल्याण्डका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत जोय टूना, पूर्व सिनेटर श्रीमती क्लेयर मूरे लगायत नगरपालिका एबं बिभिन्न संस्थाहरुको प्रतिनिधिहरुको प्रतिनिधित्व थियो ।

लुम्बिनी कपिलवस्तु विश्व अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठले शुभकामना सन्देश मार्फत हाम्रो पहिचानको माध्यम भनेकै हाम्रा कला, संस्कृति र भाषा नै भएकाले बिशेष गरी प्रवासमा यस्को प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिए मात्रै दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्ने भन्दै अभियानकोतर्फबाट हुन गइरहेको नृत्य प्रतियोगिताको लागि सफलताको कामना पठाएका थिए ।

Last Updated on Monday, 07 October 2019 11:30

Hits: 96

छोरीको जन्मदिन मनाउने खर्च, माझी बस्तीलाई सहयोग

सनु घिमिरे

अस्ट्रेलिया-

अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्प पस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदायको ५३ परिवारका नीजि आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५४ घरको एकीकृत बस्ती बनाउने कार्यमा सो समुदायकी एउटी बुहारीको रुपमा जुट्दै नेपाली समाजमा प्रेरणाको श्रोत नै बन्न पुगेकी चर्चित नायिका स्वेता खड्का मार्फत सो बस्ती निर्माणमा सानै भने पनि योगदान दिने अभिप्रायले यो अभियानको उद्धेस्य प्राप्ती कार्यमा योगदान दिन प्रदान गर्ने निर्णय गरेका थिए ।

रेग्मी दम्पतीले गरेको निर्णय अनुरुप आज काठमाण्डौंको लाजिम्पाटस्थित होटल मनास्लूमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठले नायिका स्वेता खड्कालाई आठ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । श्रेष्ठ मेलबर्नबाट काठमाण्डौं आउने क्रममा बैंकक ट्रान्जिटमा रहेको बेलामा क्यानबेराबाट भास्कर रेग्मीले फोन मार्फत आफ्नो उक्त निर्णयबारे जानकारी गराएकाले आज सो कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो ।

माझी बस्तीमा चिटिक्क परेका ५३ घर बनेका छन् ।

आबस्यक भवनहरुको निर्माण कार्य सम्पन्न भए तापनि बस्तीलाई सुबिधा सम्पन्न बनाउन आबस्यक पूर्बाधार संरचनाहरु सडक, बिजुली, खानेपानी, सेफ्टी ट्यांकी, पार्क आदि निर्माण कार्य सम्पन्न गर्ने कार्य बाँकी रहेको र यस्को लागि करीब दुई करोड आबस्यक पर्नेछ । बाँकी यो कार्यमा हातेमालो गर्न इच्छुक ब्यक्तिहरुलाई चर्चित नायिकाले आह्वान गरेकी छिन् ।

माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष पनि रहेको छ ।

रकम हस्तान्तरण गर्दै श्रेष्ठले दुबै पक्षलाई हार्दिक बधाई ज्ञापन गर्दै यस किसिमको निर्णय गरेर सहयोग गर्ने क्रममा सहयोग गरिने रकम सानो ठुलोभन्दा पनि यस किसिमको भावना महत्वपूर्ण हुने र यस किसिमको भावनाले अरुहरुलाई पनि यस्तै गर्न उत्प्रेरित गर्ने भएकोले यस किसिमको भावना शहिद जस्तै प्रेरणादायी हुने बताए ।

 

Last Updated on Tuesday, 16 April 2019 11:04

Hits: 201

ब्रिसबेनमा अस्ट्रेलियाब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदै

प्रभा श्रेष्ठ

नेप्लिज एसोसिएसन अफ क्विन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ अस्ट्रेलियाको संयोजनमा यही सेप्टेम्बर २८ र २९ तारिख ब्रिसबेनमा "हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्द्धन, सम्बर्द्धन अनि सम्मान" नारा सहित अस्ट्रेलियाब्यापी नेप्लिज नृत्य प्रतियोगिता २०१९ हुँदैछ ।न्यूजिल्याण्डको समेत सहभागिता रहने यो कार्यक्रममा अस्ट्रेलियाको ताज्मानिया बाहेक सबै राज्यबाट सहभागिता रहनेछ र प्रतियोगितामा नेपालका बिभिन्न जातजाती, भेषभुषा, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुनेछन् ।

टाइटल स्पोन्सर Expert Education & Visa Services रहेको यो प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परी प्रतिस्पर्धाका लागि तयारी मा छन् । आ-आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफुले प्रस्तुत गर्ने नृत्य र यससंग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्ने छ । दुइ चरणमा हुने यो प्रतियोगितामा उत्कृस्टताको आधारमा प्रत्येक समुहबाट पाँच नृत्य दोश्रो चरणमा जानेछन ।

एकल नृत्यमा प्रथमलाई ८००, द्धितियलाई ५०० तथा तृतियलाई ३००, युगल नृत्यमा प्रथमलाई १२००, द्धितियलाई ७०० तथा तृतियलाई ४०० र समूहतर्फ प्रथमलाई १६००, द्धितियलाई ९०० तथा तृतियलाई ५०० डलर नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रतियोगितामा चर्चित कोरियोग्राफर, कथ्थक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहनु हुनेछ  सन् २००९ देखि ब्रिसबेनमा शुरु भएको उक्त प्रतियोगिताको पाँचौ शृंखलाको रुपमा संचालन हुन गइहेको यो प्रतियोगिता प्रत्येक दुइ बर्षमा आयोजना गर्ने गरिएको छ ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको  योजक कमिटिका संयोजक डा. केशब शर्माले जानकारी गराउनु हुदै यस कार्यक्रमको मुख्य उद्धेस्य अस्ट्रेलिया र न्यूजिल्याण्डका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालप्रतिको माया जगाउनु र नेपालीकला, संस्कृति, भाषा, साहित्य, जातजाति, भेषभुषा, नेपाली लोक गीत संगीत लगायत बिबिध बिषयहरुको जानकारी गराउनु पनि रहेको बताउनु भयो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शुभ  कामना सन्देश मार्फत"हाम्रो पहिचानको माध्यम भनेकै हाम्रा कला, संस्कृति र भाषा नै भएकाले बिशेष गरी प्रवासमा यस्को प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिए मात्रै दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्ने भएकोले यो कार्यक्रमको बहुआयामिक महत्व छ ।"भन्दै अभियानको तर्फबाट नृत्य प्रतियोगिताको सफलताको लागि हार्दिक शुभेच्छा ब्यक्त गर्नु भएको छ ।

Last Updated on Monday, 16 September 2019 04:05

Hits: 111

जनमुक्ति मन्च अष्ट्रेलियाको अन्तरकृया कार्यक्रम सम्पन्न

राज्यसत्ता


सिड्नी, माघ २१ - अष्ट्रेलियाको सिड्नी स्थित टेम्पे पार्कमा राष्ट्रिय जनमुक्ति पार्टीको बिदेश साखा "जनमुक्ति मञ्च अष्ट्रेलिया" ले एक कार्यक्रमको अायोजना गरि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले पार्टीको २७ अौ स्थापना दिवशको अवसर पारेर अन्तरकृया गरेको हो । मञ्चले अायोजना गरेको विशेष कार्यक्रममा नेपाल देखि घुम्न अाउनु भएका पार्टीका संघीय परिषद सदस्य हुम बहादुर पचभैया थापा मगर विशेष अतिथि हुनुहुन्थ्यो ।

मञ्चका सचिब चित्र तुम्बाहाम्फे लिम्बुको सन्चालन र पार्टीका अध्यक्ष चिराग प्रधानले सभापतित्व ग्रहण गर्नु भएको थियो । अतिथिहरूमा अादिबासी जनजाति मञ्च अष्ट्रेलियाका बर्तमान, अध्यक्ष अरूण तामाङ, निबर्तमान अध्यक्ष एबं संघीय समाजबादी फोरम अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, राई या योख्खा अष्ट्रेलियाका अध्यक्ष सन्तोश राई, मगर समाज अष्ट्रेलियाका अध्यक्ष नवीन राना मगर, तमु समाजका लिल गुरूङ अष्ट्रेलियामा कार्यरत बरिष्ठ ईन्जिनियर परभास राई, घनेन्द्र राज पियाक लिम्बू लगाएतका विशिष्ट ब्याक्तित्व हुनुहुन्थ्यो ।

सबै अतिथिहरूले राष्ट्रिय जनमुक्ति पार्टीलाई सफल्ताको शुभकामना दिनु भएको थियो । पार्टीका संघीय परिषद सदस्य तथा विशेष अतिथि थापा मगरले पार्टीको बिगत देखि बर्तमान सम्मको ईतिहास र स्थापना दिवश, पार्टीले उठाएको मुद्धा संघीयता, गणतन्त्र, धर्मनिर्पक्ष, समानुपातिकले अैले सबै मुलधारका पार्टीहरूलाई जनमुक्ति लाईनमा ल्याउन सफल भएको खुसी ब्यक्त गर्दै स्वयम् जनमुक्ति भने सत्तामा भने पुग्न नसकेकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो ।

अादिबासी जनजाति मञ्च अष्ट्रेलियामा अाबद्ध जातिय संघ सस्थाका प्रतिनिधिहरूले राख्नु भएको जिज्ञासामा थापा मगरले पहिँचानजन्य पार्टीहरूको एकताको बारेमा पार्टीले अहम भूमिका खेलि रहेको समेत जानकारी दिनु भयो । पार्टी २७ बर्ष पुग्दा पनि सत्ताको नजिक किन नपुगेको भन्ने परस्नमा थापाले हालैमा सम्पन्न जर्मनको नेश्नल पार्टीले ६० बर्षमा पहिलो चोटि चुनाव जितेर चान्सेलर मार्केलको सरकारमा सामेल भएको उदाहरण दिदै हामी २७ बर्षमै हरेस खानु पर्ने अबस्था नरहेको बताउनु भयो । थापा मगर अाफ्नो अष्ट्रेलियाको भ्रमण सकेर सोमबार स्वदेश फर्कदै छन र जनमुक्ति मञ्च अष्ट्रेलियाले यात्रा शफल्ताको शुभकामना समेत दिएको थियो ।

Last Updated on Monday, 12 March 2018 14:17

Hits: 457

Error: No articles to display