A+ A A-

तमु (गुरुङ) समाज, कतारले "खी" ल्होसारलाई भब्य मनाउने तैयारी

कृष्ण सारू मगर

दोहा-कतार, २८ नोभेम्बर तमु गुरूङ्ग समुदायको नयाँ वर्ष "च्यह ल्हो" लाई बिदाई गरी "खि ल्हो" महान पर्वलाई यहि आउँदो २९ डिसेम्बर २०१७ शुक्रबारका दिन ग्रैण्डमल नजिकै रहेको सनैया स्थित अल डल्ला Image may contain: 2 people, people smilingड्राङ्भिङ्ग एकेडमीको सभाहलमा तमु ल्होसार भब्य मनाउने भएको छ ।

अतिथि कलाकारहरु (कौडा, सालैजो, चुट्का) चर्चित राष्ट्रिय लोक गायक गगन गुरुङ्ग, नेपाली तथा गुरुङ्ग चलचित्रकी नायिका रजनी तमू, "(तमु चलचित्र नायिका समेत रहेकी बहुचर्चित टेलिश्रृखला "मेरी बास्सै) " की हाँस्यकलाकार (मङ्गली) लाई तमु साँस्कृतिक विभागका कलाकारहरुले साथ दिने छन् ।

तमु (गुरूङ्ग) समाज कतारले विगतमा वर्षमा भन्दा यस वर्ष अझ बृहत् किसिमले यस "खि" ल्होसार कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन तमू संस्कृति झल्काउने विभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा विविध थप रोचक मनोरञ्जनका लागि नेपालबाट चर्चित राष्ट्रिय कलाकारलाई निमन्त्रणा गरिएको समाजका महासचिव समेत रहेका प्रचार प्रसार संयोजक खुसीमान गुरुङ्गले हामीलाई बताए ।

भनिएको छ " तमू ल्होसारै आशिमलाँ "
" तमू ल्होसारको शुभकामना "
समृद्धि र एकरुपताको सुत्रधार बनोस् "ल्होसार"
सारा तमूले गर्वसाथ हाम्रो महान पर्व भनोस् "ल्होसार" भन्दै, आपसी भेटघाट तथा शुभकामना आदान-प्रदान गरि मनाउन आयोजना गरिएको "खी" ल्होसार तथा स्यो कैं कार्यक्रम २०१७" मा यहाँहरु सम्पूर्ण कतारवासी महानुभावहरुमा पोष्टरमा उल्लेखित निम्न तपशील मिति र स्थानमा गरिमामय उपस्थितिको लागि आयोजक तमु (गुरूङ्ग) समाज परिवारले सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।

 

Last Updated on Wednesday, 29 November 2017 02:42

Hits: 1002

युएईको 'चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम' २०१७ मा तारा प्रकास लिम्बु, निशा पोमू र यासेली योङ्हाङको जोडदार प्रस्तुति रहने भएको छ

-सरोज पङ्हाङ्गो

किरात याक्थुङ चुम्लुङ, युएई (चुम्लुङ, युएई) द्वारा आयोजित 'चासोक तङ्नाम ३७९६, सांस्कृतिक कार्यक्रम २०१७' मा म्युजिक अवार्ड बिजेता पार्श्व गायक तारा प्रकास लिम्बु, पहिलो मिस लिम्बू प्रतियोगिताको 'मिस ट्यालेन्ट' उपाधि बिजेता नायिका तथा मोडेल निशा पोमू र ख्याती प्राप्त लिम्बू कलाकार यासेली योङ्हाङको मुख्य प्रस्तुति रहने भएको छ | युएईका  स्थानीय कलाकारहरु गायिका अमृता लक्सम, रनु जबेगू, पारस लामा, नन्दु राई, रोश्नी लिम्बू लगायत युएईमा ख्याती प्राप्त कलाकारहरुको जोडदार प्रस्तुतिका साथमा लिम्बू, राई लगायत विभिन्न समुदायको मौलिक सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिने यो कार्यक्रम १५ - डिसेम्बर - २०१७, शुक्रबारको दिन बुर्जमान मेट्रो स्टेसन गेट नम्बर -४, नजिकको होलिडे ईन होटलको कार्यक्रम हलमा दिनको ४ बजेबाट हुने कुरा चुम्लुङ, युएईका अध्यक्ष मनिष नाल्बो ज्यूले स्पस्ट पार्नु भएको थियो |

युएईको विभिन्न शहरमा नेपाली कलाकर्मीहरुको सहभागितामा कार्यक्रम प्रस्तुत गर्दै नेपालीहरु बीच स्थापित भै सकेको नेपालीहरुकै लगानीमा संचालित इभेन्ट कम्पनी 'Everest Media LLC' द्वारा प्रस्तुत 'चासोक तङ्नाम ३७९६, सांस्कृतिक कार्यक्रम २०१७' कार्यक्रम र कार्यक्रमको लागि नेपालबाट आउने कलाकारहरुको लागि दुबई सरकारबाट लिनु पर्ने अनुमति पक्रिया पुरा भई सकेको स्पस्ट पार्दै यस महिनाको अन्त्यसम्ममा बजारमा टिकट समेत आई सक्ने भएता पनि बजार ब्यबस्थापनलाई सहज बनाउन २४ - नोभेम्बर - २०१७ शुक्रबारको दिनबाट दर्शकहरु माझ डमी (डमी टिकटलाई कार्यक्रम हल भित्र प्रवेश हुनु अगाबै कार्यक्रमको टिकटसंग साटिने छ) | टिकट वितरण पक्रिया  सुरु गरिएको छ |

किरात याक्थुङ चुम्लुङ युएईद्वारा औपचारिक रुपमा २००५ बाट हरेक बर्ष चासोक तङ्नामको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको भएता पनि यस पटकको कार्यक्रम बिशेष र बृहत रुपमा गर्न लागिएकोले यसको तयारीमा पनि बृहत रुपमै जुट्नु परेको जानकारी दिदै कार्यक्रम संयोजक समितिले युएईमा रहेका समस्त नेपालीहरुलाई कार्यक्रममा सहभागी भै कार्यक्रमलाई सफल, सार्थक र भब्य बनाउन सहयोग गरिदिनु हुन सम्पूर्ण सामाजिक संस्था र नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुमा हार्दिक अपिल समेत गरेको छ |

कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाको आब्हानमा नेपाल आदिबासी जनजाति महासंग, युएईमा आबद्ध जनजाति संस्थाहरुको साथमा ताप्लेजुङ सेवा समाज, युएईको बिसेष सहयोग रहेको छ भने प्रचार प्रसारको लागि मिडिया पार्टनर युएईबाट संचालित अनलाईन मिडियाहरु मोफसल अनलाईन खबर, प्रबासी अनलाईन खबर, जयल अनलाईन खबर,  नेपालबाट संचालित नयाँ अनलाईन डट कम र युएईका पत्रकार पृथीछक बुढा मगर, रमेश 'कासी' खड्का, भवानी माङमूको बिसेष सहयोग रहेको आयोजक संस्थाले जानकारी  दिएको थियो |  


 
 

 

 

 

Last Updated on Monday, 27 November 2017 04:39

Hits: 928

बहराईनमा पहिलोपटक लाइभ फ्युजन रक ब्याण्ड र दोहोरि धमाका एउटै मञ्चमा हुँदै

कृष्ण सारू मगर
Image may contain: 3 people, people playing musical instruments and text

मानमा/बहराईन, नोभेम्बर १२ - विगतका वर्षमा झै यसवर्ष पनि मध्ये पुर्वीय राष्ट्र बहराईनको राष्ट्रिय दिवसको अवसरमा नेपाली क्लबले आगामी १५ डिसेम्बर २०१७ सुक्रबारका दिन राष्ट्रियता र नेपाली समुदायको मौलिक पहिचान संगै नेपाली कला, संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनलाई जिवन्त राख्नको लागि बहराईनको राजधानी मानमा स्थित (गोल्ड सिटिको ठिक अगाडी) डेलमन इन्टरनेशनल होटेलमा "नेपाली सांगीतिक साँझ - २०१७ '' को आयोजना गर्न लागेको हो ।

चर्चित रक ब्याण्डका एड्रिन प्रधान एण्ड फ्रेन्ड्स (1974AD), राष्ट्रिय लोक तथा दोहोरी गायक संजय गुरूङ्ग, आधुनिक तथा लोक दोहोरि गायिका रिता के. सी.लाई ख्यातिप्राप्त स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले साथ दिने छन् । क्लबको नियामित मासिक पाँचौं बैठकले पारित निर्णय अनुसार माथि उल्लेखित निम्न चर्चित राष्ट्रिय कलाकारहरुलाई नेपालबाट आमन्त्रण गरिएको क्लबका अध्यक्ष कमल श्रेष्ठले हामीलाई बताए ।
Image may contain: 2 people, people smiling, text

बहराईनमा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक विभिन्न कृयाशील सामाजिक संघ, संस्थाहरु, कलाकारहरू विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धुहरू, उधोग-व्यावसायी लगायत बहराईनलाई कर्मथलो बनाउँदै रहनु भएका सम्पूर्ण गीत संगीत प्रेमी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाली क्लब बहराइनले आयोजना गरेको "नेपाली सांगीतिक साँझ - २०१७ " कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सफल गराउन सम्वन्धित सबैमा उपस्थितिको लागि आयोजक समिति परिवारले हार्दिक अनुरोध गरेको छ ।

नोट: थप जानकारीको लागि निम्न तपशील सम्पर्क गर्न हुन ! ३३४२१६६०, ३६८७९९५५, ६६३००१२७, ३६८१७५५७, ६६३४७७८८, ६६३३२०८२

Last Updated on Tuesday, 14 November 2017 11:19

Hits: 1250

कतारमा नुवाकोट सेवा समाजको पाँचौं साधारणसभा भब्य सम्पन्न

कृष्ण सारू मगर

दोहा-कतार, नोभेम्बर १८ - सेवा नै धर्म हो " भन्ने लक्षका २००६ मा स्थापित नुवाकोट सेवा समाजले सनैया स्थित ग्रिन रेष्टुरेन्टको सभाहलमा पाँचौं साधारणसभा भब्य सम्पन्न गरेको छ ।

सफलता पूर्वक दुई कार्यकाल सम्म नेतृत्व सम्हालेका हरिकृष्ण रिमालले आफ्नो कार्य समिति पुर्णरूपमा विघटन भएको घोषणा पश्चात् सर्वसम्मतिले पारित भई निर्वाचित भएका २१ सदस्यीय पदाधिकारीहरूको नामावली अनिल तामाङ्गले सार्वजनिक गरेको हो ।

नवनिर्वाचित पदाधिकारीहरूको नामावली क्रमशः
अध्यक्षमा हरिराम खड्कालाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् । प्रथम उपाध्यमा विष्णु भण्डारी, द्धितिय उपाध्यक्षमा गोमा खड्का, र तृतीय उपाध्यक्षमा बच्चुराम प्याकुरेल रहेका छन् ।

यसैगरी महासचिवमा देपेन्द्र घले तामाङ्ग, सचिवमा लक्ष्मण लामिछाने र सह-सचिवमा कुसुम लोप्चन तामाङ्ग रहेकी छन् ।
कोषाध्यक्षमा नन्दराम सुवेदी र बालकृष्ण गिरीलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।

सदस्यहरू क्रमशः
अजित कुमार थापा मगर, दिपक थापा मगर, कान्छामान तामाङ्ग, दिनेश मिश्र, मान बहादुर तामाङ्ग, दिपक खड्का, सन्दिप तामाङ्ग, सुदर्शन अधिकारी, नविन बस्नेत, पुरूषोतम गिरी, डा घले तामाङ्ग, हरीराम रिमाललाई सर्वसम्मतिबाट समाजको सदस्यमा मनोनीत भएका हुन् ।

गृह जिल्ला तथा विभिन्न समाजिक कार्यलाई तिब्र गतिमा निकै उधारणीय कार्य गरेको समाजको प्रगति विवरणलाई समाजका का.बा महासचिव नन्दराम सुवेदीले प्रस्तुत गरे । कोषाध्यक्ष दिपु ढकाललाई अस्वस्थ भई प्राविधिक समस्याको कारणले गर्दा सुवेदीले नै आर्थिक प्रतिवेदनको विवरणलाई सार्वजनिक गरी समाजका नवनियुक्त अध्यक्ष हरिकृष्ण रिमाललाई बुझाएको हो ।

नुवाकोटको ऐतिहासिक, धार्मिक साँस्कृतिक तथा पर्यटकीय संग गाँसिएका परापूर्वकाल देखि वर्तमानको विविध विषयमा पुरूषोतम गिरीले प्रस्टाएका थिए ।

स्वदेशी मातृभूमि पहिलो र प्रदेश दोस्रो घर रहेको बताएका सल्लाहकार देवेन्द्र घले तामाङ्गले भने, दोहा-कतारलाई कर्मथलोका रूपमा बस्दै आउनु भएका नुवाकोटवासी दाजु-भाई तथा दिदी-बहिनीहरूलाई विशुद्ध समाजको छाता भित्र एकिकृत हुन आग्रहसमेत गरेका तामाङ्गले भने, घर बलियो भए समाज बलियो हुने बताएका उनले सबै जुटेर समाजको आर्थिक, समाजिक संगठनिक अझ बलियो बनाउन आग्रह समेत गरेका छन् ।

गएको १२ र २९ वैशाख २०७१मा घटेको अकल्पनीय घटना महाविनासकारी प्राकृतिक प्रकोप भुकम्प तथा पटकपटक आएको पराकम्पनबाट जिर्ण अवस्थामा रहेको नुवाकोट स्थित गृह जिल्लाको मुख्य ऐतिहासिक धरोहर सात तले दरवारलाई संरक्षण-संवर्द्धन गर्न राज्यलाई पहल गर्न जोड दिनु पर्न धारणा राख्दै राष्ट्रिय लोक तथा दोहोरी गायिका नानू घले तामाङ्ग लगायत विभिन्न कलाकारहरूको साँगितिक प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।पाँचौ साधारणसभालाई थप आकर्षण दिलाउन बैगुनी प्रति लक्षित गर्दै लम्जुङ्ग सेवा समाजका सिताराम थापाले "तर के गर्नु खै" शिर्षक गजल समेत प्रस्तुत गरेका थिए ।

दोहामा कृयाशील विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु, बुद्धिजीवी तथा समाजसेवी, विशिष्ट ब्याक्तित्वहरूलाई कुसुम लोप्चन तामाङ्ग, गोमा खड्का, प्रतीक्षा लोप्चन तामाङले अतिथि सत्कार गरेकी हुन् ।

समाजलाई विभिन्न कोणबाट तन, मन, वचन र कर्मले साथ सह्योग पुर्‍याउने विभिन्न ब्याक्तित्वहरूलाई कदर-पत्र, प्रशंसा-पत्र र सम्मान-पत्र प्रमुख अतिथि, विशेष अतिथिहरूको सह्योगमा सभापतिले सामुहिक रूपमा समाजले क्रमशः प्रदान गरिएको थियो ।

कास्की आदर्श सेवा समाजका अध्यक्ष मनकुमार राना मगरले नुवाकोट समाजले गरेका स्रहानिय कार्यको खुलेरै प्रशंसा गरेका उनले जिल्ला संस्थाको प्रतिनिधित्व गर्दै, शुभकामना दिए ।
Image may contain: 43 people, people smiling, people sitting

पाँचौ साधारणसभालाई सम्बोधन गर्दै, प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव नितेश सापकोटा, विशेष अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष सुदर्शन भट्ट, नेपाली जनसम्पर्क समितिका महामन्त्री मो. अजिज अली लगायतका विभिन्न अतिथिहरू वक्ताहरूले आ-आफ्नो धारणा राख्दै सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई अग्रिम शुभकामना तथा बधाई दिएका थिए । यसैगरी साउदी अरबको जेल जीवन पाएका आरोपित रामचन्द्र तिमिल्सिनालाई मृत्युको मुखबाट छुटकारा दिलाउन संसारका नेपालीको एकताले नै सफलता पाएको काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नन्द प्रसाद ढुङ्गानाले एकता नै बलको उधारण दिए ।

कुटनैतिक नियोग नेपाली दुतावासका द्धितिय सचिव नितेस सापकोटाको प्रमुख आतिथ्यतामा पाँचौ साधारणसभा भब्य सम्पन्न भएको कार्यक्रमलाई समाजकी द्धितिय उपाध्यक्ष गोमा खड्काको स्वागत तथा बिकास लामा तामाङ्ग रअनिल तामाङ्गको संयुक्त संचालनमा संपन्न भएको पाँचौ साधारणसभाको सभापतित्व समाजका अध्यक्ष हरिकृष्ण रिमालले गरेका थिए ।

Last Updated on Sunday, 19 November 2017 13:26

Hits: 800

धनकुटा समाजले आगलागी पिडित जिमिका परिवारलाई दिए राहत

कृष्ण सारू मगर
Image may contain: 5 people, people smiling, people standing, outdoor and nature

दोहा-कतार, नोभेम्बर  ११ - धनकुटा प्रवासी सेवा समाज कतारले गृह जिल्लामा भएको आगजनीबाट पिडित परिवारलाई तत्कालको समस्या समाधानका लागि महालक्ष्मी न.पा. वार्ड नं-४ की महिला सदस्य ईन्द्र कुमारी सारु मगरको नाउँमा समाजका कोषाध्यक्ष प्रेम बहादुर जिमीले ६ नोभेम्बर २०१७का दिन अल जजिरा एक्सचेञ्ज बाट पठाएका हुन् । सो रकम साविक चानुवा गाविस वार्ड- नं-८ हाल महालक्ष्मी न.पा बस्ने आगलागीबाट पिडित तेज बहादुर जिमीका परिवारलाई आर्थिक सह्योग गरेको हो ।

महालक्ष्मी नगरपालिका वार्ड नं-४ की महिला सदस्य ईन्द्र कुमारी सारु मगरले धनकुटा प्रवासी सेवा समाजले प्रवासमा रहेर पनि आफ्नो देश, जिल्ला र गाउँको विकास तथा आपत बिपतमा सह्योग निकै प्रशंसनीय तथा उधारणीय कार्यको प्रसंशा गरेकी उनले आगामी दिनहरूमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग समन्वय सहकार्य गरी समाजिक सद्भाव भातृत्व एकता गर्दै समाजको अझ उत्तरोत्तर प्रगतिको कामना गरेकि उनले थप्दै भनेकी छिन् यो चिसो मौसमलाई छिचोल्न निकै कठिन दिन काटेका ती आगलागीबाट पिडित जिमीका परिवारलाई कतारमा स्थापित धनकुटा समाजले गरेको पुण्य कार्यको खुलेरै प्रशंसा गरे ।

जि.प्र.का धनकुटाको ई.प्र.का.चानुवाका प्रहरी चौकीका प्रमुख जुलुम कुमार चौधरीको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धान रिपोर्टिङ पत्र सं.नं- २०७४/०७५ चलानी नं-१५ तथा महालक्ष्मी नगरपालिका चानुवाका वडाध्यक्ष यज्ञ बहादुर चापागाईको सिफारिस पत्र सं-२०७४/०७५ चलानी नं- १८६ को सिफारिस अनुसार समाजले संस्थाको कोष तथा इच्छुक व्यक्तिहरुको सह्योगमा उक्त रकम संकलन गर्न सफल भएको हो । समाजका महासचिव रबिन मगरले हामीलाई  जानकारी दिए ।
No automatic alt text available.

"धनकुटा प्रवासी सेवा समाजको चाहना, शुद्द सामाजिक भावना" भन्ने मूल नाराका साथ दोहा-कतारमा २००४मा स्थापित भएको समाजका अध्यक्ष ललित लिम्बूले हामीलाई बताए ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–४ चानुवा स्थित जिमीगाउँमा गत १४ कार्तिक २०७४का दिन राति करिब १० बजेको समयमा आगलागीबाट स्थानीय तेजबहादुर जिमीको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

Last Updated on Sunday, 12 November 2017 09:06

Hits: 721

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६