A+ A A-

कतारमा १२ औं अध्यक्षमा रोका मगरलाई निर्विरोध चयन

कृष्ण सारू मगर
Image may contain: 2 people, text
दोहा-कतार ०८ जुलाई नेपाल मगर संघ शाखा कतारले "अधिकार सम्पन्न एकिकृत मगराँत स्वायत्त प्रदेश स्थापानाको लागि हाम्रो अभियान !
मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा १२ औं महाधिवेशन !!” भन्ने मुल नाराका साथ “१२औं महाधिवेशन तथा १७औं वार्षिकोत्सवलाई दोहा स्थित गल्फ होराइजन होटलमा गएको ३० जुन शुक्रबारका दिन संघका अध्यक्ष महेन्द्र थापा मगर तथा र नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भब्य सम्पन्न गरेको छ ।

कार्यक्रममा २०१७/०१८ का मगर बाँङ्ग (राजा) रेशम आले मगरलाई विशेष आतिथि ग्रहण गराएको समारोहमा नेपाल प्रवासी आदिवासी-जनजाति महासंघमा आवद्ध मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, धार्मिक, साँस्कृतिक, साहित्यिक, वैचारिक संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाली महिला समाज लगायत विशिष्ट अतिथि गण, विभिन्न मिडियामा कार्यरत पत्रकारवंधु र विभिन्न समाजसेवी व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शुभकामना मन्तब्यको क्रममा अधिकाँस वक्ताहरुले मगर संघ कतारले विगत देखि गर्दै आईरहेका श्रहानिय कामहरुको प्रशंसा गरेका थिए । कार्यक्रमको बिच-बिचमा आदिमकाल देखि नेपाली भुमिमा रैथाने रहेका मगर समुदायहरूको मौलिकता झल्काउने विभिन्न साँस्कृतिक गीत तथा नृत्य प्रस्तुति देखाउँदै कलाकारहरूले अधिवेशनको सुनमा सौगन्ध थपिएको थियो ।
Image may contain: 2 people, people standing and indoor

१२ औं अधिवेशनले निवर्तमान प्रथम उपा-अध्यक्ष शेर बहादुर रोका मगरलाई सर्वसम्मतिले निर्बिरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष शेर बहादुर रोका मगर (रुपन्देही) को अध्यक्षतामा २७ जना कार्यसमिति पदाधिकारहरुलाई र्निबिरोध निर्वाचित भएको घोषणा गर्दै । अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष—अभिमत पुन मगर (रोल्पा), द्वितीय उपाध्यक्ष —केशव घर्ती मगर (रुपन्देही), महिला उपाध्यक्ष — ईश्वरा थापा मगर (उदयपुर), महासचिव— बिजय कुमार मगर (झापा), कोषाध्यक्ष — केशव राना मगर (धनकुटा), सचिव—टोप बहादुर सारु मगर (नवलपरासी), संगठन सचिव — बिवेक पुलामी मगर (काठमाण्डौं), बिभागिय संयोजकहरु — भुपेन्द्र रिखाम मगर (कला तथा सांस्कृतिक विभाग) (उदयपुर), मन कुमार रोकिम (भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान) (तनहुँ), सह—कोषाध्यक्ष — हिम बहादुर थापा मगर (रुपन्देही) र अन्य सदस्यहरुमा खगी पुन मगर (बाग्लुङ), लक्ष्मी घर्ती मगर (बाग्लुङ), भक्त बहादुर राना मगर (उदयपुर), शुक्र बहादुर पुलामी मगर (मोरङ), होम श्रीस मगर (बाग्लुङ), सोम थापा मगर (तनहुँ), लोक बहादुर सिंजाली मगर (सिन्धुली), मिन बहादुर थापा मगर (तनहुँ), हरी दर्लामी मगर (तनहुँ), पदम थापा मगर (पाल्पा), प्रकाश रोका मगर (रोल्पा), प्रकाश पुन मगर (कास्की), रेशम रोका मगर (अर्घाखाँची), गायत्री पुन मगर (रुपन्देही), जनक कुमारी थापा मगर ‘जानु’ (गोरखा)र एक जना रितm गरी २७ जनाको कार्यसमितिका नामावली देव बहादुर राना मगरको संयोजकत्वमा बनेको निर्वाचन समितिले सार्वजनिक गरेको हो ।

उक्त १२ औं अधिवेशनबाट निर्वाचित नवनियुक्त पदाधिकारी सदस्यहरूलाई क्रमशः बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान पनि गरिएको थियो । संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको स्वागत तथा महासचि विजय कुमार मगरको संचालनमा सम्पन्न भएको थियो ।

Last Updated on Sunday, 09 July 2017 03:57

Hits: 1027

कतारमा एकलाख राशीको पुरस्कार तमु प्ये ल्हु संघको कब्जामा

कृष्ण सारू मगर


दोहा-कतार, जुन २९ - मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमाजान तथा ईद अल फितरको शुभ अवसरमा तमु प्ये ल्हु संघले "सद्भाव र समाजिक भावना ! खेलकुद विकासको अग्रसरता हाम्रो चाहाना !!" भन्ने उद्धेश्यका साथ आयोजित अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता २०१७" को ठुलो धन राशीको पुरस्कार उपाधि नेरू- १,०५०००/- अक्षरूपि (एकलाख पाँच हजार) तमु प्ये ल्हु संघले हात पारेको छ ।

पुर्वाञ्चल भलिबल समुहलाई सोझो सेटमा पाखा लगाएको रूकुम समुहले तृतीयमै चित्त बुझायो । भने उपबिजेता बनेको पाल्पाली सेवा समाजले आयोजक तमु प्ये ल्हु संघलाई २५-१६ एक सेट ल्याएको थियो । प्रतिस्पर्धात्मक उत्रिएका खेलाडीले त्यसको बिरूद्धमा दोस्रो सेटमा २५-१६ तथा तेस्रो सेटमा २५-२१ तमु प्ये ल्हुले दुईसेट जितेर प्रथम स्थान हात पार्न सफल भएको हो ।
लगातार तीन दिन सम्म चलेको खेललाई विभिन्न ३२ टिमलाई अन्तराष्ट्रिय खेलकुद ऐन फिफाको नियमलाई पालना गराउँदै टि.टी. सिष्टमको प्रणालीमा रेफ्री सुर्य थापा मगर, दिपेन्द्र राना मगर, निल गुरुङ्ग, पुर्ण गुरुङ्ग, आर्जुन जिटि र मुख्य रेफ्रिको भुमिका पाएका नेपाल राष्ट्रिय भलिबल बाट मान्यता प्राप्त मोहन बहादुर गुरूङ्ग समुहको नेतृत्वमा रहेको रेफ्रीले अनुसासित ढंग बाट कार्यनयन गराउँदै, उक्त खेललाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरेका हुन् । आयोजकले दर्ता भएका विभिन्न ३२ टिमको (महत्त्वपूर्ण जिम्मेवारी) संयोजकको भुमिका लालकाजी तमु गुरूङ्गले पाएका थिए ।

खेलकुद कार्यक्रमलाई प्रमुख अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष प्रविन गुरूङ्गले उद्धघाटन गरेका थिए ।
उक्त खुल्ला भलिबल प्रतियोगिता खेलकुद कार्यक्रमलाई प्रतक्ष वा अप्रत्यक्ष सह्योगी विभिन्न संघ, संस्था तथा आदरणीय शुभेच्छुक सबैमा विशेष आभार प्रकट गर्दै बिजेता टिमलाई बधाई तथा शुभकामना दिँदै, संघका संरक्षक, जुद्धजंग तमु गुरूङ्ग, अध्यक्ष लिलकुमार तमु गुरूङ्ग तथा खेलकुद संयोजकको सह्योगमा संघले पुरस्कार राशीको चेक हस्तान्तरण गर्दै, कप, मेडल तथा प्रमाणपत्र क्रमशः प्रदान गरेका हुन् ।

जेष्ठ नागरिक खिम बहादुर तमु गुरूङ्ग बाट शुभ आशिर्वाद सहित टीका ग्रहण गर्दै प्रथम पुरस्कार नेरू-१,०५०००/- अक्षरूपि (एकलाख पाँच हजार) आयोजक तमु प्ये ल्हु संघले सुरक्षित गर्न सफल भयो । भने, द्धितिय पुरस्कार नेरू- ७०,०००/ अक्षरूपि (सत्तरी हजार) पाल्पाली सेवा समाजले प्राप्त गर्‍यो । यसै गरी तृतीय पुरस्कार नेरू- ३५,०००/- अक्षरूपि (पैतिस हजार) रूकुम समुहले हासिल गरेका छन् ।

श्रोतका अनुसार बेष्ट प्लेयर तथा अनुशासनमा प्रदिप बि.क.ले हात पारेका छन् । बेष्ट स्पाइकरमा राम क्षेत्रीले पाए । बेष्ट लिफ्टर अमीत गुरुङ्गले पाए । बेष्ट क्विकर बिबेक गुरुङ्ग तमु प्ये ल्हु संघका खेलाडी हुन् । यसै गरी बेष्ट डिफेन्स तिलु थापा मगर, बेष्ट ब्लकर पशुपती राना मगर र बम थापा मगरले म्यान अफ दि म्याचको उपाधि प्राप्त गर्न सफल भएका खेलाडी पाल्पाली सेवा समाजका हुन् ।

भने अर्का म्यान अफ दी म्याचको उपाधी पाउने खेलाडी रूकुम समाजका थिए । आयोजकले माथि नारामा उल्लेख बमोजिमको प्रथम, द्धितिय र तृतीय स्थान सम्म पुग्ने प्रत्येक टिमका एक-एक जना खेलाडीलाई प्रोत्साहित गर्ने हेतुले म्यान अफ दी म्याचको उपाधि प्रदान गर्दै यो प्रावधान राखेको हो । सचिव चन्द्र तमु गुरूङ्गले भने, औधोगिक क्षेत्र अन्तरगत पर्ने सन‌ैयाको स्ट्रिट नं- ५४ लेफ्ट साईड Qatar Racing Club नजिकै रहेेको स्थानमा सम्पन्न खेलकुद कार्यक्रमको पुरस्कार वितरण कार्यक्रमलाई संघमा सचिव चन्द्र तमु गुरूङ्गले संचालन गरेका थिए ।

Last Updated on Sunday, 09 July 2017 04:00

Hits: 871

पाल्पाली सेवा समाज कतारले प्रमुख सल्लाहकार दुवाडीलाई गरे विदाई

कृष्ण सारू मगर

दोहा-कतार, १९ जुन- गृह जिल्ला पाल्पाको पवित्र धार्मिक स्थल तथा पौराणिक तत्वले प्रख्यात वस्तु, प्राकृतिक सौन्दर्य एवं ऐतिहासिकता संग जोडिएको विभिन्न पर्यटकीय स्थलको संरक्षण-प्रवर्द्धन गर्न कर्तब्यनिष्ट समाजसेवीका रूपमा परिचित रहेका दुवाडीले जाति, पार्टी भन्दा समाज विशुद्ध हुनु पर्छ भन्ने मान्यतालाई आत्मासाथ गरेकै कारणले दुई कार्यकाल सम्म नेतृत्व पाएका उनि समाजका वर्तमान प्रमुख सल्लाहकार रहेका थिए ।
 
सल्लाहकार दुवाडीको विदाई सामारोह कार्यक्रममा सल्लाहकार सदस्य हेम बहादुर बगाले मगर, कोषाध्यक्ष मिन बहादुर सारु मगर, सदस्य धकेश्वर भण्डारी, पूर्व सह-कोषाध्यक्ष कृष्ण चौहान मगर, संस्थापक सदस्य गिरिराज बश्याल, रामलाल खाती, समाजको विभिन्न पदमा आसिन पदेन पदाधिकारी लगायत अन्य पाल्पाली तथा विशिष्ट ब्यक्तित्वहरूले बाक्लो उपस्थिति जनाएका थिए l
प्रमुख सल्लाहकार भुपराज दुवाडीले समाज प्रति निभाएको उत्तरदायी भूमिका र उच्च योगदानको मुल्यांकन गर्दै सहभागी सबैले पवित्र खादाले सम्मानजनक विदाई गरेका थिए । संस्थाका कोषाध्यक्ष मीन बहादुर सारू मगरले मायाको चिनो प्रदान गरे । सचिव दुर्गा अधिकारीले ढाकाको दोसल्ला ओढाएर सम्मान गरे । समाजका अध्यक्ष लिलम चिदि मगरले पाल्पालीको चिनारी ढाका टोपी तथा सम्मान पत्र प्रदान गर्दै प्रमुख सल्लाहकार भुपराज दुवाडीलाई समाजले स-सम्मान विदाई गरेको हो ।
रामपुर न.पा वार्ड नं-३ स्थाई घर भै वैदेशिक रोजगारीका शिलशिलामा कतार आएका भुपराज दुवाडीलाई दोहाको बिक्रमपुर रेस्टुरेन्टको सभा हलमा पाल्पाली सेवा समाज कतारले स-सम्मान बिदाइ गरेको समाजका सचिव दुर्गा अधिकारीले राज्ययसत्ता डटकमलाई जानकारी दिए ।
 
समाज भन्दा ठुलो ब्याक्ति कहिल्यै नहुने बताएका दुवाडीले समाजका लागि मातृभुमी नेपालमा रहेरता पनि यंहाहरुसगै संस्थागत रुपमा आत्मिय भाईचारालाई निरन्तरताको लागि कटिबद्ध रहेर सहकार्य गर्ने बताए । थप्दै भने, सबै पाल्पावासीहरूले गर्व गर्ने आफुले मलजल गरेको सस्था र सहकर्मीहरुको साथ बाट टाढा हुँदाको यो क्षणलाई सम्झेर निकै भावुक रहेका प्रमुख सल्लाहकार दुवाडीले सामाजिक सस्थामा निरन्तर भावनात्मक रुपमा सधै साथ रहने छु l
उनले भने, समाजका अध्यक्ष मगरले विदाई तथा सम्मान कार्यक्रमको समापन गर्दै आउँदा दिनहरुमा पनि उहाँले देखाएको बाटो पहिलयाउदै जाने बाचा गर्दै सम्पन्न कार्यक्रमलाई सचिव दुर्गा अधिकारीको संचालनमा संपन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लिलम्बर चिडी मगरले गरेका थिए ।

Last Updated on Tuesday, 20 June 2017 14:59

Hits: 928

कतारमा आदिवासीजनजाति गुरूङलाई भेटघाट तथा परिचयात्म कार्यक्रम गर्‍यो

कृष्ण सारू मगर

Image may contain: 16 people, people standing and indoor

दोहा-कतार, २७  - नेपाल प्रवासी आदिवासी-जनजाति महासंघ कतारले दोहा स्थित स्काई रेष्टुरेन्टमा नेकपा एमालेका संगठन विभागीय सचिव पृथ्वी सुब्भा गुरूङ्ग संग भेटघाट तथा परिचयात्मक कार्यक्रम संपन्न गरेको छ ।

प्रमुख अतिथि पृथ्वी सुब्बा गुरूङ्गलाई गराएको थियो । श्री प्रसाद शाह, दिल किरण खजुम लिम्बू, बिल गुरूङ्ग, चन्द्रशेर राई, सियाराम चौधरी, टिबी कार्की विशेष अतिथि थिए ।
महासंघमा आवद्ध नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, तमु गुरूङ्ग समाजका महासचिव खुसीमान तमु, प्रवासी तामाङ्ग सेवा समाजका अध्यक्ष तिर्थ तामाङ्ग, प्रवासी भुजेल सेवा समाजका अध्यक्ष नियम भुजेल, माझी सेवा समाजका प्र.उपाध्यक्ष भरत बहादुर माझी, धानुक सेवा समाजका अध्यक्ष राम कुमार मण्डल, किराँत याक्थुम चुम्लुङ्ग, थारू कल्याणकारी सभा च्याप्टर, सुनुवार सेवा समाज, किराँत राई यायोक्खा, तथा महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अतिथि ग्रहण गराएको समारोहमा अन्य विशिष्ट ब्याक्तित्वहरूलाई आ-आफ्नो स्थानमा आसन ग्रहण गराएको थियो ।

विभिन्न राजनैनिक दल तथा समाजिक संजालमा भाईरल बनेको पहिचान र संविधान संसोधन विषयमा नेकपा एमाले कट्टर विरोधी पार्टीको आरोप लागेको छ नी भनी सोधिएको प्रश्नमा उहाँले भन्नू भयो सात प्रदेश नै राम्रो र उपयुक्त रहेकोले आत्मनिर्णयको अधिकार हुनै नसक्ने टिप्पणीमा उल्लेख गरेका उहाँले थप्दै भने, भागाभाग परेका पूर्व पञ्चहरू सिताराम तामाङ्ग, पशुराम तामाङ्ग, तथा पूर्व आदिवासी-जनजाति महासंघका ओम गुरूङ्ग लगायत पदाधिकारीलाई अतिथि पृथ्वी सुब्बा गुरूङले आरोप लगाए ।

Image may contain: 9 people, people sitting and indoor

आदिमकाल देखी नेपाली भुमिपुत्र भई बसोबास गरेका आदिवासीहरूले राजनीतिक दलहरूलाई दोषारोपण दिने गरेको धारणा राखे ।

यद्यपि नेपाल आदिवासी-जनजाति महासंघ आफ्नै ढंगबाट संचालन भए अझै सम्म राजनैतिक पार्टीले जातीयताको राजनीति गरेको टिप्पणी तथा आरोप एक आपसमा दोषारोपण मै गतिरोधको कारणले आदिवासीजनजातिको मुद्दा ओझेल परेको हो । उनले भने ।
हामी आदिवासीजनजातिहरूको मुद्दालाई समाधान गर्न राजनैतिक विकल्प बाहेक अन्य नरहेकाले नेपाल आदिवासी-जनजाति महासंघ र आदिवासीजनजाति संयुक्त संघर्ष समिति एकजुट हुनु पर्ने भएकोले तत्कालीन आदिवासीजनजाति संयुक्त संघर्ष समिति गठन भएको स्मरण गराउँदै अन्तराष्ट्रिय मानव अधिकार कानुनी ऐन १६९ को मुद्दालाई संयुक्त संघर्ष समितिले अनुमोदन गरेको समेत दावी गरे ।

मध्ये पूर्वीय राष्ट्र कतारमा स्थापित विभिन्न १३ वटा जातीय विशुद्ध मातृ संस्थाका एक मात्रै छाता संगठन महासंघले नेकपा एमालेका केन्द्रीय नेता तथा पुर्व मन्त्री पृथ्वी सुब्बा गुरूङ्गलाई नेपाली आदिवासीजनजातिहरूका विविध विषयमा रहेको विभिन्न विवादित मुद्दालाई सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको छ ।

संघका प्रथम उपाध्यक्ष लिलम चिदी मगरको स्वागत तथा महासचिव शिव भुजेलको संचालनमा संपन्न कार्यक्रम संघका अध्यक्ष देवराज राईले सभापतित्व गरेका थिए । 

Last Updated on Tuesday, 27 June 2017 11:28

Hits: 721

कतारमा एकलाख राशीको खुल्ला भलिबल प्रतियोगिता

दिल कुमार श्रेष्ठ

दोहा-कतार, १३ जुन मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको पावन अवसर पारेर तमु प्ये ल्हु संघले कार्यरत भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
संघको संरक्षकत्वमा गठित खेलकुद बिभाग द्वारा हुने “प्रथम खुला भलिबल प्रतियोगिता(२०१७ आयोजना गर्न गईरहेको जानकारी संघकि प्रचार प्रचार विभागकी सर्दो प्याचु तमुले राज्यसत्ता डटकमलाई जानकारी दिएकी छिन् ।
बैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत भलिबल खेल प्रेमीहरु प्रतिको ध्यानलाई मध्ये नजर गरि उक्त मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगिता ईदको पहिलो दिन देखि सनैया, स्ट्रिट नम्बर ५४, लेफ्ट साईड, Qatar Racing Club नजिक बेलुकी ६ बजेदेखी हुने भएको छ ।
खेललाई सफल बनाउन कतारमा कार्यरत आदरणीय नेपाली खेलाडी, नेपाली संघ सस्थाहरु र सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको छ ।

पुरस्कारको राशी निम्नानुसार छन् ।
प्रथमलाई नेरू १०५,००० द्धितीयलाई ७०,००० तृतीय हुने टिमलाई ३५,००० क्रमसः नगद, सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
दर्ता शुल्कः कतारी रीयल ४ सय ५१ मात्र ।
खेलाडी टिमको दर्ताको लागी अन्तिम सम्पर्क मिति र समयस् ईदको पहिलो दिन बेलुकी १० बजे भित्र ।
भलिबल खेलका नियम हरुः
१, खेल नकाउटको आधारमा खेलाइने छ ।
२, खेल अन्तरराष्ट्रिय भलिबल महासंघ (FIVB)को अधिनमा रही भलिबल संघको नियमअनुसार Scoring Point system (TT) अनुसार खेलाइनेछ ।
३, खेल क्वाटर फाइनल अबधि भर Best of Threeमा खेलाइने छ भने सेमी फाइनल बाट Best of Five को आधारमा खेलाइने छ ।
४, प्रत्येक टिममा १ मेनेजर, १ कोच, १ खेलाडी डाक्टर र ९ खेलाडी सहित १२ जना खेलाडी हुनुपर्नेछ ।
५,टाइसिट गर्ने बेलामा प्रत्येक टिमको क्याप्टेन उपस्थित हुनुपर्नेछ ।
६, टिम दर्ता गरि सकेपछी दर्ता शुल्क फिर्ता हुने छैन ।
७, टाइसिट गर्नु भन्दा पहिला नै दर्ता शुल्क बुझाउनु पर्नेछ , यदि नबुझाएको खण्डमा खेलमा समाबेस गराउने छैन ।
८, खेल अबधि भर सम्पूर्ण नियम रेफ्रीमा निहित हुनेछ ।
९, सबै टिम तथा खेलाडीहरुले नियममा रही खेल्नु पर्नेछ ।
१०, खेलमा प्रमुख रेफ्रीको निर्णय नै अन्तिम हुनेछ ।
११, खेल नेपाल भलिबल संघ तथा छेत्रीय भलिबल संघबाट मान्यता प्राप्त राष्ट्रिय रेफ्रीहरु बाट संचालन हुनेछ ।
१२, खेल अबधि भर मदिरा निषेधित रहनेछ, कसैले हो हल्ला तथा झैँ झगडा गर्न सख्त मनाही छ, यदि यस्तो भेटिएको खण्डमा आयोजकले कारबाही गर्नेछ ।

१३, कुनै पनि टिम तथा खेलाडीहरु बाट खेलकुदको उच्च आदर्श एवं मर्यादा बिरुद्ध अनुशासित काम गरेमा उक्त टिम तथा खेलाडीलाई निर्णायक कमिटीले कारबाही गर्नेछ ।
१४, खेलको सेमी फाइनल अबधि बाट १ जना खेलाडीलाई Man of the Match घोषित गरिनेछ ।
१५, समर्पण वाक ओभर खेल संचालनको लागी दिईएको समय भन्दा १५ मिनेट पछी खेलाडीहरु खेल मैदान भित्र उपस्थित नभएमा नियम अनुसार अनुपस्थित टिमको समर्पण सम्झी उपस्थित टिमलाई बिजयी घोषित गरिनेछ । तपसिल मिति ईदको पहिलो दिन देखि शुरु गरिनेछ ।
नोटः कतारमा कार्यरत नेपाली नागरिकले मात्र प्रतियोगितामा भाग लिन पाउने जनाएको छ । आ आफ्नो संघ, सस्था, तथा खेलाडीहरूको समुहले खेलाडीको नामावली सहित टिमलाई निर्धारित समयमै दर्ता गर्नरगराउन हुन आयोजक समितिले जनाएको छ ।

Last Updated on Friday, 16 June 2017 15:20

Hits: 667

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६