A+ A A-

पाल्पाली समाजको पाँचौं साधारणसभा तथा सम्मान कार्यक्रम भब्य सम्पन्न

कृष्ण सारू मगर
Image may contain: 8 people, people standing and indoor

दोहा-कतार, अगष्ट ५ - मध्ये पाल्पाली सेवा समाज कतारले पाल्पाली सेवा समाजको प्रतिवद्धता, निश्वार्थ समाज सेवा आजको आवश्यकता " भन्ने मुल नाराका साथ पाँचौं साधारणसभा तथा सम्मान कार्यक्रमलाई ४ अगष्ट २०१७ सुक्रबारका दिन बिन उम्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा " गैर आवासीय नेपाली संघका अध्यक्ष विनेश तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
 
बिजय कुमार मगर, रमेश कनौने मगर सहित निर्वाचन समितिका संयोजक समाजसेवी बिल गुरूङ्गले निर्विरोध चयन भएका निम्न तपशिलका पदाधिकारीहरूलाई सार्वजनिक गर्दै, बाँकी रिक्त पदपूर्ति रहने गरी घोषणा गरेको हो ।

अध्यक्षमा ईश्वर काफ्लेलाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् । प्रथम उपाध्यक्ष महल के.सी. द्धितिय उपाध्यक्ष हेम बगाले मगर, रहेका छन् यसैगरी महासचिवमा दुर्गा अधिकारी, सचिब रामलाल खाती भए । कोषाध्यक्षमा मीन बहादुर सारु मगर, सह-कोषाध्यक्ष ढकेश्वर भण्डारीलाई जिम्मेवारी दिएको छ । सदस्यहरू क्रमशः सरोज गौडेल, धनबहादुर गाहा मगर, सन्तोस काफ्ले, रामचन्द्र पाठक, पोसराज भट्टराई, गणेश बि.क. गिरिराज बस्याल रहेका छन् ।

उक्त कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्द पाल्पाली तथा गैर पाल्पालीहरूको बाक्लो उपस्थिति रहेको पाँचौ साधारणसभा तथा सम्मान कार्यक्रमको पाल्पा स्थित कुटुम्ब एफ.एम.९७.८ मेघाहर्ज रेडियो कतारका प्रतिनिधि उत्तम भट्टराईको सह्योगमा प्रतक्ष प्रसारण गरिएको थियो ।

शुभकामना मन्तब्यको क्रममा प्रदेश १ नं.को प्रतिनिधित्व गर्दै खोटाङ्ग सेवा समाजका अध्यक्ष ललित लिम्बू, प्रदेश नं-७ को प्रतिनिधित्व गर्दै, सु.प.से.समाजका अमृत शाही, लगायत विभिन्न प्रदेशको प्रतिनिधित्व गर्दै अग्रिम शुभकामना दिएका थिए । नेपाली महिला समाजकी अध्यक्ष सुस्मिता भुसाल, नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवार समाजसेवी सियाराम चौधरी, लगायतका विभिन्न वैचारिक संगठनका वक्ताहरूले बाईसे चौविसे मगराँत राजा देखि सेन राजाको विषयमा व्याख्या विश्लेषण गर्दै पाल्पा आफैंमा पनि कला, सस्कृतिक र  सम्पदाको धनी, नेपालकै ऐतिहासिक धरोहर मानिने रानीमहल (ताजमहल) लाई पर्यटकीयका लागि प्रचुर संभावित बोकेको पाल्पाको वारेमा विभिन्न समयमा निकै चर्चा बटुल्ने गरेको भएता पनि ओझेलमा परेको विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्दै यसको संरक्षण-संवर्द्धन, प्रवर्द्धन विकासका लागि वर्तमान राज्यले विशेषगरी पहल गर्नु पर्ने औंल्याए ।

प्रमुख अतिथि विनेश तामाङ्गले अन्य संघ, संस्थाको निमन्त्रणामा पाईने स्वागत भन्दा पाल्पाली समाजको स्वागत तथा सम्मान निकै उधारणीय रहेको उल्लेख गर्दै भन्नू भयो । स्थानिय पाल्पाली ढाका उधोग बाट तैयारी ढाकाटोपी पाल्पाको पहिचान हो । यति मात्रै होईन सिङ्गो नेपाल र नेपालीको पहिचान हो। शिरको शोभा हो राष्ट्रको गौरव हो । भन्दै, प्रशंसा गरेका तामाङले पाँचौ साधारणसभाले कतारमा स्थापित संस्थापक, देखि वर्तमान नेतृत्वले जस्तैविभिन्न संघ, संस्था संगठन संग समन्वय, सहकार्य गर्दै अहम भुमिका रहने धारणा राख्दै अग्रिम शुभकामना दिए ।
Image may contain: 10 people, people smiling, people standing and indoor
सम्मानित हुनेहरूमा अनाथ तथा दृष्टिविहिन अभियानका लागि योगदान पुर्‍याउने विभिन्न संघ, संस्था, संगठन, विशिष्ट समाजसेवी, तथा बुद्धिजीवी, समाजलाई प्रतक्ष वा अप्रत्यक्ष योगदान पुर्‍याउने विभिन्न पदमा आशिन पदाधिकारी, खेलाडीहरू लगायत अन्य महानुभावहरूलाई पाँचौ साधारणसभा तथा सम्मान कार्यक्रमका सभाध्यक्ष लिलम चिदी मगर, प्रमुख अतिथि र विशेष अतिथिहरूको सह्योगमा समाजले पाल्पालीको पवित्र चिनो ढाकाटोपी तथा कदर पत्र तथा सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समाजको आर्थिक विवरणको प्रतिवेदनलाई समाजका कोषाध्यक्ष मिन बहादुर सारू मगरले सार्वजनिक गरेका थिए । संगठानिक प्रगति प्रतिवेदनलाई सचिव दुर्गा अधिकारीले प्रस्तुत गरेका हुन् ।

रामलाल खातीको स्वागत तथा सचिव दुर्गा अधिकारीको संचालनमा संपन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लिलम चिदी मगरले गरेका थिए ।

Last Updated on Sunday, 06 August 2017 11:07

Hits: 773

कतारमा पाल्पाली समाजले पाँचौं अधिवेशन गर्दै

कृष्ण सारू मगर
No automatic alt text available.

दोहा-कतार, २९ जुलाई मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा विशुद्ध समाजिक अवधारणा बोकी एकदशक अगाडि २००७ मा स्थापित पाल्पाली सेवा समाज कतारले यहि आउँदो ४ अगष्ट २०१७ सुक्रबारका दिन बिन उम्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा पाँचौं अधिवेशन तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
 
उक्त महादिवेशन तथा सम्मान कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्द ज्यूहरू पाँचौ अधिवेशन तथा सम्मान कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन पाल्पाली सेवा समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवश उक्त पाँचौं अधिवेशन तथा सम्मान कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भई दिनु हुन समाजका अध्यक्ष लिलम चिदी मगरले हामीलाई जानकारी दिए ।

श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरूले पाँचौं महादिवेशनमा उपस्थिति भईदिनु हुन समाजका महासचिव दुर्गा अधिकारीले समस्त पाल्पावासीहरूमा हार्दिक अपिल गरेको छ ।

नोट: समयको पावपन्दीलाई विशेष महत्व राखिदिनु हुन समेत आयोजक समिति परिवार अनुरोध गरेको छ ।

Last Updated on Sunday, 30 July 2017 05:33

Hits: 779

बहराईनमा २३ औं विश्व आदिबासी-जनजाति दिवस भब्य मनाउने

कृष्ण सारूमगर
No automatic alt text available.

मानमा-बहराईन,  जुलाई १९ - नेपाल आदिबासी-जनजाति महासंघ बहराइनले २३ औं विश्व आदिबासी-जनजाति दिवसको अवसरमा ‘बहुल जातीय साँस्कृतिक साँझ’ कार्यक्रमको आयोजना यहि आउँदो ११ अगस्त २०१७ का दिन अदेलिया स्थित वाङ्गसाङ्ग थाई रेष्टुरेन्टको सभाहलमा भब्य मनाउने महासंघका सुचना तथा संचार प्रमुख अमरजंग गुरूङले जानकारी दिए ।

महासंघका महासचिव थेबे लिम्बूका अनुसार मध्ये पुर्वीय राष्ट्र बहराईनले महासंघमा आवद्ध स्थापित विभिन्न ६ वटा विशुद्ध जातीय संस्थाहरु क्रमशः मगर संघ, तमु समाज, तामाङ्ग सेवा समाज, किराँत याक्थुम चुम्लुङ्ग, किराँत राई यायोक्खा र शेर्पा समाजको सहकार्यमा हुन लागेको बाहुल साँस्कृतिक साँझ कार्यक्रमको यो पहिलो प्रस्ततुतिले नेपाल र नेपालीहरुको राष्ट्रिय पहिचान र अस्तित्वलाई संरक्षण तथा प्रवर्द्धनमा प्रतक्ष टेवा पुग्ने हेतुले परम्परागत मौलिकता झल्किने विविध मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम सहित कार्यक्रम गर्ने भएको हो ।

श्रोतका अनुसार बाहुल जातीय सास्कृतिक साँझ कार्यक्रमको मुख्य उद्धेश्य नेपाली राष्ट्रिय कला तथा संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धन संगै बहराईनमा स्थापित अन्तराष्ट्रिय नेपाली कलाकार समाज र अन्तराष्ट्रिय कलाकार मंचमा आवद्ध रहेका ख्याति प्राप्त स्थानीय कालाकारहरुको सह्योगमा भब्य मनाउने संघका साँस्कृतिक संयोजक सोनम दोङ्ग तामाङले हामीलाई बताएका छन् ।

महासंघले विभिन्न समाजिक संघ, संस्था, संगठन, तथा उधोग, ब्यावसायी, समाजसेवी एवं विभिन्न मिडियामा आवद्ध स्थानीय पत्रकार बन्धु लगायत सम्पुर्णमा बहराईनबासी दाजु-भाई तथा दिदी-बहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दै आयोजक समिति परिवार सादर निमन्त्रणा समेत गरेको छ ।

Last Updated on Thursday, 20 July 2017 15:15

Hits: 856

मगर संघले १२ औं अध्यक्षलाई कार्यभार हस्तान्तरण

बिजय कुमारमगर


Image may contain: 28 people, people smiling, tree and outdoor
दोहा-कतार,  जुलाई  २५ - नेपाल मगर संघ, शाखा कतारले गत १४ जुलाई शुक्रबारका दिन संघका निवर्तमान अध्यक्ष महेन्द्र थापा मगरले १२ औं कार्यकालका अध्यक्ष शेर बहादुर रोका मगरलाई कार्यभार हस्तान्तरण गरेको छ ।

सो, कार्यक्रमा निर्तमान अध्यक्ष महेन्द्र थापा मगरले गएको ३० जुनमा संम्पन्न मगर संघ कतारको १२औं महाधिवेशन बाट निर्विरोध निर्वाचित शेर बहादुर रोका मगरलाई आर्थिक तथा संगठानिक सम्पूर्ण कार्यभारलाई संघका निवर्तमान प्रमुख सल्लाहकार भिम तरामु मगर, पुर्व सल्लाहकार मगर, जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर, खिम राना मगर पुर्व कार्यसमितिका विभिन्न विभागीय पदाधिकारीहरु, तथा सदस्यहरुको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

सोही समारोहबीच सनैया " बि " एरिया समितिका सह-कोषाध्यक्ष हेम बहादुर आले मगरलाई संघका सल्लाहकार हरी दर्लामी मगरले आलेले संघलाई दिएको उच्च योगदानको मुल्यांकन गर्दै, प्रशंसा पत्र प्रदान गरेका हुन् । अन्य पदाधिकारीहरूले क्रमश: खादा ओडाएर स-सम्मान, विदाई गरेको हो ।
Image may contain: 6 people, people smiling, people standing and outdoor

विदाई भएका आलेले आफ्नो धारणा राख्दै भनेका छन् । मध्ये पुर्वीय राष्ट्र कतारमा स्थापित विशुद्ध जातीय संगठन मगर संघमा आवद्ध भई समाजिक कार्य तथा प्राप्त विभिन्न ज्ञान, विज्ञान अन्यलाई पनि एकताबद्ध हुनका लागि सक्दो पहल गर्नुका साथै संघले दिएको मायाँको चिनो अमुल्य रहेकोले कहिल्यै नविर्सने बताए ।

उक्त कार्यक्रमको पुर्वसन्ध्या संघले स्थाई घर इटहरी ४ सुनसरीका संघका निवर्तमान कला तथा सास्कृतिक विभाग संयोजक रबि पुलामी मगरका धर्मपत्नी अनिता पुलामी मगर प्रति हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरि शोक मनाए ।

संघका महासचिव विजय कुमार मगरको संचालनमा संम्पन्न कार्यक्रमलाई निवर्तमान अध्यक्ष महेन्द्र थापा मगरले गरेका थिए ।

Last Updated on Tuesday, 25 July 2017 13:36

Hits: 631

युएईमा ससफोको दोस्रो पार्टी एकीकरण दिवस ऐतिहासिक रुपमा सम्पन्न/एमालेका दर्जनौं कार्यकर्ता फोरममा प्रवेश

तेज राई
Image may contain: 7 people, people standing and crowd

युएई, जुलाई ९ - संघीय समाजवादी फोरम, नेपालको प्रवास संगठन “नेपाली संघीय समाज युएई” ले गत ३० जुन २०१७ का दिन मलायली समाजमको हल मुसाफा आबुधाबीमा आफ्नो मूल पार्टीको एकता दिवस ऐतिहासिक रुपमा सम्पन्न गरेको छ ।

२ वर्ष अघि जून १५ को दिन तत्कालिन खस समावेशी राष्ट्रिय पार्टी,नेपाल, संघीय समाजवादी पार्टी, नेपाल र मधेशी जनाधिकार फोरम, नेपालको बिचमा एकीकरण भई नयाँ पार्टी “संघीय समाजवादी फोरम, नेपाल गठन भएको थियो । हाल उक्त पार्टी दोश्रो स्थानीय निर्वाचनको परिणाम आउंदै गर्दा नेपाल कै चौथो पार्टीको रुपमा स्थापित भई सकेकोछ ।

“दोश्रो पार्टी एकता दिवस तथा सुमधुर  सांस्कृतिक धमाका युएई – २०१७” नामाकरण गरी सम्पन्न गरिएको उक्त कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय अध्यक्ष हरी बहादुर घर्तिमगरले गर्नु भएको थियो भने प्रमुख अथितिको रुपमा भुपु मन्त्री, फोरमका वरिष्ठ नेता तथा संसदीय दलको नेता माननीय अशोक राई रहनु भएको थियो । त्यसै गरी विशिष्ट अथिति युएईको लागी नेपाली कार्यबहाक राजदुत नेत्र बहादुर टन्डन,फोरमकी केन्द्रीय सदस्य एवं प्रखर पहिचानवादी नेत्री लिला सिटौला रहनु भएको कार्यक्रममा, युएई मै रहनु हुने फोरम केन्द्रीय परिषद सदस्य डेर राज गुरुङ, अतिथि कलाकारहरुमा क्रमशः वरिष्ठ गायक तथा संगीतकार आनन्द राई, वरिष्ठ पहिचानवादी गायक राजन राई, लोकप्रिय गायक एवं गायिका विश्व नेपाली र सुजाता उपाध्याय, प्रख्यात समाजसेवी, ३६ असाहय बालबालिकाहरुको आमा भनेर चिनिनु हुने डान्सर जुनु पुनमगर, मिस नेपालका कलेज दिवा फर्स्ट रनर अप डान्सर पुजा चौधरी, नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र युएई स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

Image may contain: 23 people, people standing

समाजका महासचिव तेज राईको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य समाज, अन्तर्गतका नेपाली संघीय महिला समाज युएईका प्रमुख शुशी पुलामी मगरले गर्नु भएको थियो भने, सास्कृतिक कार्यक्रम कार्यक्रमको थालनी देशप्रेमी गित गाएर कार्यक्रम संयोजक दिपराज नियोंग हांग लिम्बुले गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेले सामाजिक, राजनैतिक र आर्थिक सवालमा सारा नेपालीलाई धोका दिएको, नश्लिल राज्यसत्ता निरंतरताको निम्ती, आम नेपाली दाजुभाई विचमा भिडन्त गराएर सत्तामा पुग्ने रणनीति अक्तियार गरेको आरोप लगाउदै, ६ दर्जन एमाले कार्यकर्ता एमालेछाडी फोरममा प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुलाई बधाई तथा पार्टी एकीकरण दिवसको शुभकामना मन्तव्य दिदै, प्रमुख अथिति राईले संघीय समाजवादी फोरम नेपालको मुद्धा  विरोधीहरुले प्रचार गरे जस्तो कुनै निश्चित जाती, वर्ण, समुदायको विरुद्ध नभएर न्याय र समानताको पक्षमा उठाईएको मुद्धा हो भन्ने बिचार व्यक्त गर्नु भएको थियो ।

बिचार ब्यक्त गर्ने र सांगीतिक धमाका मिसिएको कोक्टेल कार्यक्रम गरी सबैखाले नेपालीहरुलाई समेट्ने काम प्रशंशनिय रहेको बताउनु भएको थियो । जुन देशमा बसिन्छ त्यो देशको स्थानीय नियम कानुन अन्तर्गत रहन आग्रह गर्दै नेपालीहरुबाट कुनै गल्ति कमजोरी भएको खण्डमा अविभावकको रुपमा रहेको राजदुतावासले सच्याई दिने र सहि बाटोमा लाग्न सहयोग गर्ने आशा प्रकट गर्नु भएको थियो ।

त्यसै गरी आफ्नो विचार व्यक्त गर्दै केन्द्रीय सदस्य एवं कार्यक्रमकि विशिष्ट अतिथि सिटौलाले नेपालमा एक निश्चित जाति वर्गले मात्रै वर्षौ सम्म शासन  सत्ता कब्जा गरेर बसेको र यो देश कंगाल हुन पुगेको चर्चा गर्दै, राज्यवाट सबैलाई समान ब्यबहार हुनु पर्छ र सबै प्रति न्याय पूर्ण ब्यबहार गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न संघिय समाजवादी फोरम नेपाल पुराना पार्टीहरुले लिएको बिचारको बैकल्पिक बिचार बोकेर गठन भएको जानकारी गराउनु भएको थियो ।

स्थानीय कलाकारहरु र नेपालवाट आउनुभएका अतिथि कलाकारहरुको बेजोड सुमधुर सांगीतिक प्रस्तुतिहरु पस्कदै सम्पन्न गरिएको उक्त कार्यक्रममा आनन्द राईको युएईमा प्रत्यक्ष साङ्गितिक प्रस्तुति, विश्व नेपालीको मिठो सार्है मिठो भन्ने गित, जुनु पुनको संधै लड्यौं अरुको लागी भन्ने नृत्य र बहुप्रतिक्षित राजन राईको कान थापेर सुनी देउ बहिनि गितमा दर्शक श्रोताहरुले भरपुर मनोरन्जक लिई रहेको महशुस हुन्थ्यो ।

कार्यक्रममा जुनु पुनमगर द्धारा पालन पोषण गर्दै आईएको असाहय बालबालीकाको निम्ति संकलित लगभग ६० हजार नेपाली रुपयाँ पनि सहभागीहरुले जम्मा गरी पुनलाई हस्तान्तरण गरेका थिए ।

अन्तमा कार्यक्रमको समापन भएको घोषणा गर्दै, कार्यक्रम सभापति तथा समाजका अध्यक्ष हरि  बहादुर घर्तिमगरले युएईमा कुनैपनी राजनैतिक पार्टीको भात्रीसंस्थाले यति ठूलो कार्यक्रम गरेको यो पहिलो पटक भएको जिकिर गर्दै, कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने, सबै ब्याक्ति तथा संघ संस्थाहरुलाई धन्यबाद दिनुभएको थियो ।

Image may contain: 7 people, people on stage, people standing, suit and indoor

धन्यवादकै क्रममा अध्यक्ष घर्तिमगरले, सवै जाती, वर्ग, क्षेत्र र लिंगको पहिचान, पहुँच र प्रतिनिधित्वको निम्ति सङ्घिय समाजवादी फोरम नेपाल अग्रपंक्तिमा लडी रहेको स्पष्ट पार्दै, युएईमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई पनि आफ्नो आत्मासम्मान, स्वाभिमान र अस्तित्व रक्षाको निम्ति फोरमको प्रवास स्थित भात्रीसंस्था नेपाली संघिय समाज युएईमा आवद्ध हुन विशेष आग्रह गर्नु भएको थियो ।

 

Last Updated on Monday, 10 July 2017 03:37

Hits: 1672

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६