A+ A A-

कतारमा NRNA NCC को सातौ अधिवेशनको महासचिव पदमा गरे दर्ता नवराजले

कृष्ण सारू मगर
Image may contain: 1 person
दोहा-कतार, अगष्ट १२ - एनआरएनए कतारको अधिवेशन नजिकै गर्दा दोहामा उमेद्वारी दिनेको भिड लाग्ने गरेको छ l सातौं अधिवेशनको लागी उमेद्वारी दिने क्रमसंगै अर्घाखाँचीका तनहुँका नवराज बिकले  पनि एनआरएन कतारको महासचिव पदमा उमेद्ववारी दर्ता गरेका छन् l

गैर आवसीय नेपाली सघंको अभियानलाई निरन्तरता दिदै पार्षद सदस्यको रुपमा (२०११–२०१३) कार्यकालमा साहित्य विभागको उपप्रमुख, त्यसै गरी (२०१३–२०१५) कार्यकालमा युवा संयोजक साथै बर्तमान (२०१५–२०१७)मा गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषदको मिडिया पब्लिकेसन सेन्टर सदस्य (MPC)मेम्बरको जिम्मेवारीलाई  सफलता पुर्वक सम्हाली सकेका स्थानीय घर तनहुँका बि.कले एक दशकको अवधिमा विभिन्न सामाजिक संघ सस्थाहरुको अनुभव, ज्ञान र शीपलाई संगाल्दै तमाम श्रमिकहरुको हितमा कृयाशिल रही समस्त नेपाली समुदायको भावनालाई कदर गर्दै नेपाल र कतार बिचको द्धौत्य सम्बन्धलाई प्रगाढ बनाउदै संस्थाको हित र मुल्य मान्यतालाई आत्मसाथ गर्दै महासचिव पदमा उम्मेदवारी दिएका बि.क.ले समस्त पञ्जिकृत सदस्यहरुमा अमुल्य मत दिई विजय गराउन हार्दिक अपिल छन् ।

महासचिवमा नै उम्मेद्वारी किन ?
१, रोजगारीको शिलशिल कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधानका लागि पहल गरिनेछ ।
 
२, कतारमा स्थापित विभिन्न सामाजिक संघ सस्थाहरु संग समन्वय, सहकार्यता गर्दै रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नमा जोड दिइने छ ।
 
३, कतारमा कार्यरत श्रमिक नेपालीहरु लाई यहाँको कानुन, भाषागत ज्ञान, ट्राफिक नियम, सेफ्टि तालिम, नेत्तृत्व अभिवृद्धि तथा शीप र क्षमता विकास तालिम लगायत सम्बन्धि बस्तुगत अवस्थाको सुष्म अध्यन गरि प्रत्यक्ष रुपमा लाभान्वित बनाउन लागी जोड दिइनेछ ।
 
४, नेपाली कला संस्कृति साहित्य तथा खेलकुद जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तराष्ट्रिय स्तरमा परिचित गराउन प्रयत्न गरिने छ ।
 
५, नेपाली संस्कार, संस्कृतिको संरक्षण-सम्वर्द्धन तथा प्रवर्द्धनलाई स्थापना गर्न तिब्रता दिनुका साथै नेपालको पर्यटन क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न जोड दिइने छ ।
 
सामाजिक यात्राको क्रममा प्रवासमा नेपाली समुदायबाट हरेक दुःख सुखमा साथ र समर्थन निरन्तर रुपमा पाएका उनले विश्व सञ्जालमा फैलिएको यस गैर आवसीय नेपाली सघंको उद्धेश्य प्राप्तिका लागी एनआरएनए एनसीसी कतारको महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका बि.क.ले सम्पुर्ण गैर आवसीय नेपालीहरुको हित र प्रगतीको पक्षमा विशुद्ध समाजिक भावनाले अगाडी बढ्ने विश्वासलाई सफल बनाउन पुर्ण अपेक्षा निम्न र उद्धेश्य प्राप्तिका लागी उनले आफ्नो उम्मेदवारी दावी गर्दै प्रतिबद्धता यसरी सार्वजनिक गरेका हुन् ।

सम्पूर्ण पार्षद् सदस्यहरुसंग नजिक बाट नियाल्दै जीवनमा महत्वपुर्ण पाठ सिक्ने अवसर समेत पाएकोमा सबैमा कृतज्ञ प्रकट समेत गरेका छन् ।

Last Updated on Sunday, 13 August 2017 03:04

Hits: 788

NRNA NCC कतारको सातौं कार्यकालको सचिवमा प्रतिवद्धता सहित श्रेष्ठको दर्ता

कृष्ण सारू मगर

(दोहा-कतार, १२ अगष्ट)

Image may contain: 2 people, people smiling, text
को हुन त दिल कुमार श्रेष्ठ ?
विगत २००७ देखि श्रमिकका रूपमा प्रवेश गरेका स्थाई घर पर्वत जिल्ला साविक थापाठाना- २ भई हाल फलेवास नगरपालिका -२ बस्ने बाबा टेक ब. श्रेष्ठ तथा आमा कुश कुमारी श्रेष्ठको कोख बाट माहिला सन्तानको रूपमा जन्मेका वर्ष ३२का दिल कुमार श्रेष्ठ माहिला छोरा हुन् ।

पत्रकारिताको साथै सदैव संस्थागत सामाजिक गतिविधिहरुमा रुचि राख्नुका साथै विभिन्न संस्थामा आबद्ध रहि सचिव तथा महासचिव लगाएतका जिम्मेवारीहरु बहन गरिसकेका श्रेष्ठले कतारमा रहेका तमाम नेपालीहरूको विभिन्न दु:ख पीडा तथा समस्यालाई प्रतक्ष निगरानीमा सरोकार राख्ने उनि लामो समय देखि विभिन्न संचार क्षेत्रमा आवद्ध कुशल तथा सकृय रहेर विभिन्न अनलाइन तथा अन्तराष्ट्रिय साप्ताहिक राजधानी पत्रिकाका पत्रकार हुन् ।

मध्ये पूर्वका सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफूले गैर आवासिय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा उम्मेद्धवारी दर्ता गरेको राज्यसत्ता डटकमका कृष्ण सारू मगर संगको छोटो वार्तालापमा बताए ।

गैर आवासीय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा उम्मेदवारी दिएका दिल कुमार श्रेष्ठले अहिलेको कतारको परिवेशमा आफ्नो उमेद्ववारीको मुल एजेन्डा एवं उद्देश्यका बारेमा निम्न लिखित बुँदागत रूपमा प्रतिबद्दता ब्यक्त गर्न गरेका छन् ।

उम्मेदवारी सचिवमा किन ?
१)  एनआरएन भित्रका सम्पूर्ण गतिविधिहरुलाई कतारमा कार्यरत नेपालीहरुमा जति सक्दो छिटो ल्याउदै सबै जाती, धर्म क्षेत्र तथा लिङ्गको कतारमा रहेका गैर आवासिय नेपालीहरूको साझा उमेद्ववारका रुपमा आफुलाई उभ्याउने ।

२) कतारमा कार्यरत श्रमिकहरुको हक, हित, अधिकार एवं समस्या निराकरणको गर्न हर सम्भब प्रयास गर्ने ।

३) साझा संस्थामा रहेर आम गैर आबसिय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुने
 ४) कतारमा रहेको कुरीति, विसंगति तथा बिकृति बिरुद्द सधैं कृयासिल रहने ।

५) वर्तमान परिप्रेक्षमा नेपाल सरकारबाट लादिएको पुनः श्रम स्विकृती लिनु पर्ने जस्ता ज्वलन्त समस्याहरुकोनिराकरण लागि पहल प्रयत्न गर्ने ।

६) गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सम्पूर्ण कागजातहरुलाई सुरक्षित राख्ने ।

७) गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको साङाठनिक जिबनमा गरेका उपलब्धिहरुलाई ईतिहासको रुपमा सुरक्षित राख्ने ।

८) कतारमा रहेका पेसा कर्मी, बुद्धिजिबी र ब्यबसयीहरुसँग हातेमलो गर्दै अगाडि बडने ।

९) साझा संस्थामा रहेर सामाजिक क्षेत्रमा बटुलेका अनुभबलाई गैर आवासिय नेपालीहरुको हितको लागि उपयोग गर्ने ।

मध्यपूर्वमा कार्यरत हामी तमाम गैर आवासीयहरुका यी बुलन्द आवाजलाई उठाउनको लागि आफू पनि क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरी मैले यो उम्मेद्धवारी दर्ता गरेको छु । उनले भने ।  पार्षद सदस्यको जिम्मेबार पदमा रहेर संस्थालाई समाजिक योगदान दिनु आफ्नो मानवीय दायित्वबोध गरी सचिवको जिम्मेबारी बहन गर्ने छु । उनले भने । यस गरिमामय संस्थाको २ वर्ष कार्यकाल २०१७ –२०१९ को सचिव पदमा उम्मेदवारी दर्ता गरेको अवगत गराउँदै कतारमा रहनु हुने समस्त गैर आवासीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरू शुभेच्छुक तथा सम्वन्धित सबैमा आ-आफ्नो अमुल्य भोट दिई सह्योग गर्नु हुन हार्दिक अनुरोध समेत गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद्का अधिकांश कार्यक्रमहरुमा निरन्तर सहभागी भइरहेकोले उक्त जिम्मेवारीलाई सहजरूपमा बहन गर्न सक्छु भन्ने आत्मविश्वासका साथ सचिव पदमा दर्ता गरेको हो ।

उनले थप्दै भने, समाजिक तथा सकरात्मक सोचलाई दायित्वबोध, गरी अनुशासित एवं निष्पक्ष कार्य सम्पादन जस्ता गहन विषय संस्थागत जीवनका आधार हुन भन्ने यथार्थतालाई आत्मसाथ गर्दै भोलिका दिनहरुमा राजनैतिक, साम्प्रदायिक घेरा बाट माथि उठेर विशुद्ध सामाजिक कार्यकर्ताको रुपमा कार्य गर्ने प्रतिबद्धताका साथ संस्थाको परिषद सदस्य पदमा दर्ता गरिएको प्रतिवद्धता गरेका छन् ।

Last Updated on Sunday, 13 August 2017 02:57

Hits: 640

मगर संघले गरे कलाकार बलबिक्रमलाई विदाई

बिजय कुमार मगर

Image may contain: 9 people, people smiling, people standing
दोहा-कतार, अगष्ट १० - नेपाल मगर संघ, शाखा कतारले संघकी महिला उपाध्यक्ष इशोरा थापा मगरको सभापतित्वमा संघका आजिवन सदस्य तथा लोकदोहरी गायक बलबिक्रम थापा मगरलाई गत ६ अगस्ट आइतबारका दिन दोहाको मुन्ताजा पार्कमा विदाई कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।
 
उक्त कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर सल्लाहकार सदस्यहरु क्रमशः भिम तरामु मगर, खिम राना मगर, लिलम चिदी मगर मनर्थ सदस्य टेक रसाइली र संघका निवर्तमान सचिव रबिन मगर, कोषाध्यक्ष केशव राना मगर, लगायत संघका अन्य विभिन्न विभागीय पद्धेन पदाधिकारी सदस्यहरूको बाक्लो उपस्थिति जनाएको विदाई समारोहमा कलाकार मगरले संघलाई दिएको योगदानको उच्च मुल्यांकन गरी सभाध्यक्ष ईशोरा थापा मगरको सह्योगमा संघले कदर पत्र प्रदान गर्दै, दोसल्ला ओढाएर सम्मानित भएका हुन् ।

यसैगरी सोही समारोहमा कला तथा साँस्कृतिक बिभागका निवर्तमान सचिव रविन मगरले उनलाई मायाको चिनो प्रदान गरेका थिए । 
सहभागी सबै कलाकार तथा संघमा आवद्ध पद्धेन पदाधिकारी सदस्यहरूको सम्मान तथा पवित्र खादालाई ग्रहण गरी सफल यात्राको कामना लिँदै दोहा-कतारलाई बीटमार्दै विदाई भए राष्ट्रिय लोक तथा दोहोरी गायक बलबिक्रम थापा मगर ।

अन्त्यमा औंपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दै सभापति इशारा थापा मगरले भनिन् । कतारमा लोक तथा दोहोरी फाँटमा निकै चर्चा कमाएका गायक बलबिक्रमलाई मगर संघ शाखा कतारले एक राम्रो कुशल तथा अब्बल कलाकारलाई बिदाई गर्नु पर्दाको क्षणले निकै दुखी तुल्यायको महशुस गरेको छु । ईशोरा थापा मगर निवर्तमान कला तथा साँस्कृतिक विभागीय संयोजक हुन् ।
Image may contain: 7 people, people smiling, people standing and outdoor

निकै चर्चा कमाएका गायक बलबिक्रम थापा मगरलाई सुन्दर भविष्य तथा शुभयात्राको कामना गर्नु हुने विभिन्न वक्ताहरू प्रति सम्बोधन गर्दै गायक मगरले भने, आफू संगै हरेक मोडमा साथ पाएका मगर संंघ शाखा कतारको मायाँ, हौसला, प्रेरणा तथा प्राप्त सम्मानलाई कहिल्यै नबिर्सने बताए । उनले थप्दै भने, जननी जन्म मातृभुुुमी नेेेपाल देखि भौतिक शरिर भौगोलिक दुुुरीले कोसौ टाढा रहेता पनि आफ्नो कलाको माध्यम बाट हुन सक्ने सह्योगमा कुनै कसरत बाँकी नराख्ने समेत गायक मगरले प्रतिबद्धता जनाएका छन् ।

संघका कोषाध्यक्ष केशव राना मगरको स्वागत तथा महासचिव बिजय मगरको संचालनमा कार्यक्रम सम्पन्न गरेको थियो ।

Last Updated on Thursday, 10 August 2017 07:20

Hits: 714

कतारमा NRNA NCC ले उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक गर्‍यो

कृष्ण सारू मगर
No automatic alt text available.

दोहा-कतार, अगष्ट १२ - सातौ राष्ट्रिय महाधिवेशन बाट चयन हुने राष्ट्रिय समन्वय परिषद्को लागी दर्ता भएका उम्मेदवारहरुको प्रारम्भिक नामावलीलाई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले सार्वजनिक गरेको छ ।

स्रोतका अनुसार संघले राष्ट्रिय समन्वय परिषद कतारको सातौ राष्ट्रिय महाधिवेशन बाट चयन हुने विभिन्न पदका लागि राष्ट्रिय समन्वय परिषद्का लागी दर्ता गरिएका उम्मेदवारहरुको नामावलीलाई सातौ राष्ट्रिय महाधिवेशनका निर्वाचन समितिले निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि संघका कार्यबाहक महासचिव तेज कटुवालले सार्वजनिक गरेको हो ।

पुरा हेर्न यस लिङ्क थिच्नुहोस्:
http://nrnaqatar.org/wp-content/uploads/2017/08/Candinate-Name-list_2017.pdf

सातौ राष्ट्रिय महाधिवेशन निर्वाचन समिति
एनआरएनए एनसीसी कतार ।

Last Updated on Sunday, 13 August 2017 02:40

Hits: 679

कतारमा गैर आवासीय नेपाली संघले पंजीकृत सदस्यहरूको नामावली सार्वजनिक गर्‍यो

दिल कुमार श्रेष्ठ

No automatic alt text available.

दोहा-कतार, अगष्ट  ७ - एनआरएनए एनसीसी कतारको १७-१९ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावली प्रकाशन गर्दा सम्म २२९८ जना पंजीकृत सदस्यहरु प्रमाणित भएका छन् ।

स्रोतका अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहौल तात्दै गएको छ । गत १४ जुलाई २०१७ सम्म ३०५१ जना अनलाइन आवेदकहरुले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले २५८० जनाको नामावली छनौट भएका थिए l

विश्वव्यापी संजाल रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको पंजीकृत सदस्यता लिने सम्पूर्ण सदस्यहरुलाई एनसीसी कतारले हार्दिक आभार प्रकट गरेको छ । संघले भनेको छ आगामी दिनमा संचालन गर्ने  गतिविधिहरुमा सकारात्मक तथा रचनात्मक सहभागिता जनाउन समेत अनुरोध गरेको छ ।

कार्यवाहक महासचिव तेज कटुवालले हामीलाई दिएको जानकारी अनुसार यसपाली एनसीसी कतारले जिल्ला र प्रादेशिक रुपमा वर्गिकरण गर्ने क्रममा विविध कारण देखाउदै नवलपरासी परासी जिल्लालाई प्रदेश न. ५ मा र रुकुम जिल्लालाई प्रदेश न. ६ मा समावेश गरिएको जानकारी दिए । सोहि प्रक्रियालाई आधार मान्दै एनसीसी कतारको कार्यसमिति चयन गर्ने बताए ।

संघको आसन्न राष्ट्रिय अधिवेशनका लागी सम्पूर्ण प्रकृया पुरा गर्ने क्रममा विशेष सहयोग गर्नु हुने, राय सुझाव दिनु हुने सबै अग्रज  अभियन्ताहरुमा एनसीसी कतारले विशेष आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

विस्तृत विवरण सहित जानकारीका लागी तलको लिंकमा क्लिक गरी सुरक्षित रहेको छ ।https://qa.nrna.org/Portals/127/Final%20List_Published.pdf

Last Updated on Monday, 07 August 2017 16:04

Hits: 876

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६