A+ A A-

"संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न"

राम अस्लामी
Image may contain: 19 people, people smiling, indoor
संघीय लिम्बुवान सामाजिक मञ्च कतार र राष्ट्रिय जनमुक्ति मञ्च कतारको संयुक्तरूपमा राजनैतिक प्रशिक्षण कार्यक्रम दोहाको "The Gorkha Resturant" को सभाहलमा १५ सेप्टेम्बर शुक्रबार का दिन सम्पन्न गरिएको छ ।  
 
जातीय, भाषिक समानता मुक्तिको लागि २५० बर्ष देखि शोषित, पीडित, र दमनमा परेका जातिहरुको भुमी मुक्तिको लागि र ऐतिहासिक पृष्ठभुमिको आधारमा संघीयता सहितको नयाँ नेपाल निर्माण गर्न १०+१ प्रान्त सुनिश्चित गर्न यी दुई संगठनका प्रवास समितिले एक बृहत राजनैतिक प्रशिक्षण सम्पन्न गरेका छन् ।
 
संयुक्तरुपमा प्रशिक्षणको लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतारको संयोजकत्वमा र सह-संयोजक राष्ट्रिय जनमुक्ति मञ्च कतार रहनेगरी संयुक्त प्रशिक्षण कार्यक्रम सन्चालन गरि संघीय लिम्बुवान सामाजिक मञ्च कतारका केन्द्रिय अध्यक्ष नरेन्द्र कुमार एभेङ्को  सभापतित्वमा सम्पन्न गरिएको थियो । अतिथिहरु राष्ट्रिय जनमुक्ति मञ्च कतारका अध्यक्ष राज खम्बु खालिङ राई , संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपाध्यक्ष रेखा राई, राष्ट्रिय जनमुक्ति मञ्च कतारका सह-अध्यक्ष मन थापामगर, संघीय लिम्बुवान सामाजिक मञ्च कतारका महासचिव डम्बर लिबाङ `मिसेक´, राष्ट्रिय जनमुक्ति मञ्च कतारका उपाध्यक्ष निता तामाङ, राष्ट्रिय जनमुक्ति मञ्च कतारका महासचिव राम किरण तामाङ, संघीय लिम्बुवान सामाजिक मञ्च कतारका सल्लाहकार खड्क वनेम, राष्ट्रिय जनमुक्ति मञ्च कतारका सल्लाहकार महेन्द्र थापामगर हरुको आतिथ्यमा सम्पन्न गरिएको थियो, भने प्रशिक्षकहरु राष्ट्रिय जनमुक्ति मञ्च कतारका सहअध्यक्ष मन थापामगर र संघीय लिम्बुवान सामाजिक मञ्च कतारका महासचिव डम्बर लिबाङ `मिसेक´ ले प्रशिक्षण गराएका थिए ।
Image may contain: 5 people, people sitting
 
देश परिवर्तनको क्रममा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरि ब्यानर अनावरण संगै सलिसाम कतारका अध्यक्ष  नरेन्द्र कुमार एभेङ , र राष्ट्रिय जनमुक्ति मञ्च कतारका अध्यक्ष राज खम्बु खालिङ राई को  हातबाट दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो भने देशको सम्झानामा राष्ट्रिय गान गाएर देशलाई सम्मान गरिएको थियो ।
 
संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपाध्यक्ष रेखा राईको स्वागत मन्तव्य संगै उक्त कार्यक्रम औपचारिक रुपमा सन्चालन गरिएको थियो । शुभकामना मन्तव्य क्रमश:..जनमुक्ति मञ्च कतारका सल्लाहकार महेन्द्र थापामगर ,संघीय लिम्बुवान सामाजिक मञ्च कतारका केन्द्रिय सचिवालय सदस्य ग्यानेन्द्र लिङ्देन, राष्ट्रिय जनमुक्ति मञ्च कतारका महासचिव राम किरण तामाङ को शुभकामना मन्तव्य संगै पहिलोचरणको कार्यक्रम सम्पन्न गरिएको थियो ।
 
पहिचान र पहिचानको महत्त्व बारेमा राष्ट्रिय जनमुक्ति मञ्च कतारका सह-अध्यक्ष मन थापामगरले लगभग दुइघन्टा लामो समयसम्म प्रशिक्षण गराएका थिए भने संघीयता र सह-अस्तित्ववाद र नेपालको वर्तमान राजनीतिको बारेमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारका महासचिव डम्बर लिबाङ `मिसेक´ ले प्रशिक्षण गराएका थिए । 
 
संयुक्त प्रशिक्षण कार्यक्रममा उपस्थित भएका संघीय लिम्बुवान सामाजिक मञ्च कतार र राष्ट्रिय जनमुक्ति मञ्च कतारका सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु लगायत उपस्थित सबैलाई जनमुक्ति मञ्च कतारका अध्यक्ष राज खम्बु खालिङ राई ले सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको दिनहरुमा राष्ट्रिय जनमुक्ति मञ्च र संघीय लिम्बुवान मञ्च एकभएर , कार्यगत सहकार्य गर्दै अगाडि बढ्नुपर्ने जोड दिएका थिए  ।
 
संयुक्तरूपमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको समापन संगै प्रशिक्षण कार्यक्रमका सभापतित्व संघीय लिम्बुवान सामाजिक मञ्च कतारका अध्यक्ष नरेन्द्र कुमार एभेङको समापन संगै प्रशिक्षण कार्यक्रम सफल भएको जानकारी गराउदै आउँदा दिनहरूमा पनि यसरी नै प्रशिक्षण कार्यक्रम जनमुक्ति मञ्च कतार संग कार्यगत, सहकार्य गर्दै अगाडि बढ्ने बिश्वास दिलाएका थिए भने उक्त प्रशिक्षण कार्यक्रम संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपमहासचिव सुमन सहयात्री योङहाङले संचालन गरेका थिए ।

Last Updated on Sunday, 24 September 2017 16:26

Hits: 629

कतारमा बिचल्लित नेपालीलाई उद्धार

कृष्ण सारुमगर
Image may contain: 8 people, people standing
दोहा-कतार, सेप्टेम्बर १० -  कतारमा विचल्लित ती ७ जना नेपालीको उद्धार कार्यमा गैर आवासीय नेपाली संघका निवर्तमान युवा संयोजक लिला जिसीको समन्वयमा अलपत्र परेका आफ्ना गृह जिल्ला गुल्मी मदानेका राजेश घर्तीलाई गुल्मी सेवा समाजले उनलाई टिकट सह्योग प्रदान गर्दै स्वदेश फिर्ता गरेको समाजका सल्लाहकार सदस्य भिम तरामु मगरले गुम्बेली खबरलाई बताए ।

हामीलाई प्राप्त जानकारी अनुसार प्युठान जन्म भै हाल बुटवल उपमहानगरपालिका बेलबास घरभई कतारमा बस्दै आएका जिसीले उद्धार कार्यमा पहल थालेका थिए ।

उद्धार हुनेहरूमा क्रमशः गुल्मी मदानेका राजेश घर्ती, खोटाङ्गका जिसीको दिनेश कटुवाल, गंगा ब. कटुवाल, वीर ब. खड्का, सुर्खेतका जीत ब. बिक, भोजपुरका ईरज राई र संखुवासभाका पुष्प भारतीलाई सनिबार एयरलाइन्सको उडान बाट उद्धार गरि नेपाल फर्काएको छ । यसभन्दा पहिले २० जना नेपालीको उद्धार गरि पठाई सकेको छ ।

उनिहरूले विगत ५ महिना सम्मको तलब सेवा-सुविधा नपाएर अलपत्र परेका राप्ती प्लेसमेन्ट सर्भिस बाट विभिन्न प्रलोभनमा परेर रोजगारीका शिलशिलामा कतार आएका हुन् ।

Last Updated on Tuesday, 12 September 2017 01:58

Hits: 714

कतारमा गैर आवसीय नेपाली संघले सातौं अधिवेशन गर्‍यो सम्पन्न

कृष्ण सारू मगर

दोहा-कतार, ३ सेप्टेम्बर, गैर आवसीय नेपाली संघ एनआरएनए, कतारको अध्यक्षमा २ जना उम्मेदवारले दर्ता गरेका थिए । सम्पन्न अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल (नविन) निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रत्यासी उम्मेदवार मो.मुक्तादा मुसलमानले ७७ मतले पराजित बेहोर्नु पर्‍यो ।

दोहाको एनखालिद स्थित नेपाली राजदुतावासको प्राङ्गणमा सम्पन्न सातौं अधिवेशनको विभिन्न पदमा ७२ उम्मेदवारीले दर्ता गराएका थिए । बिहान १०:३० देखि आरम्भ भएको मतदान कार्यक्रममा कुल मतदाता संख्या २३१० रहेको थियो ।

गैर आवसीय नेपाली संघ एनआरएनए, कतारको २०१७-२०१९ को सम्पन्न अधिवेशनमा खसेेको मतलाई मध्ये राति ११:३० बजे देखी गणना सुचारू गरिएको कुल मत १७४४ मतदाताले सहभाजागिता जनाउँदै पंजिकृत सदस्यहरुले मत दिएका थिए । जस मध्ये सबैभन्दा बढी ४३९ मत प्ररदेश-५ मा खसेको थियो ।

गैर आवसीय नेपाली संघ अन्तराष्ट्रि परिषद् संघ (आइसीसी) को सदस्य पदमा ५ जनाले दर्ता गरेका थिए । कुमार कार्की र बिमल सुबेदी २ जनाले विजयी हासिल गरेका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार सम्पन्न निर्वाचनको प्रथम उपाध्यक्षमा तेज कटुवाल, द्धितिय उपाध्यक्षमा सुदर्शन भट्ट, तृतिय उपाध्यक्षमा देवकी (देविका) के. सी. गुरुङ्गले ९०२ मत पाएकी थिईन् । उनका प्रतिद्वन्द्वीका रूपमा उत्रेका केशव ढकालले ७०२ मात्रै मत प्राप्त गरेका थिए ।

अन्ततः देवकी (देविका) के. सी. गुरुङ्गले निर्वाचनको पुर्वसन्ध्या (१ दिन) अन्तिम संघारमा आएर स्वईक्षाले दिएको उम्मेदवारी फिर्ताको रित निवेदन उपर रहेता पनि वैधानिकताको आधारमा निर्वाचन समितिले ढकाललाई विजय घोषणा गरेको हो ।

महासचिवमा बुधबल गुरुङ्ग, सचिवमा रामजी खत्री र युवराज शर्मा रहेका छन् । सह-कोषाध्यक्षमा खगबहादुर खत्री (यासीन मामा) खुल्ला सदस्यमा चिरन्जिवि तिम्सीना, टंक कुमार खड्का, बिजयराज अधिकारी, बिनोद प्रसाद बसौला, रुद्र प्रसाद आचार्य र रेशम बहादुर बस्नेत, विजयी भएका छन् ।

प्रदेश नं १ का अरुण कुमार के.सी, प्रदेश नं २ का रामकुमार मण्डल, प्रदेश नं ३ का नारायण बिष्ट, प्रदेश नं ४ का आश बा. गुरुङ्ग, प्रदेश नं ५ का बुद्ध पाण्डे सातौ अधिवेेेशन बाट निर्वाचित भएका पद्धेन पदाधिकारीहरू हुन् ।

NRNA NCC Qatar को सम्पन्न निर्वाचनमा कुल मत १७४४ खसेको थियो ।

खसेको मत विवरण यसप्रकार छन् ।

प्रदेश नं एकको बुथमा ४२७ मत खसेको थियो । प्रदेश नं दुईमा १९१, प्रदेश नं तीनमा १९६ प्रदेश नं चारमा ३६८ प्रदेश नं पाँचमा ४३९ र प्रदेश नं छ र सातमा १२३ खसेको थियो ।

निर्विरोध निर्वाचित हुने पद्धेन पदाधिकारीहरूको नामावली

क्रमशः
कोषाध्यक्षमा उत्तम गुरुङ्ग, महिला संयोजकमा सरिता गुरुङ्ग,

यूवा संयोजकमा लोकमाया (माया) के.सी क्षेत्री, महिला सदस्यमा सपना पुन मगर विजयी भएकी छन् ।

यसैगरी, आदिवासीजनजातीको सदस्य तर्फ श्याम कुमार लिम्बु र रामबाबु मण्डल, मुस्लिम समुदायका सदस्यमा, शेख अब्दुल खलिक, मोहम्मद उज्जेर, दलित समुदायका सदस्यमा भिम सुनार र छबिलाल सुचिकार, तराई-मधेश समुदायका सदस्यमा वली ठाकुर र विश्वनाथ ठाकुर हजाम भएका छन् । प्रदेश नं ६ का बसन्त कुवर, र प्रदेश नं ७ का नरेस प्रसाद जैसी, निर्विरोध निर्वाचित पदाधिकारीहरू हुन् ।

लेखा समितीको संयोजक राम प्रसाद गौतम निर्वाचित भएका छन् । लेखा समितीको सदस्यमा बुद्धिप्रसाद भण्डारी र शिव प्रसाद बास्तोला निर्वाचित भएका छन् । अनुशासन तथा अनुगमन समितिको संयोजकमा नन्द प्रसाद ढुङ्गाना भए । भने, अनुशासन तथा अनुगमन समितीको सदस्यमा शिवराज भट्टराई र सीताराम थापा निर्वाचित भएका छन् । 

Last Updated on Tuesday, 03 October 2017 16:31

Hits: 782

कतारमा "नेपाल आईडल" (रियालिटी-सो )गायन प्रतिभाको फाईनल नतिजालाई सार्वजनिक गर्ने

कृष्ण सारू मगर
Image may contain: 21 people, people smiling, text

दोहा-कतार, अगष्ट १३ - अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजन AP-1 TVद्वारा प्रसारित लुकेर रहेका गायन प्रतिभालाई चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करणको "नेपाल आईडल" (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको अन्तिम फाइनल यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा तैयारी भब्य कार्यक्रमको सुचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका एसोसिएसनका महासचिव बि.एच राना मगरले राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई जानकारी दिए ।

नेपाल आईडलको फाईनल नतिजाको सार्वजनिक गर्नुका साथै, उत्कृष्ट बाह्रौं स्थानमा पर्न सफल प्रतिशप्रधि कलाकार, विभिन्न विधाका कलाकारहरू, निर्णायक मण्डल, संचारकर्मी, प्राविधिक सह्योगी सहित ७ दर्जन भन्दा अधिक टोलिलाई कतारमा ल्याउने भएका छन् ।

यसै गरि विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधी विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडा, नलिना चित्रकार उद्घोषक तथा कुशल प्रस्तोता सुशील नेपाल र उद्घोषिका रिमा विस्वकर्मालाई वन ईन्टरनेश्नल तथा एभरेष्ट युथ एसोसिएसनको निमन्त्रणामा कतार आउने भएकी हुन् ।
Image may contain: 23 people, people smiling

स्रोतका अनुसार मध्येपुर्वीय राष्ट्र दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, सस्था, संगठन तथा आवद्ध समस्त गीत संगीत पारखी श्रोता, दर्शक तथा शुभेच्छुक एवं कतारका उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, विशिष्ट ब्याक्तित्व, नेपाली कला, संस्कृतिलाई मायाँ गर्ने आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनी साथै सम्पुर्ण महानुभावहरूमा उक्त कार्यक्रमलाई भब्य , सभ्य एवं सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन सम्वन्धित सबैमा सह्योगका लागि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।

नेपाल आईडल गायन छनौट प्रतियोगिताको प्रतक्ष प्रशारण सहित फाईनल कार्यक्रमलाई औपचारिक घोषणा अनुसार अन्तिम तैयारीमा रहेको एसोसिएसनका अध्यक्ष समेत रहेका नेपाल आईडल ईभेन्ट ब्यावस्थापन मुल समितिका संयोजक समेत रहेका उत्तम गुरूङ्गले बताए ।

गुरूङ्गले भने, उक्त कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन विभिन्न समिति गठन गरेको छ । यसैगरी उप-समितिमा सह-संयोजक प्रविन गुरूङ्ग, र प्रदिप शर्मा पौडेल रहेका छन् । प्रमुख सल्लाहकारमा सागर नेपाल, र प्रकाश गुरूङ्गलाई नेपाल-कतार सेन्सर विभागको जिम्मेवारी दिईएको छ ।
Image may contain: 6 people

हामीलाई प्राप्त जानकारी अनुसार अनलाइनको माध्यम द्वारा समेत रहेकोले टिकट ब्यावस्थापनको जिम्मेवारी नवराज श्रेष्ठलाई दिईएको छ । यसै गरि एसोसिएसनका महासचिव बि.एच राना मगरले ब्यापक सुचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका छन् ।

नेपाल र नेपालीहरूको शान, मान, प्रतिष्ठा संग जोडिएको नेपाली समुदायले कतारमा हाल सम्मकै सबैभन्दा विशाल कार्यक्रम आयोजना रहेकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य रूपमा सफल बनाउन समाजिक अवधारणा बोकी मध्ये पूर्विय राष्ट्र दोहा-कतारमा स्थापित विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिलाई ओनेक्स वन ईन्टरनेश्नल र एभरेस्ट युथले संयुक्तरूपमा आयोजना गरीएको २६ अगष्टका दिन नेपाल पत्रकार महासंघ संग आवद्ध विभिन्न मिडियामा कार्यरत एक दर्जन पत्रकारको उपस्थितिमा कार्यक्रम बारे औपचारिक घोषणा गर्दै सार्वजनिक गरिएको थियो ।

Last Updated on Tuesday, 12 September 2017 00:57

Hits: 1060

प्रबासी हरु को मन जित्दै जनमुक्ति मन्च कतारको, एक दिवसीय प्रशिक्षण कार्यक्रम" सम्पन्न (फोटो फिचर सहित)

राम अस्लामी
Image may contain: 21 people, people smiling, people sitting, people standing and indoor
प्रबास ब्युरो- दोहा/कतार,  अप्रिल ११ - राष्ट्रिय जनमुक्ति पार्टीको कतार प्रबासी संगठन जनमुक्ति मंच कतारद्वारा बृहत जनसहभागितामा "पार्टीको सैद्धान्तिक पक्ष र समसामयिक राजनीतिक बिषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम" सम्पन्न भएको छ ।

मंचका अध्यक्ष राज खम्बुज्यूको सभापतित्वमा र उपाध्यक्ष टप बहादुर थापा, उपमहासचिव सन्तोष रन्जनको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मन थापा (डि.बि.)ले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा उनले पार्टीको सैद्धान्तिक पक्षको बारेमा विश्लेषण गर्दै हरेक नेपाली जनताले आफ्नो मतको महत्व बुझ्नुपर्ने र आजसम्म भ्रष्ट पार्टी अनि नेतालाई मत दिई जिताइरहदा मुलुकले आज यो दुर्दशा भोग्नुपरेको बताए तसर्थ बर्तमान अवस्थामा पनि देशलाई सुधार गर्दै लैजान र राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै भाबी सन्ततिलाई समृद्ध मुलुक प्रदान गर्न अब नेपाली जनताले राष्ट्रिय जनमुक्ति पार्टीलाई बिश्वास गर्नुपर्ने धारणा राखे ।

त्यस्तै अथितिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा हरेक जातजातिको अधिकार सम्पन्न सर्बस्वीकार्य संविधान बनाउन तत्काल सरकार संविधान संसोधनको प्रकृयामा जानुपर्ने धारणा राखे । एक नश्लिय सत्ता र एकाधिकारबादको अन्त्य नहुदासम्म मुलुकले निकास नपाउने भन्दै मुलुक १०+१ प्रदेश सहितको संघीयतामा जानुपर्ने कुरामा जोड दिदै अध्यक्ष खम्बुले कार्यक्रम समापन गरेका थिए भने संचालन सन्तु रानाले गर्नु भएको थियो ।

Last Updated on Sunday, 13 August 2017 04:05

Hits: 644

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६