A+ A A-

कतारमा तनहुँ सेवा समाजको नेतृत्वमा मगर भए निर्विरोध

कृष्ण सारू मगर

दोहा-कतार, अक्टोबर ३ - दोहाको सनैया स्थित रोटना होटलको सभाहलमा तनहुँ सेवा समाजले नेपाली राजदूतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुखआतिथ्यतामा सम्पन्न १०औं अधिवेशनको सम्पन्न गरेको छ ।

 १०औं अधिवेशनका पदाधिकारीहरू निम्न तपशील रहेका छन् ।
अध्यक्षमा केश बहादुर गुर्मछान मगरलाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् । प्रथम उपाध्यक्ष नारायण ढुङ्गाना, द्धितिय उपाध्यक्ष मिनराज वि.क. र तृतिय उपाध्यक्षमा मन कुमार श्रेष्ठ मनोनीत भएका छन् ।
महासचिवमा पदम गिरी र सचिव संगम पाण्डे भए । भने कोषाध्यक्ष गणेश क्षेत्री र सह-कोषाध्यक्षमा पदम ब.रानाभाटलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् ।
यसैगरी सदस्यहरूमा नन्दसिं थापा, बद्रि बगाले, विकाश भुजेल,मधुराम पौडेल,रूप बहादुर वि.क सुनिल नेपाली,गोविन्द प्रसाद सुवेदी चयन भएका छन् ।

गैर आवसीय नेपाली संघ आईसीसीका टि.बि,कार्की एनसीसी कतारका का.बा. अध्यक्ष सुदर्शन भट्ट, मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्र. बन्जाडे नेपाली संघिय समाजवादीका सह-अध्यक्ष हिराधन राई, रामहरी गैह्रे, राम सुयल, हुसेन खान, मोहन कार्की, रेशम पौडेल, तानविर आलम, केबी हमाल, कृष्ण बराल, ईश्वर काफ्ले, विभिन्न मिडियामा आवद्ध पत्राचार वंधु लगायत विभिन्न समाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनि बुद्धिजीवी, समाजसेवीहरूले बाक्लो उपस्थिति जनाएका थिए ।

रेशम तामाङ्गको स्वागत तथा बलराम गैह्रेको संचालनमा सम्पन्न १०औं अधिवेशनलाई सस्थाका अध्यक्ष पदम बहादुर वि.क.ले सभापतित्व गरेको समारोहमा तनहुँ जिल्लाको पृष्ठभूमि र तनहुँ सेवा समाजको बारेमा नेपाल र नेपालीहरूको स्वाभिमान र ऐतिहासिकताका बारेमा तनहुँ जिल्लाको विविध विषयमा नबराज बि.क.ले प्रष्टाएका थिए ।
Image may contain: 12 people, people standing and indoor

कतारमा स्थापित विभिन्न कृयाशील सामाजिक संघ, सस्थाहरुले समाजिक कार्यमा गरेको मानवीयताको महत्वपूर्ण भूमिका प्रति निकै खुसी र सन्तुष्ट रहेको बताउँदै प्रमुख अतिथि नरेद्र ज्ञवालीले श्रमिकहरूको हितमा दूतावास सदैव सकारात्मक रहेको बताएका प्रमुख अतिथि ज्ञवालीले थप्दै भन्नू भयो श्रमिक नेपालीहरूका समस्या पहिचान गरी समाधान गर्नमा सामाजिक संस्था बाट प्रोत्साहन मिलेको भन्दै तनहुँ सेवा समाजले गरेका हरेक कार्यहरू प्रेरणाको स्रोत भएको बताए ।

मन्तब्यको क्रममा विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्दै अझ उत्तरोत्तर प्रगतिको कामना सहित नवनिर्वाचित पदाधिकारीहरूलाई अग्रिम शुभकामना दिएका थिए । समाजलाई विभिन्न कोणबाट सह्योग पुर्‍याउने सबैलाई संघका अध्यक्ष पदम बहादुर बि.क. प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा समाजले सम्मान पत्र प्रदान गरेको हो ।

अधिवेशनलाई भब्य, सभ्य सम्पन्न गराउन मितेरी साँस्कृतिक फिल्मका अध्यक्ष रित कुमार श्रेष्ठ, राजेश तिमल्सिना, युवराज खत्री, प्रहसन, सन्दिप रानाभाट, राजन पाण्डेका विविध साङ्गितिक प्रस्तुतिले उपस्थित सम्पुर्ण पाहुनागणलाई भरपुर मनोरञ्जन गराएको थियो ।

 

Last Updated on Tuesday, 03 October 2017 14:16

Hits: 943

कतारमा मगर संघले प्रथम हुर्रा महोत्सव तथा दिपावली भब्य मनाउने

कृष्ण सारू मगर
Image may contain: 6 people, people smiling, text

















दोहा-कतार, सेप्टेम्बर १९ - वैदेशिक शाखाको रूपमा सन २००० मा स्थापित नेपाल मगर संघ कतारले आउँदो २७ अक्टोबर २०१७ शुक्रबारका दिन प्रथम हुर्रा महोत्सव तथा दिपावली कार्यक्रम भब्य मनाउने भएको छ ।

कार्यक्रमको लक्ष्य गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष सह्योगार्थ रहेकोले मगरहरुको मौलिक परम्परागत साँस्कृतिक पहिचान संग जोडिएको विषेश गरी नेपालको पुर्वीय भेगमा अतिनै लोकप्रिय हुर्रा नृत्य संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यका साथ कतारमा पहिलो पटक प्रथम हुर्रा महोत्सव आयोजना गरिएको संघका महासचिव बिजय कुमार मगरले राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई बताए ।

उक्त प्रथम हुर्रा महोत्सव तथा दीपावली कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन नेपाल मगर संघ शाखा कतारका सदस्य तथा संघको कला तथा साँस्कृतिक संयोजक समेत रहेका भुपेन्द्र रिखाम मगरलाई जिम्मेवारी दिएको छ ।

विषेश आकर्षणका अतिथि कलाकारहरू:

नेपाल मगर सास्कृतिक संघका अध्यक्ष तथा मयुर नाचका नृत्यकार कविराज मगर, राष्ट्रिय लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, मोडल तथा चर्चित नृत्यगना रिना थापा मगर, मोडल तथा नृत्य निर्देशक सुमन थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका के.सी. (गुरुङ्ग) साथै संघको कला तथा सास्कृतिक विभागीय कलाकारहरुको विशेष प्रस्तुतिले साथ दिने छन् ।

नेपाली मौलिक कला तथा संस्कृति झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिहरु रहने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन दोहा, कतारमा रहेका सम्पुर्ण संघ, संस्था संगठन, उधोग, ब्यावसायी, समाजसेवी तथा बुद्धिजीवी विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु साथै कतारमा रहनु हुने समस्त मगर तथा गैर मगर आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थिका लागि सम्वन्धित सबैमा नेपाल मगर संघ आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

मिती:- २७ अक्टोबर २०१७
स्थान:- सनैया स्थित ग्राण्डमल नजिकै रहेको दल्ला ड्राइभिङ एकेडेमी हल
समय:- बिहान १० बजे देखी
नोट: थप विवरण सहित जानकारीका लागि पोस्टरमा उल्लेखित संवन्धित सम्पर्क गर्नुहोस् ।

 

Last Updated on Tuesday, 19 September 2017 16:05

Hits: 1443

कतारमा अन्तराष्ट्रिय चर्चित, नेपाली कलाकारहरू आउँदै

कृष्ण सारू मगर
Image may contain: 6 people, people smiling, people standing and indoor
दोहा-कतार,  सेप्टेम्बर १९ - एपी वान टेलिभिजन द्वारा प्रसारित अन्तराष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी प्रतिशप्रधात्मक प्रतियोगिताको नेपाली संस्करणको "नेपाल आईडल" (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको अन्तिम फाईनल कार्यक्रम यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा हुने कार्यक्रमको स्थल तैयारीका लागि नेपाल बाट नेपाल आईडलका निर्देशक सहित झण्डै आधा दर्जन प्राविधिक टोलीलाई विहिबार राती एभरेष्ट युथ यसोसिएसनका अध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम गुरूङ्ग सहितको टोलिले हमाद अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार नेपाल आईडलका निर्देशक लक्षमण पौडेलका अनुसार, कार्यक्रम उद्धघोषक सुशील नेपाल रहनेछन्, मुख्य क्यामेरामा शिवराम श्रेष्ठले गर्नेछन् यसैगरी मुख्य आईटीमा धनन्जय आचार्य, रहनेछन् भने, कार्यक्रम स्थलको लाईट डिजाईनरमा पङ्कज बि.क.ले मुख्य भुमिका निर्वाह गर्ने कार्यक्रम संयोजक उत्तम गुरूङ्गले राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई जानकारी दिए ।

आईडलका निर्देशक पौडेलका अनुसार मध्ये पुर्वीय राष्ट्र कतारको राजधानी दोहामा हुने यो कार्यक्रम हाल सम्मकै ठूलो कार्यक्रम भएकोले आफू सहित प्राविधिक टोलीलाई छिट्टै आएको स्रोतले जनाएको छ ।
Image may contain: 3 people

उक्त कार्यक्रमको विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधी विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडाको विशेष प्रस्तुतिमा भरपुर मनोरञ्जन लिई रम्दै रमाउँदै भब्य र सभ्य रूपमा सम्पन्न गराउन समस्त दोहावासी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा आयोजक समिति परिवारले हार्दिक निमन्त्रणा गरेको छ ।

नेपालीहरूको शान, मान, प्रतिष्ठा र नेपालको गौरवता, संगै गाँसिएको दोहामा हुने हाल सम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो । आगामी २२ सेप्टेम्बरका दिन ग्रैण्डमलको एम्पिथिएटमा हुने नेपाल आईडलको फाईनल प्रतियोगिता सम्वन्धित केही सञ्चारले फैलाएको भ्रमात्मक समाचरका कारण उत्पन्न भ्रमले त्रसित फैलिएकोले कसैलाई पनि भ्रममा नपर्न हुन कार्यक्रम संयोजक गुरूङले अनुरोध गरेको छ ।

Last Updated on Tuesday, 19 September 2017 02:11

Hits: 1090

कतारमा मगर संघले कलाकारलाई भेटघाट तथा बिदाई कार्यक्रम सम्पन्न

बिजय कुमार मगर

Image may contain: 6 people, people smiling, people sitting and tableदोहा/कतार,  सेप्टेम्बर ३ - नेपाल मगर संघ, शाखा कतारको आयोजनामा गायक बादल थापा मगरलाई गएको ८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको नज्मा स्थित सेयुलन रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सु.प.से.स, कतार द्वारा आयोजित वार्षिकोत्सब तथा गौरा पर्व कार्यक्रमको निमन्त्रणामा कतार आएका गायक बादल थापा मगरलाई संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको सह्योगमा संघले सम्मान पत्र तथा संघका अध्यक्ष शेर बहादुर रोका मगरले संघको लोगो अंकित मायाको चिनो प्रदान गरेको हो ।

सोही समारोहमा नेपाल मगर संघ, शाखा सदस्य एवं संघको मातहतमा रहेको कला तथा सास्कृतिक विभागकी कलाकार सृजनाले संघलाई दिएको योगदानलाई उच्च मुल्यांकन गर्दै संघबाट सम्मानित भएकी हुन् ।

उक्त कदर पत्र, मायाको चिनोलाई सभापति रोकाले, प्रदान गरेका हुन् । यसैगरी कला तथा सास्कृतिक विभागका संयोजक भुपेन रिखाम मगरको सह्योगमा विभागले कलाकार सृजना रेश्मी मगरलाई संघको लोगो अंकित मायाको चिनो प्रदान गरेको छ ।

उपस्थित सम्पुर्ण विभागीय पद्धेन पदाधिकारी सदस्यहरूले द्वय कलाकारलाई क्रमशः खादा ओडाएर स-सम्मान विदाई गरेका हुन् ।

संघबाट प्राप्त सम्मान प्रति अत्यन्तै खुसी रहेका गायक बादलले थप्दै भने, प्रवासमा रहेर पनि संघले आफ्नो मौलिक संस्कार संस्कृतिको कला, संस्कृतीको जगेर्ना, संरक्षण(संवर्द्धन संगै प्रवर्द्धनमा भेषभुषा तथा भाषालिपीलाई जिवन्त राखेकाले अझ उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद दिए ।

यसैगरी सृजना रेस्मी मगरले कार्यक्रममा उपस्तिथ सम्पुर्ण लाई सम्बोधन गर्दै भनिन् संघले दिएको माया र सम्मानलाई सधै सम्झिरहने र आफू जहाँ रहे पनि आफुले सक्ने सह्योग दिने प्रतिवद्धता वचन दिएकी छन् ।

उक्त भेटघाट तथा बिदाई कार्यक्रम समारोहमा संघको मातहतमा रहेका विभिन्न विभागीय समिति तथा उपसमितिका पद्धेन पदाधिकारीहरू प्रमुख सल्लाहकार महेन्द्र थापा मगर सल्लाहकार सदस्य भिम तरामु मगर, जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर केशव राना मगर, महिला विभागीय संयोजक ईशोरा थापा मगर, कला तथा साँस्कृतिक विभागीय संयोजक भुपेन्द्र रिखाम मगर, पुर्व उपाध्यक्ष प्रकाश आले मगर, मानर्थ सदस्य बबिन राई र टेक रसाइली लगायत विशिष्ट ब्याक्तित्वहरूले उपस्थिति जनाएको थियो ।

उपस्थित सम्पुर्णलाई स्वागत गर्दै संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत मन्तव्य राखेका थिए । महासचिव विजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरले सभापतित्व गरेका थिए ।

Last Updated on Tuesday, 19 September 2017 02:44

Hits: 796

कतारमा थारू कल्याणकारी सभा च्याप्टरले “जितिया पर्व” लाई भब्य मनाए

कृष्ण सारू मगर
Image may contain: 9 people, people standing and indoor

दोहा-कतार, सेप्टेम्बर १८ - थारु समुदाय तथा मिथिलाबासीहरुको महत्वपूर्ण दोस्रो महान चार्ड “जितिया पर्व” लाई थारू कल्याणकारी सभा च्याप्टरले  "जातीय पहिचानको संरक्षण प्रवर्द्धन । शैक्षिक, आर्थिक, सामाजिक उत्थान, हाम्रो समर्पण !!" भन्ने मुल नाराका साथ दोहा-कतारको नज्मा स्थिन अल नख्यान रेष्टुरेन्टको सभाहलमा जितिया भगवानलाई पुजा आराधना गरी शुभकामना आदान-प्रदान गर्दै भब्य मनाए ।
 
साँस्कृतिक गीत बाट आगन्तुक पाहुनागणलाई नेपाली भुमिका भुमिपुत्र थारू तथा मिथिला समुदायको मौलिक पहिचानको गीतले स्वागत बाट आरम्भ भएको "जितिया पर्व"लाई बाल कलाकर सुमिता र आसनाले नेपालकी छोरी हुँ म गीतको बोलमा साङ्गितिक कोशेली संगै विभिन्न साँगितिक प्रस्तुतिले सबैलाई भरपुर मनोरञ्जन गराए ।

नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यतामा थारू समुदायको दोस्रो महान चार्ड "जितिया पर्व" सम्पन्न कार्यक्रममा विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि बुद्धिजीवी तथा समाजसेवी, विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु एवं विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
Image may contain: 14 people, people smiling, crowd

शान्ति चौधरीको संचालनमा सम्पन्न कार्यक्रम था.क.स.च्याप्टर महिला विभागकी प्रमुख मञ्जु चौधरीले सभापतित्व गरेको कार्यक्रमलाई सम्बोधन गर्दै, विभिन्न वक्ताहरूले आ-आफ्नो भनाई राख्दै जितिया पर्वले सबैलाई शान्ति, समृद्धि, भातृत्व एकता, सामाजिक सद्भाव कायम गर्न थप मद्दत मिलोस् भन्ने कामना सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुमा उत्तोरत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।

उपस्थित पाहुनागणलाई श्यामलाल चौधरीको मन्तब्यले स्वागत गर्दै भनेका छन् । राज्यले गरेको हेपाहा प्रबृद्धी प्रति आक्रोशित मुद्रामा प्रस्तुत हुँदै भने, राज्यले हामी मातृभूमि नेपाल आमाका भुमीपुत्र थारू, आदिवासीजनजाति दलित, महिला, मुस्लिम, तथा उत्पिडित समुदायलाई दोस्रो दर्जाको नागरिकको तुलना गर्ने ? के यही हो त समानुपातिक र सर्वभौम अधिकार ? किन यस्तो विभेदपुर्ण ब्यावहार गरेको छ ? तसर्थ, हामी यस्तो ब्यावहार प्रति राज्यसत्ता संचालकलाई था.क.स च्याप्टर गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । उनले थप्दै भने किन राज्यले थारू समुदायको पर्व मनाउन विधार्थी, शिक्षक, तथा कर्मचारीले विरामी विदा लिएर बस्नु पर्ने विडम्बना सुनाउदै माईती र चेली बीचको संवन्ध र अस्तित्व साथै, थारू समुदायको "माघी पर्व" पछिको दोस्रो महान चार्ड "जितिया" पर्वको महत्त्वका बारेमा प्रष्टाएका थिए ।

Last Updated on Monday, 18 September 2017 14:41

Hits: 805

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६