A+ A A-

पाल्पाली समाजले गृहजिल्लावासी मगरको गरे उद्धार

कृष्ण सारू मगर
Image may contain: 5 people, people standing

दोहा-कतार,  अक्टोबर १० - स्थाई घर साविक चिर्तुङ्गधारा-८ हाल बगनासकाली गाउँ पालिका-१ चिलाङ्गदी बस्ने स्व. बाबा नर बहादुर गाहा मगर तथा आमा नन्द गाहा मगरका छोरा विगत ४ महिना देखि अलपत्र परेका प्रेम बहादुर गाहा मगरलाई आफ्ना गृहजिल्लावासी पाल्पाली सेवा समाज कतारले उद्धार गरी नेपाल पठाएको छ ।

स्रोतका अनुसार खान, बस्न तथा विभिन्न समस्याका झेल्दै आएका मगरको ईन्ट्रि भिषाको समयावधि समेत सकिएका मगरलाई पाल्पाली समाजले विविध समस्याको थानिय कानुन अनुसारको ओभर स्टेको दस्तुर समेत भरेर ९ अक्टोबर राति १०:४० बजेको उडान नं- ९ W ५५१ को जेट एयरलाइन्सको उडान बाट नेपाल फिर्ता पठाउन सफल भएको हो ।
Image may contain: 1 person

पिडित प्रेमका अनुसार मेनपावरले तलब सेवा सुविधा राम्रो रहेको प्रलोभनमा पारी आफुलाई १ लाख भन्दा बढी रकम असुल गरेको बताएका छन् । उनले भने । ११ सय र ३ सय खानाको गरी १४ सय क.रि मा श्रम सम्झौता गरेता पनि उक्त बमोजिमको तलव सेवा-सुविधा नपाएको बताएका उनले बारम्बार आफुलाई पठाउने मेनपावरका मान्छेलाई उद्धार तथा यहाँको वस्तु स्थिती बारे जानकारी गराउन बारम्बार सम्पर्क गर्दा बेवास्ता गरी कहिल्यै फोन नउठाएकोमा आक्रोश छन् । उनले थप्दै भने पाल्पाली सेवा समाज कतारले आफुलाई टिकट सहित उद्धार कार्यमा विषेश सह्योग गर्ने बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक समेत रहेका समाजका अध्यक्ष ईश्वर काफ्ले, उपाध्यक्ष हेम बहादुर बगाले मगर, सचीव रामलाल खाती, सदस्य धिरज पछाई लगायत सम्पूर्ण पाल्पाली सेवा समाज प्रति हार्दिक कृतज्ञता सहित यो गुण कहिल्यै नविर्सने गुम्वेली खबरका कृष्ण सारू मगर संग बताए ।

मगरलाई ललितपुर स्थित Aalimah Diagnostic Center (Pvt) Ltd मेडिकलले स्वास्थ्य परिक्षण गरि जाउलाखेल नजिकै रहेको Vital international service (p) Ltd म्यानपावरले गएको १४ मे २०१७ का दिन उमसलाल अलि स्थित अल महमद हुसेन अलमुफ्ता मेन्टिनेस डिभिजन कम्पनीमा ईलेक्ट्रिसियन पेशामा कतार पठाएका थिए ।

अन्ततः आफ्नो जीविकोपार्जन संगै सुनौलो भविष्यको परिकल्पना बोकेर गएकोमा १४ मे २०१७ मा कतार प्रवेश गरेका मगरको स्वास्थ्य परिक्षणमा फेल भई भिषाको नलागेको आरोप लागेका उनलाई कम्पनीले विगत ४ महिना देखि प्राविधिक समस्याको कारण दोषी देखाउँदै बेरोजगार भएका हुन् ।

Last Updated on Tuesday, 10 October 2017 12:41

Hits: 675

साँस्कृतिक कलाकारलाई मगर संघले स-सम्मान गरे विदाई

कृष्ण सारू मगर
Image may contain: 7 people, people standing

दोहा-कतार,  अक्टोबर ८ -  नेपाल मगर संघ, शाखा कतारले आफ्नो मातहतमा रहेको महिला बिभागीय सदस्य तथा कला तथा साँस्कृतिक विभागकी कलाकार सीता थापा मगरलाई दोहाको मुन्ताजा पार्कमा स-सम्मान बिदाई गरेको छ ।

संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, सल्लाहकार सदस्य भिम तरामु मगर, डि.एन. मगर , केशव राना मगर, अशोक आले मगर, दिल मस्राङ्गी मगर रबिन थापा मगर लगायत संघको मातहतमा रहेको विभिन्न विभागीय प्रमुख तथा संघका विभिन्न पद्धेन पदाधिकारीले उक्त विदाई तथा कार्यक्रममा सहभागिता जनाएको समारोहलाई सम्बोधन कलाकार सीता थापा मगरले भनिन् संघबाट प्राप्त सम्मान र यो मायाँको चिनो अमुल्य उपहारलाई सम्हाल्दै आफू भौगोलिक दुरीले टाढा रहेता पनि आफूबाट हुन सक्ने सह्योगलाई कहिल्यै अभाव हुन नदिने प्रतिवद्धता जनाएकि छन् ।
Image may contain: 4 people, people standing and outdoor

उज्ज्वल भविष्य तथा सफल यात्राको कामना गर्दै क्रमशः उनलाई खादा ओडाएर सहभागी संघका पदाधिकारीहरूले स-सम्मान विदाई गरेको हो ।

कलाकार सीता थापा मगरले विभिन्न कोणबाट संघलाई पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले कदर पत्र, अध्यक्ष शेर ब. रोका मगरको सह्योगमा संघले संघको लोगो अंकित मायाको चिनो प्रदान गरेका हुन् ।

यसैगरी कला तथा साँस्कृतिक विभागका संयोजक भुपेन्द्र रिखाम मगरले मायाको चिनो प्रदान गरेका छन् ।
Image may contain: 11 people, people smiling, people standing

प्रथम उपाध्यक्ष अभिमत पून मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न विदाई कार्यक्रमको सभापतित्व गरेका संघका अध्यक्ष शेर बहादुर रोका मगरले गरेका थिए ।

 

Last Updated on Tuesday, 10 October 2017 12:43

Hits: 684

कतारमा प्रवासी भुजेल समाजले चौथो अधिवेशन गर्दै

कृष्ण सारू मगर

दोहा-कतार,
मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा विशुद्ध समाजिक अवधारणा बोकी २०१० मा नेपाल आदिवासीजनजाति महासंघको भातत्री संस्थाको रूपमा स्थापित "भुजेल जातिको विकास र उन्नतिको आधार ! साँस्कृतिक चेतना, शिक्षा र रोजगार !!" भन्ने नाराका साथ प्रवासी भुजेल सेवा समाजले यहि आउँदो १३ अक्टोबर २०१७ सुक्रबारका दिन गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा अधिवेशन कार्यक्रम गर्ने भएको छ ।

उक्त महादिवेशन कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु, महिला तथा सज्जन बृन्द ज्यूहरू चौथो अधिवेशन कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन प्रवासी भुजेल सेवा समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवस उक्त अधिवेशन कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भई दिनु हुन समाजका महासचिव शिव भुजेलले हामीलाई जानकारी दिए ।


श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं समस्त भुजेल तथा गैर भुजेल आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूले महादिवेशन कार्यक्रममा उपस्थितिका लागि प्र.भु.से.स. परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

Last Updated on Tuesday, 03 October 2017 16:17

Hits: 721

नेपाल मगर संघ युएईको ३ महत्वपूर्ण निर्णय सहित संघको पुर्नगठन

केहर सिं श्रीस मगर
No automatic alt text available.

युएई, अक्टोबर ४ - नेपाल मगर संघ युएईले ३ महत्वपूर्ण निर्णय गर्दै संघको पूनर्गठन गरेको छ।

गत २९ सेप्टेम्बर शुक्रवार, आबुधाबीको मुरूररोड स्थित संघकि अध्यक्ष शुशी पुलामी मगरको निवासमा, अध्यक्ष पुलामीको अध्यक्षता र नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामाङको विशेष आतिथ्यतामा बसेको संघको १५ बैठकले, संघका उपाध्यक्ष द्वय सुर्य आले मगर र दिप बुढा मगर युएईको बसाई समाप्त गरी नेपाल फिर्ता हुनुभएको हुँदा रिक्त स्थानमा पदपूर्ति र जिम्मेवार हेरफेर हुनेगरी संघको पूनर्गठन गर्न आवस्यक परेको हुँदा कार्यदक्षता एवं कृयाशिलताको आधारमा संघ पूनर्गठन गरिएको वरिष्ठ उपाध्यक्ष राम थापा मगरले जानाकारी गराएका छन्।
Image may contain: 6 people, people smiling, people sitting

पूनर्गठित कार्यसमिति निम्नअनुसार रहेको छ ।

१.अध्यक्ष शुशी पुलामी मगर
२.वरिष्ठ उपाध्यक्ष राम थापामगर
३.उपाध्यक्ष केशर थापा मगर
४.१८ मगरात प्रमुख एवं उपाध्यक्ष शेर बहादुर घर्ती मगर
५.१२ मगरात प्रमुख एवं उपाध्यक्ष अर्जुन गाराङ्गजा मगर
६.महिला उपाध्यक्ष धन कुमारी थापा मगर
७.उपाध्यक्ष लक्ष्मण बालाम्पाकी मगर
८.महासचिव केहर सिं श्रीस मगर
९.कोषाध्यक्ष प्रमिला थापा मगर
१०.सचीव रितु अस्तानी मगर
११. सचिव बिष्णु राना मगर
१२.प्रवक्ता मेहर थापा मगर
१३.सह- कोषाध्यक्ष कुल बहादुर सारु मगर
१४.संगठन विभाग प्रमुख थमन काउछा मगर
१५.महिला विभाग प्रमुख यशोदा थापा मगर
१६.अनुशासन विभाग प्रमुख थमन काउछा मगर
१७.खेलकुद विभाग प्रमुख पुर्ण सारु मगर
१८.सास्कृतिक विभाग प्रमुख सन्तोष गाह मगर
१९.केन्द्रिय सद्स्य अनिता थापा मगर
२०. " " गुना रैका मगर
२१. " " रमेश थापा मगर
२२." " खेमराज राना मगर
२३." " रमेश राना मगर
२४." " दिनेश घले मगर
२५." " हेयकि आले मगर
२६."  " लक्ष्मण आले मगर
२७." " रमर मगर
२८." "सपना मगर
२९." "सुनिल थापा मगर
३०." " युव थापा मगर
३१." " दान बिमला पोख्रेल मगर
Image may contain: 7 people, people sitting
संरक्षक समिती:-
१.प्रमुख संरक्षक यम राना मगर
२.संरक्षक मनोज काउछा मगर
३.मिनु राना मगर

बैठकले थप ३ महत्वपूर्ण निर्णय गरेको छ ।
तपसिल :-
१-८औं महाधिवेशन:- आगामी फेब्रुअरी २३ मा आबुधाबीको केरेला सोसियल सेण्टरमा महाधिवेशन गर्न उपाध्यक्ष केशर थापा मगरको सम्योजकत्वमा ५ सद्स्यिय महाधिवेशन तैयारी समिती गठन गरेको छ, जसमा १८ मगरात प्रमुख एवं उपाध्यक्ष शेर बहादुर घर्ती मगर,महासचिव केहर सिं श्रीस मगर,सचिव रितु अस्तानी मगर र प्रवक्ता मेहर थापा मगर रहेका छन्।

२-माघेसक्राती:- नजिकै आएको माघेसक्राती भव्यरुपमा मनाउन उपाध्यक्ष धन कुमारी थापा मगरको सम्योजकत्वमा ५ सद्स्यिय तैयारी समिती गठन गरिएको छ, जसमा सचिव,बिष्णु राना मगर,सह- कोषाध्यक्ष कुल बहादुर सारु मगर,महिला विभाग प्रमुख यशोदा थापा मगर र  केन्द्रिय सद्स्य अनिता थापा मगर रहेका छन् ।

३-प्रथम सहिद स्मृति र ३६औं मगर दिवस:- प्रथम सहिद लखन थापा मगरको १४१औं स्मृती र ३६औं मगर दिवस भव्य र ऐतिहासिक रुपमा मनाउन वरिष्ठ उपाध्यक्ष राम थापाको सम्योजकत्वमा ५ सदस्यीय तैयारी समिती गठन गरेकोछ, जसमा १२ मगरात प्रमुख एवं उपाध्यक्ष अर्जुन गारङ्गजा मगर, उपाध्यक्ष लक्ष्मण बालाम्पाकी मगरप्रवक्ता मेहर थापा मगर र संगठन विभाग प्रमुख यसोधा थापा मगर रहेका छन्।

Last Updated on Wednesday, 04 October 2017 15:10

Hits: 983

बहराईनमा नमस्ते इन्टरटेन्मेन्टको पहिलो साँङ्गितक साँझ हुँदै

 कृष्ण सारू मगर

मानमा-बहराईन २६ सेप्टेम्बर ,

राज्य र विद्रोही पक्षको द्वोन्दमा परी परिवार गुमाएका बालबालिकाहरुको शैक्षिक सह्योगार्थ नमस्ते इन्टरटेन्मेन्ट बहराइनले यहि आउँदो ६ अक्टोबर २०१७ शुक्रबारका दिन अदेलिया स्थित वाङ्गसाङ्ग थाई रेष्टुरेन्टको हलमा "शिक्षाका लागि एक साँझ" साङ्गितिक कार्यक्रम गर्ने भएको छ ।

द्वोन्दमा परिवार गुमाएका वालवालिकाको रेखदेख एकिक्रित शिर्जनशिल समाज नेेेेपालले गर्दै आईरहेको छ । उक्त कार्यक्रममा नेपालको चर्चित ब्यान्ड मंगोलियन हार्टका प्रख्यात गायक राजु लामा र स्थानिय कलाकारको बेजोड प्रस्तुती हुने भएको छ ।

नेपाली मौलिक कला तथा संस्कृति झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिहरु रहने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन बहराईनमा स्थापित सम्पुर्ण क्रियाशील विभिन्न संघ, संस्था संगठन, उधोग, ब्यावसायी, समाजसेवी तथा बुद्धिजीवी विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु साथै रोजगारीका शिलशिलामा बहराईनलाई कर्मभूमी बनाउँदै रहनु हुने समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थिका लागि सम्वन्धित सबैमा नमस्ते ईन्टरटेनमेन्ट आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

Last Updated on Tuesday, 03 October 2017 16:05

Hits: 893

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६