A+ A A-

कतारमा दुईवर्ष अगाडि दुर्घटना परेका शुशिलले पाए नेरू झण्डै पौने दुई करोड

दिल कमार श्रेष्ठ
Image may contain: one or more people, people sitting and outdoor

दोहा-कतार, अगष्ट ३१ - मरुभूमीमा पुगेर सडक निर्माणको काममा खटिँदै गर्दा नसोचेको दुर्घटनामा परेका धनुषा, हरिहरपुरका सुशील कुमार यादवले घटनाको झण्डै २ वर्षपछि ‘पूर्ण अपाङ्गता’ आधारको क्षतिपूर्ति पाएका छन् ।

निर्माणको काम गर्ने क्युबिसी कम्पनी सम्बद्ध रहेर सेफ्टी–हेल्परको काममा जोडिएका यादव सडक निर्माणको कार्यरतस्थलमै दुर्घटनामा परेर ह्वीलचेयर र सहयोगीका भरमा हिँड्डुल गर्न सक्ने भएका थिए ।

‘दोहा नजिकै मन्सुरामा सडकको पाइप लाइनमा काम गरिरहेका बेला रातको दुइ बजे एउटा गाडीले आएर हानेको सम्झना छ, त्यसपछिका २० दिन बेहोस भएछु,’ सनैया स्थित एक प्रतिष्ठित कम्पनीमा आबद्ध सुशीलले हालै भनेका थिए, ‘त्यसपछि हमाद र रुमैला हस्पिटल हुँदै उपचार गर्दा पनि कम्मर मुनिको भाग नचल्ने भएको छ, ह्वीलचेयर र एकजना सहयोगीका भरमा दुइ वर्षयताको जीवन धानिरहेको छु ।’ सुशील सँग स्पाइनल कर्ड (सी–सिक्स)को गम्भीर समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

आफू राम्रै कम्पनी(क्युबीसी)सम्बद्ध रहेको र कागजातमा कानुनी हैसियत रहेकाले अहिले सबै रेखदेख कम्पनीबाटै भइरहेको सुशीलले जानकारी दिएका थिए । उनको साथ–सहयोगका लागि कम्पनीले सिरहा घर भएका ४२ वर्षीय रामेश्वर दासलाई पुरै जिम्मा दिएको छ । दिसा–पिसाब गराउने देखि ह्वील चेयरमा राखेर कम्पनी क्याम्प वरपर डुलाउने काम रामेश्वरले गरिरहेका छन् ।

कम्पनीले झण्डै १ हजार रियालको मासिक तलब पनि नियमित रुपमा दिइरहेकै छ । २६ वर्षे अविवाहित सुशीलले रोजगारदाता नियम र बीमा शुल्क सहित गरेर तत्काल ५ लाख ५० हजार रियाल (झण्डै १ करोड ६५ लाख रुपैंया) क्षतिपूर्ति पाएका छन् । उनको क्षतिपूर्ति रकम उठाउन पछिल्ला महिनामा दोहा स्थित नेपाली दूतावासले पनि ताकेता गरिरहेको थियो ।

कतार आएको ८ वर्ष भई सकेको छ, फर्केर जान पाएको छैन । अब यो अपाङ्ग रुपमा घर फिर्दैछु, अब घर फर्केर फरक जीवन जिउन चाहन्छु,’ सुशीलले भने ।


 

Last Updated on Tuesday, 31 October 2017 06:18

Hits: 711

कतारमा धनकुटा सेवा समाजले कलाकार मगरलाई गर्‍यो सम्मान

कृष्ण सारू मगर
Image may contain: 5 people, people standing and suit

दोहा/कतार, अक्टोबर २९ - साविक मुढेबास २, हाल चौविसे गाउपालिका २, मुढेबाँस धनकुटाका गृह जिल्लावासी मयुर नृत्यकार तथा हुर्रा कृतिका सर्जक कबिराज मगरलाई धनकुटा प्रवासी सेवा समाजले सनैया स्थित हिमालयन होटलको सभा हलमा एक कार्यक्रम गरि समान गरेको छ ।

मयुर नृत्यकार मगरको कला र प्रतिभाको उच्च मुल्यांकन गरि समाजले गरेको समाजका अध्यक्ष ललित लिम्बूले बताए ।

समाजको प्रमुख सल्लाहकार समेत रहेका संस्थापक तथा अन्य सल्लाहकार सदस्यहरू एवं समाजको विभिन्न पद्धेन पदाधिकारीहरूले क्रमशः पवित्र खादाले सम्मानित भएका कलाकारलाई संस्थापक, सभापति, प्रमुख सल्लाहकारहरूको सह्योगमा प्रशंसा पत्र प्रदान गर्दै मायाको चिनो उपहार दिएको समाजका महासचिव रबिन मगरले हामीलाई जानकारी दिए ।
Image may contain: 5 people, people smiling, people standing

नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ "प्रथम हुर्रा महोसव तथा दिपावली २०१७" को कार्यक्रमलाई सफल बनाउन नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष मगर प्रमुख अतिथिको रुपमा संघको निमन्त्रणामा दोहा-कतार आएका हुन् ।

उक्त भेटघाट तथा सम्मान कार्यक्रम समारोहमा धनकुटा प्रवासी समाजका संस्थापक सदस्यहरू, प्रमुख सल्लाहकार तुलसी सुबेदी, डि.एन मगर, प्रथम उपाध्यक्ष पदम कुमार घिमिरे, तनहुँ सेवा समाजका अध्यक्ष केश गुर्मछान मगर, कामेश्वर मण्डल लगायत विशिष्ट समाजसेवी, बुद्धिजीवी, तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरूले उपस्थिति जनाएका थिए ।

दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था संग, समाजिक सद्भाव, भातृत्व एकता गरी समन्वय, सहकार्य गर्दै, समाजमा आवद्ध धनकुटेवासीहरुले गरेका विभिन्न समाजिक कार्यको खुलेरै प्रशंसा गरे ।

आफु जन्मेको माटो धनकुटा समाजबाट सम्मानित हुन पाउँदा निकै गौरवान्वित महशुस गरेका कलाकार मगरले थप्दै भने, समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै भने यो सम्मानले आफ्नो कलाकारितामा थप हौसला, प्रेरणा मिलेको बताए ।
Image may contain: 5 people, people smiling, people standing

समाजका द्धितिय उपाध्यक्ष डिल्ली कुमार सुबेदीको स्वागत तथा महासचिव रबिन मगरको संचालनमा सम्पन्न भएको भेटघाट तथा सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ललित लिम्बुले गरेका थिए ।

Last Updated on Monday, 30 October 2017 09:47

Hits: 1112

मगर संघले अलपत्र परेकालाई उद्धारकार्यमा दिए सह्योग

कृष्ण सारू मगर

No automatic alt text available.दोहा-कतार, २३ अगष्ट, आफ्नो जिविको पार्जन संगै परिवारको सुनौलो भविष्यको कल्पना बोकेर वैदेशिक रोजगारीको शिलशिलामा ५ महिना अगाडि कतार आएका थिए ।

मोरङ्गको बेलबारी नगरपालिका वार्ड न. ८ का भिम बहादुर थापामगरले आजाद (फ्री भिषा) मा आएका भिषा स्पोन्सर तथा कम्पनीमा काम नपाए पछी उनि अलपत्र परेका हुन् ।

नेपाल मगर संघ शाखा कतारका महासचिव बिजय कुमार मगरले हामीलाई दिएको जानकारीअनुसार निज मगर विगत २ महिना देखि वास्तविक नै अलपत्र परेको प्राप्त जानकारी पश्चात निज पिडित मगरलाई उद्धार गरी नेपाल फिर्ती टिकट ब्यावस्थापनका लागि गत शनिवार सनैया स्थित अल अत्तियामा पुगेर संघका अध्यक्ष शेर बहादुर रोका मगरले आर्थिक सह्योग हस्तान्तरण गरेको हो ।

Last Updated on Thursday, 26 October 2017 04:30

Hits: 730

कतारमा "गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ" हुर्रा महोत्सव भब्य सम्पन्न

कृष्ण सारू मगर
Image may contain: 3 people, people sitting and shoes

दोहा-कतार, अक्टोबर २८ - मगर एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले "गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ" प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संघका साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरको संयोजकत्वमा सनैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा भब्य सम्पन्न भएको छ ।

प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले संयुक्तरूपमा द्धिप प्रज्वलन पश्चात्, नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगर एवं ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौनपश्चात अौपचारिक कार्यक्रम अगाडि बढेको थियो ।

बलिराजाको पुजा आराधना, देउसी भैलो, संगै विशेषगरी नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्यको विशेषता र महत्त्वका बारेमा हुर्रा नृत्यका सम्योजक डिएन पाङ्गी मगरले प्रष्टाएका थिए ।

विशेष अतिथि २०१७/0१८ का मगर (बाङ्ग) राजा रेशम आले मगर, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई, गैर आवासीय नेपाली संघका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रमुख सल्लाहकार समेत रहेका बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक तथा पाल्पाली सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, गुल्मेली सेवा समाजका अध्यक्ष बुद्धि पाण्डे, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू, विभिन्न कृयाशिल संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट समाजसेवी तथा बुद्धिजीवी, विभिन्न मिडियामा आवद्ध स्थानीय पत्रकारहरूलाई पवित्र खादाले अतिथि सत्कार गरेका थिए ।
Image may contain: one or more people and people sitting

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई, बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

संघकी महिला विभागीय संयोजक ईशोरा थापा मगर तथा डिएन पाङ्गी मगरको संयुक्त संचालनमा संपन्न साँस्कृतिक कार्यक्रमलाई भब्य र सभ्यताको साथ सम्पन्न गराउन संघको निमन्त्रणालाई स्विकार्दै नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको संयोजकत्वमा आएका अतिथि कलाकारहरू मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष सुमन थापा मगर, प्रसाद खप्तरी मगर र चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगरलाई संघको मातहतमा रहेको साँस्कृतिक विभागीक कलाकरहरूले साथ दिएका थिए ।
Image may contain: 4 people, people smiling, indoor

नेपाली भुगोल, गाउँवेशी तथा नेपाली मौलिक परम्परालाई प्रार्थामिकतामा राख्ने पञ्चेबाजा, सालैजो, सोरठीका सर्जक तथा लोक गायक प्रसाद खप्तरी मगरको आधा दर्जन भन्दा बढी गीत तथा नृत्यले भरपुर मनोरञ्जन लिएका उपस्थित दर्शक तथा पाहुनागणलाई नृत्य निर्देशक सुमन थापा मगर र चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगरको "सान्नानीले झुक्यायो मलाई" गीतको बोलमा रहेको झ्याउरे गीतमा मनोरञ्जन लिएका दर्शकलाई "राम्दी पुल तरने बित्तिकै" गीतको बोलमा द्वय कलाकारको अभिनयले दर्शक दिर्घमा एकाएक सुन्यतामा झारेको थियो ।

प्रमुख अतिथि समेत रहेका मयुर नृत्यकार कबिराज मगरले प्रथम हुर्रा महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भने, नेपालको गौरव तथा नेपालीहरूको सान, मान र प्रतिष्ठालाई उच्च राख्नुका साथै मगर साँस्कृतिक संघले परम्परागत विभिन्न २५ वटा नेपाली मौलिक राष्ट्रिय पहिचान झल्किने संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनका लागि नेपाल सरकारमा दर्ताको प्रकृयामा लागेको जानकारी दिँदै वैदेशिक शाखाहरूलाई पनि संघको मातहतमा रहने गरि विभिन्न विधाका कलाकारलाई संगठानि एकता बनाउन अपिल गरेका छन् ।

कविराज मगरको संयोजकत्वमा आएका अतिथि कलाकारहरूलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा दोसल्ला तथा पबित्र खादा ओढाउँदै सोही समारोहबीच सम्मान पत्र प्रदान गरेको छ । कलाकार राष्ट्रका गौरव र गहना हुन् भन्दै थप उत्तरोत्तर प्रगतिको कामना गर्दै, कार्यक्रम संयोजक, संघका अध्यक्ष तथा प्रमुख सल्हाकारले संघको लोगो अंकित मायाँको चिनो उपहार दिए ।
Image may contain: 8 people, people sitting and indoor

संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरले सभापतित्व गरेका थिए ।

गतवर्ष भुम्या महोत्सव भब्य सम्पन्न गरेको थियो । यसवर्ष हुर्रा महोत्सव मनाएको संघले आगामी दिनहरूमा मगर समुदायका विभिन्न मौलिक परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिने आयोजकले जानकारी दिएका छन् ।

Last Updated on Sunday, 29 October 2017 12:27

Hits: 1101

युएईमा "बृहत् साँस्कृतिक साँझ २०१७ "को निम्ती भर्सटायल गायक अाउने ।

कृष्ण सारू मगर
Image may contain: 2 people, text

युएई, १६ अक्टोबर - यहि आउँदो २४ नोभेम्बर शुक्रबारका दिन नेपाल मगर संघ, शाखा युएईले अबुधाबिको बस स्टेशन नजिकै रहेको फोल्कर थ्रीएटरको हलमा "बृहत् साँस्कृतिक साँझ २०१७" लाई भब्यताका साथ सम्पन्न गर्ने तयारीमा जुटेको संघका अध्यक्ष राजु सिङ्गजाली मगरले बताए ।

नव गायक सागरको भर्सटाएल गायन कला , गला, मेहनत, ईमानदारीता र अनुशासनलाई मुल्यांकन गरि सबै भन्दा पहिले धरान घर भई सिङ्गापुरबाट जेदिन लिम्बुले नेरू- १ लाख बाट आरम्भ सह्योग प्राप्त संगै एककृत सृजनशील समाजकी महान समाजसेवी जुनु पुन मगरले अभियान चलाएकी हुन् । उनलाई "मगर समुदाय" को सहानुभूतिले विभिन्न भौतिक, नैतिक र झण्डै करोड आर्थिक उपहार प्राप्त गरेका सबैभन्दा भाग्यमानी सागर आले मगर पुष्टि भएको हो ।

नेपाल आईडलका अन्य तीन जना बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास पुरस्कार रकममा सीमित रहे संगै, आयोजकको परिवन्दमा छन् ।

स्रोतका अनुसार, आयोजकले पोखरामा एक प्रेस मिटमा सागरलाई चौथो भएकाले रोक्न नसक्ने कुरा सार्वजनिक गरिए संगै विभिन्न विधाका गीतलाई न्याय दिन सक्ने बहु प्रतिभावान सागर सालैजो, लोक गीतबाट बढी चर्चामा आएका हुन् । अहिले देश विदेशको भ्रमण संगै विभिन्न साँँस्कृतिक कन्सर्टको निमन्त्रणामा भ्याई नभ्याई छन् ।

कार्यक्रम संयोजक टंक थापा मगरले हामीलाई दिएको जानकारीअनुसार, एपीवान टेलिभिजन द्वारा सञ्चालित सर्वाधिक चर्चामा आएका नेपाल आईडलको टप ४ मा पर्न सफल चितवनको पटिहानीमा जन्मेका भर्सटाएल गायक सागर आले मगर र टप ५ की मणिग्राम रूपन्देहीकि चेली सुमधुर स्वरकी धनी सुजता पाण्डेको विभिन्न विधाको गीत तथा संघको मातहतमा रहेको साँस्कृतिक विभागका साँस्कृतिक कलाकारको बेजोड साँङ्गितिक प्रस्तुतिले थप मनोरञ्जन संगै एक आपसमा शुभ दिपावलीको शुभकामना आदान-प्रदान बाँड्दै युएईमा रहनु हुने गीत, संगीत पारखी समस्त स्रोता तथा दर्शक बृन्दमा आयोजक समिति परिवार हार्दिक अपिल गरेको छ ।

यसैगरी युएईमा बसेर आ-आफ्नो विभिन्न उधोग, व्यावसायिक संचालकज्यूहरू, विभिन्न संघ संस्थाहरुमा आवद्ध सामाजिक अभियन्ताज्यूहरू, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु, समाजसेवी तथा बुद्धिजीवीहरूको साथ, सह्योग, अपरिहार्य रहने भएकोले कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन गरिमामय उपस्थितिका लागि नेपाल मगर संघ शाखा युएई परिवारले संवन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

युएईको विभिन्न स्थान बाट कार्यक्रम स्थलमा आउन/जान समेत आयोजक समितिले यातायातको नि:शुल्क सेवा सुबिधा छ ।

नोट:- विष्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ । 

Last Updated on Monday, 16 October 2017 23:00

Hits: 1887

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६