A+ A A-

युएईमा किसोर सुब्बाको लिम्बू चलचित्र 'हेल्लुक्वा' प्रदर्शन 'रेस' मङ्सिर १ गते बाट अधिराज्य भरि प्रदर्शन हुने

-सरोज पङ्हाङ्गो


युएई (दुबई) मा चलचित्र निर्देशक किशोर सुब्बाको लिम्बू भाषा, धर्म, संस्कृति, भेष-भेषा र लिम्बू समुदायको सामाजिक परिवेशलाई समेटेर निर्माण गरिएको लिम्बू चलचित्र 'हेल्लुक्वा' प्रदर्शन सम्पन्न भएको छ |  किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा सम्पन्न उक्त चलचित्र प्रदर्शन  गत २७ - अक्टुबर - २०१७, शुक्रबारको दिन बरदुबईमा भएको थियो भने युएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपाली  दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको यस चलचित्र प्रदर्शनमा निर्देशक किशोर सुब्बासंगै बसेर चलचित्र हेर्न पाएकोमा दर्शकले लिम्बू चलचित्र सम्बन्धि बिबिध कुरा बुझ्ने र आफ्नो कुरा राख्ने मौका समेत पाएका थिए |

लिम्बू चलचित्र कर्मी, पुष्पा आङ्देम्बे, बबिता फोम्बो, अमृता लक्सम, शान्ति ईङ्नाम,  प्रेम पन्धाक, गायक तथा कलाकार कुशल थलङ, दिनेश माङमू, सागर केरुङहरुको अभिनय रहेको लिम्बू चलचित्र 'हेल्लुक्वा' को समीक्षात्मक टिप्पणी गर्दै लिम्बू  चलचित्र निर्माण गर्दा कति लिम्बू कलाकार घरबार बिहिन हुने गरि आर्थिक घाटामा डुबेर बिदेशिनु परि रहेको अवस्थामा, सानो भन्दा सानो बजेट, सिमित श्रोत साधन र बजार बिहिन अवस्थामा पनि 'हेल्लुक्वा' जति स्तरीय चलचित्र बनेकोमा लिम्बू चलचित्रमा बिकास भएको र लिम्बू चलचित्रको बिकास चाहनु हुने लिम्बू चलचित्र प्रेमी दर्शकहरुले एक पटक हेर्नै पर्ने चलचित्र बनेको दर्शकहरुले दाबी गरेका थिए |
Image may contain: 17 people, people smiling, people sitting
आनी साक्थिम, अम्लारी फुङ, जस्ता उत्कृष्ट लिम्बू चलचित्र निर्देशन गरि सक्नु भएका निर्देशक किशोर सुब्बाको यस चलचित्र 'हेल्लुक्वा' Nepal Indigenous Film Festival New York - 2017 को बेष्ट निर्देशक विधामा नोमिनेशनमा पर्न सफल लिम्बू चलचित्र हो | ६ वटा लिम्बू चलचित्र सहित नेपाली र अन्य भाषी गरि ३० वटा चलचित्र निर्देशन गरि सकेका किशोर सुब्बाको   नेपाली चलचित्र 'रेस' यहीं मङ्सिर १ गतेबाट प्रदर्शन हुने भएको छ भने उक्त चलचित्र नेपाल बाहिर दुबई, हङकङ, सिंगापूर, युके, लगायतका मुलुकहरुमा समेत प्रदर्शन गरिने भएको छ |
Image may contain: 3 people, people smiling, text

किरात याक्थुङ चुम्लुङ, युएईको निमन्त्रणामा गत २० - अक्टुबर-२०१७ को दिन सम्पन्न   बलिहाङ तङ्नाम २७९६ बनभोज कार्यक्रमको बिशेष अतिथिको रुपमा दुबई आउनु भएका किशोर सुब्बाको मुख्य लक्ष युएईमा किरात याक्थुङ चुम्लुङ, युएईको सहकार्यमा लिम्बू चलचित्रहरुको बजार ब्यबस्थापन गर्नु र नेपाली चलचित्र 'रेस' को प्रमोशन गर्नु रहेको थियो | लिम्बू भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकासको लागि लिम्बू कलाकर्मी र लिम्बूहरुको साझा संस्था चुम्लुङको सम्बन्ध नङ र मासुको जस्तो हुन सके लिम्बू भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकास गर्न गराउन सहज हुने ठहर गर्दै आगामी दिनमा युएईमा लिम्बू चलचित्रको बजार ब्यबस्थापनको लागि किरात याक्थुङ चुम्लुङ, युएई र लिम्बू चलचित्र कर्मीहरु बीच दोहोरो सहकार्य गरिने जानकारी गराउदै किरात याक्थुङ चुम्लुङ, युएईका बर्तमान अध्यक्ष मनिष नाल्बो ज्यूले लिम्बू भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकासको लागि चलचित्र मार्फत किशोर सुब्बाको योगदान सह्रानीय र सम्मान योग्य रहेको प्रष्ट पार्नु भएको थियो | स्मरण रहोस लिम्बू तथा बिभिद आदिबासी चलचित्र निर्माण तथा निर्देशन गरि आदिबासी जनजातिहरुको  भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकासको लागि बिशेष योगदान पुर्याए बापत किरात याक्थुङ चुम्लुङ, युएईद्वारा आयोजित गत २० - अक्टुबर-२०१७ को दिन सम्पन्न   बलिहाङ तङ्नाम ३७९६ बनभोज कार्यक्रममा निर्देशक सुब्बालाई नेपाल आदिबासी जनजाति महासंघ, युएई, किरात याक्थुङ चुम्लुङ, युएई र ताप्लेजुङ सेवा समाज, युएईद्वारा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो |

 

Last Updated on Sunday, 12 November 2017 06:13

Hits: 705

कतारमा नुवाकोट सेवा समाजले पाँचौं अधिवेशनको अन्तिम तैयारी पुरा

कृष्ण सारू मगर

दोहा-कतार,  नोभेम्बर ११ - मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा समाज सेवा नै धर्म हो भन्ने उद्धेश्यका साथ विशुद्ध समाजिक अवधारणा बोकी २००६ मा स्थापित नुवाकोट सेवा समाजले यहि आउँदो १७ नोभेम्बर २०१७ सुक्रबारका दिन सनैयाको ग्रीन गार्डेन रेष्टुरेन्टको सभाहलमा पाँचौं अधिवेशन गर्ने भएको छ ।

उक्त महादिवेशन कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु, महिला तथा सज्जन बृन्द ज्यूहरू पाँचौं अधिवेशन कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवश उक्त अधिवेशन कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भईदिनु हुन समाजका द्धितिय उपाध्यक्ष बच्चुराम प्याकुरेलले हामीलाई जानकारी दिए ।

श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं समस्त नुवाकोटवासी तथा गैर नुवाकोटसीहरूमा समाजले नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूले महाधिबेशन कार्यक्रममा उपस्थितिका लागि नुवाकोट सेवा समाजले परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

 

Last Updated on Sunday, 12 November 2017 05:55

Hits: 568

इराकबाट एक महिलाको शव ल्याउन कठिन चन्दा संकलनमा सह्योगको अपिल

कृष्ण सारू मगर

काठमाडौ,  कार्तिक१५ -  इराकमा आत्महत्या गरेकी कैलाश गाँउपालिका २ बैकुण्ठ मकवानपुरकी (राहदानी न ०८६९४१६) वाहक मृतक लक्ष्मी बल तामाङ्गको शव नेपाल ल्याउन समस्या भएको हो ।

अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङ्गका अनुसार मृतक लक्ष्मीको शव ल्याउन स्वैच्छिक रुपमा गाँउमा १००, २००, ५०० गरी चन्दा संकलन भईरहेको छ । मैले पनि ५ हजार सह्योग गरेँ, वडा अध्यक्ष तामाङले भने, शव ल्याउन झण्डै ४ लाख लाग्ने रहेछ ३, ४ दिनमा बल्ल २० हजार जति मात्रै संकलन भएको छ ।

४ लाख रकम जम्मा हुन यही गतिले महिनौ लाग्ने देखिए पछि शोकमा डुबेका परिवार झन तनावमा परेका मृतक लक्ष्मीकी श्रीमान अशोक बल तामाङ्गले सकेको आर्थिक सह्योग गर्न सबै सँग आग्रह गरेका छन् ।
Image may contain: 1 person, child

स्रोतका अनुसार अवैध बाटो हुँदै गएकि मृतक तामाङ्गकी ५ वर्षीया नावालिका छोरी छन् । परिवारको आर्थिक स्थिति सुधार्न बैदेशिक रोजगारीका लागी सिन्धुपाल्चोकका एक एजेण्ट मार्फत भारतको बाटो हुँदै अवैधानिक रूपमा दुई वर्ष पहिले इराक पुगेकी हुन् ।

मृत्युको खवर इस्लामावाद स्थित नेपाली राजदुतावास बाट कन्सुलर सेवा विभाग काठमाडौं, जिल्ला प्रशासन कार्यालय मकवानपुर हुँदै १५ दिन अघि परिवारमा खबर पुगेको थियो ।
तर लक्ष्मी र परिवार विचको सम्पर्क भने ६ महिना अघि बाटै टुटेको मृतकका परिवारलाई उद्धृत गर्दै वडा अध्यक्ष तामाङले जानकारी दिए ।

Last Updated on Wednesday, 01 November 2017 06:49

Hits: 1393

कतारमा महाकवी देवकोटाको १०८ औं जयन्ती मनाए

महेश्वर नेपाल
Image may contain: 2 people, people sitting and people on stage

दोहा-कतार, ५ नोभेम्बर - क्रिति रहोस भनि बनाइएका पाटीपौवा मृत आफन्तका नाममा बनाइएका ठुल ठुला फलैचार चौतारा रोपिएका अजङ्गका वरपिपल  ती सब अहमका निशानी मात्र हुन ।’

खोलाको गीत कविता सङ्ग्रहमा समावेश कविता मार्फत कविताको पोल्टो फुकाएका कवि उपेन्द्र सुब्बाले हस्यौली पारामा सायद, जड्याँहाको तर्क, समान अन्तर, मेरो आमाको नाम, ना ४ ख ४३८५, ख्यालिमा हारेको धुर्व, अध्यारोको गीत, किस्नेले बिहे गरेछ ढुंगाको मन लगायतका डेढ दर्जन कविता कतारमा रहेका नेपालीलाई  सुनाउनु भयो ।

लक्ष्मी जयन्तीको अवसरमा कतारमा साहित्यकार उपेन्द्र सुब्बा लिम्बूको एकल कविता बाचन सम्पन्न भएको हो  । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, गैर आवासिय नेपाली संघ कतारको साहित्य विभाग, नवोदित साहित्यिक वाचनालय कतार, मुग्लानी सौगात अल्खोर  र  नेपाली कला केन्द्रको संयुक्त आयोजनामा अनेसास नवोदितको ७५औं डबलीमा सशुल्क एकल कविता वाचन गरिएको हो ।
Image may contain: 7 people, people standing

साहित्यकार सुब्बा लिम्बूले कतार आउँदा आफू नेपालमै भए जस्तै भान भएको बताउनु भयो । सन् १९९८ तिर आफू पनि कतारमा श्रमिकको रुपमा आउन प्रयास गरेको भन्दै लिम्बूले भन्नू भयो ‘तर त्यति बेला म २ पटक असफल भएँ ।’ उनलाई अनेसास कतार तथा नवोदित साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरियो ।
कार्यक्रममा प्रकाश आङ्देम्बे लिम्बू द्वरा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’ को विशेष प्रदर्शनी पनि गरिएको थियो । चलचित्रको विशेष प्रदर्शन गर्न कतार आएका साहित्यकार तथा चलचित्र निर्देशक आङ्देम्बे लिम्बूलाई अनेसास कतार तथा नबोदीत साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरिएको थियो ।

कार्यक्रम श्यामराज रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो ।यसअघि साहित्यकारहरु खगेन्द्र सङग्रौला, अभि सुबेदी, श्रवण मुकारुङ, गोबिन्दराज भट्टराई, बिमल निभा, राजन मुकारुङ र हेमन यात्रीलाई कतार बोलाएर लक्ष्मी जयन्तीको अवसरमा एकल कविता वाचन गरिएको Image may contain: 9 people, people sitting and crowdअनेसास कतारका सल्लाहकार तिर्थ संगम राइले जानकारी दिनु भयो ।

Last Updated on Saturday, 11 November 2017 23:25

Hits: 611

कतारमा पाल्पाली समाजले कलाकाहरूलाई गरे सम्मान

कृष्ण सारू मगर
Image may contain: 11 people, people smiling, people standing

दोहा-कतार, अक्टोबर  ३० - पाल्पाली सेवा समाज र वसन्त फिल्मस (प्रा.लि.)को समन्वयमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरूलाई गैर आवासीय नेपाली संघका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यतामा वेलकम डाईन रेष्टुरेन्टको शभाकक्षामा भेटघाट तथा सम्मान गरेको छ ।

विशेष अतिथिमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रथम उपाध्यक्ष समेत रहेका पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार लिलम चिदी मगर, नेपाल मगर संघका महासचिव बिजय कुमार मगर, जनसम्पर्क समितिका महामन्त्री मोहम्मद अजिज अलि, गुल्मी सेेेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, लमजुङ्ग सेवा समाजका सल्लाहकार कृष्ण बराल, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, पाल्पाली समाजका उपाध्यक्ष हेम बगाले मगर, समाज सेवा अभियान रुपन्देहीका सल्लाहकार दिल भट्टराई, अन्तराष्ट्रिय साप्ताहिक राजधानीका दिल कुमार श्रेष्ठ, साझा नेटवर्कका कुमार अबिरल पन्थी, युरो खवरका उत्तम भट्टराई, डि.सी नेपालका महेश कार्की, समाजसेवी बिक्की बि.क, लगाएत अन्य विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।

बसन्त फिल्मस् प्रा.लि. का प्रवन्ध निर्देशक समेत रहेका समाजका अध्यक्ष ईश्वर काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रम शरद पाण्डेको स्वागत तथा फिल्मसका सचिव मोहन शाहको संचालनमा सम्पन्न कार्यक्रम समाजको बारेमा तिलु शर्मा पौडेलले प्रष्टाएको समारोहमा क्रमशः दोसल्ला ओडाएर सम्मानित भएका कलाकारहरू राष्ट्रका गहना हुन् भन्दै अझ उत्तरोत्तर प्रगतिको कामना गर्दै, प्रमुख, अतिथि, विशेष अतिथि र सभापतिको सह्योगमा बसन्त फिल्मस (प्रा.लि.) र पाल्पाली समाजले सम्मान पत्र प्रदान गरेको हो ।
Image may contain: 4 people, people smiling, people standing

नेपाल मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष नृत्य निर्देशक सुमन थापा मगर, नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष मयुर नृत्यकार कबिराज मगर, चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगर र गाउँवेसी, भञ्ज्याङ्ग, चौतारीमा गुन्जिने सालैजो, सोरठी, पञ्चेबाजा शब्द सृजनाका सर्जक तथा गायक प्रसाद खप्तरी मगर, नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार बिधार्थी अक्षकोष सह्योगार्थ "प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७" कार्यक्रम सफल बनाउन दोहा-कतार आएका हुन् ।

Last Updated on Tuesday, 31 October 2017 06:27

Hits: 966

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६