A+ A A-

पाल्पाली समाजले गृहजिल्लावासी मगरको गरे उद्धार

कृष्ण सारू मगर
Image may contain: 5 people, people standing

दोहा-कतार,  अक्टोबर १० - स्थाई घर साविक चिर्तुङ्गधारा-८ हाल बगनासकाली गाउँ पालिका-१ चिलाङ्गदी बस्ने स्व. बाबा नर बहादुर गाहा मगर तथा आमा नन्द गाहा मगरका छोरा विगत ४ महिना देखि अलपत्र परेका प्रेम बहादुर गाहा मगरलाई आफ्ना गृहजिल्लावासी पाल्पाली सेवा समाज कतारले उद्धार गरी नेपाल पठाएको छ ।

स्रोतका अनुसार खान, बस्न तथा विभिन्न समस्याका झेल्दै आएका मगरको ईन्ट्रि भिषाको समयावधि समेत सकिएका मगरलाई पाल्पाली समाजले विविध समस्याको थानिय कानुन अनुसारको ओभर स्टेको दस्तुर समेत भरेर ९ अक्टोबर राति १०:४० बजेको उडान नं- ९ W ५५१ को जेट एयरलाइन्सको उडान बाट नेपाल फिर्ता पठाउन सफल भएको हो ।
Image may contain: 1 person

पिडित प्रेमका अनुसार मेनपावरले तलब सेवा सुविधा राम्रो रहेको प्रलोभनमा पारी आफुलाई १ लाख भन्दा बढी रकम असुल गरेको बताएका छन् । उनले भने । ११ सय र ३ सय खानाको गरी १४ सय क.रि मा श्रम सम्झौता गरेता पनि उक्त बमोजिमको तलव सेवा-सुविधा नपाएको बताएका उनले बारम्बार आफुलाई पठाउने मेनपावरका मान्छेलाई उद्धार तथा यहाँको वस्तु स्थिती बारे जानकारी गराउन बारम्बार सम्पर्क गर्दा बेवास्ता गरी कहिल्यै फोन नउठाएकोमा आक्रोश छन् । उनले थप्दै भने पाल्पाली सेवा समाज कतारले आफुलाई टिकट सहित उद्धार कार्यमा विषेश सह्योग गर्ने बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक समेत रहेका समाजका अध्यक्ष ईश्वर काफ्ले, उपाध्यक्ष हेम बहादुर बगाले मगर, सचीव रामलाल खाती, सदस्य धिरज पछाई लगायत सम्पूर्ण पाल्पाली सेवा समाज प्रति हार्दिक कृतज्ञता सहित यो गुण कहिल्यै नविर्सने गुम्वेली खबरका कृष्ण सारू मगर संग बताए ।

मगरलाई ललितपुर स्थित Aalimah Diagnostic Center (Pvt) Ltd मेडिकलले स्वास्थ्य परिक्षण गरि जाउलाखेल नजिकै रहेको Vital international service (p) Ltd म्यानपावरले गएको १४ मे २०१७ का दिन उमसलाल अलि स्थित अल महमद हुसेन अलमुफ्ता मेन्टिनेस डिभिजन कम्पनीमा ईलेक्ट्रिसियन पेशामा कतार पठाएका थिए ।

अन्ततः आफ्नो जीविकोपार्जन संगै सुनौलो भविष्यको परिकल्पना बोकेर गएकोमा १४ मे २०१७ मा कतार प्रवेश गरेका मगरको स्वास्थ्य परिक्षणमा फेल भई भिषाको नलागेको आरोप लागेका उनलाई कम्पनीले विगत ४ महिना देखि प्राविधिक समस्याको कारण दोषी देखाउँदै बेरोजगार भएका हुन् ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी