प्रिय मित्र रेशम, मुक्तिकामी सलाम !
हरी बहादुर घर्ती मगर
प्रिय मित्र रेशम,
मुक्तिकामी सलाम !
सर्वप्रथम, तपाईको बन्दीजिवन शुस्वास्थ्य रहोस भन्ने कामना गर्दछु ।मित्र, झ्वाट्ट हेर्दा विभिन्न यातना सहितको तपाईको बन्दी जिवनले हामी लाखौंलाख जातिय अन्याय अत्याचार विरोधी, समग्र पहिचान र समानताका पक्षपातीहरुविचमा छट्पटी एवं पिडाको अनुभूति दिएको छ । बष्तुत: तपाईलाई यो 'नेपालको नेल्शन मण्डेला' बन्ने, ऐतिहासिक एवं गौरवमय अवसर प्राप्त भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।
मित्र, कुनै दिनमा दक्षिण अफ्रिकामा कालाजाति सडकमा छाती खोलेर हिड्यो भने, त्यही कसुरमा जेल जानू पर्थ्यो रे...! ठिक त्यसैगरी तपाईले पनि नेपाली सडकमा म नेपालको आदिवासी जनजाति हु भनेर छाती खोलेर सडकमा हिडेको मन्चमा उभिएर भाषण ठोकेको एवं पहिचान र अधिकार प्राप्तिको महान-पथमा अग्रमोर्चामा खटिएर गल्ती गरेको अभियोगमा नश्लवादी राज्यसत्ताले पूर्वाग्रही बनी टिकापुर हत्याकाण्डको झुठो ज्यानमुद्दाको अभियोग सृजना गरेर तपाइलाई जेल, नेल र हत्कडीमा राखेको प्रष्टै छ ।
मित्र, तत्कालिन टिकापुर घटनामा तपाई बेकशूर हुनुहुन्छ भनेर सम्बन्धित आजसम्मका सम्पूर्ण प्राप्त साक्षी प्रमाणले बताई रहेको छ, मानसिक सन्तुलन ठिक भएको जोकोही लाई पनि थाहा भएकै कुरा हो, वच्चा वच्चाले समेतले बुझी सके मात्र पहिचान र अधिकारमुखि आन्दोलनलाई तहस नहस पार्नकै निम्ति पूर्वाग्रह साधेर तपाईलाई फसाउन खोजिदै छ । त्यसैले त, नश्लवादी जाली पटाह राज्यसत्ताले तर्क र तथ्यभन्दा बाहिर गएर जबर्जस्ती उक्त झुठो मुद्दामा रेशम चौधरी नै दोषी हो भन्ने प्रमाणित गर्न ज्यानै फालेर लागेको देखिन्छ ।
बष्तुत: तपाईको लोकप्रियता निरंकुश राज्यसत्तालाई पटक्कै मन परेको थिएन र छैन । यो लाखौ नेपाली जनताले राम्रैसङग बुझेका छन् ।
मित्र, इतिहासले तपाईलाई सवै किसिमका विभेद एवं उत्पीडन विरुद्ध प्रमुख नेतृत्वदायी भूमिका निर्वाहगर्न जुन जिम्मेवारी सुम्पेको छ, यसलाई मैले 'नेपालको नेल्शन मण्डेला'को भूमिकाको नाम दिएको छु । मलाई पूर्ण विश्वास छ, तपाईले यो जिम्मेवारी तार्किकविन्दूमा अवस्य पुर्याउनु हुनेछ, मात्र समयको ढिलो चाडो मात्र हो । बाहुन जातिवादी शासकको नेल हत्कडी सहितको जेलको पर्खालले तपाईको भौतिक शरीरलाई बन्दी बनाउन सक्ला दु:ख, पीडा र यातना दिन सक्ला तर तपाईको आट, शाहस, हिम्मत एवं महान मुक्तिकामी अर्जुनदृष्टी विचारलाई अवस्य रोक्न र छेक्न सक्ने छैन ।
मित्र, आज नश्लवादी शासक हरुले तपाईलाई टिकापुरका चालीस हजार जनताको निर्वाचित जनप्रतिनिधि एवं उत्पीडित जाती समुदायको लोकप्रिय नेता मान्न तैयार नभएपनी, भोलि तपाईको महान राष्ट्रहितका निम्ति गरिएको उत्सर्ग एवं त्याग वच्चा वच्चाको मानषपटलमा गुन्जिने छ । शिलालेख बनेर भित्तामा लेखिने छन् । एकदिन न एकदिन नश्लवादी राज्यसत्ताको माकुरे जालो अवस्य च्यातिने छ, त्यो समयमा यिनिहरु न्यायको कठघरामा उभिन बाध्य हुन पर्नेछ ।
रिष र पूर्वाग्रही भएर आफ्नो विचार विरुद्ध विचार राख्यो भन्नसाथ तपाईलाई आफूले गर्दै नगरेको अभियोग लगाउनु भनेको कथित शासकहरु पूर्णरूपमा पराजित मानसिकतामा छन् भन्ने बुझ्न कुनै कठिन छैन । त्यस्तो कथित आरोप प्रत्यारोप जस्ले जहाँ जोसुकैलाई लगाउन सक्छ ।
मित्र, तपाइलाई थाहै छ, दक्षिण अफ्रिकामा हाम्रै जस्तै जातिय उत्पीडन एवं रंगभेदी विरोधी आन्दोलन संघर्षको क्रममा महाननेता नेल्शन मण्डेलाले २७ वर्ष जेल जीवन विताउनु परेको थियो, तपाईपनि ठ्याक्कै त्यस्तै मुद्दाको नेतृत्व गरेकोले बाहुनवादी राज्यसत्ताको एकाधिकार हैकम भएको हाम्रो जस्तो मुलुकमा तपाईं माथी जेल, नेल र हत्कडी पर्नु कुनै आश्चर्य होइन । त्यसैले तपाईलाई हामि राजपाको नेताको रुपमा पटक्कै हेरेको र बुझेका छैनौ, किनभने तपाई राजपाको पार्टीको आन्दोलनको क्रममा नभएर पहिचान, समाजिकन्याय र त्यसको नेतृत्वदायी भूमिकाको कारण फसाउन खोजिएको हो भन्ने सवाललाई जो कोहिले पनि बुझेको छ । त्यतिमात्र हैन एकदिन यो नश्लवादी राज्यसत्ताले यस्तै-यस्तै झुठामुद्दा तैयार गरेर हामिलाई पनि तपाईलाई जस्तै फसाउन अवश्य सक्छ । तथापि, म स्वयंलाई यस्तो ऐतिहासिक अवसर प्राप्त भएमा भने, म खुसी खुसीसाथ ग्रहण गर्नेछु भनेर यहि पत्र मार्फत तपाई लगायत लाखौं सामाजिक न्याय र पहिचानवादी योद्धा मित्रहरुसङ्ग प्रतिबद्धता जाहेर गर्दछु ।
अन्त्यमा, तपाईले देखाउनु भएको मार्ग पहिचान, सामाजिक न्याय र समानताको जित सुनिश्चित छ । मात्र केही समय थप अरु लाग्ला ।
आफ्नो ख्याल राख्नुहोला !
तपाईको शुभेच्छुक
हरि घर्तिमगर
युएई
२ अप्रिल २०१८
Last Updated on Thursday, 05 April 2018 09:16
Hits: 438
संखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न

Last Updated on Sunday, 04 March 2018 07:16
Hits: 344
कतारमा तीन किराँतीले संयुक्तरूपमा आफ्नो साँस्कृतिक पर्वलाई भब्य मनाए
कृष्ण सारू मगर,
दोहा कतार, ९ डिसेम्बर किराँत समुदायको महान राष्ट्रिय चार्ड "साकेला उधौली, रापवा श्यादर पिदार, चासोक तङ्नाम ५०७७ तथा बृहत् साँस्कृतिक कार्यक्रम २०१७" सनैया स्थित अल डल्ला ड्राईभिङ्ग स्कुलको सभाहलमा सम्पन्न सामुहिक कार्यक्रम कतारमा पहिलोपटक भब्य मनाएका छन् ।
किरायाको, "साकेला सिली", सुनुवार समुदायले "श्यादर सिली" कियाचुको "तङ्नाम" परम्परागत संस्कार, संस्कृतिको सहित पुजा आराधना गरी मनाएको समारोहमा साँस्कृतिक झाँकीको महत र अस्तित्वको बारेमा बताउँदै, सुसेस शाखा कतार, किराया शाखा कतार र किराचु यी तीन किराँतीहरूले संयुक्तरूपमा आयोजना गरिएको उक्त कार्यक्रममा आ-आफ्नो मौलिक पहिचान झल्किने भेष-भुषाले प्राकृतिक पुजक भएको दावी गरेका डम्वर कुमार लिम्वुले भने, प्ररस्तुत झाँकी संयोजकले आ-आफ्नो समुदायको बारे जानकारी गराएका थिए ।
अतिथि कलाकार दिपा सुहाङ्ग लिम्बूको प्रस्तुत साँङ्गितिक कोशेली "झम्के मायाँले" गीतको बोल रहेको गीतमा उपस्थित दर्शकले भरपुर मनोरञ्जन लिए । यसैगरी विभिन्न अवार्डले समेत सम्मानित राष्ट्रिय लोक तथा दोहोरी गायिका कल्पना सुनुवारले कार्यक्रमलाई सम्बोधन गर्दै, पहिलो गीति एल्बममा समावेश "डाँडामा विजुली आयो" सहित झण्डै आधा दर्जन साँङ्गगितिक प्रस्तुतिले भरपुर मनोरञ्जन गराउँदै दर्शकलाई नचाउन सफल भए । यसैगरी वरिष्ठ संगीतकार तथा गायक जितेन्द्र राईले आधा दर्जन भन्दा बढी गीत प्रस्तुत गरेर मनोरञ्जन गराएको साँङ्गितिक कार्यक्रमलाई तीन किराँती समुदायको आ-आफ्नै मातृभाषा र मौलिकता झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिमा स्थानीय कलाकारहरूले साथ दिएका थिए । सम्पन्न उक्त साङ्गितिक कार्यक्रमलाई अरबिन्द लिम्बूले संचालन गरेका थिए ।
किराया, कियाचु र सुसेसमाजले किराँती समुदायको मौलिक तथा संस्कृति पर्वलाई भब्य रूपमा सम्पन्न गराउन नेपाल बाट तीनै जना अतिथि कलाकारहरू किराँती समुदायको आ-आफ्नो विशुद्ध जातीय समाजले आयोजना गरेको साँस्कृतिक कार्यक्रमको निमन्त्रणामा आएका हुन् ।
प्रमुख अतिथि नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई रहेका थिए । विशेष अतिथिमा वरिष्ठ संगीतकार तथा गायक जितेन राई, गायिका दिपा सुहाङ्ग लिम्बू, कल्पना सुनुवार, गैर आवासीय नेपाली संघ आईसिसिका विमल सुवेदी, गैर आवासीय नेपाली संघका काबा अध्यक्ष तेज कुवाल, विभिन्न पेशा, ब्यावसायी, बुद्धिजीवी तथा समाजसेवी, विशिष्ट ब्याक्तित्वहरू रहेका थिए । नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर ब.रोका मगर, तमु (गुरूङ्ग) समाजका अध्यक्ष रस तमु, नेपाली संघिय समाजका अध्यक्ष डिएन पाङ्गी मगर, संघिय लिम्बुवान समाजका अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बू, हिराधन राई, लगायत विभिन्न मातृसंस्थाका प्रमुख तथा प्रतिनिधि, क्षेत्रीय, वर्गीय, धार्मिक, तथा साँस्कृतिक, साहित्यिक, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकार वंधुलाई सीता राई, अम्बिका लिम्बू र सरस्वती सुनुवारले अतिथि सत्कार गरेकी हुन् ।
प्रमुख अतिथि, विशेष अतिथि र सभापतिलाई कार्यक्रमका उपसम्योजक दिपेन्द्र राईले फेटा ओढाई सम्मान गरिएको समारोहबीच प्रमुख अतिथि, विशेष अतिथि सभापति र समाजसेवी तथा बुद्धिजीवीले सामुहिक रूपमा विक्रम चेतनशील राईको विभिन्न चार भाषा तथा लिपिमा प्रकाशित ३६ वटा समावेश गजल संग्रह "तुवचुङ्ग" कृतिलाई लोकार्पण गरेको हो ।
उक्त गजल संग्रह कृृृतिको समिक्षाको भुमिका पाएका रेगिस्तानी वरिष्ठ कवि तिर्थ संगम राईले धेरै भाषामा प्रकाशित गरेेेका सर्जक तथा गजलकार विक्रम चेतनशील राईलाई बधाई तथा शुभकामना दिए ।सुसेसमाजका अध्यक्ष तथा कार्यक्रम उपसम्योजक सामूयल सुनुवारले किराँत समुदायको महान पर्व र किराँतीहरूका विविध विषयमा प्रस्ट पारेका थिए ।कतारमा स्थापित विभिन्न समाजिक संघ, संस्थाको प्रतिनिधित्व गर्दै विषेश अतिथि गैर आवासीय नेपाली संघका काबा अध्यक्ष तेज कटुवालले शुभकामना दिए ।
प्रमुख अतिथि नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राईले कार्यक्रमलाई सम्बोधन गर्दै भने, जसरी तीन किराँती समुदायले आफ्नो साँस्कृतिक पर्व मानउन संयुक्त आयोजनामा एककृत भएका छन् । प्रमुख अतिथिले थप्दै भने, किराँत समुदायको इतिहास, मौलिक पहिचान, अधिकार, सह-अस्तित्वलाई संरक्षण-संवर्द्धनका लागि तीन किराँती समुदायको एकजुट भएका छन् ठीक त्यसरी नै लिम्बुवानको ऐतिहासिक पहिचानका मुद्दामा एकजुट हुन आग्रह गर्दै शुभकामना मन्तब्य राखेका थिए ।
कियाचुका अध्यक्ष तथा कार्यक्रम उपसंयोजक राजेन्द्र साम्याम्खामको राईको स्वागत तथा सुनुवार सेवा समाजका महासचिव समेत रहेका नीर कुमार सुनुवारको संचालनमा सम्पन्न कार्यक्रमको किराँत राई यायोक्खाका अध्यक्ष तथा कार्यक्रम संयोजक एक राज राईले सभापतित्व गरेका थिए ।
Last Updated on Tuesday, 12 December 2017 12:59
Hits: 529
कतारमा राष्ट्रिय पर्व खी-ल्होसार भब्य सम्पन्न
कृष्ण सारू मगर
दोहा-कतार, ३० डिसेम्बर "तमु हरूको एकता, आजको आवश्यकता" भन्ने मुल नाराका साथ आयोजना गरिएको "खी" ल्होसार तथा स्यो कैं कार्यक्रम २०१७" समृद्धि र एकरुपताको सुत्रधार बनोस् "ल्होसार" सारा तमूले गर्वसाथ हाम्रो महान पर्व भनोस् "ल्होसार" भन्दै, ग्रैण्डमल नजिकै रहेको सनैया स्थित अल डल्ला ड्राईभिङ्ग एकेडमीको सभाहलमा तमु गुरूङ्ग समुदायको नयाँ वर्ष "च्यह ल्हो" लाई बिदाई गरी "खि-ल्हो" राष्ट्रिय पर्वलाई आपसी भेटघाट तथा शुभकामना आदान-प्रदान गरि भब्य मनाए ।
"प्ये म्हस्या छ्या म्यु, छ्या म्हस्या म्हे म्यु, म्हे, म्हस्या ल्हु म्यु" अर्थात, "शास्त्र रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे परम्परा रहन्छ, परम्परा रहे मानिसको सह-अस्तित्व र पहिचान रहन्छ " भन्ने मुल मन्त्रलाई आत्मासाथ गरि निष्कर्षमा, तमु गुरूङ्ग समाजले २००४ मा स्थापित भएको विशुद्ध समाजिक संस्था हो ।
गत २२ डिसेम्बरका दिन सम्पन्न छेलो फाल्ने प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै १७÷१८का लागि तमु गुरूङ्ग कतारका म्रु (गुरूङ्ग राजा) छनौटमा सर्वोकृष्ट भएका बिरुवा-४ स्याङ्गजाका दिनेश तमु गुरुङ्ग र उत्कृष्ट भएका बनस्थली १६ काठमाडौंका अशोक तमु गुरूङ्ग राजा र साह्यक राजा भएका हुन् । समाजले द्वयलाई सार्वजनिक गर्दै, समाजका प्रमुख संरक्षक बिल गुरूङ्ग, संस्थापक अध्यक्ष समेत रहेका संरक्षक राम ब. तमु गुरूङ्ग, र बुधवल गुरूङ्ग, सभापति रस गुरूङ्ग र खेलकुद संयोजकको सह्योगमा कप तथा प्रमाण-पत्र प्रदान गर्दै समाजले सम्मान गरेको हो ।
यसैगरी सोही गैर आवासीय नेपाली संघ समन्वय परिषद २०१७÷२०१९ कार्यकालका निर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथि, तमु (गुरूङ्ग) समाजका संरक्षकहरूको सह्योगमा समाजले तमु गुरूङ्ग समुदायको पवित्र (क्रेगी) फेटाले सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।
सोही समारोहबीच तमु प्ये ल्हु संघका सचिव चन्द्र ल्हेगे तमु र सहारा तमुल्स्योको संयोजकत्वमा आएकी चेलीबेटीले तमु (गुरूङ्ग) समाजका अध्यक्ष रस गुरूङ्गलाई "खी" ल्हो वर्षले सदैव, सबैमा सुखी, सुखी, शान्ति, समृद्धि तथा सु-स्वास्थ्य एवं दिर्घायूको कामना गर्दै समाजको समृद्धि उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिए ।
प्रतिमा तमुल्स्यो गुरूङ्गले तमु गुरूङ्ग समुदायको नयाँ वर्ष "च्यह ल्हो" लाई बिदाई गरी "खि ल्हो" महान राष्ट्रिय पर्वलाई" तमू ल्होसारै आशिमलाँ "
" तमू ल्होसारको शुभकामना " दिँदै, तमु गुरूङ्ग समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महान पर्व "खि"-ल्होसारको महत्त्वका बारेमा प्रष्टाएकी थिए । समाजका उपाध्यक्ष भाईकाजी गुरूङ्गको स्वागत तथा महासचिवको संचालनमा सम्पन्न सभापतित्व समाजका अध्यक्ष रस तमु गुरूङ्गले गरेको उक्त "खी" ल्होसार कार्यक्रम समाजको मातहतमा रहेको विभिन्न शाखा, उप-शाखाको प्रतक्ष सह्योगमा सम्पन्न भएको हो ।
प्रमुख आतिथि नेपाली दुतावासका द्धितिय सचिव हरि अर्याल रहनु भएका थिए । विशेष अतिथिमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, गैर आवासीय नेपाली संघका अध्यक्ष नवीन पोखरेल, आईसिसिका सदस्य कुमार कार्की, टिबी कार्की, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर ब.रोका मगर, नेपाली संघिय समाजका हिराधन राई, विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक, साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकार, विभिन्न पेशा, ब्यावसायी, बुद्धिजीवी तथा समाजसेवीहरू अतिथि रहेका थिए ।
शुभकामना मन्तब्यको क्रममा नेपाली दुतावासका द्धितिय सचिव प्रमुख अतिथि अर्यालले विभिन्न संघ, संस्थाले आयोजना गरेको विभिन्न कार्यक्रममा सबै संघ, संस्थालाई फजुल खर्च नगर्न आग्रह गर्नु भएको थियो ।
विभिन्न संघ, संस्था, संगठनहरूको प्रतिनिधित्व गर्दै, गैर आवासीय नेपाली संघ समन्वय परिषद कतारका अध्यक्ष नवीन पोखरेल, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, विभिन्न जिल्लावासी समाजको प्रतिनिधित्व गर्दै लमजुङ्ग सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राख्दै शुभकामना दिए । विभिन्न समाजिक अभियान्ताको प्रतिनिधित्व गर्दै, शनि कुमार वलीले धर्मनिरपेक्ष, संघिय गणराज्यलाई संस्थागत गरी अब व्यावहारमा सबै, जाति, भाषा, धर्म, संस्कृतिको सम्मान गर्नु पर्नेमा जोड दिनु पर्ने बताए ।
मध्ये पूर्वीय राष्ट्र कतारमा स्थापित विभिन्न मातृ संस्थाहरूको प्रतिनिधित्व गर्दै किराँत राई यायोक्खाका अध्यक्ष एकराज राईले हाम्रो मातृभूमि देश नेपाल बहु-भाषिक, बहु-धार्मिक, बहु-साँस्कृतिक बहु पहिचान एवं भौगोलिक विविधताको सुचिमा भएको राष्ट्र हो । खासगरी नेपाली भुमिपुत्र आदिवासीजनजातिका समुदायलाई राज्यले जातीयताको राजनिती ग¥यो भनी बिल्ला भिराईएको छ । वास्तवमा हामी आदिवासीजनजाति समुदायको परम्परागत मौलिक संस्कार, संस्कृतिको संरक्षण-संवर्द्धन र प्रवर्द्धन गर्ने अधिकार बाट बन्चित बनाउने अधिकार कसैलाई छैन । उनले थपे हाम्रो आफ्नो मातृ भाषा, लिपि, धर्म, संस्कृतिको राज्यले जगेर्ना गर्नु नैतिक जिम्मेवारी रहेको टिप्पणी गरे । राईले थप्दै भनेका छन् । सिङ्गो राष्ट्र रहे नेपाल र नेपाली रहने हो । तसर्थ, सिमित स्वार्थमा लुप्त भई "म, मेरो" भन्ने यथास्थितिवादी चिन्तनका संकिर्ण विचारलाई त्यागेर शुद्ध मन देखि नै समग्रको भलाईका लागि आफ्नो धरातल भन्दा माथि उठेर म, मेरो परिवार, समुदाय, समाज र देशलाई समृद्ध राष्ट्र निर्माणका लागि असल ब्याक्ति बनेर सबैले आ-आफ्नो भुमिका निर्वाह गर्नु पर्ने समेत आग्रह गरे । थप्दै भने, विशुद्ध समाजिक अवधारणा बोकी झण्डै डेढ दशक अगाडि स्थापना भएको तमु (गुरूङ्ग) समाज निरन्तर समाजिक सद्भाव, भातृत्व एकता, संगै, तमु (गुरूङ्ग) समाजले परम्परागत मनाउँदै आएको आफ्नो समुदायको मौलिक पर्व, संस्कार, संस्कृती र पहिचानको संरक्षण-संवर्द्धन र प्रवर्द्धन गर्दै, अरूको संस्कार संस्कृति र पहिचानको पनि सम्मान गरेको प्रति समाजलाई खुलेरै प्रशंसा गर्दै शुभकामना दिए ।
राष्ट्रिय लोक तथा दोहोरीका चर्चित गायक गगन गुरूङ्गको लोक सालैजो, पञ्चेबाजा भाकामा रहेको आधा दर्जनभन्दा बढी नेपाली मौलिक गीतमा उपस्थित सबैलाई नचाउन सफल भए । नेपाली तथा गुरुङ्ग चलचित्रकी नायिका तथा "(तमु चलचित्र नायिका समेत रहेकी बहुचर्चित टेलिश्रृखला "मेरी बास्सै)" की हाँस्यकलाकार (मङ्गली) रजनी गुरूङ्गको नृत्य प्रस्तुतिलाई तमु साँस्कृतिक विभागीय कलाकारले भरपुर मनोरञ्जनमा साथ दिएका थिए ।
यसैगरी दोहा-कतारमा निकै चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका केसी गुरुङ्गले आफ्नो प्रस्तुतिमा उपस्थित सबैलाई नचाउन सफल भए ।
साँस्कृतिक कार्यक्रम समाजका सचिव तेज गुरूङ्ग र प्रतिमा गुरूङ्गको संयुक्त संचालनमा सम्पन्न भएको थियो ।
Last Updated on Sunday, 31 December 2017 03:54
Hits: 413
कुवेतमा रहेका नेपालीलाई आयो खुसीको खबर
काठमाडौं ।
नेपाल र कुवेतबीच सन् २००६ मा हवाई उडानको सम्झौता भएता पनि पहिलोपटक बुुुुधबारदेखि वतनिया एयरवेजले कुवेत बाट काठमाडौ सम्म सिधा दोहोरो हवाईसेवा संंचालन गर्ने भएको छ ।
नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार वतनिया एयरवेजलाई प्रारम्भिक रुपमा ३ महिनाका लागि रातको ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आएर पौने १२ बजे कुवेत फर्किने गरी सेवा सञ्चालनको अनुमति दिएको स्रोतले जनाएको छ ।
विभिन्न पेशा, ब्यावसाय र वैदेशिक रोजगारीका शिलशिलाका लागि नेपालीको प्रमुख गन्तब्य मध्ये एक हो कुवेत । साउदी अरब भएर कुवेत पुग्नुपर्ने बाध्यता खेपिरहेका नेपालीले आज देखि त्यो समस्याको अन्त्य भए संगै वतनिया एयरले सेवा प्रारम्भ गरेपछि नेपाल फर्किने र नेपालबाट कुवेत जाने कामदारलाई अब कुवेतसँग सीधा हवाई समबन्धले युरोप, अफ्रिका लगायतका विभिन्न देशहरूमा जाने/आउने यात्रुहरुलाई पनि सहज हुने निश्चित छ ।
कृष्ण सारु मगर ,बहराईन
Last Updated on Tuesday, 12 December 2017 10:55
Hits: 380
More Articles...
- तमु (गुरुङ) समाज, कतारले "खी" ल्होसारलाई भब्य मनाउने तैयारी
- युएईको 'चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम' २०१७ मा तारा प्रकास लिम्बु, निशा पोमू र यासेली योङ्हाङको जोडदार प्रस्तुति रहने भएको छ
- कतारमा नुवाकोट सेवा समाजको पाँचौं साधारणसभा भब्य सम्पन्न
- बहराईनमा पहिलोपटक लाइभ फ्युजन रक ब्याण्ड र दोहोरि धमाका एउटै मञ्चमा हुँदै