A+ A A-

बेलायतमा मास्टर मित्रसेन को ७१ औं स्‍मृति दिवस मनाईदै

बिजय हितान

Image may contain: 1 person, sitting

केन्ट, यूके -९ डिसेम्बर २०१७ का दिन मगर संघ युके केन्ट शाखाले मास्टर मित्रसेन को ७१ औं स्‍मृति दिवस मनाउने भएको छ । त्यस दिन केन्ट शाखाको ११ औं वार्षिक अधिबेशन पनि डाकिने छ । उक्त कार्यक्रम संस्थाको हालै बसेको त्रैमासिक बैठकले निर्णय गरेको महासचिव इश्वर आले ज्युले बताउनु भयो ।

पहिलो चरणमा संस्थाको वार्षिक अधिबेशन सम्पन्न गरिने छ भने दोश्रो चरणमा बहुप्रतिभाका धनी, पहिलो विश्वयुद्दका योद्दा तथा लाहुरे Image may contain: 1 person, smiling, text  श्रास्टा मास्टर मित्रसेनको स्‍मृति दिवस मनाइने छ । स्‍मृति दिवसमा बिशेष गरेर बेलायतस्थित गोर्खा पल्टनका सदस्यहरुलाई निमन्त्रणा पठाईनेछ । साथै बेलायतका सबै संघ संस्थाका पदाधिकारीहरुलाई अतिथिको रुपमा बोलाइनेछ । उक्त दिवसमा मास्टर मित्रसेन को थिए, गोर्खाली समाज सुधारमा उनको कस्तो भूमिका थियो, उनका साहित्यिक तथा साङ्गितिक देनहरु के के थिए ? भन्ने बिषयमा जानकारी दिईने अध्यक्ष बिजय हितानले बताउनु भयो । साथै उनका गीतहरुलाई क्याप्टेन रिटाएर्ड वीर बहादुर थापा नेतृत्वको एक सांगितिक दलद्वारा प्रत्यक्ष गाएर प्रस्तुत गरिनेछ ।

स्मरण रहोस, गोर्खा पल्टनमा अतिनै चर्चित गीत 'लाहुरे दाइको रेलिमै फेसनै राम्रो, रातो रुमाल रेलिमै खुकुरी भिरेको ....' गीतका रचयिता, संगितकार र गाएक उनै मास्टर मित्रसेन थिए । यो गीतलाई ब्रिगेड अफ गोर्खाजको ब्यान्डले कर्णप्रिय धुनमा प्ररिणत गरेर बिशेष परेडहरुका बेला लामो समय अघिदेखी बजाउंदै आएको छ ।   

यस कार्यक्रमलाई सफल पार्न मगर संघ युके साथै सबै सर्बसाधारणको साथ र सहयोग रहने आयोजक संस्थाले अपेक्षा लिएको छ ।   

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी