A+ A A-

खपाङीको जिवनि ग्रन्थ प्रकाशनार्थ मगर संघ यूके बाट सहयोग प्राप्त !

मगर संघ युके केन्ट साखाको अधिबेसन नोभेम्बरमा हुने !

(एटा सम्बादाता)

Image may contain: one or more people, people sitting, table and indoor

आश्फोर्ड- केन्ट, अक्टोबर १८ - नेपालका समाजबादी नेता, स्व.गोरेबहादुर खपाङीमगरको जिवनिमा आधारित स्मृति ग्रन्थ प्रकाशनकोलागी मगर संघ यूके बाट एक लाख रुपैया र मगर संघ केन्ट शाखा बाट रु ७९,२००  (£ 520) फाउन्डेशनले सहयोग प्राप्त गरेको छ । 


६ अक्टोबर २०१८ का दिन आश्फोर्ड, केन्टमा मगर संघ युके केन्ट साखाको नियमित त्रैमासिक बैठकमा संस्थाका अध्यक्ष बिजय हितानमगरले उक्त कुरा जानाकारी गराउनु भयो । नेपाल बाट गोरेबहादुर खपांगी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा मगरले रकम प्राप्त गरि धन्यबादपत्र समेत पठाएको अध्यक्ष हितानमगरले जानाकारी गराउनु भयो ।

बैठकले आगामी नोभेम्बर ४ आइतवारको दिन ७ औं अधिबेशन सम्पन्न हुने बिषयमा ब्रिस्तित छलफल गर्यो  । नयाँ कार्यसमिती चयन गर्न दिपक काउचाको नेत्रुत्वमा  चार सदस्यिय निर्वाचन मन्डल गठन गरिसकिएको छ। यसका अन्य सदस्यहरुमा सिता पुन, होम रोका, र रुद्र थापा हुनुहुन्छ । बैठकमा निर्वाचन मन्डलका सचिव सिता पुनले अक्टोबर २१ तारिखभित्र नयाँ कार्य समितिमा बसेर काम गर्न आफ्नो उम्मेदवारि दिईसक्न आवहान गर्दै निर्बाचनका कार्यशैलिका बारेमा प्रश्ट पार्नुभयो ।

बैठकमा संस्थाको आर्थिक कोश, र सम्पत्तीको आन्तरिक लेखा पारीक्षण गरेर प्रतुत गरिएको थियो । त्यसैगरी महिला उपसमितीको पनि आर्थिक विवरण प्रस्तुत गरिएको थियो । गतबर्ष बुद्दिलाल गाहाद्वारा निर्मित "सालीभेना" फिल्म प्रदर्शन गरेर गोरेबहादुर खपाङी फाउन्डेसनलाइ खपाङीको जिवनि ग्रन्थ प्रकाशनार्थ आर्थिक सहयोग जुटाइएको थियो । यस सहयोगार्थ रु ७९,२०० (£ 520) फाउन्डेशनले प्राप्त गरिसको जानकारी कोषाध्यक्ष रामु थापाले दिनुभयो ।

त्यसैगरि काठमान्डु भ्यु टावर परीयोजनामा लगानीको अवसरको बारेमा पनि चर्चा गरिएको थियो ।

बैठकको अन्त्यमा बिजय हितानमगर द्वारा निर्मित प्रथम सहिद लखन थापामगरको जिवनिमा आधारित नाटक 'सहिद को सपना' प्रदर्शन गरिएको थियो ।

संस्थाका अध्यक्ष बिजय हितानमगरको सभापतित्वमा सम्पन्न बैठकलाई सचिव इश्वर आलेले सन्चालन गर्नुभएको थियो । बैठकमा संस्थाका प्रायजसो सबै पदाधिकारी, सल्लाहकार, महिला उपसमितिका सदस्य, मगर बिजिनेस फोरुमका सदस्य, मगर संघ युके केन्द्रिय सदस्य, र अन्य सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो । 

Last Updated on Thursday, 18 October 2018 07:04

Hits: 448

बेल्पाली लाहुरे स्रष्टा र युद्ध साहित्य !

– विजय हितान

पृष्ठाभूमी

बेल्पाली अर्थात् बेलायती नेपाली । बेलायतमा सन् २००६ यता बेलायती गोर्खा सेनाबाट सेवा निवृत भई बेलायतलाई नै कर्मथलो बनाएर बस्ने लाहुरेहरूको जनसङ्ख्या उल्लेखनीय रूपले वृद्धि हुँदै छ । लाहुरे शब्दलाई बोलीचालीको भाषामा लाउरे भनिन्छ ।
Image may contain: Bryan Hitan

लाउरे शब्द नेपाली जनजिब्रोमा त्यतिबेलादेखि झुन्डिन सुरु गरेको हो, जतिबेलादेखि नेपालीहरू लाहोरमा गएर सेनामा भर्ती भई अरुका लागि युद्ध लडन सुरु गरे । आज यस लाउरे संस्कारले २०० वर्षको लामो इतिहास बोकेको छ । लाउरेको यो लामो इतिहासलाई अरु कसैले लेखिदियो तर स्वयम् आफैँ एक लाउरे पात्र बनेर । लाउरे आफैँले भने आफ्नो इतिहास लेख्न सकेनन्, लेख्न भ्याएनन्, लेख्न जानेनन् । लाउरेका बारेमा एकदुई सय पुस्तक लेखिएका होलान् तर ती अधिकाङ्श बेलायती लेखकहरूबाट । ती प्राय लेखकहरू स्वयम् गोर्खाली लाउरेहरूसँगै सहयोद्धा भएर पहिलो तथा दोस्रो विश्वयुद्ध हुँदै अन्य दुई दर्जनभन्दा बढी युद्धहरूमा लडेको पाइन्छ ।

इतिहासका पानाहरू पल्टाएर हेर्दा स्वयम् लाउरेले नै छिटफुट मात्रामा केही कृति र रचनाहरू छाडेर गएको पाइन्छ । युद्धचेतमा अधारित तुलाचन आलेको ’मणिपुरको सवाइ’ पुस्तक र मास्टर मित्रसेनले गाएका ’लाउरे दाइको रेलिमाई फेसनै राम्रो’ जस्ता एक दर्जनभन्दा बढी वीररसका गीतहरू यसका केही उदाहरणहरू हुन् । त्यसभन्दा बढी लाउरेहरूले आफ्ना अनुभूतिहरूलाई लेखेर दस्तावेजीकरण गरेको देखिएन । लामो कालखण्डपछि गत एक दशकभित्र लाउरे स्वयम्ले आफ्ना कथाव्यथाहरूलाई क्रमशः पुस्तकहरूमार्फत व्यक्त गर्न लागेको भने देखिन्छ । जसरी लाउरे संस्कार, लाउरे चलन, लाउरे वर्ग, लाउरे स्टायल, लाउरे बोली भन्ने कुराको विकास भएर आयो, त्यसरी नै आजकाल लाउरे साहित्य भनेर विकास हुन थालेको छ ।

लाउरेका बारेमा सबैभन्दा बढी गीत बनाएर गाइयो होला, त्यसपछि चलचित्र । तर त्यसलाई लिखित दस्तावेजमा साहित्य नै भन्न मिल्दैन । लाउरे सधैँ युद्धसँग नजिक रहने हुनाले लाउरेका बारेमा लेखिने साहित्य र लाउरे स्वयम्ले लेख्ने साहित्यलाई युद्ध साहित्य भन्न सकिन्छ । नेपाल, इन्डिया, मलेसिया, सिंगापुर, ब्रुनाई, हङकङमा लाउरेहरूको ठूलो वस्ती रहेको हुनाले यी ठाउँहरूमा कुनै न कुनै रूपमा युद्ध साहित्यचेतका अवशेष छाडिएको हुनसक्छ । अहिले आएर बेलायती सेनाबाट अवकाश पाई स्थायी रूपमा बसोबास गर्दै आएको सबैभन्दा ठूलो लाउरे समुदाय बेलायतमा छ ।

बेलायतमा युद्ध साहित्य विकास हुनुको कारण

सन् २००० सम्म आइपुग्दा युद्ध साहित्य सुषुप्त अवस्थामा रहेको देखिन्छ । सन् २००१ मा गोर्खा सैनिकमा कार्यरत एक दर्जनजति स्रष्टाहरूको मिलोमतोमा प्रवासी नेपाली साहित्य समाज स्थापना गरेदेखि युद्ध साहित्य विकासको सुरुवात भएको देखिन्छ । यस साहित्य सङ्गठन स्थापना हुनुमा सन् १९९८ देखि प्रकाशन गरिएको प्रवासी वेदनाका आवाजहरू भनिने पत्रिकाको ठूलो महत्व देखिन्छ । दशकौँको इतिहास बनाएको बीएफबीएस गोर्खा रेडियोको प्रसारण सेवा र पर्वते पत्रिकाको मासिक प्रकाशनले पनि यसमा विशेष योगदान पु¥याएको छ । सैन्य जीवन तथा युद्ध पीडाका भावनालाई कलममार्फत अभिव्यक्त गरेर देखाउने मञ्चको रूपमा यिनले काम गरेको पाइन्छ । लेखनलाई प्रोत्साहन नगरिने संस्कारले गर्दा पल्टन घरमा साहित्य भनेजस्तो रूपमा फास्टाउन नसकेको अवस्था त सबैलाई विदितै छ । मूलधारको नेपाली साहित्यभित्र मातृभाषा, डायस्पोरिक, पहिचान इत्यादि धारका साहित्य कोचिन खोज्ने क्रममा अहिले आएर युद्ध साहित्यले पनि आफ्नो दुलो खन्दै गरेको देखिन्छ । सन् १९९७ मा हङकङ ग्यारिशन छोडेर गोर्खा पल्टन बेलायत सरेपछि बेलायती भूमिमा पाइने वाक स्वतन्त्रता, मानव अधिकार र मिडिया स्वातन्त्रताका कारण पनि गोर्खा सैनिक र तिनका परिवारको कलम मजबुत भएर उभिन सकेको हो ।

कुनै पनि चिजको प्रभावकारी रूपमा विकास हुन संख्या या बहुमतको ठूलो भूमिका रहन्छ । यहाँ लाउरे समुदायको बाक्लो बसोबास पनि यसको एक प्रमुख कारण हो । बेलायतमा चौधवटा साहित्यिक संस्था खोलिएका छन् । यसका उदाहरण लाहुरे स्रष्टाको बहुमत रहेको नेपाली प्रतिभा प्रतिष्ठान र विश्व नेपाली साहित्य महासंघ अनि यसका शाखाहरू हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य संगठन बेलायतमा पनि उल्लेखनीय सङ्ख्यामा लाउरे स्रष्टा भएको पाइन्छ । बेलायतमा आयोजना गरिने साहित्यिक कार्यक्रमहरूमा प्रायजसो आधाभन्दा बढी सहभागिता लाउरे पृष्ठभूमिकै स्रष्टाहरूको हुनेगर्छ ।

बेलायतमा नेपालदेखि आउने साहित्यकारहरूको भ्रमण पनि बेलाबेलामा हुन्छ । नेपाली कलाकार पछि बेलायत भ्रमण गर्ने दोस्रो ठूलो वर्ग साहित्यकारको पर्दछ । तेस्रोमा नेताहरू पर्छन् । अहिलेसम्म मलाई ज्ञान भएअनुसार डा. गोविन्द भट्टराई, तुलसी दिवश, वैरागी काइँला, व्याकुल माइला, भावेश भुमरी, रमेश अधिकारी, राजन मुकारुङ, रामकुमार कोने, विश्व विमोहन श्रेष्ठ, तीर्थ अधिकारी, डा. खगेन्द्र लुइँटेल, डोलिन्द्रप्रसाद शर्मा, सञ्जोग लाफा, खगेन्द्र सङ्ग्रौलाले बेलायत भ्रमण गरिसक्नुभएको छ । वहाँहरूको प्रभावले पनि युद्ध साहित्यलाई प्रोत्साहन मिलेको छ ।
बेलायत स्वयम् विश्व साहित्यको जननी तथा उर्बरा भूमि हो । शेक्सपियर र चार्ल्स डिकन्सजस्ता विश्व प्रसिद्ध साहित्यकार जन्मेको भूमिमा बसेर बेल्पाली लाउरेले कोर्ने युद्ध साहित्य विस्तारै जुर्मुराउँदै छ । पहिलो र दोस्रो विश्व युद्ध स्वयम् आफैँ लडेर आफैँले युद्ध साहित्य कोर्ने बेलायती लेखकहरू सयौँ छन् । बेलायती लेखकले नै सयौँभन्दा बढी गोर्खा लाउरेका बारेमा पुस्तक लेखिदिएका छन् । प्रायजसो ती लेखकहरू गोर्खा पल्टनमा जागिर खाएका देखिन्छन् । ती साहित्यकार र तिनका कृतिहरू लाउरे स्रष्टाका प्रेरणाका स्रोत बनेको हुनपर्छ, फलस्वरूप नेपाली युद्ध साहित्य बामे सर्न थालेको छ ।

युद्ध साहित्य परिभाषा र सिद्धान्त

डायस्पोरिक र युद्ध साहित्यलाई नजिकबाट नियाल्ने साहित्यकार डा. गोविन्दराज भट्टराई युद्ध साहित्य क्षेत्र बाँझो छ भन्नुहुन्छ पहिलो नेपाली युद्धकवितासङ्ग्रह ’युद्धमा हराएको प्रेम’मा आफूले लेखेको भूमिकामा । रामायण र महाभारतजस्ता ग्रन्थहरू युद्ध साहित्य हुन् भनेर कतिले भन्छन् । ती पौराणिक कालका धार्मिक युद्ध साहित्य हुन् जो नेपाल भनिने राष्ट्र जन्मिनुभन्दा धेरै पहिला लेखिएका थिए । नेपाली संस्कारमा तिनको प्रभाव ठूलै रहे तापनि तिनलाई नेपाली युद्ध साहित्य मान्न सकिन्न ।

नेपालको एकीकरण र अङ्ग्रेजको उपनिवेशीकरणको अवधिमा भएका लडाईं पहिलो, दोस्रो विश्वयुद्ध र त्यसपछिका अन्य युद्धहरूमा गोर्खाली सैनिकको सहभागिता र तीसम्बन्धी लेखिएका विषयबस्तुलाई नेपाली युद्ध साहित्य मान्न सकिन्छ । हामीमा यति लामो युद्धको अनुभव हुँदाहुँदै पनि अनि तिनका बारेमा यत्रतत्र गीत, कविता, कथा बनाएर नेपालका पाखापखेरामा अभिव्यक्त गरिँदै आइए तापनि युद्ध साहित्यलाई परिभाषित र सिद्धान्तीकरण गर्ने काम भएको थिएन । अहिले आएर बेल्पाली लाहुरे स्रष्टा गणेश राई, कङमाङ नरेश राई र अप्जसे कान्छाले ’युद्धसाहित्य सिद्धान्त र सिर्जनाहरू’ पुस्तकमार्फत् युद्ध साहित्यलाई परिभाषित गरेका छन् । यस पुस्तकका अनुसार युद्धका चरणहरू– युद्धपूर्व, युद्धकाल, युद्धपश्चातका विषयवस्तुलाई सिर्जनाको आधार बनाएर लेखिएका कृतिहरू युद्ध साहित्य हुन् भनेर परिभाषित गरिएको छ । युद्ध पूर्वको चरणमा युद्धका लागि गरिने तयारी, जस्तै– सैनिक छनोट अर्थात् भर्ती, व्यारेक र जङ्गलमा गरिने तालिम तथा अभ्यास, सैनिक र तिनका परिवारका लागि गरिने प्रशासनिक र कल्याणकारी क्रियाकलाप पर्छन् । युद्धकाल चरण भन्नाले युद्धभूमिमा गएर बन्दुक, गोलाबारुदसँग खेल्दै शत्रुलाई आक्रमण, आफ्नो ज्यान, सहयोद्धा र भूमिको रक्षा गर्दै विजयतिर उन्मुख हुनेलाई बुझिन्छ । युद्धपश्चात् चरणमा युद्धको मैदानबाट फिर्ता, सन्धि, युद्धमा मानसिक, शारीरिक, भौतिक रूपमा क्षतविक्षत भएका संरचनाका समीक्षा र पुनर्निर्माण, सम्मान इत्यादिलाई बुझ्नुपर्छ । यसरी यी तीन स्रष्टाहरूले युद्ध साहित्यलाई सिद्धान्तीकरण गरेको पाइन्छ । युद्ध साहित्यलाई परिभाषित गर्ने क्रममा यस पुस्तकले युद्ध र द्वन्द्वलाई भिन्दाभिन्दै रूप दिएको छ । द्वन्द्व भनेको आन्तरिक गृह कलह हो जहाँ छापामारले देशको सीमारेखाभित्र रहेर आफ्नै सरकारविरुद्ध लड्छ । युद्ध भनेको एक देशको सैनिकले अर्को देशको सैनिकसँग युद्ध गर्छ । त्यसैले युद्ध साहित्य र द्वन्द्व साहित्य भिन्दाभिन्दै हो भनेर इङ्गित गरेको देखिन्छ ।

यसले के बुझिन्छ भने नेपालको माओवादी जनयुद्धलाई आधार मानेर लेखिएका सिर्जनालाई युद्ध साहित्य भनिँदैन । मेरो आफ्नै बुझाइमा जहाँ लडाइँको पूर्वतयारी संलग्न हुन्छ, जहाँ एम्बुस थापिन्छ र शत्रुपक्षलाई घाइते बनाइन्छ, बन्दी बनाइन्छ, मारिन्छ, जहाँ गोलीबारुद, बन्दुक, बम, माइन, क्षेप्यास्त्र प्रयोग गर्दै भूमि कब्जा हुन्छ, जहाँ रगत र पसिना बग्छ ती सबै विषयवस्तु समेटेर लेखिएका रचनाहरूलाई पनि युद्ध साहित्य मान्नुपर्छ । छापामार युद्ध कहिले काहीँ देशको सीमानाबाट बाहिर पनि पोखिन सक्छ । तालिवानलाई दबाउन पश्चिमी राष्ट्रहरूले अफगानिस्तानमाथि छेडेको संयुक्त हमला आन्तरिक द्वन्द्व साथै युद्ध हो । अब यहाँ एक प्रश्न खडा भएर आउँछ, अफगानिस्तानको उक्त युद्धमा खटाइएका बेलायती गोर्खा सेना र ती विषयमा लेखिएका कृतिलाई युद्ध साहित्य मान्ने कि नमान्ने ? आईससलाई दबाउन प्रयोग गरिएका बहुराष्ट्रिय सेनाका कथाव्यथामा लेखिएका रचनालाई युद्ध साहित्य मान्ने कि नमान्ने ? यी कुराहरू बहसका विषय हुन् भन्ने मलाई लाग्छ । त्यसर्थ यी तीन लाउरे स्रष्टाद्वारा प्रतिपादित युद्ध साहित्य र सिद्धान्तलाई अझै छलफल गरेर निक्र्यौल निकाल्न पर्ने मेरो आसय हो ।

वेल्पाली लाउरे स्रष्टाहरू र प्रकाशित पुस्तक

गणेश राई– राइफलले फलाकेको जिन्दगी (कवितासङ्ग्रह), राइफलको नालबाट जीवन नियाल्दा, युद्ध एम्बुसमा राइफलको सङ्गीत, राइफलको मुर्च्छना (उपन्यास), युद्ध साहित्य सिद्धान्त र सिर्जना (संयुक्त सिद्धान्त)

काङमाङ नरेश राई– गोर्खा वार पोयम, युद्धमा हराएको प्रेम, सीमाहीन विम्बहरू, ग्रिनविचका प्रतिध्वनिहरू, रिफ्लेक्सन्स वियोन्ड बोर्डर (संयुक्त सम्पादन कवितासङ्ग्रह), आँसुको दोभान अनुहारमा लुकाइएका चोटहरू, पप्पीफूल (कवितासङ्ग्रह), खुकुरीको धारमा, फियरलेस वारियर (आत्मकथा सङ्ग्रह), युद्ध बोकेको सिताङ (उपन्यास), युद्ध साहित्य सिद्धान्त र सिर्जना (संयुक्त सिद्धान्त)

रक्षा राई– सालिक उभिएर गोर्खाली, देश दुखेको छ, पोयट इन किलिङ जोन (कवितासङ्ग्रह), नवचेतना ग्रह (संयुक्त सिद्धान्त), सिपाहीकी आमाको लास, वालुवामा अर्को नेपाल (कथासङ्ग्रह)

अप्जसे कान्छा– युद्धमा हराएको प्रेम, गोर्खा वार पोयम, ग्रिनविचका प्रतिध्वनिहरू (संयुक्त सम्पादन कवितासङ्ग्रह), युद्ध साहित्य सिद्धान्त र सिर्जना (संयुक्त सिद्धान्त)दयाकृष्ण राई– गन्तव्यहीन यात्रीको सपना (कथासङ्ग्रह), ईश्वरको मलामी, लाहुरेको कथा र जापानको व्यथा (कवितासङ्ग्रह) सम्झनाको आलिङ्गनमा बाँधिएर, पागल दर्शनिकको अभिव्यक्तिहरू (संस्मरण) मिजास तेम्बे– प्यास नजरको, एक गजलसङ्ग्रह (गजलसङ्ग्रह), गोर्खा वार पोयम, ग्रिनविचका प्रतिध्वनिहरू, सीमाहीन विम्बहरू, रिफ्लेक्सन्स वियोन्ड बोर्डर (संयुक्त कवितासङ्ग्रह), अर्थ अवतरण (कवितासङ्ग्रह), नवचेतनाग्रह (संयुक्त सिद्धान्त) नरेश नाती– बाटो खोज्दाखोज्दै (गीतसङ्ग्रह), मन बेइमानी (मुक्तकसङ्ग्रह), देश बिर्सेर (कथासङ्ग्रह) टङ्क वनेम– साँघुरी र बुढा सुब्बा, पेन्जरी पेन्मिक्हा, श्लेश्मन्तकको सम्पाङ, संगीनको मुर्च्छना (कवितासङ्ग्रह) जगत् नवोदित– जीवन अनुभूति, काँचो मुद्धा (कवितासङ्ग्रह), अक्षय आकृति (मुक्तकसङ्ग्रह), सप्तकोशीको किनारबाट (सहसम्पादक गजलसङ्ग्रह) विश्वासदीप तिगेला– परदेशीका कोशेली कविताहरू (कवितासङ्ग्रह), गृहयुद्धका पीडा, देश बोक्नुको पीडा (नियात्रा), संछिप्त वोर्नियो परिचय (भूगोल परिचय), निस्पक्ष संविधान समृद्ध राष्ट्र (राजनीतिक लेख), अभियान (राजनीतिक शब्दावली सङ्ग्रह) केदार सङ्केत– आफैँ जलेको देश, साङ्केतिक कविता, गो तेकेरे छु (कवितासङ्ग्रह), यात्रा स्पर्श (नियात्रा सम्पादन), बुद्धल्यान्ड टु स्विजरल्यान्ड, एथेन्सको झरी (नियात्रा), पैयूँका फूलहरू (हाइकु) विजय हितान– विछोडअघिको रात, बाग्मती ब्लुज (कवितासङ्ग्रह), स्वच्छन्द सुसेलीहरू (कवितासङ्ग्रह सम्पादन), थकित पृथ्वी (कथासङ्ग्रह), इको उत्सर्जन (निबन्धसङ्ग्रह), जयबहादुर हितानमगर (व्यक्तित्व र कृतित्व सम्पादन)सुमलकुमार गुरुङ– मेजर अर्जुनको औँठी (कथासङ्ग्रह), युरोप यात्राका अनुभूतिहरू, पाञ्चासेको काखदेखि हङकङको सेरोफेरो, अतीतको आँखिझ्यालबाट नियाल्दा (संस्मरण), खोज्दै छु नेपाल (कवितासङ्ग्रह) विश्वकाजी राई– उजागर (गीतसङ्ग्रह); मुकेश राई– अनुभुतिका रङहरू (गीतसङ्ग्रह); सुरेन्द्र इङ्नाम– चोट दिएपछि (गीतसङ्ग्रह); ईश्वर चाम्लिङ– स्पन्दित प्रवास् (गीतसङ्ग्रह); नवराज राई– बर्दीभित्रको मन (कवितासङ्ग्रह), मुलिवीर राई– विसाइत, छाल, हरियो पर्खाल, मृत शहर (उपन्यास), तथ्य (संस्मरण); भरतमणि चेङ्वाङ– म अब उप्रान्त कविता लेख्न सक्दिनँ (कवितासङ्ग्रह); दुत पुन– सुनदन्ते, युकेको जिन्दगी (कवितासङ्ग्रह), अर्ली भाइ (कथासङ्ग्रह); दधिबन्धु घर्तीमगर– जङकोट डाँडाका सुसेलीहरू (कवितासङ्ग्रह); लाल राना– अफगानिस्तानमा दशैँ, साइप्रसको आँखिझ्यालबाट (कवितासङ्ग्रह); भगवान् चाम्लिङ– मजस्तै मेरा कविताहरू (कवितासङ्ग्रह); हेम थापा ’सेठ’– वादलपारिको देश (उपन्यास), लोकव्यथा (कवितासङ्ग्रह); डा. सीबी गुरुङ– मेम साहेब (कथासङ्ग्रह), मेडल अफ बृटिश एम्पायर (भिसीका जीवनी); कृष्णबहादुर छेत्री– नेपाली मन (गीत), द खस (ऐतिहासिक कृति)

बेल्पाली लाउरेनी स्रष्टा र प्रकाशित पुस्तकहरू

निर्मला राई परिवेश– परिवेश, परिवेशका पाइलाहरू (कविता/गीत/मुक्तक सङ्ग्रह); अञ्जु अञ्जली– फेरि किन बिछोड (उपन्यास), च्यातिएर वर्तमान (गजलसङ्ग्रह);दीपा लिम्बू राई– युद्ध, सह अस्तित्व र सिर्जना (कवितासङ्ग्रह); निलम आम्बुहाङ राई– अन्तरमनका तरङ्गहरू (गीतसङ्ग्रह); नानु राना– घाम र जून (कवितासङ्ग्रह); जानुका राई– धर्तीको जन्म, आमा (गीतसङ्ग्रह); भावना परिष्कृत सुनुवार– उन्मुक्त यात्रा (कथासङ्ग्रह); करिश्मा घम– दुई किनारा (कवितासङ्ग्रह); सुमाया राई– छाम सुनाखरी (गीतसङ्ग्रह), अव्यक्त अभिव्यक्ति (कवितासङ्ग्रह); लीला सेलिङ माबो – लाउरेनी पीडा (कवितासङ्ग्रह)

लाउरे परिवारसँग सम्बन्धित स्रष्टाहरू र प्रकाशित पुस्तकहरू

शान्ति लिम्बू– मिलीजुली (उपन्यास); जया राई– बेकर स्ट्रीटका दुई आँखा (कथासङ्ग्रह), भर्जिनिया उल्फ र आँसुका फूल (नियात्रा), डम्बरी, रहरलाग्दो चराको लर्को (कवितासङ्ग्रह)'; जानु काम्बाङ लिङ्देन– सिविरमा ईश्वर, न उघ्रेको जून (कथासङ्ग्रह); लक्ष्मी राई लारा– पात्रहरूसँग एक साँझ (कथासङ्ग्रह); देवेन्द्र खेरेश– रुंग्री बयान र नदी किनार (कवितासङ्ग्रह); घन थापा– देशको माटोमा मेरो फूल, क्याक्नीको कोशेली, मेरो चिनो मेरो देश(कवितासङ्ग्रह)

पुस्तक प्रकाशित नभइसकेका तर साहित्यमा कलम चलाउने लाउरे/लाउरेनी/लाउरे परिवारसँग सम्बन्धित स्रष्टाहरू
भरत लोहरूङ, सर्वधन राई, सेमन्त राई, राज श्रेष्ठ, गोपाल शाही, जय तामाङ, होम सुनुवार, जीतेन्द्र चेम्जोङ, लाहाङ चेम्जोङ, लालसुन्दर राई, चोक गुरुङ, काजिमान याक्सो, विशन थापा, सङ्गीता राई बायुङ, देवी आले, शान्ता जबेगु, पवित्रा आले, क्षेत्रकला राई, सशी थापा सुब्बा, अमित थेवे

उपसंहार

इतिहास साक्षी छ- आफ्नो वर्गका बारेमा आफैँ लेखिन्छ । आफ्नो कथा आफैँले लेख्दा साँचो हुन्छ । गलत भएर बाङ्गिने सम्भावना कम हुन्छ । त्यसर्थ बेलायती लाउरे स्रष्टाहरूले आफ्नो कथा आफैँ लेख्नुपर्छ । लेखिँदै गरिएको पनि छ । यसरी यो सोधकार्य गरिंदा ६४ भन्दा बढी बेल्पाली लाहुरे र यस समुदायसंग सम्बन्धित स्रस्टाहरुले १२० भन्दा बढी कृति प्रकाशित गरिसकेको पाईन्छ । तर अझै लेख्न बाँकी विषय धेरै नै छन् ।

युद्ध साहित्यमा अलि पहिलादेखि कलम चलाउनुहुने गणेश राई हुनुहुन्छ । हालै आएर कङमाङ नरेश राई यस क्षेत्रमा डटेर लाग्नुभएको छ । गणेशका कृतिमा फकल्याण्ड युद्धमा गोर्खाली सैनिकले भोगेका पीडालाई पोखेको पाइन्छ भने नरेशका 'युद्ध बोकेको सिताङ'मा दोस्रो विश्वयुद्ध र 'फ्युरिअस वारिअरमा' ब्रुनाई कन्फ्रोण्टटेशनदेखि अफगानिस्तानमा लडेको युद्ध सारथिका आत्मकथा लेखिएको छ । यस्ता सैन्यलेखनका कृति ऐतिहासिक दस्ताबेज बन्छन् ।

जसरी युद्धभूमिमा स्कट वानले आफ्नो प्लाटुनलाई लिड गरेर रेके पट्रोलमा लग्छ त्यही कार्य युद्ध साहित्यमा नरेशले गरेका छन् । त्यस रेके प्लाटुनका अन्य सिपाहीहरू भनेको रक्षा, दयाकृष्ण, मिजास, अप्जसे, चोक, विश्वास, सुरेन्द्र, खेरेश, नाती, घम, अन्जु, दिपा, लारा, जानु, जानुका, शशी, मुकेश, टंक, विश्वकाजी, ईश्वर, नवराज, विजय, नानु, लालसुन्दर, लाल, औतारी, सुमल, चन्द्रबहादुर, जगत् इत्यादि हुन् । युद्ध साहित्य विस्तारको यो रेके प्लाटुनमा कलमरूपी बन्दुक र मसिरूपी गोली बोकेर अन्य युद्धका सारथिहरू पनि पछि लागेर आउनेछन् भन्ने मैले विश्वास लिएको छु ।

लाउरे परम्परा, सैनिक गतिविधि, युद्धका कथा इत्यादिलाई साहित्यिक कलाको लेप लगाएर लेखेर पाठक माझ पु¥याउन सकियो भने एकातिर इतिहास जोगिन्छ, अर्कोतिर पढेर मनोरञ्जनका साथै ज्ञान हासिल गर्न पनि सकिन्छ । यद्धपि युद्ध साहित्यलाई अन्य साहित्यकार माझ पु¥याएर मूलधारको नेपाली साहित्य जगत्मा भित्र्याउन थुप्रै युद्ध साहित्य गोष्ठी, अन्तरक्रिया, प्रतियोगिता, पुरस्कार र दिवसहरूको खाँचो छ ।

Last Updated on Wednesday, 29 August 2018 15:21

Hits: 353

युके मगर संघ केन्ट शाखाद्वारा खपाङ्गी स्मृतिग्रन्थलाई आर्थिक सहयोग !

विजय हितान
केन्ट युके, अगस्ट १ - युके मगर संघ केन्ट शाखाले गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्वारा प्रकाशन हुन गइरहेको गोरेबहादुर खपाङ्गी स्मृति ग्रन्थलाई आर्थिक सहयोग गरेको छ ।

जुलाई २८ तारिखका दिन युके मगर संघ केन्ट शाखाद्वारा आयोजित वार्षिक कार्यक्रममा संस्था तथा कार्यक्रमका अध्यक्ष विजय हितानले युके पाउन्ड ५२०/– अर्थात् नेपाली ७५,०००/– बराबर रकमको चेक सो कार्यक्रमका प्रमुख अतिथि, फान्डेशनका सचिव कवि/गीतकार भावेश भुमरीलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम बुद्धिलाल गाहाद्वारा निर्मित चलचित्र 'सालीभेना' प्रदर्शनबाट सङ्कलन गरिएको हो ।

बेलायतको केन्ट, डोभरमा आयोजित एक भव्य कार्यक्रमलाई फाउन्डेशनका सचिव भुमरीले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए भने आफ्नो मन्तव्य राख्दै खपाङ्गी फाउन्डेशनका बारेमा जानकारी दिएका थिए । भुमरीले आफ्नो उद्देश्य भनेको संस्थाले सिर्जनात्मक काम गर्दै खपाङ्गीलाई आम नेपालीसम्म लैजाने हो भने । सोही उद्देश्यअनुरुप स्मृति ग्रन्थ प्रकाशन गर्न गइरहेको कुरा पनि भुमरीले बताए । भुमरीले युके मगर संघ केन्ट शाखाले उपलब्ध गराएको रकम स्मृति ग्रन्थ प्रकाशनका लागि प्रयोग गर्ने र रकमका बारेमा स्मृति ग्रन्थमै उल्लेख गर्ने प्रतिवद्धता जनाए । भुमरीले संस्थाका अध्यक्ष विजय हितान र सिङ्गो मगर संघ केन्ट शाखाप्रति विशेष धन्यवाद ज्ञापन गरे ।

भुमरी केही समयका लागि विभिन्न कार्यक्रमका लागि बेलायतमा रहेका छन् भने गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थका सम्पादक पनि भुमरी नै हुन् । हालसम्म विभिन्न लेखकहरूबाट स्मृतिग्रन्थका लागि लेखरचनाहरू प्राप्त भइरहेका छन् भने विभिन्न र दाताहरूबाट रकम पनि प्राप्त हुँदै आएको छ । स्मृति ग्रन्थ स्तरीय रुपमा केही समयमै प्रकाशन हुने छ ।

Last Updated on Wednesday, 01 August 2018 14:44

Hits: 227

बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेटघाट सम्पन्न

सुरेन्द्र इङ्नाम 

केन्ट, बेलायत,गत ७ जुलाई २०१८ को दिन बेलायतको एम्पायर हल अल्डरसटमा “बाँसुरी चौतारी बेलायत” ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ ।

खड्क क्षेत्रीको सम्योजनमा “बासुरी चौतारी बेलायत” नामको फेसबूक पेज खोलेयता बेलायतको बिभिन्न स्थानहरुमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबाधकहरु फेसबूक पेजमा मात्र केहि समय यता एक भएको र आफ्ना बाँसुरीका धुनहरु सुनाउदै आएका थिए ।
उक्त “बासुरी चौतारी बेलायत” फेसबुकमा बेलायत भन्दा बाहिरका केहि बाँसुरीका लब्द प्रतिष्ठित ब्याक्तित्वहरुलाई पनि समावेश गरिएको छ । उक्त “बासुरी चौतारी बेलायत” को पहिलो भेलाको पहिलो शत्र बाँसुरी बारे बाँसुरीमा डिप्लोमा गरेका सास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दसक खोज अनुसन्धान गर्नु भएका दिपक चाम्लिङले केहि ज्ञानहरु समुहलाई बाँडेका थिए । त्यस पश्चात उन्ले केहि मिठा बाँसुरीका धुनहरु पनि सुनाएर पहिलो शत्र खाना–खाजाको लागी अन्त्य भएको थियो ।
भेलाको दोस्रो शत्रमा ग्रुपका सबै सदस्यहरुले एक एक बाँसुरीका धुनहरु प्रस्तुत गरेका थिए । एकल प्रस्तुत सके पश्चात समुहमा अभ्यास भएको थियो । समुहको अभ्यास सके पश्चात बाँसुरी वादक दिपक चाम्लिङ्ले बाँसुरी बजाउन तथा मिठास ल्याउन केहि अति आवस्यक कुराहरु उदाहरणका साथ ब्याख्या गरेर स्पस्ट पारेका थिए ।
कार्यक्रमको अन्त्यमा संयोजक खड्क क्षेत्रीले सम्पुर्ण सदस्यहरुलाई आजको भेलाको औचित्य बारे बोल्दै र यस क्लोज फेसबूक ग्रुपलाई चाडै पब्लिकको लागी हेर्न मिल्ने बनाउने जस्ले गर्दा बासुरीको धुन सुन्न र मन पराउनेहरुले पनि हेर्न मिलोस र उपस्थितीको लागी सबैलाई धन्यवाद दिदै भविश्यमा पुन भेला गर्ने प्रतिबद्घता जनाउदै भेलालाई औपचारिक रुपमा समाप्त गरेका थिए ।
बिहान १० बजेबाट शुरु भएको सो भेला साँझ ७ बजे सकेपछि एम्पायर दोहोरी साँझमा गएर ग्रुपका सदस्यहरुले बाँसुरीको प्रस्तुतिहरु दिएका थिए ।
“बाँसुरी चौतारी बेलायत”मा ३० भन्दा धेरै सदस्यहरु छन । उक्त भेलामा उपस्थित सदस्यहरु यस प्रकार रहेको छ ।

संयोजकः खड्क क्षेत्री
सल्लाहकारः दिपक चाम्लिङ

सदस्यहरुः
सुरेन्द्र इङ्नाम,भरत लोहोरुङ राई,सेमन्त राई,मेघ गुरुङ,कुल थापा,विस पुन मगर,लोक बहादुर थापा,भुपाल गुरुङ,पदम गुरुङ

 

Last Updated on Wednesday, 15 August 2018 13:45

Hits: 76

बेलायतमा गीतकार भुमरीको गीत लेखन प्रशिक्षण !

बिजय हितान

बेलायत ,जुलाई - विश्व नेपाली साहित्य महासंघ केन्द्र र युकेको साउथ शाखाले आफ्नो आठौँ वार्षिकोत्सव गीत लेखन गोष्ठी र भानु जयन्ती कार्यक्रम आयोजना गरेर मनाएको छ ।

Image may contain: 6 people, including Biswasdip Tigela, people standing

विश्वभरि छरिएर बसेका नेपाली साहित्यकारहरूलाई एउटै सूत्रमा आवद्ध गराई सिर्जनशील लेखनमा एकजुट बनाउने उद्देश्यले स्थापित यस महासंघ केन्द्र र युकेको साउथ शाखाले विभिन्न कार्यक्रहरू आयोजना गर्दै आएका छन् । यसै क्रममा जुलाई आठ तारिखका दिन बेलायतको साउथ शाखाका कार्यवाहक अध्यक्ष करिष्मा घमको अध्यक्षतामा सो कार्यक्रम आयोजना गरेको हो । केन्टोवरीमा आयोजित सो कार्यक्रम नेपाली भाषी आदिकवि भानुभक्त आचार्यको २०५ ओँ जन्मजयन्तीका अवसरमा भानुको तस्बिरमा अध्यक्षबाट खादा ओढाएर सुरु गरिएको हो । भानुभक्तका बारेमा संक्षिप्त परिचय कविद्वय सन्धया गुरुङ र लाहाङ चेम्जोङले दिएका थिए ।

Image may contain: Bhavesh Bhumari, smiling, standing

अर्को चरणको कार्यक्रममा नेपालबाट केही समयका लागि बेलायत आएका गीतकार भावेश भुमरीले उपस्थित साहित्यकार, गीतकार र साहित्यानुरागीहरूलाई गीत लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए । गीतकार भुमरीले आफू गीत लेखनमा लाग्दाको प्रसङ्गदेखि गीत लेखनमा लाग्दाका सङ्घर्ष र अनुभवहरूलाई पस्केका थिए । गीतको सिद्धान्त र सिर्जनामै स्नातकोत्तरको शोधपत्र गरेको सन्दर्भ कोट्याउँदै भुमरीले सर्जकले आफ्नो विधाको सिद्धान्तलाई थोरै भए पनि अध्ययन गरेर अगाडि बढ्दा सिर्जना राम्रो हुने कुरा राखेका थिए ।

गीत लेखनसम्बन्धी प्रशिक्षण दिँदै भुमरीले गीतको परिचय, गीत र कवितामा समानता र भिन्नता, गीतका विशेषताहरू, गीतका तŒव, गीतको संरचना या बनावट, गीत रचनामा उचित शब्द चयन, गीतका विषय र गीत सिर्जनामा अपूर्णतालाई पूर्णतालगायतका विभिन्न विषयमा प्रशस्त व्याख्या गरेका थिए । गीत रच्दा प्राविधिक रूपले गीतकार जति कुशल हुन सक्यो त्यति गीत राम्रो हुने कुरामा भुमरीले जोड दिएका थिए । यसको अभावमा गीतकारले गीत सिर्जनामा कुन ठाउँमा कमीकमजोरी भयो भन्ने कुरा थापा नपाउने कुरा राखेका थिए । गीतको लोकप्रियता साहित्यका सबै विधाभन्दा बढी भएको वास्तविकता कोट्याउँदै भुमरीले यसमा कलम चलाउन पनि जोड दिएका थिए । उनले दिएको प्रशिक्षण गीत रच्न चाहनेहरूका लागि प्राविधिक रूपले निकै लाभदायक बनेको थियो ।

Image may contain: 3 people, including Biswasdip Tigela and Bhavesh Bhumari, people smiling, people sitting, people standing and indoor

विश्व नेपाली साहित्य महासंघ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले आफ्ना कुरा राख्दै भावेश भुमरीको प्रशिक्षणबाट आफू धेरै लाभान्वित भएको र उपस्थित सबैलाई लाभ पुगेको कुरा राखेका थिए । यस प्रकारका कार्यक्रमले सर्जकलाई ताजकीकण गर्न धेरै भूमिका खेल्ने कुरा पनि व्यक्त गरेका थिए । आफ्नो संस्थाले यस्तो कार्यक्रम आयोना गर्न पाउनु सौभाग्य भएको कुरा पनि व्यक्त गरेका थिए । विश्व नेपाली साहित्य महासंघ बेलायतको साउथ शाखाका सल्लाहकार तथा साहित्यकार विजय हितानले पनि प्रशिक्ष्णबाट आफू लाभान्वित भएको कुरा राखेका थिए । हितानले कार्यक्रममा महासंघले अगस्त १२ मा आयोजना गर्न गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिएका थिए ।

Image may contain: 2 people, including Bhavesh Bhumari, people standing

सङ्गीतकार तथा गायक थिर थापाले सञ्चालन गरेको औपचारिक कार्यक्रमको अध्यक्षता गरिरहेकी कवि तथा गीतकार करिष्मा घमले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेपछि अर्को चरणको अनौपचारिक कार्यक्रममा धेरै सर्जकहरूले आफ्ना सिर्जना सुनाए ।

Last Updated on Tuesday, 10 July 2018 16:30

Hits: 710

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर